Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Tuesday, January 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वामपन्थकैं परिभाषामा परिमार्जन गरौं

सामाजिक न्यायको सन्दर्भमा सबैभन्दा बढी पिँधमा परेको समुदाय र लिङ्गको अवस्था के छ? उसले न्यायको अनुभूति समाजमा कति गर्न पाएको भन्ने कुरा मुख्य कुरा हो। त्यो हिसाबले हेर्दा सबैभन्दा बढी उत्पीडन र हिंसामा पर्ने भनेको दलित समुदाय हो। नेपालको सन्दर्भमा र दक्षिण एसियाको सन्दर्भमा पनि हो। महिलाहरु दिनदिनै मारमा परिरहनु परेको छ। बालिकाहरु सुरक्षित छैनन। यो खालको घटनाका चक्रहरु पनि निरन्तर दोहोरिरहेको छ।

धनकुमारी सुनार धनकुमारी सुनार
माघ २, २०८०
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वामपन्थीका धेरै भेराइटीजहरु छन्। वामपन्थभित्र सुधारवादी, क्रान्तिकारी लगायतका धेरैखालका वामपन्थ हुन्छ। समाजवादी क्रान्ति र कम्युनिष्ट पार्टीको आन्दोलन एकदमै ध्वस्त भइरहेको बेलामा छलफल गर्नका लागि हामीले किन कन्जुस्याई गर्नुपर्यो ? त्यतातिर चाहिँ सोझिनुपर्छ भन्ने मलाई लाग्छ। किनभने वामपन्थी भनेपछि अलिअलि अन्यौलता जस्तो, अलिअलि प्रष्ट नभएको जस्तो लिवरल जस्तो महसुस हुन्छ।

    अर्को वामपन्थी भनसिकेपछि जुनखालको माहोल छ, परिभाषा छ, विश्वभरी, नेपालमा पनि हामी सबैले बुझिराखेकै कुरा हो। कस्तो वामपन्थी? को वामपन्थी? कसले वामपन्थीका आवरणमा के गरिराखेका छन्? उनीहरुका कार्यक्रमहरु होलान्, नीतिहरु होला उनीहरुका चरित्रहरु छरपस्ट देखिएका छन्। त्यसमा पनि किटान गरेर अघि बढ्नुपर्छ होला भन्ने मलाई लाग्छ। आमरुपमा वामपन्थी र दक्षिणपन्थी भन्नेबित्तिकै प्रष्टै छ। जसले जात व्यवस्थाको पक्षपोषण गर्छ, जो महिला उत्पीडन र पितृसत्ताको पक्षपोषण गर्छ। म चाहिँ सर्वश्रेष्ठ जात हुँ, मेरो रंग सर्वश्रेष्ठ हो भन्नेखालको लगायत जुनखालको एउटा ह्वाइट सुप्रिमेसीको कुरा आएको थियो, तिनीहरु चाहिँ घोर दक्षिणपन्थी हुन् भनेर भन्न सकिन्छ।

    छिमेकी भारतको कुरा गर्ने हो भने मोदी राजको उदय पछाडि जसरी त्यहाँ अल्पसंख्यक जात, धर्म लिंगमाथि जसरी दमन गरिरहेको छ, हिन्दुत्वको नाममा, त्यो पनि दक्षिणपन्थी हो। र अब विडम्बना के भयो भने यो दक्षिणपन्थीको वेग नेपालमा एकदमै चलिरहेको छ। यहाँका कम्युनिष्ट नामधारी पार्टीका नेताहरु, जो अध्यक्ष छन्, महासचिव छन्, उ पनि तछाडमछाड गरिरहेका छन्। हाम्रो विडम्बना भनेको नै त्यही होला भन्ने लाग्छ।

    अहिले भर्खरै भइरहेको के छ भने इजरायलले प्यालेस्टाइनमा २१ हजार भन्दा बढी मान्छे मारिसक्यो, धर्म वा अल्पसंख्यक वा जातिको जिनोसाइड भइरहेको छ। त्यहाँ चाहिँ अमेरिकाको साम्राज्यवादी नीति अन्तर्गत जसरी नेतृत्वमा जसरी नरसंहार भइरहेको छ।.अनि आफूलाई वामपन्थी भन्नेहरु चुपचाप छन्। हामी पनि त्यसको प्रतिरोध, विरोध गरिरहेका छैनौँ। यो पनि हाम्रो ट्रेजेडी हो भन्ने लाग्छ। किनभने हामीलाई पोलिरहेको छैन। प्यालेस्टाइनीहरुले ७५ वर्षदेखि आफ्नो न्यायका लागि आफ्नो भूमिका लागि आफ्नो अस्तित्वका लागि जुन खालको लडाइँ गरिराखेका छन्, त्यसमा पनि हामीलाई पोलिराखेको छैन। र, वापमन्थी चाहिँ भनिराखेका छौँ।

