Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनै: जातको ‘सर्टिफिकेट’

महावीर विश्वकर्मा महावीर विश्वकर्मा
फाल्गुन ५, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अहिले जनैको विषयमा समाजिक सञ्जालमा बहस तात्तिएको छ। नागरिक आन्दोलनले गरेको कार्यक्रममा प्रतिकात्मक विरोधस्वरुप जनै लगाएका पुरुषसहितको प्रदर्शन भएपछि त्यही फोटो सामाजिक सञ्जालमा राख्दै आहुतिले केही लेख्नुभयो। जसका कारण अहिले जनैको विषय तरंगित भएको छ। यसको पक्ष र विपक्षमा विचारहरू आइरहेका छन्। त्यसैले म यो भिडियोमा कुरा गर्न लागिरहेको छु। नागरिक आन्दोलनले यसो गर्नुलाई कसरी लिने भन्नेमा पनि म आफ्नो केही विचार राख्छु।

    जनै ‘उत्पीडनको प्रतिक’ कसरी ?

    सबैभन्दा पहिले जनै के हो भनेर बुझ्नुपर्ने हुन्छ। जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको ‘सर्टिफिकेट’ हो। कुनै समयमा कागजी सर्टिफिकेट थिएन। नागरिकताको प्रमाणपत्र बन्ने चलन थिएन। जनै लगाइसकेपछि तहगत संरचना प्रष्टिन्छ भनेर यो चलन प्रचलनमा आयो।

    तपाईंलाई थाहै होला, बाहुनले लगाउने डोरोमा ६ वटा डोरो हुन्छ। क्षेत्रीले लगाउनेमा ३ वटा डोरो हुन्छ। त्यसरी तहगत संरचना देखाइएको छ। त्यो पनि विभेद हो। लगाउन त दिने तर ३ वटा डोरोमात्रै। अझ महिलालाई लगाउन पनि दिईंदैन। त्यसैले यो विभेदको प्रष्ट रेखांकन हो। जनै महिला, दलित र जनजातिले लगाउन पाउँदैनन्। त्यो लगाउन निम्ति एक किसिमको पर्व गरिन्छ, त्यसलाई ब्रतबन्ध भनिन्छ।

    ७ वर्षदेखि ९ वर्षको उमेरको बीचमा ब्रतबन्ध गर्ने गरिन्छ। ब्रतबन्ध गर्नु अगाडि ज–जसले छोएपनि खाने गरिन्छ तर जब ब्रतबन्ध गरिन्छ, त्यसपछि उसलाई उसको जातिगत तह अनुसारको डोरो लगाइन्छ। जातको आधारमा तोकिएको हैसियत अनुसारको डोरो लगाइने भएकोले यो उत्पीडनको प्रतिक हो। यो कुरा बाहुन र क्षेत्रीले लगाउने डोरोको संख्याले प्रष्ट पार्छ।

    पहिचान र कुरीतिबीच फरक

    यो बहसमा कतिपय साथीहरूले यो आफ्नो पहिचान हो भन्ने तर्क गरिराख्नुभएको छ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने पहिचान के हो र कुरीति के हो भनेर। हामी कुरीतिलाई पनि पहिचान भनीरहेका हुन्छौँ। यसलाई म सजिलोसँग बुझाउँछु। जुन परम्परा, भेषभुषा वा जुन चिजले अरुमाथि उत्पीडन गर्दैन, त्यो चाहिँ पहिचान हो। तर यदि त्यो चिजले अरुमाथि उत्पीडन गर्छ भने त्यो पहिचान हुँदैन। त्यो कुरीति हो। कसलाई के भन्न मन लाग्यो भनेर हुने कुरा होइन त्यो। कसैलाई खुशी लाग्छ भन्दैमा त्यो पहिचान हुने कुरा हुँदैन। अरुमाथि उत्पीडन गर्छ भने त्यो कुरीति हो। उत्पीडन गर्दैन भने मात्र त्यो पहिचान हो।

