Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्टले ल्याएको गणतन्त्र, कम्युनिष्टबाटै धरापमा : केदार न्यौपाने

केदार न्यौपाने केदार न्यौपाने
पुस १३, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भोजपुर, गोगनेको रसने भन्ने ठाउँमा २०११ सालमा जन्में म। त्यहाँबाट २४ सालतिर हामी झापा बसाई सर्‍यौं। पहाडमा गुजारा नचलेपछि तराईतर्फ बसाईँ सर्ने चलन थियो। हामी पनि पहाडमा गुजारा गर्न कठिन भएकै कारण झापा सर्‍यौं । हामी चार भाई। ठूल्दाई सूर्य न्यौपाने, माल्दाई कुमार न्यौपाने, साईंला मुकुन्द न्यौपाने। मुकुन्द दाइ नेकपा स्थायी समितिमा सदस्य हुनुहुन्छ। म चाहिँ कान्छो । झापामा आफन्तहरू थिए। आफन्तहरूकै संगत, सहयोग र ठूल्दाई सूर्य न्यौपानेको प्रयत्नले हामी झापा आएका थियौं। झापाको विरेन्द्र माविमा र भद्रपुर हाइस्कुलमा पढें मैले। २८ सालमा एसएलसी सकेपछि मेची क्याम्पसमा उच्चशिक्षा लिन थालें। त्यहाँ पढ्दापढ्दै म शिक्षक पनि भएँ।

    आन्दोलनको केन्द्र झापा
    भद्रपुर हाइस्कुलमा म नौ कक्षातिर पढ्दैगर्दा विद्यार्थी आन्दोलनहरू चर्कन थालेका थिए झापामा। झापा पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनको उर्वर भूमि थियो। झापाको सामाजिक चेतनास्तर पहिल्यैदेखि अलि बेग्लै थियो। शोषण, अन्याय अत्याचार पनि बढ्तै भएको ठाउँ हो झापा। भारतमा नक्सलवादी आन्दोलन भएकाले र सीमानामा पर्ने जिल्ला भएकाले त्यताको प्रभाव यता पर्नु स्वभाविक भयो। २०१९ साल भन्दा अघि नै झापामा कम्युनिष्ट आन्दोलनको प्रभाव राम्रो थियो। नेपालको कम्युनिष्ट आन्दफलनको विभाजनपछि पूर्व कोशी समूहले झापामा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढायो। त्यससँग पनि विद्रोह गर्दै मोहनचन्द्रहरूले झापा विद्रोहको सुरुवात गर्नुभएको हो। यो विद्रोही लाइन चारु मजुमदारहरूले चलाउनुभएको नक्सलवादी आन्दोलनबाट प्रभावित थियो।

    झण्डा र नारा देखेर हामी त्यस आन्दोलनमा लागेका होइनौँ। वर्ग दृष्टिकोणका कारण आन्दोलनसँग जोडिएँ। खासगरी कम्युनिष्टको वर्ग दृष्टिकोण मलाई मनपरेको थियो। कम्युनिष्ट पार्टी भनेको गरीबहरूको पार्टी हो र यसले जनताको हित गर्छ भन्ने मलाई लाग्यो र म यो आन्दोलनमा होमिएँ।

    झापा विद्रोहको सुरुवाती नेतृत्व मदन खपाङ्गी र राधाकृष्ण मैनालीहरूले गर्नुभयो। यो २६/२७ साल तिरको कुरा हो। त्यस समयदेखि म कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएँ। म आन्दोलनबाट प्रभावित हुनुका दुई कारण थिएः पहिलो, म आफैँ निम्न वर्गबाट थिए। जीवनशैली कठिन भएकाले हामी असल र गरीबको पक्षमा बोल्ने शासन खोज्दै थियौँ। हाम्रो संगत पनि धेरैजसो बामपन्थी आन्दोलन गर्नेहरूसँगै भयो। आफ्नै दाई पनि यसमा लाग्नुभएको थियो। झण्डा र नारा देखेर हामी त्यस आन्दोलनमा लागेका होइनौँ। वर्ग दृष्टिकोणका कारण आन्दोलनसँग जोडिएँ। खासगरी कम्युनिष्टको वर्ग दृष्टिकोण मलाई मनपरेको थियो। कम्युनिष्ट पार्टी भनेको गरीबहरूको पार्टी हो र यसले जनताको हित गर्छ भन्ने मलाई लाग्यो र म यो आन्दोलनमा होमिएँ।

