Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मदन भण्डारीको प्रश्न थियो – लामखुट्टेले होस्टल बनाउने गोल्छालाई किन टोक्दैन ?

जीवन ढकाल जीवन ढकाल
भदौ १४, २०७६
- यो हप्ता, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    जीवन ढकाल : आज सुने कि दुई पार्टीका अनेरास्ववियूका एक भए रे र ३३५ सदस्यीय कमिटि बनाउने भए रे । यसबेला मैले सम्झें कुनै बेला म पनि अखिल थिँए । जब फणिन्द्र तिम्सिना मारिए उनको स्थानमा म कार्यबाहक जिल्ला सचिव भएँ । यसतो संगीन कालमा पनि हामीले विराटनगरमा आन्दोलनलाई जोगाएर राख्यौं । त्यस दौरानमा के के गरिए के के गर्न सकिएन त्यसको फेहरिस्त दिन पनि सकिन्छ तर कतिपयलाई अर्थहिन ‘‘आत्मगौरव’’ लाग्न सक्छ । तथापी यस बेला म एउटा घटनाबारे स्मरण गरिरहेको छु, आशा छ, यो हालका विद्यार्थी नेताहरुले उपयोगी ठान्लान्, यदि नठहराए पनि अर्थहिन नभन्लान्।

    ०३८ जेठ तिरको कुरा हो, एसएलसीको नतिजा आउने समय थियो । महेन्द्र मोरङ कलेजमा पनि नयाँ विद्यार्थी प्रवेशको अपेक्षासँगै अनेरास्ववियुले सहप्रारम्भिक कमिटी निर्माणको अभियान नै चलाएको थियो । अघिल्लो दिन बनेको छात्रावास सहप्रारम्भिक कमिटीको मिटिङ साँझमा बस्ने भएकाले एजेण्डाबारे छलफल गर्दै केही साथीहरु छात्रावासको बरण्डामा बसेका थियौं । अचानक साइकल चढेर नहर पार गर्दै एक अधबैँसे व्यक्ति छात्रावास तिर आउँदै गरेको देख्यौं । अरु साथीहरुले खासै ध्यान नै दिएनन् । तर म चाहीँ भूमिगत मानिस दिउँसै एक्लै आएको देखेर झस्किएँ । उहाँलाई म ‘सागर’ नामले चिन्थेँ । उहाँसँग मेरो २०३७ सालमा भोजपुरको झ्याउपोखरीको आफ्नै घरमा र ०३८ मंसिरमा बिराटनगरमा मीरा अर्यालको कामत–घरमा भेटेको थिएँ । वहाँ हामीलाई नै भेट्न आउनु भएको रहेछ, र उहाँ सिधै पदम पौडेलको कोठामा पस्नु भयो । हामी पनि त्यतै लाग्यौं । वहाँ आउनु अघि हामीहरु नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने र तिनीहरुलाई अनेरास्ववियूतर्फ आकृष्ट गर्ने तौरतरिकाबारे छलफल गरिरेहेका थियौं तर सागर कमरेडको प्रवेशपछि हाम्रो छलफल रोकियो । हामीहरु सबै सागरको मुख ताक्न थाल्यौं।

    तस्बिरमा उठेका मोर‌गका अखिल उपाध्यक्ष प्रेमसागर सापकोटा र तत्कालिन अखिलका केन्द्रीय सदस्य ध्यान बहादुर राई र बसेकाहरु मोर‌गका अखिल अध्यक्ष चन्द्र खतिवडा र जीवन ढकाल।

