Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
Monday, May 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सर्केको

निर्भीकजङ्ग रायमाझी निर्भीकजङ्ग रायमाझी
कार्तिक ४, २०८०
- यो हप्ता, विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गहनापोखरी छिर्ने गल्लीमा रहेको त्यस घरमा चार परिवार डेरा गरी बस्थे। महानगरको अरू घरमा जस्तै भाडामा बस्नेहरूबीच भइरहने खस्रो–मसिनो यो घरका डेरावालबीच पनि भइरहन्थ्यो। यद्यपि तुलनात्मक रुपमा यो घर शान्त देखिन्थ्यो। अरूबेला सबैजना आ–आफ्नै काममा व्यस्त भएपनि धाराको पानी थाप्ने बेला डेरावालाहरू एकअर्कासँग खुलेर कुरा गर्थे। शनिबार आफ्नो भान्सामा पाकेको मीठो–मसिनो बाँडेर खान्थे।

    कोरोना संक्रमणको तीव्रतर वृद्धिसँगै सरकारले जारी गरेको निषेधाज्ञाको दोस्रो महिना बितिसकेको थियो। चलनचल्तीको भाषामा यसलाई ‘लकडाउन’ भनिन्थ्यो। लकडाउनकै कारण सबैजना घरमै बन्दी बन्न बाध्य थिए। लकडाउन थपिँदै जाँदा त्यस घरमा बस्नेहरूको जीवन–दैनिकी क्रमश भङ्ग भइसकेको थियो। उनीहरू राति अबेरसम्म इन्टरनेटमै हुन्थे। बिहान दश–एघार बजे उठेर कोही लुडो खेल्न थाल्थे भने कोही टिकटकमा व्यस्त रहन्थे। समय कटाउन अन्य विकल्प थिएन। प्रशासनले लकडाउनलाई प्रतिदिन कडा बनाएको थियो। गाउँ फर्किन चाहँदा पनि सम्भव थिएन।

    ०००

    अभिमन्यु र जसोदाको युगल संसार यही घरको छिँडीको एक कोठामा चलिरहेको थियो। काठमाडौंमा केही पैसा जम्मा गरी विदेश जाने सपना लिएर उनीहरू राजधानी छिरेका थिए दुई सालअघि। दुवैको घर पश्चिम नेपालको पहाडतिर पथ्र्यो। जसोदा ब्युटिसियनको तालिम लिइरहेकी थिई। कमाइ नियमित थिएन। बेलाबेलामा अनलाइन अर्डर आउँदा ऊ ग्राहकको घरमै श्रृङ्गार गरिदिन जान्थी। यसैबाट उसले सानोतिनो घरखर्च टारेर अभिमन्युलाई राहत दिइरहेकी थिई।

    दोस्रो चरणको लकडाउनपछि अभिमन्युको अफिसले पनि तलब हालिदिन छाड्यो। हिसाब–किताब पछि गरौंला भनेर उक्त कार्यालयले सबै काम ठप्प गरेको थियो। आर्जनको अन्य उपाय थिएन। यथार्थमा भन्दा लकडाउन उनीहरूका लागि अभिसापजस्तै बनिसकेको थियो। आपतलाई साँचेर राखेका थिए केही पैसा। त्यो पनि तीन महिनाअघि अभिमन्युकी आमा बिरामी भएर गाउँ पठाउँदा सकिएको थियो।

    जेठको गर्मीले कोठाभित्र बसिनसक्नु बनाउँथ्यो। घरबाहिर गए पुलिसको लाठी भेटिने डरले एक महिनासम्म जसोतसो सबैजना घरभित्रै बसे। साँझ–बिहान तरकारी किन्नमात्र बाहिर निस्किए। लकडाउन थपिएर हरेक दिन कोठाभित्रै गुम्सिनुपर्दा सबैको अनुहारको कान्ति हराइसकेको थियो। केवल बोल्नका लागिमात्र एकअर्कासँग बोलेको जस्तो देखिन्थे सबै।

