Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कुल, वंश र गोत्रको खोजी : मात्र पुरुष पुर्खाको खोजी

गोत्र रक्त सम्बन्धमा आधारित आदिम मानव समुदायको सामाजिक वा सामुदायिक व्यवस्था हो। यसबाट वंशको पवित्रता, वैवाहिक सम्बन्ध र सन्तानोत्पत्तिको नियम निरुपण, भूमिमाथिको सामुदायिक स्वामित्व आदि कुराहरूको व्यवस्थापन हुन पुगेको देखिन्छ। यसका साथै धार्मिक अनुष्ठानहरू र आर्थिक सम्बन्धको निर्धारण पनि भएको पाइन्छ।

nepal_readers nepal_readers
साउन २२, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -समालोचक डि. आर. पोखरेल-

    समाज विकासको इतिहासमा गोत्र–व्यवस्था र यसबाट निसृत भएको संस्कृतिको अहं महत्व छ। गोत्र–व्यवस्था लामो ऐतिहासिक कालखण्डसम्म रहेकाले यसको प्रभाव–अवशेष आजपर्यन्त रहेको पाइन्छ।

    लेखक डि आर पोखरेल

    गोत्र र गणचिन्ह आदिम मानवको सांस्कृतिक अभिव्यक्ति हो। राज्यको उदय हुनुअघि सामाजिक एकाइको रूपमा गोत्र प्रकटa भएको पाइन्छ भने गोत्रहरूका आ–आफ्ना पहिचान चिन्हलाई गणचिन्ह भनिएको पाइन्छ। गणचिन्हलाई कतिपय विद्वानहरूले ‘पूर्वजाभाष’ शब्दले पुकारेका छन् भने कतिले त गोत्रचिन्ह पनि भनेका छन्। यसको अङ्ग्रेजी शब्द Totem वा Totemic-sign रहेको छ। कतिले त यसलाई टोटेमवाद (Totemism) पनि भनेका छन्। जे होस् यो आदिम मानवका प्राकृतिक–भौतिकवादी सोचको उपज थियो।

    राज्य, परिवार र निजी सम्पत्तिको अस्तित्व नरहेको त्यस ऐतिहासिक कालमा गोत्र–व्यवस्था वा टोटेमवाद नै एकमात्र सामाजिक व्यवस्था थियो। यो त्यस कालका निम्ति ऐतिहासिक आवश्यकताको कुरो थियो। दास युग सुरु हुनअघिको यो सामाजिक व्यवस्था लामो ऐतिहासिक कालखण्डसम्म चल्यो। त्यसो भएकाले यसको महत्व र प्रभाव–अवशेष आज पनि विभिन्न रूप–प्रसङ्गमा देख्न सुन्न पाइन्छ।

    २०४६ सालपछि नेपालमा पुनः पूर्वजलाई सम्झिने, आ–आफ्ना जातभाइ, वंश, गोत्र, कुल थरको पहिचान खोज्ने क्रम देखापरेको छ। आज केही जात जातिहरू वंशावली खोज्न लागेका छन् भने केही जनजातिहरू आफ्नो जातीय पहिचान खोज्न लागेका देखिन्छन्। नेपाली राज्यसत्ताको संरचनाका कारणले यहाँ केही जातजाति सांस्कृतिक थियोमिचोमा पनि निश्चय नै परेका छन्। त्यसो भएकाले तिनले आ–आफ्ना जात जातिका सांस्कृतिक पहिचान खोज्नु स्वभाविकै हो।

    तर यस खोजाइको परिवेश र विचारधारात्मक भावभूमि खोतल्दा भने यसमा राष्ट्र वा राष्ट्रियताका गहन भावहरू नभई त्यस बाहेकका जातीय प्रवृतिहरू नै बढी पाइएका छन्। यस्तो जातीयतावादी सोचले हामीलाई ‘नेपाली’ हुनबाट रोक्दछ तर यस खालको प्रवृत्ति व्यापक रूपमा उठिरहेको देखिन्छ। यो प्रवृति अरु केही नभएर प्राचीन गोत्र–व्यवस्थाकै नयाँ संस्करण हो। किनभने आज पनि हिजोको जस्तै सगोत्रीय पहिचान खोज्ने, आफ्ना थर, गोत्र र जातिका प्रवर, पदचिन्ह र लोगो खोज्ने प्रवृत्ति बढिरहेको पाइन्छ। यो पनि आदिम गणचिन्हकै आधुनिक संस्करण हो।