    हाम्रो घरको अवस्था यस्तो थियो कि स्कुलमा ‘फिस’ तिर्न नसकेर मैले दिनमा तीनचोटीसम्म कक्षामा उठ्नुपर्थ्यो। शिक्षकहरूले मलाई हाइस्कुलमा दिनैजसो कक्षमा उभ्याउँथे। एसएलसी पास गरेपछि मैले चन्द्रगढीमा जागिरका निम्ति सबै अड्डा तथा कार्यालयहरूमा दरखास्त हालेँ। अन्तरवार्ताहरूमा म प्रथम हुन्थें, तर नियुक्ति पाउँथ्यो अर्कैले पाउँथ्यो। यीनै व्यहारिक अनुभूतिले तत्कालिन् शासन व्यवस्था हामी गरीबको होइन भन्ने अनुभव भयो।

    क्याम्पसको राजनीति
    भद्रपुर हाइस्कुलमा म अनेरास्ववियुको कोषाध्यक्ष थिएँ। यो २६ सालतिरको कुरा हो। त्यसपछि मेची क्याम्प्स पढ्दाखेरी, २९ सालमा म स्ववियु सभापतिमा एक भोटले हारें। चन्द्रगढी स्कुलमा पढाउँदाताक म पार्टीको भूमिगत गतिविधिहरूमा सामेल भएँ। त्यतिखेर धेरै ठूलो दमन भएको थियो झापामा। धेरै साथीहरू मारिनुभयो। पाँच जनाको सुखानीमा हत्या भयो। त्यसपछि कैयन साथीहरु विदेशिनु भयो र कैयन पलायनसमेत हुनु भयो। त्यतिखेर सिपि मैनाली लगायत केही साथीहरुमात्र झापामा लुक्दै कार्यरत रहे।

    आन्दोलनकारीहरूसँग देशव्यापी पार्टी निर्माण गर्ने भन्ने सोच थिएन। हामी आन्दोलन गर्दै जान्छौँ, अर्कोले समर्थन गर्दै जान्छ भन्ने खालको स्वतःस्फूर्त सोच थियो। झापामा गरिएको राज्य दमन र धक्काले, ‘पहिले पार्टी निर्माण गर्नुपर्छ र त्यसलाई देशव्यापी बनाउनुपर्छ अनि मात्रै हामी यो लडाईंलाई देशव्यापी बनाउन सक्छौँ’ भन्ने दृष्टिकोण आयो।

    पछि के समिक्षा आयो भने झापामा केन्द्रित भएर आन्दोलन अघि बढ्दैन। आन्दोलनलाई देशव्यापी बनाउने र देशव्यापी पार्टी निर्माण गर्ने कुरा उठ्यो। पहिले, आन्दोलनकारीहरूसँग देशव्यापी पार्टी निर्माण गर्ने भन्ने सोच थिएन। हामी आन्दोलन गर्दै जान्छौँ, अर्कोले समर्थन गर्दै जान्छ भन्ने खालको स्वतःस्फूर्त सोच थियो। झापामा गरिएको राज्य दमन र धक्काले, ‘पहिले पार्टी निर्माण गर्नुपर्छ र त्यसलाई देशव्यापी बनाउनुपर्छ अनि मात्रै हामी यो लडाईंलाई देशव्यापी बनाउन सक्छौँ’ भन्ने दृष्टिकोण आयो।

    यसरी ३२ सालमा कोआर्डिनेशन केन्द्र बन्यो। सोही साल सिपी मैनालीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरूले देशभर छरिएर रहेका क्रान्तिकारीहरूसँग छलफल अघि बढाए। त्यसैबीचमा मोरङका माधव नेपाल लगायतका क्रान्तिकारीहरूसँग झापाका सिपी मैनालीलगायतकोे छलफलपछिको निस्कर्षमा कोअर्डिनेसन केन्द्र बनेको थियो। त्यस केन्द्रले मुलुकभरी संगठन र कार्यकर्ता विस्तार गर्ने तथा तिनको परिचालनबारे निर्णय गर्नुपर्ने भयो। त्यस शिलशिलामा कोअर्डिनेसन केन्द्रकै निर्णयबमोजिम मैले भूमिगत राजनीतिक जीवन सुरू गरें। ३२ साल असार ५ गते म घर छोडेर हिँडें। मलाई बारा जिल्लाको जिम्मा दिइएको थियो।

    भात खान मुस्किल
    वाल्यकालमा हामीले डाक्टर देखेका थिएनौँ। साधारण जिन्दगी थियो। वाल्यकालको सम्झना गर्दा मलाई भोजपुरको गोगनेमा पढेको र दिङलाको षडानन्द स्कुलमा गएर जाँच दिएको सम्झना छ। त्यसबेला हामीलाई धानको भात खान मुस्किल थियो। सेलरोटी खान तिहार पर्खिनुपर्‍थ्यो। धानको भात र मासु खान दशैँ  आउनु पर्‍थ्यो।

