Date
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
Friday, December 8, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गैरप्राविधिक विषय अध्ययन गर्ने सक्षम हुँदैनन् भन्ने कथन पूर्वाग्रही छ

हामीले देशको भाग्य र भविष्य सपार्ने हो भने कहाँ बाट हस्तक्षेप गर्ने त? यो प्रश्नको उत्तर खोज्ने क्रममा हामीले उच्च शिक्षाबाट सुरु गर्ने निचोड निकाल्यौं। मूल कुरा भनेको ज्ञान, विवेक, नैतिक मूल्य र मान्यता, देश प्रेम र भविष्य प्रतिको आशावाद हो। यी कुरालाई झक्झक्याउन सकेनौं भने हाम्रो देशका उर्जावान मानिस बाहिरिने क्रम रोकिनुको सट्टा झनझन बढ्दै जानेछ।

डा. अर्जुन कार्की डा. अर्जुन कार्की
चैत्र १४, २०७९
- विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्व श्रम बजारमा स्थापित हुने खालका विद्यार्थी उत्पादन गर्न हाम्रा विश्वविद्यालयहरू कमजोर देखिएका छन्। यसलाई गोलमटोल रुपमा पनि नबुझौं, यसभित्र पनि केही अब्बल ल्याकत भएका मानिस उत्पादन भइरहेका छन्, तर तिनीहरू अपवाद स्वरुप आइरहेका छन्। यसलाई प्रणालीको नतिजा भने मान्न सकिँदैन।

    नेपाली युवाहरूको बौद्धिक ल्याकतमा कमजोरी भएका कारणले भने यो समस्या देखिएको होइन। नेपाली विद्यार्थीहरूले देश बाहिरको विश्वविद्यालयमा पुरस्कार जितेका उदाहरण पनि छन्। तिनै विद्यार्थी हाम्रा विश्वविद्यालयमाभित्र छिरेर निस्कँदा सतही ज्ञान, सीप र विश्लेषणत्मक क्षमतामा कमजोर देखिनु भनेको प्रणालीमै समस्या हुनु हो। विश्वविद्यालयले तथा पढाउने जिम्मा लिएका शिक्षकहरुले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि जुन खालको लगानी, निगरानी र सहजीकरण गर्नुपथ्र्यो त्यो हुन सकेको देखिँदैन।

    समस्याग्रस्त अवस्था र संस्कृति
    यो समस्याको कारण एउटा मात्रै छैन। तरपनि यसलाई सुधार गर्ने मुख्य जिम्मेवारी नेतृत्वमा बसेका मानिसकै हो। राजनीतिक, प्रशासनिक र प्राज्ञिक नेतृत्वको जिम्मेवारीको कुरा हो यो। सजिलो छैन, तर प्राज्ञिक संयन्त्रलाई उचित मार्ग निर्देशन त्यहाँको व्यवस्थापकीय समस्यालाई बेलैमा प्रभावकारी ढंगले सम्बोधन गर्ने जिम्मेवारी नेतृत्वले बहन गर्नुपर्छ।

    अहिले हाम्रा विश्वविद्यालयहरूका कुलपति प्रधानमन्त्री हुने चलन छ। प्रधानमन्त्रीले नै उपकुलपति चयन गर्छन्। यसरी चयन गर्दा प्राज्ञिक क्षमता, नेतृत्वको सीप र व्यवस्थापकीय ढंग भएकालाई चयन गर्नुपर्ने हो, तर हामीकहाँ यी सबै क्षमतालाई नहेरी आफू अनुकूल मान्छे राख्ने गरिन्छ। त्यसैले उ त्यहाँ काम गर्नका लागि होइन, कुर्सीमा बसेर शक्ति परिचालन गर्न पाउने मानसिकताका साथ पुग्छ। यसैगरी उसले पनि आफू मातहतका मानिस आफू अनुकूलकै चयन गर्छ। यसरी यो रोग सिङ्गो संस्थामा सर्छ।

