Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

युद्ध र सैन्यीकरणले यसरी मार्दैछ पृथ्वी

भियतनाम युद्धताक, अमेरिकाले एजेन्ट अरेन्ज नामक २ करोड ग्यालन (करिब ७ करोड ५६ लाख लिटर) केमिकल भियतनामभरी छेप्यो। अमेरिकाले त्यसो गर्नुको उद्देश्य उत्तरी भियतनामी र भियत कङ ट्रुपले ओत लिएको जंगललाई नास गर्नु र त्यहाँको कृषिलाई अस्तव्यस्त पार्नु थियो। अमेरिकाले छरेको उक्त विषादीको असर त्यहाँको वातावरण, कृषि र मानव जीवनमा अहिले पनि जारी छ।

म्याथ्यु मर्सर म्याथ्यु मर्सर
जेष्ठ १५, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संसारभरका सैन्य शक्तिहरूले आज जुन स्तरमा मृत्यु र विनास निम्त्याएका छन्, २० औँ शताब्दिका डरलाग्दा युद्धहरूले गरेका विनासभन्दा पनि त्यो धेरै छ। र, युद्धले गरेको विनास केवल मान्छेहरूको मृत्युमा मात्र सिमित छैन। अति तिव्र गति र परिमाणमा मान्छे मार्न सक्ने आजको सैन्य शक्ति वातावरण विनास गर्ने कुरामा अझै भयावह छ।

    केवल एक सय वर्षअघिमात्रै घोडामा चढेर लडिने युद्ध नै युद्धको प्रमुख आधार थियो। आजका दिनमा घोडाहरू युद्धबाट विस्थापित छन् र त्यसका ठाउँमा अति नै गर्‍हुङ्गा बख्तरबन्द ट्रक र उपकरहणहरू जोडिएका ट्यांकरहरु प्रयोग हुन थालेका छन्।

    ठूलो उद्योग : हतियार र सैन्य उद्योग

    आकाशबाटै जमिनमा रहेका सग्ला शहररूलाई एकै छिनमा नामेट बनाउन सक्ने फाल्कन नामका फाइटर जेटहरू र बि २५ नामका बमवर्षक विमानहरूले हलुका र तलमाथि काठका दुई पखेटा भएका प्रथम विश्वयुद्धका जहाजहरूलाई विस्थापित गरेका छन्। सैन्य उत्पादन आजको दिनमा विश्वको ठूलो उद्योगका रूपमा स्थापित छ। सन् २०२० मा मात्रै विश्वभरको सैन्य खर्च १९ सय ८१ अमेरिकन डलर अर्ब थियो।

    सैन्यसम्बन्धी हातहतियार र उपकरण निर्माणमा ठूलो परिणामको प्राकृतिक इन्धनको उपयोग गर्नुपर्छ। र, त्यस प्रक्रियामा अनगिन्ती प्रकृतिका घातक प्रक्रियारू सामेल हुन्छन्। खानी खन्ने, खानीबाट प्राप्त कच्चा पदार्थ प्रसोधन गर्ने, र आल्मुनियम, स्टिल र निकेलजस्ता सैन्य साधन बनाउने स्रोतको उत्पादन गर्ने क्रममा अति धेरै प्राकृतिक उर्जा खपत हुन्छ। र, यस उपक्रममा ठूलो परिमाणमा कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्यासजस्ता पृथ्वीका लागि हानिकारक ग्यासहरूको उत्पादन हुनजान्छ।

    आलुमुनियम पगाल्नका लागि मात्रै आजका दिनमा पनि आधिजसो त कोइला नै बाल्ने गरिन्छ। र, यसरी पगाल्ने क्रममा निस्कने पर-फ्लुरोकार्बन्स्‌ले कार्बनडाइअक्साइडले भन्दा ६५०० देखि ९२०० गुणा बढी विश्वव्यापी तापमान वृद्धि गराउन भूमिका खेल्छ।

