Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

चीनमा मार्क्सवादी राजनीतिक अर्थशास्त्रबारे नयाँ पाठशाला खुलेको छ

सी जिनपिंग सी जिनपिंग
मंसिर ११, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आज हामी राजनीतिक ब्यूरोको २८ औं समूहको अध्ययन कक्षामा छौं। र, आजको विषयवस्तु मार्क्सवादी राजनीतिक अर्थशास्त्रको आधारभूत सिद्धान्त र अध्ययनविधिमा केन्द्रित हुनेछ। यस अध्ययन सत्रको उद्देश्य मार्क्सवादका आधारभूत सिद्धान्तहरूबारे हाम्रो बुझाइलाई सुदृढ पार्नु हो। हामीले यसभन्दा अघि ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादसँग सम्बन्धित विषयक कक्षाहरू लिएका छौं। आजको कक्षामा हामी मार्क्सवादी राजनीतिक अर्थशास्त्रको समीक्षा गर्दै आर्थिक विकासका अन्तरनिहित नियमहरुबारे हाम्रा बुझाइलाई अझ गहिराइका रुपमा ग्रहण गर्नेछौं। जसले हामीलाई देशको आर्थिक विकासको नेतृत्व लिन अझ सक्षम र दक्ष बन्न सहयोग पुर्‍याउनेछ।

    अब म मेरा केहि विचारहरूलाई छलफलमा ल्याउन चाहन्छु।

    मार्क्सवादी राजनीतिक अर्थशास्त्र मार्क्सवादको एक महत्वपूर्ण अध्याय हो। यसको सिकाइ  मार्क्सवादको अनुपालन र विकास गर्ने हाम्रा प्रयासहरूमा अति नै आवश्यक छ। मार्क्स र एंगेल्सले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको विश्व दृष्टिकोण र पद्धतिमा आधारित आलोचनात्मक ढँगले जाँबुझ गरी अर्थशास्त्र, विशेषतः ब्रिटिश शास्त्रीय राजनीतिक अर्थशास्त्रको क्षेत्रमा भएका ऐतिहासिक उपलब्धिहरूलाई अगाडि बढाए। उनीहरूले मानवका आर्थिक क्रियाकलापहरुको गहन अध्ययन गरेपछि, मार्क्सवादी राजनीतिक अर्थशास्त्रको जग बसाए, जसले मानव समाज र विशेषगरी पूंजीवादी समाजको आर्थिक कार्य गर्ने कानूनहरूको पर्दाफास गरिदियो। एंगेल्सले भने– सर्वहारावर्गको पार्टीको सम्पूर्ण सिद्धान्त राजनीतिक अर्थशास्त्रको अध्ययनका निष्कर्ष हुन्। लेनिनले राजनीतिक अर्थशास्त्रलाई मार्क्सवादी सिद्धान्तको सबैभन्दा गहन, सबभन्दा विस्तृत र सबभन्दा विस्तृत प्रमाणयोग्य र प्रयोगयोग्य भनी स्वीकार गरे। यद्यपि हालका दिनमा विविधता भएका अनगिन्ति आर्थिक सिद्धान्तहरू छन् तर हाम्रो राजनीतिक अर्थशास्त्रको अध्ययन मार्क्सवादी राजनीतिक अर्थशास्त्रमा आधारित हुनुपर्दछ, कुनै अन्य आर्थिक सिद्धान्तमा आधारित हुनु हुँदैन।

