Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समान सिद्धान्त भएका पार्टी फुट्दा ‘भाई फुटे गवाँर लुटे’झैँ हुन्छ

nepal_readers nepal_readers
बैशाख ४, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कवि तथा गीतकार मञ्जुल विगत ७–८ वर्षदेखि अस्वथ्य थिए। अहिले स्वस्थ्य हुँदै छन्, विस्तारै पुरानै लयमा फर्कँदै छन्। विद्रोह र न्यायसँगै मानवीय संवेदनाका अनेक पक्षमा कलम चलाउन माहिर मञ्जुलसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानी :

    तपाईँले समाज बुझ्न थाल्दाखेरिको समय कस्तो थियो? त्यतिबेलाको समाजको अवस्थाको बारेमा बताइदिनुहोस् न !

    म वि.सं. २००३ सालमा भोजपुरमा जन्मिएको हो। मलाई २००७ सालको क्रान्ति अलिअलि मात्रै याद छ। ९/१० सालतिर कक्षामा ६ मा पढ्दादेखि मैले गीत/कविताहरू लेख्न थालेको हुँ। त्यतिबेला भोजपुरको टक्सारमा नाटकहरू हुन्थे। भोजपुरका बजारतिर चाहिँ आधुनिक किसिमका नाटकहरू मञ्चन गरिन्थे भने टक्सारतिर धार्मिक विषयवस्तुका नाटक देखाइन्थे। ती नाटकका गीत र संगीतबाट हामी प्रभावित भयौँ।

    लेख्ने कुरामा मलाई मेरो परिवारको साथ थियो। समाजमा दलितमाथिको भेदभाव उतिखेर भयावह थियो। तर मेरो घरमा चाहिँ अरुतिर जस्तो कडाई थिएन। मैले मेरो कथित सानो जातको साथीलाई घरमा ल्याएँ भने आमाले राम्रो व्यवहार गर्नुहुन्थ्यो। आमाले हामी दुवैलाई सँगै राखेर खाना खान दिनुहुन्थ्यो। खाना खाइसकेपछि त्यो साथीले खाएको थाल आमा आफैं माझ्नुहुन्थ्यो।

    हाम्रो घरमा त्यतिखेरदेखि नै तल्लो जातको मानिसहरूसँग पनि एउटा प्रेम थियो। आमामा सबै जाति मिल्नुपर्छ र माया गर्नुपर्छ भन्ने बुझाई थियो। आमाले गरेको त्यस्तो व्यवहारबाट सबै मान्छे समान हुन् भन्ने बोध भयो तर विद्रोही हुनकै लागि चाहिँ हुर्किनै पर्‍यो।
    सामाजमा देखिएको विभेदविरुद्ध लेख्न थालेपछि मलाई मेरा शिक्षकहरूले पनि सहयोग गर्नुभयो। सुखद संयोग नै भन्नुपर्ला, शिक्षकहरूले मलाई मेरो हात समाएर हिँडाउनुहुन्थ्यो र धेरै कुरा सिकाउनुहुन्थ्यो। गणित र विज्ञान पढाउने सरले नै हामीलाई कविता लेखेर सुनाउने गर्नुहुन्थ्यो।

    मेरो दाईलाई चाहिँ मैले कविता लेखेको मन पर्दैन थियो। पछि सरले भन्नुभयो ‘यो केटो लेख्नकै लागि जन्मिएको हो, यसलाई रोक्नुहुँदैन, बरु म निशुल्क म यसलाई ट्युसन पढाइदिन्छु।’

    तपाईँ २० को दशकमा एक खालको जागरणको आन्दोलनमा स्वतस्फूर्त लाग्नुभयो। खासगरी पूर्वी पहाडका गाउँ र बजारहरूमा गएर गीत गाएर हिँड्नुभयो। त्यतिखेर तपाईं गाउँ–गाउँमा गएर के सन्देश दिन चाहनुहुन्थ्यो?

