Sunday, January 24, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
    • All
    • विषय प्रवेश
    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

    सन् १९५० को सन्धि पुनरावलोकनका विषयहरु श्रृङ्खला-३

  • सामयिक
    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    कम्युनिष्ट सँगठनको संरचनाबाट त्रसित जर्ज अर्वेल पार्टीभित्र संघर्ष गर्न जोड दिन्थे

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण  (सारसंक्षेप)

    अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको भाषण (सारसंक्षेप)

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    क्यापिटल हिल हिंसा:  यो अन्य मुलुकका लागि पनि चेतावनी हो,  होसियार!

    अमेरिकी संसदको हिंसा र ट्रम्प–ओली प्रवृत्ति

  • अर्थ
    • All
    • उद्योग
    • सेवा
    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    बिटक्वाइन : पूँजीवादी संकटको भूमरीमा पानीको एउटा फोका

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    खाद्यान्न, कृषिब्यवसायका श्रृङ्खलामा कोरोनाभाइरसको असर

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    अमेरिकाले व्यापार युद्धमा चिनियाँ मेडिकल उत्पादनहरूमा लगाएको कर छूट गर्‍यो

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    थोमस पिकेटी: असमानता समाधान गर्ने कुरामा वर्तमान आर्थिक प्रणालीले काम गर्दैन

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

    बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

  • सुशासन
    • All
    • आधारभूत संरचना
    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    सुरक्षण मुद्रण सम्बन्धी उपकरण खरिदमा ७ अर्ब रुपैयाँ भ्रष्टाचारको आशंका

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    जीटुजीका नाममा नीतिगत भ्रष्टाचार!

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    बिआरआइको राजनीतिक अर्थशास्त्र र नेपाल- १

    टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

  • स्वास्थ्य /शिक्षा
    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    कुन खोपले गर्ला गरीब विश्वको उद्धार ?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    दर्शनशास्त्रीहरुले महामारीलाई कसरी अनुक्रिया गरे?

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    कोभिड भ्याक्सिनको खेल नै परिवर्तन गरिदिनेछ, चिनीया भ्याक्सिनले

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

    मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

  • समाज
    • All
    • इतिहास
    • कृषि
    • समाज राजनीति
    • सँस्कृति
    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    खड्गप्रसाद ओलीले बालकजस्तो संविधानको घाँटी निमोठ्ने काम गरेका छन्: देवी खड्का

    प्रतिगमनविरुद्ध काठमाडौंमा विशाल मोटरसाइकल -याली (फोटो फिचर)

    नेकपा बहुमतको माघ ९ को विरोध प्रदर्शन दश स्थानबाट शुरु हुने

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

    प्रचण्ड–माधवका लागि होइन, सिस्टम जोगाउन आन्दोलनमा उत्रनु आवश्यक: रञ्जु दर्शना

  • विचार
    एनसेल कर प्रकरण: पुँजीगत लाभकर फेरि निर्धारण गर्नुपर्ने सर्वोच्च अदालतको फैसला

    संसद विघटन किन असंवैधानिक छ? समृत खरेलको बहसको सारसंक्षेप

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    यसरी मदन भण्डारी साझा रहिरहन सक्नुहुन्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    दलितको भूमि, श्रम र सीपको व्यवस्थापनको प्रश्न

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

    कोभिड–१९ तानाशाह र दलाल पूँजीको शिकञ्जामा

  • दस्तावेज
    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    कोरोनाभाइरस विरुद्धको लडाईमा, मानव जातिले नेतृत्व गुमाएको छ

    २०२० को विश्व रजहाँस

    २०२० को विश्व रजहाँस

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

    नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

  • कोभिड–१९
  • हाम्रोबारे

Home विमर्शका लागि

कम्युनिष्टले ल्याएको गणतन्त्र, कम्युनिष्टबाटै धरापमा : केदार न्यौपाने

by केदार न्यौपाने
January 4, 2021
in विमर्शका लागि
0 0
0
कम्युनिष्टले ल्याएको गणतन्त्र, कम्युनिष्टबाटै धरापमा : केदार न्यौपाने
0
VIEWS
Share on FacebookShare on TwitterEmail

भोजपुर, गोगनेको रसने भन्ने ठाउँमा २०११ सालमा जन्में म। त्यहाँबाट २४ सालतिर हामी झापा बसाई सर्‍यौं। पहाडमा गुजारा नचलेपछि तराईतर्फ बसाईँ सर्ने चलन थियो। हामी पनि पहाडमा गुजारा गर्न कठिन भएकै कारण झापा सर्‍यौं । हामी चार भाई। ठूल्दाई सूर्य न्यौपाने, माल्दाई कुमार न्यौपाने, साईंला मुकुन्द न्यौपाने। मुकुन्द दाइ नेकपा स्थायी समितिमा सदस्य हुनुहुन्छ। म चाहिँ कान्छो । झापामा आफन्तहरू थिए। आफन्तहरूकै संगत, सहयोग र ठूल्दाई सूर्य न्यौपानेको प्रयत्नले हामी झापा आएका थियौं। झापाको विरेन्द्र माविमा र भद्रपुर हाइस्कुलमा पढें मैले। २८ सालमा एसएलसी सकेपछि मेची क्याम्पसमा उच्चशिक्षा लिन थालें। त्यहाँ पढ्दापढ्दै म शिक्षक पनि भएँ।

