Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कुन दर्शनबाट चल्दैछ कम्युनिष्ट पार्टीका अध्यक्षको सरकार?

मुकुन्द न्यौपाने मुकुन्द न्यौपाने
फाल्गुन १९, २०७७
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालमा २०१७ सालपछि कम्युनिष्टका नाँउमा अनेक विकृतिहरू देखापरे । कम्युनिष्ट पार्टीको नेतृत्वको मुख्य जिम्मेवारीमा बसेका केशरजंग रायमाझीले कम्युनिष्ट मूल्य र मान्यतालाई राजाका पाउमा लगेर चढाउने काम गरे । त्यहीँबाट नेपालको कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट दर्शन र सिद्धान्तमा गम्भीर विचलन सुरु भयो। तीसवर्षे पंचायती शासनमा पंच बनेर राजाको शरणमा गएका केशरजंग रायमाझीबिरुद्ध नेता पुष्पलाल श्रेष्ठले भारतको दरभङ्गामा कम्युनिष्ट सम्मेलन गरेर कम्युनिष्ट आन्दोलनको रक्षाको पहल लिए । तर नेतृत्वमा रहेका सामन्ती संस्कृति र निम्न पूँजीवादी चिन्तनको धारबाट हुर्केका कम्युनिष्ट पार्टीका नेताले पदलाई पहिलो स्थान र दर्शन/सिद्धान्त र पद्धति तथा नैतिक मुल्य मान्यतालाई दोस्रो स्थानमा राखेर कुर्सी र पैसाको कालो धन्दातिर लागे।

    २०४७ सालमा जनताले स्वभिमान र स्वतन्त्रताका लागि अर्को आन्दोलन गरे। राजतन्त्र एक कदम पछाडि हट्यो। सबै राजनीतिक पार्टीहरू फुकुवा भए। निरङ्कुश राजतन्त्रको बिरुद्ध उत्रेका मोर्चामा सहभागी राजनीतिक पार्टीहरू आन्दोलनको बाटो छाडेर निर्वाचनमा गए। सत्चालीस सालको परिवर्तन कम्युनिष्ट पार्टीलाई आफ्नो परिवर्तनको एजेन्डा लिएर जनतमा जाने ठूलो अवसर थियोे। तर नेकपा एमालेभित्रको एउटा पंक्ति मदन भण्डारीको देहावसान पछि पैसा र सत्तालिप्साको नसामा डुबुल्की मार्दै गयो। कांग्रेसभित्रका बिकृतिका वाहकहरू र बिगतका बदनाम पंचहरूसँगको निरन्तरको साँठगाँठपछि सांसदहरूको खरिदबिक्री र पार्टीभित्र गैरकम्युनिष्ट चरित्र भित्राउन त्यो समूह सकृय ढंगले लाग्यो। त्यसको परिणाम २०५४ सालमा कम्युनिष्ट पार्टी एमाले विभाजन भयो।

    देउवा : दरवारियाका सजिला पात्र

    २०५६ मा कांग्रेसले पुनः बहुमत ल्यायो। तर दरबारका अनेक गिरोहका नजिक रहेर शेरबहादुरले राजनीतिक दलहरूलाई बिखण्डन गर्न र आफ्नो निम्ति अनुकूल परिस्थिति सृजना गर्न लागि रहेका दरवारियाहरूलाई बाटो सजिलो बनाईदिए। नेकपा एमाले र कांग्रेस दुबै पार्टीभित्र रहेका सत्तालोलुप गुटहरूभित्र दरबारियाहरूले आफ्नो राम्रै पकड जमाई सकेका थिए। तर दलहरूसँग सहकार्य गरेर अगाडि बढिसकेका तथा अन्र्तर्राष्ट्रिय परिस्थितिको समेत हेक्का राख्न सक्ने राजा वीरेन्द्र ४७ साल अगाडिको निरंकुश राजतन्त्र फर्काउने पक्षमा थिएनन् । जसका कारण २०५८ माघमा राजा वीरेन्द्रको सम्पूर्ण वंशनासको दरबार हत्याकाण्डको रचना गरियो ।