    हाम्रो देश सामन्तवाद संस्कृतिबाट निर्देशित समाज हो। राणकालदेखि राजतन्त्र सम्मका व्यवस्थाहरूमा शासक तथा हाकिमहरूलाई रिझाउनका लागि हरेक दिन बिहान तिनका ढोकामा गएर चाकडी गर्नुपथ्र्यो। त्यो वापत पुरस्कार पाउने र उन्नति हुने गर्थ्यो। अहिलेका नेता पनि त्यही संस्कृतिबाट निर्देशित छन्।

    यदि कुनै पेशामा आवद्ध भएको व्यक्ति आफ्नो विषयमा राम्रो कमाण्ड राख्छ, निष्ठावान छ र योग्यताको दृष्टिकोणले सक्षम छ भने उ डगमगाउनु पर्दैन। उ पेशागत रुपमा सक्षम छ भने उसले चाकडी गर्नु पर्दैन। पेशागत रुपमा सक्षम नभएपछि व्यक्तिले आफूलाई टिकाइराख्नका लागि अरु बाटो अवलम्बन गर्नुपर्ने हुन्छ।

    यसैगरी अरुले त गरे मैले किन नगर्ने भन्ने खालको संस्कृतिले गर्दा पनि प्राज्ञिक तथा पेशागत मानिसहरू राजनीतिक पार्टीको स्वार्थ अनुकूल बन्न पुग्छ। यो हुलमुलको संस्कृतिले कुनै पनि व्यक्ति आफ्नो विवेकप्रति निष्ठावान हुन सक्दैन। सबैले गरेको काम गरौं न त भन्ने मानसिकताबाट ग्रसित भएपछि उ प्रतिवाद गर्न सक्दैन र आफैं यो हुलमुलमा मिसिन जान्छ। यो विषयमाथि भरपर्दो निष्कर्षमा पुग्नका लागि यसमा समाजशास्त्रीय ढंगले नै अनुसन्धान गर्नु उचित हुन्छ।

    हामीलाई कस्तो नागरिक चाहिन्छ?

    म १५ वर्षसम्म चिकित्सा शिक्षामा समपिर्त भएर काम गरेको मान्छे हुँ। यस अवधिमा आफ्ना अनुभवहरू संगाल्ने क्रममा उच्च शिक्षा प्रणाली क्षतविक्षत भएको थाहा पाएँ।

    यो देशमा पिता पुर्खाले अनेक चरणको युद्धको अनुभव गरे,राम्रो हातहतियार समेत नभएको समयमा धेरै मेहनत र जुक्ति लगाएर यो देशको स्वतन्त्रताको रक्षा गरेको गौरवमय इतिहास हामीसँग छ। अहिले विश्व परिवेश फेरिएको छ। हामी छिमेकी फेर्न सक्दैनौं। हाम्रा दुवै छिमेकीहरू भूगोल र जनसंख्यामा ठूलो, सैनिक शक्तिमा अब्बल र विकासको गतिमा अग्रपंक्तिमा छन्। आपसमा मात्रै होइन, विश्वशक्तिसँग पनि प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरूले आफ्नो अभिष्ट पूरा गर्नका लागि हाम्रो जस्तो सानो देशलाई पेलपाल पार्न कुनै आइतबार लाग्दैन।

    यस्तो संवेदनशील परिस्थितिमा एकातिर हामी थिचोमिचोबाट जोगिनु छ, अर्कोतिर उनीहरूको उन्नतिबाट लाभ लिनु पनि छ। हाम्रो स्वतन्त्रताका लागि हामी उनीहरूसँग लडाइँ गर्न सक्दैनौं। हाम्रो लडाइँ भनेको बौद्धिक र कुटनीतिक लडाइँ हो। त्यसको लागि ज्ञान तथा तथ्यमा सवल र आफ्ना कुरा सशक्त ढंगले व्यक्त गर्न सक्षम हुनका लागि भाषामा राम्रो पकड राख्ने हुनुपर्छ। हाम्रो देशको भू– राजनीतिक अवस्था र परिस्थितिमा व्यवहार गर्नका लागि जुन तहको क्षमतावान मान्छे चाहिने हो, त्यो अहिलेको प्रणालीले दिन सकेको छैन।

