Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन राष्ट्रवाद र धर्मलाई मानवताविरोधी मान्थे कृष्णमूर्ति?

अनुराग भारद्वाज अनुराग भारद्वाज
फाल्गुन १८, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जिद्दू कृष्णमूर्तिको जन्म तमिलनाडु राज्यको एक गरीब परिवारमा भएको थियो । बाउआमाको आठौं सन्तान भएका कारण ‘पुराण पात्र’ कृष्ण नै सम्झेर यिनका धार्मिक बाआमाले छोराको नाममा कृष्ण जोडे । उनका बा जिद्दू नारायणिया थियोसफिकल सोसाइटी नामक संस्थासँग जोडिएका थिए। यो संगठनको उतिखेरको मान्यता थियो कि ‘संसारमा छिटै नै एउटा विश्वगुरू आउनेवाला छ ।’ थियोसोफिकल नामको सो धार्मिक–आध्यात्मिक संगठनको शीर्ष अधिकारी चार्ल्स वेब्सटर लीडबीटरले कृष्णमूर्तिमा नै विश्वगुरुको त्यो छवि देख्नथाले ।

    यो सन् १९०९ तिरको कुरा हो, जतिखेर लीडबीटर समुद्री तटमा हिँडिरहेका थिए । उतिखेर मैलो र अति सामान्य कपडा लगाएका सानो र पातलो कृष्णमूर्तिलाई उनले गहिरोसँग नियाले । लीडबीटरलाई कृष्णमूर्तिएकदमै अनौठो र भव्य लाग्यो । यही कुरो उनी धेरै पहिलेदेखि खोजिरहेका थिए । उनले ठाने, ‘अब हाम्रो संस्थाको खोज पूरा भयो ।’ त्यसपछि लीडबीटरले आफ्नो थियोसफिकल सोसाइटीमा कृष्णमूर्तिलाई सामेल गरे। अब विस्तारै कृष्णमूर्तिनै त्यो संस्थाको केन्द्रका रूपमा स्थापित हुन थाले । पछि यस संस्थाको प्रमुख मिस एनी बेसेन्टले कृष्णमूर्तिलाई शिक्षादिक्षाका लागि बेलायत पठाइन् । कृष्णमूर्तिसन् १९२१ मा जब भारत फर्केर आए, तब बेसेन्टले उनलाई ‘विश्वगुरु’ घोषणा गरिदिइन् ।

    ‘गुरु–शिष्य’ परम्पराको विरुद्ध कृष्णमूर्ति

    जिद्दू कृष्णमूर्तिले दार्शनिकका रूपमा, पहिलो निचोडकै क्रममा ‘गुरुवाद’विरुद्ध प्रहार गरे । सन् १९२९ मा उनले थियोसपिÞmकल सोसाइटीले दिएको ‘अर्डर अफ द ईस्ट’ को सम्मान संस्थालाई नै फिर्ता गरे र यो संस्थासँगको सम्बन्ध तोडे । सँगसँगै उनले भने, ‘ न म कुनै विश्वगुरु हुँ, न कोही मेरा शिष्य । गुरुवादको बारेमा उनको भनाई थियो कि गुरु आफैंमा एक सत्ता हो र जुनसुकै प्रकारका सत्ताका अनुयायीहरू कहिलेकाहीँ चेतन–अवचेतनको विषयलाई सही तरिकाले ठम्याउन सक्दैनन् । जिद्दूको मत थियो कि ‘कुनै पनि धर्म, दर्शन–विचार या सम्प्रदायको मार्गमा हिँड्दैमा सत्य बुझिने होइन।’ उनले सत्यलाई ‘मार्गरहित भूमि’ का रूपमा बुझे । उनी भन्थे ‘सत्यको खोजका लागि मान्छे सबै बन्धनबाट मुक्ति हुनपर्छ । आफूलाई सबै खालका विचारबाट मुक्त पार्नुपर्छ।’

    अज्ञानताको निशाना: राष्ट्रीयता र राष्ट्रवाद

    जिद्दूले प्रायः सबैजसो विषयमा आफ्ना धारणा व्यक्त गरेका छन् । उनले आफ्नो प्रवचन सुन्न आएका मान्छेहरूसँग सोधे: ‘राष्ट्रियता गएपछि अर्को के आउँछ?’ प्रायजसो जिद्दू आफ्नो सवालको उत्तर आफैं दिन्थे । त्यस कार्यक्रममा पनि जिद्दूले भने, ‘राष्ट्रियता हटाएपछि बुद्धिमत्ता आउँछ । मान्छेहरू एउटा धर्म त्यागेर अर्को धर्म अपनाउँछन्, एउटा राजनैतिक पार्टी छाडेर दोस्रोमा जान्छन्। यो निरन्तर परिवर्तन त्यस अवस्थाालाई बुझाउँछ, जहाँ बुद्धिमता छैन ।’

    जिद्दूको मत थियो कि राष्ट्रीयता–राष्ट्रवादको निहितार्थ बुझेपछि, यसको बाह्य र आन्तरिक महत्वको बोध भएपछि मात्रै यसबाट छुट्कारा पाउन सकिन्छ । राष्ट्रवादको बाहिरी रूपले समाजलाई विभाजनतर्फ धकेल्छ भने भित्री रूपले राष्ट्रवादले व्यक्ति स्वयंम्मा अहंकार बढाउँछ । जिद्दूले उदाहरण दिँदै भने, ‘कोही मान्छे सानो गाउँ या ठूलो शहरमा बस्छ भने उसको कुनै पहिचान हुँदैन । तर यदि व्यक्ति स्वयं आफूलाई कुनै ठूलो समूह, देश या हिन्दू/मुसलमान, क्रिश्चियनको ठान्दछ भने उसको अह्म सन्तुष्ट हुनजान्छ । र, त्यसमा उसले एक प्रकारको सुरक्षाको बोध गर्दछ । तर सुरक्षाको यो बोध आखिर भ्रम हो । त्यसको अर्थ, राष्ट्रवादले कलह र झगडालाई जन्म दिन्छ । राष्ट्रवादले मान्छेमा भ्रम पैदा गर्छ । तर जब कोही मान्छे राष्ट्रवादको पूरा अर्थ बुझ्दछ, राष्ट्रवादको भ्रमबाट उ मुक्त हुन्छ ।’

    ईश्वरबारे जिद्दू

    जिद्दू कृष्णमूर्ति भन्थे, ‘ईश्वरले मान्छेलाई बनाएका होइनन् बरु ईश्वरको जन्मदाता स्वयं मान्छे हो । मान्छेले ईश्वरको आविष्कार आफ्नो फाइदाको लागि गरेको हो ।’ जिद्दू इश्वरलाई केवल मान्छेको विचारभन्दा अरु केही होइन भन्ने ठान्दथे । उनी भन्दथे, ‘इश्वरको अर्थ देश, काल र समयसँगै बदलिन्छ । अर्थात् मान्छेको जस्तो अवधारणा हुन्छ, उसको भगवान पनि उस्तै हुन्छ । यसकारण सबै धर्मका इश्वर फरक हुने गरेका छन् ।’ कृष्णमूर्ति भन्थे, ‘मानौं, भगवान छन् रे, त्यसो हो नै भनेपनि भगवानबाट कुनै समस्याको समाधान हुन सक्दैन।’

    (सत्याग्रहडटकममा प्रकाशित सामग्री, नेपाल रिडर्सका लागि प्रकाश अजातद्वारा अनुदित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अनुराग भारद्वाज

      अनुराग भारद्वाज

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.