    त्यतिखेर मान्छेहरू बन्धनमा थिए। त्यसलाई बन्धनमुक्त बनाउनु हाम्रो काम हुन्थ्यो र हाम्रा गीतहरूले मानिसहरूलाई बन्धनमुक्त हुन प्रेरित गर्थे। उनीहरूले त्यतिखेर धेरै दुःख पाइरहेका थिए। अहिलेभन्दा बढी दुःख थियो त्यस समय। हाम्रा गीतका माध्यमबाट उनीहरू आफ्ना दुःखलाई पखाल्न खोज्थे। आफूलाई मुक्त गर्ने प्रयास गर्थे। त्यसकारण पनि हामी उनीहरूलाई गीत सुनाउँथ्यौँ।

    हामीलाई माया गर्ने हाम्रा अग्रजहरूको प्रेरणाले नै त्यसरी स्वतस्फूर्त ढंगले गाउँ–गाउँ गएर हामीले गायौँ। त्यससँगै गाउँका मानिसहरूको मायाले पनि हामीलाई धेरै प्रेरणा दियो। उनीहरूले हाम्रा गीतलाई यसरी मन पराए कि हामीलाई ती गीत अझै धेरै भन्दा धेरै मान्छेहरूलाई सुनाउन मन लाग्थ्यो।

    तपाईँलाई त्यसरी प्रेरणा दिने दर्शन वा व्यक्ति के र को थियो? समाजमा देखेको अन्याय वा शोषणले हो वा अरु कुनै तत्वले तपाईँहरूलाई जुरुक्क उचालेर गाउँ पठायो?

    खास प्रेरणाको स्रोत भनेको हाम्रा गीतहरू सुन्ने जनता/स्रोताहरू नै थिए। हामी जहाँ गएर गीत सुनाउँथ्यौँ, त्यहाँ हाम्रा स्रोताले गरेको व्यवहार देखेर हामी भावुक हुन्थ्यौँ। अरु गीत गाउन प्रेरित हुन्थ्यौँ। सुरुमा त लामो कपाल पालेका र विदेशी बाजा (गितार)बजाउने हाम्रो टोली देखेपछि उनीहरू हामीलाई विदेशी भन्ठान्थे। तर जब हामी गीत गाउँथ्यौ, हामी उनीहरूका मनका कुराहरू गाउँथ्यौँ। उनीहरू हाम्रा गीतमा आफ्नै कथा र व्यथाहरू पाउँथे र हामी छिट्टै नै उनीहरूको प्रिय हुन्थ्यौँ। एकठाउँमा प्रिय भएपछि अन्यत्र पनि त्यस्तै स्नेह आर्जन गर्ने लोभ हामीलाई हुन्थ्यो। सम्भवत : तिनै कुराहरूले हामीलाई जनताका गीत गाउन प्रेरित गर्यो।

    तपाईँका गीतहरूमा प्रायजसो अन्यायविरुद्ध उठ्नुपर्छ, जातपात भन्ने कुराले हाम्रो मुलुक र समाजलाई बर्बाद पारेको छ, मान्छेको जात एउटै हो भन्ने सन्देश हुन्थ्यो। अनेक नाममा हामीलाई कसैले विभाजित गरिरहेको छ, त्यसैले लड्नुपर्छ भन्ने सन्देश हुन्थे। तपाईँमा यस्तो चेतना आउनुका पछाडि के कारण थियो? तपाईँलाई कसैले गाइड गरेको थियो या क्रान्तिकारी किताबहरूको अध्ययनले तपाईंहरूमा त्यस्तो चेतना आयो?