    हाम्रो देशमा राज्य प्रणालीका विभिन्न खालका कमजोरीहरू छन्। हामी हिमालको काखमा छौँ, तर जलवायुको प्रभावले हिमाल पग्लिरहेको छ, हिमतालहरू फुट्ने खतरा छ। जलवायु परिवर्तनले निम्त्याउने समस्यासँग जुझ्नका लागि जस्तो खालको गम्भीरता आवश्यक छ, त्यसका लागि योजनाबद्ध रुपमा हुनुपर्ने काम भइरहेको छैन।

    मानव इतिहासमा हरेक युगका मानिसले समकालिन समस्यालाई कुनै न कुनै रुपमा सम्बोधन गरेर मानव सभ्यता अघि बढाइरहेको देखिन्छ। हरेक पुस्ताले आफ्नो योगदान दिएकाले त्यसबाट हामी लाभान्वित भइरहेका छौं। त्यसैले हामी पनि पछि आउने पुस्ताका लागि थोरै भएपनि सकरात्मक काम गरौं भन्ने हिसाबले नेपाल विश्वविद्यालय खोल्नका लागि प्रेरित भयौं।

    हामीमा जहिले पनि गुनासाको पोको मात्रै बोकेर हिँड्ने प्रचलन छ। कुरा काटेर मुखको स्वाद लिने तर काम भने सिन्को नभाँच्ने प्रवृत्तिले कुनै निष्कर्षमा पुर्‍याउँदैन। यो देश हाम्रो पनि हो, अरुले गरेन भनेर गुनासो गर्नुभन्दा मैले के गरेँ भनेर सोच्नुपर्छ।

    हामीले देशको भाग्य र भविष्य सपार्ने हो भने कहाँ बाट हस्तक्षेप गर्ने त? यो प्रश्नको उत्तर खोज्ने क्रममा हामीले उच्च शिक्षाबाट सुरु गर्ने निचोड निकाल्यौं। मूल कुरा भनेको ज्ञान, विवेक, नैतिक मूल्य र मान्यता, देश प्रेम र भविष्य प्रतिको आशावाद हो। यी कुरालाई झक्झक्याउन सकेनौं भने हाम्रो देशका उर्जावान मानिस बाहिरिने क्रम रोकिनुको सट्टा झनझन बढ्दै जानेछ।

    प्रस्तावित नेपाल विश्वविद्यालयको तयारी
    नेपाल विश्वविद्यालयको स्थापनाको अवधारणा मेरो मात्रै होइन। यसमा एक से एक प्रबुद्ध व्यक्तिहरू जोडिनु भएको छ। हामीले खोजेको शिक्षाको मौलिक धारणाले मानवीय चेतनाको उच्चतम विन्दुमा विकास गर्ने उद्देश्य बोकेको छ। मानव र पशुबीच के फरक छ? मानव चेतनशील छ, पशुमा चेतना हुँदैन भन्छौं हामी। मानव जीवन आफैंमा बहुआयामिक छ, यसको जैविक पक्ष छ, सामाजिक पक्ष छ, आध्यात्मिक पक्ष होला, मनोवैज्ञानिक पक्ष छ। यसका सबै आयामहरू र यो ब्रम्हाण्डको स्थितिलाई बुझ्न सक्ने, केलाउन सक्ने र त्यसबाट सार खिच्न सक्ने मान्छे पनि हामीलाई चाहिएको छ।

