Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
Tuesday, April 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

खड्गप्रसादले यो सत्तालाई घिसारेर आर्यघाटसम्म लैजानेवाला छन्

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
पुस २८, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वास्तवमा मलाई उमेरको गणीतको हिसाबले र शरीरको हिसाबले पनि यस्तो सभामा आउन अनुमति थिएन। मलाई उति ठूलो जाँगर पनि थिएन। आधा जिन्दगी विभिन्न प्रकृतिका निरंकुश शासनविरुद्ध लड्दालड्दै आधा जिन्दगी सडकमै बित्यो। सडकलाई दिनका लागि मसँग जीवन बाँकी थिएन। जब बयलगाडाको कुरा आयो, म उत्साहित भएँ। तपाईं पश्चगमनको कुरा गरिरहनुभएको छ। सत्तामा भष्मासुर उदायो भन्नुहुन्छ। सत्तामा गोर्खे प्रवृत्तिको हिटलर आयो भन्नुहुन्छ। ट्रम्प आयो भन्नुहुन्छ, तर आयो त्यो कहाँबाट? बनायो त्यसलाई कसले? खड्गप्रसाद ओलीलाई धेरै मैले पहिलेदेखि चिनेको हो। ओलीसँग मलाई कहिल्यै आशा र अपेक्षा कहिल्यै पनि थिएन। त्यसकारण ओलीसँग मेरो कुनै गुनासो छैन।

    तपाईंले बाँदरलाई मकैको गोठालो बनाउनुभयो के हुन्छ। यस्तै हुन्छ। खड्गप्रसाद नामको बाँदरलाई तपाईंले मकै बारीको गोठालो बनाउनुभयो। अनि तपाईं खड्गप्रसादले मेरो बारीको मकै जोगाइदिएन भनेर किन रूनु हुन्छ?

    मलाई खाली ओली प्रवृत्तिप्रति बिरोध छ। ६२/६३ को आन्दोलनमा म सधैं सडकमा थिएँ। बयलगाडाको जन्म त्यहीबेला भएको थियो। बयलगाडाको चोट, त्यसको मर्म, त्यसको प्रहार मलाई थाहा छ। बयलगाडा त्यो चीज हो, जसले खड्गप्रसाद ओलीको रचनागर्भ बताउँछ। कविहरू रचनागर्भका कुरा गर्छन् नी। ओलीको रचनागर्भ के हो? बयलागाडा हो। मैले बीचमा एउटा वाक्य प्रयोग गरिनँ, धेरै पटक दोहोर्‍याइनँ। तपाईंले बाँदरलाई मकैको गोठालो बनाउनुभयो के हुन्छ। यस्तै हुन्छ। खड्गप्रसाद नामको बाँदरलाई तपाईंले मकै बारीको गोठालो बनाउनुभयो। अनि तपाईं खड्गप्रसादले मेरो बारीको मकै जोगाइदिएन भनेर किन रूनु हुन्छ?

    ब्रम्हनालसम्मका योजना बनाएका छन् ओलीले

    ओलीसँग मेरो धेरै गुनासो छैन। ओलीले नेपाली समाजलाई पुलिसराजमा प्रवेश गराएका छन्। वास्तवमा यो कुनै ठट्टा कुरा होइन। नेकपा डबलकै अर्को पक्षबाट यसलाई सजिलोसँग लिइरहेको छ। निर्वाचन आयोगले पार्टी दर्ता गर्देला, निर्वाचन चिह्‍न पनि देला, सर्वोच्चले यो बिघटनलाई निरस्त गर्देला, फेरि त्यहाँ जान पाइएला। सांसद हुन पाइएला, र साथीहरूलाई तर मार्न पाइएला भन्ने पनि छ। यो विषय त्यति सजिलो छैन। खड्गप्रसाद ओलीले धेरै समयदेखि विचार गरेर, धेरै कुराको परिपंच मिलाएर मात्र यो कदम चालेका छन्। उनले यहाँदेखि लिएर ब्रम्हनालसम्म आफ्ना योजना निर्माण गरेका छन्।

    निर्वाचन आयोगले पार्टी दर्ता गर्देला, निर्वाचन चिह्‍न पनि देला, सर्वोच्चले यो बिघटनलाई निरस्त गर्देला, फेरि त्यहाँ जान पाइएला। सांसद हुन पाइएला, र साथीहरूलाई तर मार्न पाइएला भन्ने पनि छ। यो विषय त्यति सजिलो छैन।