    धन्न दोकानदारले उधारो पत्याएको थियो। त्यो पनि सबैलाई होइन, अभिमन्यु दम्पतिलाई मात्र। दुई वर्षदेखि एउटै पसलेबाट तरकारी, चामल, नुनतेल किनेकाले सम्बन्ध राम्रो बनेको थियो पसलेसँग। पैसा नहुँदा खातामा लेखेरसमेत खाद्यान्न किन्थे। तलब आउनेबित्तिकै जसोदा ‘अर्कोपटक यति ढिला हुन्न है दाइ’ भन्दै पसले राजुमानकहाँ वक्यौता बुझाउन पुग्थी।

    ‘जहिले दिए पनि भइहाल्छ नि। तिमीहरू आफ्नैै मान्छे हौ’ भन्दै आश्वस्त पार्न खोज्थ्यो राजुमान। जसोदालाई पसले राजुमानको फरासिलो बोली सुन्दा आफ्नै परिचित बन्धु भेटेजस्तो लाग्थ्यो। तर खुलेर गफमा व्यस्त भइरेको राजुमानको फरासिलो बोली श्रीमति लुञ्जलालाई देखेपछि मन्द गतिको हुन्थ्यो। लुञ्जला कडा मिजासकी महिला थिई। टोल वरपरका सबैजनालाई कडा अनुशासनमा राख्न खोज्थी। सरसफाइ गरौं, पार्किङ मिलाएर राखौं भन्ने लुञ्जलाको कुरा नराम्रो त थिएन तर उसको कडा बोलीले गर्दा टोलबासीहरू मन अमिलो बनाउने गर्थे।

    लुञ्जलाले घरमै ढाकाको कपडाबाट दोसल्ला, खादा, जुत्ता आदि बनाउने काम गर्थी। दुईजना सिलाइ गर्ने सूचीकार पनि राखेकी थिई कामदारको रुपमा। प्रायः समय घरकै अन्डरग्राउन्डमा रहेको कारखानामा नै व्यस्त हुन्थी ऊ। अघिल्लो पटकको स्थानीय निर्वाचनमा महिला वडासदस्यमा पनि उठेकी थिई तर पराजित भएकी थिई। पराजयको झोकमा लुञ्जलाले छोराको जन्मदिनको निहुँ पारेर टोलभरिका मानिस बोलाएर भव्य पार्टी दिएकी थिइन्।

    राजुमानको निमन्त्रणामा अभिमन्युका दम्पति पनि साँझ एकैछिन उक्त पार्टीमा सहभागी भएका थिए। राजुमानले ज्यादै कर गरेपछि त्यसदिन अभिमन्यु दम्पतिले पहिलोपटक ऐला चाखे। ऐलाको पहिलो घुट्को घाँटीमा पुग्दा जसोदालाई सर्केलाझैं भएको थियो। निल्नेबित्तिकै एकसासले गिलासको पानी पिएकी थिई उसले। त्यहीदिन उनीहरूले राजुमानको भव्य डाइनिङ देखे। लुञ्जलाले कौसीमा नै अनेकथरि तरकारी फलाएको देखेर जसोदाले अचम्म मानेकी थिई। किनकी उनीहरू बस्ने घरको कौसीमा जान त के बार्दलीमा लुगा सुकाउनसमेत पाइँदैनथ्यो।

    काठमाडौंका रैथाने व्यापारी थियो राजुमान। अभिमन्युलाई ‘अभिमन’ भनेर बोलाउँथ्यो। पुरा नाम भनिरहन उसलाई कुनै आवश्यकता थिएन। अभिमन्यु अफिसबाट साँझ कोठामा आउँदा राजुमानसँग एकछिन गफिएर मात्र आउँथ्यो। यद्यपि उनीहरूको गफको विषय दुई वर्षदेखि एउटै थियो।

    ‘व्यापार गर्दा ठीक कि जागिर?’
    ‘चाँडै सन्तान जन्माउँदा ठीक कि तीस कटेपछि!’
    ‘माओवादी युद्धपछि कसरी काठमाडौंमा बस्ती घना भयो।’ आदिआदि।