    साथसाथै मानिसको पारिवारिक दायित्व हुन्छ, त्यसका लागि जिविकोपार्जन गर्नुपर्छ। शिक्षाले रोजगारीका लागि आवश्यक सीप दिन सक्नुपर्छ। शिक्षाले सीपमूलक, चेतनामूलक र कुनैपनि सूचनालाई विश्लेषण गर्न सक्ने क्षमता सिर्जना गर्न सक्नुपर्छ। र, यो समाजको उत्थान गर्नका लागि, वातावरण स्वच्छ राख्नका लागि मेरो पनि योगदान हुनुपर्छ भन्ने खालको दक्ष जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्छ।

    यो अभियान सुरु गरेको ५ वर्ष भयो। विश्वविद्यालय खडा गर्ने कुरा सजिलो काम होइन। यसका विभिन्न आयामहरू छन्। यसका लागि भौतिक पूर्वाधार, स्रोतसाधन र प्राज्ञिक पाटो आवश्यक पर्छ। यसैगरी यस्तो व्यवस्थापक चाहिन्छ, जसले राजनीतिबाट जोगिने र जोगाउने काम गरोस्। विश्वमा स्थापित मान्यताहरू हाम्रो देशमा काम लाग्ने छन् भने तिनलाई ग्रहण गर्नुपर्यो। थाहा नभएको कुरालाई स्वीकारेर सिक्ने वातावरण बनाउनुपर्यो। यस्तो प्रणालीको विकास गर्नका लागि विश्वमा प्रख्यात र अब्बल दर्जाको विश्वविद्यालयसँग पनि सहकार्य र पारस्परिक सहयोग सम्बन्ध पनि बनाउनुपर्ने हुन्छ। यी सबै गर्नका लागि मुख्य कडी भनेको नेतृत्व हो। नेतृत्वमा चुकियो भने अरु कुनैपनि पाटोमा विकास गर्न सकिँदैन। सफल, सक्षम र दूरदर्शी खालको नेतृत्व स्थापना गर्न सक्नुपर्छ। सुरुमा मात्रै राम्रो भएर पनि हुँदैन, दीर्घकालसम्म उस्तै छवि राखिरहनका लागि सजग रहन योजनाबद्ध ढंगले नेतृत्व हस्तान्तरण गर्ने तयारी पनि हामीले गरिरहेका छौँ।

    भूमिका लागि प्रस्तावित ठाउँ नवलपरासीका स्थानीय सरकारसँग निरन्तर अन्तरक्रिया र छलफल भइरहेको छ। मूलत गैडाकोट नगरपालिकाले विश्वविद्यालयका लागि आफ्नो तर्फबाट जग्गा नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता सुरुमै दिइसकेको छ। त्यसलाई स्थानीय सरकारको सिफरिसमा संघीय सरकारको अनुमोदन चाहिन्छ। त्यस्तै पूर्वी नवलपरासीका स्थानीय सरकारहरूसँग पनि जग्गा उपलब्ध गराउने विषयमा कुरा भइरहेको छ।

    सम्बन्धन नदिने
    लोकतन्त्रका खास विधि हरू छन्। जस्तैः ऐन बन्नका लागि संसदबाट विद्येयक पारित हुनुपर्छ। त्यसैले राजनीतिक नेतृत्वका सम्भावित नियतहरूबाट सतर्क रहँदै उनीहरूसँग सहकार्य गर्नुपर्छ। एकातिर राजनीतिर्मीहरूसँगको वार्तालाप, छलफल र सहकार्यमा उदारतापूर्वक सहभागिता आवश्यक छ। अर्कोतिर उनीहरूबीचमा खराब नियत भएकाहरूसँग चनाखो पनि हुनुपर्छ।

