Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राणाविरुद्धको रोषका कारण ७ सालको क्रान्तिमा सहभागी भएँ

कृष्णराज वर्मा कृष्णराज वर्मा
फाल्गुन २०, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो जन्म सप्तरीको हनुमाननगरमा भएको हो। त्यतिबेला सप्तरीको सदरमुकाम हनुमाननगर थियो। अहिले राजविराज हो। मेरो प्रारम्भिक शिक्षा पनि हनुमाननगरमै भएको हो। हनुमाननगर उतिखेर ग्रामिण क्षेत्र नै थियो। ठूलो शहर थिएन। मेला लाग्दा सालमा एकपटक ठूलै शहरजस्तै भने देखिन्थ्यो। तराईका गाउँहरूको अवस्था त्यस्तै थियो। कोशी किनारमा रहेको ठाउँ भएको हुनाले अरु गाउँको भन्दा हनुमाननगरको बढी प्रसिद्धि थियो।

    त्यतिबेला अहिलेजस्तो अंग्रेजी पढ्ने व्यवस्था थिएन। हामीले पढ्ने बेलामा संस्कृत नै पढ्नुपर्‍यो। मैले १४ वर्षको उमेरमा बल्ल अंग्रेजी पढेँ। उतिखेर नेपाली पनि पढिदैनथ्यो। स्थानीय भाषामा पनि पढाई हुँदैनथियो। मेरा मावली धनकुटाका हुन्। बुवा भने नुवाकोटे हुन्। यसरी हाम्रो परिवारमा पहाडी र काठमाडौँतिरको संस्कृतिको मिश्रण छ। तर सप्तरीमै जन्मेर हुर्किएकोले मूल संस्कृति सप्तरीकै भयो। किनभने आमा फर्केर धनकुटा जानुभएन र बुवा पनि फर्किएर नुवाकोट जानुभएन। आमा र बुवाको जीवन सप्तरीमै बित्यो।
    हामीले विभेदको महशुस गर्नुपरेन

    सप्तरीमा हामी मैथिली भाषा बोल्थ्यौं। आमा बुवा पहाडिया संस्कृतिबाट गएको भएपनि हामीचाहिँ सप्तरीमै जन्मे हुर्केकाले त्यहाँको वातावरण सहजै थियो। कुनै अनौठो लागेन। अन्तबाट हुर्केर आएको भए अनौठो लाग्थ्यो होला। घरभित्र नेपाली बोले पनि हामी बाहिर मैथिली बोल्थ्यौँ। आहारविहार पनि सोही अनुरुप थियो। किनभने घरभित्र हामी पहाडे संस्कृति को जीवन बाँच्थ्यौ। त्यहाँको चाडवाडले हामीलाई प्रभावित गर्दथ्यो। केही पहाडे संस्कृति पनि ‘मेन्टेन’ गर्थ्यौ।

    हामीले कहिल्यै विभेदको अनुभव गर्नुपरेन। किनकि उतिखेर तराईमा प्रायजसो सरकारी कर्मचारीहरू पहाडबाट जानेहरू नै हुन्थे। सिमित मात्रामा मात्रै तराईका मान्छेको नियुक्ति हुन्थ्यो। त्यसरी मिश्रण हुँदै गयो र हामीले विभेद अनुभव गरेनौँ। घर र अदालतमा पनि चाहिँ स्थानीय मान्छे थिए। सरकारी हाकिमहरू चाहिँ पहाडका हुन्थे। पछिमात्र पहाड र मधेसीको विभेद छ भन्ने कुरा मैले थाहा पाएँ। तर त्यस्तो महसुस विद्यालय पढ्ने बेलाभन्दा पछि मात्र भयो।