    हामी जातपात विरोधी थियौँ। हामीले सबै मान्छे समान हुन्, जातपात भन्ने कुरा मान्छेले बनाएको कृत्रिमा कुरा हो भनेर गाउँ शहरहरूमा गति र आफ्ना सम्बोधनहरूमार्फत सन्देश दियौँ। ‘मानिस छुत, अछुत हुन्छ म भन्दै भन्दिनँ, जाति र पाति छुट्याउने रितलाई म मान्दै मान्दिनँ,’ यो हाम्रो एकदमै चलेको गीत हो। जो अलि हुनेखाने थिए, तिनीहरू ठूलो जातका भए, जो अलि दुःखी र दरिद्र थिए, उनीहरूलाई सानो जातको बनाइयो। उनीहरूलाई बढी काम गर्न लगाइयो, दास बनाइयो। तर मान्छेहरू त जन्मैले समान हुन्। त्यही कुराको सन्देश हामीले गीतमार्फत दियौँ।

    हामीलाई हाम्रा अग्रजहरूले यस्तो चेतना दिएका थिए। हामीले उहाँहरूकै सिको ग-यौँ। उहाँहरूले जसरी जनताकाबीचमा गएर सबै मान्छे समान हुन् भन्ने सन्देश दिनुभयो, हामीले त्यसै गरेका हौँ। महाकवी लक्ष्मीप्रसाद देवकोटाले त्यो समयमा समेत मान्छेको जात हुँदैन भनेर लेख्नुभयो। त्यसको पनि प्रेरणा थियो हामीमा।

    समाजमा देखेको विभेदले पनि हामीलाई यस्तो सन्देश दिनका लागि प्रेरित ग-यो। म स्वयं पण्डितको घरमा जन्मिएँ। वास्तवमा मलाई जुन कुराको सुविधा थियो, त्यस्तै सुविधा मेरा साथीहरू जो कथित तल्लो जातका थिए, उनीहरूलाई थिएन भन्ने कुरा मैले बुझेको थिएँ। जसले मानवीयता बुझेको हुन्छ, जातपातको कृत्रिम विभेदका कुरा बुझ्छ।

    जब म मेरो त्यस्तो साथीको पक्षमा वा उसका अधिकारका बारेमा केही रचना गर्थेँ, त्यतिबेला मेरा साथीले खुशी व्यक्त गर्थे। मलाई त्यस्ता घटनाहरूले पनि प्रेरणा दिए। खान नपाएको मानिसले खान पाउनुपर्छ भन्दा, लाउन नपाएको मान्छेले लाउन पाउनुपर्छ भन्दा, घरबार नभएको मान्छेले बस्न पाउनुपर्छ भन्दा, बिरामी भएको मान्छले औषधि उपचार पाउनुपर्छ र पढ्न नपाएको मान्छेले पढ्न पाउनुपर्छ भन्दा उनीहरू कति खुशी हुन्छन्। हो, तिनै खुशीहरूले हामीलाई जनवादी र जनताका अधिकारका गीत गाइरहन प्रेरित गरे।

    हामी हाम्रा गीतमार्फत सबैले खान, बस्न, लाउन, पढ्न, रोजगारी गर्न र औषधी उपचार पाउनुपर्छ भन्ने आवाज उठाउँथ्यौँ। त्यसकारण हामी मानिसहरूबीच प्रिय हुन्थ्यौँ। किनकी त्यो कुरा उनीहरूलाई आवश्यक थियो। हामीले उनीहरूबाटै सिकेका थियौँ।
    यस्ता कुराहरू प्रायः कम्युनिष्ट र क्रान्तिकारीहरूले नै गर्छन्। तपाईँले पनि न्याय, समता र समान वितरणको कुरा गर्नुभयो।

    कम्युनिष्ट भएकै कारण न्याय र समताका गीत गाउनुभएको हो?