    यो प्रस्तावित विश्वविद्यालयबाट सम्बन्धन दिने काम हुँदैन। सम्बन्धन दिँदा पैसा आउँछ, तर सम्बन्धन दिने प्रणाली पनि शिक्षाको गुणस्तर ह्रास हुनुको अर्को एउटा कारण हो। त्रिवीका आंगिक क्याम्पस थोरै र पैसाका लागि सम्बन्धन दिने धेरै छ। गुणस्तरीय ठीक ढंगले भएको छ कि छैन भन्ने कुराको परीक्षण गरिँदैन। त्यसले हामीलाई पनि राजनीतिक प्रेसर बढ्छ भनेर ऐनमै सम्बन्धन नदिने कुरा उल्लेख गर्छौं।

    म लगायत यो अभियानमा लागेका साथीहरू सबै लामो अनुभव र यो राष्ट्रका लागि केही न केही योगदान दिइसकेका व्यक्तिहरू हुनुहुन्छ। त्यसैले कुनै राजनीतिक हस्तक्षेप वा दबाबको अहिलेसम्म संकेत पनि मिलेको छैन। सार्वजनिक प्रकृतिको विश्वविद्यालय खोल्नका लागि घुस खुवाइँदैन। नाफामूलकले त नाफाका लागि गर्लान् पनि। तर हामी नितान्त रुपमा राष्ट्रका लागि यो विश्विद्यालय आवश्यक छ भन्ने प्रतिबद्धतासहित यो कर्ममा लागेका छौं।

    कुनैपनि उद्यममा लगानी गरिएको छ र त्यसबाट आएको नाफा तपाईँको गोजीमा जान्छ भने त्यो नाफा हो। तर हामीले खोल्ने विश्विद्यालयमा कार्यरत नेतृत्वदेखि कर्मचारी तहसम्मका व्यक्तिले निश्चित पारिश्रामिकको आधारमा काम गर्ने हो। केही पैसा रह्यो भने त्यो संस्थागत विकास मै लगानी हुन्छ। त्यो कुनै व्यक्तिको खल्तिमा जाँदैन। कुनै पनि सार्वजनिक विश्वविद्यालयको स्वरुप यही हो तर कतिले गर्न सक्छन्, कतिले सक्दैनन्, त्यो कुरा नेतृत्वको क्षमता र नैतिकता लगायतमै निर्भर रहन्छ।

    पछिको पुस्ताका लागि केही गरौं
    विज्ञान र प्रविधि मुलुकको समृद्धिका लागि एकदम महत्वपूर्ण पक्ष हो। त्यसका लागि आवश्यक जनशक्ति उत्पादन हुनुपर्छ। तर विज्ञान र प्रविधिले मात्र राष्ट्रलाई समृद्ध बनाउँछ भन्ने कुरामा हाम्रो मतभिन्नता छ। यो मुलुकको समृद्धि गर्नका लागि कुशल योजनाकार पनि चाहिन्छ। सक्षम अर्थशास्त्री, असल समाजशास्त्री र सही विश्लेषण गर्नसक्ने इतिहासविद् पनि चाहिन्छ। लिपुलेकको विषयमा जुन खालको विवाद आइरहेको छ, त्यस सम्बन्धमा ऐतिहासिक दस्तावेजलाई हेरेर त्यसको सही व्याख्या गर्ने र एउटा सटिक निष्कर्ष दिनसक्ने मानिस चाहिन्छ हामीलाई। त्यसैले यो मुलुकलाई समृद्ध बनाउनु भनेको बहुआयामिक प्रक्रिया हो।

    हाम्रा अर्थशास्त्रीहरू पढेर बाहिर गएर बिकेका छैनन र? एक से एक मान्छे विश्व बैंक र एडीबीमा काम गरिरहेका छन्। गैर प्राविधिक क्षेत्रमा अध्ययन गर्ने मान्छे सक्षम हुँदैनन् भन्ने कथन अत्यन्त पूर्वाग्रही छ।

