Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

नेपाल रिडर्स नेपाल रिडर्स
अशोज १७, २०८०
- अन्तर्वार्ता, रिडर्स डिस्कोर्स, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्लाही सदरमुकाम मलंगवामा २० भदौमा पहिलो र ४ असोजमा भएको दोस्रो दंगाका कारण बजार अझै पूर्ण रुपमा खुल्न सकेको छैन। र, यसले राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) सृजित भारतीय शैलीको साम्प्रदायिक दंगाको बिउ नेपालमा रोपिएको संकेत गरेको छ। छुट्टाछुट्टै मितिमा दुई दिन भएको दंगालाई नियन्त्रण गर्न स्थानिय प्रशासनले ‘मुस्लिम समुदायलाई घरमा थुनेर राख्न सके’ सामाजिक सद्भाव र शान्ति कामय गर्न सकिने रणनीति लिएको थियो। अल्पसंख्यकको मौनता र दबाइएको आवाजमा शान्तिको दियो बाल्न खोजेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग नेपाल रिडर्सका लागि नरेश ज्ञवाली र सागर चन्दले असोज १२ गते गरेको अन्तर्वार्ता।

    मलंगवामा २० भदौ र ४ असोजमा भएको साम्प्रदायिक दंगामा दुबै पक्षतर्फ कति क्षति भएको तथ्यांक छ प्रशासनसँग?

    यो श्रृङ्खलाबद्ध रुपमा भएको थियो। सामाजिक सद्भाव बिथोलिने हो कि भन्नेमा प्रशासन निकै सचेत थियो। अहिले मलंगवा शान्त छ। सबै पक्षको साथ-सहयोगमा यो शान्ति सम्भव भएको हो। तर, यसको वास्तविक तथ्यांक संकलन भईसकेको छैन। यसमा प्रहरीले काम गर्दैछ। मलाई लाग्छ अबको हप्ता दिनमा तथ्यांक आईसक्छ।

    अन्तिम दंगा भएको ४ गते हो तर आज १२ गतेसम्म पनि प्रशासनसँग क्षतिको विवरण छैन भने यसलाई कसरी बुझ्ने?

    तथ्यांक संकलन र अनुसन्धान गर्ने काम जिल्ला प्रहरी कार्यालयको हो। हामीले प्रहरीलाई मौखिक लिखित सबै अनुरोध गरेका छौँ। हिजो ‘मोहम्मद डे’सम्म हामी त्यसैको व्यवस्थापनमा अल्झिएका थियौँ। मेरो काम समन्वयकारी भूमिकामा बसेर विविध वैठकहरु आयोजना गर्ने, त्यसमा सहभागी हुने हो। तर, पनि प्रहरीलाई मैले सबै पक्षतर्फ भएको क्षतिबारे, घटनाको मूल कारणबारे, कहिले भएको हो लगायत सबै विषयको अनुसन्धान गरेर रिपोर्टिङ लिन र त्यसको मुचुल्का तयार पार्न लगाएको छु। त्यसो त यो काम मैले नलगाए पनि प्रक्रियामा आफै हुने विषय हो। तर, पनि मैले सक्रियता पूर्वक गर्न लगाएको छु।

    दुबै पक्षतर्फ कति क्षति भयो भनेर जानकारी दिन तपाईंसँग केही प्रारम्भिक सूचना छ वा छैन? 

    हामीसँग ठ्याक्कै तथ्यांक छैन। एउटा धागो पसलमा र एउटा फुसको घरमा पूर्ण क्षति भएको छ। त्यसका साथै एउटा परालको टौवामा आगलागी भएको र एउटा पसलमा आगलागीको प्रयास गरिए पनि सफल नभएको तथ्यांक हामीसँग छ।

    तपाईंसँग अन्तर्वार्ता गर्दैगर्दा हिजो र आज गरी हामी १३ वटा पसल ५ वटा त्यस्ता घरमा पुगेर आई रहेका छौँ, जहाँ कर्फ्यूको  समयमा पहिले लुटपाट गरियो र पछि आगो लगाइयो। हामी जम्मा दुई दिन मलंगवामा घुम्दा मुस्लिम समुदायका ३२ वटा पसल र ५वटा निजी आवास रहेका घर हिन्दू अतिवादीबाट लुटिएको र आगजनी गरिएको थाहा पाउन सक्छौँ भने प्रशासनले कसरी थाहा नपाउँदो रहेछ? यसलाई तपाईंहरुको असक्षमताका रुपमा बुझ्ने वा हिंसा मच्चाउने हिन्दू अतिवादी प्रतिको तपाईंहरुको साहानुभूतिका अर्थमा?