    बारा मेरो कार्यक्षेत्र भयो। बारामा म यहाँको स्थानीय भाषा बुझ्दैनथें, खाली ‘स्पिरिट’ले मात्रै काम गरे। न म भोजपुरी भाषा बुझ्ने न हिन्दी नै। बाराका स्थानीयका घरहरूमा दिनभरी लुकेर बस्नु पर्‍थ्यो। दिशा पिसाब गर्न पनि छलेर जानु पर्‍थ्यो। जान नपाए दिनभरी दिशापिसाब रोकेरै बस्नुपर्‍थ्यो। बाहिर निस्कँदा मान्छेले देख्थे, नौलो मान्छे बसेपछि को आएछ हाम्रो गाउँघरमा भनेर चियोचर्चो हुने डर हुन्थ्यो। वरपर जमिन्दारहरूका घर थिए। उनीहरूका अघि देखिन पुगेमा आश्रय लिएको घरका मान्छेलाई समस्या पर्ने खतरा रहन्थ्यो। यसर्थ, दिउँसो लुकेर बस्नुपर्‍थ्यो।

    क्रान्तिको मुख्य आधार नै गरीब हो भनेर हामी गरीबकै घरमा बस्थ्यौँ। हामी के भन्थ्यौँ भने, ‘तपाइंहरू जे खानुहुन्छ, त्यै खुवाउनुहोस्, जहाँ सुत्नुहुन्छ त्यही सुत्छौं।’ बारामा धेरै पटक हामीले गुन्द्री र परालमा सुत्यौं‌। हामीले गुन्द्री पनि ओढ्यौं।

    हामीहरू लुकेरै बेलुका बैठक गर्थ्यौं। किनकि किसानहरू दिनभर फुर्सद पाउँदैनथे। बनीबुतो गर्थे र एक पेट पाल्थे। हामीहरू प्रायः गरीबकै घरलाई आश्रयस्थल बनाउँथ्यौं। क्रान्तिको मुख्य आधार नै गरीब हो भनेर हामी गरीबकै घरमा बस्थ्यौँ। हामी के भन्थ्यौँ भने, ‘तपाइंहरू जे खानुहुन्छ, त्यै खुवाउनुहोस्, जहाँ सुत्नुहुन्छ त्यही सुत्छौं।’ बारामा धेरै पटक हामीले गुन्द्री र परालमा सुत्यौं‌। हामीले गुन्द्री पनि ओढ्यौं।

    राती बाह्र–एक बजेसम्म बैठक बसेर हामी मान्छेहरूलाई संगठित गर्थ्यौ, जगाउँथ्यौँ । बाह्र–एक बजे सुतेर राति तीन–चार बजे उठिएन भने फेरि उज्यालो भएपछि बाहिर दिशापिसाब गर्न जाने स्थिति हुँदैनथियो। झिसमिसेमै उठेर दिशापिसाव गरेर भित्र पसेपछि बाहिर निस्कने स्थिति हुँदैनथियो। हुँदाहुँदै कस्तो अवस्था भयो भने, अहिले पनि म बिहानको ठ्याक्कै ३ बजे व्युँझन्छु। बत्तीस सालदेखि म दैनिक ६ घन्टाभन्दा बढी सुतेकै छैन। दिनभरी किसानसँग कुरा, रातभरी उनीहरूसँगै बैठक, त्यसैले सुत्ने अभ्यास नै त्यस्तो हुनगयो।

    ‘पश्चाताप गनेर्छौ बाबु हो…’ 

    बत्तीस सालमा म जेल परें। नौ महिना बारामा बसेपछि, बारामै काम गर्दाखेरी विरगञ्जमा बैठक डाकिएको थियो हाम्रो। अमृत बोहोरा र म सँगै बाराको पढेरी भन्ने गाउँबाट त्यसतर्फ गएका थियौँ। विरगञ्जमा एउटा हाम्रा भूमिगत साथीहरूको डेरा थियो, म त्यहाँ बसेको थिएँ। अमृत बोहोरा भोलिपल्ट आउँछु भनेर हामीसँग छुट्टिनु भएको थियो। म त्यही डेरामा थिएँ। त्यस मिटिङमा पवन मुडभरी, मदन ढुंगेल लगायतका नेताहरू हुनुहुन्थ्यो।