    नेपालको सन्दर्भमा जो आफूलाई वामपन्थी भनिराख्या छन् तिनको धेरै चर्चा गरिराख्नुपर्दैन। कसले गेरु वस्त्र धेरै लाउने, को प्रधानमन्त्री हुँदा वा कुन पार्टीको नेताले पशुपतिनाथको ज्योतिर्लिङ्गमा अरबौँको जलहरी चढाउन जानेमा होडबाजी भइरहेको छ। राम जन्मेको कहाँ हो, हो कि होइन भनेर नेपालको कुनै ठाउँलाई अनुमान गरेर गर्वको विषय बनाउने भनेपछि हामी कुन स्तरमा छौँ? वामपन्थी भन्ने आफूलाई आवरणमा राखिरहेका छौँ, क्रान्तिकारी वामपन्थी भन्नेहरुका कुरा मैले गरिरहेको छु, रास्वपा लगायतका कांग्रेसहरुका कुरा गर्न जरुरी छैन। किनभने उनीहरु कित्ता क्लियर गरेरै बसेका छन्। हामी चाहिँ धर्मनिरपेक्षतालाई मास्न उद्दत छौँ, समावेशीताको धज्जी उडाइरहेका छौँ।

    नेपालको वामपन्थ कस्तो भन्ने विषयमा अघि पनि चर्चा गरेँ। पिताम्बर सरको भनाइँ यहाँ सापटी लिन चाहन्छु। वामपन्थीलाई नेपालका वामपन्थीहरुबाटै खतरा छ भनेर उहाँले भन्नुभएको थियो। त्यसलाई जोगाउनु नै आजको दायित्व हो। नयाँ क्रान्तिकारीहरुको दायित्व हो, युवाहरुको दायित्व हो। जसले आफूलाई क्रान्तिकारी भनिरहेको छ, अगाडि फड्को मार्नुपर्छ भनिरहेको छ, त्यसले चाहिँ जोगाउनुपर्छ भनेर भन्नुहुन्छ उहाँ। देशको अवस्थाको कुरा गरौँ। यहाँ एकसे एक विद्वानहरु छौँ, अर्थशास्त्रीहरु छौँ, समाजशास्त्र, मानवशास्त्र सबै हिसाबले हामी दर्शनको व्याख्या र विश्लेषण गर्न सक्छौँ होला। तरपनि केही सिनारियो यहाँ राख्छु।

    आर्थिक अवस्थाको कुरा गर्दा हामी उत्पादनमा ‘जिरो’ छौँ। त्यसैगरी बेरोजगारी र व्यापार घाटाको कुरा छ। यी सबै अर्थराजनीतिक कुराहरु हुन्। यिनमा पनि केही चर्चा गर्नुपर्छ भन्ने लाग्छ। त्यसैगरी सामाजिक न्यायको हिसाबले हामी कहाँ छौँ, यी कुरामा पनि थोरै चर्चा गर्नुपर्छ भन्ने मलाई लाग्छ। गएको आर्थिक वर्षमात्रै ९ लाख युवा श्रमको खोजीमा बिदेशिए। अस्ति भर्खरको कुरा गर्ने हो भने कोरिया जान पाउनुपर्छ भनेर आन्दोलन गर्दा राज्यले दुईजना युवालाई निर्मम तरिकाले गोली हानेर मार्‍यो। हामी त्यो अवस्थामा छौँ। हामीले सपना दिन सकिरहेका छैनौँ। हामीले अरुलाई देशमा बस भनेर भन्न सक्ने नैतिक आधार गुमाएका छौँ।

    त्यसैगरी यो व्यापार घाटाको कुरा गर्दा गएकै आर्थिक वर्षको केही तथ्यांक राख्न चाहन्छु। आयात हामीले ९०.५७ प्रतिशत गरेछौँ भने निर्यात ९.४३ प्रतिशत मात्रै रहेछ। भनेपछि हाम्रो उत्पादनको अवस्था र रोजगारीको अवस्था के छ भन्ने कुरा यसैले प्रष्ट पार्छ। हामी सबै यी बारेमा विज्ञ नै छौँ। हामीलाई थाहा छ यी सबै कुराहरु। प्याजको कुरा गर्दा ९० देखि ९५ प्रतिशत प्याज भारतबाट आयात हुँदो रहेछ। नेपालमा जम्मा १ लाख ६९ हजार मेट्रिक टन मात्रै उत्पादन हुँदो रहेछ। जबकि यसको बजारको माग ४ लाख १ हजार मेट्रिक टन रहेछ। भनेपछि हामीले हाम्रो अवस्थालाई कहाँ पुर्‍याएछौँ। हामी कम्युनिष्टहरु नै छौँ, बहुमतको सरकार बनाइराख्छौँ।