    ०००

    पटकपटक लकडाउन थपिँदा अभिमन्युको तिनुपर्ने पैसा धेरै भइसकेको थियो। चना, अण्डा, दाल, सेनेटरी प्याड सबै राजुकै पसलबाट किन्ने हुँदा उधारोको ग्राफ निकै बढिसकेको थियो। लकडाउनको दोस्रो महिना सुरु नहुँदै राजुमानले भनेको थियो, ‘पैसा छ भने चाहिँ दिइराखौं है अभिमन, यहाँ होलसेलरले मार्नै लाइसक्यो!’

    कोरोनाको बखत पसलेले पैसा मागेको कुरालाई अभिमन्युले सुरुमा उति महत्त्व दिएन। ‘पैसा जोहो भएपछि तिरिहाल्छु नि’ भन्ने सोचेको थियो उसले। फेरि उनीहरूको सम्बन्ध पैसाको मात्र थिएन। लकडाउनको सुरुवाति दिनहरूमा दिउँसो पसलको पछाडिको ढोका खोलेर राजुमान र अभिमन्यु पोट खेल्थे। थोरै पैसाको बाजीमा मोबाइलमा खेलिने पोट खेल प्रायः अभिमन्युले जित्थ्यो। कहिलेकाहीँ त्यही जितेको पैसाले कोक, फलफूल, चकलेट लिएर कोठा फर्किन्थ्यो ऊ। एकदिन लगातार तीन खेल हार्यो अभिमन्युले। त्यसको पैसा राजुलाई तिर्न सकेन। रकम त सानो थियो तर पैसामा खेलेको खेलको हिसाब पैसामै मिलाउन नसक्दा उसलाई नरमाइलो लाग्यो।

    लकडाउन जति लम्बिँदै जाँदै थियो, उधारो उति बढ्दै थियो। कोठा भाडा तीन महिनाको थुप्रिसकेको थियो। इन्टरनेटको पैसा नतिरेको भनेर घरपेटीले वाइफाइको पासवर्ड फेरिदिएका थिए। समय कटाउन दिनदिन सास्ती हुँदै थियो। आफ्ना मान्छेको गाडी हुनेहरू कोही गाडी चढेर त कोही एम्बुलेन्स चढेर पनि गाउँ फर्किसकेका थिए। अभिमन्यु बस्ने घरमै डेरा गरी बस्न दुई परिवार यसरी नै कोठाको सामानसहित गाउँ फर्किसकेका थिए।

    ‘गाउँ जान पाएको भए खेतीपाती गर्न सकिन्थ्यो है’, अभिमन्युकी श्रीमतिले एक रात खाना खान लाग्दा भनेकी थिई।

    ‘खेती गर्न त जग्गा हुनुपर्यो नि। सबै जग्गा काकाले हडपिहाले। त्यति बारीमा के खेती गर्नु!’, अभिमन्युले मलिन स्वरले भन्यो।

    भोलिपल्ट जसोदा र अभिमन्यु दुवै खाद्यान्न किन्न पसल गएका थिए। लुञ्जला पनि पसलमै थिई। देख्नेबित्तिकै भनी, ‘गाउँ जाने भए खबर गरेर मात्र जानू है!’

    ‘गाडी चल्न थालेपछि मात्र जान्छौं होला भाउजू’, अभिमन्युले स्वभाविक जवाफ दियो।

    ‘यतिकै कोठामा बस्नुभन्दा मेरो दिदीको घरमा काम गर्ने मान्छे चाहिएको छ। पठाइदिए हुन्छ तिम्री रानीलाई’, गहिरो नजरले जसोदातर्फ हेर्दै लुञ्जालाले अभिमन्युसामु प्रस्ताव राखी।

    ‘पार्लर गरेको मान्छेले कसरी जान्नु घरधन्दाको काम?’, यसपटक जसोदाले सशक्त प्रतिउत्तर दिई।

