Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
Wednesday, April 15, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सवादका तीन स्रोत र तीन संघटक अंग : लेनिन

नेपाल रिडर्स नेपाल रिडर्स
चैत्र ५, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger
    लेखक भ्लादमिर ईल्यिच लेनिन

    मार्क्सवादी शिक्षाप्रति समस्त सभ्य संसारमा सम्पूर्ण (नोकरशाही र उदारवादी) विज्ञानको तर्फबाट ठूलो शत्रुता र घृणा दर्शाइन्छ र मार्क्सवादलाई एक प्रकारको ‘अहितकर सम्प्रदायको’ रुपमा हेरिन्छ। यो स्वाभाविकै पनि हो, किनभने वर्गसंघर्षमा आधारित समाजमा निष्पक्ष सामाजिक दर्शनको अस्तित्व हुँदैन। समस्त नोकरशाही र उदारवादी दर्शनले शोषण प्रथाको नै हरप्रकारले रक्षा गरेको हुन्छ, मार्क्सवादले चाहिँ यस प्रथाकोे विरुद्ध कठोर संघष शुरु गरेको छ। शोषण प्रथामा आधारित समाजमा निष्पक्ष दर्शनको आशा राख्नु त्यति नै मुर्खतापूर्ण हुन जानेछ, जस्तो पूँजीको लाभांशमा कटौती गरेर मजदुरहरुको पारिश्रमिक बढाउनु ठीक होला भन्ने प्रश्नमा उद्योगपतिहरुको विरोधरहित उत्तरको आशा राख्नु हुन्छ।

    तर, यति भन्नु पर्याप्त छैन। दर्शनशास्त्र र सामाजिक विज्ञानको इतिहासले स्पष्ट सिद्ध गरेका छन् कि मार्क्सवादमा अन्तर्भिमुख र गतिरहित शिक्षाको अर्थमा यस्तो ‘साम्प्रदायिकता’ को कुनै आभास पाइंदैन, जुन विश्व सभ्यताको मूल बाटोबाट अलग प्रादुर्भाव भएको होस्। यसको विपरित, मार्क्सको महानता नै यसमा छ कि उहाँले प्रगतिशील मानवताको समक्ष रहेका प्रश्नहरुको सही उत्तर दिनुभएको छ। दर्शन, राजनैतिक अर्थशास्त्र र समाजवादका महानतम प्रतिभाहरुको शिक्षाको नै प्रत्यक्ष र सन्निकट क्रमको रुपमा उहाँको सिद्धान्तको प्रादुर्भाव भएको हो।

    मार्क्सको सिद्धान्त सर्वशक्ति सम्पन्न छ, किनभने यो सत्य छ। यो सम्पूर्ण र सुसंगत छ, यसले मानिसहरुलाई सम्बद्ध विचारधारा प्रदान गरेको छ। कुनै पनि अन्धविश्वास, कुनै पनि प्रतिक्रियावाद तथा कुनै पनि पूँजीवादी उत्पीडनको यो घोर विरोधी छ। यो विचारधारा जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादीको रुपमा उन्नाइसौं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो।

    मार्क्सवादका यी नै तीन स्रोत र तीन संघटक अंगहरुको विषयमा हामी संक्षेपमा उल्लेख गर्नेछौं :

    १. मार्क्सवादको दर्शन हो—भौतिकवाद। यूरोपको सम्पूर्ण नवीन इतिहासको अवधिमा विशेषतः अठारौं शताब्दीको अन्त्यमा फ्रान्समा जहाँ हरप्रकारको मध्युगीन अवशेषहरुको विरुद्ध, विचारधारा र संस्थाहरुमा भूदास प्रथाको विरुद्ध निर्णायक संग्राम चालू थियो, भौतिकवाद मात्र एउटा यस्तो दर्शन सावित भयो, जुन प्राकृतिक विज्ञानको शिक्षानुकूल र अन्धविश्वास, अशिक्षाको प्रतिकूल थियो। तसर्थ, लोकतन्त्रका शत्रुहरुले भौतिवादको ‘खण्डन’ गर्नमा, मुलोच्छेदन गर्नमा, झूठो आरोप लगाउनमा समस्त शक्ति लगाएका थिए र दार्शनिक अध्यात्मवादको विभिन्न रुपहरुको समर्थन गरेका थिए, जसद्वारा सदैव धर्मको नै रक्षा र पुष्टि हुन सक्थ्यो।