आन्दोलनको केन्द्र झापा
भद्रपुर हाइस्कुलमा म नौ कक्षातिर पढ्दैगर्दा विद्यार्थी आन्दोलनहरू चर्कन थालेका थिए झापामा। झापा पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनको उर्वर भूमि थियो। झापाको सामाजिक चेतनास्तर पहिल्यैदेखि अलि बेग्लै थियो। शोषण, अन्याय अत्याचार पनि बढ्तै भएको ठाउँ हो झापा। भारतमा नक्सलवादी आन्दोलन भएकाले र सीमानामा पर्ने जिल्ला भएकाले त्यताको प्रभाव यता पर्नु स्वभाविक भयो। २०१९ साल भन्दा अघि नै झापामा कम्युनिष्ट आन्दोलनको प्रभाव राम्रो थियो। नेपालको कम्युनिष्ट आन्दफलनको विभाजनपछि पूर्व कोशी समूहले झापामा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढायो। त्यससँग पनि विद्रोह गर्दै मोहनचन्द्रहरूले झापा विद्रोहको सुरुवात गर्नुभएको हो। यो विद्रोही लाइन चारु मजुमदारहरूले चलाउनुभएको नक्सलवादी आन्दोलनबाट प्रभावित थियो।

झण्डा र नारा देखेर हामी त्यस आन्दोलनमा लागेका होइनौँ। वर्ग दृष्टिकोणका कारण आन्दोलनसँग जोडिएँ। खासगरी कम्युनिष्टको वर्ग दृष्टिकोण मलाई मनपरेको थियो। कम्युनिष्ट पार्टी भनेको गरीबहरूको पार्टी हो र यसले जनताको हित गर्छ भन्ने मलाई लाग्यो र म यो आन्दोलनमा होमिएँ।

झापा विद्रोहको सुरुवाती नेतृत्व मदन खपाङ्गी र राधाकृष्ण मैनालीहरूले गर्नुभयो। यो २६/२७ साल तिरको कुरा हो। त्यस समयदेखि म कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएँ। म आन्दोलनबाट प्रभावित हुनुका दुई कारण थिएः पहिलो, म आफैँ निम्न वर्गबाट थिए। जीवनशैली कठिन भएकाले हामी असल र गरीबको पक्षमा बोल्ने शासन खोज्दै थियौँ। हाम्रो संगत पनि धेरैजसो बामपन्थी आन्दोलन गर्नेहरूसँगै भयो। आफ्नै दाई पनि यसमा लाग्नुभएको थियो। झण्डा र नारा देखेर हामी त्यस आन्दोलनमा लागेका होइनौँ। वर्ग दृष्टिकोणका कारण आन्दोलनसँग जोडिएँ। खासगरी कम्युनिष्टको वर्ग दृष्टिकोण मलाई मनपरेको थियो। कम्युनिष्ट पार्टी भनेको गरीबहरूको पार्टी हो र यसले जनताको हित गर्छ भन्ने मलाई लाग्यो र म यो आन्दोलनमा होमिएँ।

हाम्रो घरको अवस्था यस्तो थियो कि स्कुलमा ‘फिस’ तिर्न नसकेर मैले दिनमा तीनचोटीसम्म कक्षामा उठ्नुपर्थ्यो। शिक्षकहरूले मलाई हाइस्कुलमा दिनैजसो कक्षमा उभ्याउँथे। एसएलसी पास गरेपछि मैले चन्द्रगढीमा जागिरका निम्ति सबै अड्डा तथा कार्यालयहरूमा दरखास्त हालेँ। अन्तरवार्ताहरूमा म प्रथम हुन्थें, तर नियुक्ति पाउँथ्यो अर्कैले पाउँथ्यो। यीनै व्यहारिक अनुभूतिले तत्कालिन् शासन व्यवस्था हामी गरीबको होइन भन्ने अनुभव भयो।

क्याम्पसको राजनीति
भद्रपुर हाइस्कुलमा म अनेरास्ववियुको कोषाध्यक्ष थिएँ। यो २६ सालतिरको कुरा हो। त्यसपछि मेची क्याम्प्स पढ्दाखेरी, २९ सालमा म स्ववियु सभापतिमा एक भोटले हारें। चन्द्रगढी स्कुलमा पढाउँदाताक म पार्टीको भूमिगत गतिविधिहरूमा सामेल भएँ। त्यतिखेर धेरै ठूलो दमन भएको थियो झापामा। धेरै साथीहरू मारिनुभयो। पाँच जनाको सुखानीमा हत्या भयो। त्यसपछि कैयन साथीहरु विदेशिनु भयो र कैयन पलायनसमेत हुनु भयो। त्यतिखेर सिपि मैनाली लगायत केही साथीहरुमात्र झापामा लुक्दै कार्यरत रहे।

