Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एमाले एकता बचेन भने वामपन्थी आन्दोलन संकटमा पर्छ

समाजवादी जनता पार्टी नेपालका अध्यक्ष सिंहसँग गरिएको कुराकानीको दोस्रो अंश

प्रेमबहादुर सिंह प्रेमबहादुर सिंह
साउन २१, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इतिहासका विभिन्न कालखण्डमा सबै नेताहरूको फरक फरक भूमिका छ। नेपालको कम्युनिष्ट आन्दोलनमा सबै नेताहरूको एउटा निश्चित नेतृत्वदायी भूमिका छ। त्यति हुँदाहुँदै पनि नेकपा एमालेको जीवनमा संकट आएको छ। मदन भण्डारीको निधन नेकपा एमालेका लागि सामान्य संकट थिएन। त्यसको क्षतिपूर्ति भर्ने नेतृत्व एमालेमा थिएनन्। त्यस्तो अवस्थामा सारा पार्टी पंक्तिले शोकलाई शक्तिमा बदल्ने संकल्प गरे र माधवकुमार नेपाललाई नेता बनाए। त्यसो हुँदा पनि पार्टी राम्ररी चल्यो।

    हरेक पार्टीको जीवनमा संकट आउँछ। नेकपामा मदन भण्डारीको अभाव क्षतिपूर्ति गर्न सक्ने नेता थिएनन्। तर पनि पार्टीले संकल्प गरेर नेपालको नेतृत्व स्वीकार गर्‍यो। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा आन्तरिक एकता हो।

    नेताहरूका कमजोरी र सबल पक्ष

    केपी ओलीको पनि निश्चित कालखण्डमा पार्टीमा एउटा भूमिका छ। उनी एउटा समयमा संघर्ष गरेर आएका व्यक्ति हुन् भन्ने कुरामा कुनै विवाद नै छैन। माओवादीका नेता प्रचण्ड पनि नेपाली राजनीतिमा सबैभन्दा सक्षम नेता हुनुहुन्छ। कुनै विषयमा तुरुन्त निर्णय लिनसक्ने क्षमता उनमा छ। त्यस्तो क्षमता मदन भण्डारीमा थियो।

    तर नेताहरूका केही कमी कमजोरीहरू छन्। जस्तैः माधवकुमार नेपाल निर्णयमा अडिग रहन सक्दैनन् भन्ने आरोप लाग्ने गरेको छ। केपी ओलीलाई आफ्नै मात्रै निर्णय लाद्ने काम गरेको र कसैलाई नसुनी एकहोरो भएर लाग्ने गरेको आरोप छ। प्रचण्डलाई धेरै भावुक भन्ने गरिन्छ। प्रचण्ड सक्षम भएपनि लचकताका कारण उनी अविश्वसनीय जस्ता लाग्छन्।

    प्रचण्ड सबैभन्दा सक्षम तर उनीमाथि जोकोहीले भर गर्न सक्दैनन्। यसका केही ऐतिहासिक कारण छन्। उनको भारतसँगको सम्बन्ध र दरबारसँगको सम्बन्धलाई लिएर उनीमाथि भर गर्न सकिने आधार छैन। दरबारसँग वार्ता गर्ने कुरा टुंगो लागिसकेको थियो। ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि कुरो बिग्रिएको भनिन्छ। उनका नेताहरू दरबारसँग भेट गराइदिनुपर्‍यो भनेर मकहाँ आएका पनि थिए।

    गिरिजाबाबुमाथि गलत भयो

    राजासँग वार्ता सम्भव नभएपछि गिरिजाबाबुले कुटनीतिक ढंगले माओवादीलाई शान्तिपूर्ण वातावरणमा ल्याए। गिरिजाबाबुले संविधान सभा निर्वाचन सफल बनाए र गणतन्त्र ल्याउने काम पनि गरे। गिरिजाबाबु बाहेक अरुले यो काम गर्न सकेनन्। सबै कम्युनिष्ट एक ठाउँ भएका भएपनि गणतन्त्र ल्याउन सक्दैनथिए। यदि नेपाली कांग्रेसले नचाहेको भए नेपालमा गणतन्त्र ल्याउन सम्भव थिएन।

    गिरिजाबाबुमाथि अन्तर्राष्ट्रियस्तरमा विश्वास भएकाले पनि उनलाई यो काम सफल पार्न सम्भव भयो। माओवादीहरूले गणतन्त्रात्मक देशको पहिलो राष्ट्रपति गिरिजाबाबुलाई बनाउने भनेर आश्वासन पनि दिएका थिए। स्वभाविक रुपले गिरिजाबाबु गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिको दाबेदार हुन्। उनी बाहेक अरु हुनै सक्दैनन् थिए।