    जहाँसम्म गोत्रको प्रश्न छ, यसलाई अङ्ग्रेजीमा Clan भनिन्छ। यसका पर्यायवाची शब्दहरू वंश, कुल, पुर्ख्यौली, जाति वर्ग, सन्तान आदि लगाएको पाइन्छ (हेर्नुहोस् वृहद नेपाली शब्दकोश– पृ. २५४)। यसलाई वंश प्रवर्तक ऋषि मुनिहरूका नामबाट चलिआएको पुर्ख्यौली चिनाउने उपनाम पनि भनिन्छ। यस्ता गोत्र प्रवर्तक ऋषिहरूमा वशिष्ठ, भारद्वाज, आत्रि, आत्रेय, विश्वामित्र, गर्ग वत्स्य, कोडिन्य आदि रहेका छन्। यिनलाई वंशका आदि पुरुष पनि भनिन्छ।

    गोत्र रक्त सम्बन्धमा आधारित आदिम मानव समुदायको सामाजिक वा सामुदायिक व्यवस्था हो। यसबाट वंशको पवित्रता, वैवाहिक सम्बन्ध र सन्तानोत्पत्तिको नियम निरुपण, भूमिमाथिको सामुदायिक स्वामित्व आदि कुराहरूको व्यवस्थापन हुन पुगेको देखिन्छ। यसका साथै धार्मिक अनुष्ठानहरू र आर्थिक सम्बन्धको निर्धारण पनि भएको पाइन्छ।

    गोत्रको चर्चा गर्दा कुलको कुरा पनि झिक्नै पर्छ। किनभने अहिले पनि कुल वा कुलाइन पूजा गर्ने र वैवाहिक सम्बन्धमा ‘कुल–घरान’ हेर्ने भन्ने गरिएको पाइन्छ। पिता पुर्खादेखि एउटै थर, गोत्र–सम्बन्ध आदि भएको घराना वा वंशलाई जातिवन्धुहरूको समूहलाई वा खानदानलाई ‘गोत्र’ भन्ने गरिन्छ। जानिफकारहरूले यसको व्याख्या यसरी गरेका छन्– “Totemism is thus interpreted as the mystique of the family projected and extended into larger social forms.”

    यसैगरी फ्रेडरिक ऐगेल्स भन्छन्– “किसी गोत्र के सदस्यको उस गोत्र के भितर विवाह करने कि इजाजत नही थी । यह गोत्रका बुनियादी नियम था । यह वह वन्धन था, जो गोत्रको एक साथ बँधे रखता था । इस नकारात्मक रूप मे वास्तव में वह अत्यन्त सकारात्मक रक्त सम्बन्ध प्रकट हुआ था । जिसको कारण इस जन समुदाय मे एकत्रित व्यक्ति एक गोत्र के रूप में गठित थे ।” यी उद्धरणहरूबाट के बुझिन्छ भने गोत्र सामाजिक रूपमा फैलिएको र व्यक्ति विशेषहरू समुदायमा एकत्रित रहेको ऐतिहासिक सामाजिक व्यवस्था थियो ।

    नृवंशशास्त्री मौर्गनका खोजीहरूको अध्ययन गर्ने क्रममा मार्क्सवादी प्रणेता ऐंगेल्सले विश्व स्तरमा पाइएका आदिम गोत्रहरूको व्यापक चर्चा गरेका छन्। उनका अनुसार इरोक्वाई गोत्र, यूनानी गोत्र, एथेनी गोत्र, केल्ट र जर्मन गोत्र, र पूर्वको भारतीय कविहरुका गोत्रहरूको चर्चा पाइन्छ। तर यी सबै गोत्रहरू– मातृसत्तात्मक युगका हुन्। नेपालमा आज पाइने विभिन्न थर गोत्रहरू अर्थात् शिखरनाथ सुवेदीले आफ्नो पुस्तक ‘थरगोत्र प्रवरावली’ मा उल्लेख गरेअनुसारका गोत्रहरू जस्ता गोत्रहरू भने होइनन्। किनभने शिखरनाथ प्रभृतिले चर्चा गरेका गोत्रहरू पितृसत्तात्मक गोत्रहरू हुन् तर एंगेल्सको गोत्रको चर्चा भने मातृसत्तात्मक समाजको हो।

