Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारतमा कोभिड-१९ ले हाम्रो समाजको विकृतरुप कष्टपुर्वक उजगार गरेको छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ७, २०७७
- राजनीति, विमर्शका लागि, सामयिक
A A
0
एक बृद्वाको ४०० किलोमिटर लामो यात्रा

एक बृद्वाको ४०० किलोमिटर लामो यात्रा

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सबै लकडाउनले धनिलाई सुरक्षा दिन्छ र गरिबहरुलाई मानवीय तथा आर्थिक चुनौतिहरु झेल्न लगाउँछ – शहीद जमील भाइरसशास्त्रि

    शाहीद जमील। कजोडि एक शक्तिशाली छवि भएकी वृद्ध थिइन्। पर क्षितिजमा अग्ला भवनहरु थोप्ला सरह देखिने नोएडा- ग्रेटर नोएडा छेउको एक्स्प्रेस राजमार्गमा एउटा एक्लो जीव। २४ मार्चमा घोषित राष्ट्रिय लकडाउन पछि यी ९० वर्षिया दिल्ली- एनसिआरबाट ४०० कि मि पर राजस्थानमा रहेको आफ्नो गाउँ फर्किने जमर्को गरिरहेकी थिइन्। यो तस्वीरले मलाई क्रोधित बनायो। र, त्यसले मलाई निरास बनायो। वैज्ञानिकका रुपमा तालिम प्राप्त- बायोकेमिष्ट- अझ स्पष्ट भन्दा भाइरोलोजिस्ट म- कोरोनाभाइरसको फैलने क्रमसँगै आफ्ना विचार व्यक्त गर्न माग भइरहेको थियो। जनस्वास्थका सिद्धान्तहरुमा अडिएर म सामाजिक दुरि र लकडाउनको वकालत गरिरहेको थिँए… तर के म विज्ञानबाट चकाचौंध भइरहेको त थिइन, र जनस्वास्थ्य भित्रको “जन” लाई वेवास्ता त गरिरहेको थिइन? अवश्य म त्यसै गरिरहेको थिएँ… र मलाई आफै देखि रिस उठिरहेको थियो।

    कसरी म दक्षिण दिल्लीस्थित आफ्नो आरामदायी अपार्टमेन्टमा बसेर दुखजिलो गरी बाँचिरहेकाहरु माथि शर्तहरु थोपर्न सक्थें ? म कसरी दिल्लीका झोपडपट्टीमा वा मुम्बईका झोपडिमा एउटा कोठामा पाँच वा छ जना खाँदिएर बसिरहेकाहरु समक्ष “सामाजिक दुरि” लाई सिद्ध गर्न त परै जावोस् बुझाउन पनि सक्थें? एउटा कोठामा ५-६ जना ? मेरो क्रोध निरासामा बद्लियो। विगत पन्ध्र दिनभन्दा अघिबाट एक चरणको लकडाउन सिद्धिएर अर्को चरण सुरु हुँदै गर्दा अन्य विभिन्न खालका विरोधाभाषि भावनाहरुले हामीलाई आक्रान्त तुल्याए। अनुभवका आधारमा हामी वैज्ञानिकहरुले के सिक्यौं? बाहिरको संसारले, प्रयोगशाला बाहिरको संसारले यी घटनाहरुको कसरी सामना गरिरहेको छ त? म यहाँ मेरा केही विचारहरु र भावनाहरु पोखिरहेको छु- आश गरौं! यी हाम्रा सन्देहहरुले समाजभित्रको विज्ञानको सामुहिक चिरफार पेस गर्नेछ।

    पहिलो, के हामी वैज्ञानिकहरु आम मानिसहरु आफ्नो आफ्नो आत्मसम्मान खोसिएर नाङ्गेझार भएको टुलुटुलु हेरिरहन सक्छौं? हामीले हजारौं आप्रवासी मजदुरहरु खचाखच भरिएका बसहरुमा झुन्डिएरै भए पनि आफ्ना गाउँका घर फर्किन तँछाडमछाड गरिरहेका दृष्यहरु त देखेकाछौं। र, बसमा चढ्न असमर्थहरु राजमार्गहरु हुँदै घर फर्किरहेकाहरु पनि देखिरहेका छौं। सम्भवत उनिहरु घर पुगेर भोकभोकै मर्न पनि सक्छन् तर आत्मसम्मानका साथ । एक गरिब मानिसले भने, “हामी यहाँ यो अवस्थामा बेवारिसे मृत्य मर्नेछौं र कसैले पनि हाम्रो लाश छुनेछैन। तर गाउँमा हाम्रा मानिसहरुले हाम्रो सदगति गर्नेछन्”। हैकमतन्त्रले उनिहरुका पिडाजनक अवस्थालाई कुटपिट, केमिकल स्प्रे र एकान्तमा थुनेर प्रदर्शित गर्‍यो। आत्मसम्मान र सामाजिक दुरिका दुबै विचार मार्च महिनाका अन्तिम दिनहरुको आनन्ददायी हावामा तैरिरहेका थिए।

