Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्ट पार्टीभित्र यत्रो पूर्वाग्रह पालेर बसिरहनु ठिक होइन

कृष्णराज वर्मा कृष्णराज वर्मा
चैत्र १५, २०७७
- रिडर्स डिस्कोर्स, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    म केशरजंग रायमाझीसँग वि. सं. २०४० सालसम्म रहेँ। राजतन्त्र पनि हाम्रो देशको निम्ति एउटा राष्ट्रवादी शक्ति नै हो भन्ने धारणा उहाँभित्र लुकेर बसेको रहेछ। उहाँले भारतसँगको संघर्षमा राजतन्त्रलाई शक्ति मान्नुभएको थियो। यसका लागि हामीपनि केही हदसम्म मानेर जानुपर्छ भन्ने धारणा उहाँमा थियो। मौका पाएपछि रायमाभझी त्यहीअनुसार प्रकट हुनुभयो।

    यसको मतलव केशरजंग रायमाझी पार्टीभित्र राजतन्त्रले एजेण्टका रुपमा राखेको शक्ति भने होइन। खासमा चाहिँ उहाँले दोहोरो भूमिका खेल्न थाल्नुभयो। करिब ३० सालपछि उहाँले विस्तारै दोहोरो भूमिका खेल्दै गए। ठ्याक्कै कहिलेदेखि र कहाँनेर उहाँका डेभिएसन बढ्दै गए भन्ने चाहिँ भन्न सकिदैन।

    दरबारसँग रायमाझीको सम्बन्ध

    कम्युनिष्ट पार्टी सानो भएपनि राजाको लागि महत्वपूर्ण पार्टी थियो। किनभने कम्युनिष्ट जगत जस्तैः सोभियत संघ र चीनमा कम्युनिष्ट पार्टीको पहुँच धेरै छ भन्ने आधारमा राजाले हेरेका थिए। कम्युनिष्ट पार्टी र यसका नेता रायमाभझीको पहुँच भएपनि उहाँको माध्यमबाट कहीँ न कहीँ सहयोग लिनुसक्छु भन्ने स्वार्थ थियो।

    कम्युनिष्ट जगतले पनि नेपालभित्र हुने राजनीतिसँगको सम्बन्धका लागि रायमाझीकै प्रयोग गरे। राजाले कम्युष्टि जगतमा पहुँच पुर्‍याउन र कम्युनिष्ट जगतले नेपालको राजनीति बुझ्न रायमाझीलाई नै माध्यम बनाए। त्यसैकारण उहाँले यी दुवै शक्तिलाई सन्तुष्ट राख्ने जानकारी दिन थाल्नुभयो। यसकारणले गर्दा रायमाझीको भूमिका दोहोरो भयो।

    उहाँलाई हामीले बारम्बार भन्यौँ, ‘तपाई दरबारबसँगको सम्बन्धलाई टाढा बनाउनुहोस्, यसरी सम्बन्ध नराख्नुहोस् ।’ दरबारबाट टाढा रहदा आलोचनाबाट मुक्ति पाइन्थ्यो। एउटा कम्युनिष्ट पार्टीको प्रतिनिधिको हिसाबले राजनीतिक सम्बन्ध, जसलाई पारदर्शी बनाउन सकौँ, त्यस्तो सम्बन्ध राख्न हामीले आग्रह गरिरह्यौँ। तर उहाँले मान्नुभएन, झन् झन् गाँसिदै जानुभयो।

    यसरी उहाँले दोहोरो भूमिका खेल्दै जाने क्रममा २०४० सालमा आएर प्रकट हुनुभयो। उहाँको दुवैपटिको आधार कमजोर पर्न थाल्यो। एक पक्षलाई सन्तुष्ट बनाउन कुरा बनाउनुपर्ने हुन्छ, तर त्यसरी धेरै समय चल्नेवाला थिएन। कहीँ न कहीँ त क्लिक हुन्छ। जब क्लिक गर्ने ठाउँ आयो त्यसपछि उहाँले कुरा खोल्नुपर्ने हुन्छ। ४० सालपछि उहाँले सोभियत संघको विरोध गर्न थाल्नुभयो र राजाको समर्थन गर्न थाल्नुभयो।