    हामी उतिखेर काठको पाटी र खरीको मसी बनाएर लेख्थ्यौँ। ढुंगाको पाटीमा पनि सबैले त्यही प्रयोग गरे। भुईंमै बसेर लेख्थ्यौँ। त्यसबेलाको शहरबजारमा गरिबी देखिँदैन थियो। मानसिक रुपमा विक्षिप्त र अनाथ भने देखा पर्थे। कतिले उपचार नपाउने अवस्था पनि हुन्थ्यो होला, तर हामीलाई थाहा हुँदैन थियो।

    राजनीतिक जागृतिको सुरुवात

    मेरो बुवा राणा शासनको सामान्य सरकारी कर्मचारी हुनुहुन्थ्यो। नौसिन्दा भन्थे त्यतिबेला। उहाँले अड्डाअदालतमा लेखापढीको काम गर्नुहुन्थ्यो। जागिर खानका लागि भनेर काठमाडौँबाट सप्तरी जानुभएको थियो। हाम्रो पुर्ख्यौली घर नुवाकोट भएपनि बुवा काठमाडौँमै हुर्किनुभयो र त्यहीँ बसेर पढ्नुभयो। बुवाके दिदीहरू धेरै हुनुहुन्थ्यो। हजुरबुवाका कति छोराछोरीहरू जन्मदै मर्ने गरेका थिएँ। पछि मेरो बुवा जन्मिएपछि उहाँलाई बचाउनकै लागि भनेर काठमाडौँ ल्याएका थिए रे। यसर्थ, काठमाडौँमा राखेर उनको लालनपालन भयो र शिक्षा पनि पूरा गर्नुभयो।

    सुरुदेखि नै बाहिर बसेर पढ्नुभएकोले सानै उमेरदेखि पिताजीले नोकरी सुरु गर्नुभयो। समान्यतः १६ वर्षको उमेर नभई नोकरी पाईँदैन थियो। तर उहाँलाई बाहिर लगेर कतै नोकरीमा लगाईदिन एउटा हाकिमका साथ लगेर पठाइदिए। उनैका साथ लागेर घुम्दै जाँदा सप्तरीमा बसेर काम सुरु गर्नुभयो। सप्तरीमा मैले स्कुलसम्म पढेँ र क्याम्पसका लागि काठमाडौँ आएँ। काठमाडौँमा त्रिचन्द्र क्याम्पसमा पढ्थेँ। यो ५/६ सालतिरको कुरा हो। त्यतिबेला राजनीतिक जागृति विस्तारै फैलिसकेको थियो। हामी पनि कतैकतै संलग्न भईसकेका थियौँ।

    मेरो राजनीतिक जागृतिको पहिलो कारण थिए, एकजना सरकारी कर्मचारी। त्यतिबेला पुल, बाटोघाटो, बाँध आदि बनाउने सरकारी अफिसलाई ‘बनाउने अफिस’ भनिन्थ्यो। त्यसैमा सडक विभाग र भवन विभाग सबै जोडिन्थ्यो। ती कर्मचारी बनाउने अफिसका डिट्ठा अर्थात् ‘माथिल्लो हाकिम’ थिए। तिनी साहित्यको अध्ययन असाध्यै गर्थे।

    तिनका थुप्रै कलेक्सन थिए। तिनी क्रान्तिकारी पनि रहेछन्। पछि उनी क्षयरोगको बिरामी भए र उनको घरबाट किताबहरू हटाउन खोज्दा उनका किताब कसैले राखिदिन मानेनन्। क्षयरोगका किटाणुहरू हुन्थे भनेर मान्छेहरूले उनका किताब राखेनन्। तर ती किताब हाम्रो घरमा लगेर राखियो र मैले पढ्ने अवसर पाएँ।