    हो, म कम्युनिष्ट हुँ। त्यसैले कम्युनिष्ट आन्दोलनमा हिँडेँ। तर हामीले लेखेका कविता र गाएका गीतहरू कम्युनिष्टहरूले मात्रै मन पराउँदैन थिए। उनीहरू कम्युनिष्ट थिएनन्, तर देश र जनतालाई माया गर्थे, उनीहरूलाई पनि हाम्रा गीतहरू मन पर्थे। उनीहरूले जनतालाई माया गरे भन्दैमा उनीहरू कम्युनिष्ट हुनैपर्छ भन्ने चाहिँ छैन।

    हाम्रो रचना मन पराउने अरु पार्टीका मान्छेहरू पनि थिए र अहिले पनि छन्। अहिले पनि ती मान्छेहरू गर्व र प्रेमका साथ हाम्रो बारेमा कुरा गर्छन्। उनीहरू हाम्रो हिजोको त्यो गिती अभियानलाई आदर गर्छन्। त्यसकारण हाम्रा गीतहरू कम्युनिष्टले मात्रै मन पराउँथे भन्ने लाग्दैन। हामी आम मानिसमा जान्थ्यौँ र आम मानिसले हामीलाई मन पराउँथे।

    २०/२५ सालमा तपाईंहरू पूर्वका गाउँबजार डुल्नुभयो, त्यतिबेला पञ्चायती शासन व्यवस्था थियो। राजनीतिक दलमाथि प्रतिबन्ध लागेको समयमा समेत कम्युनिष्ट भएर गीत गाउँदै हिँड्नुभयो। किन?

    कम्युनिष्ट साथीहरूले राम्रो काम गरिरहेका थिए। हामीले उनीहरूसँग मिलेर थप राम्रो काम गर्न पायौँ। जनताका लागि राम्रो काम गर्नका लागि नै हामी कम्युनिष्ट भएका हौँ। कम्युनिष्ट नभइकन पनि राम्रै काम गरिरहेको थिएँ भने शायद म कम्युनिष्ट बन्ने थिइनँ। कम्युनिष्ट साथीहरुसँग मिलेर काम गर्दा हामीले चाहेजस्तो कामहरू बढी गर्न पायौँ।

    समताको कुरामा अरु भन्दा कम्युनिष्टहरू बढी प्रष्ट भएको भएर तपाईं कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको हो?

    हो। तर महिला, दलित र पिछडिएका जाति तथा समुदायको हितका विषयमा कम्युनिष्टले मात्रै बोल्छन् भन्ने छैन। अरु पार्टीले पनि बोल्छन्। जब सबैप्रति प्रेम हुन्छ, कसैमाथि विभेद गरिँदैन। प्रेम र दयाको भावना हुनेले सबैमाथि समान व्यवहार गर्छन्। त्यस्तै, अरु मान्छेले जब हामीलाई प्रेम गर्छन्, त्यसरी हामी पनि उनीहरूलाई माया गर्छौ। जस्तै, म झलकमान गन्धर्वको गीत गाउँथेँ। झलकमान गन्धर्व त कम्युनिष्ट थिएनन्। तर उहाँले हामीलाई गीत गाउन सिकाउनुभयो। उहाँ कम्युनिष्ट नभएपनि हामीलाई मन पराउनुभयो। हामीले पनि उहाँलाई माया गर्यौँ। किनभने उहाँका गीतहरूमा पिँधमा परेका मान्छेहरूका भावना हुन्थे।

    तपाईँले झलकमान गन्धर्वको गीत ‘आमैले सोध्लिन् नि खै छोरो भन्लिन्’का शब्द बदलेर अर्कै गीत रच्नुभयो, त्यस्तै तालमा गाउनुभयो। झलकमान गन्धर्व र तपाईंले गाएको एउटै गीतको फरकपनालाई हेर्दा आम मान्छेले गाउने गीत र प्रगतीशिल चेतना बोकेको मान्छेले गाउने गीत फरक हुन्छ भन्ने छुट्टिन्छ। जस्तैः झलकमानको गीतमा देवरको मृत्यु भएको खबर सुन्दा भाउजुलाई ‘खसी काट भन्दिए’ भनिएको छ, त्यसमा तपाईँले सम्पादन गरेर ‘धेरै नरुनु भन्दिए’ भन्नुभएको छ नि !

