Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

काठमाडौं: हेरिटेज सिटी कि स्मार्ट सिटी

ई. प्रमोद श्रेष्ठ ई. प्रमोद श्रेष्ठ
असार १०, २०७७
- यो हप्ता, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    काठमाडौं अति प्राचीन शहर भएतापनि यो शहर बसाउनेहरुले शहर बसाउन चाहिने सबै किसिमका आधुनिक मूल्य र मान्यता अङ्गालेको पाइन्छ। उदाहरण स्वरुप, शहर बसाउन ​ पर्याप्त पानी हुने स्थान अनि जग बलियो हुने चट्टानी भूमि रोजेको पाइन्छ। खेतीका लागि उपयोगी नहुने र खेतीकार्य गर्न संभव नहुने त्यस्तो ठाउँ रोजेरे उनीहरुले बुद्धिमत्तापूर्वक आफ्ना विवेक प्रयोग गरेको पाइन्छ​। खेतीयोग्य हुने मलिलो माटो भ​एको ठाउँलाई खेतीकार्यका लागि नै छुट्याइएको पाइन्छ। खेतीबाट हुने उत्पादन घट्ने गरी मानिसको बस्ती कहिले पनि बसाइएको थिएन। यसरी हेर्दा काठमाडौं शहरभित्र भू-उपयोग सिद्धान्तको प्रयोग पूर्णरुपमा भ​एको पाइन्छ ।

    मानव बस्ती अलि हल्का अग्लो ठाउँमा बनाइएको पाइन्छ जहाँ पानीका लागि ढुंगेधारा र ढल निकासको राम्रो व्यवस्था हुन्थ्यो भने बस्तीलाई वाढी पहिरोबाट जोगाउन र पानीको उचित​ संग्रह गर्न ठाउँठाउँमा पोखरीहरु बनाइएको पाइन्छ। यसरी व्यवस्थापन गर्दा पानीको भूमिगत पुनःभण्डारण हुनाको साथै र पुनःस्थापिकरण पनि हुने हुँदा पानी चाहिएको बेलामा इनार बनाएर प्रयोग गर्ने गरिएको थियो।

    काठमाडौं शहर बसाल्दा बस्तीको बीचबीचमा ठूला चोक, बहाल र ननि जस्ता खुल्ला ठाऊँ राखेर आगलागी, भूकम्प जस्ता आपदविपतमा जम्मा हुन र भोजभतेर​, सभा आदि गर्नका लागि प्रयोग गर्न सक्ने गरी बनाइएको पाइन्छ, जसलाई आधुनिक आर्किटेक्टहरु ‘एसेम्बली पोइन्ट’ भन्छन्।

    ‘रैथाने जनताहरुका जग्गाजमीन अधिग्रहण गर्दै नयाँनयाँ संरचना बस्ती बनाउँदै जाने र शहरीक्षेत्रमा जनसङ्ख्या बढाउँदै जाने यो क्रमको निरन्तरता दिनु भन्नु यहाँका रैथाने जनसमुदायलाई विस्थापित​ गर्ने भन्ने नै हो। यस्तो विस्थापन भनेको विकास हो कि विनाश? हामी कतातिर गइराखेका छौं? पहिला नै विकसित भैसकेको प्राचीन शहर काठमाडौंको उच्च जीवनशैलीलाई भताभुङ् पार्दै कंक्रिटको जङ्गल तिरको उजाड यात्रामा हामी किन गइरहेका छौं?’

    बस्तीका घरहरु पनि एकआपसमा जोडिएका हुन्छन्। जसले गर्दा घरहरु एक ढिक्का भई भूकम्पवाट भत्किने जोखिमलाई न्यून हुने गर्दछ। बस्ती आसपास ठूला ठूला चौर (ख्यः) हुने गर्थ्यो। जसले गर्दा स्वस्थ हावाको संचार भई बस्तीभित्रको हावापानी राम्रो हुने गर्दथ्यो। तर दुर्भाग्य​ आधुनिकीकरणको नाममा ती चौरहरु अहिले नष्ट, ध्वष्ट र उजाडिएका छन्। सरकारीस्तरबाटै त्यस्ता खुल्ला चौरहरु अतिक्रमण भै मासिदैं जानु कम दुःको कुरा होइन।

    सरकारले विकासको नाममा रैथाने जनताहरुका कयौं वस्ती विनाश गरिरहेकाछन्। असङ्ख्य परिवारलाई सडक बिस्तारको नाममा उठिवास गरेकाछन्। सरकारले ल्याएको अव्यबहारिक गुठी विधयेकलाई नेवाः समुदायको कडा प्रतिकारपछि फिर्ता लिएको छ। कोरोना आक्रान्त भई लकडाउनको परिस्थितिमा पनि सरकारले चलखेल गर्न छोडेको छैन। अझ काठमाडौंका रैथाने जनतालाई सुकुम्वासी बनाएर अन्य जिल्लाका जनतालाई सुकुम्वासी भनेर काठमाडौंको जग्गा बाँड्ने कुरालाई यहाँका स्थानियवासीले सहने सक्ने प्रश्नै उठ्दैन। यस्तो परिस्थितिको परिणाम रैथाने जनतामा विद्रोहको भावना विकसित हुँदै गएकोछ।

