Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ट्रम्प त गए भने ओली के टिक्लान् ?

हिजो मधेशीले धोति जुलुस गर्दा ‘यी धोतिहरू’ भनेर हियाउने यिनी नै हुन्। आज उनी ‘ पेन्टमाथि धोति’ बेराएर धोति जुलुसको आयोजना गराइरहेका छन्।

मञ्जु यादव मञ्जु यादव
माघ ११, २०७७
- राजनीति, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एउटा भनाई छ ‘न्यायार्थ अपने बन्धु ओ को दण्ड देना धरम् हैँ।’ यसको अर्थ न्यायका लागि आफ्नैलाई पनि दण्ड दिनुपर्छ र त्यो धर्म हो। तपाईं हामीले इतिहासमा पढेका छौँ कि जति पनि शासकहरू जो देश र जनताको निम्ति बाधक भए, देश र जनतामाथि अविश्वास गरे र जसले जनतामाथि अन्तरघात गरे त्यस्ता शासकविरुद्ध आन्दोलन भएको इतिहास छ। पूर्वीय होस् या पश्चिमी परिवेश, तानाशाही शासकविरुद्ध आन्दोलनहरू भएकै छन् र तिनलाई ढालिएको छ। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने पनि राजाले बदमासी गर्दा त्यसविरुद्ध अहिलेका राजनीतिक दलहरूले आन्दोलन गरे र तिनलाई सत्ताबाट हटाए ।

    नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनतासँग भोट माग्ने बेलामा ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपना बाँडेको थियो,  जुन एमालेको नवौं महाधिवेशनले अघि सारेको थियो। सोही अभिभारा पूरा गर्न हामीले पाँच वर्षको लागि त्यस पार्टीका लागि मत मागेका थियौँ, ताकि एउटा स्थायित्व प्रदान गर्ने सरकार दिन सकौँ र जनतालाई शान्ति र समृद्धि दिन सकौं। जनताले हामीलाई विश्वास गरेर भारी मत दिए । तर आज तपाईं हामीले फेरि जनताको अगाडि के गर्नुपरेको छ ? आन्दोलन। हामीले जनतालाई के दियौँ ? प्रतिगमन र प्रतिनिधि सभा विघटन।

    धरापमा कम्युनिष्ट आन्दोलन  

    प्रतिगमनको जिम्मेवार हुन् कमरेड केपी शर्मा ओली। उनलाई पार्टीले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको सरकार चलाउनका लागि दुई तिहाई मत सहितको जिम्मेवारी दिइएको थियो। छनलाई नेकपाका तमाम नेता कार्यकर्ता पनि यसमा जिम्मेवार छन् । किनभने हामीले प्रधानमन्त्री ओलीको कार्यशैलीका बारेमा जानकार हुँदाहुँदै पनि उनलाई जिम्मेवारी दिएका थियौं। ओलीले गरेको प्रतिनिधि सभा विघटनका कारणले अहिले सिंगो देश संकटमा छ। तीन करोड नेपाली जनता अलपत्र छन्।

    म नेकपाको एउटा कार्यकता र आम कार्यकर्ताको तर्फबाट कमरेड केपी ओलीलाई भन्न चाहन्छु, ‘हामी आलोचना गर्न, देशलाई सुशासन दिन र लोकतन्त्र स्थापना गर्नका लागि कम्युनिष्ट पार्टीमा लागेका हौँ।’ तर ओली विभिन्न भेलाहरूमा आफूलाई असहयोग भएका कारणले प्रतिनिधि सभा विघटन गरेको भन्दै हिँडिरहेका छन् ।

    ओलीले मनको कुरा गरिरहेका छन्, कुनै सिद्धान्तको कुरा गरेका छैनन् । उनले त आफूलाई असाध्यै जानेको र सर्वज्ञानी भन्ठान्छन्। हामीलाई थाहा छ, ‘ढाई अक्षर प्रेम के पढे जो पण्डित होए।’ देशको एउटा अभिभावकले देशमा प्रेम बाँड्नुपर्नेमा उनी आफैं गाली गर्दै हिँड्दैछन्। उनको भनाई छ, ‘मलाई असहयोग भयो, त्यसकारणले प्रतिनिधि सभा विघटन गरिदिएँ।’