आन्दोलनकारीहरूसँग देशव्यापी पार्टी निर्माण गर्ने भन्ने सोच थिएन। हामी आन्दोलन गर्दै जान्छौँ, अर्कोले समर्थन गर्दै जान्छ भन्ने खालको स्वतःस्फूर्त सोच थियो। झापामा गरिएको राज्य दमन र धक्काले, ‘पहिले पार्टी निर्माण गर्नुपर्छ र त्यसलाई देशव्यापी बनाउनुपर्छ अनि मात्रै हामी यो लडाईंलाई देशव्यापी बनाउन सक्छौँ’ भन्ने दृष्टिकोण आयो।

पछि के समिक्षा आयो भने झापामा केन्द्रित भएर आन्दोलन अघि बढ्दैन। आन्दोलनलाई देशव्यापी बनाउने र देशव्यापी पार्टी निर्माण गर्ने कुरा उठ्यो। पहिले, आन्दोलनकारीहरूसँग देशव्यापी पार्टी निर्माण गर्ने भन्ने सोच थिएन। हामी आन्दोलन गर्दै जान्छौँ, अर्कोले समर्थन गर्दै जान्छ भन्ने खालको स्वतःस्फूर्त सोच थियो। झापामा गरिएको राज्य दमन र धक्काले, ‘पहिले पार्टी निर्माण गर्नुपर्छ र त्यसलाई देशव्यापी बनाउनुपर्छ अनि मात्रै हामी यो लडाईंलाई देशव्यापी बनाउन सक्छौँ’ भन्ने दृष्टिकोण आयो।

RelatedPosts

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

January 24, 2021
175
किन नगई हुन्न शुक्रवार काठमाडौं ?

किन नगई हुन्न शुक्रवार काठमाडौं ?

January 22, 2021
113
के महिला तन्दुरी–मुर्गी हुन्?

के महिला तन्दुरी–मुर्गी हुन्?

January 21, 2021
15
ओली : ‘राम मसला’ बेच्दै, मोदीको नक्कल गर्दै

ओली : ‘राम मसला’ बेच्दै, मोदीको नक्कल गर्दै

January 15, 2021
0

यसरी ३२ सालमा कोआर्डिनेशन केन्द्र बन्यो। सोही साल सिपी मैनालीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरूले देशभर छरिएर रहेका क्रान्तिकारीहरूसँग छलफल अघि बढाए। त्यसैबीचमा मोरङका माधव नेपाल लगायतका क्रान्तिकारीहरूसँग झापाका सिपी मैनालीलगायतकोे छलफलपछिको निस्कर्षमा कोअर्डिनेसन केन्द्र बनेको थियो। त्यस केन्द्रले मुलुकभरी संगठन र कार्यकर्ता विस्तार गर्ने तथा तिनको परिचालनबारे निर्णय गर्नुपर्ने भयो। त्यस शिलशिलामा कोअर्डिनेसन केन्द्रकै निर्णयबमोजिम मैले भूमिगत राजनीतिक जीवन सुरू गरें। ३२ साल असार ५ गते म घर छोडेर हिँडें। मलाई बारा जिल्लाको जिम्मा दिइएको थियो।

भात खान मुस्किल
वाल्यकालमा हामीले डाक्टर देखेका थिएनौँ। साधारण जिन्दगी थियो। वाल्यकालको सम्झना गर्दा मलाई भोजपुरको गोगनेमा पढेको र दिङलाको षडानन्द स्कुलमा गएर जाँच दिएको सम्झना छ। त्यसबेला हामीलाई धानको भात खान मुस्किल थियो। सेलरोटी खान तिहार पर्खिनुपर्‍थ्यो। धानको भात र मासु खान दशैँ  आउनु पर्‍थ्यो।

बारा मेरो कार्यक्षेत्र भयो। बारामा म यहाँको स्थानीय भाषा बुझ्दैनथें, खाली ‘स्पिरिट’ले मात्रै काम गरे। न म भोजपुरी भाषा बुझ्ने न हिन्दी नै। बाराका स्थानीयका घरहरूमा दिनभरी लुकेर बस्नु पर्‍थ्यो। दिशा पिसाब गर्न पनि छलेर जानु पर्‍थ्यो। जान नपाए दिनभरी दिशापिसाब रोकेरै बस्नुपर्‍थ्यो। बाहिर निस्कँदा मान्छेले देख्थे, नौलो मान्छे बसेपछि को आएछ हाम्रो गाउँघरमा भनेर चियोचर्चो हुने डर हुन्थ्यो। वरपर जमिन्दारहरूका घर थिए। उनीहरूका अघि देखिन पुगेमा आश्रय लिएको घरका मान्छेलाई समस्या पर्ने खतरा रहन्थ्यो। यसर्थ, दिउँसो लुकेर बस्नुपर्‍थ्यो।

