Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘मेक्सिको अमेरिकाको उपनिवेश होइन’

सन् १९३५ मा कार्देनसले आफ्नो नोटमा लेखेका थिएः ती दुःखको समाप्त गर्नु, जसबाट मानिस पीडित छन्, यो नै सबै हितहरू भन्दा सर्वोत्तम कार्य हो।

बेन नोर्टन बेन नोर्टन
चैत्र २४, २०७९
- राजनीति, विमर्शका लागि, विश्व, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडरले १८ मार्चमा राजधानी मेक्सिको सिटीमा भएको एउटा विशाल र्‍यालीमा सहभागी भए। तेल भण्डारको राष्ट्रियकरण र विदेशी निगमहरूलाई निष्कासन गरिएको दिनको सम्झनामा यो र्याली आयोजना गरिएको थियो।

    प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रपति लोपेज ओब्राडरले मेक्सिकोमाथि सैन्य आक्रमणको प्रस्ताव राख्ने अमेरिकी नेताहरूको निन्दा गरे। उनले भने “हामी ती पाखण्डी र गैरजिम्मेवार राजनीतिज्ञहरूलाई सम्झाउन चाहन्छौं कि मेक्सिको एउटा स्वतन्त्र र मुक्त देश हो, यो अमेरिकाको उपनिवेश वा संरक्षित राज्य होइन।” उनले भने, “उनीहरूले कुनै प्रकारको दुर्व्यवहारको धम्की दिन सक्छन्, तर हामी कहिले पनि हाम्रो स्वायत्तता खल्बलाउन र देशको मर्यादालाई कुल्चिन दिने छैनौं।”

    उनले जोडे, “म यो प्रष्ट पार्न चाहन्छु कि यो जुनारो गार्सिया लुनाको समय होइन, र, मेक्सिको र अमेरिकी सरकारका एजेन्सीहरूबीचको शंकास्पद सम्बन्धको समय अब बाँकी रहेको छैन।” मेक्सिकन नेता ओब्राडरले मञ्चबाट अमेरिकी नेतालाई लक्षित गर्दै भने, “कोअपरेसन? येस। सवमिशन? नो, इन्टरभेन्सनिजम? नो।” (सहकार्य स्वीकार्य छ, समर्पण स्वीकार्य छैन, हस्तक्षेपवाद स्वीकार्य छैन।)

    सन् १९३८ मा पूर्व राष्ट्रपति लाजारो कार्देनसबाट गरिएको तेल राष्ट्रियकरणको ८५ औं वर्षको उपलक्ष्यमा सरकारले आधिकारिक रुपमै आयोजना गरेको कार्यक्रम हो यो। लोपेज ओब्राडरले आफ्नो १ घन्टे लामो भाषणको करिब आधा समय कार्देनिस क्रान्तिको इतिहास र यसले आजका लागि दिएको पाठमा खर्चिएका थिए।

    लोपेज ओब्राडरले विदेशी निगमहरूलाई चुनौति दिएको र राष्ट्रिय स्वायत्तत्ताको रक्षा गरेकोमा कार्डेनसको प्रशंसा गरे। साथै गरीबहरूलाई जग्गाको पुनर्वितरण, श्रमिक अधिकारको संरक्षण, संगठनहरूलाई प्रोत्साहन र सन् १९१० को क्रान्ति अघि पोर्फिरियो डियाजको तानाशाही शासनकालमा मोक्सिकोमाथि वर्चश्व जमाएका ‘रुढीवादी कुलिनतन्त्र’ विरुद्ध मजदुर तथा किसानहरूसँग गठबन्धन गरेकोमा कार्देनसको प्रशंसामा समय खर्चिए।

    लोपेज ओब्राडरको यो भाषण उनको वामपन्थी राष्ट्रवादी विचारको सबैभन्दा आक्रोशपूर्ण उदाहरण मध्ये एक हो। उनले कार्देनसको सरकार र आफ्नो सरकारबीचको स्पष्ट समानता रहेको चित्रित गरे। उनले कार्देनसले गरेको तेल राष्ट्रिकरणसँग आफूले गरेको लिथियम भण्डारको राष्ट्रियकरणको तुलना गर्दै आफूहरूबीच समानता रहेको दाबी गरे।