    मुलुक पुन : निरंकुश राजतन्त्रको बाटोमा अथवा प्रतीगमनतर्फ धकेलियो। राजनीतिक दलहरूले त्यो प्रतिगमनको राम्ररी विश्लेषण गर्ने र त्यसको बिरुद्ध जनताभित्र जागिरहेको आक्रोश र सडकमा चर्किएको जनताको आन्दोलनलाई अगाडि बढाउन ईच्छा गरेनन्। नेकपा एमालेभित्र केही व्यक्तिहरू साँझमा दरवारको पश्चिम गेटमा पुगेर गुपचुप ज्ञानेन्द्रलाई बिन्तिपत्र चढाएर फर्कन थाले। नेपाली कांग्रेसको एउटा समुह राजा ज्ञानेन्द्रसँग आफुलाई निगाह गरिबक्सियोस् भन्दै ज्ञानेन्द्रको नेपालगंजको भ्रमणमा साँझको भोजमा, सार्वजनिक ठाउँमै खुट्टामा लम्पसार पर्नसम्म पुगे।

    देशभित्र बढ्दै गएको राजा ज्ञानेन्द्रप्रतिको जनआक्रोश र माओवादी युद्धको निरन्तरको फैलावले राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय क्षेत्र दुवै प्रभावित हुँदै गएपछि नेपाली कांग्रेसको गिरिजाप्रसाद कोईरालाले नेतृत्व गरेको पार्टी र नेकपा एमालेबीच राजतन्त्रबिरुद्ध आन्दोलनगर्ने सहमति भयो। २०६२/६३को जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो। २०६६ मा संविधान निर्माणका लागि संविधान सभाको निर्वाचन भयो । माओवादी सबभन्दा ठूलो पार्टी बन्यो। नेकपा एमाले र माओवादी दुई कम्युनिष्ट पार्टी मिल्दामात्रै पनि संविधान बनाउने अवस्था थियो।

    ‘कम्युनिष्टहरूलाई जिम्मा’

    कांग्रेस संविधान निर्माणबाट अलग हुनसक्ने अवस्था थिएन। तर संविधान निर्माणको बाटो छोडेर सरकारको नेतृत्वमा रहेको माओवादीको अहंकार र अकर्मण्यताका कारण मुलुक दुईदुई पटक संविधानसभाको चुनावमा होमिन पुग्यो। देशले जति आर्थिक क्षति ब्यहोर्याे, त्योभन्दा बढी जनताले कष्ट पाए। यति लामो कष्ट र क्षति ब्यहोरेर प्राप्त गरेको उपलब्धि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको अकर्मण्य नेतृत्व र दरबारप्रतिको मोहबाट उत्पन्न विगतको लोकतन्त्रप्रतिको बारबारको खतरा र कष्टकर आन्दोलन भोगेका जनताले कांग्रेसलाई शासनबाट लामो समय बिदागर्ने मनसायले राज्यको कार्यभार कम्युनिष्टहरूलाई जिम्मा लगाए।

    पूर्व एमाले र माओवादीको एकताले दुई तिहाइको नजिक पुगेको कम्युनिष्ट पार्टीको सरकार विश्वको पहिलो जन निर्वाचित सरकार थियोे। सरकार गठन हुँदा र पा र्टी एकीकरण गर्दा त्यहाँ कुनै कम्युनिष्ट पार्टीका विधिपद्धति अबलम्वन गरिएन। कमिटीलाई जा नकारी नगराउने, निर्णय गरेर बाहिर प्रचार गर्ने अनि कमिटी बैठक बोलाएर सुचना गर्ने मार्क्सवादी सिद्धान्त, शैली र पद्धतिको बिरुद्धको खेल पार्टी र सरकार दुवै ठाउँमा देखिँदै गयो। पार्टी बिधानको उल्लङ्घन केन्द्रीय कमिटीका निर्णयहरूको अवज्ञाजस्ता कुराहरू तलदेखी माथिसम्म देखिन थाले ।

    सरकारको नेतृत्वमा रहेका पार्टीका नेताहरूले ‘कम्युनिष्ट पार्टी श्रमजीवी वर्गको पार्टी हो, जनताको हित नै पार्टीको हित हो’ भन्ने कुरालाई पुरै तिलाञ्जली दिइसकेका थिए। सरकारका अर्थमन्त्रीले राष्ट्रिय पूँजीलाई कमजोर बनाउने दलाल पूँजी र नोकरशाही पूँजीलाई मध्यम बर्गको पूँजी कब्जा गर्ने उद्धेश्यले कानुनहरू निर्माण गर्न थाले। कृषि क्षेत्रमा गाई पालन, मत्स्यपालन, मौरीपालन आदि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने कानुन अगाडि ल्याए। कांग्रेसले अमेरिकी प्रोजेक्ट एमसीसीलाई एउटा प्रोजेक्टको रुपमा सरकारले सम्झौता गरेको निर्णयलाई अर्थमन्त्री हुनासाथ एमसीसीसँग गुप्त पत्राचार गरेर कुनै दुई देशको सन्धिजस्तै गरेर सरकारभन्दा माथि पार्ने गरी कानुनमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री केपी ओलीसँगमात्र गुपचुप सल्लाह गरेर अरु मन्त्रीलाई जानकारीसम्म नगराई संसदमा पेस गरेर संसदको बिषय बनाए।

    युवराज खतिवडा कसरी केन्द्रीय सदस्य ?

    यो कस्तो कम्युनिष्ट पार्टीको सरकार थियोे? कसको हितमा काम गरिरहेका थिए युवराज खतिवडा? एकपटक पनि जीवनमा कहिल्यै कम्युनिष्ट पार्टीको सदस्य नलिएका ब्यक्ति कसरी नेकपाको केन्द्रीय कमिटीको सदस्य भए? त्यसबेलाको सचिवालयको वर्षमा साठी ओटा बैठक बस्थ्यो तर बिधान बिपरितका प्रधामन्त्री ओलीका कम्युनिष्ट पार्टीलाई बिसर्जन गरेर धर्ममा आधारित कुनै नामको नयाँ पार्टी बनाने चाललाई त्यसले बुझ्न सकेन। जेठको अन्तिम देखि नै रामको जन्मभूमि खोज्न सुरु गरेका ओलीले भारतमा मोदीले रामको नामबाट ठूलो मतले जितेको भन्ने लागेपछि नै ठोरी रामको जन्म भुमि हो भनेर प्रचार सुरु गरेका थिए। एउटा मार्क्सवादी पार्टीको अध्यक्ष, जनता र राष्ट्रको नाउँमा सपथ खाएको प्रधानमन्त्री द्धन्दात्मक भौतिकवाद र विज्ञानको झण्डा मुनि कसम खाएको कम्युनिष्ट कसरी आज अध्यात्मवादको बाटोमा पुगेर दन्त्यकथाको रामलाई ठोरी र माणीमा देखाउँदै मन्दिर र मुर्ति बनाउन तर्फ लागे?

    बाँदरको मिथ

    बाँदरले कुन साधन प्रयोग गरेर समुन्द्रमा पुल हाल्यो ? बादरसँग समुद्रमा पुल हाल्ने क्षमता हुन्छ कि हुँदैन? यस्तो ज्ञानबुद्धि प्रधानमन्त्री ओलीको दिमागमा भरिदिने सल्लाहकारहरूबाट कस्तो मुलुक निर्माण गर्ने सल्लाह पाँंउलान् ओलीले? यो विषयमा ओलीलाई मात्र नेकपाभित्र द्वन्दात्मक भौतिकवादी दर्शनको ठाउँमा आध्यात्मिक रुढीबादी चिन्तनको जग बसाउने एक्लो जिम्मेवार ब्यक्तिको रुपमा चित्रण गर्न सकिँदैन। आफुलाई जनताको बीचमा मार्क्सवाद–लेनिनवादका दिग्गज वैज्ञानिक समाजवादी बाटोमा हिँडेका, नेताको रूपमा डम्फू बजाएर भाषणमा ताली खाँदै हिँडेका कुर्सी मन्त्रीहरू तथा ओलीपछिको अध्यक्ष मै हुँ भनेर र्‍याल चुहाईरहेका जिव्रोप्रेमीहरू निरन्तर ओलीसँगका भेटमा कस्ता सैद्धान्तिक र राजनीतिक छलफल गर्छन्? कुन द्धन्दात्मक भौतिकवादको गति र विकासको आधारमा आजको समयको गतिको विश्लेषण गर्छन्? कुन दर्शन र बिज्ञानलाई समातेर शिवभक्ति र रामभक्तिको मार्क्सवादी दर्शन र बिज्ञानसँग समन्वय गर्छन् ती मान्छेहरू?

    किन बहकिन्छ मान्छे? हिजो बोलेको कुरा आज आफैं किन खण्डित गर्छ? एउटा कुरा केही समयअगाडि सार्वजनिक गर्छ, केहि समय पछाडि पुनः आफ्नै कुरालाई खण्डित गर्छ। धेरै मानिसहरू मानिसको भावबारे बुझ्न शक्तैनन्। यसैले उनीहरूमा निरुत्तरित प्रश्नहरू दोहोरिईरहेका हुन्छन्। मानिसको मस्तिक दुई प्रकारको छ : बुद्धु र बुद्ध । बुद्ध मस्तिष्क चिन्तन, मनन (मन) हृदय र आत्मा(अबचेतन मन) सबैलाई समेटेर अगाडि बढ्छ। त्यो दार्शनिक दृष्टिकोणबाट उत्प्रेरित हुन्छ र द्रष्टा हुन्छ। बुद्धू मस्तिष्क चिन्तनबाट अलग रहन्छ र मनबाट बहकिन्छ। हृदय र अवचेतन मन संगको समन्वयको अभावले मुखसँगमात्र बढी समन्वय गर्नपुग्छ। यसले गर्दा के बोल्ने के नबोल्ने कुनै भेउ पाउन सक्तैन। ठोस स्थितिको ठोस विश्लेषण गर्न नसक्ता कहाँ के बोल्ने के न बोल्ने यसको कुनै होस राख्दैन। लोभ र तृष्णाको झगडामा तानातान गर्दा मस्तिष्क थाकेर बुढो भईसकेको हुन्छ ।

    अझ कुर्सीको तानातानको झगडामा फस्यो भने त्यस्तो नेताको मन पुरै खण्डहरमा परिणत भएको हुन्छ। यसमा यति धुलो जमेको हुन्छ कि सुर्यको किरण त्यहाँ छि¥यो भने पनि त्यही धुलोमा छोपिएर बिलाउँछ । यदि वरिपरी कुनै सुन्दर फूल फूली हाल्यो भने पनि त्यो खण्डहर तृष्णाको टुक्रा खसेर सुन्दर फुल किचेर नष्ट गरिदिन्छ। यहाँ अहिले दर्शन विज्ञान र सृजनाको समाजवादी फूल फुल्न नै गा¥हो भईसकेको छ। मार्क्सवादको चिन्तनको चौतारीमाथि ठोरीका रामहरूले बाँदरका झुन्ड सृष्टि गर्दैछन् र सुन्दर सिमसारहरूमा घाँस र झाडीहरू उम्रन थालेकाछन्। गुलाफ र कमलका फुलहरू मेटिन लागेका छन् । फेरि पनि यो कुरालाई हामी मार्क्सवादी दर्शन बोक्ने, लेनिनको संगठन बोक्ने र माओको जाँगर बोक्नेहरूले पनि बुझ्न छोडीसक्यौ। किनकि हाम्रा आँखापनि बुढा र धमिला भईसकेका छन्।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मुकुन्द न्यौपाने

      मुकुन्द न्यौपाने

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.