    आजकाल मार्क्सवादी राजनीतिक अर्थशास्त्र र दास क्यापिटललाई पुरानो भएको विश्वास गर्ने देखा पर्न थालेका छन्, तर यो पूर्वाग्रही तथा गलत विश्वास हो। धेरै अघिका घटनाहरूलाई विर्सीदिउँ, हालैका विश्वव्यापी वित्तीय संकटको अवधिलाई हेर्दा हामी देख्न सक्छौं कि धेरै पूँजीवादी देशहरू गम्भीर बेरोजगारी समस्या, तीव्र विभाजन र गहिरो सामाजिक विभाजनहरुका साथै आर्थिक गिरावटको खाडलमा परेका छन्। तथ्यहरुले हामीलाई भन्दछन् कि उत्पादनको सामाजीकीकरण र उत्पादनका साधनका निजी स्वामित्वको बीचको अन्तरविरोधहरु अझै विद्यमान छन्, तर ती अलिक भिन्न तरिकाहरूबाट प्रकट तथा भिन्न विशेषताहरुसहित प्रदर्शन हुने गरेका छन्। विश्वव्यापी वित्तीय संकटपछि, धेरै पश्चिमी विद्वानहरूले पूँजीवादको कमजोरीलाई आत्मसात गर्नका लागि फेरि मार्क्सवादी राजनीतिक अर्थशास्त्र र दास क्यापिटलको अध्ययन गर्न थालेका छन्। गत वर्ष फ्रान्सेली विद्वान थोमस पिकेटीको ‘एक्काईसौं शताब्दीमा पूँजी’ (Capital in the Twenty-First Century) पुस्तकले अन्तर्राष्ट्रिय वौद्धिक जगतमा व्यापक छलफलको विषय प्रस्तुत गर्‍यो। त्यस पुस्तकमा सहि र प्रचुर मात्रामा सूचना/तथ्याङ्क प्रयोग गरेर, असमानताको स्तर पहिलेका दिनमा भन्दा हालका दिनमा अमेरिका र अन्य पश्चिमी देशहरूमा उच्च वा अति उच्च रहेको पिकेटीले देखाएका छन्। उनका तर्क छ– विनालगामको पूंजीवादले सम्पत्तिको असमानता बृद्धि हुने जस्ता परिघटनाहरूलाई बढाएको छ र त्यसो हुँदा स्थिति अझै खराब हुँदै गइरहेको छ। उनको विश्लेषण मुख्यतया वितरणको दृष्टिकोणबाट गरिएको थियो। उनको विश्लेषणले स्वामित्वका अति आधारभूत प्रश्नहरूलाई खासै समेटेको छैन, तथापी उनको अध्ययनको निष्कर्ष हाम्रा लागि ध्यानयोग्य छ।

    मार्क्सवादी राजनीतिक अर्थशास्त्रको अध्ययन, विश्लेषण र प्रयोग गर्ने कार्यलाई हाम्रो पार्टीले जहिले पनि ठूलो महत्त्व दिएकोछ। माओ जेदुङ्गले दास क्यापिटललाई चारवटा विशेष अवसरमा समीक्षा गरेका थिए। यसरी नै उनले कैयन पटकका छलफलहरुमा सोवियत राजनीतिक अर्थशास्त्रको पाठ्यपुस्तकको सहारा लिएका थिए। त्यसबेला उनले राजनीतिक अर्थशास्त्रका सवालहरूको विश्लेषण गर्ने काम ठूलो सैद्धान्तिक र व्यावहारिक महत्त्व हुने कुरामा जोड दिने गरेका थिए। नयाँ जनवाद (१९११–१९४९) को अवधिमा माओ जेदुङ्गले नयाँ जनवादी आर्थिक कार्यक्रमको निर्माण गरे र समाजवादको मार्ग दिशा खोज्ने प्रक्रियामा चीनको अर्थव्यवस्थाको विकासको बारेमा धेरै मौलिक विचार प्रस्तुत गरे। उदाहरणका लागि, उनले समाजवादी समाजमा आधारभूत अन्तरविरोधहरुको सिद्धान्त प्रस्तुत गरे, साथसाथै महत्वपूर्ण अवधारणा प्रस्ताव गरे जस्तै बृहत् योजना र समग्र क्षेत्रको सन्तुलन विकासको अनुसरण गर्ने, कृषिलाई आधारभूत क्षेत्रको रुपमा र उद्योगलाई अग्रणी शक्तिको रूपमा, र कृषि, साना उद्योग, र ठूला उद्योगहरुको समन्वयात्मक विकास। यी सबै उदाहरणहरू हुन्, जुन हाम्रो पार्टीले मार्क्सवादी राजनीतिक अर्थशास्त्रको क्रमिक–विकासको लागि प्रस्ताव अगाडि बढाएको छ।

    सन् १९७८ को ११ औं सीपीसी केन्द्रीय समितिको तेस्रो प्लेनरीदेखि, हाम्रो पार्टीले मार्क्सवादी राजनीतिक अर्थशास्त्रका आधारभूत सिद्धान्तहरूलाई हाम्रो सुधार तथा खुलापनको अभ्याससहित एकीकृत गरेको छ, साथसाथै मार्क्सवादी राजनीतिक अर्थशास्त्रलाई समृद्ध र विकास गर्न निरन्तर प्रयास गरिरहेको छ।