    के भनेका थिए अमेरिकी दक्षिणपन्थी नेताले?
    रिपब्लिकन पार्टीका उग्र दक्षिणपन्थी अमेरिकी राजनीतिज्ञहरूले कथित ड्रग कार्टेलविरुद्ध लड्ने नाममा मेक्सिकोमाथि आक्रमण गर्न सेनालाई आह्वान गर्न थालेपछि मेक्सिकोका राष्ट्रपतिको यस्तो अभिव्यक्ति आएको हो।

    अति दक्षिणपन्थी कंग्रेस सदस्य मर्जोरी टेलर ग्रिनीले मार्च १५ मा ट्विट गर्दै मेक्सिन कार्टेलहरूले अमेरिकी भूमिमा बम राखेको दाबी गरिन्। जबकि अमेरिकी सीमा प्याट्रोलले उनले पोस्ट गरेको फोटोमा बम नदेखिएको, बरु बालुवाले भरिएको ‘डक्ट टेप्ट बल’ हुनसक्ने बताएको छ, जसबाट कुनै खतरा नभएको बताइएको छ। ग्रिनी डोनाल्ड ट्रम्पको वफादार पात्र तथा नवफासीवादी क्वानन कल्टकी समर्थक हुन्। उनी ‘समाजवाद’ शब्दमाथि प्रहार गर्दै वामविरुद्ध हिंसा भड्काउने कार्यालयमा काम गर्ने गर्थिन्।

    यसरी मेक्सिकोमाथि आक्रामक रुपमा उत्रिनेमा ग्रिनी मात्रै छैनन्। रिपब्लिकन कंग्रेस सदस्य डन क्रेन्सले मेक्सिकोमा कार्टेलमाथि आक्रमण गर्नका लागि अमेरिकी सेनालाई अधिकार दिने प्रस्ताव गर्दै केही विधेयकहरू पेश गरे।

    क्रेन्सले जनवरीमा प्रस्ताव गरेको कानुनमा मेक्सिकोमाथि सैन्य आक्रमणलाई न्यायोचित ठहर्‍याउने उद्देश्यले सेप्टेम्बर ११ को आक्रमणपछि २००१ मा सैन्य बल प्रयोगका लागि दिइएको प्राधिकारलाई उदृत गरिएको छ। एउटा ओप एड मा क्रोन्सले मेक्सिकोको कार्टेलको तुलना आईएसआईएस, अलकायदा, ओसामा बिन लादेन र सद्दाम हुसेनसँग गरेका छन्। रिपब्लिकन सांसदले मेक्सिकोमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकासँग पनि आह्वान गरे, जबकि मेक्सिको अमेरिकाको तीन शीर्ष व्यापारिक साझेदार मध्येको एक हो।

    यता ग्रिनीले लेखेकि छिन्, “मेक्सिकन कार्टेलसँगको युद्ध घोषणा गर्नका लागि केन्सको यो कानुनको समर्थक, सह आयोजक हुनुमा गर्व गर्छु। दक्षिणी सीमामा लागु औषध र मानव तस्करलाई हटाउनका लागि सैन्य शक्ति प्रयोगलाई प्राधिकार दिन आवश्यक छ।”

    ट्रम्पका अर्का समर्थक तथा अमेरिकी सिनेटर लिन्डसी ग्राहम पनि अमेरिकी सेनाद्वारा मेक्सिकोमाथिको आक्रमण चाहन्छन्। “यी कार्टेलविरुद्ध अमेरिकाको रोष र तागतलाई उजागर गर्न जाँदैछौं” ग्राहमले मार्च ८ को प्रेस सम्मेलनमा उद्घोष गरेका थिए। ग्राहमले मेक्सिकन ड्रग कार्टेललाई ‘मातेको आतंकवादी’को संज्ञा दिँदै यिनलाई आईएसआईएस र अलकायदासँग तुलना गरे।