    त्यो सेल्टर विरगञ्जको जेल नजिकै थियो। हामी बैठक बसेको बारे प्रशासनले चाल पाएछ। बैठक सकिएपछि राति एक बजे हामीलाई प्रहरीले गिरफ्तार गर्यो‍। अनि म तीन बर्ष जेल बसे। तीन महिना त यातना नै दियो। अहिलेको विरगञ्जको डीएसपी अफिस जुन छ, हामी चारजनालाई त्यही राखियो। थुनेरै राख्यो। हामीले दिशापिसाव भित्रै गर्‍यौ।

    कारागारमा लगेपछि हामीलाई यातना दिन थालियो। त्यसबेला प्रहरीले हामीलाई दिनको तीनचोटी पिट्थ्यो। टाउकामा र खुट्टामा। कहिले झुन्ड्याएर कुट्थ्यो। टाउको पानीमा चोबल्ने र पैँतालामा पिट्ने कुरो सामान्य थिए। हामीलाई तीन महिना लगातार पिटियो। म कम्युनिष्ट हुँ भन्ने कुरा मैले उनीहरूसँग पहिल्यै बताइसकेको थिएँ। उनीहरूले हामीबाट दुईवटा कुरा खोजेः पहिलो, हामी लुकेर बसेको घरको लोकेसन, अर्को हाम्रा नेताको लोकेसन। त्यो देखाउन भनियो हामीलाई। प्रहरीले जति नै पिटेपनि हामीले यी दुई प्रश्नको उत्तर दिएनौँ।

    म त रिटायर्ड हुन्छु, जान्छु। मेरो ड्युटी मैले पूरा गरें र तिमीहरूले पनि मुख खोलेनौँ। तिमीहरूले आत्मसमर्पण गरेको भए राम्रै हुन्थ्य । गाउँ फर्क राष्ट्रिय अभियानमा लाग। तर ख्याल राख, कुनै न कुनै दिन तिमीहरूका नेताहरू, जसले तिमीहरूलाई यस्तो स्कुलिङ दिएको छ, उनीहरू नै त्यो स्कुलिङ अनुसार चल्छन् भन्ने मलाई लाग्दैन। कुनै दिन तिमीहरूमा पश्चाताप होला है बाबु हो।’

    आफ्ना नेताहरूमाथि हामीलाई अति विश्वास र श्रद्धा थियो। आन्दोलनप्रतिको विश्वास उस्तै थियो। सत्ता कब्जा गरिन्छ भन्ने लाग्थ्यो हामीलाई। म एउटा घट्ना सम्झन्छु। धेरै पिट्दा पनि हामी नथाकिसकेपछि एक प्रहरी अधिकृतले हामीलाई भनेका थिए, ‘तिमीहरू धेरै सानै छौँ। तिमीहरूको यस्तरी स्कुलिङ भएको छ कि तिमीहरू आफ्नो आन्दोलनप्रति गर्व गर्छौ। तिमीहरूलाई आफ्नो मृत्युमा पनि  गर्व गर्छौ। त्यस्तो ढंगले तिमीहरूको स्कुलिङ भएको छ। तर बाबुहरू हो, तिमीहरू सुन, म त रिटायर्ड हुन्छु, जान्छु। मेरो ड्युटी मैले पूरा गरें र तिमीहरूले पनि मुख खोलेनौँ। तिमीहरूले आत्मसमर्पण गरेको भए राम्रै हुन्थ्य । गाउँ फर्क राष्ट्रिय अभियानमा लाग। तर ख्याल राख, कुनै न कुनै दिन तिमीहरूका नेताहरू, जसले तिमीहरूलाई यस्तो स्कुलिङ दिएको छ, उनीहरू नै त्यो स्कुलिङ अनुसार चल्छन् भन्ने मलाई लाग्दैन। कुनै दिन तिमीहरूमा पश्चाताप होला है बाबु हो।’

    खड्गप्रसाद ओलीको कदमले कम्युनिष्ट आन्दोलनप्रति ठूलो विश्वासघात गरेको छ। दोस्रो, गणतन्त्र पनि खतरामा छ। किनभने यो घटनाले प्रतिगामीहरूलाई टाउको उठाउने ठूलो अवसर दिएको छ।