    नदी नै राताम्य

    त्यस्तै, निकेललाई खानीबाट उत्खनन् गर्ने क्रममा त्यसले लाखौँ टन सल्फरडाइअक्साइड उत्सर्जन गर्छ। र, सल्फरडाइअक्साइडले उत्खनन क्षेत्र वरपरको जल, जमिन र हावामा गम्भीर खालका प्रदुषण निम्त्याएको इतिहास छ। जस्तो कि: रसियाको नोरिल्स्क निकेल फ्याक्ट्रीले सन् २०१६ मा डल्डीकान नदीलाई नै गाढा रातो रङमा परिणत गरेको थियो।

    यता, स्टिल उत्पादनले विश्वव्यापी रूपमा ३.३ अर्ब टन कार्बन उत्सर्जन गर्छ। अन्तर्राष्ट्रिय इनर्जी एजेन्सीले फलाम र स्टिल उद्योग सालाखाला ६.७ प्रतिसत कार्बन डाइअक्साइड उत्सर्जनका लागि जिम्मेवार भएको ठहर गरेको छ।

    त्यसपछि आउँछ न्युक्लियर हतियार। अहिले संसारभर भएका न्युक्लियर हतियारहरू लोड भएर संसारभर परिचालन गरिने हो भने एकै दिनमा मानव सभ्यता नै ध्वस्त हुनसक्छ भन्ने कुरा वास्ता नगर्ने हो भने पनि यस्ता डरलाग्दा हतियारहरू बनाउने विषालु उद्योगलाई त हामीले वातावरण विनासको कारक मान्नैपर्छ।

    यस्ता घातक उद्योगहरूका पक्षधरहरूले जेसुकै भनुन्, युरेनियम उत्खखन् गर्दा, त्यसलाई न्युक्लियर भट्टीहरूमा पोलेर उर्जा उत्पादन गर्दा त्यसक्रममा विकिरणयुक्त फोहरहरू निस्कन्छन्। र, विगतमा भएका विनाशकारी दुर्घटनाहरूबाट पनि हामी त्यसले पृथ्वी र मानवजातिलाई पार्ने खतराको अनुमान गर्न सक्छौँ, जस्तो किः अस्ट्रेलियामा भएको सन् २०१३ को युरानियम खानी चुहावटको घट्ना र चेर्नोबिल र फुकुसिमामा भएको डरलाग्दा दुर्घटनाहरू।

    अमेरिकी सेना एक्लै विश्वकै धेरै फसिल फ्युल (प्राकृतिक उर्जा) को उपभोक्ता हो र सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्नेमा पनि यही पहिलो हो। अमेरिकाका पाँच केमिकल कम्पनीहरूले गर्ने कार्बन उत्सर्जन सेनाले गर्ने कार्बन उत्सर्जनको ५ प्रतिसत मात्रै हो। यहीँबाट पनि अनुमान गर्न सकिन्छ अमेरिकी सेनाले गरेको कार्बन उत्सर्जन।

    सैन्य उद्योग र कार्बन उत्सर्जन

    अनेकौँ अध्ययनहरूले देखाएका छन् कि राज्यको बढ्दो सैन्य खर्च र बढ्दो उत्सर्जनबीच गहिरो अन्तरसम्बन्ध छ। संसारभरका सेनाहरू पृथ्वीमा हुने दुई तिहाई क्लोरो-फ्लोरोकार्बन्स उत्सर्जनका लागि जिम्मेवार छन्। र, क्लोरो-फ्लोरोकार्बन्स मिथेनबाट निस्केको त्यस्तो यौगिक हो, त्यसले विश्वव्यापी तापमान बढाउनका साथै ओजोन तहलाई समेत क्षति पुर्‍याउँछ।

    ओजोन तह प्रकृतिको त्यस्तो संयन्त्र हो, जसले खतरनाक अल्ट्राभायलेट(विकिरणयुक्त) प्रकाशलाई पृथ्वीमा छिर्नबाट रोक्छ। र, छालाको क्यान्सरको प्रमुख कारण अल्ट्राभायलेट प्रकाश हो। सन् १९८७ मा क्यानडा भएको मन्ट्रीयल सन्धीले क्लोरो-फ्लोरोकार्बन्स्‌ लगायतका यस्ता घातक केमिकलमा प्रतिबन्ध लगाइएको थियो तर सैन्य क्षेत्रले भने अझै पनि यस्ता घातक केमिकलहरू प्रयोग गरी नै रहेको छ।

