Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘ब्रह्माको मुखबाट जन्मेका’लाई मात्रै मनुस्मृतिले अधिकार दिन्छ : कन्हैयाकुमार

यस समानतालाई ध्यान दिनुहोला, जो महिलाहरूमाथि मजाक गरिएका चुट्किला/जोक्स् बनाउँछन्, त्यसमा रमाउँछन्, उनीहरू मोदीका समर्थक छन्। यस्तै जो यस देशभित्र आरक्षणको विरोध गर्छ, त्यो प्राय : मोदीकै समर्थक हुन्छ। जो यो देशमा अम्बेडकरले गलत गरे र यो देशमा मनुस्मृति चाहिन्छ भन्छ, उ मोदीको समर्थक हुन्छ।

nepal_readers nepal_readers
असार १९, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दिनदहाडै देशको संविधान जलाइन्छ। भिमराव अम्बेडकरलाई भारत सरकारले नै भारतरत्न नामको उपाधी दिएको छ, उनैलाई देशद्रोहको आक्षेप लगाउँदै उनीविरुद्ध मुर्दावादको नारा लगाइन्छ। जसले देशका गरीब, किसान, उत्पीडित र मजदुरको हकका कुरा गरे, कसरी उनी देशद्रोही भए? यस विषयमा गहिरिएर सोच्नुहोस्, यो देशभित्र के भइरहेको छ ? तपाईँको जीवनमा के परिवर्तन आएको छ?

    मोदीका समर्थक

    तपाईँ विचार गर्नुहोस्, जो मानिसहरू आज संविधानमाथि आक्रमण गरिहेका छन्, त्यही मान्छे आज मोदीलाई महान् प्रधानमन्त्री बनाइरहेका छन्। यी तिनै मान्छे हुन्, जसले आरक्षणको विरोध गरिरहेका छन् र यी तिनै मान्छे हुन्, जो पति–पत्निका चुट्किला सामाजिक संजालमा स्यर गर्छन्। यस समानतालाई ध्यान दिनुहोला, जो महिलाहरूमाथि मजाक गरिएका चुट्किला/जोक्स् बनाउँछन्, त्यसमा रमाउँछन्, उनीहरू मोदीका समर्थक छन्। यस्तै जो यस देशभित्र आरक्षणको विरोध गर्छ, त्यो प्राय : मोदीकै समर्थक हुन्छ। जो यो देशमा अम्बेडकरले गलत गरे र यो देशमा मनुस्मृति चाहिन्छ भन्छ, उ मोदीको समर्थक हुन्छ।

    तपाईं ती मान्छेहरूलाई याद गर्नुहोला, ती मान्छेको फेसबुक वालमा गएर हेर्नुहोला, ती मान्छेसँग चिया खाँदा गफ गर्नुहोला, तपाईँले यी मान्छेहरूबीच एउटा समानता पाउनुहुने छ कि उनीहरू मोदीका समर्थक हुन्छन्। यो देशमा ‘मेल अपरकास्ट, सोभरेन्ट पाट्रिआर्किअल माइन्डसेट’का मानिस पनि मोदीलाई नै समर्थन गर्छन्।

    त्यस्ता मानिसहरू दाबी गर्छन्, ‘आफ्नी श्रीमतीलाई छोडेका कारण मोदी प्रधानमन्त्री भए।’ उनीहरूलाई मेरो प्रश्न छ, ‘तिम्रो बुवाले तिम्री आमालाई छोडेको भए तिमी जन्मिन्थ्यौँ?’ ती मासिनहरूलाई यो प्रश्न सोध्नुपर्छ कि पर्दैन? र, जसले आरक्षणको विरोध गर्छन्, तिनलाई यो पनि प्रश्न छ, ‘तिमी ब्राह्मण परिवारमा जन्मियौँ, यसमा तिम्रो के योगदान छ? के तिमीले आफूलाई ब्राह्मणकै घरमा जन्म दिनु भनेर ‘भगवान’को घरमा निवेदन दिएका थियौँ? मेरा आमा बुवा को हुन्छन, मैले तय गर्ने कुरा हो त्यो? र, मेरा आमा बुवाको जुन धर्म र जात छ, त्यसको आधारमा तपाइँ किन भेदभाव गर्नुहुन्छ?

    मेरो जन्मकै आधारमा तपाईँ मलाई भेदभाव गर्नुहुन्छ भने तपाईँ गलत कि म? तपाईँ संविधानको अपमान गर्दै हुनुहुन्छ कि म? देशभित्र यो व्यवस्था किन छ?

