Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिकाको लोकतन्त्र कामयावी वा ढोंग?

के हाम्रो लोकतन्त्र कामयावी भएको भए सजिलै डोनाल्ड ट्रम्प र उनका आततायी झुण्डले हाइज्याक गर्नसक्थे? जब कि त्यस्ताहरुको प्रभुत्वलाई एक असफल लोकतन्त्र र टटपुँजिया उदारवादले मात्र शिरोधार्य गर्दछ।

क्रिस हेज क्रिस हेज
भदौ २३, २०७९
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लोकतान्त्रिक समानता र स्वतन्त्रताको प्रतिज्ञा गर्ने कुनै पनि राजनीतिक प्रणालीबाट आय असमानता र राजनीतिक स्थिरताको परिणामले सामाजिक-आर्थिक अन्यायहरू भइरहनु घातक असङ्गति हो।

    दशकदेखि मेकिङ्ग महान अमेरिका भन्दैगर्दा, यस्तो असङ्गतिले अमेरिकी लोकतन्त्रलाई छिन्नभिन्न बनायो। मुलुकका अति-हावादारी प्रेसले लगातार छिन्नभिन्न भइरहेको आर्थिक र राजनीतिक सत्तालाई वेवास्ता गर्दै ओसमा बिन लादेन, सद्दाम हुस्सेन, तालिबान, आईएसआईएस, व्लादिमीर पुटिन -दुरदराजका बर्बरका विरुध्द स्टन्ट मचाइरहे तर आफ्नै घरभित्रका बर्बरहरुलाई लुकाई रहे। धीमा गतिमा तख्तापलट भयो।

    निगमहरु र खर्बौंपति वर्गको जीत भयो। प्रेसमात्र होइन, जसलाई हामी लोकतान्त्रिक संस्था मान्थ्यौं अब ती कुनै पनि संस्थाहरु कर्तव्यपरायण रहेनन्। निर्वाचन प्रणाली, अदालत र दण्ड प्रणालीहरुले नै भ्रष्टाचार र घुसखोरीलाई बैधता दिने काम गरे। राष्ट्रपति पद शहंशाहमा परिवर्तन भयो। अब लोकतन्त्रको आख्यान मात्र बाँकी छ।

    राजनीतिक दार्शनिक शेल्डन वोलिनले हाम्रो प्रणालीलाई “घोप्टिएको अधिनायकवाद” भनेका छन्। यसबारे उन्ले आफ्नो पुस्तक “इन डेमोक्रेसी इनकर्पोरेटेड: म्यानेज्ड डेमोक्रेसी एन्ड द स्पेक्टर अफ इनभर्टेड टोटलटरियनिज्म” मा सविस्तार वर्णन गरेका छन्। आफ्नो स्थापनाकाल देखि अमेरिकाका लोकतान्त्रिक संस्थाहरुको चेहरा र राज्य सत्ताको प्रशस्ति, प्रतीक र निशान परिवर्तन भएका छैनन्। सम्विधान पवित्र नै रहेकोछ। अमेरिका आफूलाई अवसर, स्वतन्त्रता, मानवाधिकार र नागरिक स्वतन्त्रताको च्याम्पियन नै हुँ भनिरहन्छ। तर अमेरिका यस्तो मुलुक हो, जहाँको – आधा जनसंख्याले आफ्नो निर्वाहका लागि रातोदिन संघर्ष गरिरहन्छ, सैन्यकृत पुलिसले गरीव र काला नागरिकलाई कानूनी प्रक्रिया नचलाई गोली ठोक्न र जेल कोच्न सक्छ, र राज्यको प्रमुख व्यवसाय नै युद्ध हो।

    यही च्याम्पियनको आत्म-भ्रमले हाम्रो सक्कली अनुहार छोपिएको छ। हाम्रो सक्कली अनुहारमा राम्ररी हेरियो भने हाम्रो राष्ट्रले मुलुकभित्र नागरिकहरुको आर्थिक र राजनीतिक शक्ति खोस्ने र विदेशमा मात्र होइन स्वदेशमा समेत क्रूर सैन्यवादको अभ्यास गरिरहेको देखिनेछ।