    एक क्षणको शान्तपछि सागरले वातावरणलाई सहज बनाउनु भयो । वहाँले कुरा शुरु गर्नु भयो । उहाँले अब विद्यार्थी आन्दोलनलाई एक रचनात्मक दिशा तर्फ फैलाउनु पर्ने बेला भएको छ भन्दै भरखरै अनेरास्ववियू केन्द्रीय कमिटीले गरेका केही निर्णयहरुबारे व्याख्या गर्नु भयो । हुन त त्यसबेला अनेरास्ववियूलाई पार्टी निरपेक्ष भनिइन्थ्यो तर यसले नेकपा मालेका निर्णयहरुलाई वैधानिकरुपमा कार्यान्वयन गर्न र मुख्यत कार्यकर्ताहरुको प्रवेशद्वारका रुपमा कार्य गर्थ्यो । यसका हरेक इकाइहरुमा संगठित कार्यकर्ताहरुलाई मालेका नेताले सिद्धान्त र विचारबाट प्रशिक्षित गर्ने गर्दथे । पार्टीका निर्णयहरुलाई व्याख्या गरी कार्यान्वयन गराउन प्रयत्न गर्दथे । आज सागर त्यस्तै निर्णय कार्यान्वयन गराउन आउनु भएको रहेछ । तर त्यो अनेरास्ववियूको इतिहासमा बेग्लै खालको थियो । त्यो थियो – अनेरास्ववियूको रचनात्मक कार्यको देशव्यापी अभियान ।
    सागरले सो रचनात्मक अभियानका बारेमा नबताई केही प्रश्नहरु हाम्रा माझ राख्नु भयो।
    १. के तपाइहरु यहीं होस्टलमा बस्नु हुन्छ ?
    २. ट्युवेल वरपर गजगज फोहोर रहेछ, त्यसले कसलाई हानी गर्छ ?
    ३. ट्युवेल वरपर पानी जम्दा लामखुट्टे हुर्कन्छन् र वरपर यसमा लामखुट्टेले आराम गर्छ भन्ने तपाईंहरुले पढ्नु भएको छैन र?
    ४. ती लामखुट्टेहरुले होस्टल बनाउने गोल्छालाई किन टोक्दैन ? कि क्याम्पस चिफलाई टोक्नु पर्ने हो ?
    ५. विद्यार्थीहरुलाई फोहोर मन परेको हो कि ? सफा गर्न नसक्ने भएर हो ?
    ६. के यस्तै वातावरणमा आफ्नो अध्ययनलाई एकाग्र गर्न सक्नु हुन्छ ? के आफू बस्ने र पढ्ने स्थानलाई सफा राख्न सफाइ अभियान चलाउन सक्नु हुन्न ?

    हामी यी प्रश्नहरु सुनेर अवाक भयौं । हामीसँग यस्ता प्रश्नहरु किन गर्नु भयो ? सोच्न नपाउँदै उहाँले भन्नु भो– यी प्रश्नहरु मैले कापीमा लेखेर बुझाउनु होस् भनेर दिएको होइन, तपाईहरुको रचनात्मकता जाँच गर्न दिएको हो’ । करीव यसतै प्रश्नहरुका साथ उहाँसँगको कुराकानी सकियो ।

    साँझ खानापछि अर्को मिटिङ थियो । त्यस मिटिङमा हामीले नयाँ प्रवेश हुने विद्यार्थीलाई कोठा खोज्न, फाराम भर्ने, विषय रोेज्न सहजीकरण गर्ने जस्ता कार्य गरेर नजिक हुने निर्णय गर्यौं । म यहाँनेर जोड दिएर भन्छु कि तत्कालिन अनेरास्ववियूका सबै इकाइहरुले हरेक सदस्यहरुलाई विद्यार्थीको मुख्य कर्तव्य पढ्नु हो भन्ने कुरालाई आत्मसात गराएका थिए । त्यसबेला जिम्मेवारीको हानथाप दुर्गम र संगठन नभएका क्षेत्रका लागि हुन्थ्यो, चन्दा उठाउने क्षेत्रका लागि होइन । तर, सागरले आजको भेटघाटमा छर्नु भएका प्रश्नहरुले हाम्रो माथिंगल नै घुमायो । यसबारे हामीले निकैबेर छलफल गर्यौं ।