    ट्रम्पका पूर्व सीआईए निर्देशक तथा पूर्व विदेशमन्त्री माइक पोम्पिओले ड्रग कार्टेलमाथि युद्धको घोषणा गर्ने समय आएको भन्दै एक लेख प्रकाशन गरेका थिए। “विदेशमन्त्री हुँदा मैले कार्टेलविरुद्ध हमला गर्नका लागि ड्रोन प्रयोग गर्ने सुझाव दिएको थिएँ” उनले भनेका छन्। स्पष्ट रुपमा नवउपनिवेशिक बयानबाजीका साथ पोम्पिओले मेक्सिकोसँग ‘पूर्ण रुपमा स्वायत्तताको कमी’ रहेको दाबी गरे। (आफ्नो संस्मरणमा, पोम्पिओले ट्रम्प प्रशासनले मुनरो डक्ट्रिन उल्लघंनका लागि रुस, चीन, इरान, क्युवा र कार्टेललाई रातो कार्पेट विछ्याएको भन्दै भेनेजुएलाको सरकार हटाउने प्रयास गरेको कुरा उजागर गरेका छन्।’

    मेक्सिको उपनिवेश होइन
    र्‍यालीलाई सम्बोधन गर्ने क्रममा लोपेज ओब्राडरले भने, “आफैं सिसाको घरमा बसेर पाखण्डी ढंगले अरुलाई ढुङ्गा फ्याक्न अभ्यस्त रहेका केही अमेरिकी विधायकहरूसँग एउटा प्रचारात्मक योजना छ। प्रचलित भाषामा भन्नुपर्दा उनीहरू षड्यन्त्र गरिरहेका छन्। र, यहाँका राजनीतिक कार्यकर्ताहरू यदि हामीले उत्तरी सीमामा फेन्टानाइल ( अफिमजन्य संश्लेषित लागुऔषध) लाई रोकेनौं भने अमेरिकी सांसदहरूले कंग्रेसमा सेनाबाट हाम्रो क्षेत्र कब्जा गर्ने प्रस्ताव गर्छन् भनेर चुनावी प्रचार गरिरहेका छन्।

    राष्ट्रपति लोपेजले ‘तेल जफत जिन्दावाद !’ ‘राष्ट्रिय तेल उद्योगका मजदुर तथा प्राविधिक जिन्दावाद! जनरल लाजारो कार्डेन जिन्दावाद!’ ‘मेक्सिको जिन्दावाद !’ को नारा दिँदै आफ्नो भाषणको अन्त्य गरे।

    कार्देनसको क्रान्तिकारी विरासत
    राष्ट्रपति लोपेजले आफ्नो सम्बोधनको अधिक समय वामपन्थी तथा पूर्व राष्ट्रपति लाजारो कार्देनसको प्रशंसामा बिताए। पूर्व राष्ट्रपति कार्देनसलाई सम्झिँदै उनले भनेः

    “कार्देनसले आफ्नो परिवर्तनलाई साकार पार्नका लागि तल पारिएका मानिसमाथि भरोसा गर्न संकोच गरेनन्। उनका रणनीतिहरूलाई तीन महत्वपूर्ण अविच्छिन्न कार्यमा उल्लेख गर्न सकिन्छ। पहिलो, उनले किसानलाई जमिन दिए र मजदुरलाई सहयोग गरे। दोस्रो, उनले उनीहरूलाई संगठित गरे। र अन्तिममा, त्यस सामाजिक आधारमा उनी तेल भण्डार तथा अन्य राष्ट्रिय संशाधनहरू जफत गर्न सफल भए। जसलाई पोर्फिरिओ डियाजले विदेशी मानिसहरूलाई दिएका थिए। कार्देनिस्टा रणनीतिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको किसान तथा मजदुरहरूको आर्थिक तथा सामाजिक माग पूरा गर्नु हो।