    विश्व शक्ति राष्ट्रले कम्युनिष्टलाई हेर्ने दृष्टिकोण

    कम्युनिष्ट पार्टीले अमेरिकालाई हेर्ने दृष्टि सुरुदेखि नै एउटै छ। अमेरिका एउटा साम्राज्यवादी शक्ति हो र साम्राज्यवादी शक्तिका हैसियतले उ कम्युनिष्टविरोधी हो। कुनैपछि प्रकारले अमेरिका हामीलाई सहयोग गर्ने स्थितिमा जाँदैन। उसले कुनै स्वार्थ देख्छ भने उ नजिकसम्म आउला, होइन भने उ कम्युनिष्टको साथ हुँदैन। अमेरिका कम्युनिष्टको कट्टर विरोधी हो।

    भारत एक प्रकारले हाम्रो मित्रशक्ति हो। किनकी भारतमा प्रजातान्त्रिक सरकार छ। तर उसका केही स्वार्थले गर्दा भारत हामीप्रति साम्राज्यवादी आकांक्षा नै राख्छ। त्यसका तीनवटा कारण छन्। पहिलो कारण, भारतले हामीलाई तीनतिरबाट घेरेको छ। जसका कारण हाम्रो उसमाथि निर्भरता छ। त्यसबाट उसले लाभ उठाउन चाहन्छन्।

         यो पनि पढ्नुहोस् –

    दोस्रो कारण, हाम्रो देश भूपरिवेष्ठित राष्ट्र भएकाले हामी भारतप्रति निर्भर छौँ। त्यसबाट उसले लाभ उठाउन चाहन्छ । तेस्रो कारण, भारत १ सय ३० करोड जनसंख्या भएको देश हो, त्यसकारण उ हाम्रो सीमानालाई जहिले पनि खुला राख्न चाहन्छ। हाम्रो देशबाट बगेको खोलाबाट पनि उसले फाइदा लिन्छ। र, यी स्वार्थलाई उ त्याग्न तयार हुँदैन ।

    चीनका बारेमा अहिलेसम्मको अनुभवका आधारमा भन्नुपर्दा, उसले हामीलाई काहीँपनि प्रत्यक्ष प्रभाव पारेको छैन। तरपनि उ सीमाना जोडिएको देश भएको नाताबाट कहिलेकाहीँ हामीलाई ‘सुट’ नगरिराखेको अवस्थामा पनि उसले अलिकति दबाब दिन सक्छ। यसका सम्भावना छन्। तर चीनले भारतको जस्तै किसिमको भूमिका खेल्छ भन्ने कुरा हामी मान्दैनौँ। उसले बढी मित्र भावले हेर्छ।

    रुस आज कम्युनिष्ट देश रहेन। हिजोको रुस कम्युनिष्ट देशको रुपमा थियो। त्यसकारण उसको हेर्ने दृष्टिकोण भिन्न थियो । उतिबेला रुसले कम्युनिष्टलाई सक्दो सहयोग त गरेको हो। तर रुस आफैँ कम्युनिष्ट देश नरहेपछि उसको स्वार्थ व्यवसायिक हिसाबको मात्रै छ।

    एडजस्ट् गर्नुहोस् भन्दा नेपाल रिसाए

    अहिले म कुनै पार्टीमा आबद्ध छैन। तर मेरो विरासत भनेको कम्युनिष्ट क्षेत्र मै छ। सबै कम्युनिष्टहरू यदि ठिकसँग हिँडिरहेका छन् भने उससँग वैमनस्यता लिनुपर्ने कारण छैन। तर आज पनि कम्युनिष्टहरू प्रो चाइनिज मिसन लिएर हिँडिरहेका छन्। त्यो मिसन कुनै प्रकारले मान्नेवाला छैन। माओवादीले एक समयमा जस्तो झुकाव देखाएका थिए, उनीहरू आज पनि त्यस्तै क्रान्तिको कुरा गर्छन्। आजपनि चिनिमार्काकै क्रान्ति, छापामार शैली र किसान क्रान्तिकै कुरा गर्छन्। तर आज समय त्यस्तो छैन।

    ती सबै कम्युनिष्टसँग मेरोसद्भाव छ। माओवादी र एमालेबीच समझदारी भएर एउटै पार्टी बन्दा मैले स्वागत नै गरको हुँ। तर मैले त्यतिबेलै भनेको थिएँ, ‘तपाईहरूको आफ्नो भित्री अवस्थालाई सुधार गर्नुस्, त्यो गर्नुभएन भने तपाईंको एकता पनि कायम रहन्छ कि रहदैन।’ त्यस पार्टीभित्रको द्धन्द्ध यति गहन छ कि परिणाम स्वरुप प्रधानमन्त्री केपी ओली प्रतिनिधि सभा विघटनको बाटो अख्तियार गर्न पुग्नुभयो। संसद विघटन गरेर उहाँले गल्ति गर्नुभयो। र, माधव नेपाल र ओजीबीचको यो द्धन्द्ध पहिलेदेखिकै हो।