    नाजी जर्मनी या स्टालिनकालीन सोवियत संघजस्ता शास्त्रीय अधिनायकवादी शासनहरुमा, अर्थशास्त्र राजनीतिको अधीनमा थियो। यो घोप्टिएको अधिनायकवादमा पनि त्यस्तै छ। यस राज्यले गरीबहरुको आवश्यकताहरुलाई पुरा गर्नका लागि कुनै प्रयास गरेको छैन। यसको बदला, तपाईं जति गरीब र कमजोर हुनुहुन्छ, त्यति नै बढी तपाईंको शोषण गरिन्छ र नारकीय ऋणको दलदलबाट कहिल्यै उठ्न सक्नुहुन्न र बच्नुहुन्न। सामाजिक सेवाहरु, शिक्षादेखि स्वास्थ्य उपचारका सेवाहरु छैनन् र भएका पनि रुँघ्न छन् या निजीकरण गरिएका छन्– ती सबै गरीबहरुलाई चुस्नका लागि तयारीका साथ बसेका छन्। त्यसमाथि ८.५ प्रतिशत मुद्रास्फीतिले ढाड सेकेको छ तर १९७९ देखि ज्याला घटेको घट्यै छ। रोजगार दिने संस्थाहरु प्रायजसोले लाभ या सुरक्षाका बोनस या पेन्सन दिदैनन् ।

    यही च्याम्पियनको आत्म-भ्रमले हाम्रो सक्कली अनुहार छोपिएको छ। हाम्रो सक्कली अनुहारमा राम्ररी हेरियो भने हाम्रो राष्ट्रले मुलुकभित्र नागरिकहरुको आर्थिक र राजनीतिक शक्ति खोस्ने र विदेशमा मात्र होइन स्वदेशमा समेत क्रूर सैन्यवादको अभ्यास गरिरहेको देखिनेछ।

    मेरो किताब America, The Farewell Tour मा, मैले राष्ट्रको सामाजिक सूचकलाई विश्लेषण गर्दा गम्भीर संकट देखें। सन् २०२१ मा अमेरिकामा अपेक्षित आयू घटेको पाएँ, यो रुझान अरु दुई वर्षपनि यस्तै रहनेछ। यस वर्षमा ३०० भन्दा बढी पटक सामूहिक गोलीबारी भइसक्यो। सन् १९९९ देखि अहिलेसम्ममा लागु–औषधका बढिमात्राको सेवनको कारण लाखौंको ज्यान गइसकेको छ। प्रत्येक दिन सालाखाला १३२ आत्महत्या हुने गरेकोछ। देशका लगभग ४२ प्रतिशत मोटापाका रुपमा वर्गीकृत गरिएका छन् जसमा ११ जनामा १ गम्भीर अवस्थाका मोटापा मानिन्छन्।

    यस्तो निराशाको कारण खोतल्ने हो भने एक बेहतर भविष्य चाहेको समाजका अपेक्षाहरु र आफ्ना नागरिकहरुका लागि एक सार्थक स्थान प्रदान गर्न–नसक्ने व्यवस्थाको वास्तविकता बीचको खाडल बढ्दै जानु हो। दीगो भरपर्दो आय नहुनु र सामाजिक ठहराव हुनुले वित्तीय आपत भन्दा बढी ठूलो संकट ल्याउँछ। यस्तो अवस्थाले एमाइल दुर्खीमले “The Division of Labor in Society,” मा भने झैं ‘हामीलाई एक–आपसमा बाँधेर राख्ने सामाजिक सम्बन्धलाई पूर्णतया विच्छेद गर्छ’। सामाजिक हैसियत र शक्तिमा गिरावट, अघि बढ्नमा असमर्थता, शिक्षा र स्वास्थ्य उपचारसेवाको अभाव, र कुनै आशा नहुनुको परिणामस्वरूप अपमानित जिन्दगी घिस्रिरहेको त हुन्छ। तर यस अपमानले अकेलापन, हताशा, क्रोध र उटपट्याङ भावनाहरुलाई बढावा दिन्छ।