    केन्द्रीय समिति फेस गर्न किन सकेनन् ओलीले ?
    नवौँ महाधिवेशनमा केपी कमरेडलाई अध्यक्ष बनाउनुपर्छ, राम्रो इतिहास भएको मान्छेलाई अग्रपंक्तिमा राख्नुपर्छ भन्ने मान्छे मै पनि हो। अहिलेको यो घटना हेर्दा, उहाँले तीन चार वटा विषयमा ठूलो घात भएको छ। पहिलो, यो संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभयो। यसले कम्युनिष्ट आन्दोलनलाई अत्यन्तै ठूलो क्षति पुर्या‍एको छ। करीब दुई तिहाई हामीले जनतामाझ जे प्रतिबद्धता गरेका थियौँ, दुई तिहाई बहुमतले हामीले जितेका छौँ। गणतन्त्रवादी नेता कम्युनिष्ट नेता भए, अब यो गणतन्त्रलाई अरु सुदृढ बनाउदै हामी समाजवादको मार्गमा जान्छौँ भनेर हामीले घोषणा गरेका थियौँ। त्यो घोषणामा विश्वासघात भयो।

    जनताले यही कुरा झल्झती सम्झेका छन्। के गरी जाने भन्ने हामीलाई लागेको छ। खड्गप्रसाद ओलीको कदमले कम्युनिष्ट आन्दोलनप्रति ठूलो विश्वासघात गरेको छ। दोस्रो, गणतन्त्र पनि खतरामा छ। किनभने यो घटनाले प्रतिगामीहरूलाई टाउको उठाउने ठूलो अवसर दिएको छ। तिमीहरूले राजतन्त्र मिल्कायौँ तर अहिले दशवटा राजा जन्मेका छन् भन्ने ठाउँ प्रतिमगामीहरूलाई भएको छ। जनताले हामीलाई दुई बर्षका लागि होइन, पाँच बर्षका लागि चुनेर पठाएका थिए। जनताका भावनाका कुरा गर्नुपर्ने ठाउँमा पाँच बर्ष नपुग्दै, संसद विघटन गर्ने जुन काम गरियो, यसले जनमतको अपमान गर्यो‍।

    यो कदमले हाम्रो राष्ट्रियतामा पनि नोक्सान भएको छ। किनभने मुलुकमा अस्थिरता पैदा भइसकेपछि राष्ट्रियता खतरामा पर्छ। विदेशी शक्तिहरू खेल्न थाल्छन्। यसले राष्ट्रियता र गणतन्त्रलाई खतरामा पुर्‍याएको छ। त्यस कारणले यो अमान्य घटना हो।

    र, यो कदमले हाम्रो राष्ट्रियतामा पनि नोक्सान भएको छ। किनभने मुलुकमा अस्थिरता पैदा भइसकेपछि राष्ट्रियता खतरामा पर्छ। विदेशी शक्तिहरू खेल्न थाल्छन्। यसले राष्ट्रियता र गणतन्त्रलाई खतरामा पुर्याएको छ। त्यस कारणले यो अमान्य घटना हो। म केपी कमरेडलाई के भन्छु भने, केन्द्रीय कमिटीको बैठक तोकिएको थियो १० गतेका लागि। उहाँकै उपस्थितिमा तोकिएको बैठक थियो त्यो। केन्द्रीय कमिटीले उहाँलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने कुरा पनि गरिएको थिएन। केन्द्रीय कमिटीको सामना किन गर्न सक्नुभएन उहाँले? केन्द्रीय कमिटीमा आएर सारा कुरा गर्नुभएको थियो भने, त्यो केन्द्रीय कमिटिले केही न केही निकास निकालेरै छाड्थ्यो। त्यसैले, उहाँ केन्द्रीय कमिटीबाट भाग्नुभयो। अहिले त दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटि सदस्यहरू ओलीविरुद्ध हुनुहुन्छ। उहाँहरू सबैको मन दुखेको छ। केपी शर्मा ओलीले कम्युनिष्टको बदनाम गर्नुभयो।

    केन्द्रीय कमिटीले उहाँलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने कुरा पनि गरिएको थिएन। केन्द्रीय कमिटीको सामना किन गर्न सक्नुभएन उहाँले? केन्द्रीय कमिटीमा आएर सारा कुरा गर्नुभएको थियो भने, त्यो केन्द्रीय कमिटीले केही न केही निकास निकालेरै छाड्थ्यो।उहाँ केन्द्रीय कमिटीबाट भाग्नुभयो। अहिले त दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी सदस्यहरू ओलीविरुद्ध हुनुहुन्छ। उहाँहरू सबैको मन दुखेको छ। केपी शर्मा ओलीले कम्युनिष्टको बदनाम गर्नुभयो।