    गिरिजाले आफ्नो राजनीतिक जीवनको सुरुवातमा जे जस्ता गल्तिहरू गरेका थिए, उत्तरार्धमा पुगेपछि त्यसलाई सुधारेर आफूलाई एउटा राष्ट्रिय नेतृत्वको रुपमा स्थापित गर्न सफल भए। पछि राष्ट्रपतिको चुनाव हुने बेलामा माओवादीले गिरिजाको खैरो खन्न सुरु गर्‍यो। यो भन्दा किर्तघ्न अरु हुनै सक्दैन।

    त्यसपछि उनीहरूले माधव नेपालाई अगाडि सारे। माधव नेपाल भर्खरै चुनाव हारेपछि महासचिव पदबाट राजीनामा दिएर बसेका थिए। मैले त्यतिबेला एमालेका नेताहरूलाई भनेको थिएँ, ‘चुनाव हारेपछि राजीनामा गरेर नैतिकताको उदाहरण दिएका नेतालाई फेरि बाटोमा ल्याएर नांगेझार बनाउने काम नगर्नुहोस्।’ उनीहरू मानेका थिएनन्।

    पछि हतारहतारमा उम्मेद्वारी दर्ता भएर राष्ट्रपतिको चुनाव भयो र कांग्रेसका उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित भए। यस चुनावका पछाडि पनि ठूला ऐतिहासिक घटनाहरू छन्, त्यसमा म गहिरिएर जान्नँ। यदि कांग्रेसबाटै राष्ट्रपति बनाउनु थियो भने गिरिजाबाबुलाई दिएको भए हुन्थ्यो। तर त्यसो गरिएन।

    पहिलो संविधान सभा निर्वाचनपछि माओवादीको सरकार बन्यो, तर उनीहरूले सरकार चलाउन सकेनन् र सरकारबाट बाहिरिनुप¥यो। माओवादी पार्टी फुटबाट पनि गुज्रनुप-यो। यदि गिरिजाबाबु राष्ट्रपति भएको भए समयमै संविधान जारी हुन्थ्यो र दोस्रो संविधान सभाको निर्वाचन पनि गर्नुपर्दैन थियो। माओवादी पार्टी फुट्दैनथियो। यी सबै गिरिजाबाबुमाथि गरिएको कृतघ्नताको परिणाम हो।

    रोहितका बारेमा

    रोहितजी अध्ययनशील मानिस हुन्। उनी मार्क्सवादका ज्ञाता नै हुन्। त्योभन्दा बढी स्वच्छ छवी भएका मानिस हुन्। अहिलेसम्म उनमा कुनैपनि अनैतिकता देखिएको छैन। यस हिसाबले उनी नेपाली राजनीतिको एउटा प्रतिभा हो। नेपालको इतिहासका आन्दोलनमा ठूलो भूमिका निर्वाह गरेका नेता हुन्। रोहित जीले मलाई कहिलेकाहीँ नेमकिपा किन छोड्नुभएको भनेर सोध्ने गर्नु हुन्छ। प्रत्येक कुराको एउटा लेभल हुन्छ। विद्यालय शिक्षामा प्राथमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तह भनिएजस्तै नेमकिपा पनि मेरा लागि प्राथमिक तह जस्तै भयो।

    कम्युनिष्ट एकता

    कम्युनिष्ट एकतामा अहिले देखिएको संकटमा एउटा व्यक्ति मात्रै दोषी छैन। व्यक्तिगत रुपमा भन्नुपर्दा केपी ओली र माधव नेपाल दुवैले टिक्नै नसक्नेगरी पेलेपछि बाहिरिएको मान्छे हुँ म। उनीहरूको यस्तै व्यवहारका कारण कतिपय निष्क्रिय भएर बसे र कसैले अर्को पार्टी खोले। वास्तवमा एमालेमा उनीहरूले मनपरी गरेकै हुन्। उनीहरू विधि र सिद्धान्त अनुसार चलेनन्। तर वास्तवमा इतिहासका विभिन्न कालखण्डमा सबैका कमजोरी भएका छन्। यी दुवै नेता एमालेका होनाहार नेता हुन् भन्नेमा पनि कुनै विमति छैन।