    किसानहरूले कार्देनसमा क्रान्तिको एउटा भरपर्दो प्रतिनिधित्व देखेका थिए, यसमा कुनै शंका थिएन। कृषि सुधारले धेरै मानिसहरू कार्देनिस सरकारप्रति वफादार थिए भन्ने कुरा प्रष्ट पार्छ। त्यही समयदेखि किसान र राज्यबीच गठबन्धन बनेको थियो। यसका अलावा, कार्डेनसको समयमा कानुनको सख्त पालनाले आफ्नो अधिकार सुनिश्चित भएको मजदुरहरूले महशुस गरेका थिए। कार्देनस मजदुरले राम्रो तलव र राम्रो कामको अवस्थाका लागि गरेको संघर्षको सम्मान गर्थे।

    संगठन र आम मानिसको राजनीतिक गतिले हाम्रो देशको आर्थिक निर्भरताको लक्ष्यलाई अगाडि बढायो। यसरी, तेल निगमको जफतका साथै राष्ट्रिय वस्तुहरू तथा संशाधनहरू राष्ट्रलाई फिर्ता दिइयो।

    मेक्सिकोमा जनरल कार्देनसले जस्तै आम मानिस नजिक भएर काम गर्ने राष्ट्रपति अहिलेसम्म जन्मिएका छैनन्, न उनी जस्तै न्यायका लागि समर्पित राष्ट्रिपति बन्न सके। सत्तामा रहेकै बेला सन् १९३५ मा उनले आफ्नो नोटमा लेखेका थिएः ती दुःखको समाप्त गर्नु, जसबाट मानिस पीडित छन्, यो नै सबै हितहरू भन्दा सर्वोत्तम कार्य हो।

    सम्बोधनको क्रममा लोपेजले जनरल कार्देनसको भनाइलाई उदृत गरे,

    “बेलायत तथा अमेरिका जस्ता सरकारले आयल कम्पनीहरूको रक्षा गर्ने नाममा उत्पन्न गराउन सक्ने परिस्थितिहरूलाई हामीले विचार गरेका थियौं, जसले मेक्सिकन सरकारलाई हिंसक कदमका लागि दबाब दिएको थियो। यसअघि देखि नै नाजी फासीवादी साम्राज्यवादको बढ्दो भड्कावसँगै नयाँ विश्वयुद्धको खतरा रहेको कुरामा पनि हामीले ध्यान दियौं। र, यो सहित अरु कारणले मेक्सिको तेल जफतको मामलामा आक्रमण हुनबाट बच्न सक्थ्यो भन्ने कुरा पनि हामीलाई थाहा थियो। यिनै परिस्थितिहरूको फाइदा लिँदै मार्च १८, १९३८ मा तेल जफत गर्ने काम भयो।”

    लोपेज ओब्राडरले भने, “त्यसपछि कार्देनसले रेडियो मार्फत स्वायत्तताको रक्षाका लागि आफ्नो क्षेत्रमा तेल सम्पदाको राष्ट्रियकरण गरिएको कुरा सबै राष्ट्रहरूलाई जानकारी दिए।” सरकारले व्यक्तिहरूबाट, खासगरी विदेशी व्यक्तिहरूबाट तेल जफत गरेको घटना सम्झिँदै राष्ट्रपति ओब्राडरले भने, “त्यसपछि अमेरिकी करोडपतिहरूले सैन्य हस्तक्षेपका लागि अनुरोध गरेका थिए।” उनले व्यंग्यात्मक शैलीमा भने, “त्यो समय ती करोडपतिले गरेको गुनासो र अहिलेका राजनीतिज्ञको इच्छा उस्तै देखिन्छ।”

    “तर, नाजी जर्मनीको खतरा र दोस्रो विश्व युद्धको संकेतले अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्दैन थियो” लोपेजले तर्क गरे। त्यस समयका अमेरिकी नेता फ्रयांक्लिन डी रुजवेल्ट थिए, जसलाई लोपेज अमेरिकाको इतिहासमा सबैभन्दा राम्रा राष्ट्रपतिको रुपमा लिन्छन्। उनले भने “तर, कर्पोरेसनहरू भने रुजवेल्ट जस्तो सचेत र जिम्मेवार थिएनन्।”