    क्षमा र त्रास
    अब हामी जनतासँग गएर क्षमा माग्छौँ। जनता मालिक हो र हामी नोकर हौँ। कम्युनिष्ट पार्टी भनेको जनताको नोकर हो। यसले जनतालाई बाटो देखाउने काम गर्छ। जनताबाट सिक्छ र जनतालाई सिकाउछ पनि। त्यसैले सबैभन्दा पहिले हामीले जनतासँग माफी माग्नुपर्छ। हामीले गलत नेतृत्व छनौट गर्‍यौ र देशले त्यसको मूल्य चुकाउनुपर्यो‍। जनताले देखेका सपनामाथि चिसो पानी खन्याइएको छ। तर पनि सपना मरेका छैनन्। सपना मार्न खोजिदै छ। तर, त्यसलाई हामी मर्न दिदैनौँ। त्यसका लागि फेरि पनि जनताकै साथ चाहिन्छ। जनताबिच नै हामी जानुपर्छ। हामी आफैँले त अपराध गरेको होइन। आफू स्वयंले अपराध नगरेकाले हामीलाई जनताको बिचमा जाँदा डराउनुपर्दैन। हामीले भ्रष्टाचार वा कुनै गलत काम गरेका छैनौं।

    हामीले गलत नेतृत्व छनौट गर्‍यौ र देशले त्यसको मूल्य चुकाउनुपर्यो‍। जनताले देखेका सपनामाथि चिसो पानी खन्याइएको छ। तर पनि सपना मरेका छैनन्। सपना मार्न खोजिदै छ। तर, त्यसलाई हामी मर्न दिदैनौँ।

    संविधान सडकले बनाएको हो

    प्रधान्यायधिशको निजि विचार के होला, त्यसलाई छाडिदिउँ। तर सिंगो जनमत, लोकतान्त्रिक शक्तिहरू, कानून व्यवसायीहरू सिंगो मुलुकको जनमत, सबैलाई हेर्दा अदालतले  अन्याय गर्छ जस्तो मलाई लागेको छैन। यतिखेर न्यायलयको हातमा मुलुकको गणतन्त्र र राष्ट्रियता जोगाउने जिम्मेवारी छ। अर्को कुरा, संविधान पनि सडकले बनाएको हो। जनता भन्दा ठूलो कोही हुँदैन। जनताभन्दा ठूलो अदालत पनि हुँदैन। जनता भन्दा ठूलो मन्त्री र प्रधानमन्त्री हुँदैन। जनताले चाहेपछि संविधान बनाइयो, जनता सर्वोपरी हो। संसद मारिएको छ, अदालतले निसाफ गर्दैन भने जनताले सडकबाट आफ्नो निर्णय गर्छन्। संसद मार्ने अधिकार प्रधानमन्त्रीको हातमा छैन भनेर संविधानमा लेखिसकेपछि एउटा प्रधानमन्त्रीले सिफारिश गर्दैमा, संसद मरेको मान्नुहुन्न। हिम्मत्का साथ सभामुखले संसद अधिवेशन बोलाउनुपर्छ।

    संसद मारिएको छ, अदालतले निसाफ गर्दैन भने जनताले सडकबाट आफ्नो निर्णय गर्छन्। संसद मार्ने अधिकार प्रधानमन्त्रीको हातमा छैन भनेर संविधानमा लेखिसकेपछि एउटा प्रधानमन्त्रीले सिफारिश गर्दैमा, संसद मरेको मान्नुहुन्न। हिम्मत्का साथ सभामुखले संसद अधिवेशन बोलाउनुपर्छ।

    पार्टीभित्र आरोह–अवरोह, गुट–उपगुट सबै भोग्यौँ हामीले। यी सबै भोग्दाभोग्दै पनि म कसैलाई दोष दिन्नँ। मैले आन्दोलनमा लाग्ने जे फैैसला गरें, त्यो आफ्नै फैसला थियो। जब म जीवनका बारेमा सोच्दछु, अखिर तपाईं हामीले खोपी या जुवा खेलेर पनि बिताउँथ्यौं होला। मेरो कुरा गर्दा, म कस्सिएर लागेको भए प्रोफेसर या ए वन प्राध्यापकसम्म हुन्थें होला। आकर्षक घर हुन्थ्यो होला। तर, मर्दा खाली हात नै जान्थें। हामी बाँचिरहँदा भोलि मर्दैछौँ भनेर ठान्नुपर्यो‍। भोलि मर्दैछौँ भनेर ठानियो भने लोभ त्यहीँबाट सकिन्छ। ६५–७० बर्षपछि तपाईं आफूले कमाएको सम्पत्ति उपयोग नै गर्न सक्नुहुन्न। तीन पुस्ताको कुरा किन सोच्नू?

