Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कार्ल मार्क्स, धर्म, षड्यन्त्र र शोषण

सच्चिदानन्द मिश्र सच्चिदानन्द मिश्र
चैत्र १४, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जसरी फ्रायडले यौनलाई प्रमुखता दिएर मानिसका भित्री तह वा पत्रहरूको उद्घाटन गर्न सुरु गरे, उसैगरी दार्शनिक मार्क्सले धनलाई प्रधानता दिएर सामाजिक मान्यता, संस्था र व्यवस्थाहरू आदिको पोल खोल्ने काम आरम्भ गरे। मार्क्सको भनाई छ, ‘ईश्वरको जन्म एउटा गहिरो षड्यन्त्रबाट भएको हो।’ मार्क्स धर्म र ईश्वरप्रति अत्यन्त अनुदार थिए । उनले भनेका छन्, ‘हिंसाको त्याग मानव जातिका लागि त्यति आवश्यक छैन, जति आवश्यक छ धर्म र ईश्वरवादको परित्याग।’

    उनले धर्मलाई अफीमको संज्ञा दिएका छन्। धर्म विज्ञान–विरोधी, प्रगति–विरोधी, प्रतिगामी, अस्वस्थ्यकारी, अनुपयोगी र अनावश्यक भएकाले यसको त्याग गर्नु जनताको हितमा छन् भनेका छन् मार्क्सले। उनको ठहर छ, ‘धर्म केवल दुःख र दरिद्रता, अभाव, क्लेश, आलश्य र अर्कमण्यतालाई महिमामण्डित गरेर देखाउने प्रयास हो। यसबाट राष्ट्र र जातिहरू दुर्बल र निर्बल हुन पुग्छन्। ईश्वरप्रतिको विश्वासले सा-है ठूलो अनर्थ र अहित गरेको छ।’

    अभावको युगमा स्वर्गको सपना

    मार्क्सका अनुसार ईश्वरको कल्पना र धर्मको उपदेश सामन्तवादी, पूँजिवादी र अधिनायकवादी व्यवस्था तथा राजतन्त्रको हितमा सोद्देश्य प्रचार गरिएका उपदेशहरू हुन्। यिनबाट जनतालाई बाटो बिराउन लगाउने र भौतारिउन् भन्ने गरिन्छ। भौतिक सुखसुविधाहरूको घोर अभाव भएको युगमा, जुन बेला जीवन यापनका सामान्य सुविधाहरू पनि मान्छेलाई उपलब्ध थिएन, त्यसबेला मान्छेले एक लोकातीत (लोक वा संसारदेखि परको) शक्तिको कल्पना ग-यो र आफ्ना अभावहरूको पूर्तिका लागि त्यस शक्तिको प्रार्थना गर्न लाग्यो। यस प्रार्थनाबाट उसका अभावको पूर्ति हुन नसक्ने भएपनि त्यस पूर्तिका लागि आफूले प्रयास गरिरहेको भन्ठानेर उसले केही सन्तोष लिन पायो।

    अनि केही व्यक्तिहरू निस्के। उनीहरूले यी सारा मानवीय समस्याहरूमाथि सोंच विचार गर्न लागे। उनीहरूले भने, ‘वस्तु स्वयं केही होइन। यी केवल हाम्रा विचारहरूको छायाँ मात्र हुन्। एकातिर यस्ता मान्यताका भौतिकवादी विचारकहरू थिए, जसले वस्तुको वास्तविकतालाई मात्रै स्विकार्थे। अर्कातिर यस्ता चिन्तकहरू थिए, जसले वस्तुका वास्तविकतालाई नस्विकारेर त्यसलाई ‘मात्र विचार’ मान्दथे। उनीहरू भन्दथे, ‘हाम्रो ज्ञाता मानसदेखि निरिपेक्ष वस्तुको अस्तित्व नै छैन।’ यस्तो खालको प्रत्ययवाद (Idealism) वा अध्यात्मवाद विस्तारै हावी हुन थाल्यो। चेतना नै सबैथोक हो, वस्तुको स्वतन्त्र अस्तित्व छैन, ब्रम्हाण्डको प्रमुख वस्तु चेतना हो र हामीले देख्ने र बुझ्ने जगत् त्यही चेतनाबाट सिर्जित भएको हो भन्ने तर्क अध्यात्वादीहरूको थियो। यसरी विस्तार विस्तार ईश्वर, ब्रम्ह र जगन्मिथ्याको दर्शन निर्मित हुन पुग्यो।