    तपाईंहरुले गर्ने कामको शैली र हामीले गर्ने कामको शैली अलिक भिन्न हुन्छ। हामीले गर्ने काम भनेको दोषीलाई अदालतसम्म पुर्‍याउने गरी हुनुपर्छ। दस्तावेजसहित हुनुपर्छ। त्यसको भार हामीमा अन्तिमसम्म रही रहन्छ। त्यसैले त्यसमा केही चुक नहोस् भन्नका लागि हिजो अर्थात् ११ गते ‘मोहम्मद डे’सम्म शान्ति व्यवस्था कसरी कायम गराउने भन्ने तर्फ हाम्रो सम्पूर्ण ध्यान थियो। आजदेखि प्रहरीले ठाउँ–ठाउँमा मुचुल्का उठाउँदैछ। समग्र मुचुल्काको वास्तविक परिणाम नआएसम्म हामीले केही भन्न मिल्दैन। यही प्रश्न तपाईंले जिल्ला प्रहरी प्रमुखलाई पनि सोध्नु होला सम्भवतः यही जवाफ पाउनु हुनेछ।

    मलंगवाको कुल जनसंख्या करिब २७ हजार हो भने मुस्लिम जनसंख्या करिब ७ हजार रहेको छ। कर्फ्यूको समयमा दिउँसै मुस्लिमका ३२ वटा पसल र ५ वटा घरमा लुटपाट र आगलागी भएको छ भने हिन्दू समुदायतर्फ एकजनालाई छुरा प्रहार भएको छ। हिन्दू समुदायको कुरा गर्ने हो भने कसैको पनि पसल तथा घरमा लुटपाट र आगजनी भएको छैन। तर, तपाईंहरुले शान्ति सुव्यवस्था खलबल्याएको भन्दै तीन जना मुस्लिमलाई नै आरोपी बनाएर मुद्दा दायर गर्नु भएको छ। जबकी मलंगवाको साम्प्रदायिक हिंसा भड्काउन महत्वपूर्ण भूमिका खेलेका हिन्दू सम्राट सेनाका उपाध्यक्ष कृष्ण यादवलाई पक्राउ गरेर पनि रिहा गरिदिनु भयो। जुन समुदाय सबै भन्दा धेरै डर र त्रासमा बाँची रहेको छ, उसैको समुदायका व्यक्तिलाई पक्राउ गरेर तपाईंले कस्तो खाले न्याय व्यवस्था कायम गर्न खोज्नु भएको हो?

    तपाईंको प्रश्न नै मिलेन।

    प्रशासनका नजरमा कस्तो प्रश्न मिलेको हुन्छ?

    माथिको प्रश्न मिलेन भनेर मैले किन भनेको भने छुरा हान्ने विषय सामाजिक विषय होइन, अपराध हो। सामाजिक सञ्जालको विषय भनेको सबैलाई नियमन गर्न सक्ने अवस्था हुन्थ्यो भने त्यस्ता हजारौँ भाषण, स्टाटस र कमेन्ट छन्। यो विषय भनेको दीर्घकालमा हुने क्राईमको विषय हो। कसैले सामाजिक सञ्जालमा लेख्ने बित्तिकै कारवाही गर्न सक्ने अवस्था रहँदैन। त्यो फरक विषय हो। छुरा हान्ने, घरमा आगो लगाउने फरक विषय हो। तपाईंले भनेको विषयमा कसैले जाहेरी दिएपछि त्यो अनुसन्धानमा गइहाल्छ। छुरा हान्ने विषयमा पीडित परिवारबाट जाहेरी आएरै मुद्दा चलाइएको हो। कसैले सामाजिक सञ्जालमा के भाषण गर्‍यो त्यो हाम्रो विषय होइन।

    प्रहरीले छुरा प्रहार गरेको आरोपमा जुन व्यक्तिलाई पक्राउ गरेको छ, तिनै व्यक्तिको घरमा पनि लुटपाट भएको छ र त्यो परिवारले किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न मानेको छैन किन?

    त्यसबारे मलाई जानकारी भएन। तथ्यका आधारमा जाहेरी ल्याएपछि सबैको जाहेरी दर्ता हुन्छ।

    हामी शान्ति सुव्यवस्था लागू गराउन तर्फ लाग्यौँ भन्नुहुन्छ तर कर्फ्यूको समयमा दिउँसै मुस्लिमहरुको घर तथा पसलहरुबाट मोटरसाइकल, फ्रिज, साईकललगायतका समान लुटिन्छ, आगो लगाइन्छ भने कसका लागि कर्फ्यू लगाइएको रहेछ?

    तपाईं त्यति बेला यहाँ हुनुहुन्नथ्यो। खासमा त्यतिबेला यो भूगोलमा त तपाईं हुनुहुन्थेन। त्यसैले त्यो विषयलाई हामीले मानवीय क्षति वेगर व्यवस्थापन गर्‍यौँ भन्नु पर्छ। आजको मितिसम्म बजार व्यवस्था सबै सञ्चालनमा छ। यो नै हाम्रो व्यवस्थापन हो। नभए यहाँ दर्जनौँ मानिसको अंगभंग र मृत्यु हुने परिस्थिति बन्थ्यो। मैले जे बोल्दैछु त्यसलाई तपाईंहरुले आफ्नै ढंगले ‘फिल्ड भेरिफिकेशन’ गर्न सक्नुहुन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.