    फेर्ने लुगा हुन्थेन किसानहरूको
    बारामा बस्दा हामी गरीबहरूका घरमा बस्थ्यौं। उनीहरू आफूसँग कुनै फेर्ने लुगा नभएर एउटै लुगा महिनौँ दिनसम्म लाउँथे र नुँहाउदा लुगा नभएर नाङगै नुँहाउथे उनीहरू। उनीहरूका खुट्टामा चप्पल हुँदैनथ्यो। ओढ्ने सिरक नभएर गुन्द्री ओढ्थे। बाराको किसानका घरमा बस्दा मैले भोगेको, थाल नभएर एउटै थालमा खाने चलन थियो त्यहाँ। हामी त अर्कै संस्कृतिमा हुर्किएको, तथाकथित उपाध्याय बाहुनको छोरो। म चमार, मुसहर र थारुहरूको घरमा बसेको थिएँ। मैले एउटै थालमा उहाँहरूसँग खाएको छु।

    एकातिर उहाँहरूका छोराछोरीहरू खान्छन्, अर्कोतर्फबाट घरमुलीले खाना खान्छन्। म अर्कोतिर बसेको छु। सांस्कृतिक रूपमा आफूलाई रुपान्तरण गर्ने एउटा ठूलो अवसर पनि थियो त्यो। कति किसानहरूले प्रश्न गर्नुहुन्थ्यो, ‘हामीले तपाईंलाई कसरी पाल्ने? कति बस्छौ यहाँ? तपाईंका कारण हामीलाई दुःख भयो ।’ तर, म उहाँहरूलाई फकाउँथें। अहिले पनि सम्झन्छु बारामा काशी चौधरीको घर। म बिहानै उठ्थें, उठेर ढिकी कुट्दिन्थे, पानी ल्याइदिन्थे। मलाई लुँगी लगाएर नुहाउन लैजान्थे परिवारका सदस्यहरूले। यी सबै गरेरै हामी जनतासँग आँफै अन्तरघुलित भयौं।

    ‘समाजवाद बबुवा धिरेधिरे आए’
    हामी कम्युनिष्ट आदर्श र संस्कृतिका लागि लड्यौं तर आफूलाई कम्युनिष्ट भन्नेहरू देखेर उदेक लाग्छ। यसर्थ, रुपान्तरण गर्नुपर्ने विषय धेरै छन्। रुपान्तरण अझै सुरु नै भएको छैन जस्तो लाग्छ। बहुदल आएपछि कम्युनिष्ट स्कुलिङ पनि कम भएको हो। हामी हिजो जनताका बीच हुँदा एउटा भोजपुरी गित गाउँथ्यौंः समाजवाद बवुवा धिरेधिरे आए, घोडासे आए, हाथीसे आई अंग्रेजी बाजा बजाइए।

    उतिखेर कांग्रेसले पनि समाजवादको नारा लगाउँथ्यो, हामी पनि समाजवाद नै भन्थ्यौं। अनि कांग्रेसको समाजवादचाहिँ हात्ती र घोडा चढेर आउँछ तर हाम्रो समाजवादचाहिँ वर्गबाट आउँछ भनेर गीत गाउँथ्यौं। जनतालाई हामी त्यसरी पनि सैद्धान्तिकरण पनि गर्थ्यौं, चेतना दिन्थ्यौँ। आज आफैँलाई हेर्दा, यो हामीले गाएको गीत हामीतिरै फर्कियो जस्तो लागिरहेको छ।

    उतिखेर कांग्रेसले पनि समाजवादको नारा लगाउँथ्यो, हामी पनि समाजवाद नै भन्थ्यौं। अनि कांग्रेसको समाजवादचाहिँ हात्ती र घोडा चढेर आउँछ तर हाम्रो समाजवादचाहिँ वर्गबाट आउँछ भनेर गीत गाउँथ्यौं। जनतालाई हामी त्यसरी पनि सैद्धान्तिकरण पनि गर्थ्यौं, चेतना दिन्थ्यौँ। आज आफैँलाई हेर्दा, यो हामीले गाएको गीत हामीतिरै फर्कियो जस्तो लागिरहेको छ।