    ओलीसँग म त्यति नजिक होइन। व्यक्तिगत रुपमा उहाँका आनिबानी थाहा छैन। तर केही कुराहरु चाहिँ धेरै पहिले पनि भनेको हुँ, माधव नेपालसँगको सम्बन्धको बारेमा मैले उहाँलाई सोधेको छु। ओलीले नेपालको जति आलोचना गर्दैहुनुहुन्छ, त्यसमा व्यक्तिगत असन्तुष्टि हो वा सैद्धान्तिक हो भनेर सोधेको थिएँ। सैैद्धान्तिक भए स्पष्ट रुपमा भन्न र व्यक्तिगत भए आफैं बसेर सल्टाउन आग्रह गरेको थिएँ। उहाँले मेरो प्रश्नलाई इन्कार गर्नुभयो। त्यसताका उहाँले पार्टीको बैठक नै स्थगित गर्नुभयो।

    एमालेमा एकपटक पार्टी अध्यक्ष र महासचिव गरी दुइवटा पद बनाउने विषयमा प्रश्न उठ्यो। जनकपुरमा भएको सातौँ महाधिवेशनको समयमा हो क्यार। त्यहाँ मेरो माधव जीसँग भेट भयो। उहाँले सोध्नुभयो, ‘यो हाम्रो विवादको सम्बन्धमा के भन्नुहुन्छ?’ मैले भनेँ ‘यसमा के ठूलो छ र? पार्टी पुरानो हुँदै जान्छ, नेताहरू बढ्दै जान्छन्, धेरै ढिका हुने अवस्थामा पुग्छन्। त्यस्तो अवस्थामा धेरै नेता जन्मिने भएकाले एडजस्ट त गर्नुपर्छ।’

    इतिहासमा कुनैपनि पार्टीमा यस्ता घटना हुँदै आएका छन्। त्यसैले मैले एकजनालाई महासचिव हुन र एकजनालाई अध्यक्ष हुन सुझाएँ। बढी अधिकार महासचिवमा हुनुपर्छ भने दिनुस्, अध्यक्षलाई दिने अधिकारपनि तोक्नुस् भनेर भन्दा माधव जीले रिसाउँदै भन्नुभयो, ‘यस्तो हो भने त झण्डा नै बदल्नुपर्छ।’ मेरो विचारमा झण्डा बदल्नुपर्दैनथियो। ब्रिटिश कम्युनिष्ट पार्टीमा पनि तीनवटा पद छ, अध्यक्ष, प्रमुख र महासचिव। त्यहाँ त झण्डा बदलेका छैनन। यसरी समाधान गर्न सकिन्छ। पार्टी फुटोस् भन्ने कसैको पनि चाहना छैन।

    पूर्वाग्रह पालेर बसिरहनु ठिक होइन

    कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनमा निराशापन आउनुमा नेतृत्व कै दोष हो। यस्तो अवस्था आउन किन दिइन्छ? नेतृत्व आफ्नो मति सुधार्न किन सक्दैन? जुनसुकै पक्षका हुन्, आज पनि नेता तथा कार्यकर्ताहरू बोल्दा नेतृत्वलाई गाली गरेरै बोल्छन्। किनभने उनीहरूले गल्ति गरेका छन्।

    भर्खरै एउटा टेलिभिजनमा बहस हेर्दैथिएँ। त्यहाँ एकजना दोस्रो पुस्ताका नेताले नेतृत्वलाई गाली गरिरहेका थिए। उनले नेतृत्वकै गल्तिका कारण यस्तो अवस्था आउन दिइयो भन्दैथिए। उनीहरू पछिल्लो पुस्ताका नेतालाई यो महशुस हुने अवस्था किन दिन्छन्? कम्युनिष्ट पार्टीका अहिलेका नेताले ७० वर्षसम्म कुनै न कुनै तरिकाले पावर हातमा लिएर बसेका छन्। नेतृत्वको यत्रो लामो अनुभव पनि छ । तर, यति समस्या किन मिलाउन सक्दैनन्?