    छात्रावासको खण्डहर भान्साघर

    सागरका प्रश्नहरुले विद्यार्थीलाई पाठनपाठनमा मुख्य ध्यान दिएर राजनीतिमा सक्रिय भएपनि रचनात्मक कार्य र क्याम्पसमा भएका आफ्नै समस्या उठाउन तथा समाधान गर्न सक्रिय हुनुपर्ने, पुस्तकालय व्यवस्थापन, छात्रावास व्यवस्थापन, वृक्षारोपण, सरसफाइ, जस्ता कुरामा सक्रियता देखाउनुपर्ने जोड दिएको निष्कर्ष हामीले निकाल्यौं । यस्तो निष्कर्षपछि हाम्रो छलफल रचनात्मक कार्य गर्नका लागि विषय खोज्नेतर्फ मोडियो । यसपछि छात्रावास परिसर सफा गर्ने, वृक्षारोपण गर्ने, क्यान्टीन माग गर्ने, भित्ते लेखन हटाउने, पुस्तकालयमा पुस्तक थप्ने, जस्ता निर्णय गरिए ।

    भोलिपल्ट सफाइ अभियान चल्यो । मन लगाएर सफाइ गरियो, बाटो बनाइयो, घाँसले छोपिएको छात्रावास परिसर आकर्षक बन्यो । क्याम्पस चिफ र केही प्राध्यापकहरु हामीले उत्साहका साथ काम गरेको हेर्न आउनु भयो।

    दोस्रो दिन बाटोको पोल र छात्रावासका प्रांगणमा बत्तिहरु राखिए । क्याम्पसबाट छात्रावास जाने बाटो रातमा उज्यालो देखिन थाल्यो । त्यस उज्यालोले गर्दा र घाँस काटिएका कारणले सर्पहरुको आक्रमण हुन नसक्ने अवस्था बन्यो ।

    क्याम्पस चिफ ध्रुव नारायण लाल दासको सल्लाह वमोजिम तेश्रो दिन हामी गोल्छा निवास पुग्याैँ । त्यहाँ उहाँहरुले निर्माण गरिदिएको छात्रावासको बेहाल अवस्थाको वारेमा कुरा भयो । सायद पहिलो पटक मैले टेलिभिजन त्यही देखेँ र हेरे १४ इन्चको एन्टिनाबाट चलेको व्ल्याक एण्ड वाइट टि.भी. । हाम्रो वार्तापछि रामलाल गोल्छाले आफ्नो छोरालाई छात्रावास पठाउनु भयो ।

    खण्डहर छात्रावास

    केही दिन पछि छात्रावासको टुटेका झ्यालहरु ढोका मर्मत गरिए, रंगरोगन भयो र क्यान्टीनमा फर्निचरहरु थपिए । दुईजना कुक क्याम्पसबाट प्राप्त भयो । क्यान्टीन चल्यो, हामी कति उत्साहित र खुसी भयौँ भन्नै सकिन्न ।

    चौथो दिन क्याम्पसको भित्ते लेखन मेटाउने योजना बन्यो, त्यसबेला म जिल्ला कमिटीमा भएपनि अध्यक्ष चन्द्र खतिवडा र उपाध्यक्ष प्रेम सागर सापकोटालाई सोधियो । सुरुमा बहस भएपनि अन्तमा मेटाउने निर्णय भयो र चुनले मेटाइयो ।
    पाचौँ दिन वार्डेनको सल्लाहमा हामी कोशी प्रोजेक्ट गयाैँ र नहरको काठे पुल मर्मत गर्न माग गर्‍यौं, त्यहाँबाट कल्भर्ट बनाइदिने आश्वासन पायौँ।

    त्यसपछिका सफाइ अभियानका कार्यहरुमा क्याम्पसको प्रारम्भिक कमिटि लाग्यो । त्यसले क्याम्पसमा बन्द भएको क्यान्टिन सञ्चालन गर्न, स्व.वि.यु.को चुनाव गराउन, पुस्तकालयमा पुस्तक थप्न, कोर्स स्टडी वितरण गर्न माग गर्यो ।