    ‘पार्लर–सार्लर तरुनी हुञ्जेल मात्र हो नानी। काम नसिके भोकै मरिन्छ’, एकैसासमा कुरा सकेर लुञ्जला घरभित्र गइन्। यहीबेला उनले ‘राम्रो कुरा पच्दैन’ भनेको कुरा नेपत्थ्यमा सुनियो।

    एक्कासी आएको काम गर्ने प्रस्ताव र धारिलो बोलि दुवैले अभिमन्युको अभिमानमा चोट पर्यो। ‘पैसाको बदलामा काम?’ उसले यस्तै अर्थ लगायो। दश–बीस हजार उधारो पनि नपत्याएकोमा पसलेका दम्पतीसँग खुब रिस उठ्यो उसलाई। तर यतिन्जेल उधारो पत्याइदिएर गुन गरेकोमा फेरि मनमनै राहत पनि महसुस गर्यो।

    ‘काठमाडौंजस्तो ठाउँमा कसले उधारो पत्याउँछ। धन्न यी साहुले त मलाई अप्ठेरोमा सधैं हेरेका छन्’, यस्तै सोचेर मनलाई आश्वत बनायो अभिमन्युले।

    (योगा गर्ने, सधैं सकारात्मक सोच राख्ने, फुर्सदमा सिनेमाको पारखी अभिमन्यू एक नीजि कम्पनीमा एकाउन्टेन्ट थियो। घरायसी समस्याले गर्दा स्नातक पढ्दापढ्दै बीचमै छाड्नुपरे पनि उसले आफूले पढेकै विषयको काम पाएको थियो। उसले काम सुरु गर्दा कम्पनी राम्रै चलेको थियो। पछि चीनसँगको भन्सार समस्याले गर्दा क्रमशः त्यो कार्यालयको व्यापार खस्कँदै गयो। कम्पनीको व्यापार खस्कनुसँग उसको प्रत्यक्ष सरोकार त थिएन तर यो कम्पनी डुबे यतिकै सजिलो अर्को जागिर कहाँ खोज्ने भन्ने तनाव यथावत् थियो। काठमाडौंमा उसले चिनेजानेका मानिस निकै कम थिए।)

    ०००

    लुञ्जलाले कामको निकालेदेखि राजुमानको पसल जान कम गरेको थियो अभिमन्युले। दुई–तीन दिनलाई पुग्ने तरकारी एकैपटक किन्थ्यो। जसोदाको पार्लरकी साथिसँग मगाएको पैसाले पसलको आधि रकम पनि तिरिसकेको थियो। जेठको प्रचण्ड गर्मी दिनदिनै बढ्दै थियो। घरभरिका मानिस आआफ्नै कोठाभित्रै हुन्थे। एक मध्यान्ह अभिमन्युलाई पीरो खाने सोच आयो। जसोदाले पनि अमिलो–पीरो खुबै रुचाउने हुनाले ऊ सरासर राजुमानको पसल गयो। लकडाउनले गर्दा अगाडिको सटर बन्द भएपनि पछाडिको ढोकाबाट जाने व्यवस्था सधैंझैँ खुल्ला थियो। उसले काँक्रो, गाँजर, कागती र चिस्सो कोकाकोला किन्यो। गाउँबाट ल्याएको रातो सुकेको खुर्सानी कोठामै थियो।

    ‘एक गेम पोट हानौं पासा?’, राजुमानले सधैंजसो राख्ने प्रस्ताव राख्यो। तर यसपटकको प्रस्ताव सरासर इन्कार गर्यो अभिमन्युले। किनकि उसलाई केही दिनअगाडिको लुञ्जलाको वचनले असह्य बनाएको थियो।

    ‘रिसाएको हो कि अभि ब्रो। टाइम पास गर्नैपर्यो। आऊ खेलौं, म सोडा खुवाउँछु’, राजुमानले आत्मीय पारामा भन्यो।