    आफूलाई प्रतिपक्ष भन्नेहरू, हिजोसम्म खड्गप्रसाद ओलीको वरिपरि घुमिरहेकाहरू, परिक्रमा गरिरहेकाहरू, पाउ चाटिरहेकाहरू, अहिले के भनिरहेका छन्? बदमासचाहिँ खड्प्रसाद ओली हो, हामी सबै सद्दे हौं। तपाईंहरु एउटै भतेरमा हुनुहुन्थ्यो। एउटै गाग्रीको पानी खाइरहनुभएको थियो। तपाईं त्यही प्रवृत्ति र सत्तामा हुनुहुन्थ्यो। त्यही आनन्दमा घुमिरहनुभएको थियो। त्यसैले खड्गप्रसाद ओली टुप्पीदेखि पैतालासम्म बिटुलो, तपाईंं सर्वाङ्ग सद्दे कसरी हुनुहुन्छ? मेरो सबैभन्दा ठूलो प्रश्न यही हो।

    ओलीलाई काँधमा कसले बोक्यो?

    खड्गप्रसादसँग मेरो कुनै गुनासो छैन। खड्गप्रसाद प्रवृत्तिसँग मेरो असहमति छ। मेरा केही प्रश्नहरू छन्। खड्गप्रसाद ओलीलाई खड्गप्रसाद ओली कसले बनायो? मैले पहिल्यै उल्लेख गरें। खड्गप्रसाद ओली बन्न भ्रुण त उसमा थियो। त्यो भ्रुणमा मलजल कसले गर्‍यो? त्यसलाई लाडप्यार कसले दियो? त्यसलाई काँधमा कसले बोक्यो? त्यसको सारा अराजकता र अहंकारलाई सधैं क्षमादान कसले दिइरह्यो? मेरो प्रश्न तिनीहरूसँग छ  मेरो सोझो प्रश्न के हो भने तपाईं केको लागि लडिरहनुभएको छ? एउटा ओलीको सट्टा अर्को ओलीको लागि मचाहिँ लडेको होइन। मलाई एउटा ओली प्रवृत्तिको विरुद्धमा अर्को ओली चाहिएको छैन। मेरो प्रश्न के हो भने खड्गप्रसादलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने को थियो? समर्थन गर्ने को थियो? काँधमा बोक्ने को थियो? महिमामण्डन गर्ने को थियो? मेरो प्रश्न तिनीहरूसँग हो।

    एउटा ओलीको सट्टा अर्को ओलीको लागि मचाहिँ लडेको होइन। मलाई एउटा ओली प्रवृत्तिको विरुद्धमा अर्को ओली चाहिएको छैन। मेरो प्रश्न के हो भने खड्गप्रसादलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने को थियो? समर्थन गर्ने को थियो?

    तपाईंले पनि यो प्रश्न सोध्नुपर्छ। नेपाली जनता कुनै निरंकुश तत्वको दास होइन। नेपाली जनता सधैं एकपछि अर्को लाश बोकेर हिँड्न अभिशप्त पनि छैन। त्यसैले, यो सामान्य कुरा होइन। लामो समयको योजनाको यो कार्यान्वयन हो र यसको दूरगामी प्रभाव हुनेछ। हाम्रा मित्रहरूले भनेजस्तै सडकको विरोधको आवाजले, मिडियाको विरोधको आवाजले, भद्रभलाद्रमीको विरोधको आवाजले अन्यथा भएछ भने बेग्लै कुरा, नत्र निर्वाचन आयोगले, सर्वोच्च अदालतले सजिलोसँग न्याय देलाजस्तो मलाई त लाग्दैन। धेरै कुराको सेटिङ नमिलाइकन श्रीमान खड्गप्रसाद ओलीले यो कदम चालेकै छैन।

    नाकानाकामा सेटिङ

    तपाईंले ओलीलाई ठट्टा सम्झनुभएको छ? उनको पश्चगमनको यात्रा उनले धेरै परसम्म हेरेका छन्। नाकानाकामा सेटिङ मिलाइएको छ। राज्यसंयन्त्रका सबै संरचना र निकायहरू उनको कब्जामा छन्। संवैधानिक अंगहरू, प्रशासनिक अंगहरू र स्रोतसाधन सबै उनकै कब्जामा छन्। तर सडकमा आउने तपाईंसँग के छ? याचना गर्ने हात मात्र छ तपाईंसँग। त्यसैले ओलीतन्त्रविरुद्ध लड्न म सजिलो देख्दिनँ।

