Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

टुटफुटको परिणाम भोग्नु नै थियो

मानिसहरूले एकैचोटी कसैलाई भगवान र कसैलाई दानव बनाइदिन्छन्। हामी आफैं पात्र सिर्जना गर्ने, भगवान बनाउने र त्यसैलाई दानवीकरण गर्ने प्रवृत्ति छ, त्यो नगरौं।

मिलन पाण्डे मिलन पाण्डे
पुस ८, २०७९
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    असफलता पनि मानिसको जीवनको एउटा अंग हो। ठूल्ठूला नेताहरू समेत निर्वाचनमा हारेका उदाहरणहरू प्रशस्त छन्। वि. सं २०१५ सालमा कृष्णप्रसाद भट्टराई हार्नुभयो। २०७० सालमा उज्वल थापा दाइको जमानत जफत भएको हो। हामीले असफलताबाट भाग्नुपर्ने वा अब सबै सकियो भन्नुपर्ने कुनै आवश्यकता छैन।

    पराजयका बावजूद मैले मेरो जीवनमा सबैभन्दा धेरै सिकेको नै यही निर्वाचनको दौरान हो। अघिल्लो पटक पुराना दलपछिको ठूलो दलका रुपमा हामी थियौँ। त्यसबेला हाम्रो मात्र वाहवाही थियो। यसपटक भोट कम आएको छ, तर विचारका हिसाबले हामी सफल छौँ। ठूलो पार्टीका नेताले पार्टी छोडेर स्वतन्त्र उठ्दै गर्दा र वैकल्पिक राजनीति गर्छु भन्दै नयाँ पार्टीहरू आइरहँदा यो वैकल्पिक राजनीतिको आधार बनाउन योगदान गर्ने मध्येमा म पनि एक हुँ भन्दा मलाई धेरै गर्व महशुस हुन्छ।

    म मा पनि केही कमजोरी थिए, यो निर्वाचनमा त्यसलाई पहिचान गर्ने मौका पाएँ। लामो दूरीमा हिँडेको मान्छे दुईचार पटक त लड्नै पर्छ। जितेको जित्यै गर्यो भने भोलि आफ्नै जीवनलाई फर्केर हेर्दा त्यति मजा नआउला।

    नयाँहरूको उभारमा हाम्रो योगदान
    पहिलोपटक टेलिफोन बनाउनेले भद्दा खालको टेलिफोन बनाएको थियो। अहिले स्मार्ट फोन आयो भन्दैमा सुरुको टेलिफोनलाई नराम्रो भन्दैनौँ। २०७० सालताका वैकल्पिक राजनीति गर्नेहरूका लागि माहोल नै थिएन। कांग्रेस, एमाले र माओवादीको पनि विकल्प हुन्छ र भन्ने प्रश्न थियो। स्वतन्त्र भनेका बागी हुन्थे। त्यो अवस्थामा उज्वल थापाहरूले फरकपन चाहिन्छ भन्नु चुनौतिपूर्ण थियो। आज त्यसको मूल्यांकन होला वा नहोला। तर यो मुभमेन्ट सफल भयो भन्नेमा हामी खुशी छौँ। यो १० वर्ष हामीले जे जस्तो संघर्ष गर्यौँ, यसले हामीलाई थप परिपक्व बनाएको छ। यो अवधिमा हामी लडेका छौँ।

    २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि बिपी कोइराला पञ्चायतमै लागेका भए उनी ‘बिपी’ बन्दैन थिए। जो पञ्चायतमा लागे, उनीहरू महान् बनेनन्। तर जो पञ्चायतविरुद्ध लागे, जो लोकतन्त्रको पक्षमा उभिए, इतिहासमा उसैको कदर गरिन्छ। त्यसैले विचार र संघर्षलाई आत्मसात् गर्नुपर्छ। हामीले यो दश वर्ष संघर्ष गर्यौं र अझै संघर्ष गर्दैछौं। यही संघर्ष नै पहिचान हुन्छ।