    सर्वप्रथम, हामीले जनता केन्द्रित विकासको दृष्टिकोण अझै अवलम्वन गर्नै पर्छ। विकास जनताको लागि हो; यो मार्क्सवादी राजनीतिक अर्थशास्त्रको मौलिक अडान हो। मार्क्स र एंगेल्सले भनेका थिए, “सर्वहारा आन्दोलन अत्यधिक बहुमतको हितमा अत्यधिक बहुमतको आत्म-सचेत, स्वतन्त्र आन्दोलन हो ,” र जसको परिणामबाट भावी समाजहरूका उत्पादन “सबैको सम्पत्तिका रुपमा गणना” हुनेछ।

    अक्टोबर १९८४ मा “आर्थिक संरचना सुधारको लागि सीपीसी केन्द्रीय समितिको निर्णय” पारित भएपछि, देङ्ग सियाओपिङ्गले यो पारित निर्णयले ‘मार्क्सवादको आधारभूत सिद्धान्तमा चिनियाँ विशेषतासहितको समाजवादको अभ्याससँग सम्मिश्रण गरेको’ राजनीतिक अर्थशास्त्रको “पहिलो मस्यौदा” भएको टिप्पणी गरेका थिए। त्यसबेलादेखि बितेको तीन दशक भन्दा बढिको समयमा सुधार र खुलापनले निरन्तर रफ्तार लिएसँगै, हामीले समकालीन चीनको मार्क्सवादी राजनीतिक अर्थशास्त्रमा धेरै महत्वपूर्ण सैद्धान्तिक उपलब्धिहरू हासिल गरेकाछौं। केही उदाहरणहरू समाजवादको सारसम्बन्धी सिद्धान्त; प्राथमिक चरणको समाजवादको आधारभूत आर्थिक प्रणालीको सिद्धान्त; नवीनतम, समन्वयात्मक, हरित, पारदर्शी, तथा साझा विकासको दर्शनको स्थापना तथा कार्यान्वयन गर्ने सिद्धान्त; समाजवादी बजार अर्थतन्त्रलाई विकसित गर्ने र सरकारले आफ्नो भूमिका अझ राम्रो खेल्ने सुनिश्चित गर्दै संसाधन विनियोजनमा बजारको निर्णायक भूमिकासम्बन्धी सिद्धान्त; आर्थिक विकासको सामान्य अवस्थामा चीनको प्रवेशसम्बन्धी सिद्धान्त; नयाँ औद्योगिकरण, डिजिटलकरण, सहरीकरण, र कृषि आधुनिकीकरणको प्रक्रियालाई समन्वय गर्ने सिद्धान्त; अनुबन्धित कृषिजमिनको स्वामित्व अधिकार, करारसम्बन्धी अधिकार, तथा जग्गाको उपयोग अधिकारको सिद्धान्त; घरेलु तथा अन्तर्राष्ट्रिय बजार तथा स्रोतहरूको प्रभावकारी प्रयोग गर्ने सिद्धान्त; र सामाजिक समता र न्यायको प्रवर्धन र हरकोहीका लागि साझा समृद्धि ल्याउनेसम्बन्धी सिद्धान्त हुन्। यी सैद्धान्तिक उपलब्धिहरू यस अघिका मार्क्सवादी अध्येताहरुका विषयवस्तु भएका थिएनन् र छलफल पनि गरेनन्। साथसाथै सुधार र खुलापन अघि हामीले त्यस क्षेत्रका अध्येताहरुसँग सम्बन्धित विषयहरूमा अनुभव वा ज्ञान लिएनौ। यी सैद्धान्तिकउपलब्धिहरुबारे शास्त्रीय मार्क्सवादी ग्रन्थहरुका अध्येताहरुले कहिल्यै छलफल गरेनन्, र सुधार तथा खुलापन अघि हामीलाई पनि यी सैद्धान्तिक उपलब्धिहरुसम्बन्धित मुद्दाहरुबारे केही अनुभव वा बुझाइ नै थिएन। जव कि यी मुद्धाहरुले नै चीनको समकालीन अवस्था र समयको प्रकृति अनुरुप ढालिएको राजनीतिक अर्थशास्त्र सम्बन्धी ज्ञानको भण्डार तयार भएको छ। यसले चीनको आर्थिक विकासका कार्यभारलाई बलियो मार्गदर्शन मात्र प्रदान गरेन, यसले मार्क्सवादी राजनीतिक अर्थशास्त्रका नयाँ क्षेत्रहरु खुला गरेको छ।

    आज विश्व अर्थतन्त्रको अस्थिर र अप्रत्याशितको ज्वारभाटाबीच, हाम्रो पार्टी एउटा ठूलो परीक्षामा छ, त्यो कस्तो भने हामी चीनको अर्थव्यवस्थाको ठूलो जहाजलाई प्रभावकारी रूपमा चलाउन सक्छौं कि सक्दैनौं भन्ने हो।