    यसरी नै नेपालमा हाल जुन वंशावली खोज्ने, जातीय संगठन गर्ने, गुठी निर्माण गर्ने प्रचलन आएको छ, यो पनि पितृसत्तात्मक सोचबाट नै निर्देशित छ। किनभने आज नेपालमा जति पनि वंशावली बनेका छन्, त्यहाँ छोरी मान्छेको कुनै उल्लेख नै पाइँदैन। ‘छोरीलाई अंश दिनु पर्छ’ भन्नेहरूले वंशावली बनाए पनि त्यहाँ छोरीमान्छेको वा नारी जातिको कुनै उल्लेख नै हुँदैन। आजको पुर्खा खोजाइ पुरुष–पुर्खा खोजाइ नै हो। जुन पुरुषलाई नारीले आफ्नो योनीबाट जन्माई, त्यही पुरुष नारीको अस्तित्व बारे केही पनि सोच्दैन । सम्पत्ति माथि त उसको एकलौटी अधिकार छँदैछ, सन्तान माथि पनि उसको (पितृसत्ताको) एकलौटी अधिकार देखिन्छ। त्यो पनि छोरा मान्छेको पक्षमा र छोरी मान्छेको विपक्षमा। नारीको कुलबाट, नारीको थर वा गोत्रबाट वंश चल्दैन, आजको गोत्रको विशेषता यही हो। नारीलाई आर्थिक अधिकार हुन्न। आजको जातीय पहिचानको मुख्य चरित्र यही हो।

    तर एंगेल्सले चर्चा गरेको मातृसत्तात्मक गोत्र ठीक उल्टो छ। इरोक्वाई गोत्रको चर्चा गर्दै एंगेल्सले आदिम गोत्रका विशेषताहरू निम्नानुसार राखेका छन् — गोत्रहरू, पशु–पंक्षी, वनस्पति आदिका नामबाट राखिन्थ्यो। विभिन्न नामका ती जीवजन्तु र वनस्पतिहरूलाई नै आफ्नो वंशको आदि पुर्खा मानिन्थ्यो। भूमिमाथि गोत्रको सामुदायिक स्वामित्व हुन्थ्यो। निजी स्वामित्वको अस्तित्व थिएन। प्रायः गोत्रभित्र विवाहको इजाजत थिएन। गोत्रबाहिर विवाह गर्नुपर्दथ्यो। वंश आमाको गोत्रबाट चल्दथ्यो। छोरीहरू आमाका उत्तराधिकारी हुन्थे। समुदायका साझा वस्तु आमाहरूलाई बाँडिएमा र त्यो सन्तानलाई दिनु परेमा त्यो केवल छोरीहरूले मात्र पाउँथे। छोराहरूलाई त अर्कै समुदायका स्वास्नी मानिसले विवाह गरेर लैजान्थे।

    अहिले यो कुरा सुन्दा अनौठो लाग्छ। तर त्यस युगको विशेषता नै त्यही थियो। त्यतिखेर त प्रायः गोत्र प्रवर्तकहरू वा गोत्रका प्रमुख मानिस नै नारी हुन्थिन्। उनी गोत्रका सम्पूर्ण सदस्यहरूद्वारा चुनिन्थिन्। त्यतिखेर अहिले जस्तो प्रमुखले मनोमानी गर्न पाउँदैनथे। सबै कुराको निर्णय समुदायमा वा त्यसको परिषद्मा हुन्थ्यो। अर्कै वंशका मानिसलाई पनि स्वयं उसले चाहेमा गोत्रको सदस्यता प्रदान गरिन्थ्यो। भन्नाले गणतन्त्रात्मक व्यवस्था थियो। समुदायकी अग्रणी नारी थिइन्, तर उनी आजको पितृसत्तात्मक समाजका अग्रज पुरुषजस्तो निरङ्कुश थिइनन्। संगठन–संरचना, विचारधारा व्यवहार र भावना सबै हिसाबले त्यो युग अत्यन्त भिन्न चरित्रको थियो।

    अझै यतिमात्र कहाँ हो र? गोत्रले आफ्ना समस्त सदस्यलाई सुरक्षा प्रदान गर्दथ्यो। कुनै भिन्न गोत्रका मानिसले आफ्नो गोत्रका कुनै सदस्यलाई होच्याएमा, कुटपिट गरेमा वा ज्यान लिएमा तत्काल ‘खुनको बदला खुन’ हुन्थ्यो। सबैले सबैलाई हार्दिकतापूर्वक सघाउने, माया गर्ने, रक्षा गर्ने गर्दथे। त्यहाँ ‘म’, ‘मेरो’ को अस्तित्व नभएकाले ‘हामी’ र ‘हाम्रो’ को भावनाले गर्दा गोष्ठीको एकता वा त्यस वंशको एकता सुदृढ हुन्थ्यो। सामुदायिक भावना यति बलियो थियो कि यसलाई बल प्रयोग गरेर भत्काउन ‘इन्द्रको बाबु चन्द्र’ आए पनि सक्तैनथे। मुढे बलले यो भत्काउन संभव थिएन। यसलाई अन्तिमकालमा निजी सम्पत्तिको मानसिकताले भत्कायो। ‘म’ र ‘मेरो’ को भावनाले मात्र यसलाई भत्काउन सफलता पायो। – इमुल्यांकनबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.