    मार्क्स र एन्गेल्सले दार्शनिक भौतिकवादको दृढतापूर्वक समर्थन गर्नु भएको थियो र यस आधारबाट हुने कुनै पनि विचलनका गम्भीर त्रुटिहरु बारे बारम्बार व्याख्या गर्नुभएको थियो। वहाँहरुको विचार स्पष्ट एवं विस्तृत रुपमा एन्गेल्सका कृतिहरु ‘लुदभिग फेयेरबाख’ तथा ‘ड्यूहरिंग मत खण्डन’ मा (यहाँ एन्गेल्सको कृति ‘ड्यूहरिङ मत खण्डन। श्रीमान एउगेन ड्यूहरिङद्वारा ‘विज्ञानमा प्रवर्तित क्रान्ति’ बारे उल्लेख गरिएको हो।) वर्णित छ, जो ‘कम्युनिष्ट घोषणापत्र’ झैं प्रत्येक चेतनशील मजदुरको प्रियतम पुस्तक हुन्।

    परन्तु मार्क्स अठारौं शताब्दीको भौतिकवादमा मात्रै सीमित रहनु भएन र उहाँले दर्शनशास्त्रलाई अझ विकसित तुल्याउनु भयो। उहाँले त्यसलाई जर्मन आदर्शवादी दर्शनका उपलब्धिहरुद्वारा, विशेषतः हेगेलको प्रणालीद्वारा समृद्ध तुल्याउनु भयो, जसद्वारा नै फेयेरबाखको भौतिकवादको अभ्युत्थान भएको थियो। यी उपलब्धिहरुमध्ये विशेष उल्लेखनीय छ—द्वन्द्ववाद अर्थात् यथासम्भवपूर्ण, गहन र एकोहरोपनाबाट मुक्त विकाससम्बन्धी शिक्षा, मानव ज्ञानको सापेक्षतासम्बन्धी शिक्षा, जसले हामीलाई सततः विकासवान जड वस्तुको प्रतिबिम्ब प्रदान गर्दछ। पुरानो सडिसकेको आध्यात्मवादलाई ‘नयाँ’ रुप दिने बुर्जुवा दार्शनिकहरुको शिक्षाको बावजुद, रेडियम, इलेक्ट्रोन तत्वहरुको रुपान्तरणजस्ता विज्ञानका नवीनतम अविष्कारहरुले मार्क्सको द्वन्द्वात्मक भौतिवादको दृढतापूर्वक पुष्टि गरे।

    भौतिकवादी दर्शनलाई गहन र विकसित तुल्याउँदै मार्क्सले त्यसलाई अन्तिम रुप दिनुभयो र त्यसको प्रकृतिज्ञानलाई मानव समाजको ज्ञानमा पनि प्रयोग गर्नुभयो। मार्क्सको ऐतिहासिक भौतिकवाद वैज्ञानिक विचारको महानतम उपलब्धि थियो। इतिहाससम्बन्धी दृष्टिकोणहरुमा अहिलेसम्म रहेको अराजकता र स्वेच्छाचारिता आश्चर्यजनक रुपले सामन्जस्यपूर्ण र अखण्डनीय वैज्ञानिक सिद्धान्तमा बदलिए, जसद्वारा कसरी सामाजिक जीवनको कुनै एक व्यवस्था, उत्पादन शक्तिमा बृद्धिको फलस्वरुप अर्को, अझ उच्चस्तरको व्यवस्थामा विकसित हुन्छ भन्ने सिद्ध भयो, जस्तो कि सामन्तवादबाट पूँजीवादको जन्म हुन्छ, जस्तो मानव ज्ञानले उसबाट स्वतन्त्र रहेको प्रकृतिको अस्तित्वलाई अर्थात् विकासशील वस्तुलाई प्रतिबिम्बित गर्दछ।