    जँड्याहाको आत्मरति र आलु

    यस किसिमको विचार प्रणाली प्रारम्भमै गलत थियो। विचार गर्नुहोस्–तपाईँले बजारबाट एक किलो आलु किनेर ल्याउनु हुन्छ कि एक किलो आलुको विचार? तपाईंको घरको कुर्ची वस्तु हो या विचार? तपाईं आफ्ना विचारहरूलाई खाने–पिउने गर्नुहुन्छ कि वस्तुहरूलाई?
    यस प्रकारको चिन्तन प्रणाली जहाँ एकातिर घोररूपले असत्य थियो, त्यहीँ अर्कोतिर त्यसले मानव मनलाई अनुचित महत्ता प्रदान गर्‍यो। मानव मनको अवमूल्यनको स्थितिमा मानव एउटा जाँडले मात्तिएको व्यक्तिको स्थितिमा पुग्छ, जहाँ उसको विचार नै प्रधान रहन्छ, वस्तुहरू होइन। ढलमा बगिरहेको फोहर पानी केवल वस्तु हो र त्यही वास्तविकता हो।

    किन्तु, रक्सीले मातेको व्यक्तिले सो कुरो कहाँ स्विकार्छ र? त्यसले त्यही नालीमा पल्टिएर आफ्नो मातमा उँचो उडान भरेको महसुस गर्छ। त्यस अवस्थाको जड्याँहाको कुरा सुनेर पनि हामी यति त अनुभव गर्न सक्छौँ कि विचारहरूको तारतम्यको अभावमा उ यस बेला मस्तिष्क प्रधानवाला बन्न गएको छ। उ आत्मस्फीतिले आक्रान्त छ। जाँडले मातेका बेला, दिमाग अनियन्त्रित भएका बेला भौतिक, जैविक र सांसारिक वास्तविकताहरूसित उसको कुनै प्रयोजन रहन्न।

    प्राचीन काल दासप्रथावाला समाज थियो। त्यसपछि सामन्तवादी समाज आयो र अहिले पूँजिवादी समाज चलिरहेको छ। यी सबै किसिमका व्यवस्थामा समाजमा राम्रो स्थिति भएका केही व्यक्तिहरूले धर्मलाई अरुहरूको शोषण गर्ने काममा उपयोगी र लाभकारी देखे र आफ्नो निहित स्वार्थवश अँगाले। जो गरीब छन्, हीन छन्, उत्पीडन र शोषणका शिकार छन्, दास छन्, त्यस्ता मान्छेहरूलाई भनियो, ‘तिमीहरूको यो स्थिति कुनै गलत सामाजिक व्यवस्थाका कारणले भएको होइन, बरु तिमीहरूको पूर्व जन्मको फल हो।

    पूर्व जन्ममा जसले राम्रो काम गरेका थिए, तिनीहरूले आज यस जन्ममा सुखको उपभोग गरिरहेका छन्। यस जन्ममा यदि तिमीले राम्रो काम गर्‍यौ र आनकानी, नाइँनास्ति, खोट लगाउने काम नगरिकन आफ्ना सामन्त, स्वामी, मालिक वा राजाको सेवा गरिरह्यौ, यसरी आफ्नो शोषण गराउँदै रह्यौ भने अर्को जन्ममा तिमीहरूलाई पनि राम्रो ठाउँ वा स्थितिमा जन्म मिल्नेछ।’

    राजा र धर्मोपदेशकहरू एकै ठाउँमा

    यस्तो कर्मफल र पुर्नजन्मको सिद्धान्तद्वारा दासहरूको सामाजिक विद्रोहलाई सहजै दबाउन सकिन्थ्यो। अतः धर्मगुरुहरूले त्यही दिशामा त्यसको उपयोग गरे तथा तिनीहरू (ती धर्मगुरुहरू)लाई सामन्तहरूको पनि प्रश्रय मिल्यो। यस षड्यन्त्रमा राजा र धर्मोपदेशक दुबै थरीको मिलेमतो थियो। यसै कारण प्राचिन कालमा सोझै हेर्दा सत्ता जहाँ राजा र सामन्तहरूको थिए, त्यही ठाउँमा धर्मोपदेशक, इश्वरवादी र धर्मगुरुहरू झुम्मिन्थे। उनीहरूको आपसमा गहिरो प्रेम, सम्मान र निकटता थियो।