    घरेलु तथा बाह्य जगतको अत्यधिक जटिल आर्थिक परिदृष्य र प्रचुर आर्थिक परिघटनाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा मार्क्सवादी राजनीतिक अर्थशास्त्रका आधारभुत सिद्धान्त र विधिको अध्ययनले आर्थिक विश्लेषणका साधन हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउने प्रकृयाहरु बुझ्न, सामाजिक र आर्थिक विकासका अन्तरनिहित नियमहरु बुझ्न र समाजवादी बजार अर्थतन्त्र सहि मार्गमा थप प्रतिस्पर्धी बनाउन हामीलाई मद्दत गर्छ। यसले हामीलाई हाम्रो देशको आर्थिक विकासमा सैद्धान्तिक र व्यावहारिक चुनौतिहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुर्‍याउनेछ।

    मार्क्सवादी राजनीतिक अर्थशास्त्रको अध्ययनको अभिष्ट मनशाय चीनको आर्थिक विकासको राम्रो नेतृत्व गर्नु हो। हामीले यसको आधारभूत सिद्धान्त र अध्ययनविधिलाई अपनाइरहँदा, यो अझ महत्त्वपूर्ण छ कि हामीले मार्क्सवादी राजनीतिक अर्थशास्त्रलाई हाम्रो देशको आर्थिक विकासको वास्तविकतासँग एकीकृत गर्नु पर्छ। र यस एकिकृत गर्ने प्रक्रियामा नयाँ सैद्धान्तिक उपलब्धिहरू हासिल गर्न निरन्तर प्रयास गर्नु पर्छ।

    सर्वप्रथम, हामीले जनता केन्द्रित विकासको दृष्टिकोण अझै अवलम्वन गर्नै पर्छ। विकास जनताको लागि हो; यो मार्क्सवादी राजनीतिक अर्थशास्त्रको मौलिक अडान हो। मार्क्स र एंगेल्सले भनेका थिए, “सर्वहारा आन्दोलन अत्यधिक बहुमतको हितमा अत्यधिक बहुमतको आत्म-सचेत, स्वतन्त्र आन्दोलन हो ,” र जसको परिणामबाट भावी समाजहरूका उत्पादन “सबैको सम्पत्तिका रुपमा गणना” हुनेछ। देङ्ग सियाओपिङ्गले भनेका थिए कि उत्पादक शक्तिको मुक्ति तथा विकास र शोषण तथा ध्रुवीकरणको अन्त्य भएर प्राप्त गरिएको साझा समृद्धिले नै समाजवादको सारलाई प्रतिनिधित्व गर्दछ। अक्टोबर २०१५ मा सम्पन्न १८ औं सीपीसी केन्द्रीय समितिको पाँचौ प्लेनरी सेसनले जनता–केन्द्रीत विकासको दृष्टिकोण अवलम्वन गर्नपर्ने र जनताको खुशहाली सुधार गर्ने, उनीहरूको सर्वांगीण विकासलाई प्रबर्द्धन गर्ने तथा आर्थिक विकासको अपरिहार्य लक्ष्यहरू प्राप्त भएको साझा समृद्धिको दिशा उन्मुख स्थिर प्रगति गर्नपर्ने आवश्यकताहरुलाई जोड दियो। यी त्यस्ता कुराहरु हुन्, जसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। आर्थिक कार्ययोजना बनाउने, आर्थिक नीतिहरू बनाउने, र आर्थिक विकासलाई प्रोत्साहित गर्ने क्रममा, हामी सधैं यव आधारभूत अडानमा दृढ भई उभिएको हुनैपर्छ।