क्रान्तिको मुख्य आधार नै गरीब हो भनेर हामी गरीबकै घरमा बस्थ्यौँ। हामी के भन्थ्यौँ भने, ‘तपाइंहरू जे खानुहुन्छ, त्यै खुवाउनुहोस्, जहाँ सुत्नुहुन्छ त्यही सुत्छौं।’ बारामा धेरै पटक हामीले गुन्द्री र परालमा सुत्यौं‌। हामीले गुन्द्री पनि ओढ्यौं।

हामीहरू लुकेरै बेलुका बैठक गर्थ्यौं। किनकि किसानहरू दिनभर फुर्सद पाउँदैनथे। बनीबुतो गर्थे र एक पेट पाल्थे। हामीहरू प्रायः गरीबकै घरलाई आश्रयस्थल बनाउँथ्यौं। क्रान्तिको मुख्य आधार नै गरीब हो भनेर हामी गरीबकै घरमा बस्थ्यौँ। हामी के भन्थ्यौँ भने, ‘तपाइंहरू जे खानुहुन्छ, त्यै खुवाउनुहोस्, जहाँ सुत्नुहुन्छ त्यही सुत्छौं।’ बारामा धेरै पटक हामीले गुन्द्री र परालमा सुत्यौं‌। हामीले गुन्द्री पनि ओढ्यौं।

राती बाह्र–एक बजेसम्म बैठक बसेर हामी मान्छेहरूलाई संगठित गर्थ्यौ, जगाउँथ्यौँ । बाह्र–एक बजे सुतेर राति तीन–चार बजे उठिएन भने फेरि उज्यालो भएपछि बाहिर दिशापिसाब गर्न जाने स्थिति हुँदैनथियो। झिसमिसेमै उठेर दिशापिसाव गरेर भित्र पसेपछि बाहिर निस्कने स्थिति हुँदैनथियो। हुँदाहुँदै कस्तो अवस्था भयो भने, अहिले पनि म बिहानको ठ्याक्कै ३ बजे व्युँझन्छु। बत्तीस सालदेखि म दैनिक ६ घन्टाभन्दा बढी सुतेकै छैन। दिनभरी किसानसँग कुरा, रातभरी उनीहरूसँगै बैठक, त्यसैले सुत्ने अभ्यास नै त्यस्तो हुनगयो।

‘पश्चाताप गनेर्छौ बाबु हो…’ 

बत्तीस सालमा म जेल परें। नौ महिना बारामा बसेपछि, बारामै काम गर्दाखेरी विरगञ्जमा बैठक डाकिएको थियो हाम्रो। अमृत बोहोरा र म सँगै बाराको पढेरी भन्ने गाउँबाट त्यसतर्फ गएका थियौँ। विरगञ्जमा एउटा हाम्रा भूमिगत साथीहरूको डेरा थियो, म त्यहाँ बसेको थिएँ। अमृत बोहोरा भोलिपल्ट आउँछु भनेर हामीसँग छुट्टिनु भएको थियो। म त्यही डेरामा थिएँ। त्यस मिटिङमा पवन मुडभरी, मदन ढुंगेल लगायतका नेताहरू हुनुहुन्थ्यो।

त्यो सेल्टर विरगञ्जको जेल नजिकै थियो। हामी बैठक बसेको बारे प्रशासनले चाल पाएछ। बैठक सकिएपछि राति एक बजे हामीलाई प्रहरीले गिरफ्तार गर्यो‍। अनि म तीन बर्ष जेल बसे। तीन महिना त यातना नै दियो। अहिलेको विरगञ्जको डीएसपी अफिस जुन छ, हामी चारजनालाई त्यही राखियो। थुनेरै राख्यो। हामीले दिशापिसाव भित्रै गर्‍यौ।

कारागारमा लगेपछि हामीलाई यातना दिन थालियो। त्यसबेला प्रहरीले हामीलाई दिनको तीनचोटी पिट्थ्यो। टाउकामा र खुट्टामा। कहिले झुन्ड्याएर कुट्थ्यो। टाउको पानीमा चोबल्ने र पैँतालामा पिट्ने कुरो सामान्य थिए। हामीलाई तीन महिना लगातार पिटियो। म कम्युनिष्ट हुँ भन्ने कुरा मैले उनीहरूसँग पहिल्यै बताइसकेको थिएँ। उनीहरूले हामीबाट दुईवटा कुरा खोजेः पहिलो, हामी लुकेर बसेको घरको लोकेसन, अर्को हाम्रा नेताको लोकेसन। त्यो देखाउन भनियो हामीलाई। प्रहरीले जति नै पिटेपनि हामीले यी दुई प्रश्नको उत्तर दिएनौँ।

म त रिटायर्ड हुन्छु, जान्छु। मेरो ड्युटी मैले पूरा गरें र तिमीहरूले पनि मुख खोलेनौँ। तिमीहरूले आत्मसमर्पण गरेको भए राम्रै हुन्थ्य । गाउँ फर्क राष्ट्रिय अभियानमा लाग। तर ख्याल राख, कुनै न कुनै दिन तिमीहरूका नेताहरू, जसले तिमीहरूलाई यस्तो स्कुलिङ दिएको छ, उनीहरू नै त्यो स्कुलिङ अनुसार चल्छन् भन्ने मलाई लाग्दैन। कुनै दिन तिमीहरूमा पश्चाताप होला है बाबु हो।’