    मुम्बईको टाटा अस्पतालका क्यान्सर फिजिसियन राजिब सरिन सामाजिक सञ्जालको पोष्टमा लेख्छन्, “यी दृष्य र विचारहरुले भारतीय मानसपटलमा गहिरो खत बस्नेछ। मेरो विचारमा सन् १९४७ पछि भारतको मूल भूमिमा देखापरेको यो सबैभन्दा खराब दृष्य हो। यो हाम्रो स्व-पोषित समाजको धेरै दुखद चित्र हो, जसको एक अंशमात्र हो सरकार।” उनी लेख्छन् ” गरिबहरुको आस्थाको कमी” – वास्तवमा “साच्चैको कठिन समयमा उनिहरु एक्लै हुनेछन,” भन्ने उनिहरुको दृढविस्वास। र तब उहीँ पुरानो भाग्यवादका चिन्हहरु। “कसैप्रति द्वेष नराखी उनिहरु आफ्नो असहाय अवस्था निर्विकल्प आफुहरु गरिब भएकै कारणले हो भनी व्याख्या गर्छन्।”

    यो विश्वमहामारीले मलाई केही नयाँ पाठहरु पढाएको छ। विज्ञानको मेरो तालिम एक ध्रुवीय थियो। आफ्नो जमानाका नामुद ज्ञानकेन्द्र अलिगढको मुस्लिम युनिभर्सिटी (एएमयु) र आइआइटि कानपुरको पढाइका बावजुद पनि यसो हुन गयो। एएमयुमा म जस्तो अण्डरग्राजुएटलाई एक वामपन्थीले जर्ज अर्वेलको ‘एनिमल फार्म’ पढाउन सक्थ्यो, एक महिलावादीले हेन्‍रिक इब्सेनको ‘अ डलस् हाउस’ र अरबीका लेक्चररले फ्रेन्च भाषा पढाउन सक्थ्यो। कानपुरको आइआइटीमा प्रहरीको निगरानी बेगर तपाईं फैजको ‘हम देखेङ्गे’ वाचन गर्न सक्थ्यो। अरबी, बायोकेमेस्ट्री र समाजशास्त्र जस्ता विविध बिषयका विद्वानहरु भएको घरमा हुर्किइरहदा पढ्नका लागि चाखलाग्दा बिषयहरु प्राप्त भइरहन्थे। अमेरिकामा पिएचडि गरिरहँदा म एउटा यस्तो समूहसँग जोडिएँ जो प्रत्येक हप्ता बैठक बस्थ्यो र इन्डिया सम्बन्धित मुद्दाहरुबारे पढ्थ्यो र छलफल गर्थ्यो। त्यस समूहका प्रत्येक सदस्य मानवशास्त्री, इन्जिनियर, पत्रकार, पोषणविज्ञ र म भाइरसविज्ञ भएर काम गर्न इन्डिया फर्कियौं। यो पृष्ठभूमिका कारण पनि आफ्नो अल्मलिएको दुरदृष्टिलाई लिएर चिन्तित थिँए।

    धेरै जसो वैज्ञानिकहरु आफ्नो धेरै समय प्रयोगशालामा विताउछन् त्यसैले सामाजिक वा मानवीय चाखका लागि उनिहरुसँग थोरै समय बाँकी रहन्छ। फिजिसियनहरु पनि धेरै समय अस्पतालमा विताउछन् तर उनीहरु विरामीहरुको सम्पर्कमा आउने हुनाले उनिहरुका अनुभूति धेरै बलिया हुन्छन् होला। तरै पनि मानविकीमा सुरुवाति ज्ञानको कमीले – विज्ञान, इन्जिनियरिड र चिकित्साशास्त्रको शिक्षामा त्यस्तो कहानी पढाइदैन जसले `मानिसहरु´ र `समाजहरु´ जस्ता गतिशिल र प्रवाहयुक्त क्षेत्रमा आफुले प्राप्त गरेको ज्ञानको प्रयोगका सिलसिलामा एउटा रिक्तता रहिरहन्छ। (यसको ठिक उल्टो मानविकीका विद्यार्थीहरु जहिले पनि प्रविधि प्रति शंकालु हुन्छन् र प्रविधि, रोग र स्वास्थ्य सम्बन्धी फेक समाचारलाई सजिलै विश्वास गर्न सक्छन्। यस महामारीमा यो धेरै पटक देखिएको छ)।