    योग्यता

    अचेल भन्ने गरिन्छ, यदि यो देशमा आरक्षणको व्यवस्था चलिरहन्छ भने मान्छेको व्यक्तिगत योग्यताको कुनै मूल्य हुँदैन। यो देशमा सन् १९५० मा आरक्षण लागु भयो। तर ख्याल राख्नुपर्ने कुरा यो कुरा छ कि त्यसभन्दा पहिले पनि भारतमा आरक्षण चलिरहेको थियो। सबैलाई वेद सुन्ने अधिकार थिएन। जो कथित तल्लो जातको भएर पनि वेद सुन्छ, उसको कानमा सिसा पगालेर कानमा हालिन्थ्यो। पूजारीका छोरा स्वतः पूजारी हुन्थे। सरसफाई गर्नेका छोराछोरीलाई सरसफाई नै गर्नका लागि दबाब दिइन्थ्यो। अब तपाईँ नै भन्नुहोस्, देशमा आरक्षण चलिरहेको थियो कि थिएन?

    यदि तपाईँलाई आजको आरक्षणसँग आपत्ति छ भने म प्रष्टसँग भन्छु, मानौँ एउटा कोठामा १०० वटा कुर्सी छन्। यो देशमा दुई प्रतिशतमात्र ब्राह्मण छन्, अब कुर्सीको दुई प्रतिशत आरक्षण ब्राह्मणलाई राखिदिउँ र बाँकीमा आफैँ फिट हुन्छन्। उनीहरू हाम्रो कुरालाई उल्टाएर भन्छन्, म त्यही कुरालाई पल्टाएर भनिदिन्छु।

    उनीहरू यो देश टाउकोको बलमा खडा होस् भन्ने चाहन्छन्। तर म भन्छु कि यो देश खुट्टाको बलमा खडा होस्। यो बिल्डिङ छतमा जग टिकेको कि जगमा छत टिकेको छ? कुनैपनि रुख जराको बलमा टिकेको हुन्छ। एउटा फूलको बोटको सारा सुन्दरता फूल र पातमा नै देखिन्छ। जरालाई कसैले देख्दैन। तर यदि जरा कमजोर हुन्छ र जरा सुक्छ भने के यसमा सुन्दर फूल फुल्छ? यस देशका मेहेनत गर्ने गरीब, दलित र अति पिछडिएका जनतालाई बलियो बनाइँदैन भने यो देश कसरी बलियो हुन्छ र?

    के हो आरक्षण?

    यस देशमा रहेका कमजोर, पछाडि परेका समुदाय र तिनका सन्तानलाई जब शिक्षा दिँदैनौ, नोकरीमा समानता दिँदैनौँ र उनलाई विशेष अवसर प्रदान गर्दैनौँ भने यो देश कसरी बलियो हुन्छ? मानौँ, मेरो शरीरमा एउटा हात धेरै लामो हुन्छ भने यो विकलाङ्ग हुनुको संकेत हो। समाजको एउटा समुदाय छ, जसको ५० प्रतिशत संसाधनमाथि कब्जा छ। र, बाँकी ९८ प्रतिशत जनसंख्या बाँकी ५० प्रतिशत संसाधनमा आफ्नो गुजारा चलाइरहेका छन्।

    तपाईँ देख्न सक्नुहुन्छ, यहाँ कसको अधिकार खोसिरहेको छ? धिरुभाइ अम्बानीका छोरा हुन् मुकेश अम्बानी। के उनले पनि धनी हुनका लागि भगवानकहाँ निवेदन दिएका थिए? जन्मिने बित्तिकै उनी अर्बौको मालिक कसरी भए? उनकै कम्पनीमा उनको बुवाको नोकरी गरिरहेका एक जना थिए, जो एक इमानदार सिइओ पनि थिए। उनका सन्तान आज पनि नोकरी नै गरिरहेका छन्। मलाई सम्झाइदिनुहोस्, यो आरक्षण हो कि होइन? आरक्षण दिनु कसैको हक खोस्नु होइन। आरक्षण दिनु भनेको पछाडि पारिएका मानिसलाई अवसर दिनु हो, ताकि उ समाजको मूलधारका सामेल हुन सकोस्।