    २. आर्थिक व्यवस्था त्यो जग हो, जसमा राजनैतिक व्यवस्था आधारित हुन्छ भन्ने कुरा स्वीकार गर्दै मार्क्सले यस आर्थिक व्यवस्थाको अध्ययनमा सबैभन्दा बढी ध्यान दिनुभएको थियो। मार्क्सको प्रमुख कृति ‘पूँजी’ मा वर्तमान अर्थात् पूँजीवादी समाजको आर्थिक प्रणालीको विवेचना गरिएको छ।

    मार्क्सभन्दा पहिले शास्त्रीय राजनैतिक अर्थशास्त्रको अभ्युदय सबैभन्दा उन्नत पूँजीवादी राष्ट्र बेलायतमा भएको थियो। एडम स्मिथ र डेभिड रिकार्डोले आर्थिक प्रणालीको अनुसन्धान गर्दै मूल्यसम्बन्धी श्रम सिद्धान्तको प्रतिपादन गरेका थिए। मार्क्सले उनीहरुको कार्यलाई अगाडि बढाउनु भयो। उहाँले के प्रमाणित गर्नुभयो भने, प्रत्येक वस्तुको मूल्य त्यस वस्तुको उत्पादनमा खर्च गरिने आवश्यक सामाजिक श्रम—अवधिको परिमाण बराबर हुन्छ।

    जहाँ बुर्जुवा अर्थशास्त्रीहरुले मात्र पदार्थहरुको सम्बन्ध (वस्तुविनिमय) देखेका थिए, त्यहाँ मार्क्सले मानिसहरु बीचको सम्बन्धको रहस्योद्घाटन गर्नुभयो। वस्तु विनिमयद्वारा बजारको माध्यमबाट विभिन्न उत्पादकहरुका बीच सम्बन्धको अभिव्यक्ति हुन्छ। मुद्राको अर्थ के हुन्छ भने यो सम्बन्ध झन् दृढतर हुँदैछ, विभिन्न उत्पादकहरुको समस्त आर्थिक जीवन अटुट रुपले एक पूर्णत्वमा सुगठित हुँदैछ। पूँजीले यस सम्बन्धको अझ गहिरो विकास दर्शाउँछ मानवको श्रम शक्ति पनि वस्तुमा परिणत हुन जान्छ। मजदुरले भूमि, कलकारखाना तथा श्रम साधनको मालिकलाई आफ्नो श्रम शक्ति बेच्दछ। मजदुरले श्रम दिनको एक भाग आफू र आफ्नो परिवारको भरणपोषणमा खर्च गर्दछ (ज्याला) र अर्को चाहिँ भाग सित्तैमा काम गर्नुपर्ने हुन्छ, जसद्वारा नै पूँजीपतिको निमित्त अतिरिक्त मूल्यको सृजना हुन्छ, जुन नाफाको स्रोत हो, पूँजीपतिवर्गको सम्पन्नताको स्रोत हो।