    एमाले मदन भण्डारी र मनमोहन अधिकारीको लिगेसीमा चलेको पार्टी हो। पुष्पलालको लिगेसीलाई उनीहरूले टिपेका हुन्। यी सबै नेताहरूको आ–आफ्नै भूमिका छन्। त्यसैले सबै हिसाबले माधव नेपाल ठिक वा सबै हिसाबले केपी ओली बेठिक भन्न सकिँदैन। यी दुबै नेताका आ–आफ्नै कमजोरी र आ–आफ्नै राम्रा पक्ष पनि छन्।

    अहिलेको सबैभन्दा महत्वपूर्ण विषय भनेको वामपन्थी एकता बच्नु हो। एमालेको एकता बचेन भने बामपन्थी एकता रहँदैन। वामपन्थी एकता बच्नका लागि एमालेको एकता बच्न जरुरी छ।

    कम्युनिष्ट पार्टीमा सबैभन्दा ठूलो समस्या भनेको विश्वासको संकट हो। उनीहरूमा नीतिगत भिन्नता छैन। सबै पार्टीले विधि र पद्धति अवलम्बन गरेका छन्। कम्युनिष्ट मात्रै विधि र पद्धतिमा चलेका होइनन्। अरु पार्टी पनि सिस्टमबिना चलेका छैनन्। यसलाई कसले उल्लघंन ग¥यो वा कसले गरेन भन्ने कुरा इतिहासलाई अध्ययन गर्दा देखिएला। तर आपसी अविश्वासको वातावरणलाई हटाउनु र एकमत भएर जानु नै आजको वास्तविक आवश्यकता हो।

    पार्टीको ‘ग्राउन्ड’मा हेर्ने हो भने कार्यकर्ताहरू बिसौं/तीसौं वर्षसम्म संघर्षमा छन्। कैयौंले घरजग्गा छोडेका छन् भने कयौं बिहाबारी नगरी बसेका छन्। पार्टीको पिँधमा यस्तो खालको एउटा ठूलो समस्या छ। माथिका नेताहरू चाहिँ प्रधानमन्त्री बन्ने र सत्ता सञ्चालन गर्ने होडबाजीमा लागेका छन्। अहिले सञ्चारमाध्यमको व्यापकता छ। नेताहरूको यस्तो हर्कतका बारेमा घरघरका जनता जानकार छन्। त्यसैले राम्रो सन्देश जाँदैन।

    एमाले लामो प्रजातान्त्रिक अभ्यास गरेर कम्युनिष्ट आन्दोलनमा अगाडि बढेर आएको पार्टी हो। यो कति कम्युनिष्ट हो वा कति होइन भन्ने बहस आफ्नो ठाउँमा होला। तर माथिल्लो निकायदेखि वडासम्म सुगठित पार्टी भएकाले यो पार्टी टुट्यो भने कम्युनिष्ट आन्दोलन रहँदैन।

    पश्चिम बंगालमा जस्तै हुनसक्छ

    भारतको पश्चिम बंगालमा ज्योति बसुले २३ वर्षसम्म र बुद्धदेव भट्टाचार्यले ११ वर्ष गरी कम्युनिष्ट पार्टीले ३४ वर्षसम्म शासन गर्‍यो। तर अहिले त्यहाँ कम्युनिष्टबाट एकजना पनि सांसद छैन। अहिले ममता बनर्जीको पार्टीको बर्चस्व छ।

    भारतमा सन् १९९६ मा कुनै गठबन्धनले बहुमत प्राप्त गर्न नसकेपछि कांग्रेस नेतृत्वको गठबन्धनले ज्योति बसुलाई प्रधानमन्त्री बन्नका लागि प्रस्ताव गरे। पार्टीले मानेन। त्यसबेला कम्युनिष्ट पार्टीका महासचिव सुरजीत सिंह थिए। यदि पार्टी सहमत भएको भए भारतको इतिहासमा कम्युनिष्टबाट प्रधानमन्त्री हुने अवसर आएको थियो। तर त्यो अवसर उनीहरूले चुकाए।

    नेपाली राजनीतिमा पनि कम्युनिष्ट पार्टीलाई यस्ता खालका अवसर धेरै आए। तर सदुपयोग गर्न सकेनन्। जस्तैः एमालेले पहिलोपटक शासन गर्दा राम्रो गर्न पाइयो, तर प्रयोग राम्रो भएन। हाम्रो शासनसत्ताको अनुभव थिएन। पछि आएको माओवादीले पनि सकेन।