    “विदेशी कर्पोरेसनहरूले सोचे कि मेक्सिकनहरू विदेशीहरूलाई धनी बनाउन जन्मिएका हुन्” लोपेज ओब्राडर अगाडि भन्छन्, “र, उनीहरूलाई लाग्छ, भगवानले शोषकहरूको भकारी भर्नका लागि मेक्सिकोको भूमि मुनि महत्वपूर्ण संशाधनहरू राखिदिएका हुन्।” राष्ट्रपति लोपेजले कार्देनसको सरकारलाई आफ्नो देशमा विदेशी कम्पनीहरूद्वारा प्रचारित र वित्त पोषित बाहिस्कार, दबाब र तोडफोडको सामना गर्नका लागि बाध्य बनाइएको थियो।

    राष्ट्रपति लोपेज ओब्राडरका अनुसार तेल जफतले अल्पसंख्यकहरूमा गहिरो असुविधा पैदा गरिदिएको थियो। त्यस समयका धनीहरू, मध्यम वर्ग र अधिकांश मिडिया सरकारको यस कदमबाट असन्तुष्ट थिए।

    उनले भने, “जब लोकतान्त्रिक परिवर्तन हुन खोज्छ, तब दक्षिणपन्थीहरू पुनर्गठित हुन्छन्। उनीहरूका लागि यो स्पष्ट रुपमा असह्य हुन्छ, यहाँसम्म कि जब जनता र राज्यको नियन्त्रणको पक्षमा सामाजिक मागहरू अघि बढ्न थाल्छन्, तब अवस्था हिंसक समेत हुन सक्छ। यो एकदमै चाखलाग्दो र इतिहासमा पाठ सावित भएको तथ्य हो।”

    लोपेज ओब्राडरले मेक्सिकन क्रान्तिका नेता फ्रान्सिस्को मडेरोको उदाहरण पनि प्रस्तुत गरे। उनी सन् १९११ देखि १९१३ सम्म राष्ट्रपति रहे। पछि अमेरिका र दक्षिणपन्थीले गरेको कु बाट उनको सरकार गिराइयो र उनको हत्या गरियो। राष्ट्रपति मडेरोको सरकार गिराइएको घटनालाई उल्लेख गर्दै राष्ट्रपति लोपेजले भने, “हाम्रो लोकतन्त्रका प्रेरक मडेरो, जसले अमेरिकी राजदुतको हस्तक्षेपमाथि विश्वास गरे। तर देशभित्रकै दक्षिणपन्थी समूहले उनको सरकारलाई गिराइदियो। यो समूहले सरकार गिराउनुअघि नै राष्ट्रपति मडेरोलाई एउटा पागल र अध्यात्मवादी भन्दै उनको उपहास गर्नुका साथै उनीमाथि घृणा र कलंकको अभियान चलाइसकेको थियो।”

    मेक्सिकोका दक्षिणपन्थी कुलिनहरूले आफ्नो देशको राष्ट्रिय हितमा विदेशी निगमहरू हत्याउने काममा धोका दिएको उल्लेख गर्दै उनले यसका लागि दक्षिणपन्थी पार्टी पीएएन जिम्मेवार रहेको बताए। यो पार्टीले सन् २००० देखि २०१२ सम्म देशमा शासन गर्‍यो। ओब्राडरले सन् १९३९ मा कार्देनसको तेल जफतविरुद्ध धनाढ्य कुलिन बलको प्रतिनिधिका रुपमा यो पार्टीको स्थापना गरेको बताए।

    मेक्सिकन राष्ट्रपतिले आफ्नो कुराको सार भने, “यस संक्षिप्त इतिहासमा धेरै ठूला पाठहरू छन्। सबैभन्दा प्रमुख कुरा, मात्र जनताले र मात्र बहुसंख्याको समर्थनमा न्यायको सुनिश्चितताका लागि र आफ्ना विशेषाधिकार गुमाउन नचाहने ती प्रतिक्रियावादीहरूको सामना गर्नका लागि एउटा लोकप्रिय परिवर्तन ल्याउन सकिन्छ।”