    सधैं संस्थापनमा
    पार्टीमा गुटफुट र अन्तरकलह पहिले पनि थियो। तर, म जहिले पनि संस्थापन पक्षमै लाग्थें। फुटेर जानेलाई म गाली गर्दिनँ । हिजोका दिनमा सिपि मैनाली फुटेर जानुभयो। तर सिपिप्रतिको मेरो श्रद्धा यथावत् छ र, म अहिले पनि कहिलेकाहीँ भेट्न जान्छु। यो वैचारिक क्रममा अन्तरविरोध, अन्तर्कलह, छलफल र गुटउपगुट भइरहन्छ। यसमा दृढता, धैर्यता र संययमताको खाँचो छ। हाम्रो बहस, सिद्धान्त र राष्ट्रकेन्द्रित हुनुपर्ने हो।

    वैचारिक क्रममा अन्तरविरोध, अन्तर्कलह, छलफल र गुटउपगुट भइरहन्छ। यसमा दृढता, धैर्यता र संययमताको खाँचो छ। हाम्रो बहस, सिद्धान्त र राष्ट्रकेन्द्रित हुनुपर्ने हो।

    तर कहिलेकाँही हाम्रो बहस गालीगलौज र छुद्रतातिर जान्छ। मलाई त्यो उचित लाग्दैन। आलोचना त प्रवृत्तिको गर्नुपर्छ। व्यक्तिगत गालीगलौजमा हामी फस्नुहुन्न। हामी सिद्धान्तप्रति भने निर्मम हुनुपर्छ। सिपि मेरा मन परेका व्यक्ति हुन्, तर उहाँसँग राजनीतिक सम्बन्ध छैन। भोलि खड्ग ओली सिरियस् हुनुभयो भने व्यक्तिगत रूपमा उहाँलाई भेट्न जानुपर्छ। अहिले हाम्रो बहस, मुद्धामा हुनुपर्छ। कम्युनिष्ट आन्दोलन, समाजवादी विचारधारामा हामी केन्द्रित हुनुपर्छ।

    बहस विचारको
    अहिलेको संकट बाहिरबाट देख्दा पदको लडाईँजस्तो देखिएपनि वैचारिक आन्दोलन हो। यो पद्धति र लक्ष्यको लडाई हो। यो कार्यदिशाको लडाई हो। समाजवाद व्यवहारमा देखिनुपर्छ। मार्क्सवादीहरू श्रमजिविका पक्षमा खडा हुनुपर्छ। मार्क्सवाद सिद्धान्त र व्यवहारको एकताको पक्षमा हुन्छ। अर्को कुरा, आफूलाई साधारण ठानियो भने मान्छेले कम गल्ती गर्छ। आफूलाई सर्वोपरी ठानियो भने अहंकार र आकांक्षा आकासिन्छन्। आफूलाई सरल बुझ्दै आफूले गरेका कामलाई कर्तव्यका रुपमा बुझ्ने हो धेरै मान्छेले गल्ती गर्थेनन् होला। ओलीले अहिले जुन गलत कदम चाल्नुभयो, त्यो पनि चाल्थेनन् होला।

    ६८ वर्षको इतिहासमा पहिलो चोटी कम्युनिष्ट पार्टीले गणतन्त्रको नेतृत्व गरेको थियो। कम्युनिष्टकै नेतृत्वमा आएको थियो गणतन्त्र तर अहिले कम्युनिष्टकै कारण धराप पर्ने अवस्था भयो। यो ठूलो ऐतिहासिक अवसर थियो र यो अवसरलाई सदुपयोग गरेर हामी समाजवादको मार्गलाई प्रशस्त गर्न सक्थ्यौं।

    ठूला आन्दोलन र बलिदानीहरूबाट हामीले ठूलो उपलब्धि प्राप्त गरेका थियौँ। ६८ वर्षको इतिहासमा पहिलो चोटी कम्युनिष्ट पार्टीले गणतन्त्रको नेतृत्व गरेको थियो। कम्युनिष्टकै नेतृत्वमा आएको थियो गणतन्त्र तर अहिले कम्युनिष्टकै कारण धराप पर्ने अवस्था भयो। यो ठूलो ऐतिहासिक अवसर थियो र यो अवसरलाई सदुपयोग गरेर हामी समाजवादको मार्गलाई प्रशस्त गर्न सक्थ्यौं। बिडम्बना, अब यो उपलब्धि खोसिने खतरा पैदा भएको छ। यो खतराविरुद्ध हामी निराश नभइकन, लाज नमानीकन, जनताको बीचमा जानु आवश्यक छ। फेरि उपलब्धिको रक्षा गरौँ है भनेर जनतामाझ जानुको कुनै उपाय छैन।

    भिडियो – 

    (नेकपा केन्द्रीय सदस्य न्यौपानेसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित । तस्वीर–भिडियो :महेश पाण्डेय)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार न्यौपाने

      केदार न्यौपाने

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.