    एक बृद्वाको ४०० किलोमिटर लामो यात्रा

    जब यो विश्व दृष्टिकोण शासनमा रुपान्तरित हुन्छ, यसले वास्तविक समस्याहरु खडा गर्नसक्छ। टेक्नोक्र्याटहरुले मानवहरुको होइन `बस्तुहरु´(स्थिर बस्तुहरु) जसलाई कुनै मेसिनलाई जसरी ठिक गर्न सकिन्छ भन्ने ठान्दछन्। उनिहरुको काम गराइमा प्राय मानवतासम्बधी बुझाइको कमी झल्किन्छ। र अर्को पक्षले प्रायश नीति निर्माण गर्दा भरोसायोग्य तथ्याङ्क र प्रमाणित तथ्यहरुमाथि पर्याप्त ध्यान दिदैन र राजनीति तथा मनोगत धारणा आधारित भएर निर्णय गर्छ। तर निर्णयको राम्रो सन्तुलन विविधतासहितको टिम र ब्यक्तिहरुले प्राप्त गरेको पुर्ण तालिमले कायम गर्नसक्छ।

    “जबसम्म विज्ञानलाई वैज्ञानिक विधिबाट अलग्याएर तथ्यहरु र नियमहरुको संगालोका रुपमा पढाइन्छ तबसम्म विज्ञान र छद्मविज्ञानमा अल्मलिनु अवस्यंभावी छ,” लामो समय देखिका मेरा मित्र र शिव नादर विश्वविद्यालयका रसायनशास्त्रका प्रोफेसर एन सुकुमार भन्छन्। यो अवस्यम्भाविताले कता डोहोर्‍याउँछ भने प्रमाणले निर्णय निरुपण वा शासनमा कुनै भूमिका नखेल्न वा स्यानो भूमिका मात्र खेल्न सक्छ। यसको परिणामस्वरुप अहिलेको जस्तै भयानक संकटहरु निम्तिन सक्छन्।

    एक बायोमेडिकल अनुसन्धाताका रुपमा म रोग लगाउने सूक्ष्मजिवाणु (प्याथोजन) को समावेशिताबारे जानकार छु। तिनले राजा महाराजा, सर्वसाधारण, धनी र गरिब, भिन्न भिन्न धर्म मान्ने र राष्ट्रियताका मानिसहरुलाई आक्रमण गर्छन्। भाइरसका लागि सामाजिक हैसियत, आस्था छालाको रङ्ग र अन्य भिन्नताहरुले खासै अर्थ राख्दैन। कोभिड-१९ ले कम्युनिष्ट चिन, ख्रिष्टियन इटली, इस्लाम इरान र धर्मनिरपेक्ष पश्चिमलाई उत्तिकै वेगमा आक्रमण गरिरहेको छ। यसले धार्मिक प्राथनास्थलहरु मात्र होइन बार, नाइटक्लब र क्यासिनोहरु पनि बन्द गराएको छ। जब स्वर्ग र नर्क नै कुनै कुरामा सहमत हुन्छन् भने हामीले त्यसलाई गम्भीरतासाथ लिनुपर्छ?

    म फेरि गलत सावित भएँ। महामारीले भारतमा हाम्रा सामाजिक धाँजाहरु कष्टपुर्वक उजगार गरेको छ।

    जब कुनै अवस्थाको सामना गर्न असक्षम बनिन्छ तब दोष अर्काको टाउकोमा थोपर्न सबैभन्दा सजिलो हुन्छ। घ्रृणा छर्ने भारतीय मिडिया महामारीको सामुन्ने उभिइरहँदा पनि आफ्ना साम्प्रदायिक एजेण्डाहरु यथावत अघि बढाइरहेकोछ- फेक समाचार भाइरस भन्दा द्रुत गतिमा भाइरल भइरहेका छन्। शिक्षितहरु प्रायश पनि उहीँ ड्याङका मूला भएका छन्। यी ” आज covigots (कोरोनाभाइरसलाई विरोधी तह लगाउन प्रयोग गर्ने) ले आफ्नो घृणालाई भाइरसको आवरणमा लुकाएका छन्; भोलि उनिहरुले अर्को संकटलाई प्रयोग गर्नेछन् ।