    ती किताबहरू हामीले नै राख्न दिएका हौँ। त्यसै क्रममा मैले केही साहित्यका किताबहरू पढ्न पाएँ। हिन्दी साहित्य तथा सोभियत संघको पञ्च-वर्षे योजनाबारे पढेँ। पहिलेको पञ्च वर्षे योजनाको कलेक्सन रहेछ। मैले पहिलोपटक सोभियत संघको किताबहरू त्यसैबेला पढ्न पाएको हुँ। केही कुराहरू रुचीकर र राम्रा लागे। फोटाहरू पनि राम्रा लागे। त्यसैबाट प्रभावित भएर साहित्यमा मेरो रुची बढ्दै गयो। त्यसबेला म १६/१७ वर्षको थिएँ। एसएलसी दिइसकेको थिएँ। एसएलसी सकेर बसिरहेको थिएँ।

    ‘राणाजी’हरूको दमन

    काठमाडौँ आएपछि पनि विभिन्न साहित्यहरू अध्ययन गरेँ। ‘आमा’ लगायतका साहित्यहरू संकलन गरेर पढेँ। काठमाडौँको पुतलीसडकमा रहेको छात्रवासमा बसेर त्रिचन्द्र क्याम्पसमा पढ्थेँ। पुतलीसडकको छात्रवास नेपालकै पहिलो थियो। त्यही क्रममा मेरो एकजना ‘राणाजी’सँग क्ल्यास भयो। छात्रावासमा हामी दुई-तीन जनाको टिम बनाएर खेल खेल्ने गर्थ्यौं। एकदिन खेल्दै गर्दा ती ‘राणाजी’ले नचाहिँदो शब्द बोले। मैले पनि जवाफ फर्काइहालेँ, ‘ए भाई तिमीजस्ता राणाजीहरू हामीकहाँ भाँडा माझ्छन्। किन धाक लडाउँछौँ? तिमी ठूलो भएपनि तिमी जस्ता ‘राणाजी’हरू हामीकहाँ भाँडा माझ्छन्।’

    वास्तवमा सप्तरीमै पनि केही ‘राणाजी’हरू गरीब थिए। त्यति भनेपछि उनी रिसाएछन्। हामी क्याम्पस गयौँ। पछि उनले कर्नेल चन्द्रबहादुर थापालाई ‘यो कांग्रेसी हो’ भनेर कुरा लगाएछन्। फर्केर आउँदा छात्रवास चलाउने व्यक्तिले मलाई भने, ‘म हात जोडेर भन्छु, तपाईँ यहाँ नबसे राम्रो हुन्थ्यो। तपाईं यहाँ बस्नुभयो भने मलाई टिक्न नै गार्हो पर्छ।’

    ती राणाजीले शिकायत गरेपछि कर्नेल चन्द्रबहादुर आफैं छात्रवास आएर घुमेछन् र सोधपुछ गरेछन्। त्यसपछि म छात्रवास छोड्न बाध्य भएँ र अन्तै बसेर पढ्न थालेँ। सप्तरीबाट काठमाडौँमा पढ्न आउँदा यहाँ कत्तिको अप्ठ्यारो हुन्छ भन्ने कुराको पहिले मलाई अनुमान भएन। हामी सानो ठाउँबाट ठूलो शहरमा पढ्न आएका थियौँ, यहाँको सभ्यता र संस्कृतिसँग घुलमिल हुन केही समय लाग्यो। त्यतिखेर मेरा एक मित्र थिएँ काठमाडौंमा। रामेश्वर भन्ने थिए, उनी पछि एसपी भए। अर्का एकजना भट्ट थरी थिए, पछि नेपाली कांग्रेसका प्रचारमन्त्री बने।