    हामीले एकपछि अर्को मिसन ८४ भन्दै निरन्तर लागिरहेका छौँ। समाजवादी मोर्चा पनि बनायौँ। त्यो मोर्चाको छलफल र चर्चा चाहिँ म सुन्दिनँ। केही पो गरिहाल्छ कि भन्ने मलाई लाग्थ्यो, त्यो अहिले कहाँ छ कता छ, कोमामा छ भन्ने मलाई लाग्छ। विभिन्न खालका तिकडम बाजी गर्ने र एउटा सरकारपछि अर्को सरकार कसरी बनाउने भन्ने कुरामा नै हामी लागिरहेका छौँ।

    सामाजिक न्यायको सन्दर्भमा सबैभन्दा बढी पिँधमा परेको समुदाय र लिङ्गको अवस्था के छ? उसले न्यायको अनुभूति समाजमा कति गर्न पाएको भन्ने कुरा मुख्य कुरा हो। त्यो हिसाबले हेर्दा सबैभन्दा बढी उत्पीडन र हिंसामा पर्ने भनेको दलित समुदाय हो। नेपालको सन्दर्भमा र दक्षिण एसियाको सन्दर्भमा पनि हो। महिलाहरु दिनदिनै मारमा परिरहनु परेको छ। बालिकाहरु सुरक्षित छैनन्। यो खालको घटनाका चक्रहरु पनि निरन्तर दोहोरिरहेको छ।

    गएको ७१ देखि ७९ सालसम्म ९६ हजार महिलाहरु हिंसाबाट पीडित भए। त्यसमा हरेक दिन ४ जना बालिकाहरु बलात्कृत भइरहेका छन्। हरेक दिन ७ जना महिला र बालिकाहरु बलात्कृत हुन्छन्, मारिन्छन्। त्यसमा कुनै कम्युनिष्ट पार्टीको विज्ञप्ति आउँदैन, उसलाई पोल्दैन। भनेपछि हामी कुन खालको संवेदनशीलता लिएर हिँडिराखेका छौँ। हामीले आफूलाई ठूलो पार्टी, ठूला नेता, ठूला खालका जागरणका कुरा गरेर ढाकछोप मात्रै गरिरहेका त छैनौ भन्ने निष्कर्ष आउन सक्छ।

    महिलाकै सन्दर्भमा कुरा गर्दा हरेक वर्ष २० प्रतिशत हिंसाको घटना बढिरहेको छ। किन कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सरकारले कुनै कार्यक्रम ल्याउँदैन। किनभने त्यसले उसलाई पोल्दैन? किन दलित महिलाले वा हत्या अथवा हिंसामा परेको महिलाले मैले न्याय पाएँ भन्ने अनुभूत गर्दैन।

    त्यस्तै दलितको सन्दर्भमा कुरा गर्दा, हरेकदिन दलितहरु कुनै न कुनै नाममा, अन्तरजातीय विवाह गरेको नाउँमा, चुल्हो छोएको नाममा मारिनुपर्ने र हिंसामा पर्नुपर्ने अवस्था छ। अर्को एउटा घटना जोड्न चाहन्छु। कतिसम्म विडम्बना छ भने एउटा कम्युनिष्ट पार्टीको नेताले दलित समुदायमाथि भएको हत्या हिंसालाई सामान्य रुपमा लिन्छ र त्यसलाई ढाकछोप गर्ने प्रवृत्ति पनि हामी पाउँछौँ। जाजरकोट र रुकुममा जुन घटना घट्यो, त्यो घटना घट्दा एउटा कम्युनिष्ट पार्टीको नेताले तिनले भेरीमा आफैं हाम फालेर मरेका हुन् भनेर ६ जना युवालाई आरोप लगाएर उम्किने काम गर्नुभएको थियो। अहिले त त्यो देखियो नि त, उनीहरुको हत्या भएको रहेछ, हत्यामा संलग्न २३ जनालाई जन्मकैदको सजाय न्यायालयले तोकेको छ।