    ‘एक गेममात्र है त साहुबा’। हतार छ आज’ भन्दै अभिमन्यु पोट खेल्न बस्यो। आधा घन्टामा खेल सकियो। यसपटक राजुमानले जित्यो। तरकारीको झोला बोकेर हिँड्न लागिसकेको थियो अभिमन्यु। राजुमानले बीचमा रोक्दै भन्यो, ‘मैले जिते पनि हारे पनि खुवाउँछु भनेको हो। सोडा खाएरमात्र जाऊ।’

    गर्मीको तोडमा अभिमन्युले एक सासमा एक बोतल सोडापानी रित्यायो। अनि राजुमानसँग आफ्नो खातामा रहेको उधारो हिसाबको तीन पेज लामो सूची मोबाइलमा फोटो खिचेर कोठातिर फर्कियो। जाँदै गर्दा राजुमानले अर्को एउटा सोडा दिँदै भनेको थियो, ‘नानीलाई पनि लगिदेऊ न।’

    ‘होइन यो कोक छँदै छ नि’ भन्दै अभिमन्यु फटाफट निस्कियो। यसरी अनावश्यक ठाउँ अनुपयुक्त सहानुभूति दर्शाएको उसलाई चित्त बुझ्दैन थियो। डेरामा पुग्दा धारामा पानी आइरहेको थियो। सातामा एकपटक पानी आउने भएकाले घरका सबैजना पानी थाप्नै व्यस्त थिए। सधैं बिहान पाँच बजेतिर आउने पानी यसपटक दिउँसै आएकाले सबैजना पानी भर्न व्यस्त भए। कोही लुगा धुन थाले, कोही बाथरुम सफा गर्न थाले। अरुबेला जारको मात्र पानी पिउनेहरू पनि लकडाउनपछि यही सरकारी धाराको पानी उमालेर पिउन थालेका थिए। पचास रुपैयाँ प्रतिजारको पानी प्रत्येक दिन किनिरहनु सहज थिएन।

    जसोदाले पानी भरिसकेको देखेर अभिमन्यु हतार–हतार कोठामा पस्यो। पानी थाप्ने ठाउँमा हल्लाखल्ला यथावत् थियो। जसोदा भाडा सफा गर्दै थिई त्यहीँनेर। घरका सबैजना एक–अर्कासँग गफ गर्दै पानी थाप्दै थिए। अभिमन्यु पनि पानी बोक्न बाहिर आयो। कुरैकुरामा पल्लो कोठामा बस्ने जनकराजकी श्रीमतिले भनी, ‘आज कस्तो गर्मी भएको है। पानीपुरी खाऊँ न घरमै बनाएर।’

    ‘नभए चाउचाउ साँधेको खाँदा पनि हुन्छ भाउजू। काँक्रो, कागति भयो भने त चटपटे नै बनिहाल्यो नि!’, माथिल्लो कोठाको शेखरले होमा हो थप्यो।

    बिहान भात नखाएको अभिमन्युलाई पनि भोक त लागिसकेको थियो। यसैले आफूले चटपटे बनाउने सामान ल्याएको कुरा त्यहाँ भन्यो भने खानेकुरा खान अझै ढिला हुने सोचेर ऊ एक जार पानी काँधमा बोकेर सिधै कोठामा पस्यो। भर्खरै ल्याएको काँक्रो र गाँजर काटेर चाउचाउमा मिसायो। उसिनेको आलु र गाउँबाट ल्याएको खुर्सानीको धुलोमा चुक मिसाएपछि पीरो चट्पटे तयार भयो। बाहिर रहेकी श्रीमतिलाई बोलाउन मन थियो उसलाई। तर भोक लागिसकेकाले उसले मन थाम्न सकेन। फेरि जसोदा सरसफाइ गर्नमै व्यस्त थिई।

    लकडाउनले डेरावालहरू सबैजना नजिकिएका थिए जसले गर्दा एउटालाई बोलाउँदा अर्को जोकोही पनि कोठामा आउन सक्थ्यो। यही सोचेर ढोकाको चुकुल लगाएर अभिमन्यु मस्त चट्पटे खान थाल्यो। बीचमै बाहिरबाट कसैले जोडले बोलायो, ‘अभि सर…भोलिबाट लकडाउन खुकुलो हुने रे। अब घर जान पाइने भयो।’