    दोस्रो, हामीले नयाँ विकास दर्शनलाई अवलम्वन गर्नुपर्छ। हाम्रो राष्ट्रको विकासको लागि वातावरण, परिस्थितिहरू, कार्यहरू र आवश्यकताहरूमा आएका नयाँ परिवर्तनहरूलाई सम्वोधन गर्दै, १८औं सीपीसी केन्द्रीय समितिको पाँचौं प्लेनरी सेशनले नवीन, समन्वयात्मक, हरित, खुला, र शेयर गरिएको विकास (साझा विकास) को नयाँ दर्शनलाई स्थापित र अवलम्वन गर्ने आवश्यकतालाई अगाडि बढायो। यस दर्शनका पाँचवटा घटकहरू मुलुकिभत्र र बाहिरका विकासका सिकाइ र अनुभवको गहिरो समीक्षाको आधारमा, साथसाथै प्रमुख आन्तरिक र अन्तर्राष्ट्रिय विकास प्रवृत्तिको गहन विश्लेषणको आधारमा प्रस्तुत गरिएका थिए। ती घटकहरुले चीनको विकासलाई निर्देशित गर्ने अन्तर्निहित नियमहरूको हाम्रो पार्टीको नयाँ बुझाइको केन्द्रीकृत प्रतिबिम्ब प्रस्तुत गर्दछन् र तिनीहरुको मार्क्सवादी राजनीतिक अर्थशास्त्रसँग धेरै परिप्रेक्ष्यमा मेल खान्छन्। उदाहरणको लागि, मार्क्स र एंगेल्सले भावी समाजहरूको कल्पना गरेका छन्, जहाँ “सबैले गरेको उत्पादनको फलमा सबैको सहभागिता हुन्छ”, जहाँ “मानिस स्वाभाविक रूपमा प्राथमिक हुन्छन्”, र जहाँ “प्रकृतिको इतिहास र मानिसहरुको इतिहास एक अर्कामा निर्भर हुन्छन्।” यसैबीच, नयाँ विकास दर्शनका पाँच घटकहरूले हामीले अगाडि बढाएको आर्थिक विकासको प्रक्रियामा प्राप्त गरेको अवधारणागत ज्ञानको निचोड र यस सम्बन्धमा हाम्रो अनुभवको सैद्धान्तिक सारांश पनि प्रस्तुत गर्दछन्। हामीले नयाँ विकास दर्शनलाई अवलम्वन गर्दै हाम्रो राष्ट्रको आर्थिक विकासको मार्गनिर्देशन गर्न तथा अगाडि बढाउन, र यस प्रक्रियामा चुनौतिहरू तथा बाधालाई निरन्तर समाधान गर्न अभ्यस्त हुनैपर्छ।

    तेस्रो, हामीले हाम्रो आधारभूत समाजवादी आर्थिक प्रणालीलाई सुदृढ र प्रबर्द्धन गर्नै पर्छ।
    मार्क्सवादी राजनीतिक अर्थशास्त्रका अनुसार, उत्पादनका साधनहरुको स्वामित्व उत्पादन सम्बन्धको गुदी तत्व हो र यसले समाजको आधारभूत प्रकृति/चरित्र र यसको विकासको दिशा निर्धारित गर्दछ। सुधार र खुल्ला भएदेखि हाम्रो पार्टीले सकारात्मक तथा नकारात्मक दुवैखालका अनुभवहरूबारे प्रतिविम्वित गरेकोछ र समाजवादको प्राथमिक चरणको लागि आधारभूत आर्थिक प्रणाली स्थापना गरेको छ। यस प्रणाली अन्तर्गत, हामीले सार्वजनिक स्वामित्वलाई मुख्य आधार बनाउने क्रमलाई जोड दिइरहेका छौं, जबकि अन्य स्वरुपका स्वामित्व सँगसँगै विकसित हुन दिईएको छ र सार्वजनिक तथा गैर सार्वजनिक क्षेत्र दुवै समाजवादी बजार अर्थतन्त्रका महत्त्वपूर्ण अंगहरू हुन् भनेर स्पष्ट पार्‍यौं। साथै यी दुवै क्षेत्रहरु हाम्रो राष्ट्रको आर्थिक र सामाजिक विकासको लागि महत्वपूर्ण आधारशिला हुन् भन्नेपनि स्पष्ट पार्‍यौं। हामीले दृढ प्रतिबद्धताका साथ सार्वजनिक क्षेत्रको सुदृढीकरण तथा विकास गर्नुपर्दछ, र सबै स्वरूपहरूको स्वामित्वले एक अर्कालाई सुदृढ र सँगै विकास गर्न सक्दछ भन्ने कुरा सुनिश्चित गर्दै गैर-सार्वजनिक क्षेत्रको विकासलाई प्रोत्साहित गर्न, टेवा दिन र मार्गनिर्देशन गर्न समान प्रतिबद्धता देखाउनुपर्छ । यी कुराका साथसाथै, हामी यो कुरा अत्यन्त स्पष्ट हुनुपर्दछ कि हाम्रो देशको आधारभूत आर्थिक प्रणाली चिनियाँ समाजवादी प्रणालीको महत्वपूर्ण स्तम्भ हो र समाजवादी बजार अर्थव्यवस्थाको आधार हो। र त्यसैले सार्वजनिक स्वामित्वको प्रभावशाली भूमिका र राज्य क्षेत्रको अग्रणी भूमिका कुनैपनि हालतमा परिवर्तन गर्नु हुँदैन। यसो हुँदा यस्तो आधारभूत समाजवादी आर्थिक प्रणालीले नै चीनभरका सबै जातीय समूहका नागरिकहरू विकासको प्रतिफलमा साझेदार हुनसक्ने कुराको सुनिश्चित गर्नका लागि संस्थागत ग्यारेन्टी हुन्छ, साथै यो आर्थिक प्रणाली चिनिया कम्युनिष्ट पार्टीको शाशकीय जिम्मेवारी सुदृढीकरण गर्ने र हाम्रो देशको समाजवादी प्रणालीलाई प्रबर्द्धन गर्ने महत्त्वपूर्ण साधन हो।