    राजनीतिक दार्शनिक एरिक वोगेलिनले आफ्नो पुस्तक Hitler and the Germans मा कम शिक्षित तर कुशलवक्ता, चतुर राजनीतिक अवसरवादी र गतिछाडा हिटलरले जर्मनहरुलाई मन्त्रमुग्ध बनायो र बहकायो भन्ने विचारलाई धज्जी उडाएका छन्। उनले लेखेका छन्– जर्मनहरुले, हिटलर र उसका वरिपरिका “जोकर, बज्रस्वाँठहरु” लाई समर्थन गर्दथे किनकि त्यही हिटलरले आर्थिक पतन र निराशाबाट घेरिएको ग्रसित समाजको समस्याहरुलाई मूर्तरुपमा देखिनेगरी बाहिर ल्यायो। वोगेलिन बेबकूफिलाई “यथार्थको अभाव हुनु” भन्छन्। यथार्थको अभाव हुनु भनेको राम्रो चेत वा निर्णय गर्न नसक्नु हो। यसकारण उनी भन्छन्– कुनै “बेवकूफ” व्यक्तिले ‘आफू रहेको दुनियामा आफ्ना कार्यहरुलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन।’ डेमोगग/गफाडी नेता (demagogue) लाई सनकी या सामाजिक परिवर्तनकारी भनेर झुक्किनु हुदैंन त्यो जहिले पनि सिल्ली नै हुन्छ। डेमोगगले समाजको नचाहिंदो माग पुरा गर्न आकासको तारा नै पोल्टामा हाली दिने वाचा कस्छ।

    जस्तो मैले मेरो पुस्तक America, The Farewell Tour मा लेखेको थिएँ– ‘सन् १९७० गैर-औद्योगिकीकरणको यात्राले संकट पैदा गरेको छ।’ जुन संकटले वर्गलाई नयाँ राजनीतिक आयाम तयार गर्न ‘सत्तारूढ अभिजात बाध्य पार्दैछ,’ – स्टुअर्ट हलले उनको पुस्तक “पुलिसिङ द क्राइसिस”मा चेतावनी दिएका छन्। यस चेतावनिका बाबजुद सत्तारूढ अभिजात पक्षधरका मीडियाको चर्का आवाजले, यो नयाँ आयामको ध्यानलाई जनकल्याणतिर होइन, नस्ल, अपराध र कानून तथा शान्ति–व्यवस्थातर्फ स्थानान्तरण गरिदियो। यसले गहन आर्थिक र राजनीतिक परिवर्तनको दौरबाट गुज्री रहेका मानिसहरुलाई भन्यो– तिमीहरुका दुखपीडाको कारण आक्रमक सैन्यवाद र कर्पोरेटको लोभ र भोक होइन, यो त राष्ट्रिय अखण्डतामा आइपरेको खतराले उव्जिएको हो। आपराधिक अश्वेत युवाहरु, “जनकल्याण रानीहरु” (“welfare queens”) (एक अश्वेत महिलाहरुले गरेको सुविधा दुरुपयोगलाई सामान्यीकरण गर्दै सबै अश्वेतहरुलाई दिइएको विशेषण) र अन्य कथित सामाजिक परजिवीहरुलाई पोस्ने भनेर न्यू डील कार्यक्रमहरु र जनकल्याणकारी राज्य निर्माण गर्ने पुरानो आमसहमतिमाथि आक्रमण हुन थाल्यो। यसरी रोनाल्ड रीगन र मार्गरेट थ्याचरले जाली पपुलिज्म (faux populism) को ढोकाको उद्घाटन गरे। अब अमेरिकामा पारिवारिक मूल्यहरु, पारम्परिक नैतिकता, व्यक्तिगत स्वायत्तता, कानून र शान्ति व्यवस्था, ईसाई धर्म र कम्तिमा स्वेत अमेरिकीहरुलाई पुराना स्वर्गका दिनहरुमा फर्कन व्यापक नाराहरु लाग्न थाले। डेमोक्रेटिक पार्टी, मुख्यतः बिल क्लिन्टनको अगुवाइमा लगातार दक्षिणपन्थ तिर हुइँकियो– यति हुइँकियो कि जबसम्म संस्थापन रिपब्लिकन पार्टीसित छुट्याउन नसकिने अवस्था हुञ्जेलसम्म। अब त दुवै एकै जस्ता भएका छन्। यसैको परिणाम हो– डोनाल्ड ट्रम्प र २०२० मा उनलाई भोट दिने करीव साढे सात करोड जनताहरु।

    जसरी १ सेप्टेम्वरका दिन फिलाडेल्फियामा बाइडेनले ट्रम्प र उनका समर्थकहरुलाई शैतानीकरण गरे त्यसको बदलामा बाइडेन र डेमोक्रेटहरुलाई शैतानीकरण गर्नु यो कुनैपनि अर्थमा राम्रो होइन। गहिरो समुद्र छिचोल्ने रातो बत्तिको उज्यालो, दुई अमेरिकी जलसेनाबीचमा रहेर सजिसजाउ दाँतेस्क स्टेजबाट बाइडेनले मुट्ठि उठाउँदै घोषणा गरे– “डोनाल्ड ट्रम्प र एमएजीए रिपब्लिकन (Make America Great Again- Republicans) हरुले एक चरमपन्थको प्रतिनिधित्व गर्छन् जसले गणराज्यको जगलाई चुनौति दिन्छ।” 