    त्यतिमात्रै होइन, हामीले झलकमान दाइको सोही गीतको जवाफी गीत पनि लेखेका छौँ। हामी गाउँघरमा घुम्दा लाहुरेहरूका बाबाआमाले के भन्नुहुन्थ्यो, तिनका बहिनी, श्रीमती, भाइ, छोराछोरीले के भन्थे भन्ने कुरामा समेत गीत बनाएका छौँ। हाम्रो समाजमा श्रीमतीले चाहिँ गरगहना र धनसम्पत्तीको माग मात्रै गरिरहन्छिन् भन्ने आम बुझाई छ। तर हामीले ‘हातमा बाला मलाई चाहिँदैन’ भनेर श्रीमतीका तर्फबाट भनिएको गीत बनायौँ।

    यस्ता गीत बनाउन पनि हामीलाई झलकमानले नै सिकाउनुभयो। तर मलाई पनि कहिलेकाहीँ लाग्छ प्रगतिशील तथा बामपन्थीहरू समाजका कतिपय पंक्तिभन्दा अगाडि नै हुन्छन्। तर सबैका आ–आफ्नै सौन्दर्य हुन्छन्।संघर्ष, परिवर्तनजस्ता विषयमा कम्युनिष्टहरू अगाडि नै हुन्छन्। उनीहरूको साहित्य पनि त्यस्तै हुन्छ। त्यसो हुँदाहुँदै पनि ठूलो मनका कम्युनिष्ट र सानो मनका कम्युनिष्टमा भने फरक हुन्छ जस्तो लाग्छ।

    कहिलेसम्म गीति अभियान लिएर हिँड्नुभयो?

    हामी २३ सालको अन्त्यमा र २९ सालसम्म हामी राल्फा समूहका रूपमा सक्रिय नै थियौँ। त्यसपछि राल्फाहरू दुई खेमामा बाँढिए। तिनैमध्ये कोही निस्क्रिय पनि भए। जो सक्रिय भए, ती सबै बामपन्थी पार्टीहरूमा लागे।

    भनेपछि राल्फा पनि एउटा वाम अभियान नै थियो?

    राल्फा एउटा स्वतस्फूर्त गीति अभियान र आन्दोलन थियो। सिद्धान्तमा राल्फालीहरू परिपक्व थिएनन्। तर जनतासामु जाँदा जनताका प्रश्नहरूको उत्तर दिनुपथ्र्यो। त्यसै क्रममा उनीहरूले सैद्धान्तिक रूपमा अध्ययन थाले। पछि बामपन्थी राजनीति लागेका राल्फालीहरूले नै देशभरी सांस्कृतिक आन्दोलनहरू चलाएका थिए।

    तिनै राल्फालीहरूले कम्युनिष्ट पार्टीका दुवै खेमालाई यसरी उचाले कि देश नै उचालिदियो। सामान्य कम्युनिष्ट मात्रै भएर उनीहरू गएको भए त्यस्तो हुँदैन थियो। उनीहरूसँग त्यस्तो केही कुरा थियो, जसले गर्दा कम्युनिष्ट आन्दोलनलाई नै माथि उठाउन समेत सहयोग गर्यो।

    २०१५ सालको पहिलो आमचुनाव र २०१७ को महेन्द्रको कुलाई सम्झनुहुन्छ?

    म विं सं.२०१५ सालको चुनावलाई अलिअलि सम्झन्छु। एउटा पुस्तक पढेको जस्तोगरी मात्रै याद आउँछ त्यस समयको। जब प्रजातन्त्र मासियो र पञ्चायत लादियो, त्यतिबेला भने मैले निकै तितो अनुभव गरेँ। पञ्चायतमा लेख्ने र बोल्ने स्वतन्त्रता थिएन। पञ्चायत सुरु भएपछि वाक स्वतन्त्रता हट्ने भयो भन्ने पिर लाग्यो। किनभने हामीलाई बोल्नु र जनतालाई बोल्न सक्ने बनाउने हुटहुटी थियो।

    २०३६ सालमा जनमत संग्रह भयो। त्यतिबेला तपाईँहरूको भूमिका कस्तो थियो?