आफ्ना नेताहरूमाथि हामीलाई अति विश्वास र श्रद्धा थियो। आन्दोलनप्रतिको विश्वास उस्तै थियो। सत्ता कब्जा गरिन्छ भन्ने लाग्थ्यो हामीलाई। म एउटा घट्ना सम्झन्छु। धेरै पिट्दा पनि हामी नथाकिसकेपछि एक प्रहरी अधिकृतले हामीलाई भनेका थिए, ‘तिमीहरू धेरै सानै छौँ। तिमीहरूको यस्तरी स्कुलिङ भएको छ कि तिमीहरू आफ्नो आन्दोलनप्रति गर्व गर्छौ। तिमीहरूलाई आफ्नो मृत्युमा पनि  गर्व गर्छौ। त्यस्तो ढंगले तिमीहरूको स्कुलिङ भएको छ। तर बाबुहरू हो, तिमीहरू सुन, म त रिटायर्ड हुन्छु, जान्छु। मेरो ड्युटी मैले पूरा गरें र तिमीहरूले पनि मुख खोलेनौँ। तिमीहरूले आत्मसमर्पण गरेको भए राम्रै हुन्थ्य । गाउँ फर्क राष्ट्रिय अभियानमा लाग। तर ख्याल राख, कुनै न कुनै दिन तिमीहरूका नेताहरू, जसले तिमीहरूलाई यस्तो स्कुलिङ दिएको छ, उनीहरू नै त्यो स्कुलिङ अनुसार चल्छन् भन्ने मलाई लाग्दैन। कुनै दिन तिमीहरूमा पश्चाताप होला है बाबु हो।’

खड्गप्रसाद ओलीको कदमले कम्युनिष्ट आन्दोलनप्रति ठूलो विश्वासघात गरेको छ। दोस्रो, गणतन्त्र पनि खतरामा छ। किनभने यो घटनाले प्रतिगामीहरूलाई टाउको उठाउने ठूलो अवसर दिएको छ।

केन्द्रीय समिति फेस गर्न किन सकेनन् ओलीले ?
नवौँ महाधिवेशनमा केपी कमरेडलाई अध्यक्ष बनाउनुपर्छ, राम्रो इतिहास भएको मान्छेलाई अग्रपंक्तिमा राख्नुपर्छ भन्ने मान्छे मै पनि हो। अहिलेको यो घटना हेर्दा, उहाँले तीन चार वटा विषयमा ठूलो घात भएको छ। पहिलो, यो संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभयो। यसले कम्युनिष्ट आन्दोलनलाई अत्यन्तै ठूलो क्षति पुर्या‍एको छ। करीब दुई तिहाई हामीले जनतामाझ जे प्रतिबद्धता गरेका थियौँ, दुई तिहाई बहुमतले हामीले जितेका छौँ। गणतन्त्रवादी नेता कम्युनिष्ट नेता भए, अब यो गणतन्त्रलाई अरु सुदृढ बनाउदै हामी समाजवादको मार्गमा जान्छौँ भनेर हामीले घोषणा गरेका थियौँ। त्यो घोषणामा विश्वासघात भयो।

जनताले यही कुरा झल्झती सम्झेका छन्। के गरी जाने भन्ने हामीलाई लागेको छ। खड्गप्रसाद ओलीको कदमले कम्युनिष्ट आन्दोलनप्रति ठूलो विश्वासघात गरेको छ। दोस्रो, गणतन्त्र पनि खतरामा छ। किनभने यो घटनाले प्रतिगामीहरूलाई टाउको उठाउने ठूलो अवसर दिएको छ। तिमीहरूले राजतन्त्र मिल्कायौँ तर अहिले दशवटा राजा जन्मेका छन् भन्ने ठाउँ प्रतिमगामीहरूलाई भएको छ। जनताले हामीलाई दुई बर्षका लागि होइन, पाँच बर्षका लागि चुनेर पठाएका थिए। जनताका भावनाका कुरा गर्नुपर्ने ठाउँमा पाँच बर्ष नपुग्दै, संसद विघटन गर्ने जुन काम गरियो, यसले जनमतको अपमान गर्यो‍।

यो कदमले हाम्रो राष्ट्रियतामा पनि नोक्सान भएको छ। किनभने मुलुकमा अस्थिरता पैदा भइसकेपछि राष्ट्रियता खतरामा पर्छ। विदेशी शक्तिहरू खेल्न थाल्छन्। यसले राष्ट्रियता र गणतन्त्रलाई खतरामा पुर्‍याएको छ। त्यस कारणले यो अमान्य घटना हो।