    वैकल्पिक राजनीतिको आधार बनाउने काम हामीले मात्र गरेको भन्दिनँ। हामी भन्दा अगाडि देवेन्द्रराज पाण्डेहरूले २०५०/५१ सालमा प्रयत्न गर्नुभएको थियो। तर पछिल्लो कालखण्डमा उज्वल थापा दाईको नेतृत्वमा हामी सबैले यो प्रयत्न गरेका हौं। त्यसैले यसमा सबैको योगदान छ। सबैलाई वैकल्पिक र सुसंस्कृत राजनीति चाहिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा २१ वर्ष उमेरको उम्मेद्वार उठाउँदा हामीलाई गालीको फोन आएका थिए। तर अहिले यही महानगरमा बालेनले आफ्नो भोट शून्यबाट गणना गर्नुपरेन। रञ्जु, किशोर थापा लगायतको भोट गनेर ४२ हजार भन्दा माथि कसरी ल्याउने भनेर सोच्नुपर्यो। त्यसको एप्रिसिएट होला वा नहोला। यो अवस्था ल्याउन म र मेरा साथीहरूको भूमिका रह्यो।

    प्रश्न उठ्न दिँदैनौं
    वैकल्पिक राजनीतिका लागि अब झनै ठूलो मैदान तयार भएको छ। यसमा एउटै मात्र शक्ति अटाउँछ भन्ने पनि छैन। अरु प्रतिस्पर्धी शक्तिहरू पनि हुन सक्छन्। म मेरा साथीहरूलाई भन्ने गर्छु कि हाम्रो दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई सक्दो सहयोग गर्नु हो। हामी लगायत उहाँहरूले जनतामा जगाएको आशा मर्यो भने फेरि त्यसलाई पुनर्जागित गर्न मुस्किल पर्छ। विवेकशील साझाले थोरै आशा गिराएको थियो, त्यसलाई उहाँहरूले जोगाउनुभयो। अब फेरि उहाँहरूले पनि त्यो आशा टुटाउनुभयो भने मान्छेलाई वैकल्पिक राजनीतिप्रति प्रश्न उठ्छ।

    अबको वैकल्पिक राजनीतिलाई अघि बढाउनका लागि मेरो पहिलो काम हुनेछ, रास्वपालाई सहयोग गर्नु। यदि म साच्चिकै वैकल्पिक र सुसंस्कृत राजनीतिप्रति प्रतिबद्ध छु भने मैले रास्वपालाई सक्दो सहयोग गर्नुपर्छ। दोस्रो, हामीले फेरि पुनः संगठित हुने, आफूलाई पुनः परिभाषित गर्ने, आफ्ना भिजन तथा विगतका १० वर्षका सिकाईहरूलाई डकुमेन्टेसन गर्ने, टिममा सर्कुलेट गर्ने अथवा अरु नयाँ आउने साथीलाई सेयरिङ् गर्ने काम गर्नुपर्छ।

    म कहिलेकाहीँ रास्वपाका साथीहरूलाई भेट्दा ठट्टा गर्दै भन्ने गर्छु, ‘पार्टी कसरी बन्छ भनेर म गफ लाउन्नँ, तर पार्टी कसरी बिगार्ने भन्ने कुरामा मेरो अनुभव छ।’ अर्थात् के गर्यो भने पार्टी बिग्रिन्छ र त्यसबाट कसरी जोगिने भन्ने अनुभव मसँग छ। विवेकशील अभियानलाई नयाँ तरिकाले कसरी समाजमा स्थापित गर्ने र नयाँ के दिने भन्ने कुरामा हामी चिन्तन गरिरहेका छौं।

    व्यक्ति चिनियो, चिन्ह चिनिएन
    निर्वाचन अघि म कुन पार्टी र चिन्हबाट उठ्छु भन्ने नै थाहा थिएन। तराजुबाट निस्काशित थिएँ, स्वतन्त्र उठ्न मनैबाट चाहिनँ, केही साथीले ‘पाइला’ दर्ता गर्नुभएको थियो। अरु केही पार्टीबाट अफर पनि आएको थियो। तर म त्यस्तो चुनाव चिन्ह लिएर उठे, जुन मेरो लागि नै होइन जस्तो लाग्थ्यो। सुरुमा म जित्नका लागि उठेको थिइनँ। गाह्रो हुन्छ जस्तो लाग्दैथियो। त्यहीपनि म नागरिकसँग परीक्षण हुन चाहन्थे।