    माओको पाठशालामा हुर्केको मान्छे म, त्यसैले म अध्यक्ष माओले भनेको एउटा कुरा म सम्झन्छु। माओेले बराबर भनिरहे, नौजवानहरू हो, यो संसार हाम्रो पनि हो, तिम्रो पनि हो। तर अन्तिम विश्लेषणमा यो संसार तिमीहरूकै हो। तपाईं युवाहरू यहाँ जम्मा हुनुभएको छ र तपाईंहरूको कुरा सुन्न म आएको छु। फेरि पनि मेरो प्रश्न के हो भने मलाई ओली दक्षिणपन्थी, पश्चगामी, नश्लवादी ओलीको विकल्प त्यस्तै ओली हुनसक्दैन।

    माओेले बराबर भनिरहे, नौजवानहरू हो, यो संसार हाम्रो पनि हो, तिम्रो पनि हो। तर अन्तिम विश्लेषणमा यो संसार तिमीहरूकै हो।

    अहिले सडकमा उभिएर जो चर्को कुरा गरिरहेका छन्, हिजोसम्म त्यही ओलीको महिमामण्डन गरिरहेका थिए। लौन हजुर, आधा मलाई दिनुहोस्। एक चौथाई भएपनि मलाई दिनुहोस्। एक्लै के खानुहुन्छ? हाम्रा केही सन्धी र सम्झौताहरू थिए। बाचाहरू थिए। लौन, वाचा पूरा गरौं। हिजोसम्म मन्त्री भएकाहरू, मन्त्रीको पद बचाउनका निम्ति खड्गप्रसादको चरण चाटिरहेकाहरू अहिले सडकमा ठूला कुरा गरिरहेका छन्। अहिले उनीहरू भनिरहेका छन् पश्चगामी यो। फासिस्ट हो यो, यो टम्पको गोर्खे औतार हो। हिजोसम्म तिनले केके गर्याथे? त्यही पश्चगामीको वरीपरी घुमिरहेका थिए। हिटलरकै प्रदक्षिणा गरिरहेका थिए। तसर्थ, यो सामान्य कुरा हो भन्ने मलाई लाग्दैन।

    पुलीस राज र बयलागाडा सिद्धान्त

    समाजमा विभेद रहुन्जेल, असमानता, अन्याय रहुन्जेल द्वन्द्व भइरहन्छ। द्वन्द्व समाजमा व्यक्त हुन्छ। राज्यसंयन्त्रमा व्यक्त हुन्छ। तसर्थ, द्वन्द्व हुनु कुनै अचम्मको कुरा होइन। तर हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य के हो भने रातो टोपी लगाउने, रातो कोट लगाउने, समाजवादका कुरा गर्ने, मार्क्स, एंगेल्स र लेनिनका कुरा गर्नेहरूले नै हामीलाई यहाँसम्म पुर्‍याएका छन्। तपाईं जे गरिरहनु भएको छ, ठीक गरिरहनु भएको छ। तरपनि हामीले तिनलाई सोध्नुपर्छ, खड्गप्रसाद ओली नेपाली समाजमा एउटा विराट अपराधीका रूपमा प्रस्तुत भएको छ। जसले नेपाली राजलाई पुलिस राज बनाउन खोजिरहेको छ। नेपाली समाजलाई जसले सुरुङमा हुल्न खोजिरहेको छ। त्यसलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने तिमी को हौ?

    तपाईं सोध्नुहोस्, इतिहासमा गणतन्त्रको पक्षमा खड्गप्रसाद ओली कहिले थिए? इतिहासमा उनी संघियताको पक्षमा कहिले थिए? धर्म निरिपेक्षताको पक्षमा कहिले थिए?