र, यो कदमले हाम्रो राष्ट्रियतामा पनि नोक्सान भएको छ। किनभने मुलुकमा अस्थिरता पैदा भइसकेपछि राष्ट्रियता खतरामा पर्छ। विदेशी शक्तिहरू खेल्न थाल्छन्। यसले राष्ट्रियता र गणतन्त्रलाई खतरामा पुर्याएको छ। त्यस कारणले यो अमान्य घटना हो। म केपी कमरेडलाई के भन्छु भने, केन्द्रीय कमिटीको बैठक तोकिएको थियो १० गतेका लागि। उहाँकै उपस्थितिमा तोकिएको बैठक थियो त्यो। केन्द्रीय कमिटीले उहाँलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने कुरा पनि गरिएको थिएन। केन्द्रीय कमिटीको सामना किन गर्न सक्नुभएन उहाँले? केन्द्रीय कमिटीमा आएर सारा कुरा गर्नुभएको थियो भने, त्यो केन्द्रीय कमिटिले केही न केही निकास निकालेरै छाड्थ्यो। त्यसैले, उहाँ केन्द्रीय कमिटीबाट भाग्नुभयो। अहिले त दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटि सदस्यहरू ओलीविरुद्ध हुनुहुन्छ। उहाँहरू सबैको मन दुखेको छ। केपी शर्मा ओलीले कम्युनिष्टको बदनाम गर्नुभयो।

केन्द्रीय कमिटीले उहाँलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने कुरा पनि गरिएको थिएन। केन्द्रीय कमिटीको सामना किन गर्न सक्नुभएन उहाँले? केन्द्रीय कमिटीमा आएर सारा कुरा गर्नुभएको थियो भने, त्यो केन्द्रीय कमिटीले केही न केही निकास निकालेरै छाड्थ्यो।उहाँ केन्द्रीय कमिटीबाट भाग्नुभयो। अहिले त दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरू ओलीविरुद्ध हुनुहुन्छ। उहाँहरू सबैको मन दुखेको छ। केपी शर्मा ओलीले कम्युनिष्टको बदनाम गर्नुभयो।

क्षमा र त्रास
अब हामी जनतासँग गएर क्षमा माग्छौँ। जनता मालिक हो र हामी नोकर हौँ। कम्युनिष्ट पार्टी भनेको जनताको नोकर हो। यसले जनतालाई बाटो देखाउने काम गर्छ। जनताबाट सिक्छ र जनतालाई सिकाउछ पनि। त्यसैले सबैभन्दा पहिले हामीले जनतासँग माफी माग्नुपर्छ। हामीले गलत नेतृत्व छनौट गर्‍यौ र देशले त्यसको मूल्य चुकाउनुपर्यो‍। जनताले देखेका सपनामाथि चिसो पानी खन्याइएको छ। तर पनि सपना मरेका छैनन्। सपना मार्न खोजिदै छ। तर, त्यसलाई हामी मर्न दिदैनौँ। त्यसका लागि फेरि पनि जनताकै साथ चाहिन्छ। जनताबिच नै हामी जानुपर्छ। हामी आफैँले त अपराध गरेको होइन। आफू स्वयंले अपराध नगरेकाले हामीलाई जनताको बिचमा जाँदा डराउनुपर्दैन। हामीले भ्रष्टाचार वा कुनै गलत काम गरेका छैनौं।

हामीले गलत नेतृत्व छनौट गर्‍यौ र देशले त्यसको मूल्य चुकाउनुपर्यो‍। जनताले देखेका सपनामाथि चिसो पानी खन्याइएको छ। तर पनि सपना मरेका छैनन्। सपना मार्न खोजिदै छ। तर, त्यसलाई हामी मर्न दिदैनौँ।

संविधान सडकले बनाएको हो

प्रधान्यायधिशको निजि विचार के होला, त्यसलाई छाडिदिउँ। तर सिंगो जनमत, लोकतान्त्रिक शक्तिहरू, कानून व्यवसायीहरू सिंगो मुलुकको जनमत, सबैलाई हेर्दा अदालतले  अन्याय गर्छ जस्तो मलाई लागेको छैन। यतिखेर न्यायलयको हातमा मुलुकको गणतन्त्र र राष्ट्रियता जोगाउने जिम्मेवारी छ। अर्को कुरा, संविधान पनि सडकले बनाएको हो। जनता भन्दा ठूलो कोही हुँदैन। जनताभन्दा ठूलो अदालत पनि हुँदैन। जनता भन्दा ठूलो मन्त्री र प्रधानमन्त्री हुँदैन। जनताले चाहेपछि संविधान बनाइयो, जनता सर्वोपरी हो। संसद मारिएको छ, अदालतले निसाफ गर्दैन भने जनताले सडकबाट आफ्नो निर्णय गर्छन्। संसद मार्ने अधिकार प्रधानमन्त्रीको हातमा छैन भनेर संविधानमा लेखिसकेपछि एउटा प्रधानमन्त्रीले सिफारिश गर्दैमा, संसद मरेको मान्नुहुन्न। हिम्मत्का साथ सभामुखले संसद अधिवेशन बोलाउनुपर्छ।