    भाइरस समावेशी हुनसक्छ तर महामारी होइन। कुनै पनि ठाउँमा लगाइएको लकडाउनले धनिको रक्षा गर्छ र गरिबलाई मानवीय र आर्थिक चुनौतरहरु सामु खडा गरिदिन्छ। गरिब गुमेको ज्याला, बेरोजगारी र कल्याणकारी कार्यक्रममाथि पहुँच नभएर पिडित हुन्छ। भारतको लगभग ९० प्रतिशत श्रमशक्ति अनौपचारिक क्षेत्रमा छ, जसले सबैभन्दा बढि पीडा भोगिरहेको छ। अन्तरराष्ट्रिय श्रम संगठनको एक प्रतिवेदन अनुसार कोभिड-१९ का कारण भारतका ४० करोड मजदुर थप गरिबीमा भासिने छन्। अनलाइनमा पहुँच केही सिमित मानिसहरुलाई मात्र उपलब्ध छ, गरिबका बालबालिकाहरु सिकाइमा पनि पछि परिरहेका छन्। चिन्ताग्रस्त घरेलु हिंसा बढ्दै जाँदा यसबाट पुरुष भन्दा महिला बढि पिडित भइरहेका छन्। तर जिवशास्त्रीय हिसाबमा भाइरसबाट हुने मृत्यदर महिला भन्दा पुरुषमा बढि छ।

    सबै जनावर बराबर (छैनन्) छन्। केही जनावर अरु जनावर भन्दा बढि बराबर छन्।
    मैले एउटा अनलाइन भिडियोमा एक गरिब फलफुल बिक्रेताले आप्रवासीहरुलाई आफ्नो ठेलाबाट फलफुल लैजान दिइरहेका थिए। पुरुष, महिला र केटाकेटीहरुले ठेलाबाट एक वा दुईवटा केरामात्र लिइरहेका थिए। गरिबहरुसँग अझै पनि आत्मसम्मान जिउँदै छ। हामी मध्यम वर्ग नै हौं जसले आफ्नो भौतिकवादले बाटो विराइरहेका छौं। जब म प्रत्येक पटक आफ्नो दराज खोल्दा म भन्दा २ करोड गुणा सानो, मेरो भन्दा १ लाख गुणा सानो जेनोम भएको भाइरसले बेकामे बनाइदिएका मेरा कमिज, पेन्ट र जुत्ताहरु देखेर सधै मलाई ऐंठन हुन्छ ।

    एक ब्यक्तिको मृत्यु दुखान्त हो; लाख मानिसको मृत्यु तथ्याङ्क हो। यो टिप्पणीलाई जोसेफ स्टालिनसँग जोडिन्छ। र मदर टेरेसाले एक पटक, ” जब म भिँडलाई हेरिरहेकी हुन्छु, तब म केही गर्दिन। स्टालिन र मदर टेरेसा कुनै कुरामा सहमत हुन्छन् र, तपाईं सोच्नु हुनेछ। यहाँ धेरै मानिसहरुको पिडालाई नजरअन्दाज गर्ने प्रवृति छ जसलाई `समवेदनाको अन्त्य´ भनी अंकित गरिएको छ। जब जब पिडितहरुको संख्या बढ्दै जान्छ तब सहानुभूतिको परिमाण वास्तव मै घट्दै जान्छ। त्यस्तै सहयोग गर्ने चाहना पनि घट्दै जान्छ। मानिसहरु आफ्ना अनुभूतिहरु घटाउदै लैजान्छन्। यो हाम्रो दिमागमा प्रोग्राम गरिएको हामीलाई भावविह्वल हुनबाट जोगाउने बाच्ने कला हो जस्तो देखिन्छ।
    तर सम्मतिका लागि `विश्वास´ र `दया´ आवस्यक हुन्छन्- कोभिड ब्यवस्थापनको केरला मोडल यसको उदाहरण हो। विश्वमहामारीहरु प्रकृति र परिणाम दुबैमा जैविक र सामाजिक दुबै हुन्छन्। यदि हामीले एउटाको मूल्यमा अर्कोलाई बेवास्ता गर्‍यौं भने हामीले आफ्नै दुख बेसाइरहेका हुन्छौं।

    म आशा गर्छु कजोडि सुरक्षित छिन्। म यो पनि आशा गर्छु– मेरो देशको र म स्वयंको करुणा मर्ने छैन।

    लेखकशाहीद जमील नयाँ दिल्ली स्थित इन्टरनेसनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटेकका वैज्ञानकि हुन्।आउटलुक इन्डिया २७ मार्च २०२० बाट साभार।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.