    यस देशमा यदि आज मानिसहरू आरक्षण मागिरहेका छन् भने उनीहरूको समस्यालाई बुझ्न जरुरी छ। जाटहरू किन आरक्षण मागिरहेका थिए? पटेल, मराठा, धनगर र मुसलमानहरूले किन आरक्षण मागिरहेका थिएनन्? किनभने उनीहरूले आफ्नो जीवन जसरी पनि गुजारिरहेका थिए। उनीहरूको परम्परागत कामले उनीहरूको जीवन चलिरहेको थियो।

    मानौं, मेरो बुवा किसान हो, उनीसँग एक एकड जमीन छ। हामी दुई सन्तान छौँ भने यो जमीन दुई हिस्सामा बाँडिन्छ। मेरा बुवाले एक एकडमा खेती गरे र हामीलाई भरणपोषण गरे। तर आधा एकड जमीनबाटै हामी सबै सन्तानको भरणपोषण गर्न सक्दैनौँ। र, अवसर खोसिएका मेरा सन्तानलाई राज्यले अवसर दिनुपर्छ कि पर्दैन? यो कसैको हकमाथि कब्जा जमाउने सवाल होइन। जसले हक पाएको छैन, उसलाई दिलाउने सवाल हो।

    मेरी आमा विवाह गरेर आएपछि उनी घरपरिवार चलाउँदै पढ्न जाने गर्थिन्। यो काम उनका लागि ज्यादा कठिन थियो। मेरी घरमा खाना बनाइसकेपछि साडी लगाएर स्कुल पढ्न जान्थिन्। यसमा उनले बढी मेहेनत गरेकी थिइन्। तर जब मेरी आमालाई नोकरीमा विशेष अवसर दिइन्छ, तब भनिन्छ– महिलालाई अधिकार दिएर पुरुषमाथि अत्याचार गरिएको छ। पुरुषको अवसर खोजिएको छ। यदि देशका आधा भाग ओगटेका महिला पछाडि रहन्छन् भने देश चाहिँ कसरी बलियो हुन्छ?

    मानौं, एक मिनेटका लागि जातिलाई छोडौँ। लिंगलाई लिएर आरक्षणलाई सम्झौँ। बयलगाडीमा दुईवटा गोरु हुन्छन्। यदि दुवै गोरु समान रूपमा चल्दैनन् भने बयलगाढा ठिकसँगले चल्छ र? यदि आधा हिस्सा ओगेटेका महिलालाई शिक्षा दिँदैनौँ र अवसर दिँदैनौँ भने विकासको गाडी कसरी चल्छ? आज महिलाले सावित गरिदिए कि जब महिला शिक्षित बनिन्, उनी अन्तरिक्षमा गइन्, फाइटर पनि बनिन् र सेनामा पनि गइन्। छोराछोरीलाई पढाइ रहेका छन् र घर पनि सँगसँगै सम्हालिरहेका छन्। अवसर दिएर त हेर, तब हामी हाम्रो दक्षता देखाउँछौँ। अवसर नै दिदैनौँ र भन्छौँ कि, ‘यिनीहरू नै योग्य नै छैन।’

    जसले पशुपालन र खेती गर्दै पढेको छ र उसलाई इन्ट्री लेभलमा तपाईँ आरक्षण दिनुहुन्छ भने उसले बढी क्षमता देखाउन सक्छ। एक्जिट लेभलमा कसैले पनि आरक्षण खोजेको छैन।

    आरक्षणको बारेमा अफवाह

    मानौँः ओबिसी (अन्य पीछडिएका वर्ग) लाई २७ प्रतिशत आरक्षण छुट्याइएको छ। यो पनि भनिएको छ, ओविसीको कटअफ, जनरलभन्दा कम हुन्छ। यो गलत छ। धेरैजसो राज्यमा ओविसीको कट अफ जनरल भन्दा बढी हुन्छ। यसको मतलव खुल्ला प्रतिस्पर्धाका लागि तोकिएको ५० प्रतिशत सिटमा जब गैर आरक्षितहरूको मात्रै कब्जा छ भने यो सिधा–सिधा संविधानमाथिको आक्रमण हो। आरक्षण सही तरिकाले लागु हुन्छ भने यो पनि म सवाल उठाइरहेको छु, जति पनि विश्वविद्यालय छन्, यसमा भएका रिक्त पदलाई गएर हेर्नुहोला, त्यहाँ ओविसीको अगाडि लेखिएको हुन्छ, ‘एनएफ’ अर्थात् ‘नट फर सुइटेबल।’ दलितका लागि आरक्षण दिनु पर्नेमा उल्टै दलितको रिक्त पदलाई नै पूर्ति गरिँदैन।