    राजनीतिका लागि चुनाव एउटा पर्व हो, त्यसैले आफूलाई परीक्षण गर्ने यो नै उत्तम मौका हो। चुनावको दुई दिन अघिको माहोल बुझ्दा जित्न सकिन्छ भन्ने आशा पलाएको थियो। तर अन्तिममा गएर केही साथीहरूले ‘यति दिए यति भोट’ भन्ने संकेत गरेपछि पैसा खर्च गर्नेले नै चुनाव जित्छ भन्नेमा लगभग पक्का भयो।

    बुथहरूमा जाँदा कतिले मलाई भोट हालेको कुरा सुनाएँ, तर उहाँहरूमध्ये कसैले पुतली, कसैले घन्टीमा मत हालेको कुरा गरे। यसको अर्थ मिलन पाण्डे चिनेकालाई पनि चुनाव चिन्ह चिनाउन सकिएको रहेनछ। दोस्रो, घन्टीको जस्तो लहर थियो, त्यसको अनुमान नै गर्न सकिएन। त्यस्तै हामीमा यति धेरै टुटफुटको राजनीति थियो, त्यसले मान्छेमा निराशा पैदा गरिदियो। मान्छेले यति धेरै माया गरेका थिए। कहिलेकाहीँ धेरै माया गरेको मान्छेले सानो धोका दियो भने धेरै चित्त दुख्छ। हामीमा भएको टुटफुटको परिणाम मैले भोग्नु नै थियो।

    २०७४ सालमा २ लाख १२ हजार ३६४ मत पाउनु भनेको अहिलेको घन्टीले पाएको १० लाख भन्दा बढी हो। किनभने कांग्रेसमा शेरबहादुर देउवा प्रतिपक्षीबाट संस्थापनमा आउनुभएको थियो, यो पार्टीभित्र एकखालको आशा थियो। २०७२ मा संविधान बनेको थियो, नेकपाको उदय भएको थियो। यसखालको माहोलका बीच हामीले पाएको मत धेरै मूल्यवान थियो।

    अहिले नेकपा चकनाचुर भएको छ, केपी ओलीको राष्ट्रवाद छर्लङ्ग छ, कांग्रेसभित्र डिप्रेसन छ र विवेकशील टुटफुटको संघारबाट गुज्रियो। यी सबैलाई हेर्दा घन्टीले पाएको भोट कम हो भन्न मिल्छ।

    चुनावअघि रास्वपाका केही जिम्मेवार साथीहरूसँग बसेर चुनावमा सँगै जाने कुरा भएको हो। वैचारिक स्पष्टता खोज्दाखोज्दै रविन्द्र मिश्र जीसँग झगडा परेको हो, यद्यपि यसको मूल्यांकन हुन समय लाग्छ। उहाँहरूले पनि हाम्रो जस्तै फेज गुजार्न बाँकी नै छ। त्यसपछि गर्दा राम्रो हुन्छ भन्ने लाग्छ। रास्वपा सुध्रियो भने म साधारण सदस्य भएर प्राइमरी इलेक्सन लड्दा पनि के बिग्रन्छ। केही समय अव्जर्भ गर्नुपर्छ। हतार गर्नुपर्ने आवश्यकता छैन।

    १० वर्ष अगाडि म किन राजनीतिमा छु भन्ने कुरामा म त्यति स्पष्ट थिइनँ। मेरा साथीहरू राजनीतिमा थिए, त्यसैले म थिएँ होला वा केही राम्रा मान्छेले काम गरिरहेका थिएँ, त्यसैको समर्थनमा म थिएँ होला। अहिले चाहिँ किन राजनीतिमा छु भन्नेमा म स्पष्ट छु।

    धर्मको नाममा राजनीति गर्दिनँ
    नयाँ तथा वैकल्पिक शक्तिका रुपमा उदाएका पार्टीहरूलाई सधैं सोधिने प्रश्न हो, ‘तिम्रो सैद्धान्तिक धरातल के हो?’ मलाई लाग्छ, कुनै एउटा पार्टीलाई एउटै विचारधारासँग जोडेर हेर्ने युग अब सकियो। अहिले चुनावबाट उदाएको रास्वपालाई अहिले नै आइडोलोजी के हो भनेर र्याख्र्याख्ती पार्ने काम नगरौं। उहाँहरूले ‘पब्लिक सर्भिस डेलिभरी’ भन्नुभएको छ। यो एजेण्डा राम्रो छ। उहाँहरूले महाधिवेशन गर्नु होला, सुरुमा एक्स्प्लोर गर्ने मौका त दिउँ। कुनै पार्टीले आफूलाई लेफ्ट वा राइट भन्नुपर्छ जस्तो मलाई लाग्दैन। त्यो पार्टीले कुनै विषयमा कस्तो मत राख्छ भन्ने कुरा महत्वपूर्ण हो। जस्तैः नागरिकता विधेयक संसदमा जाँदा त्यो पार्टीको के स्ट्यान्ड हुन्छ? महिला, दलित अथवा अल्पसंख्यकको विषयमा कस्तो लाइन लिने हो? यस्ता विषय महत्वपूर्ण हुन्। नयाँ आएका राजनीतिज्ञले ‘छोटो लुगा लगाएर रेप हुन्छ’ भन्छन् भने ती वैकल्पिक हुन सक्दैनन्।