    उसलाई प्रस्ताव गरेको बेलामा खड्गप्रसादको गोरूगाडाको सिद्धान्त तिमीलाई थाहा थिएन? तपाईं सोध्नुहोस्, इतिहासमा गणतन्त्रको पक्षमा खड्गप्रसाद ओली कहिले थिए? इतिहासमा उनी संघियताको पक्षमा कहिले थिए? धर्म निरिपेक्षताको पक्षमा कहिले थिए? जो सधैं टुप्पीदेखि पैंतालासम्म समाजको अग्रगामी एजेण्डाहरूको विरोधमा थियो, त्यसलाई लगेर ती संस्थागत जिम्मा कसले लगायो? जिम्मा लगाउनेलाई यहाँ डाक्नुहोस्, म पनि सुन्न आउनेछु। त्यसैले हामीले सोचेजस्तो सजिलो छैन यो मामला। यो धेरै लामो लडाईं हो। अत्यन्त विवेकपूर्वक तपाईं लड्नुभएन भने नागरिक अधिकारका पक्षधरहरू, लोकतन्त्रका पक्षधरहरू, समाजवादका पक्षधरहरूलाई तपाईंले वृहत आधारमा एकतावद्ध गर्नुभएन भने, संयमपूर्वक र दूरगामी ढंगले तपाईं लड्नुभएन भने यो पश्चगमनको यात्रा धेरै लामो हुनेछ।

    दुःखका रचनाकार हाम्रै कामरेडहरू

    हाम्रा अगाडि धेरै दुःखहरू छन्। ती दुःखका निर्माताहरू हाम्रै कमरेडहरू हुन्। कमरेडहरूले धेरै दुःख निर्माण गरेर हाम्रै टाउकोमा थोपरिरहेका छन्। जसप्रति हाम्रो गम्भीर असहमति छ। खड्गप्रसाद ओलीलाई विभिन्न संज्ञा दिइयो, भष्मासुर हो भनियो। यो हिटलर हो भनियो, सर्वनाशी हो भनियो। तर खड्गप्रसाद ओलीचाहिँ वास्तवमा ट्रम्पसँग मिल्दाजुल्दा छन्। विशाल अमेरिकाको ठूलो ट्रम्प अमेरिकामा छ। सानो गोर्खाराजको ट्रम्प बालुवाटारमा छ। ओलीको प्रवृत्ति वास्तवमा ट्रम्प प्रवृत्ति हो। ट्रम्पले के गर्‍यो, सधैं षड्यन्त्र सिद्धान्त बेचिरह्यो। नश्लवादवाद बेचिरह्यो। जातीय घृणा बेचिरह्यो। झुठ बेचिरह्यो। आखिरमा चुनाव हारेपछि उसले के भन्यो, चुनाव जितेको त मैले नै हो तर चोरहरूले चुनाव जिते।

    आखिरमा अमेरिकाजस्तो लोकतन्त्रको मार्गदर्शक भनिने देशको राष्ट्रपतिले लोकतन्त्रको किल्लामा आक्रमण गरायो। आफ्ना गुण्डाहरूलाई उत्तेजित गराएर, उठाएर आक्रमण गरायो। खड्गप्रसाद ओलीले पनि गर्ने त्यही हो। ओलीले सजिलोसँग सत्ता छोड्लान् भन्ने मलाई कहिल्यै पनि लाग्दैन। अस्तिमात्रै उनले भनिरहेका थिए, बरु मर्छु यिनको आकांक्षा पूरा गर्न म दिन्नँ। खड्गप्रसादको चित्तको सबैभन्दा भित्रको कुरा त्यही हो। बरु मर्छु तर यिनको आकांक्षा पूरा गर्न म दिन्नँ। त्यसैले खड्गप्रसादले यो सत्तालाई घिसारेर आर्यघाटसम्म लैजानेवाला छन्। ब्रम्हनालसम्म लैजाने उनको योजना छ। यसर्थ, पश्चगमनको योजना व्यापक र दूरगामी भएका हुनाले अग्रगामीहरूको प्रतिरोधी योजना पनि व्यापक र दूरगामी हुनुपर्छ। यदि त्यसो भएन भने झर्ला र खाउँनलाजस्तो हुन्छ।

    अस्तिमात्रै उनले भनिरहेका थिए, बरु मर्छु यिनको आकांक्षा पूरा गर्न म दिन्नँ। खड्गप्रसादको चित्तको सबैभन्दा भित्रको कुरा त्यही हो। बरु मर्छु तर यिनको आकांक्षा पूरा गर्न म दिन्नँ।