    आरक्षणका विषयमा समाजमा अफवाह फैलाइएको छ। भनिन्छ, आरक्षणका कारण असमानता झनै बढेको छ। अहिले व्यवस्था भएको आरक्षणले होइन, यस समाजमा ५ हजार वर्षदेखि चलिरहेको गैरसंवैधानिक आरक्षणबाट असमानता भइरहेको छ। र, यसै असमानतालाई बचाउनका लागि केही मान्छेहरू संवैधानिक आरक्षणको विरोध गरिरहेका छन्।

    आज महिलालाई अवसर मिलेको छ, महिलाले सावित आफूलाई गरेका छन्। यस देशका दलित र पछाडि पारिएकाहरूले अवसर पाए र उनीहरूले आफूलाई सावित गरिदिएका छन्। त्यसबाट प्रष्ट हुन्छ, सबैलाई पढ्नका लागि अवसर मिल्नुपर्छ। जो पछाडि छुटेका थिए, उनलाई विशेष अवसर दिनुपर्छ। प्रष्ट पारौँ, यहाँ आरक्षणको कुरा इन्ट्री लेभलमा लिनका लागि कुरा भइरहेको छ, एक्जिट लेभलका लागि होइन।

    यदि मेडिकल परीक्षामा मेरो आरक्षणबाट प्रवेश भयो भने त्यो आरक्षण मेला लागि प्रवेश गर्नका लागि मात्रै हो। जब म डक्टर भएर निस्किछु, मैले त्यही परीक्षा दिनुपर्छ, जो बिना आरक्षणबाट आएका हुन्छन्। तर पनि आरक्षणबाट आएका चिकित्सकहरूले सही उपचार गर्दैनन् भनेर किन अफवाह फैलाइन्छ? आरक्षणको विषयमा मानिसको मनमा भ्रम उत्पन्न गराउनका लागि यो अफवाह फैलाइएको हो। जब यो भ्रम समाजभित्र बढ्दै जान्छ तब उनीहरू संविधानमाथि खुल्ला ढंगले आक्रमण गर्न चाहन्छन् र संविधानलाई समाप्त गरेर त्यसको ठाउँमा मनुस्मृति ल्याउन चाहन्छन्।

    मनुस्मृति

    के हो मनुस्मृति ? धेरै कमलाई थाहा छ कि मनुस्मृतिमा के लेखिएको छ। मनुस्मृति त्यही हो जसले ‘ब्रह्माको मुखबाट पैदा भएका’लाई नै सबै अधिकार दिन्छ। बाँकी कसैलाई अधिकार छैन। मनुस्मृतिको आधारमा महिला र शुद्रलाई मात्र सेवाको अधिकार हुन्छ। यो त्यही मनुस्मृति हो, जसबाट प्रेरित हुँदै हाम्रा प्रधानमन्त्री भन्छन्, ‘फोहोर सफा गर्नमा धेरै आनन्द मिल्छ।’ त्यसोभए तपाईँ प्रधानमन्त्री किन बन्नुभएको? आउनुहोस्, फोहोर सफा गर्नुहोस् र आध्यात्मिक सुख लिनुहोस्। समाजमा तमाम तरिकाले महिलाविरुद्ध जुन कुरा बोलिन्छ, यसको आधार पनि मनुस्मृति हो।

    पिछडिएका दलितको मात्रै सवाल होइन हो, क्षेत्रीको बारेमा पनि जति गलत बोलिएको छ, त्यसको आधार मनुस्मृति हो। यो त्यस्तो व्यवस्था हो, जसमाथि ब्राह्मण बसेको छ र अरु सबै तलतल छन्। भनिन्छ, राजपुतको दिमाग कम छ। यो कुरा मनुस्मृतिबाट आएको हो। यसको मतलव मनुस्मृतिका आधारमा सबै दिमाग ब्राह्मणसँग मात्रै छ। यसकारण मनुवाद कुनै एक जातिविरुद्ध होइन। मनुवाद एक जातिलाई छोडेर तमाम जातिविरुद्ध छ र तमाम लिंगका मानिसविरुद्ध छ।