    यहाँ छुवाछुत मान्नुपर्छ भन्नेहरू पनि छन्। उनीहरुलाई छुवाछुत गरिराख्दा खुशी लाग्छ। उनीहरुलाई त आनन्दको कुरा हो। तर यो छुवाछुत पहिचान हो त ? होइन नि। सती प्रथा पनि एकसमयमा त पहिचान थियो अथवा त्यसमा अनन्द मान्थे। सती जान पाउनु नै अधिकार हो भन्ने किसिमको बुझाई पनि थियो। तर सति प्रथा कुरीति भयो। किनभने त्यसले समग्र मानवजातिमाथि नै असर ग¥यो।
    कोही बोक्सी प्रथा मान्नेहरू हुन्छन्। बोक्सी छ भन्ने कुरामा विश्वास मान्ने कुरामै आनन्द लाग्छ। आनन्द लाग्यो भन्दैमा बोक्सी प्रथा नै पहिचान हुन्छ त ? कुरीति हो नि। त्यस्तै अर्कालाई उत्पीडन गर्छ कि गर्दैन भन्ने विषयबाट पहिचान हो कि होइन भनेर हेर्नुपर्ने हुन्छ।

    कतिपय साथीहरू आफ्नो पहिचान हो भनिरहेको भएर यो कुरा बुझ्नुपर्ने हुन्छ। कुरीति हो कि पहिचान हो भन्ने कुरा त्यसले अरुमाथि उत्पीडन गर्छ कि गर्दैन भन्ने कुराले निर्धारण गर्छ। जनैले कसरी उत्पीडन गर्छ भन्दा स्वतः अर्कालाई तल्लो दर्जामा झारिदिन्छ। त्यो त एउटा विभेदकै प्रतिक हो भनेर मैले भनिसके। त्यसैले यो कुरीतिको विषय हो।

    छाउपडी पनि कसैलाई पहिचान नै लागिरहेको होला। त्यसलाई हामी पहिचान भन्छौँ र ? भन्दैनौँ। किनकी त्यसले त महिलामाथि उत्पीडन गरिरहेको छ। त्यसैले यो कुरीति भयो। पहिचान र कुरीति के हो भनेर छुट्टाउन यसरी बुझ्नुपर्छ।

    ‘हानी नै हानी’

    नेपालमा जनै जनजातिहरूका लागि उत्पीडनको विषय नहुनुपर्ने हो। किनभने जनजाति भनेको हिन्दू धर्मभित्रको होइन। भइदियो के भने जंगबहादुर राणाले १९१० को मुलुकी ऐन जारी गर्ने बेलामा तागाधारी र मतवाली भनेर जसरी छुट्याए, त्यहीबाट तागाधारीहरूलाई विशेष अधिकारको व्यवस्था गरे। जुन अधिकारबाट जनजातिहरू उत्पीडनमा परे।

    त्यसपछि जनै जनजातिको पनि सरोकारको विषय भयो। किनभने १९१० को मुलुकी ऐनमा तागाधारी भएकै कारणले जनजातिमाथि शोषण गर्न पाउने अधिकारप्रदत्त रह्यो। कसैले यस्तो भनेर पनि तर्क गरेको सुनिन्छ कि ‘मलाई इच्छा छ म लगाउँछु, अरुलाई यसले के हानी गरेको छ ?’ हानी नै त गरेको छ। हानी भन्दा बाहेक के गरेको छ ? जनै लगाउने भन्दा जनै नलगाउने स्वत रुपमा तल्लो दर्जाको हुन्छ। त्यो भन्दा हानी के गर्नुपर्‍यो ?