    अब के हुन्छ भन्ने कुरापनि नेताहरूकै क्रियाकलापमाथि निर्भर हुन्छ। यसमा हामीले भनेर साध्य हुँदैन। किनकी कसको कतिभित्रसम्म चोट पुगेको छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा उनीहरूले जानेका हुन्छन्। र, यो नेताहरूको आपसी समझदारीको कुरापनि हो। कम्युनिष्टभित्र यत्रो पूर्वाग्रह पालेर बसिरहनु ठिक होइन।

    ओलीलाई अहिलेको अवस्थामा जान बाध्य तुल्याउने किसिमका के के क्रियाकलाप भए भन्ने पक्षलाई पनि एकपटक खोतलेर हेर्नुपर्छ । आत्मकेन्द्रित प्रवृत्ति हरेक व्यक्तिभित्र हुन्छ। कसैले प्रकट गर्छ, कसैले भित्रै महशुस गरेर मौका खोजिरहेका हुन्छन्। किनभने यस्तो अवस्थाहरू हामीले पार्टी फुटका प्रक्रियामा प्रशस्त देख्यौँ।

    निश्चय छ, हाम्रो चाहना कम्युनिष्ट पार्टी एक होस् भन्ने नै हो। यो आम चाहना हो। कम्युनिष्ट पार्टी फुटोस् भन्ने त चाहना कसैको छैन। यसका लागि सबैले सहनुपर्छ र सबैले भोग्नुपनि पर्छ। यो प्रश्न सबैसँग जोडिएको छ। एउटैले गरेर मात्र समस्याको समाधान हुन्छ भन्ने छैन। यो स्थिति आउन नदिनमा अरुपनि कति जिम्मेवार छन् भनेर उनीहरूले पनि हेर्नुपर्छ।

    प्रचण्डले पनि आफू स्थापित हुने ठाउँ पाउने नियतले मात्रै आउनुभएको हो कि भन्ने प्रश्नले पनि हेर्नुपर्छ। हुँदै होइन भन्न सकिदैन। उहाँपनि खास विचार लिएर १० वर्ष युद्ध सञ्चालन गरेर आउनुभएको हो।

    अब व्यवहारिक बनौँ

    अहिले नेपाली समाजमा धेरै परिवर्तन र सुधार भएको छ। सबै कुरामा विकास भएका छन्। जातीय/लैङ्गिक विषयमा पनि पहिलेको तुलनामा धेरै सुधार भएका छन्। सुधारका साथसाथै समाजमा विकृति पनि बढ्दै गएका छन्। अहिले पनि सुनिन्छ ५ वर्षकी बच्चीका साथ नराम्रो व्यवहार भएका घटनाहरू।

    यसमा पनि राजनीतिक क्षेत्रको नै सबैभन्दा ठूलो दोष छ। दलकहरूकै दोष छ। हामी अहिलेपनि यो निर्धारण गर्न सकिरहेका छैनौँ कि हाम्रो मुलुकको सामाजिक अवस्थामा परिवर्तन ल्याउन आज के के कुरामा सुधार र परिवर्तन गर्नुपर्ने हुन्छ।

    अहिले पनि विभिन्न प्रकारका भावनात्मक प्रभावबाट कम्युनिष्ट पार्टीहरू चुकिरहेका छन्। कहाँबाट र कुन प्रकारका भावनात्मक रुपबाट प्रभावित भएर यस्ता गल्ति हुन्छन् भन्ने कुरा अलग हो। सबैले मन्थन गरेर हेर्नुपर्ने विषय हो। कसैले कसैलाई उपदेश दिने र लिने गरेरमात्रै हुने कुरा होइन। धेरै यस्ता कुराहरू छन्, जसलाई अहिले म प्रष्ट रुपमा त भन्दिनँ, तर धेरै प्रश्न यस्ता छन्, जसलाई आज हाम्रा कम्युनिष्ट नेताहरूले राम्रोसँग बुझिरहेका छैनन्। त्यसलाई अतिसयक्तिबाट हेर्ने कोशिस गरिरहेका छन्।