    चौथो, हामीले हाम्रो आधारभूत समाजवादी वितरण प्रणालीलाई कायम र सुधार गर्नै पर्छ। मार्क्सवादी राजनीतिक अर्थशास्त्रले स्पष्ट गर्छ कि वितरण उत्पादनबाट र प्रतिक्रियास्वरुप दुबैले निर्धारित गरिएको हुन्छ। र “उत्पादनलाई वितरण प्रणालीले सबैभन्दा बढी प्रोत्साहित गर्छ। यही वितरण प्रणालीले समाजका सबै सदस्यहरूलाई अधिकतम सर्वव्यापीताका साथ आफ्ना क्षमता विकास गर्न, कायम राख्न र उपयोग गर्न मद्दत गर्दछ।”.हाम्रो वास्तविक अवस्थालाई ध्यान दिएर, हामीले श्रम-आधारित वितरणमा केन्द्रित वितरण प्रणाली स्थापना गर्‍यौं र साथसाथै वितरणका अन्य रूपहरूलाई पनि रहन दियौं। यो संस्थागत व्यवस्था अभ्यासबाट पुष्टि गरिएको छ। त्यो अभ्यास भनेको सबै क्षेत्रहरूको पहललाई परिचालन गर्ने र कार्यदक्षता तथा समताबीच स्वाभाविक सन्तुलन गरिएको अवस्था हो। यद्यपि बहुमुखी कारकहरुका कारण, चीनको आय वितरणमा अझै धेरै समस्याहरू छन्। मुख्य समस्याहरू यी हुन् – आयको खाडल व्यापक रूपमा बढेको छ, ज्याला अनुसार प्राथमिक वितरणको अनुपात तुलनात्मक रूपमा कम छ, र राष्ट्रिय आयको वितरणमा व्यक्तिगत आम्दानीको हिस्सा ज्यादै कम छ। हामीले यी समस्याहरूलाई अत्यन्त गम्भीरताका साथ लिएका छौं, व्यक्तिगत आय अर्थव्यवस्थाको बृद्धि सँगसँगै क्रमशः बढ्ने, र श्रम उत्पादकताको साथसाथै ज्यालामा वृद्धि हुने सुनिश्चित गर्नका लागि हामीले कडा मेहनत गर्नु पर्छ। हामी राष्ट्रिय आय वितरणका असमानता (खाइ) लाई समायोजित गर्नेछौं, शहरी र ग्रामीण बासिन्दाको आम्दानीमा लगातार वृद्धि ल्याउनेछौं, र निरन्तर सुधारको माध्यमबाट आय अन्तरमा कमी गर्ने क्रमलाई जारी राख्नेछौं।  

    पाँचौं, हामीले समाजवादी बजार अर्थतन्त्रको विकास गर्न सुधारलाई निरन्तरता दिनै पर्छ। समाजवादका शर्तहरुमा विकसित भइरहेको बजार अर्थतन्त्रले हाम्रो पार्टीद्वारा गरिएको एक अग्रणी प्रयासलाई प्रतिनिधित्व गर्दछ। चीनको आर्थिक विकासमा ठूलो सफलता हुनुको मुख्य तत्व/कारण यो हो कि हामीले बजारको अर्थव्यवस्था र समाजवादी प्रणाली दुबैको क्षमता एकै साथ विकास गर्नसकेका छौं। हाम्रो बजार अर्थव्यवस्था समाजवादी प्रणालीका आवश्यक शर्तहरू र सीपीसीको नेतृत्वमा विकसित भएको छ। “समाजवादी” शब्द मुख्य गुत्थी सुल्झ्याउने शव्द हो, र यो त्यस्तो शव्द हो, जसलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। हामीले हाम्रो अर्थव्यवस्थालाई समाजवादी बजार अर्थव्यवस्था भनेका छौं किनभने हामी पूँजीवादी बजार अर्थव्यवस्थाको कमजोरीहरूलाई प्रभावी ढंगले हटाउँदै हाम्रो प्रणालीको सामर्थ्य वा गुणहरु कायम गर्नमा प्रतिबद्ध छौं।