संसद मारिएको छ, अदालतले निसाफ गर्दैन भने जनताले सडकबाट आफ्नो निर्णय गर्छन्। संसद मार्ने अधिकार प्रधानमन्त्रीको हातमा छैन भनेर संविधानमा लेखिसकेपछि एउटा प्रधानमन्त्रीले सिफारिश गर्दैमा, संसद मरेको मान्नुहुन्न। हिम्मत्का साथ सभामुखले संसद अधिवेशन बोलाउनुपर्छ।

पार्टीभित्र आरोह–अवरोह, गुट–उपगुट सबै भोग्यौँ हामीले। यी सबै भोग्दाभोग्दै पनि म कसैलाई दोष दिन्नँ। मैले आन्दोलनमा लाग्ने जे फैैसला गरें, त्यो आफ्नै फैसला थियो। जब म जीवनका बारेमा सोच्दछु, अखिर तपाईं हामीले खोपी या जुवा खेलेर पनि बिताउँथ्यौं होला। मेरो कुरा गर्दा, म कस्सिएर लागेको भए प्रोफेसर या ए वन प्राध्यापकसम्म हुन्थें होला। आकर्षक घर हुन्थ्यो होला। तर, मर्दा खाली हात नै जान्थें। हामी बाँचिरहँदा भोलि मर्दैछौँ भनेर ठान्नुपर्यो‍। भोलि मर्दैछौँ भनेर ठानियो भने लोभ त्यहीँबाट सकिन्छ। ६५–७० बर्षपछि तपाईं आफूले कमाएको सम्पत्ति उपयोग नै गर्न सक्नुहुन्न। तीन पुस्ताको कुरा किन सोच्नू?

फेर्ने लुगा हुन्थेन किसानहरूको
बारामा बस्दा हामी गरीबहरूका घरमा बस्थ्यौं। उनीहरू आफूसँग कुनै फेर्ने लुगा नभएर एउटै लुगा महिनौँ दिनसम्म लाउँथे र नुँहाउदा लुगा नभएर नाङगै नुँहाउथे उनीहरू। उनीहरूका खुट्टामा चप्पल हुँदैनथ्यो। ओढ्ने सिरक नभएर गुन्द्री ओढ्थे। बाराको किसानका घरमा बस्दा मैले भोगेको, थाल नभएर एउटै थालमा खाने चलन थियो त्यहाँ। हामी त अर्कै संस्कृतिमा हुर्किएको, तथाकथित उपाध्याय बाहुनको छोरो। म चमार, मुसहर र थारुहरूको घरमा बसेको थिएँ। मैले एउटै थालमा उहाँहरूसँग खाएको छु।

एकातिर उहाँहरूका छोराछोरीहरू खान्छन्, अर्कोतर्फबाट घरमुलीले खाना खान्छन्। म अर्कोतिर बसेको छु। सांस्कृतिक रूपमा आफूलाई रुपान्तरण गर्ने एउटा ठूलो अवसर पनि थियो त्यो। कति किसानहरूले प्रश्न गर्नुहुन्थ्यो, ‘हामीले तपाईंलाई कसरी पाल्ने? कति बस्छौ यहाँ? तपाईंका कारण हामीलाई दुःख भयो ।’ तर, म उहाँहरूलाई फकाउँथें। अहिले पनि सम्झन्छु बारामा काशी चौधरीको घर। म बिहानै उठ्थें, उठेर ढिकी कुट्दिन्थे, पानी ल्याइदिन्थे। मलाई लुँगी लगाएर नुहाउन लैजान्थे परिवारका सदस्यहरूले। यी सबै गरेरै हामी जनतासँग आँफै अन्तरघुलित भयौं।

‘समाजवाद बबुवा धिरेधिरे आए’
हामी कम्युनिष्ट आदर्श र संस्कृतिका लागि लड्यौं तर आफूलाई कम्युनिष्ट भन्नेहरू देखेर उदेक लाग्छ। यसर्थ, रुपान्तरण गर्नुपर्ने विषय धेरै छन्। रुपान्तरण अझै सुरु नै भएको छैन जस्तो लाग्छ। बहुदल आएपछि कम्युनिष्ट स्कुलिङ पनि कम भएको हो। हामी हिजो जनताका बीच हुँदा एउटा भोजपुरी गित गाउँथ्यौंः समाजवाद बवुवा धिरेधिरे आए, घोडासे आए, हाथीसे आई अंग्रेजी बाजा बजाइए।

उतिखेर कांग्रेसले पनि समाजवादको नारा लगाउँथ्यो, हामी पनि समाजवाद नै भन्थ्यौं। अनि कांग्रेसको समाजवादचाहिँ हात्ती र घोडा चढेर आउँछ तर हाम्रो समाजवादचाहिँ वर्गबाट आउँछ भनेर गीत गाउँथ्यौं। जनतालाई हामी त्यसरी पनि सैद्धान्तिकरण पनि गर्थ्यौं, चेतना दिन्थ्यौँ। आज आफैँलाई हेर्दा, यो हामीले गाएको गीत हामीतिरै फर्कियो जस्तो लागिरहेको छ।