    डोनाल्ड ट्रम्पले तुरुन्तै जवाफ फर्काए– यो “एक अमेरिकी राष्ट्रपतिद्वारा दिइएको आजसम्मको सबैभन्दा निन्दनीय, घृणित र विभाजनकारी भाषण” हो र त्यहिबेला बाइडेनलाई “राज्यको दुश्मन” घोषणा गरे।

    बाइडेनको कन्पारा तात्ने खालको निन्दाले विभाजनलाई फराकिलो बनाँउछ। यसले एक यस्तो प्रणालीलाई सुदृढ गर्छ कि मतदाताहरुले आफुलाई सेवा उपलव्ध गराउँछु र जनहितका कार्य अघि बढाउँछु भन्नेलाई मत नदिई कसैबाट देवत्वकरण गरिएका व्यक्तिलाई मत दिन्छन्। बाइडेनले त्यस दाँतेस्क मञ्चबाट हाम्रो सामाजिक आर्थिक संकटलाई सम्बोधित गरेनन् या समाधानका उपाय प्रस्तुत गरेनन्। त्यो राजनीतिक रङ्गमञ्च थियो।

    राजनीतिका नाममा राजनीति विरोधीहरुको हास्य–नृत्य हुन्छ। पैशाको खोलो बगाएर भएको चुनावी–चक्र पुरा हुन–नपाउँदै अर्को चुनाव आइसकेको हुन्छ– यसलाई वोलिन महोदयले “राजनीति बिनाको राजनीति” भन्छन्। यस्ता चुनावले नागरिकहरुलाई सत्तामा सहभागी हुन अनुमति दिदैंन। जनतालाई बनिबनाउ प्रश्नहरुमा मात्र मत–राय दिने अनुमति मिल्छ। प्रश्नहरु प्रचारकहरु, पोलस्टर्स (मतदाताको रुझान अध्ययनकर्ता), राजनीतिक कन्सल्ट्यान्ट र विज्ञापनदाताहरुद्वारा विभिन्न वाक्यमा तयार गरिएका हुन्छन् र तिनीहरुलाई जबर्जस्ति बारबार मत व्यक्त गर्न लगाइन्छ। चुनाव हुने जिल्लाहरुमध्ये १४ प्रतिशत जिल्लालगायत केही जातिहरुलाइ प्रतिस्पर्धी मानिन्छ। नेताहरुबाट महत्वपूर्ण जनहितका मुद्दाहरुमा बहस गरिदैन तर कुशलतापूर्वक ठडाइएका राजनीतिक अनुहार र भावनात्मक रूपबाट संस्कृति–युद्धको प्रचार गरिन्छ।

    कुनै पनि मुलुकका नागरिकहरु चाहे वामपन्थी वा दक्षिणापन्थी वर्ग हुन्, यस्तो भ्रम (चुनावी तमासा) मा सहभागी हुन अस्वीकार गर्छन्, त्यसबेला घोप्टे अधिनायकवादको चेहरा शास्त्रीय अधिनायकवादकै जस्तै देखिन्छ, जस्तो कि जूलियन असाञ्जले अनुभव गरिरहेका छन्।

    सैन्यशक्ति सर्वशक्तिमान छन्। यसले राज्यभित्र नै अर्को राज्य बनाएको छ, र त्यसले सबै भैपरी रक्षा बजेटको आधा हिस्सा खर्च गर्छ तर हामीलाई एकपछि अर्को युध्दमा पराजय गराउँदैछ। निगमहरु र खरवौंपतिहरु सर्वशक्तिमान छन्, जसले भर्च्युल ट्याक्स बहिस्कार गर्ने खुलेआम घोषणा गर्छन् र विनियम तथा निरीक्षणलाई प्रभावित गर्छन्। स्वास्थ्य सेवा प्रणाली चलाउने बीमा र औषधि उद्योगहरु सर्वशक्तिमान छन्, जसको प्राथमिक चिन्ता स्वास्थ्य होइन नाफा हो र जो विश्वभर COVID-19 बाट मृत्यु भएका मध्ये १६ प्रतिशत मृत्युका जिम्मेवार हुन्। खुफिया एजेन्सीहरु सर्वशक्तिमान छन्, जसले जनताको व्यक्तिगत जीवनको समेत निगरानीमा राख्छन्। अदालतहरु सर्वशक्तिमान छन्– जसले कर्पोरेट नियन्त्रणमा राख्न सुनिश्चित गर्ने मूल कानूनलाई कर्पोरेटको पक्षमा पुनर्व्याख्या गर्छन् र कर्पोरेट अपराधहरुलाई माफी दिन्छन्। उदाहरणका लागि, अदालतले हामीलाई सिटीजन युनाइटेड दियो, जसले कर्पोरेटलाई सरकारका विरुध्द मुध्दा हाल्ने अधिकार दिन्छ र यो वाक स्वतन्त्रको एक रुप हो। यसैले कर्पोरेटलाई चुनावहरुमा असीमित वित्तसहयोग गर्न अनुमति दिएकोछ।  