    किनभने दुबै पक्षले एकअर्काबाट लाभ उठाउन पाउँथे। तिनका इशारामा शासनसत्ता उलटपुलट हुन्थ्यो। लगौँटीधारी साधु सन्यासीहरू नै त्यस युगको ‘विकृत समाज दर्शन’का प्रचारक थिए र तिनीहरूको क्रियाशीलतामै राजतन्त्र टिक्थ्यो। यिनीहरू नै इश्वरवादका वितरक थिए र यिनीहरूकै भ्रामक प्रचारहरूबाट दिग्भ्रमित भएर जनसामान्यहरूदे सामन्तवादी व्यवस्थाका विरुद्ध विद्रोह गर्न सक्दैनथे।

    त्यस धार्मिक युगमा राजाको स्थानापन्न (सट्टामा वा ठाउँमा) ईश्वर थियो र ईश्वरको स्थानापन्न राजा। भन्नुको अर्थ राजा र ईश्वरलाई समान रूपमा हेरिन्थ्यो। जहाँ जस्तो विवेचना आवश्यक हुन्थ्यो, त्यस्तै गरिन्थ्यो। कहिले राजालाई ईश्वर मानिन्थ्यो, कहिले ईश्वरलाई राजा। स्वामिभक्ति त्यस युगको परमोच्च आदर्श थियो। भौतिक सुख–सुविधाहरू जति सबै राजा र सामन्तहरूले हत्याएका थिए। अत : सामान्य जनले हीनता र दरिद्रतामै जीवनयापन गर्नु अनिवार्य थियो। धर्मको उपदेश गर्नेहरूले जनतालाई ‘तिनीहरूले भौतिक सुखसुविधाहरूको लालच नगरुन्’ भनेर आत्मोकर्ष, मरेपछिका स्वर्ग, मोक्ष आदि अन्य कल्पित आदर्शहरूका बारेमा बताउने गर्थे।

    ‘जीवन छोटो छ, धन कमाएर के लाभ? जति कमाएपनि यहाँको कुनै सम्पत्ति कसैले परलोकमा लैजान पाउँदैन’ भनेर तिनलाई अर्थ्याइन्थ्यो। धनका प्रति जनसामान्यको यस्तो अरुचि रह्यो भने तिनीहरूबाट बढीभन्दा बढी धन खिचेर आफ्ना सुखसुविधाहरूमा वृद्धि गर्न सकिन्छ भन्ने कुरा ती सामन्त र धर्मोपदेशकहरूलाई राम्रोसँग थाहा थियो। त्यसैले धर्मगुरूहरू सामन्त र राजाका परम वन्दनीय हुन्थे, किनकि दुवैको अन्तःसम्बन्ध थियो। एकले शोषणका लागि पृष्ठभूमि तयार पार्ने गर्थ्यो, अर्कोले चाहिँ शोषण गर्ने गर्थ्यो।

    मठ–मन्दीर र यौनदासी

    सामाजिक शोषणबाट आर्जिएको धनको उपभोग एक्लो सामन्त वा राजाबाट भएको देखेपछि मन्दिर र मठहरूको युग आयो। राजाहरूले लूटका आफ्ना सहयोगी धर्मगुरूहरूका लागि लुटको अंशभागका रूपमा मन्दिर तथा देवालयहरू बनाउन थाले। दान दक्षिणाहरू चढाउनु पर्ने कुराको प्रचार गरेर धर्मगुरूहरूले देवालयलाई आफ्नो आम्दानीको साधन बनाए। तथा, यसका लागि राजामहाराजाहरूबाट पनि यथेष्ट सहायता प्रदान हुँदै आयो। अब पुजारीहरूले धर्म र ईश्वरका आडमा विभिन्न भौतिक सुखभोग भोग्न थाले। कैयौं देवालय या प्रार्थनालयले राजाहरूको सम्पत्तिलाई समेत माथ गर्न थाले। यूरोपमा पोपशाहीका सामु राजतन्त्र सानो र निर्बल देखियो।