    युद्ध नभएको अवस्थामा समेत अर्थात् ‘पिसटाइम अपरेसन’ मात्रै हुँदाको चासो हो यो। (राष्ट्रिय स्वार्थका लागि रणनीतिक लक्ष्य प्राप्त गर्नका लागि देखाइने सैन्य अभ्यासहरूलाई पिसटाइम अपरेसन भनिन्छ। जबकि मार्ने, अपाङ्ग पार्ने र मानव जीवन ध्वस्त पार्नेका अलावा युद्ध वातावरणका लागि पनि उत्तिकै विनासक हुन्छ। युद्धले जमिन भास्ने र भत्काउनेदेखि लिएर हावालाई विशाक्त बनाउने कामसमेत गर्छ।

    एजेन्ट अरेन्ज

    कहिलेकाहिँ युद्धले वातावरण विनासलाई नै आफ्नो योजना पनि बनाउन सक्छ। भियतनाम युद्धताक, अमेरिकाले एजेन्ट अरेन्ज नामक २ करोड ग्यालन (करिब ७ करोड ५६ लाख लिटर) केमिकल भियतनामभरी छेप्यो। अमेरिकाले त्यसो गर्नुको उद्देश्य उत्तरी भियतनामी र भियत कङ ट्रुपले ओत लिएको जंगललाई नास गर्नु र त्यहाँको कृषिलाई अस्तव्यस्त पार्नु थियो। अमेरिकाले छरेको उक्त विषादीको असर त्यहाँको वातावरण, कृषि र मानव जीवनमा अहिले पनि जारी छ।

    जानीबुझीकनै प्रकृति ध्वस्त नपारिएपनि, युद्ध र लडाईँले प्रकृतिमाथि अपूरणीय क्षति गर्छ। १९९० र २००० को दशकमा अमेरिकाले इराकमा गरेको बमबारीका कारण त्यहाँ व्यापक प्रदुषण र वातावरणीय विनास निम्तियो। युरानियम हालेर पड्काइएका गोलाबारुदले सम्भवतः हजारौँ र लाखौँ इराकी जमिनलाई नै दूषित बनायो। र, त्यसकै कारण अत्यधिक बम प्रहार भएका क्षेत्र र आसपासमा जन्मेका बालबालिकाहरूमा जन्मजात अनेकौँ समस्याहरू देखिए।

    र, युद्धले सिर्जिना गरेका प्रारम्भिक विनासका व्यापक र चौतर्फीः प्रभावहरू छन्। सन् १९९१ को खाडी युद्ध र सन् २००३ को इराक आक्रमणमा युद्धका कारण ढल, नाली र अन्य आधारतभुत संचरनाहरू भत्केका कारण पानीमा प्रदुषण निम्तियो। र, सोही कारण इराकी नागरिकहरूमा टाइफाइडका केसहरू दस गुणा बढी देखियो।

    अनेक असर

    यस्तै खालको विध्वंस भयो अफगानिस्तानमा पनि। सन् २००३ मा, जतिखेर त्यो देश दुई वर्ष पहिले नै युद्धमा धकेलिएको थियो (अहिले त त दुई दशक भइसक्यो)। संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम (युनेप)को रिपोर्ट अनुसार त्यस युद्धसँगै लामो समयको खडेरीका कारण त्यहाँ गम्भीर र व्यापक जमिन तथा प्राकृतिक स्रोधसाधनको विनास भएको थियो। जस्तो किः पानीका मुहानहरू गहिरिने, सिमसार क्षेत्रहरू सुक्दै जाने, बन फडानी, व्यापक रूपमा वानस्पतिक आवरणको क्षति, पहिरो र जमिन कटानी र वन्यजन्तुको जनसंख्यामा गिरावट।