    त्यसैले कुनैपनि इस्यूमा के धारणा हुन्छ, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा उहाँहरूको बुझाई के हो। प्रत्येक विषयलाई सन्तुलन गर्दै कसरी समाजको हितमा र लोकतन्त्रको पक्षमा लैजान सकिन्छ भन्ने कुरा हेर्नुपर्छ। त्यसको लागि सैद्धान्तिक विचारका बारेमा बहस गर्नुपर्छ जस्तो लाग्दैन।

    हामी यो देशमा प्रत्येक नेपालीको आत्मसम्मानको रक्षा गर्ने राज्य निर्माण गर्न लागिपरेका हौं। म त्यस्तो राजनीति गर्न चाहन्छु, जहाँ प्रत्येक नेपालीले आफ्नो आत्मसम्मानसहित बाँच्न सकुन्। प्रत्येक नेपालीको खल्तिमा खान, लाउन, पढ्न सक्ने र स्वास्थ्योपचार जस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने पैसा होस्। प्रत्येक नेपालीलाई रोजगारी दिन सकुँ। प्रत्येक नेपालीले आफू बसेको ठाउँबाट आधा घन्टाको दूरीमा यातायात, शिक्षा, स्वास्थ्य र रोजगारी पाओस्। हामी प्रत्येक नेपालीको मर्यादाको सम्मान गर्न चाहन्छौं।

    म आफूलाई गतिशील मध्यमार्गी भन्न रुचाउँछु। यति भन्दै गर्दा हामीले इस्यू अनुसार डिल गर्नुपर्छ भन्छु। जस्तैः बुद्धिजम र हिन्दुइजम प्रमोट गरौं भनेर अग्रसर हुन म तयार छु। यसो गर्दा राइटिस्ट जस्तो देखिएला, तर म धर्मको नाममा राजनीति गर्न चाहन्नँ। म यो देशमा हिन्दुको बाहुल्यता छ भन्दैमा यहाँ भएका सबै धर्मावलम्बीहरूको मनोबल गिराउने पक्षमा छैन। म धार्मिक रुपमा स्वतन्त्र हुनुपर्छ भनेर वकालत गर्छु।

    गल्तिबाट सिक्न पाउनुपर्छ
    हामीले सधैं सहभागितामूलक लोकतन्त्र र सामाजिक न्यायको पक्षमा बोल्दै आयौं। अहिले केही विषयलाई लिएर बालेन जी र हर्क जीको अलोचना भइरहेको छ। उहाँहरू कोही एक्टिभिजमबाट आउनुभयो भने कोही संगीतबाट आउनुभएको छ। उहाँहरू अझैपनि सिक्दै हुनुहुन्छ। यति धेरै गल्तिका बावजूद आजपनि शेरबहादुर देउवालाई बोकेर हिँड्ने हो भने बालेन र हर्कहरूले पनि दुईचारवटा गल्ति गरेर सिक्न पाउनुपर्छ। विद्यासुन्दर नचाहिने र बालेन पनि नचाहिने हो भने देश कसले बनाउने ?