    आजभोलि एउटा नयाँ शब्द खुब प्रचलनमा आएको छ, दलाल पूँजीवाद। दलाल भन्ने विशेषणका साथ पूँजीवाद आउदैन। पूँजीवादको एउटै रुप हुन्छ। त्यो त व्यक्तिको गुण हो। कुनै पूँजीपति दलाल हुन सक्छ। पुँजीपतिको दलाल चरित्र हुन सक्छ। तर स्वयं पूँजीवाद नै दलाल हुन्छजस्तो मलाई लाग्दैन। आज यो शब्दलाई अति प्रयोग गरिएको छ। यो प्रयोग गरेर के चाहिँ पुष्टि गर्न खोजिदैछ, अहिले पनि स्पष्ट छैन। सिंगो पूँजीवादी विकासलाई दलाल पूँजीवादी विकास भनिन्छ। यो पनि अनुभूत गर्न नसक्ने कुरा हो।

    यो पनि पढ्नुहोस् –

    केही समय अर्को एउटा शब्द प्रयोग गरिन्थ्यो, अर्धऔपनेवेशिक अवस्था भनिन्थ्यो। त्यस अवस्थामा मुलुक कहिले पनि थिएन भन्ने कुरा चैतन्य मिश्रले उठाउनुभयो । यस्ता शब्दहरू नौलो किसमिले कम्युनिष्टहरूबाट प्रयोग भइरहेका छन्। यो एकदम अनौठो कुरा हो।
    यो समाज परिवर्तित् छ। भोलिका दिनमा फेरि कतिपय कुरा आउलान्। यो राजनीतिक परिदृश्यहरू बदलिनैपर्छ। आजको राजनीतिको सेनारियोमा हामी आफैंले कथेर सिद्धान्तहरू टुंगो लगाइरहेका छौँ। यसलाई गम्भीर रुपमा लिनुपर्छ।

    हाम्रा नेताहरू कस्तो कस्तो अवस्थामा पुगे, मलाई छक्क लागिरहेको छ। कोही नेताहरू भन्छन्, अब हामी विश्वलाई नै नेतृत्व दिन्छौँ। यो चाहिँ अलिकति अतिसयक्तिपूर्ण होला भनेर आश्चर्य लाग्छ। जबकी अहिलेसम्म हामीसँग यस्ता विद्धान कहलिएका अर्थशास्त्रीहरू छैनन्, जो संसारमा हैकम राख्छन्। त्यस्तो सैद्धान्तिक क्षमता भएका मान्छेहरू आइसकेका छैनन्। तर पनि नेताहरू विश्वलाई नेतृत्व दिन्छौँ भन्छन्।

    यस्तै कुरामा मार खाएर यो अवस्थामा पुग्छन्। त्यसैले व्यवहारिक रुपमा जाऔँ। व्यवहारिक रुपमा हेर्दै जानुभयो भने अति आलोचित भएको व्यवहारलाई पनि पुनरावृत्ति गरेर नयाँ किसिमले हेर्नुपर्ने हुन्छ। एउटा किताब विमोचनमा माधव जीले भन्नुभयो कि हिजोसम्म राजालाई कसरी हेरेका थियौँ र रायमाझीलाई कसरी हेरेका थियौँ, यसलाई आज नयाँ किसिमले सोच्नुपर्छ।

    अहिले आफूले सोचेको र भनेको कुरा नै पूर्ण सत्य कुरा हो भनेर किन पारंगत रुपमा प्रस्तुत हुन्छ मान्छे? हरेक कुराको एउटा प्रक्रिया हुन्छ। त्यसैले कुनैपनि कुरा भोलि कसरी स्थापित हुन्छ भन्ने हिसाबले जानुपर्ने हुन्छ। आफैंलाई पनि समीक्षा गर्नुपर्छ।

    १५ सेप्टेम्बर १९४९ मा पुष्पलालसहित ५ जना मिलेर कम्युनिष्ट पार्टी स्थापना गरिएको हो। तर संस्थापक सदस्यमा पुष्पलाल जी कै मात्र नाम किन आउछ? पुष्पलाललाई नै यति महान सावित गर्न किन कोशिस गरिदैछ? मनमोहन अधिकारी लगायत पाँच जना भएर कम्युनिष्ट पार्टी बनाएका हुन्। तर संस्थापक सदस्य चाहिँ पुष्पलाललाई मात्रै मान्दिनुपर्ने? अरु ४ जनालाई किन स्वीकार नगरिएको? अब यसरी समीक्षा गर्नुपर्ने बेला आएको छ।

    (नेता वर्मासँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कृष्णराज वर्मा

      कृष्णराज वर्मा

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.