    अब वामपन्थको कुरा होइन, क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको कुरा गर्नुपर्छ, समाजवादी क्रान्तिको लागि तयारी गर्नुपर्छ। वैचारिक सैद्धान्तिक मोड फरक भएपनि आन्दोलनमा इमानदारीपूर्वक बेला बेला आँट देखाउने कमरेडहरु नै यहाँ हुनुहुन्छ। प्रिय कमरेडहरुको भनाइ अनुसार राजनीतिक क्रान्ति नेपालको सकियो, अब शान्तिपूर्ण आन्दोलनबाट समाजवादको मार्गचित्र लगायत के गर्ने हो त्यो गर्न सकिन्छ। र, हाम्रो आफ्नो नेपाली मौलिकतामा भन्ने कुरा गर्नुभएको छ।

    कमरेडहरुसँगै प्रश्न गर्न चाहन्छु, नेकपा एमालेको दस्तावेज, माओवादीको दस्तावेजको निष्कर्ष के हो भने नेपालमा पूँजीवादी राजनीतिक क्रान्ति सम्पन्न भयो। र नेकपा एमालेले त अझ एउटा ठाउँमा के पनि भन्छ भने हामीले गर्ने जुन समाजवाद उन्मूख समृद्धि छ ‘सुखी नेपाली…’ यस्तै यस्तै छ उहाँहरुको, समाजवादी व्यवस्थामा चाहिँ जाने होइन है भनेर उहाँहरुले किटान गरिसक्नुभयो, भनेपछि यो प्रष्टै छ भन्ने मलाई लाग्छ। अब यो पार्टीले समाजवादी क्रान्ति गर्ने र समाजवादी व्यवस्था स्थापना गर्नेतिर भन्दा पनि वेस्ट मिनिस्टिर मोडेल छ जुन, चुनावदेखि चुनावमा जाने अनि कल्याणकारी कुराहरुबाट केही कुरा गर्ने र त्यसमै बस्ने भनेर आफ्नो कित्ता क्लियर गरिसकेको छ। माओवादीको चाहिँ अझै क्रान्ति सकिएको छैन भन्ने छ।

    यो बारेमा हाम्रो पार्टीको निष्कर्ष के हो भने क्रान्ति सकिएको हो भने ६२/६३ को जनआन्दोलन, १० वर्ष जनयुद्ध गरिसके पछाडि यो खालको अन्तरविरोध र यो खालको आर्थिकदेखि लिएर राजनीतिक, सामाजिक रुपमा दयनीय अवस्थामा मुलुक किन पुग्यो? उहाँहरुलाई समाजवादी कार्यक्रम ल्याउन के ले रोकिरहेको छ? उहाँहरुलाई सामाजिक न्यायको काम गर्न के ले रोकिराखेको छ? फेरि पनि घनश्याम कमरेडले पटकपटक भनिराख्ने दलाल पूँजीवादी व्यवस्थाले गर्न दिएन, हामीले सकेनौँ, त्यसले रोकिराखेको छ भनिराख्नुभएको छ। मुख्य अन्तरविरोधहरुलाई नखुट्याउने हो भने फेरि पनि अगाडि जाने दिशा क्लियर हुँदैन।

    हामीलाई के लाग्छ भने क्रान्ति सकिएको छैन। राजनीतिक हिसाबले, संघीयताको कुरा छ, समावेशी लगायत यी केही कुरा उपलब्धिहरु हुन्। यसलाई संस्थागत गर्नु पर्छ। तर पनि क्रान्तिको यात्रा टुंगिएको छैन भन्ने मलाई लाग्छ। शान्तिपूर्ण वा बल प्रयोग पनि हुन सक्छ। क्रान्तिको आवश्यकताले निर्धारण गर्ने कुरा हो। त्यसले गर्दा क्रान्ति सकिएको छैन भन्ने कुरामा म चाहिँ दृढ छु।