    हामी २०२३ देखि २०२९ सम्म राल्फाली थियौँ। त्यसपछि हामी बामपन्थी आन्दोलनमै मिसियौँ। तर आज पर्यन्त हामीलाई सबैले राल्फाली नै भनेर चिन्छन्। त्यतिखेर राल्फाको प्रभाव यस्तो थियो कि पार्टीमा गएपछि पनि त्यसको छाप मेटिएन। अहिले पनि राल्फाको कुरा निस्कियो भने मानिसले प्रेमले पढ्ने गर्छन्। मेरो एउटा नोरेम भन्ने साथी छ। उसको खास नाम चाहिँ डा. हरी श्रेष्ठ हो। उसले भर्खरै एउटा किताब निकालेको छ, ‘सम्झनाको गोधुलीतिर।’ उसको त्यो किताब पाठकले रुचाएर पढे। त्यस किताबको पहिलो संस्करण यस्तो मज्जाले गयो कि चालै पाइएन। त्यतिबेलाको समयमा राल्फा बुझेका मान्छेले आज पनि कुनै पुस्तकहरूमा राल्फाको कुरा आए हुन्थ्यो भन्ने चाहना राख्छन्।

    विं सं.२०४६ सालको जनआन्दोलन, १० वर्षे जनयुद्धलगायतका विभिन्न आन्दोलन भए। यी सबै घटनाक्रमहरूका बारे तपाईँको मत के छ?

    म आन्दोलनकारी नै हुँ । विद्रोही नै हुँ तर म स्वयं हिंसात्मक गतिविधिमा लागिनँ। मलाई कहिल्यै पनि हिंसा प्रिय भएन। अर्को कुरा, म शाकाहारी परिवारबाट हुँ। मासु नखानु र हिंसा नगर्नु पनि मेरो जीवनको एउटा सिद्धान्त हो। माओवादी जनआन्दोलसहित अरु आन्दोलनमा भएका हिंसात्मक गतिविधिले मलाई धेरै दुखाउँथ्यो। सैद्धान्तिक रुपमा त्यो आन्दोलन ठिक थियो तर निर्दोस मानिसहरूको हत्या भएको खबर सुनेर मलाई कहिल्यै खुशी लागेन। म कम्युनिष्ट हुँ तर शान्तिपूर्ण आन्दोलन नै रुचाउँछु।
    तर राज्यसत्ता त डरलाग्दो र क्रुर हुन्छ। उ त सडकदेखि घरसम्मै बन्दुक बोकेर आउँछ। उसले शक्तिको दुरुपयोग गर्छ। त्यस्तो राज्यसँग लड्दा कहिलेकाहीँ हिंसा पनि जायज हुन्छजस्तो लाग्दैन?

    हिंसापूर्ण सत्तासँग लड्दा आनन्दचाहिँ आउँथ्यो। तर मलाई आनन्द आउँथ्यो भन्दैमा हिंसा जायज हो भन्न सक्दिनँ। हिंसात्मक सत्तासँग जुझ्दा र गीत गाउँदागाउँदै काँडाघारीहरूमा भाग्दाको आनन्द बेग्लै हुन्थ्यो। राज्यसत्ताको दमनविरुद्ध हाम्रो आन्दोलन र अभियान थियो। त्यसविरुद्ध हामी पनि लड्यौँ। कसैले हामीलाई कुटेको छ भने हामी कुटिरहन दिन त सक्दैनौँ। हामी अवरोध पु¥याउने कोशिस त गर्छौँ तर बढी हिंसात्मक हुनु चाहिँ ठिक होइन भन्ने मेरो मत हो।
    भनेपछि माओवादी-जनयुद्धसँग तपाईँको असहमति थियो?