    संसारको तापक्रम बढ्दै गर्दा र जलवायु परिवर्तनका विनासकारी प्रभावहरू अझै प्रष्ट रूपमा देखिँदै गर्दा, उल्टै संसारभर सैन्यीकरण तिब्रतर गतिमा बढ्दो छ। विश्वको बढ्दो सैन्य प्रतिस्पर्धाको मुख्य कारक चीन र अमेरिकाबीच बढ्दै गएको टक्कर देखिँदैछ। अस्ट्रेलियामा, आउँदो दशकमा, नयाँ र सुधारिएको सुरक्षा संयन्त्रका लागि भन्दै मोरिसन सरकारले ‘२७० अर्ब डलर खर्च गर्ने बाचा’ले पनि त्यस कुराको थप व्याख्या गर्छ।

    यद्यपि, अरुहरूजस्तै अस्ट्रेलियन सैन्यले पनि तथाकथित ‘सुरक्षा खतरा’मा जलवायु परिवर्तनसँग जोडिएका मुद्धाहरू (जस्तोः साधनस्रोतमाथिको झगडा, बढ्दो आप्रवासि जनसंख्या र सामाजिक अस्थिरता)लाई पनि कारक मानेको छ। यस देशले २०१६ मा जारी गरेको ‘रक्षासम्बन्धी श्वेतपत्र’ले ‘यस क्षेत्रमा निम्तने अस्थिरतमा अस्ट्रेलियन सैन्यले प्रतिक्रिया दिएर भूमिका खेल्ने कुरा’लाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। सो श्वेतपत्रमा लेखिएको छ, ‘जलवायु परिवर्तनको अर्थ हो, हामीलाई अझै धेरै काममा लगाइनेछ।’

    सिर्जनशील दिमागको दुरुपयोग

    यसरी अस्ट्रेलियन सरकारले जलवायु समस्या समाधानमा व्यापक अध्ययन गर्नुको सट्टा जलवायु परिवर्तनकै पक्षमा हुनेगरी यसरी काम गर्दैछ। अहिले कमसेकम ३२ वटा अस्ट्रेलियन विश्वविद्यालयहरू सरकारको ‘डिफेन्स साइन्स पार्टनरसीप प्रोग्राम’मा आवद्ध छन्। र, नयाँ सैन्य हातहतियारको विकाश गर्ने यो कार्यक्रममा अस्ट्रेलियन सुरक्षा दस्तादेखि लकहिड मार्टिन र बिएइ सिस्टमजस्ता अनेकौँ हातहतियार बनाउने कम्पनीहरू सामेल छन्। जलवायु परिवर्तनसँग लड्न र सिर्जनशील समाधानमा प्रयोग हुनसक्ने मानव मष्तिस्कहरूलाई पूँजिवादी प्रणालीले यसरी मृत्युको सामग्री बनाउनका लागि वाध्य पार्दैछ।

    पृथ्वीको सुरक्षाका लागि लड्नु भनेको पूँजीवादी प्रतिस्पर्धा नै अनिवार्य हो भन्ने मान्यताको प्रतिकार गर्नु हो। पूँजिवादले हाम्रा प्रणालीहरूलाई बारम्बार युद्धतर्फ धकेल्छ। राज्यहरूलाई साधन स्रोतहरूको प्रयोग गरेर आफ्नो पोजिसनको प्रतिरक्षा गर्न र हुकुमी भर्‍याङमा अझै बढी रहनका लागि पूँजीवादले निकृष्ट खालका दवाब दिन्छ। सैन्यीकरणतर्फको द्रुत यात्राले लाखौँ करोडौँ मान्छेहरूको जीवनलाई मात्र चुनौती दिँदैन, यसले हाम्रो प्यारो पृथ्वीको भविष्यलाई पनि चुनौती दिन्छ। यसबिरुद्ध हामीले निरन्तर लड्नुपर्छ।

    रेडफ्ल्यागडटएयुडटओआरजीबाट प्रकाश अजातको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      म्याथ्यु मर्सर

      म्याथ्यु मर्सर

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.