    अतिरिक्त मूल्यको सिद्धान्त सृजित पूँजीले मजदुरलाई नै दबाउँछ, मध्यमवर्गलाई दरिद्र तुल्याउँदै बेकारीहरुको जमात खडा गर्छ। उद्योगमा वृहत् उत्पादनको विजय तत्कालै देखिन्छ, तर कृषि व्यवस्थामा पनि हामी यही प्रकृया देख्तछौं—विशालतम पूँजीवादी कृषि व्यवस्थाको महत्व बढ्दै जान्छ, मेशीनको प्रयोग बढ्दै जान्छ, किसानको खेत पूँजीको पासोमा अल्झदै जान्छ, पिछडिएको प्रविधिको मारमा परेर उसको टाट उल्टिँदै जान्छ। कृषि व्यवस्थामा लघुउत्पादनको ह्रासले अर्कै रुप लिएको हुन्छ, तर यसको अवनति चाहिँ अवश्यम्भावी छ।

    लघु—उत्पादनलाई ढालेर पूँजीले श्रमको उत्पादकत्व बढाउन थाल्दछ र ठूल्ठूला पूँजीपतिहरुको संघको एकाधिकार स्थापना गर्दछ। उत्पादनले चाहिँ बढीभन्दा बढी सामाजिक रुप लिँदै जान्छ—लाखौं र करोडौं मजदुरहरु सुनियोजित आर्थिक अङ्गमा एकत्रित हुदै जान्छन्—र सामूहिक श्रमद्वारा उत्पादित वस्तुमा मुठ्ठिभर पूँजीपतिहरुको आधिपत्य कायम रहन जान्छ। उत्पादनमा अराजकता, आर्थिक संकट, बजारको निम्ति होडवाजी बढ्दै जान्छ र आम जनसमुदायको अस्तित्व नै साधनहीन बन्न जान्छ।

    मजदुरहरुलाई पूँजीमाथि बढी निर्भर तुल्याएर पूँजीवादी व्यवस्थाले सम्मिलित श्रमको महान शक्ति निर्माण गर्दछ।
    वस्तु उत्पादनको प्रारम्भिक लक्षण साधारण वस्तु विनिमयदेखि लिएर मार्क्सले पूँजीवादी विकासको उच्चतम रुप बृहत् उत्पादनसम्मको विश्लेषण गर्नुभएको थियो।

    के पुराना, के नयाँ समस्त पूँजीवादी मुलुकहरुको अनुभवले वर्षानुवर्ष बढीभन्दा बढी संख्यामा मजदुरहरुलाई मार्क्सको यस शिक्षाको उपयुक्तताको प्रत्यक्षतः बोध दिलाएको छ।

    पूँजीवादले समस्त विश्वमा विजय प्राप्त गरेको छ, किन्तु यो विजय पूँजीमाथि श्रमको विजयको सञ्चार मात्र हो।

    ३. जब सामन्तवादको मुलोच्छेदन गरियो र संसारमा ‘स्वतन्त्र’ पूँजीवादी समाजको जन्म भयो, त्यसैबेला नै पत्ता लागेको थियो कि यस स्वतन्त्रताको अर्थ पनि श्रमिकहरुको उत्पीडन र शोषणको नयाँ तरिका मात्र हो। यसै उत्पीडन र त्यसको विरोधको प्रतिबिम्बको रुपमा तत्कालै विभिन्न प्रकारका समाजवादी सिद्धान्तहरुको प्रादुर्भाव भएको थियो। तर, त्यो प्रारम्भिक समाजवाद काल्पनिक समाजवाद थियो। त्यसले पूँजीवादी समाजको आलोचन गरेको थियो, विरोध गरेको थियो, भत्सर्ना गरेको थियो र शोषण गर्नु अनैतिक कार्य हो भन्ने कुरामाथि धनिहरुलाई विश्वास दिलाउने प्रयास गरेको थियो।

    परन्तु काल्पनिक समाजवादले वास्तविक मार्गको निर्देशन गर्न सकेन। त्यसले पूँजीवादमा श्रमिक दासत्वको सार बताउन सकेन, न त्यसको विकासको नियम नै बुझाउन सक्यो, न त त्यस सामाजिक शक्तिको नै भेउ पाउन सक्यो, जो नयाँ समाजको निर्माता बन्ने सामर्थ्य राख्तथ्यो। तैपनि समस्त यूरोपमा र खास गरेर फ्रान्समा सामन्तवादलाई ढाल्ने क्रान्तिको उर्लंदो बाढीद्वारा स्पष्ट भएको थियो कि वर्गसंघर्ष नै समस्त विकासको आधार र अनुप्रेरक शक्ति हो।