    माओवादी आन्दोलनमा मेरो असहमति होइन। माओवादी आन्दोलनमार्फत देश परिवर्तन गर्छौँ भन्ने दृढताका साथ जो लागे, ती मान्छेहरू ठिक हुन्। तिनीहरूलाई गाली गरियो भने अन्याय हुन्छ। उनीहरूमा एउटा आस्था थियो, त्यसमा चोट पुर्‍याउनु हुँदैन। तर बन्दुक बोक्ने, कुटपिट गर्ने र हिंसा गर्ने काम भने ठिक होइन भन्ने मेरो भावना हो।

    पछिल्लो समय बामपन्थी पार्टीलाई ५ वर्षका लागि सरकार बनाउन जनमत प्राप्त भएको थियो। तर देश फेरि अस्थिरतामा फसेको छ। अहिलेको राजनीतिक घटनाक्रमलाई कसरी बुझ्नुभएको छ?

    सिद्धान्त मिल्ने दलहरूबीच पनि विग्रह, द्धन्द्ध र फाटो हुँदैन भन्न मिल्दैन, हुन्छ। तर वैचारिक वा सैद्धान्तिक रूपमा भएका द्धन्द्धलाई हल गरेर सँगै अघि बढ्न सक्नुपर्छ। ‘भाई फुटे गवाँर लुटे’ भनजस्तै एउटै सिद्धान्त भएका पार्टीहरू टुक्रँदा फाइदा अर्को पक्षले लिन्छ। पार्टी फुट्नु कुनैपनि हालतमा राम्रो होइन, उहाँहरूले छातीमा हात राखेर र जनतालाई ऐना सम्झेर टुटफूटका बारे मनन गर्नुपर्छ।

    जनतालाई सम्झेर मैले के गरेँ वा गरिनँ, मैले गरेको कामले जनतालाई कस्तो असर पर्‍यो भनेर पनि विचार गर्नुपर्छ। सँगसँगै हिँडेका, एउटै विचार र उद्धेश्य भएका दलहरू टुक्रिँदा त्यसको असर ती दललाई मात्रै होइन, जनतालाई पर्छ। केही अप्ठ्यारा परिस्थितिहरू आउलान् तर सँगसँगै हिँडेपछिमात्रै आफ्नो गन्तव्यमा पुगिन्छ।

    तपाईं गीत र कविताहरू किन लेख्नुहुन्छ?

    म एकजना साथीलाई सम्झिन्छु : केदारभक्त माथेमा। उहाँ नेपाली कांग्रेस समर्थक हुनुहुन्थ्यो। अहिले उहाँ स्वतन्त्र हुन मन पराउनुहुन्छ। उहाँ बेलायतमा हुँदा मेरा गीतहरू सुन्नुहुँदो रहेछ। उहाँले भन्नुभयो, ‘तपाईँ मेरो प्रिय मान्छे हो, तपाईँँका लागि म जे गर्नुपर्छ गर्न तयार हुन्छु। कुनै दिन तपाईंलाई मेरो आवश्यकता परेछ भने सम्झनुस्।’

    नभन्दै मलाई मेरो जिन्दगीमा उहाँको आवश्यकता पनि पर्‍यो। मैले उहाँलाई सम्झिएँ। र, उहाँले मलाई सहयोग गर्नुपनि भयो। उहाँ कम्युनिष्ट होइन तर पनि मलाई सहयोग गर्नुभयो। उहाँले मलाई माया देखाउनु भयो। उहाँले मद्धत नगरेको भए आज म यस्तो मञ्जुल हुन्थिनँ होला। त्यस्ता साथी, अग्रज र समकालिनहरू अरु पनि हुनुहुन्छ। र, बामपन्थी खेमामा त छन् नै, अन्यत्र पनि उत्तिकै छन्। मैले जस्तो लेखिरहेको छु, त्यस्तो लेखेकै कारण माया पाउँछु भने मैले किन नलेख्नु? यसरी माया पाउँदा त म झनै उत्साहित र समर्पित भएर लेख्ने गर्छु। माया पाउनकै लागि लेख्छु कि म !