    म कांग्रेस नभएपनि सात साल क्रान्तिमा सामेल भइसकेको थिएँ। तर म मनैदेखि राणाहरूविरुद्ध थिएँ। राणाहरूले मेरो बुवामाथि पनि दमन गरेका थिए। मेरा लागि त्यो पुरानो घाउका रूपमा स्मरणमा थियो। माधव शम्शेर नामका जर्नेल सप्तरीमा नियुक्त भएर गएका रहेछन् मेरो बाको पालामा। उनी गएको समयमा मेरो सानो भाईको मृत्यु भएको रहेछ। त्यसकै शोकमा बुवा हुनुहुन्थ्यो। उतिखेर जर्नेलको स्वागतका लागि सबै कर्मचारी जानुर्थ्यो। तर भाई खसेको दुई/तीन दिन मात्रै भएकाले मेरो बुवा जानुभएनछ। त्यसै विषयमा रिसाएर उनले बुवालाई बर्खास्त गरिदिएछन्। उनले मेरा बुवामाथि प्रपञ्च रचेर जागिरबाट हटाएछन्।

    बुवा अमिनी अदालतमा हुनुहुन्थ्यो। अमिनी अदालत भनेको तल्लो अदालत हो। अहिलेको जिल्ला अदालत जस्तै। त्यसैबेलामा जेलबाट एउटा ठूलो कैदी भागेछ। जेल हेर्ने काम पनि मेरो बाकै मातहत पर्दथ्यो। त्यसमा पनि राणाले बालाई फसाउने कोशिस गर्‍यो। त्यसो भएपछि जर्नेलले अझ आरोप लगाएर फसाएका रहेछन्।

    त्यसपछि बुवा भूमिगत भएर काठमाडौँ आइपुग्नुभयो। श्री ३ सरकारलाई भनसुन गरेपछि ती जर्नेललाई एक रुपैयाँ जरिवाना पनि भएछ। बुवा जागिरमा पनि पुर्नवाहली पनि हुनुभएछ। साथै, तलव पनि दिलाइदिनु भन्ने आदेश भएछ। त्यसो भएपछि झन् रिसिबी हुने भयो। त्यो घटना दिमागमा ताजा छँदै काठमाडौँमा ती राणाजीको पञ्जामा म परें।

    सुखदुःख

    त्यतिमात्रै नभएर मेरा नाममा उतिखेर घरबाट आएका चिठीहरू चेक हुन थाल्यो। अरु विद्यार्थी साथीरूको पनि जति चिठी आउँथ्यो, ती सबै चेक भएर आउँथे। यी सबै कुराले गर्दा मलाई लाग्यो, ‘म धेरै दिन काठमाडौँमा टिक्न सक्दिनँ।’ कुनदिन के घटनामा दुख दिन्छन् र कतातिर जेल हाल्ने हुन् भन्ने स्थिति भयो।

    त्यसपछि पढ्नका लागि म भारत जान्छु भन्ने लाग्यो। यहाँभन्दा सस्तो र सजिलो पनि हुन्छ उता पढाई भन्ठानेँ। त्यही साल म एउटा गाउँमा गएको थिएँ। तराईकै एकजना साथीलाई लिएर गएको थिएँ। त्यहाँका स्थानीयबासीले मलाई भने, ‘तपाईहरू पढेलेखेको हुनुहुन्छ, गाउँका मान्छेलाई गाउँको सुधारका लागि के गर्नुपर्छ भन्ने कुरा बताइदिनुस्।’

    मिटिङ नै गरेर मैले गाउँको सुधारका लागि के गर्नुपर्छ भनेर त्यहाँ भाषण गरेँ। त्यही अघिल्लो रात त्यहाँ कांग्रेसले राजनीतिक पर्च छरेको रहेछ, र, संयोगले बिहान हामीले भाषण गर्न पुगेका थियौं। प्रहरीले गएर हाम्रो भाषणबारे बडाहाकिमककहाँ गएर रिपोर्ट गरेछ। म बसेको ठाउँमा मान्छे पठाएछन् । ती मान्छे आएर झोक्किएर मलाई भने, ‘तिमीले बाउलाई रुवाउन खोज्या हो?’
    ‘मैले त केही गरेको छैन, किन रुवाउनु?’