    भर्खरै खान बसेको अभिमन्युले ढोका खोल्ने जाँगर गरेन। भित्रैबाट कराएर ‘हावा कुरा न…ग..र’ भन्न खोज्दै थियो अचानक पीरोको डल्लो घाँटीमा अड्यिो। उसले चारैतिर पानीको जग खोज्यो भेटेन। सायद जसोदाले सबै भाँडा धुन लगेकी थिई। छेउमै रहेको चिसो कोकको बोतल खोलेर एकैसासमा घटघट पियो। यहीबेला पीरो नराम्ररी सर्किएर एकोहोरो खोक्न थाल्यो। खोक्दाखोक्दै मुर्छा पर्लाजस्तो भयो। बाहिर रहेकाले हल्लाले गर्दा वास्ता गरेनन्। बल्लतल्ल उठेर ढोका खोल्दा बेहोसजस्तै भइसकेको थियो ऊ।

    बाहिर पानी थाप्दै गरेकाहरूले एक्कासी अभिमन्युलाई यो हालतमा देख्दा एकैछिन त के भयो भनेर अलमल्ल परे। कसैले रिँगटाले ढलेको ठानेर चिसो पानी छर्कियो। शेखरले उसको हालत देखेर पानी खुवाउन खोज्यो। बीचैमा जनकले रोक्दै भन्यो, ‘ए पख्, पानी खुवाए झन् गाह्रो हुन्छ यस्तो बेला।’

    निकैबेर हिक्कहिक्क गर्दागर्दै नाकबाट फिँज आउन थाल्यो। निकै गाह्रो भएको देखिएपछि एउटाले एम्बुलेन्सलाई फोन लगायो।

    ‘कोरोना पोजेटिभ हो?’, एम्बुलेन्सवाला सुरुमै कड्कियो।

    ‘होइन…होइन। अर्कै भएको हो के।’

    ‘के भएको त? यो कोभिड अपरेसन फोर्सको एम्बुलेन्स हो थाहा छैन?’

    ‘हेलो…हेलो….सिरियस छ मान्छे। जेको एम्बुलेन्स भए पनि छिटो आउनुपर्यो यहाँ गहनापोखरीको गल्लीमा।’

    ‘के भएको हो भन्नु न पहिला। अनि पो सजिलो हुन्छ’, एम्बुलेन्सवालाले बल्ल सर्तक भएर सोध्यो।

    ‘सर्केको हो के…सर्केको। कस्तो नबुझेको!’ अनावश्यक गलफती भइरहेको देखेर फोन गरिरहेको मानिसछेउ गएर जनकराज जोडजोडले करायो।

    ०००

    (द्रष्टा डायरी: यो त्रासद समयको क्रुर कथा हो। जुनबेला मुलुकका अधिकांश सरकारी अस्पताललाई कोभिड–अस्पताल घोषणा गरिएको थियो। नीजि अस्पतालको मनोमानी बढेको थियो। मानिस ‘वनको बाघले भन्दा मनको बाघले’ बढी डराएझैँ देखिन्थे। कोही कसैको छेउ पर्न तयार थिएन। कतै साइरनको आवाज सुन्दासमेत कोभिड संक्रमितलाई लिन आएको एम्बुलेन्स ठानेर मानिसहरू तर्सिएको प्रष्ट देखिन्थ्यो। राजधानीमा बाँच्न–टिक्न नसकेर कोही हप्तौँसम्म पैदल हिँडेर आफ्नो मुकामतिर लागेका थिए। कोही दशगजाबाट आफ्नो देशभित्र छिर्न नपाएर सीमानामै बन्धक बनेका थिए। गाउँ, सहर सबैतिर एकै कहर थियो। महानगर मृतनगरजस्तो प्रतीत हुन्थ्यो।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      निर्भीकजङ्ग रायमाझी

      निर्भीकजङ्ग रायमाझी

      रायमाझी पत्रकार/कवि हुन्।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.