    यसको एउटा उदाहरणः आरएसएसको प्रमुख को हुन्छ ? मोहन भागवत। सबै पदमा ब्राह्मण हुन्छन्। के सबै ज्ञान ब्राह्मणसँग मात्रै छ? हामीकहाँ एउटा वास्तविकता छ कि जो मनुवादी छ र सत्तामा लिप्त छ, उ संविधानविरोधी छ। यिनलाई संविधान चाहिँदैन। पहिले यिनले संविधानको विरोध गरे। ‘एक अछुतले लेखिएको संविधानलाई नमान्ने’ बताए।

    पहिला यिनले तिरंगाको झण्डालाई मानेनन्, पहिले पनि यिनीहरू देशको स्वतन्त्रताको आन्दोलनमा भाग लिएनन् र आज सत्ताको समर्थनमा छन्। उनीहरू संविधानलाई विस्तारै कमजोर गर्दै लोकतान्त्रिक प्रक्रियालाई नै समाप्त गर्न चाहन्छन्। लोकशाहीलाई अन्त्य गरेर तानाशाही स्थापित गर्न चाहन्छन्। यसकारण उनीहरूले लोकतन्त्रभित्र भिडतन्त्रलाई अघि बढाएका छन्।

    हिन्दू धर्म र गेरु रंग

    यिनलाई हिन्दू धर्मका बारेमा थाहा छैन। यिनलाई गेरु रंगका बारेमा पनि थाहा छैन। यो गेरु रंग योगी आदित्यनाथको रंग होइन। यो सन्त तुकारामको रंग हो। याद गर, यो रंग छत्रपति शिवाजी महाराजको रंग हो। यो साहुजी र सम्भाजी महाराजको रंग हो। तिमीलाई गेरु रंगको इतिहासका बारेमा नै थाहा छैन।

    यदि तिमीलाई गेरु रंगको इतिहास थाहा हुन्थ्यो भने तिमीलाई यो पनि थाहा हुन्थ्यो कि यो देशका मानिसले राम्रोसँग इतिहास पढ्छन्। यदि तिमीलाई सही र गलतका बारेमा थाहा हुन्थ्यो भने तिमीलाई यो पनि थाहा हुन्थ्यो कि रावण पनि गेरु रंग धारण गरेर सीतालाई हरण गर्न आएका थिए। तिमी गेरु वस्त्र धारण गरेर आज हाम्रो अगाडि आफूलाई हिन्दूभक्त हुनुको दाबी प्रस्तुत गरिरहेका छौ, तर त्यसको यथार्थ हामीलाई थाहा छ।

    हिन्दू धर्ममा रहेका विविध परम्पराका बारेमा पनि हामी जान्दछौँ। सबै सम्प्रदाय र वैष्णव सम्प्रदायमा जुन विभेद छ, त्यसको शास्त्रार्थको बारेमा पनि हामी जान्दछौँ। वैदिक र जातिवादी संस्कृतिको बारेमा पनि हामीलाई थाहा छ। हामी यसैले धर्मको नाम लिएर आफ्नो राजनीतिक पसल चलाउन दिँदैनौँ। किनकि यो देश जति हिन्दूको हो, त्यति मुसलमानको हो, जति शिखको हो, त्यति इसाईको हो, जति इसाईको हो त्यति बुद्धमार्गीको हो। र, उति नै पार्सि र यहुदीहरूको पनि हो।

    यो देश उसको पनि त्यति नै हो, जो कुनै धर्म मान्दैन। जसका लागि मानवता नै धर्म हो। यसकारण धर्मको नाममा ‘गोरख धन्दा’ चलाउन हामी दिदैनौँ। धर्मको नाममा तिमीले खनेको खाल्डोमा गिर्नुको सट्टा हामी संघर्ष गर्छौँ र शहीद हुन्छौँ। सबैलाई शिक्षा र अवसरका लागि हामी शहीद हुन्छौँ। ‘सबैलाई शिक्षा, सबैलाई काम, नभए हुन्छ निद हराम। गरीब होस् या किसान, उसलाई मिल्छ मजदुरी र उसको फसलको दाम। हिन्दू होस् वा मुसलमान्, महिला होस् वा पुरुष, दलित होस् वा आदिवासी, सबैलाई चाहिन्छ आत्मविश्वास।र, आत्मविश्वासका लागि पनि चाहिन्छ आरक्षण।’

    (जेएनयु छात्र संघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी अफ इण्डियाका नेता डा.कन्हैया कुमारले आरक्षणका विषयमा सन् २०१९ मा गरेको भाषणको सम्पादित अंश।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.