    द्वन्द्ववादी दृष्टिकोण मातहत बस्तुहरुको दुईपक्षीय प्रकृति(गुण)लाई मनन गर्दै, हामीले आधारभूत समाजवादी ब्यवस्था र बजार अर्थतन्त्रसँग एकिकृत गर्न निरन्तर कार्यहरु गरिरहनैपर्छ। यसो गर्दा आ-आफ्नै सबलताहरुलाई कसरी प्रभावकारी बजार र प्रभावकारी सरकार दुबै कायम राख्ने, आम आर्थिक चुनौतिहरु समाधान गर्ने ब्यवहारिक प्रयासहरुको बोझ उठाउने र समर्पित हुने कुरा सुनिश्चित गर्नु आवश्यक छ।

    छैठौं, हामीले खुलापनको मौलिक राष्ट्रिय नीतिलाई अपनाउनै पर्छ।मार्क्सवादी राजनीतिक अर्थशास्त्रका अनुसार, मानव समाजले अन्तत: एक राष्ट्रको तहदेखि विश्वव्यापी तहसम्मको तवरले समग्र तथा पूर्ण इतिहास देख्न पाउनेछ। आज, हाम्रो देशको बाँकी दुनियासँगको सम्बन्धको स्तर अभूतपूर्व छ, जस्तो कि हाम्रो अर्थव्यवस्थाले विश्व अर्थव्यवस्थालाई र यसको विपरित हाम्रो अर्थव्यवस्थालाई विश्व अर्थव्यवस्थाले प्रभाव पार्दछ। भूमण्डलीकरण गहिरिदैंजाँदा, हामीले आफैलाई बन्द गरेर विकासलाई पीछा गर्न सकेनौं कि! यसको विपरित, हामी देश र विदेशका दुवै परिदृश्यमा नजर राख्दै, र घरेलु तथा अन्तर्राष्ट्रियका बजार तथा स्रोतहरूको राम्रोसँग उपयोग गर्नमा निपुण हुनुपर्दछ। विश्व अर्थतन्त्रमा हाम्रो अर्थव्यवस्थाको गहन एकीकरणको प्रवृत्तिलाई ठीकसँग ठम्याउँदै, हामीले अझ खुला अर्थव्यवस्थाको विकास गर्नैपर्दछ, विश्वव्यापी आर्थिक शासनमा सक्रियतासाथ भाग लिनुपर्दछ र विश्वव्यापी आर्थिक व्यवस्थालाई न्यायपूर्ण, समतामूलक, सहकारी र पारस्परिक लाभ हुने दिशामा फर्काउनु पर्छ। यही बेला, हामीले दृढतापूर्वक हाम्रो देशको विकासको हितको रक्षा गर्नुपर्दछ, सबै प्रकारको जोखिमहरुको आकलन गर्नुपर्दछ, र हाम्रो आर्थिक सुरक्षा सुनिश्चित गर्नुपर्दछ। यी कार्यहरू सञ्चालन गर्दा,  धेरै सैद्धान्तिक र व्यावहारिक प्रश्नहरू आउछन् जुन हामीले अगाडि नै खोजविन गर्नु आवश्यक छ।