    झर्ला र खाउँलाको इतिहास त स्याललाई पनि बोझिलो भइसकेको छ। यसर्थ, हाम्रा कमरेडहरू सडकमा सजिलोसँग जो ठूला कुरा गरिरहनुभएको छ। म तिनलाई के निवेदन गर्छु भने केही पनि झर्नेवाला छैन। नीतिकथामा त्यत्रो लामो समय श्याल पछि लागिरहेको समयामा कहिल्यै केही झरेन। यिनका लागि पनि केही झर्दैन।

    मर्न र मार्न तयार होउँ

    आखिरमा युवाहरू, म तपाईंलाई धन्यवाद दिन्छु। देश बचाउने युवाहरूले हो। लोकतन्त्र बचाउने युवाहरूले हो। लोकतन्त्र तपाईंको लागि हो। हामी त बुढा भइसक्यौं। मलाई त के लागेको थियो भने तपाईंहरू त सडकमा आउनु ठीकै हो तर मेरो त सडकमा आउने योग्यतै अब समाप्त भयो कि? सबैभन्दा डर कोभिड भाइरसको छ। कोभिड कोरोना भाइरसले घरमा थुनेर हैरान गरेको थियो। अब ओलीय भाइरस आयो। कोरोना भाइरसमा ओलीय भाइरस थपिएपछि के हुन्छ? बुढाखाडालाई गार्हो हुन्छ। तपाईंहरूसँग म ऐक्यवद्धता जनाउन आएको छु। यो कठिन लडाईँ हो। तर यो असल लडाईं हो। असल प्रयोजनका लागि, असल उद्देश्यका निम्ति।

     

    कठिन लडाईंका लागि तयार हुनुपर्छ। मर्न र मार्न पनि तयार हुनुपर्छ। तपाईं सही प्रयोजनका निम्ति मर्न र मार्न तयार हुनुहुन्न भने फेरि पनि हात पसार्ने हो, मागेर खाने हो। त्यसका लागि त ओलीका पक्षमा लागे भैगो नि।

    कठिन लडाईंका लागि तयार हुनुपर्छ। मर्न र मार्न पनि तयार हुनुपर्छ। तपाईं सही प्रयोजनका निम्ति मर्न र मार्न तयार हुनुहुन्न भने फेरि पनि हात पसार्ने हो, मागेर खाने हो। त्यसका लागि त ओलीका पक्षमा लागे भैगो नि। माग्ने ठाउँ त्यही छ। दिने ठाउँमा उनै छन्। खटाउने उनै हो। बोकेर त्यहाँ पुर्याएको हामीले नै हो। यसर्थ, इतिहासको अति कठिन र दुरुह अवस्थामा हामी छौं। तर संसारका कुनै पनि देशहरू इतिहासका कठिन परीक्षा पास गरेर मात्र बाँचेका छन्। धेरै संकट झेलेर मात्र ती बाँचेका छन्। लोकतन्त्र र समाजवाद पनि धेरै ठूला आँधीवेहरीसँग जुधेर र त्यसलाई परास्त गरेर मात्र बाँचेका छन्।

    म के आश गर्छु भने नेपाली जनता अग्रगामी छन्। यो समाजको चेतना अग्रगामी छ। सम्सत नेपाली समाज आफ्नो अधिकारको पक्षमा लड्नेछ। भोलि लड्दै गएर ती सम्भवत अहिलेको संरचनाको बारेमा पनि कुरा हुनेछ। खड्गप्रसाद ओलीजस्ता जन्मनु अहिलेका राज्यसंरचनाभित्रका अन्तरविरोध र कमीहरूका कारण त होइन? यो भोलिको विषय हो। आजको विषय ओली प्रवृत्तिको विरुद्धमा समस्त अधिकारप्रेमी नागरिकहरू, स्वभिमानी नागरिकहरू, उज्यालो भविष्यका पक्षधर नागरिकहरू हामी एक हौं। तपाईंहरू सबैलाई मेरो साथ छ।

    (जनसांस्कृतिक महांसंघले सोमबार काठमाडौंको वानेश्वरमा गरेको ‘प्रतिगमनविरुद्ध सांस्कृतिक प्रतिरोध कार्यक्रम’मा संग्रौलाले दिएको मन्तव्य जस्ताको तस्तै।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      खगेन्द्र संग्रौला

      खगेन्द्र संग्रौला

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.