सधैं संस्थापनमा
पार्टीमा गुटफुट र अन्तरकलह पहिले पनि थियो। तर, म जहिले पनि संस्थापन पक्षमै लाग्थें। फुटेर जानेलाई म गाली गर्दिनँ । हिजोका दिनमा सिपि मैनाली फुटेर जानुभयो। तर सिपिप्रतिको मेरो श्रद्धा यथावत् छ र, म अहिले पनि कहिलेकाहीँ भेट्न जान्छु। यो वैचारिक क्रममा अन्तरविरोध, अन्तर्कलह, छलफल र गुटउपगुट भइरहन्छ। यसमा दृढता, धैर्यता र संययमताको खाँचो छ। हाम्रो बहस, सिद्धान्त र राष्ट्रकेन्द्रित हुनुपर्ने हो।

वैचारिक क्रममा अन्तरविरोध, अन्तर्कलह, छलफल र गुटउपगुट भइरहन्छ। यसमा दृढता, धैर्यता र संययमताको खाँचो छ। हाम्रो बहस, सिद्धान्त र राष्ट्रकेन्द्रित हुनुपर्ने हो।

तर कहिलेकाँही हाम्रो बहस गालीगलौज र छुद्रतातिर जान्छ। मलाई त्यो उचित लाग्दैन। आलोचना त प्रवृत्तिको गर्नुपर्छ। व्यक्तिगत गालीगलौजमा हामी फस्नुहुन्न। हामी सिद्धान्तप्रति भने निर्मम हुनुपर्छ। सिपि मेरा मन परेका व्यक्ति हुन्, तर उहाँसँग राजनीतिक सम्बन्ध छैन। भोलि खड्ग ओली सिरियस् हुनुभयो भने व्यक्तिगत रूपमा उहाँलाई भेट्न जानुपर्छ। अहिले हाम्रो बहस, मुद्धामा हुनुपर्छ। कम्युनिष्ट आन्दोलन, समाजवादी विचारधारामा हामी केन्द्रित हुनुपर्छ।

बहस विचारको
अहिलेको संकट बाहिरबाट देख्दा पदको लडाईँजस्तो देखिएपनि वैचारिक आन्दोलन हो। यो पद्धति र लक्ष्यको लडाई हो। यो कार्यदिशाको लडाई हो। समाजवाद व्यवहारमा देखिनुपर्छ। मार्क्सवादीहरू श्रमजिविका पक्षमा खडा हुनुपर्छ। मार्क्सवाद सिद्धान्त र व्यवहारको एकताको पक्षमा हुन्छ। अर्को कुरा, आफूलाई साधारण ठानियो भने मान्छेले कम गल्ती गर्छ। आफूलाई सर्वोपरी ठानियो भने अहंकार र आकांक्षा आकासिन्छन्। आफूलाई सरल बुझ्दै आफूले गरेका कामलाई कर्तव्यका रुपमा बुझ्ने हो धेरै मान्छेले गल्ती गर्थेनन् होला। ओलीले अहिले जुन गलत कदम चाल्नुभयो, त्यो पनि चाल्थेनन् होला।

६८ वर्षको इतिहासमा पहिलो चोटी कम्युनिष्ट पार्टीले गणतन्त्रको नेतृत्व गरेको थियो। कम्युनिष्टकै नेतृत्वमा आएको थियो गणतन्त्र तर अहिले कम्युनिष्टकै कारण धराप पर्ने अवस्था भयो। यो ठूलो ऐतिहासिक अवसर थियो र यो अवसरलाई सदुपयोग गरेर हामी समाजवादको मार्गलाई प्रशस्त गर्न सक्थ्यौं।

ठूला आन्दोलन र बलिदानीहरूबाट हामीले ठूलो उपलब्धि प्राप्त गरेका थियौँ। ६८ वर्षको इतिहासमा पहिलो चोटी कम्युनिष्ट पार्टीले गणतन्त्रको नेतृत्व गरेको थियो। कम्युनिष्टकै नेतृत्वमा आएको थियो गणतन्त्र तर अहिले कम्युनिष्टकै कारण धराप पर्ने अवस्था भयो। यो ठूलो ऐतिहासिक अवसर थियो र यो अवसरलाई सदुपयोग गरेर हामी समाजवादको मार्गलाई प्रशस्त गर्न सक्थ्यौं। बिडम्बना, अब यो उपलब्धि खोसिने खतरा पैदा भएको छ। यो खतराविरुद्ध हामी निराश नभइकन, लाज नमानीकन, जनताको बीचमा जानु आवश्यक छ। फेरि उपलब्धिको रक्षा गरौँ है भनेर जनतामाझ जानुको कुनै उपाय छैन।

भिडियो – 

(नेकपा केन्द्रीय सदस्य न्यौपानेसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित । तस्वीर–भिडियो :महेश पाण्डेय)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
केदार न्यौपाने

केदार न्यौपाने

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

1 year ago
2
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

1 year ago
1

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Sign In with Facebook
    Sign In with Linked In
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    Sign Up with Linked In
    OR

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.