Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीजी, यो पंच र्‍याली हो कि सपनाको शवयात्रा?

प्रकाश अजात प्रकाश अजात
माघ १९, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले पहिलेको राजदरवार र अहिलेको नारायणहिटी दरबार संग्रहालयअगाडिको सडकमा यही माघ २३ गते आफ्ना पक्षमा प्रदर्शन र सभा गराउँदैछन् । कतिपय समिक्षक र विश्लेषकहरू यस्तो भेलालाई अर्थहिन र अनुचित ठान्छन् किनभने खड्गप्रसाद ओली झण्डै दुई तिहाई समर्थनसहितको सरकारको प्रधानमन्त्री हुन्। राज्यकोष, सेना, प्रहरी र कर्मचारीलगायतका सबै शक्ति आफैंसँग भएको अवस्थामा एउटा सरकार प्रमुखले आफ्ना समर्थकहरूलाई राजधानीमा उतारेर गफ चुट्नुको के अर्थ?

    पत्रकार र मिडियाले आफूलाई राजामहाराजहरूलाई जस्तै ‘हजुर, बक्सियो र गैसियो, खाइसियो’ नलेखेकोमा चित्त दुखाउने गरेका ओलीले आफूले सम्बोधन गर्ने ठाउँ पनि पूर्व राजदरबारअघि अघि छानेका छन् । ओलीले ठाउँ छानेको विषयलाई प्राविधिक विषय मान्न पनि सकिएला तर उनका ओलीका पछिल्ला ‘महावाणी’ र तमासाहरूले ओलीले आफूलाई दक्षिणपन्थी र पुनरुत्थानवादी कमल थापाहरूको विकल्पका रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको प्रतित हुन्छ ।

    भौतिकवादी पार्टीको नेताले पशुपतिनाथमा गएर ‘भाकल पुजा’ गरेको विषयमात्रै होइन, बारम्बार चितवनको ठोरीको ‘राम मन्दिर’को विषय उठाएबाट ओली आफ्नो ‘भौतिकवादी र माक्र्सवादी’ वैचारिक धरातलबाट च्युत हुँदै गएको देखिन्छ । हुँदाखाँदाको संसद विघटन गरेका ओलीलाई यो ‘कामचलाउ’को हैसियत जनताले दिएका होइनन् । इतिहासकै चटके र गफाडी प्रधानमन्त्री ठहरिएका यी मनुवाले जनताको सबैभन्दा शक्तिसाली संस्थालाई आफैं ‘विघटन’ को घोषणा गरेर आफ्नो लाचारी र असक्षमता त प्रदर्शन गरेकै छन्।

    उल्लेख्य छ, गत माघ ९ गते नेकपाको बहुमत पक्षले संसद विघटनको विरुद्धमा काठमाडौंमा आफ्नो जनशक्ति प्रदर्शन गरेको थियो । त्यस विरोध कार्यक्रमतर्फ संकेत गर्दै सोही दिन काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित आफू पक्षीय भेलामा ओलीले भनेका थिए, ‘रत्नपार्कमा केही मानिस जम्मा भए। हौसिएर भाषण गर्दै थिए । ८–१० हजार मानिस अगाडि देखेर भुँइमा खुट्टै थिएनन्। जनप्रदर्शन कस्तो हुन्छ हामी माघ २३ गते देखाउँछौँ।’

    खड्ग ओलीको त्यो अभिव्यक्ति आफैंमा विरोधाभाषपूर्ण छ किनभने जनताले कम्युनिष्ट विचारप्रतिको जनमत चुनावमै देखाएको हो। चुनावमार्फत नै ओली नेतृत्वको सरकारलाई करिब दुई तिहाई जनमत प्राप्त भएको थियो । चुनावले नै कम्युनिष्ट पार्टीको लोकप्रियता देखिएको थियो। त्यो जति महत्वपूर्ण जनशक्ति र जनप्रदर्शन अरु के हुनसक्थ्यो? पार्टीभित्र सहमती र सहकार्य गर्न नसक्ने अनि आफैं जनमतको घाँटी रेट्ने ओलीले जनप्रदर्शन, जनशक्ति र जनमत शव्द रटेको कति नसुहाएको ?