    काठमाडौं शहरमा बसाइँ सरेर आएका धेरै आप्रवासीको मत छ कि यो प्राचीन शहरलाई आधुनिकीकरण गर्नु पर्‍यो र स्मार्टसिटी बनाउनु पर्‍यो। यसो भन्नुको सीधा अर्थ स्थानियवासी रैथानेहरुको जग्गा जमीन अधिग्रहण गरी नयाँ नयाँ संरचना बनाउँदै जाने देखिन्छ। यसले गर्दा आप्रवासीहरु काठमाडौंमा आकर्षित हुन्छन् र जनसङ्ख्या थपिन्छ। जनसङ्ख्या थपिएपछि अहिले भैरहेका भौतिकसंरचना नपुग हुन्छ। यसरी काठमाडौंलाई आधुनिक शहर बनाउनु पर्छ भन्नु यहाँ शहरी जनसङ्ख्या बढाउने तर्फको संकेत हो भन्नु अतिशयोक्ति हुने छैन।

    रैथाने जनताहरुका जग्गाजमीन अधिग्रहण गर्दै नयाँनयाँ संरचना बस्ती बनाउँदै जाने र शहरीक्षेत्रमा जनसंख्या बढाउँदै जाने यो क्रमको निरन्तरता दिनु भन्नु यहाँका रैथाने जनसमुदायलाई विस्थापित​ गर्ने भन्ने नै हो। यस्तो विस्थापन भनेको विकास हो कि विनाश? हामी कतातिर गइराखेका छौं ? पहिला नै विकसित भैसकेको प्राचीन शहर काठमाडौंको उच्च जीवनशैलीलाई भताभुङ् पार्दै कंक्रिटको जङ्गल तिरको उजाड यात्रामा हामी किन गइरहेका छौं?

    प्रमुख समस्या हो जनसङ्ख्या। त्यसैले आप्रवासी भीडको ओइरो लाग्ने गरी हुने आधुनिकीकरण एक गर्नु छैन, दुई गर्नु छैन, तीन गर्नु छैन। प्रमुख समस्याको रुपमा रहेको यहाँको जनसंख्या घटाउनु पर्छ र नियन्त्रण गर्नुपर्छ। अहिले कै स्थिति कायम रहने हो भने क्षमता भन्दा कयौं गुणा जनसंख्या यो शहरले धान्न सक्दैन।

    सुविधा सम्पन्न ठाऊँमा अवसरको खोजीमा आउनु स्वभाविक हो भन्ने प्रश्न उठ्न सक्ला। तर मूल बुझ्नु पर्ने कुरा यो छ कि पढेलेखेका विद्वान, व्यापारी, कर्मचारी र नेताहरु सबैलाई काठमाडौंमा नै किन बसोवास गर्नु पर्‍यो? आ-आफ्नो रैथाने गाऊँठाउँको विकास गर्ने नैतिक जिम्मेवारी उहाँहरुको छ कि छैन? आ-आफ्नो गाउँठाउँको विकास गर्ने नैतिक जिम्मेवारी पहिले पूरा गरोस्। त्यो जिम्मेवारीवाट पन्छिएर काठमाडौंमा आधुनिकीकरण गर्नु पर्दैन। विकास सन्तुलित हुनुपर्छ। सबै गाऊँठाऊँको विकास गरेर अवसरको श्रृजना गर्नुपर्छ। काठमाडौं केन्द्रित विकास अबको समयको माग होइन। काठमाडौंको जनसङ्ख्याको चाप घटाउन सबैले मद्दत गर्नुपर्छ।

    आधुनिकीकरणको यस्ता किसिमका परिभाषाले कयौं रैथाने समुदायको उठिवास भ​एको छ। संस्कृति मासिएका छन्। सांस्कृतिक, ऐतिहासिक सम्पदा र धरोहर मासिएका छन्। अव काठमाडौं प्राचीन अवस्थामा नै फर्किन​ सम्भव​ छैन​ र सक्दैन त्यसैले मासिएका संस्कृति र सम्पदा पुनःस्थापित गर्न पर्दैन भन्ने आशयको विचार यदि कसैको छ भने त्यो मान्य हुन सक्दैन। मासिएका संस्कृति र संम्पदा सबै पुनःस्थापित गरी संरक्षण गर्नुपर्दछ।

    यो त भयो काठमाडौंका सांस्कृतिक र ऐतिहासिक निर्जिव​ अमूर्त धरोहरका कुरा। भौतिक रुपमा चलायमान जीवन्त अमूर्त संस्कृति भनेको त समुदाय नै हो। जिवन्त समुदायले नै सारा संस्कृति, संस्कार​ र सम्पदा जिवन्त राख्छ​, चलायमान राख्छ। यति गहन दायित्व बोकेको रैथाने समुदाय नै विस्थापन भएपछि हाम्रा अमूर्त सम्पदा जोगिन्छ कसरी?

    यदि सम्पदा र संस्कृति पुनःस्थापित गर्ने र यसलाई निरन्तरता दिने हो भने विस्थापन त रोक्नु नै पर्छ। अनि विस्थापितलाई अनिवार्य त्यही ठाऊँमा पुनःस्थापित गर्दै जानु पर्छ। त्यसैले समुदायको पुनः स्थापना एकदम महत्वपूर्ण छ। त्यतिबेला मात्रै विरुप भैसकेको मेरो प्यारो काठमाडौं अनि सुन्दर प्यारो काठमाडौंमा परिणत हुन्छ।

    आहा मेरो प्यारो सुन्दर काठमाडौं ।

    ई. प्रमोद श्रेष्ठः हाल संयुक्त अरव इमिरेट्समा रहनु हुन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      ई. प्रमोद श्रेष्ठ

      ई. प्रमोद श्रेष्ठ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.