    तपाईँका जीवनवादी गीतहरूको सट्टा बजारमा नक्कल झक्कल र कोरा मायाप्रेमका गीत चलेका छन्, किन होला?

    मेलै लेखेको एउटा गीत थियोः ‘मेरो सानो मुरलीमा मेरो देश नअट्ला तर मेरो मुटुभित्र’, यो गीत नारायण गोपालले गाउनका लागि माग्नुभएको थियो। तर मैले दिइनँ। आज आएर लाग्छ, यदि मैले त्यो गीत उहाँलाई गाउन दिएको भए कति राम्रो हुन्थ्यो। झनै धेरै जनतामाझ पुग्थ्यो त्यो गीत।

    हाम्रा केही गीतहरू गोपाल योञ्जनले पनि माग्नुभएको थियो। उतिखेर हामीले दिएनौँ, दिएको भए कति राम्रो हुन्थ्यो होला। कहिलेकाहीँ अवसरहरू आउँछन् तर तिनलाई नचिन्दा पछि पछुतो हुनेगर्छ। हामीले रेडियो नेपालमा मिलेसम्म गीतहरू गाउनुपर्ने रहेछ। तर रोडियो नेपालसँग हाम्रो झगडा भयो। झगडाका कारण त्यहाँ हामी जान नै बन्द गर्यौँ। हामीले पनि आफूलाई समय अनुसार ढाल्न नसकेका कारण हाम्रा गीतहरू छायाँमा परे कि जस्तो लाग्छ। मूलधारका गायकहरूले मागेका बेला हामीले गीत दिएको भए त्यसको चर्चा बेग्लै हुन्थ्यो। आजसम्म पनि ती गीतहरू सुनिन्थे र गाइन्थेजस्तो लाग्छ।

    कतिपय मूलधारका गायकले पनि न्याय र समताका गीतहरू गाएका छन्। तर जति न्यायका गीतहरू संसारले सुन्नुपर्ने हो, त्यति किन सुनिँदैन?

    हामीले जतिबेला कार्यक्रम गरेर हिँड्यौँ, उतिखेर मानिसहरूले हाम्रा गीत ध्यान दिएर सुनेका हुन्। उनीहरूले गर्न सक्ने माया गरेका हुन् र हामी त्यतिबेला लोकप्रिय पनि भएका हौँ। हामी जहाँ थियौँ, त्यहाँ हामीले माया पायौँ। मूलधारमा आउनुपर्ने कुरामा चाहिँ व्यवस्थित योजना चाहिने रहेछ। हाम्रो त्यसमा ध्यान पुगेन। अहिले जति चर्चा हुनुपर्ने हो वा जति सुनिनु पर्ने हो, त्यति नसुनिएपनि हाम्रा गीतहरूले छुट्टै किसिमको छाप भने छोडेको छ नेपाली संगीतमा।

    तपाईँ नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ?

    सबैभन्दा ठूलो कुरा, हामीले इतिहास पढ्नुपर्छ। हाम्रो देशको राजनीतिक, सामाजिक, साहित्यिक र साँस्कृतिक इतिहास पढ्नुपर्छ। समाजका बहुसंख्यक मान्छेसँग घुलमिल भएर उनीहरूको अनुभव र विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ भन्छु। समाज नबुझेसम्म हामीले धनी र गरीबको भेद, समाजमा धनी र गरीब हुनुका कारण, अन्याय, अत्याचार र विभेदको स्रोत पहिल्याउन सक्दैनौँ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.