    आज केपी कमरेडले प्रतिनिधि सभा विघटन गर्दा सिंगो कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन धरापमा छ। यसबाट एउटा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको कित्ताकाटको अवस्था निर्माण भएको छ। हिजो केपी ओलीले नै भनेका थिए ‘मलाई पाँच वर्षका लागि मत दिनुस्, म विकास र समृद्धिको बागडोर तपाईलाई देखाइदिन्छु।’ तर आज तपाई गाउँ जानुस्, एउटा विद्यार्थीले सहज शिक्षा प्राप्त गर्न सकेको छैन। निर्मला पन्तले अझै न्याय पाएको छैन। यही कम्युनिष्ट सरकारले न्याय दिनुपर्ने होइन र ? ओलीले न्यायका लागि कति गरे वा गरेनन् भन्ने कुरा उनी जनताकहाँ जाँदा जनताले नै सोध्नेछन्।

    ओलीको टिम अलपत्र पर्नेछ

    हिजो राजा ज्ञानेन्द्र पनि आफूलाई एकदमै शक्तिशाली भन्थे। तिनै शक्तिशाली राजा फाल्न कमरेड केपी ओलीले नै आन्दोलन गरेको होइन ? त्यही आन्दोलन र त्यसको उपलब्धिको जगमा टेकेर केपी ओली अहिले बालुवाटारमा छन्। त्यही शक्तिको दुरुपयोग गर्दै उनले प्रतिगमन गरे र आज उनका विरुद्ध सिंगो देश र जनता उभिएका छन्। उनी के भन्छन् र के भन्दैनन् भन्ने कुरा महत्वपूर्ण होइन। उनको कुरामा धेरै गम्भिर हुनुपर्ने आवश्यकता नै छैन। किनभने हामीले राजा फालेका छौँ। कसले भनेको थियो यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउछ भनेर ? तर जनआन्दोलनदेखि लिएर मधेश आन्दोलनले देशमा गणतन्त्र ल्याएरै छोडे।

    मलाई याद छ, तत्कालिन् एमालेमा संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने कि नजाने भनेर वादविवाद भएको थियो। अन्तिममा संघियतामा जाने विषय नै स्वीकार्य भयो । त्यसले गर्दा कमरेड केपी ओलीलाई मेरो अनुरोध के छ भने आफू असफल हुँदा मनमा लागेका सबै कुराहरू पोख्नुपर्छ भन्ने छैन। हिजो माओवादीसँगै सम्झौता गरेर सरकारमा गएका कमरेड केपी ओली आज तिनै प्रचण्डलाई व्यक्तिगत गाली र लान्छनामा उत्रिएका छन्। कमरेड माधव नेपाललाई प्रचण्डको ‘कार्यकर्ता’ भन्न पनि भ्याएका छन्। त्यसो भए हिजो पूर्व माओवादीसँग सम्झौता गर्दा उनी चाहिँ के भनेर गए त ? यसको जवाफ उनले पार्टी कार्यकर्ता पंक्तिमा दिनुपर्दैन ?

    जुन पार्टीसँग सम्झौता गरेर उनी सत्तामा पुगे, त्यही पार्टीलाई उनी ‘यो जंगलमा मात्रै बस्ने हो’ भन्थे। जंगलबाटै आएका प्रचण्ड कमरेडकै कारणले ओली प्रधानमन्त्री भएका थिए। जंगलबाटै आएका नेता कार्यकर्ताका कारणले जनताका सन्तान राष्ट्रपति भएका हुन्। अनि आफ्नो आवश्यकता परिपूर्ति भइसकेपछि यस्तो कुरा गर्ने ? मलाई त के चिन्ता लागेको छ भने आज जुन व्यक्तिहरूको समूह ओलीको पछि लागेको छ, भोलि त्यही समूहलाई यिनले अलपत्र पार्नेछन्। उनले आफ्नो टिमलाई भन्नेछन् ‘म हारिसकेँ, अब तिमीहरू कता जान्छौ, जाओ।’ देशलाई त अलपत्र पारिसके।

    हिजो मधेशीले धोति जुलुस गर्दा ‘यी धोतिहरू’ भनेर हियाउने यिनी नै हुन्। । आज उनी ‘ पेन्टमाथि धोति’ बेराएर धोति जुलुसको आयोजना गराइरहेका छन्। माखेसाङलो भनेर मधेसीहरूको अपमान यिनले नै गरेको होइन? आवश्यकता पर्दा ‘धोति’सँग प्रेम र आवश्यकता पूरा भइसकेपछि ‘धोति’ पनि काम लाग्दैन। ठिक त्यस्तै अमेरिकामा हिजो ट्रम्पकै दादागिरी थियो। आज उनको शक्तिमा अर्को व्यक्ति आइसकेको छ । आज केहि व्यक्तिहरूले केपी कमरेडको जयजयकार गर्लान्, यो केही समय जाला। तर अन्तिममा देश बनाउन र जनताको सुखदुखमा साथ दिन यो प्रतिनिधि सभा पुनर्स्थापना भएरै छोड्छ। यदि प्रतिनिधिसभा पुनर्स्थापना भएन भने यो बीचमा कानूनी राज्य हुँदैन।