    मिडिया र सार्वजनिक सम्वोधनहरूमा ‘संसद पुर्नस्थार्पना हुनै सक्दैन’ भन्दै राज्यकोषको दुरुपयोग गर्दै देश दौडाहामा हिँडेका ओलीले सरकारकै पक्षमा आफ्ना समर्थक उतार्नुका प्रमुख दुई कारण हुनसक्छन् :

    एउटा, बाहिर संसद पुर्नस्र्थापना हुनै सक्दैन भनेर जति नै रटान लगाएपनि ओलीलाई आफ्नो असंवैधानिक कदमलाई सर्वोच्चले ढाकछोप गर्छ÷सकार्छ भन्ने कुरामा शंका छ । किनकि उनी आफैंले अदालतमा बुझाएको जवाफ चित्तुबझ्दो छैन । आफ्नो कदमलाई उनले ‘राजनैतिक’ बताएबाटै ओलीको कदम असंवैधानिक भएको प्रष्ट छ । ओलीले गरेको विघटनलाई यो संविधानले कतैबाट पनि जायज देख्दैन। यसकारण, जसरी नेकपाको बहुमत पक्ष अदालतप्रति आश्वस्त हुन नसकेर जनता सडकमा उतारेर अदालतलाई खबरदारी गर्दैछ, उसैगरी, खड्ग ओली पनि मेरा पक्षमा पनि जनता छन् भनेर अदालतलाई देखाउन चाहन्छन्। मसँग पनि केही मान्छे छन् भनेर उनी अदालतलाई देखाउन चाहन्छन्।

    दोस्रो, संसद पुर्नस्र्थापना भयो भने वैधानिक रूपमा नेकपा फुटेको ठहरिन्नँ। तर संसद पुर्नस्थापना हुँदा खड्गप्रसाद ओलीलाई त्यही पार्टीमा रहेर राजनीति गर्न सम्भव हुनेछैन। उनीसँग मूल नेकपामा रहने नैतिक बल रहनेछैन र नेकपाले त उनलाई सकार्ने छैन। प्रष्ट छ, संसद पुर्नस्थापना भयो भने अहिले ओली पक्षमा रहेका कैयौं नेता कार्यकर्ताहरू आफ्नो राजनीतिक भविष्य जोगाउनकै लागि पनि मूल नेकपामा फर्कनेछन् ।

    तर खड्गप्रसाद ओलीका लागि त्यो विकल्प नहुने भएका कारण उनी संसद पुर्नस्थार्पना नै भएपनि, पार्टी एकिकृत भएनै पनि उनले नेकपालाई फुटाउने प्रयास गर्नेछन् । त्यस्तो अवस्थामा राजनीतिक रूपमा बाँच्नका लागि अन्तिम प्रयास गर्नेछन्। त्यसका लागि, अहिले सत्तामै रहँदा आफूले केही मान्छे काठमाडौं उतार्न सके, त्यसको भोलि केही अर्थ रहन सक्ने ठानेर ओलीले यो भेला आयोजना गर्न लागेका हुनसक्छन्।

    खड्ग ओलीले प्रधानमन्त्री हुनुपूर्व र भएपछि पनि नेपाली जनतालाई धेरै उडन्ते सपना देखाए । तर एउटै पनि सपना र वाचा पूरा भएनन् । यस्तो अवस्थामा दरबारमार्गको सभा कुनै ठूलै आविस्कार या उद्घाटनका लागि गरिएको भए पनि त्यसलाई उचितै मान्नुपथ्र्यो । तर अदालतसँग याचना गरेर बसेका ओलीसँग उद्घाटन र शिलान्यासका लागि यतिखेर पशुपति र ठोरीका राम मन्दिरमात्र बाँकी छन् । जनताका सपना त पुष पाँचमै हत्या भइसकेका छन्। कम्युनिष्ट सरकारले गजबै गर्ला, मुलुकमा स्थायित्व छाउला र हामीले मुलुकमै केही गर्न सकिएला भन्ने आम जनसपना र आकांक्षाको ज्यान लिईसकिएको छ। सपना बौराउन सहज हुन्न। यसर्थ, यस्तो अवस्थामा ओलीले गर्ने सभा र जुलुस केवल ‘सपनाको शवयात्रा’ भन्दा बढी ठहरिने छैन।

    Twitter: @prakashaasthaa

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.