    ‘मैले सबै कुरा बुझिसकेको छु, केही गर्नुपर्दैन। तिमी जाउ, मास्टर हौँ। मैले स्कुलमा भन्दिसकेको छु।’ उसले केही कुरा बुझेको रहेछ। स्कुल मेरै घरमा खुलेको थियो। त्यही स्कुलमा काम गर्न मलाई भनियो। म त्यहीँ गएर पढाउन थालेँ। त्यहीबेला ७ सालको क्रान्ति सुरु भयो। केही महिना त्यहाँ काम गरेर मैले क्रान्तिमा भाग लिएँ। मेरो राजनीति त्यहीबाट सुरु भयो।

    आन्दोलनमा भारतीय कमाण्डर

    हामी स्वयंसेवक हुँदै कांग्रेसको फौजमा भर्ति भयौँ तर म कांग्रेस थिईंन। तर राणाविरोधी भएका नाताले आन्दोलनमा होमिएको थिएँ। फौजका लागि भारतको सीमा नजिक नियोर भन्ने ठाउँमा भर्ति हुने गर्दथ्यो। हाम्रो घरबाट नजिकै पर्दथ्यो।

    कांग्रेसले सुरु गरेको यो क्रान्तिमा भारतका समाजवादी पार्टीबाट पनि नेता कार्यकर्ताहरू सामेल भएका थिए। धेरै ठाउँमा त उनीहरू नै कमाण्डर थिए। केहीले फौजी कमाण्डरका रुपमा पनि काम गरेका थिए। म अलिकति अभिमानी खालको मान्छे, मेरो उनीहरूसँग झगडा भयो। मेरो भनाई थियो, ‘हाम्रो आन्दोलनमा उनीहरू किन आए?’ परै बसेर समर्थन गरेको भएपनि हुन्थ्यो भन्ने मेरो मत थियो। त्यसमा मेरो चित्त बुझेन।

    हाम्रो कमाण्डरका रूपमा रहेका भारतीय समाजवादीका ती व्यक्तिले नराम्रो शब्द बोले। उनले हिन्दीमै मलाई भने, ‘तपाईंहरु जस्ता मान्छे नभए पनि क्रान्ति रोकिँदैन।’ यस्ताको पछि के लाग्नु भनेर म उनीहरूको समूहबाट निस्किएँ। त्यसपछि अरु नै तरिकाले म क्रान्तिमा सहभागी भइरहेँ।

    सात सालको क्रान्ति २ महिनासम्म चल्यो। सम्झौता हुँदाओर्दा ४ महिना बित्यो। क्रान्ति २४ कार्तिकमा सुरु भएको थियो। मोहन शमशेरले २४ पुषमा वक्तव्य दिएर आत्मसमर्पण गरेका थिए। माघ ८ गते मातृका कोइरालाले ‘क्रान्ति सकियो’ भनेर घोषणा गरिदिए। केही दिन अझै पनि बाँकी रह्यो। कांग्रेसभित्रै दिल्ली सम्झौता मान्ने र नमान्ने तथा क्रान्ति जारी राख्नुपर्छ र पर्दैन भन्ने पक्षहरू देखा परे।

    शोषण र धानको सम्बन्ध

    क्रान्ति सकिएपछि हामीले उतिखेरका कम्युनिष्ट नेताहरूसँग सम्पर्क गर्‍यौँ। मेरा एकजना साथी थिए, कमर शाह। उनी पनि शिक्षक नै थिए। पछि उनी कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य पनि भए। उनको पूरा नाम थियो शैयद कमर शाह। कांग्रेसमा त हामी जाने प्रश्नै थिएन। किनभने हामीले बिपि कोइरालालाई देखेनौँ। त्यसमाथि गाउँका जमिन्दारहरू सबै कांग्रेसमा थुप्रिएका थिए। तिनै स्थानीय जमिन्दारलाई मात्रै देख्यौँ हामीले। शोषण गर्नेहरू पनि सामेल भएको पार्टीमा किन जाने भनेर हामीले कम्युनिष्ट पार्टीमा जाने निर्णय गर्‍यौं।

