Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अब प्रधानमन्त्री र राष्ट्रपति दण्डित हुनुपर्छ

nepal_readers nepal_readers
फाल्गुन १२, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै हो भन्ने फेरि एकपटक पुष्टि भएको छ । अनेकौं आशंका र प्रश्नहरुलाई चिर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले संविधानवादको भावनाको सम्मान गर्दै प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने हिम्मत गरेर न्याय मरेको छैन भन्ने पुष्टि गरिदिएका छन् ।

    संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिन भित्र संसदको वैठकको निम्ति परमादेश जारी गरेसँगै देशभरी जनताहरु दिपावलीमा उत्रिएका छन् । काठमाडौं र बाहिरका सबै प्रदेशहरुमा एउटै आवाज घन्किएको छ, प्रतिगमनकारी ओली राजिनामा दे । सर्वोच्च अदालत जिन्दावाद ।

    अदालतको परमादेशले प्रधानमन्त्रीको निर्णयहरु त बदर भए नै, उनले दाबी गरेका सबै दाबाहरु गलत सावित गरिदिएका छन् । संसदीय प्रणाली अन्तर्गत वेलायती प्रणालीको प्रधानमन्त्री भएकोले संसद विघटन गर्न पाउँछ भन्ने दाबी, प्रधानमन्त्रीलाई विशेषअधिकार भएको दाबी, अझ एककदम अघि बढेर संसदमा बहुमत प्राप्त दलको नेताले चाहेको खण्डमा सहजै विघटन गर्न सक्छ भन्ने ओलीको दाबीलाई खण्डन गर्दै संघिय गणतन्त्र नेपालको संविधानको मर्मको रक्षा गरेर सार्वभौमसत्ताको सम्मान गरेको छ अदालतले ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारी र संविधान विरोधी कदमलाई अदालतले बदर गरिदिएपछि यौटा गम्भीर प्रश्न उठेको छ, पुष ५ गतेदेखि फागुन ११ गतेसम्म देशले जे जति क्षति व्यहोर्नु पर्यो, त्यसको क्षतिपूर्ति कसले गर्छ ? देशलाई रगतको आहालमा धकेलेर आफू र आफ्ना गूटको स्वार्थ पूरा गर्न खोज्ने केपी शर्मा ओलीको यो उद्दण्ड व्यवहार, प्रधानमन्त्रीको गैर संवैधानिक कदमलाई सरासर सदर गर्दै मुलुकलाई अशान्तिको रसातलमा पुर्याउन उद्दत राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाले दण्डित गर्नुपर्छ कि पर्दैन ? ओलीको बहिर्गमन त स्वाभाविक नै छ, भर्खर संस्थागत हुँदै गरेको गणतान्त्रिक व्यवस्थामाथि राज्यको ढुकुटीको खर्च गरेर उनले जति पनि बन्चरो चलाएर वध गर्ने कुचेष्टा गरे त्यसबापत उनलाई दण्डित गर्नुपर्दछ ।

    प्रधानमन्त्री ओली र राष्टपतिको बहिर्गमनसँगसँगै दण्डका अर्का पात्र हुन्, शेर बहादुर देउवा । देउवाको निकृष्ट तहको स्वार्थी राजनीति भन्दा रामचन्द्र पौडेलको लोकतन्त्रप्रति प्रष्ट धारणा आयो । पौडेलले प्रष्टै रुपमा ओलीको कदम गलत भएकोले आन्दोलनमा जाने बताइरहँदा देउवाले रातारात आफ्ना मान्छे संवैधानिक आयोगहरुमा भर्ति गरेर ओलीसँग सौदा गरेको जगतले देखेकै कुरा हो । देउवा कुनै पनि हालतमा केवल सत्ताका भोका हुन्, उनलाई आफ्नो पार्टी भित्रको लोकतन्त्र, देशमा गणतन्त्रको स्थायित्व, वीपी कोइरालाको आदर्श जस्ता कुराहरुसँग केही लेनादेना छैन । उनलाई जस्तोसुकै सम्झौता गरेर भएपनि सत्ता चाहिएको छ । वीपी कोइरालाले त्यत्रो लडाइँ लडेर हुर्काएको, किसुनजीको त्याग र आदर्शको जगमा उभिएको कांग्रेस पार्टीलाई अझ रसातलमा पुर्याउन देउवाको यो कदम जिम्मेवार छ । सँगै जिम्मेवार देउवालाई गलत कदमको निम्ति उत्प्रेरित गर्नेहरु पनि छन् । यिनीहरु पनि दण्डका भागिदार छन् ।

    गगन थापाले ट्विट गर्दै अदालतको निर्णयलाई स्वागत गर्दै भने ‘हामी सबैलाई बधाई । संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।’

    विडम्वना, गगन थापा र दोश्रो पुस्ताका युवा नेताहरु समेत ओलीको असंवैधानिक कदमलाई समर्थन गरेर कांग्रेसलाई अलमलको दोबाटोमा उभ्याउने देउवालाई दण्डको विषयमा, पार्टी कारवाहीको विषयमा कुनै कुरा उठाएको पाइँदैन । दलभित्र करोडौं रुपियाँको खोलो बगाएर आफ्नै गूटको ढलिमली गरि सत्तामा कब्जा जमाइरहने देउवा प्रवृत्ति समेत गणतन्त्रको निम्ति ओली प्रवृत्ति जत्तिकै खतरनाक छ । कांग्रेस भित्रका युवा नेताहरुले यस विषयमा दह्रोसँग कुरा राख्न नसके कांग्रेसभित्रको ओली प्रवृत्तिले फँडा उठाउने छ ।

    उपचारको सिलसिलामा दिल्लीमा रहेका पूर्व प्रधानमन्त्रीले खुशी हुँदै ट्विट गरेका छन्, ‘कस्तो सुखद संयोग । अस्पतालमा आफ्नो स्वास्थ्य परिक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देश भित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग हराए झैं भयो ।’

    बाबुराम भट्टराईहरुले बुझ्नुपर्ने कुरा के हो भने यदि उनीहरुले हिजो सशस्त्र आन्दोलनको भावना अनुसार शान्तिपूर्ण रुपमा अवतरण भैसकेपछि निस्वार्थी रुपमा काम गरेको भए नेपाली राजनीति यदि गिजोलिने थिएन । अब बाबुराम भट्टराई, प्रचण्ड, माधव नेपालहरु भोलिका दिनमा अर्को भष्मासुर नबन्ने कसम जनतासामु खानुपर्छ ।

    संसद भित्र भएका सबै संसदीय पार्टीहरु एकजुट भएर संघिय गणतान्त्रिक नेपालको नयाँ संविधानमा आगो झोंस्ने प्रधानमन्त्री ओली र राष्ट्रपतीलाई दण्डित गर्नुपर्छ ताकि यस्तो प्रवृत्ति भोलिका दिनमा नदोहोरियोस् ।

    ओलीको अहंकारको पूर्तिका लागि राज्यकोषको करोडौँ रुपियाँको जुन घोटाला गरिएको छ, त्यसको क्षतिपूर्ती पनि ओली कंपनीबाट भराउनुपर्छ । -nepalplus

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.