    राजनीति तमाशा हो, एक देखावटी महोत्सव कार्य जहाँ शासक वर्गद्वारा सत्ताका लागि धोखाबाजी गरिएका समाचारहरु बारबार बनिरहन्छन्, मानौं कि राजनीति पुतलीखेल हो। शासकहरुको वास्तविक व्यवसाय पर्दाभित्र लुकेको छ, कर्पोरेटका दलालहरुले कानून लेख्छन्, बैंकहरुले ट्रेजरीलाई लुट्छन्, युद्धसामग्री र हातहतियार उद्योग र कुलीन वर्गले कसलाई निर्वाचित गर्ने वा कसलाई हराउने निश्चित गर्छन्। गोल्डम्यान स्याक्स, (जीवाश्म ईन्धन उद्योग) या रेथियन, (कम्प्युटर टेक्नोलजीको उद्योग) का स्वार्थमा आघात पुग्ने गरी निर्वाचन परिणाम आउनै सक्दैन, चाहे जुनसुकै दलले जितोस्।

    कुनै पनि मुलुकका नागरिकहरु चाहे वामपन्थी वा दक्षिणापन्थी वर्ग हुन्, यस्तो भ्रम (चुनावी तमासा) मा सहभागी हुन अस्वीकार गर्छन्, त्यसबेला घोप्टे अधिनायकवादको चेहरा शास्त्रीय अधिनायकवादकै जस्तै देखिन्छ, जस्तो कि जूलियन असाञ्जले अनुभव गरिरहेका छन्।

    हाम्रा कर्पोरेट अधिपति र सैन्यशक्ति जर्ज डब्ल्यू बुश, बराक ओबामा र जो बाइडेनका शिष्टतालाई मन पराउछन्। तर तिनीहरुले डोनाल्ड ट्रम्पसँग मिलेर काम गरिसके र फेरिपनि गर्नका लागि तयार छन्। तिनीहरु बर्नी स्यान्डर्स जस्ता सुधारकहरुलाई शासक हुनबाट रोक्न हरतरहले लाग्नेछन्, किनकि सुधारकहरुले धनसम्पत्ति र शक्तिलाई मनचाहे सञ्चय गर्ने हरकतलाई नजानिदों तरिकाले चुनौति दिन सक्छन्।

    जुन लोकतन्त्र लोकतान्त्रिक सहभागितालाई बहाल गर्न र सामाजिक असमानता हटाउनका लागि सुधार गर्न असमर्थ छ। त्यसैले “अमेरिकाको लोकतन्त्र कामयावी हो भन्ने ढोंग छाडौं”।

    भावानुवाद, शिर्षक हाम्रो तथा साभारः The Chris Hedges Report

    यो पनि पढ्नुहोस् 

    अमेरिकाको जस्तो उदार लोकतन्त्रलाई चिनियाँ जनताले कसरी बुझ्छन्    

    लोकतन्त्र केवल सिद्धान्त मात्रै हो या अभ्यास पनि?   

    के भारतजस्ता देशहरूमा साँच्चिकै लोकतन्त्र छ?

    अमेरिकामा सामाजिक लोकतन्त्र कि लोकतान्त्रिक समाजवाद ! 

    इन्फोडेमिक, निर्वाचित राजतन्त्र र अमेरिका  

    लोकतन्त्र कि लाजतन्त्र?

    नेपालको लोकतन्त्र दक्षिण एशियाको कमजोरमध्ये एक 

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      क्रिस हेज

      क्रिस हेज

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.