    हामीले पछि प्रजा परिषदको अफिस विरगञ्जमा खुल्यो भनेर थाहा पायौं। म आफैं गएर त्यहाँ सम्पर्क गरेँ। त्यहाँ धनुषचन्द्र गौतमसँग हाम्रो भेट भयो। यो आठ सालको सुरुवातको कुरा हो। हामीले प्रजा परिषदलाई राजविराजमा ल्यायौँ। त्यहीँबाट कम्युनिष्ट नेताहरूसँग हाम्रो सम्पर्क भयो। धनुषचन्द्र गौतमलाई ल्याएर अफिस खोल्यौँ। उनी पनि भित्रभित्र कम्युनिष्टमा लागेका रहेछन्। हामीपनि बाहिरबाट प्रजा परिषदमा थियौँ, भित्रभित्र भने कम्युनिष्ट भयौँ।

    २००८ सालदेखि २०७७ सालसम्म आइपुग्दा मैले सबै प्रकारको विभेद र रुपान्तरण देखेँ। मेरो बुवा सानै कर्मचारी भएपनि धेरै लामो अवधिसम्म तराईमा बसेर काम गर्नुभएको नाताले त्यहाँ आफ्नो परिवार स्थापित गरिसक्नुभएको थियो। परदेशीजस्तो होइन कि त्यहीँ बसोबास नै गर्ने भइसक्नुभएको थियो। त्यसैमा मैले धेरै कुरा देखेको थिएँ।

    जस्तो कि हाम्रो असाध्यै उब्जाउ हुने ३ बिगाह जग्गा थियो। त्यसको आयस्ताले हामीलाई सालभर खान पुग्थ्यो र बच्थ्यो पनि। त्यो सबै खेत बाले नै आर्जेको हो। त्यो जमानामा जग्गा जमिन असाध्यै सस्तो हुन्थ्यो। नगद पैसा पनि सरकारी कर्मचारीसँग हुने नै भयो। थोरै पैसा जोहो गर्दा पनि जग्गा किन्न सकिन्थ्यो।

    एक साल हामीले धान जोगाएर ऋणमा लगाउने योजना बनायौं। खेती गर्ने मान्छेले हामीलाई ६० मन धान दिन्थ्यो। हामीले त्यो ६० मन धान बचायौँ। मैले बुवालाई धान ऋणमा लगाउनुस् भने। त्यसो गर्दा दुई वर्षभित्र धान राख्नमात्रै दुईवटा भकारी चाहियो। किनभने ६० मन धान त्यहाँका मान्छेलाई ऋणमा दियौँ। त्यही ब्याजलाई प्रयोग गरेर अर्को पटक पनि धानलाई ऋणमा दियौँ। यसरी लगानी गर्दा दुई वर्षमै कमाई डबल भयो। धान डबल भयो। एउटा भकारीको ठाउँमा दुईवटा भकारी भयो।

    त्यसपछि थाहा भयो, यो त शोषणको ठूलो माध्यम रहेछ। यत्रा मान्छे के आधारमा धनी भएका हुन् भन्ने थाहा भयो। यही लगानीकै प्रक्रियाबाट मान्छे धनी भएका हुन् भन्ने निचोड निकाल्दै गएँ। त्यसपछि मैले बुवालाई भने, ‘अब यो काम छोडिदिनुस्, यसले गरीबहरूको हित हुँदैन। यसो गर्दा धेरै ठूलो शोषण हुँदो रहेछ। यसले त भोलि हामी शोषकका रूपमा खडा हुन्छौँ।’ त्यसपछि हामीले धानबाट मान्छेहरूलाई ऋण लगाउन छाड्यौँ। कमशः

    (नेपाल रिडर्सका लागि नेता बर्मासँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित । तस्वीर : महेश पाण्डेय ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कृष्णराज वर्मा

      कृष्णराज वर्मा

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.