    सडकभन्दा शक्तिशाली संस्था छैन

    कम्युनिष्ट आन्दोलन कानूनी राज्यका लागि भएको हो । कानूनी राज्यका लागि नै लोकतान्त्रिक आन्दोलन भएको हो। कानूनी राज्यकै लागि बिपि कोइरालाहरू जेल बसे। लोकतन्त्रका लागि हामीजस्ता युवाहरूले टाउको फुटायौँ । आज विधिको शासन हुँदैन भने अहिलेसम्मका आन्दोलनको निरर्थक भएनन् र? यदि नेपाली कांग्रेस साच्चिकै प्रणालीलाई अगाडि बढाउन खोज्छ भने उसलाई मेरो अनुरोध छ, अविलम्ब सडक संघर्ष बाहेक अर्को कुनै विकल्प छैन। अहिले हामी कुनै नेतालाई गाली गर्ने र शासकलाई गाली गर्ने होइन । लोकतन्त्रका लागि सडकमा आएर फेरि लोकतन्त्रको सजिलो अक्सिजन प्राप्त गर्नका लागि हामी सडकमा छौँ ।

    ढुक्क हुनुस् संसद पुर्नस्र्थापना हुन्छ। जनताले पुनस्थापना गर्छन्, हामी गर्छौँ। संसारमा सडकभन्दा शक्तिशाली कुनैपनि शासक वा संस्था छैन। यो सडकले संविधान सभाको व्यवस्था ग-यो र संविधान निर्माण गर्‍यो । सडकले चुनेर पठाएको जनप्रतिनिधिले नै संविधान निर्माण गरेको होइन? अनि सडक हुँदाहुँदै कसैले चुनौती दिन्छ भने त्यो चुनौती चकनाचुर हुन्छ । एक सेकेण्ड पनि लाग्दैन । तपाईँ हेर्दै गर्नुहोला।

    सर्वोच्च र निर्वाचन आयोग किन ढिलाई गर्दैछन्?

    हामीले बहुदलीय व्यवस्था किन ल्याएको ? देशमा विधिको शासनका लागि नै हो । यो देशमा जनताले अफ्नो प्रतिनिधित्व चुन्ने व्यवस्था छ। आज जनतालाई कमरेड केपी ओली स्वीकार्य छैन । कमरेड केपी ओलीले प्रधानमन्त्री पद छोडेपछि के बिग्रिन्थ्यो ? प्रधानमन्त्री पदमा के छ र? अहिले केपी ओलीको वरिपरी जसरी केही व्यक्तिहरू महमा झिंगा भन्किएझैं जसरी भन्किरहेका छन्, उनीहरू मान्छे हुन सकेनन्। खासमा मान्छे त मान्छे हुनुपर्ने हो। मान्छे त एउटा विवेक भएको प्राणी हो। महमा झिंगा मात्रै जान्छ । अहिले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरिएको छ। यसमा सोच्नुपर्ने कुरा के छ र ? यदि कोही मान्छे छ भने मलाई लाग्छ यो धेरै सोच्नुपर्ने विषय होइन।

    राजनीतिक बुझ्ने र राजनीतिज्ञहरूले धेरै सोच्नुपर्दैन। किनभने यो त असंवैधानिक कदम हो। यो सिंगो देश र जनतामाथिको अविश्वास र अपमान हो। यदि हुँदाहुँदै पनि म सोच्दैछु, म सडकमा आउँदैछु। ओलीले अहिले विधिको शासन र कानूनीको राज्यलाई चुनौति दिएका छन्। र, जसले चुनौति दिन्छ, उ सिद्धिन्छ। त्यो बाहेक अरु कुनै विकल्प छैन। आज म प्रश्न गर्न चाहन्छु कि यो निर्वाचन आयोग नेकपाको वैधताको बारे निर्णय गर्न र संसद बिघटनबारे फैसला गर्न किन सर्वोच्च अदालत ढिला गर्दैछन् ?

    भिडियो –

    (प्रदेश नम्बर २ की प्रदेश सभा सांसद यादवसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मञ्जु यादव

      मञ्जु यादव

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.