    निष्कर्ष
    अन्तमा, मार्क्सवादी राजनीतिक अर्थशास्त्रको आधारभूत सिद्धान्त र अध्ययनविधिलाई अपनाइरहने हाम्रो प्रतिबद्धताले अन्य देशहरूको आर्थिक सिद्धान्तहरूको तर्कसंगत अंशलाई अस्वीकार गर्दैन। वित्त, मूल्य, मुद्रा, बजार, प्रतिस्पर्धा, व्यापार, विनिमय दर, उद्योग, उद्यम, वृद्धि, र व्यवस्थापन जस्ता विषयहरूसम्बन्धी पश्चिमी अर्थशास्त्रका ज्ञानहरुले सामाजिक उत्पादन र बजार अर्थव्यवस्थाका नियमहरुका एक पक्षलाई मात्र प्रतिबिम्बित गर्दछन्, र त्यसैले तिनीहरुलाई सन्दर्भको रूपमामात्र प्रयोग गर्नुपर्दछ। यसका साथसाथै, हामीले अन्य देशहरूका, विशेषगरी पश्चिमी देशहरूका आर्थिक सिद्धान्तहरूलाई चामल र ढुङ्गा छुट्टाउने निश्चित हुनेगरी निफन्नु जरुरी छ। हाम्रो फाइदाको लागि अरूको शक्तिलाई उपयोग गर्दा आफ्नै हितलाई प्राथमिकतामा राख्दै, हामीले पूँजीवादी व्यवस्थाको गुण र मूल्य झल्काउने वा पश्चिमी विचारधाराले सजाइएका सिद्धान्तहरूका पक्षहरूको यान्त्रिक रूपमा नक्कल नहुने निश्चित गर्नुपर्दछ। अर्थशास्त्रका सिद्धान्तहरु आर्थिक मुद्दाहरुको अध्ययनमा समर्पित भएता पनि ती सिद्धान्तहरु शुन्यमा बाँच्दैनन्, र त्यसकारण तिनलाई सामाजिक र राजनीतिक मुद्दाहरुबाट अलग्गै राख्न सकिँदैन। अतः  हाम्रा शिक्षकहरुले अर्थशास्त्र पढाउँदा उनीहरुले विदेशी अवधारणालाई विना भेदभाव अपनाउनु पर्छ भनेर वकालत गर्नु हुदैन। उनीहरूले सिमान्तिकृत नबनुन् भन्ने हेतुले मार्क्सवादी राजनीतिक अर्थशास्त्र र समकालीन चीनको समाजवादी राजनीतिक अर्थतन्त्रको गहिरो अध्ययन गर्नुपर्छ।

    मार्क्सवादी राजनीतिक अर्थशास्त्र महत्वपूर्ण सञ्जिवनीका रुपमा रहिरहनका लागि यो समयको गतिसँगसँगै विकसित हुनै पर्छ। अभ्यास सिद्धान्तको स्रोत हो। केही दशकमा नै, हामीले विकासको एक प्रक्रिया पूरा गर्‍यौं जुन विकसित देशहरूलाई शताब्दीहरू लागेको थियो। हाम्रो आर्थिक विकासको अविश्वसनीय प्रगति र उपलब्धिहरूका पछाडि, नवीनतम सिद्धान्तको उर्जा, सामर्थ्य, र सम्भाव्यता रहेको छ। आज, हाम्रो अर्थव्यवस्था र विश्व अर्थव्यवस्था नयाँ, र ठूला प्रमुख चुनौतिहरूको सामना गर्दैछ, र यिनीहरुको अति नै व्यापक क्षेत्र सुहाँउदो सिद्धान्तहरूद्वारा सम्बोधन गर्नुपर्ने आवश्यक छ। चीनको राष्ट्रिय अवस्थाहरू र विकासमा हाम्रो अनुभवहरूमा आधारित, हामीले नयाँ मुद्दाहरू र विशेषताहरू उजागर गर्दै घरेलु र विश्वव्यापी अर्थतन्त्रहरूले सामना गरिरहेका नयाँ मुद्दाहरू र परिस्थितिहरूको राम्ररी जाँच गर्नुपर्दछ। हामीले आर्थिक विकासको प्रक्रिया मार्फत हासिल गरेका अन्तर्निहित नियमहरूलाई मान्यता दिन उपलब्धिहरूको समीक्षा र परिष्कृत गर्नै पर्छ, र हाम्रो व्यावहारिक अनुभवलाई व्यवस्थित आर्थिक सिद्धान्तहरूको तहसम्म पुर्‍याउनु पर्छ। यसो गरेर, हामी समकालीन चीनमा मार्क्सवादी राजनीतिक अर्थशास्त्रको लागि निरन्तर नयाँ पाठशाला खोल्ने छौं, र नवीनखोजी तथा विकाससम्बन्धी विधामा चिनियाँ ज्ञान तथा बुद्धिको भण्डारमा योगदान गर्नेछौं।

    नोभेम्बर २३, २०१५  मा १८ औं सीपीसी केन्द्रीय समितिको पोलिटिकल ब्यूरोको २८ औं समूह–अध्ययन कक्षामा दिइएको प्रवचन।

    सर्वप्रथम क्युउशी जर्नल, चिनियाँ संस्करण, १६, २०२ मा प्रकासित। २०१९ नवम्वर ९ को चाइनाडेलीमा अद्यावधिक र भावानुवाद नेरि डेस्क।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सी जिनपिंग

      सी जिनपिंग

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.