    त्यसो गर्दा पनि भएन भने अर्को निर्वाचनले छिनोफानो गर्ने नै छ। कहिलेकाहीँ मान्छेको हुर्काई र बुझाईका कारणले कति कुरामा ध्यान नपुगेको हुन सक्छ। यद्यपि काम गर्ने मान्छे नै विवादमा पर्छ।

    मानिसहरूले एकैचोटी कसैलाई भगवान र कसैलाई दानव बनाइदिन्छन्। म धुर्मुस सुन्तली सम्झिन्छु। यही समाज हो, जहाँ धुर्मुस सुन्तलीलाई प्रधानमन्त्री बनाउने अभियान चल्यो, आज यही समाजले उहाँहरूलाई रुवाइदियो। विषय के थियो त्यो अर्को पाटो भयो। हिजो लालबाबु पण्डितलाई भगवान बनाउने समाजले आज उहाँलाई बाटोमा पछारिदियो। त्यसैले मलाई सबैभन्दा ठूलो डर यसमा छ।

    हामी आफैं पात्र सिर्जना गर्ने, भगवान बनाउने र त्यसैलाई दानवीकरण गर्ने प्रवृत्ति छ, त्यो नगरौं। बालेन र हर्कहरू हाम्रा भविस्य हुन्। उहाँहरूलाई पनि खराब बनाइहाल्ने हो भने कसले गर्छ? बरु प्रश्न गरौं, सुधारौं। शेरबहादुर देउवासँग मेरो पहुँच छैन, तर बालेन र हर्कलाई त म उहाँहरूको गल्ति देखाउन सक्छु। म निश्चिन्त छु कि एउटा राम्रो टिमले भन्ने हो भने उहाँहरू सिक्न तयार हुनुहुन्छ। उहाँहरूले गल्तिलाई सच्याइरहनु भएको छ भने केही गल्ति गर्दैमा दानव नबनाइहालौं।

    नयाँ पुस्ताले रवी, बालेन र हर्क जीलाई सपोर्ट गर्नुपर्छ। उहाँहरू पनि कमजोरी सहितको मान्छे हो। म आफैं भोट माग्न जाँदा मलाई धेरैले भने कि रवी र बालेन जस्तो हुनु। त्यो एउटा आशा हो। आम मानिसमा सबै खत्तम रहिछन् भन्ने पर्यो भने कोसँग आशा राख्ने। त्यसैले मेरो धर्म गल्ति गरेको ठाउँमा सच्याउन लाउने र सफल बनाउने हो।

    फेरि उठ्नु छ
    अहिले भर्खरै निर्वाचन सकिएको छ। त्यसैले १० वर्षदेखि लागेका साथीहरूले केही समय रेस्ट गर्नुपर्छ। कृष्णप्रसाद भटराईले कुनै सन्दर्भमा भन्नुभएको थियो, ‘यो यस्तो देश हो, जहाँ सुते पनि दौडेपनि सबै एकैचोटी पुग्ने हो।’ त्यसैले अबको केही महिना दौडेपनि हुनेवाला केही छैन। यही समयमा हाम्रो दीर्घकालिन भिजन के हो भनेर सोचौं। त्यसपछि हामी जति छौं त्यति कुनै न कुनै रुपमा संगठित हुन्छौं।

    मेरा एकजना भोटरले सामाजिक सञ्जालमा एउटा कमेन्ट लेखेका थिए, ‘मैले तपाईंलाई भोट हालेको हुँ मिलन जी, त्यसैले मेरो सांसद तपाईं हो।’ यसहिसाबले मलाई जतिले मत दिनुभएको छ, उहाँहरूको आशा हुँ म। एउटा प्रक्रियाका कारण म संसद छिर्न पाइनँ, केही हजार मान्छेका लागि आज पनि म सांसद हुँ। त्यसैले मैले उहाँहरूका लागि जे गर्न सक्नु त्यही गर्छु। आफ्नो निर्वाचन क्षेत्रमा गएर आम मानिसको लागि निरन्तर काम गर्छु। सँगसँगै नयाँ कार्यदिशा, नयाँ रणनीति, नयाँ एजेण्डा वा पुरानै एजेण्डालाई नयाँ तरिकाले दमदार रुपमा लिएर फेरि उठ्ने छौं।

    इतिहासमा ‘मिलनहरू थिए रे, आए र अहिले कता हराए’ भन्ने निराशाजनक कथ्य स्थापित गर्नुछैन। संघर्ष गरेर अगाडि बढ्नु छ। अब आउने निर्वाचनका लागि मात्रै होइन, आगामी दशकहरूका लागि रिफ्रेस भएर अगाडि बढ्नु छ।

    (विवेकशील अभियानका नेता मिलन पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मिलन पाण्डे

      मिलन पाण्डे

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.