    जनैकै कारण जनै नलगाउनेलाई दोस्रो दर्जाको नागरिक बनाइएको छ। त्यसैले हानी के गरेको छ भन्ने पनि प्रश्न हुन्छ ? अर्कालाई हानी नै हुँदैन भने उसलाई जनै लगाउदा गर्व महशुस किन हुन्छ ? त्यो त ठूलो देखिनलाई हो। जनै लगाउँदा आफूलाई अरुभन्दा विशेष देखिएको महशुस हुने मनोविज्ञानले त हो।

    ‘नियत होइन, परिणाम गलत भयो’

    अहिले चाहिँ नागरिक आन्दोलनसँग सम्बन्धित भएर पनि यो विषय उठेको हो। व्यक्तिगत रुपमा गरेको कुराको आलोचना भइरहेको होइन। यो विषय त्यसै उठेको होइन। नागरिक आन्दोलनमा भएका साथीहरूको नियतमा खराब भन्न खोजिएको होइन। नियत ठिकै हो। त्यो विरोधको प्रतिकात्मक रुपममा गरिएको हो। मानौँ मैले हात फैलाउँदा कसैको नाकमा लागेर रगत आयो, दुख्यो। नियत त उसलाई नाकमा लाग्नेगरी फैलाउँछु भन्ने होइन। मैले हात चलाएँ, तर परिणाम के भयो भने नाकबाट रगत आउन थाल्यो। त्यसैले नियत भन्दा परिणाम हेर्नुपर्ने हुन्छ।

    त्यसैले नियत राम्रो हो साथीहरूको तर परिणाम के भयो भन्दा जुन चिजले कुनै समुदायमाथि उत्पीडन गरिरहेको हुन्छ, त्यही चिजलाई प्रतिकात्मक रुपमा नागरिक आन्दोलनले प्रस्तुत गरिदिँदा, नागरिक आन्दोलन आफैं धर्म निरपेक्ष हुन्छ कि हुँदैन भन्ने मूल प्रश्न यहाँनिर उब्जियो। कुनै एउटा निश्चित जात र धर्मका मान्छेमात्रै भएर नागरिक आन्दोलन भइरहेको होइन।

    त्यहाँ त विभिन्न धर्मका व्यक्तिहरू छन्। लैङ्गिक रुपमा महिलाहरू छन्। त्यहाँ दलित, जनजाति, इस्लाम र इसाईबाट पनि होलान्। तर एउटा निश्चित धर्म र जातका पुरुषहरूले कोरा बारेर बस्दा के गर्छन् त्यो कुरा देखाइदिँदा नागरिक आन्दोलनमाथि नै प्रश्न भयो। फेरि पनि म दोहो-याउँछु, त्यो नियत चाहिँ होइन। तर परिणाममा के देखियो भनेर यसरी मूल्यांकन गर्नैपर्ने हुन्छ।

    नागरिक आन्दोलनमाथि प्रश्न

    कमलपोखरीको माटोको टिका लगाउने विषयबाट नागरिक आन्दोलन अगाडि आइरहेको थियो। टिका लगाउने संस्कृति कसको ? त्यो त हिन्दू धर्मको हो। त्यहाँ त हिन्दू मात्रै छैनन् नि। कमलपोखरीको माटो शरीरमा लगाउने कुरा अर्कै विषय हो। अथवा बोकेर मुठ्ठी पार्ने भए त्यो अर्कै विषय हो। तर यो टिका संस्कृति त अरुको होइन। यस्तो किन हुन्छ भन्दा यो कुरा स्वभाविक नै लाग्छ। हामीलाई पनि त्यै धर्म मानिरहेकाहरू निर्णायक तहमा हुँदा आफूले जे गरिरहेका छौँ, त्यो स्वभाविक लाग्छ।

    त्यसैले यसो गर्नु उचित लागेको हो। के गर्न सकिन्छ भनेर अब्बल ढंगले गर्न खोजेपनि त्यहाँनिर कमजोरी भएकै हो। यो नागरिक आन्दोलनमाथि पनि प्रश्न हो। परम्परादेखि नै विभिन्न समुदायहरूलाई भेदभाव गर्दै आएका चिजहरू जब जस्ताको तस्तै नागरिक आन्दोलनले प्रतिकात्मक रुपमा प्रस्तुत गर्न थाले भने के हुन्छ ? नारिक समाजको आन्दोलन धर्म निरपेक्ष हुन्छ त ? रुपान्तरणकारी हुन्छ त ? नागरिक आन्दोलनप्रति यो मूल प्रश्न हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      महावीर विश्वकर्मा

      महावीर विश्वकर्मा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.