    यी मागहरु के कसरी पुरा हुँदै गए, यसको यसबेला मलाई सम्झना छैन । तथापी अनेरास्ववियूको विद्यार्थी आन्दोलनमा यो ऐतिहासिक मोड थियो भन्ने मलाई लाग्छ । हाल अनेरास्ववियू र नेकपाका कैयन इकाइहरुले यस्ता रचनात्मक तथा सफाइ अभियान संचालन गरेको तस्वीरहरु विभिन्न व्यक्तिका फेसबुकका भित्तामा देख्ने गर्छु । यसले मलाई अतिततर्फ डोर्याउँछ । तर कताकता हालका अभियानहरु भौतिकरुपमा संचालन त भएका छन् तर तिनीहरुमा मन र लगन संलग्न नभएको जस्तो लाग्छ।

    खण्डहर क्यान्टिन र ट्युवेल

    यो अभियान स्मरण गरिरहँदा सागर उर्फ मदन भण्डारीको कार्यकताहरुलाई निर्देशन विधिबारे सम्झन्छु । उहाँले यस अभियानका बारे ‘यसो गर उसो गर’ नभनी हामीलाई केही प्रश्नहरु गरेर जानु भयो । ती प्रश्नहरुले हाम्रो माथिंगल नै चकराई दियो तर निष्कर्षमा पुग्न सजिलो गराइदियो ।

    हाल नेपालको युवाविद्यार्थी आन्दोलन कसरी चलिरहेको छ मलाई जानकारी छैन तथापी म जान्दछु कि यसले म जस्ता शैक्षिक पेशामा संलग्न रहेका व्यक्तिहरुलाई आकर्षण भन्दा विकर्षण गरिरहे जस्तो लाग्छ । विद्यार्थीका संगठनहरु त छन् तर तिनीहरुले विद्यार्थीलाई अध्ययनमा अब्बल हुनु पर्छ भन्ने प्रेरणा दिएका छैनन् जस्तो लाग्छ, तिनीहरुले कहिल्यै पनि विद्यालय तथा क्याम्पसमा पुस्तकालय अद्यावधिक राखिनु पर्छ र प्राध्यापकहरुले मेहनत र उपयुक्त शिक्षण विधि अपनाएर पढाउनु पर्छ भनेर माग राखेको देखिदैंन । तिनीहरु सरकारसँग माग गर्दैनन्, प्राइवेट कलेज र स्कूलसँग मात्र “माग” गर्छन्  र भाग लगाउँछन्। तिनीहरुलाई शैक्षिक क्षेत्रको गरीवमैत्री मागहरुबारे कुनै चिन्ता छैन। पार्टीमा मेरो हैसियत र मेरा थकाइहरुले मेरा चिन्ता र मागहरु उनीहरुकहाँ पुग्ने छैनन्, तथापी कसैले सोधे भने म भन्छु– विद्यार्थी आन्दोलनको मार्ग सुबाटोतर्फ छैन।

    म यहीं महेन्द्र मोरङ्ग कलेजको छात्रावास नियाल्दै हरेक दिन हिड्ने गर्छु, हामी पढ्दा यहाँको गुलजार सम्झदाँ मन विरक्त्याउँदै हिड्ने गर्छु । प्रश्न गर्छु, यस क्याम्पसमा पढ्ने दुरदराजबाट आएका गरीव विद्यार्थीहरु कुन छिँडीमा बसेका होलान् तर यहाँका भवनहरु दिनप्रतिदिन मक्किदैछन्। के अब म आश गर्न सक्छु – विद्यार्थी आन्दोलन विद्यार्थीको हितार्थ पुन बौरिन्छ ? के यो छात्रावासले पुनः दुरदराजबाट आएका गरीव विद्यार्थीलाई आश्रय दिन सक्ला, र यस क्षेत्रको गुलजार गर्ला ? म सोच्छु – मदन भण्डारी व्यूँतेर साइकल चड्दै आएर विद्यार्थी नेतालाई सोधुन् – लामखुट्टेले होस्टल बनाउने गोल्छालाई किन टोक्दैन?

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      जीवन ढकाल

      जीवन ढकाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.