    अर्को कुरा नेताहरु बिग्रिए, .नेताहरु किनबेच भए, नेताहरु लोभमा फसे भन्ने कुरा, यो चाहिँ मुख्य निष्कर्ष वा किटान गरेर व्यवहारिकवादमा फसेर हामीलाई कहीँ पुर्‍याउँदैन। किनभने हाम्रो कार्यदिशा, कार्यनीति, रणनीति अथवा मार्गदर्शन नै प्रष्ट छ भने हामीलाई व्यवहारवादी कुराले रोक्दैन। प्रचण्ड सुध्रिए, ओली सुध्रिए, वा अर्को कुनै नेता सुध्रिए भने चाहिँ क्रान्ति हुने वा उहाँहरु बिग्रिएर नहुने कुरामा कुनै तथ्यगत आधारहरु छैनन्। हामीले सोचेको कुरा के हो भने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले नै समाजवादी अभ्यास वा सामाजवादी वैचारिकीको रिफ्लेक्सन हुने गरेर आजदेखि काम गर्नुपर्छ। हामीले हाम्रो पार्टीभित्र जुनखालको लेनिनवादी संगठनात्मक पद्धतिको संरचना भनिरहेका छौँ, तर हाम्रो पार्टीले अभ्यास गरेको राजनीतिक वा सांस्कृतिक अभ्यास कस्तो छ भने पावर जति चाहिँ एउटा कुनै ‘एबीसी’ नेतामा केन्द्रित हुने। यसखालको संरचना बनाउने जुन प्रणाली बनाएका छौँ, त्यसलाई भत्काउनुपर्छ भन्ने हामीलाई लाग्छ। हामीले सुरु गरिसक्यौँ, र एउटै पार्टीमा बसेर कुनै नेता सम्मानित नेता हुने, कुनै नेता आदरणीय हुने, कुनै नेता वरिष्ठ हुने अनि अर्को नेता निम्न कोटीको हुनका लागि तयार भएर बस्नुपर्‍यो नि। कोही माथि कोही तल हुने खालको कमरेडहरुबीचको जुन सम्बन्ध छ, त्यो कुरालाई भत्काउनुपर्छ। र हामीले सुरु गरिसक्यौँ। हामीले हाम्रा कार्यक्रमहरुमा यस्ता मञ्चहरु राख्दैनौँ, ताकि कुनै नेताहरु वरिष्ठ भएर मञ्चमा विराजमान भइरहने, उ विशिष्ट हुने र अर्को चाहिँ तल बसेर तालि बजाउनुपर्ने वा हेर्नुपर्ने बाध्यात्मक अवस्थालाई भत्काउनुपर्छ।

    अर्को, अधिकारको कुरा गर्दा, राजनीतिक प्रणालीको कुरा गर्दा अब अधिकार समुदायमा केन्द्रित हुनुपर्छ। थोरै मान्छेहरुले, प्रतिनिधिले शासन गर्ने व्यवस्था, प्रणालीलाई खारेज गर्नुपर्छ र समुदायतिर फर्किनुपर्छ, ताकि महिलाले आफ्नो लागि के चाहिन्छ उचित निर्णय गर्न पाउनुपर्‍यो। दलितलाई उसका लागि कस्तो खालको अधिकार चाहिन्छ, उसले निर्णय गर्न पाउनुपर्‍यो नि। समुदायतिर फर्किने र समुदायलाई नै निर्णायक बनाउने खालको सांगठानिक र राजनीतिक प्रणालीको कुरा हामी गरिरहेका छौँ।

    सामाजवादी संस्कतिका कुरा हामीले गर्‍यौं। त्यसै गरेर अहिले मुख्य अन्तरविरोध भनेको दलाल पूँजीवाद भनिराखेका छौँ। भनेपछि दलाल पूँजीवादलाई भत्काउनका लागि राष्ट्रको स्रोतहरुमा जसरी अहिले दलाल पूँजीवादी विश्व निगमहरुले जसरी कब्जा गरेका छन्, त्यो कुरालाई भत्काउनका लागि हाम्रो आफ्नै अर्थतन्त्र निर्माण गर्नुपर्छ होला नि त। हामीले आफ्नो अर्थतन्त्र निर्माण नगरीकन त्यो एउटा जाइन्ट खालको दलाल पूँजीवादलाई भत्काउन सकिन्छ होला त? सकिँदैन। त्यसैले समानान्तर हिसाबले नै सार्वभौम कमिटीहरु, पार्टीहरुबाट सञ्चालित हुने र पार्टीहरुबाट नै उत्पादनलाई संरक्षित गर्नेखालको कुराहरुमा हामीले जोड दिएका छौँ र हामीले अभ्यास पनि सुरु गरिसकेका छौँ। यी सबै यावत कुराहरुमा अब टालटुले कुरा गरेर, यता टालेर, उता टालेर समाजवाद आउँछ, अनि समाजवादी व्यवस्था ल्याउँछौँ भन्ने कुरा गर्नु चाहिँ फेरि अर्को एउटा लामो यात्रा गर्नु र फेरि एउटा झुटमा रमाउनु मात्र हो भन्ने मलाई लाग्छ।

    नेपाल अध्ययन केन्द्रले (पुष १८-१९ मा) आयोजना गरेको आजको वामपन्थ – २ कार्यक्रममा धनकुमारी।  भिडियो:  

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      धनकुमारी सुनार

      धनकुमारी सुनार

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.