    हाम्रो शिक्षाको जग असाध्यै फितलो छ। एकांकी खालको र एउटा खास शास्त्रमा केन्द्रित भएको शिक्षा प्रणाली छ। दुनियाँ असाध्यै जटिल र बहुआयामिक छ। २१औं शताब्दीमा बाँच्न र सफलता पाउनका लागि हाम्रो पढाई बहुविधागत ढंगको हुनुपर्छ। लिवरल आर्टस् भन्ने शब्दले यसको प्रतिनिधित्व गर्दछ। अभिमुखीकरण नगर्ने, तर सबै मान्छे नैतिकवान् भइदिओस् भनेर कसरी परिकल्पना गर्ने त? त्यसैले पढ्ने मान्छे ज्ञानको अर्थमा सवल, मूल्य मान्यता र के सही के गलत भन्ने सवालमा पनि विवेक भएको हुनुपर्छ। अर्को कुरा, संविधानमा यो देशलाई समृद्ध बनाउनका लागि नागरिकको कर्तव्य हुने छ भनेर लेखिएको छ। त्यसैले यो देशको नागरिक हुँ भन्ने लाग्छ भने जुनसुकै निकायमा काम गर्ने मानिसले सवल, सक्षमता, विवेकपूर्ण ज्ञान, मूल्य मान्यतासहितको राष्ट्र बनाउने प्रयास गर्नुपर्छ र नेपाली नागरिकको हैसियतमा यो उसको कर्तव्य पनि हो। पछाडि आउने पुस्ताका लागि ‘जे गर्न सक्थे त्यो गरेँ’ भन्दा गर्व महशुस हुन्छ। जीवनको अन्तिम समयमा ’यो गल्ति गरेँ, यो पाप गरेँ’ भन्नेखालको पश्चाताप नहोस्।

    (नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा. अर्जुन कार्कीले एक टेलिभिजन कार्यक्रममा दिनुभएको अन्तरवार्तामा आधारित)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      डा. अर्जुन कार्की

      डा. अर्जुन कार्की

      Related Posts

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      नेपाली कम्युनिष्टहरुलाई प्रश्न

      झलक सुवेदी
      मंसिर १९, २०८०

      नेपालका कम्युनिष्ट पार्टी, तिनका नेता, कार्यकर्ता, नेपाली समाजलाई प्रगतिशिल रुपान्तरणतिर लिएर जान विभिन्न ठाउँमा बसेर भूमिका निर्वाह गर्ने, चिन्त–चासो गर्ने,...

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      नेपाली समाजको मुख्य अन्तरविरोधः एक छलफल

      सङ्गीत
      मंसिर १६, २०८०

      विषय उठान कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष चल्दैछ। कम्युनिस्ट पार्टी गठनको त्यही...

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      हमास कसरी जन्मियो, कसले हुर्कायो ?

      रोहेज खतिवडा
      मंसिर १६, २०८०

      यो शृङ्खलामा हामी गत अक्टोबर ७ मा हमास र इजरायलबीच युद्धको सुरूवात भएपछि यो युद्धलाई बुझ्न प्यालेस्टाइनको तीन हजार वर्ष...

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      के प्राचीन भारत हिन्दू राष्ट्र थियो?

      पार्थ चटर्जी
      मंसिर १४, २०८०

      सिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका...

      पर्यावरणको मुद्दामा उपनिवेशवादी सोच हावी छ

      पर्यावरणको मुद्दामा उपनिवेशवादी सोच हावी छ

      डा. विमल रेग्मी
      मंसिर १४, २०८०

      यही १४–२६ मंसिरमा यूएईको दुबईमा हुन लागेको कोप–२८ को पूर्वसंध्यामा छौँ हामी। विश्व सन् २०१५मा भएको पेरिस सम्झौता कार्यान्वयनको चरणमा...

      एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा – कोमल भट्टराई

      एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा – कोमल भट्टराई

      कोमल भट्टराई
      मंसिर १२, २०८०

      धेरै वर्ष लाहुर खाएर केही महिनाको छुट्टीमा घर फर्कँदा बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरु– “साला पहाडमें क्या है” हो, केही छैन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist