Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘कुर्सी’बाटै विप्लवको पतन ?

प्रकाश अजात प्रकाश अजात
फाल्गुन २१, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भूमिगत समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने खबर यो हप्ताको प्रारम्भदेखि नै गाईँगुईँ सुनिएको थियो। नभन्दै बिहीवार घोषणा गरेर शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रकट भए नेत्रविक्रम चन्द विप्लव । २०६३ सालमा विप्लव आफैं नेता रहेको नेकपा माओवादीका तर्फबाट प्रचण्डले शान्तिपूर्ण र संसदीय राजनीति रोज्दा त्यसलाई ‘महापतन’ भनेका विप्लवले यतिखेर खड्गप्रसाद ओली सरकारसँग उनले गरेको सम्झौतालाई उनी इतरकाले भोलि के भन्लान्, त्यो भविष्यको प्रश्न भयो।

    तर राष्ट्रियसभामा आज देखिएका एकाध दृश्यहरूले भने विप्लवको महापतन भएको संकेत गर्छ । त्यसका केही कारण छन् । पहिलो, विप्लवले आफ्नो सम्वोधनमा आफूले गरेको हिंसात्मक आन्दोलनले प्राप्त उपलब्धिको व्याख्या गर्न सकेनन् । सम्बोधनमा जेजति कुरा राखे, अत्यन्त अमूर्त कुराहरू मात्रै थिए ती । उसो त घुमिफिरी विप्लव हिजो प्रचण्ड आइपुगेकै ठाउँमा आइपुगेका छन्। उतिखेर सरकारसँग शान्ति सम्झौता गरेका प्रचण्डले त धर्म निरिपेक्षता, गणतन्त्र र समावेशिताका जर्वजस्त मुद्धा लिएर आएका थिए । र, राजतन्त्र ढल्नु र समाजमा अनेक खालका जागरण आउनुमा माओवादीको फौजी लडाईं पनि जिम्मेवार थियो। तर विना कुनै उपलव्धि ओलीसँग सम्झौता गरेका विप्लवले जनताको हित हुनेगरी केके प्राप्त गरे? विप्लवको रूमानी क्रान्तिका लागि ज्यान गुमाएका शहीद परिवारहरूलाई अब विप्लवलाई के उत्तर देलान् ?

    बरु राष्ट्रियसभा गृहमा प्रधानमन्त्रीभन्दा सानो कुर्सीमा बसेका विप्लव ओलीको लघुछायाँजस्तो देखिए । ‘नेपाललाई आत्मनिर्भर र स्वाधीन बनाउने’ सपनाको डिङ हाक्नु राम्रै कुरा हो तर त्यसमा ओलीको राष्ट्रवादको झोल पोखिएजस्तो देखियो । ओलीले समृद्धिको रेल र पानीजहाज कुदाएर देश नै दग्द पारिरहेका बेला विप्लवले समृद्धिको गफ हाल्दा ‘कपिपेस्ट’ गरेको जस्तो बुझियो। गर्नलाई विप्लवले आफ्नो सम्बोधनमा एक दुई थान भावनाका कुरा गरे, शहीदकी आमैले टिका लगाइदिएको कुरा गरे, शोषण र उत्पिडनका सनातन भाषण गरे। र भने, ‘म विश्वास दिलाउन चाहन्छु, सहिदको सपना पूरा हुन्छ।’

    तर आश्चर्य! खड्गप्रसाद ओलीले केही दिन अघि ‘म सुरक्षित छैन’ भनेर दिएको वक्तव्यलाई सपोर्ट हुने गरी उनले भने, ‘नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन। सबै पार्टी सबै नेता र जनतालाई जीवनमाथि आफैं हावी भइरहेको छ, अब नयाँ प्रयोग जनमत हो। हामी तयार छौं। युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिष्टले नै गर्छ।’

    विप्लवले माथि बोलेका कुरालाई अनेक अर्थ लगाउन सकिन्छ। तर त्यहाँ प्रयोग भएको ‘जनमत’ शब्दको अर्थ के हो ? पार्टीभित्रको सकसमा संविधानको घाँटी निमोठेका ओलीसँग हतारहतार हात मिलाउन आएका क्रान्तिकारी विप्लवले कतै दक्षिणपन्थी र राजावादीहरूले मागेजस्तै ‘जनमत संग्रह’कोे कुरा गरेका त होइनन्? कतिपय विश्लेषकहरूले भनेजस्तै कतै यो गठजोड अन्ततः ज्ञानेन्द्र शाही र ज्ञानन्द्र शाहसम्म पुग्ने त होइन?

    ‘क्रान्ति भोजभतेर होइन’ भनेर क्रान्ति गर्नु असहज भएको बताउँथे माओत्सेतुङ। तिनै माओत्सेतुङका आदर्श पच्छ्याउँदै लामो समय पहाडी जिल्लाहरूम लुक्दै–भिड्दै क्रान्ति गर्नु अवश्य पनि सहज थिएन विप्लव र उनका क्रान्तिकारी नेता कार्यकर्ताहरूलाई। यदि क्रान्तिको थकाई बिसाउनकै लागि विप्लवले प्रतिगमनको गन्धे टिका लगाएका ओलीसँग हात मिलाएका हुन् भने यो उनको पतन हो । र, खड्ग ओलीकै धर्मभीरू, दक्षिणपन्थी र उडन्ते राष्ट्रवादसँग मितेरी लगाउँदै ओलीकै हितका लागि उनी राजधानी छिरेका हुन् भने विप्लवको यो घनघोर पतन हो । उनले भनेको महापतनभन्दा पनि चर्को ।

    तस्वीर स्रोतः न्यूयोर्क टाइम्स

    यी दुई फोटोबीच केके अन्तर छन्?

    तस्वीर स्रोतः सेतोपाटी

    शुक्रवार राष्ट्रिय सभागृहमा खड्गप्रसाद ओलीले विप्लव समूहका प्रवक्तालाई देखाउँदै ‘प्रकाण्ड हो क्यार’ भनेर अपमान गरेबाट, ‘यति थोरै जेल बसको’ भनेर विप्लव समूहका नेता धर्मेन्द्रलाई उल्याएबाट, खड्गप्रसाद ओली बस्ने कुर्सी र विप्लव बस्ने कुर्सीको आकारबाट, उनीहरू दुबैलाई राखिएका बेग्लै टेबुल र टेबुलमा राखिएका टिस्यु पेपरबाट विप्लव पतन भएको संकेत सामान्य मान्छेले अनुमान लगाउन सक्ने खालको छ । कमरेड विप्लवले यो अनुमानलाई गलत सावित गरुन् ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.