    घोर प्रतिरोध बिना सामन्तवर्गमाथि राजनैतिक स्वतन्त्रताको कुनै पनि विजय प्राप्त हुन सकेको थिएन। पूँजीवादी समाजका विभिन्न वर्गहरुबीच जीवन—मरणको संघर्ष नभैकन अपेक्षित स्वतन्त्र, लोकतान्त्रिक आधारमा कुनै पनि पूँजीवादी देशको स्थापना भएको थिएन।

    मार्क्सको प्रतिभा नै यस कुरामा निहीत छ कि उहाँले यसद्वारा सबैभन्दा पहिले विश्व इतिहासको शिक्षा अनुरुप ठोस निष्कर्ष निकाल्नुभएको थियो। यो निष्कर्ष थियो—वर्गसंघर्षको सिद्धान्त।

    जबसम्म मानिसहरुले हरप्रकारको नैतिक, धार्मिक, राजनैतिक, सामाजिक प्रचार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजिनीति गर्न जान्ने छैनन् , तबसम्म उनीहरुले राजनीतिमा सधैं नै धोकाबाजी र आत्मवंचनाको शिकार बनिरहनु पर्नेछ। हरप्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतित भएता पनि, कुनै न कुनै सत्तारुढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका संरक्षकहरुले सुधारवादीहरुलाई मुर्ख बनाइरहेकै हुन्छन्। यी वर्गहरुको प्रतिरोधलाई रोक्ने एउटै मात्र साधन हो—हामै्र वरिपरि रहेको समाजभित्र त्यस्ता शक्तिहरुको खोजी गर्नु, संघर्षको निमित्त तिनलाई शिक्षित र संगठित पार्दै लैजानु, जो आफ्नो सामाजिक स्थितिवश पनि त्यस्तो शक्ति बन्न सक्दछन् र बन्नु पनि पर्दछ, जसले पुरानोको मुलोच्छेदन गरेर नयाँको निर्माण गर्न सक्छ।

    मात्र मार्क्सको भौतिकवादी दर्शनले सर्वहारावर्गलाई बौद्धिक दासत्वबाट, जसमा अहिलेसम्म समस्त उत्पीडित वर्गहरु जकडिएका थिए, मुक्ति पाउने मार्गतर्फ औंल्याएको छ। मात्र मार्क्सको आर्थिक सिद्धान्तले पूँजीवादी अर्थ व्यवस्थामा सर्वहारावर्गको वास्तविक स्थितिको व्याख्या गरेको छ।

    अमेरिकादेखि जापानसम्म र स्वीडेनदेखि दक्षिणी अफ्रिकासम्म समस्त संसारभरि नै सर्वहारावर्गको स्वतन्त्र संस्थाहरुमा वृद्धि हुँदैछ। वर्गसंघर्षको दौरानमा सर्वहारावर्ग सुशिक्षित र अनुशासित हुँदैछ, एकबद्ध छ र आफ्नो सफलताको मूल्याङ्ककन गर्न सिक्तैछ, आफ्नो शक्ति तीखो पार्दैछ र निर्वाध रुपले विकसित हुँदैछ।

    ‘प्रोस्वेशेनिए’, अंक ३, मार्च, सन् १९१३ , हस्ताक्षर—भ्ला.इ.
    खण्ड २३, पृष्ठ ४०—४८

    (साभार – राजेन्द्र मास्केद्वारा रुसिभाषाबाट अनुदित ‘भ्ला.इ.लेनिन, संकलित रचना, भाग १, प्रगति प्रकाशन, मस्को, १९८०)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.