    के गरिरहेको छ मेक्सिकन सरकार?
    मार्च १८ को यो भाषणमा लोपेजले आफ्नो सरकारले गरेको अभूतपूर्व सामाजिक खर्चको केही विवरण उल्लेख गरेः

    “सरकारका सबै बचतहरू सामाजिक कार्यक्रमहरूका लागि प्रयोग गरिएका छन्, जस्तैः वृद्धहरूलाई पेन्सन, विकलांगहरू, एकल महिला, किसान तथा फिसरमेनहरूलाई सहयोग, साथै गरीब विद्यार्थीलाई छात्रवृत्ति, सबैका लागि इन्टरनेटको सुविधा, घर निर्माण कार्यक्रमहरू, अनुकूल ऋण, साना उत्पादकहरूका लागि मूल्य निर्धारण र मलको व्यवस्था, वेलनेस बैंक, सार्वजनिक शिक्षा र स्वास्थ्यलाई सार्वभौमिक र निशुल्क बनाउने अभियान आदि।

    हामीसँग तेल स्वायत्तत्ता रहेकोमा हामी ढुक्क छौं। अर्को वर्ष हामी ग्यासोलाईन, डिजेल वा अन्य तेल उत्पादन विदेशबाट खरिद गर्ने छैनौं। हामी आफ्नै कच्चा पदार्थहरू प्रशोधन गर्न गइरहेका छौं। भर्खरै लिथियम राष्ट्रियकरण भयो। खनिजहरू विद्युतीय कार तथा स्टोरेज सिस्टमका लागि व्याट्री बनाउन प्रयोग भएका छन्। मलाई यो सम्झदा गर्व लाग्छ।”

    उनले गर्व गर्दै भने, “हामी मुक्त व्यापार सम्झौताबाट एउटा व्यापक अध्यायलाई हटाउन सक्षम थियौं। यसले हाम्रो तेलसँग सम्झौता गर्नुपर्‍यो। यसमा भनिएको छ, ‘मेक्सिकोले आफ्नो संविधान संशोधन गर्ने र आफ्नो कानुन बनाउने स्वायत्त अधिकार संरक्षण गरेको छ र मेक्सिकोसँग आफ्नो क्षेत्रको सबै हाइड्रोकार्वनको प्रत्यक्ष, अपरिहार्य, अप्रतिलेखनीय स्वामित्व छ।’

    राष्ट्रपति लोपेज अगाडि भन्छन्, हामी हाम्रो सामूहिक विवेकका साथ अघि बढिरहेका छौ। हामी फोहोरी युद्ध, कलंकित अभियानहरू र ती म्यानिपुलेसनका प्रयासहरूका विरुद्ध गइरहेका छौं, तिनले यो निरन्तर गर्नेछन्, किनकि उनीहरूसँग अरु विकल्प छैन। हाम्रा विरोधीहरू र तिनका मिडिया दोकानहरू भ्रष्ट रुढीवादी ब्लकका सदस्यहरूको हातमा बिकिसकेका छन्, ती किनिएका छन्। र, ठीक त्यसै समय हामीमा जनताको बुद्धिमत्ता र वफादारीमाथि विश्वास हुनुपर्छ। कुनैपनि हालतमा कुलिनतन्त्र फर्किनेवाला छैन, म यसमा दृढ छु। हाम्रो प्रिय मेक्सिकोमा एउटा आधिकारिक र सच्चा लोकतन्त्र कायम रहिरहनेछ।”

    (लेखक बेन नोर्टन खोज पत्रकार तथा विश्लेषक हुन्। उनी जियोपोलिटिकल इकोनोमीका संस्थापक सम्पादक समेत हुन्। जियोपोलिटिकल इकोनोमीबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      बेन नोर्टन

      बेन नोर्टन

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.