    मनोरञ्जनका लागि राजाहरूका दरबारमा नर्तकीहरू र गणिका (वेश्याहरू) रहन्थे। ‘जीवनको उद्देश्य ब्रम्हमा लीन हुनु हो’ भन्ने निधो गरिसकेका इश्वरभक्त धर्मगुरूहरूले पनि यौन सुखबाट वञ्चित हुन नपरोस् भनेर देवदासी प्रथा सुरू गरियो तथा जनसामान्यले अक्षत–योनिका कन्या र नयाँ बेहुलीहरूलाई कौमार्य भंगका लागि तिनीहरूकहाँ लैजान, पठाउन लागे र यस्ता कामकुराको समारोह नै मनाउन थाले। दक्षिण भारतको नम्बदरीपाद ब्राम्हणहरूमा केही वर्ष अघिसम्म पनि यो प्रथा चल्दै थियो।

    धर्म र ईश्वरको कल्पना मानव मनको व्यावसायिक कल्पना होस्, नहोस् किन्तु कालान्तरमा केही मानिसहरूले त्यसलाई लाभप्रद व्यवसाय सम्झेर ग्रहण गरे। किनकि तिनीहरूको जीवनयापन यसैबाट भईरहेको थियो। अत: आफ्नो निहित स्वार्थका कारण तिनीहरू तीव्रतापूर्वक त्यसको प्रचार प्रसारमा लागे, जसको कारण ईश्वरवाद सारा संसारमा फैलियो। यति त हामीले मान्नै पर्छ कि ईश्वरवादको प्रतिष्ठा आज पनि समाजवादी देशहरूका तुलनामा पूँजिवादी, सामन्तवादी, राजतन्त्रात्मक र अधिनायकवादी समाजमा अपेक्षाकृत बढी छ। ईश्वरवादले मानव जातिलाई सामाजिक अन्यायहरूप्रति यस्तो सहिष्णु र यथास्थितिवादी तुल्याई दिन्छ कि हामीहरूले कुनै प्रगति नै गर्न सक्दैनौं।

    पण्डित र धर्मगुरुहरूको व्यापार

    जहाँसम्म निहित स्वार्थ भएकाहरूको कुरा छ; पण्डा र पुरोहितहरूको त यो व्यवसाय नै हो। उद्योगपति तथा प्रभूत मात्रामा कालो धन कमाउने मानिसहरूले पनि अचेल मन्दिरहरूको निर्माणमा अधिक रूचि लिने गरेको पाइन्छ। तिनीहरूका दृष्टिमा यो मन्दिर निर्माणको कार्य तिनको कालो कमाईको सदुपयोग हो। देश यस्तै धर्म परायण बनिरहेसम्म आफ्नो कालो कमाईको प्रथालाई पनि चालू राखिरहन पाइने छ तथा आफूहरूले त्यस्ता किसिमका आपत्तिहरूको सामना गर्नुपर्ने छैन, जुन समस्याहरू समाजवादी व्यवस्थामा उपस्थित हुन्छन्। यस्तो भावनाले पनि यसमा काम गरिरहेको हुन्छ।

    धर्म एक व्यक्तिगत वस्तु हो। अत : यसको समाजसित विरोध छ। परम धार्मिक व्यक्ति पनि राष्ट्रियताको मामिलामा आलोकाँचो पाइएको छ। तीर्थ यात्रा गर्न जानेहरू, ठूलाठूला धाम, तिर्थ र हजबाट फर्कनेहरूले समेत घर फर्कँदा गाँजा, चरेस, कोकिन, हेरोइन, ब्राउनसुगरजस्ता नसालु वस्तुहरू र प्राचिन मुर्तिहरूको चोरी निकासी गरी राष्ट्रको अर्थ व्यवस्थामा अनुचित भार पुर्‍याउने गर्छन्। अन्य धर्मपरायण व्यक्तिहरू पनि देशको सीमा बाहिरबाट चोरीको सामान लुकाएर ल्याउनुलाई अधर्म देख्दैनन्। यसका अतिरिक्त तिनीहरूले आफ्नो कालो कमाईको धनलाई निन्दनीय नसम्झेर मन्दिर, देवालय, पुजालय वा प्रार्थनास्थल निर्माणमा उपयोग गर्नुलाई धार्मिक कार्य ठानेर बरोबर यस्तो गर्ने गरिरहन्छन्।

    (सच्चिदानन्द मिश्रको किताब ‘द गड इज डेड’ को नेपाली अनुवादको एक अंश। अनुवादक : बालकृष्ण नेभा।)

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सच्चिदानन्द मिश्र

      सच्चिदानन्द मिश्र

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.