    पछिल्लो निर्वाचनमा दुई पार्टी एक भएर बहुमत प्राप्त गरे। त्यो पनि एउटा ठूलो अवसर थियो, तर यसलाई पनि सदुपयोग गर्न सकेनन्। यसपटक त अनुभवको समस्या पनि थिएन। तर ५ वर्ष टिक्न सकेनन्।

    यो अवस्थामा केपी ओली, प्रचण्ड र माधव नेपाललाई लाज लाग्नुपर्ने हो। यिनीहरूले उतिबेलै अब शेरबहादुर देउवा नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेका हुन्। तर त्यसो भनेको ३ वर्ष नपुग्दै उनलाई ल्याएर प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता पर्‍यो। सायद देउवा स्वयंले यसको कल्पना पनि गरेका थिएनन्। हामी इतिहासमा कहिले नभएको घटनाक्रमको साक्षी हुन पुग्यौं।

    सारमा भन्नुपर्दा कुनैपनि पार्टीको फुट लोकतन्त्रका लागि शुभ संकेत होइन। त्यसमाथि नेपालको सन्दर्भमा लोकतन्त्रसँग कांग्रेस र एमालेको अन्तरसम्बन्ध छ। यी दुई ठूला पार्टी फुट्नु भनेको लोकतन्त्रको गतिमा बाधा आउनु हो। लोकतन्त्रको निर्णायक शक्ति भनेको नै राजनीतिक पार्टीहरू हुन्। राजनीतिक पार्टी मध्ये पनि यी दुई पार्टी लोकतन्त्र, गणतन्त्र र संविधानका लागि लामो समय संघर्ष गरेको इतिहास बोकेका पार्टी हुन्।

    अहिलेको अवस्था सिर्जना हुनुमा कुनै व्यक्तिलाई तोकेर दोषी करार गर्न सकिने अवस्था थिएन। यसलाई बुझ्न सुरुमा एमाले र माओवादीबीचको एकता किन र के का लागि गरियो भनेर हेर्नुपर्ने हुन्छ। खासमा त सत्तारोहणका लागि ओली र प्रचण्ड मिलेका हुन्। त्यसबीचमा ओली र प्रचण्डको मनपरी चल्दा माधव नेपाल नोट अफ डिसेन्ट लेखेरै बसे। पछि उनीपनि जोडिए। तर पार्टीको पंक्ति निर्दोष छ। स्थायी कमिटीको कुनै भूमिका नै भएन। मुख्य भूमिका यी तीन नेता र सचिवालय सदस्यको थियो। तर अहिले एकअर्कालाई मान्दैनन्। एक अर्कामाथि सर्त थोपर्ने काम मात्र भइरहेको छ।

    पुस्तान्तरण : विचार पनि साथमा हुनुपर्छ

    यो समयमा कम्युनिष्ट पार्टीमा पुस्तान्तरणको कुरा पनि उठेका छन्। तर यसमा धेरै कुरा सोच्नुपर्ने हुन्छ। मुख्य विषय विचारको हुनुपर्छ। नयाँ पुस्ता आएपनि नयाँ विचार र विधि छैन भने त्यसको कुनै अर्थ हुँदैन। एमालेमा अहिले माधव नेपाल र केपी ओली बाहेकका अरु नेता छैनन् भन्ने होइन। नेता धेरै छन्। तर विचारको कुरा नल्याई यी दुई बाहेक अरुलाई अगाडि सार्दैमा पार्टी अघि बढ्दैन। दुवै नेताका पछि लागेका दोस्रो तहका नेता पनि छन्। उनीहरूले पनि यी नेतालाई रोकेर आफू अघि बढ्ने काम गरेका छैनन्। आम कार्यकर्ताले पनि स्वीकार गर्नेमा प्रश्न छ। त्यसैले यो असम्भव कुरा गर्नुभन्दा अहिलेको संकट समाधानका लागि ओली र नेपाल एक ठाउँमा उभिएर पार्टी एकताबद्ध गर्नुको विकल्प छैन।

    अर्को कुरा, दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणका लागि स्वभाविक प्रक्रियाबाट जानुपर्छ। अहिले विवाद भइरहेका बेला नेतृत्व हस्तान्तरणको कुरा सान्दर्भिक हुँदैन। महाविधेशनमा दोस्रो पुस्ताले अब आफू अगाडि आउनुपर्छ भनेर दाबी गरेपछि नेतृत्व हस्तान्तरण हुन्छ। युवा पुस्ताले पनि ओली र नेपाललाई ‘यस् सर’ भन्न थाले भने कसरी नेतृत्व दिन सकिन्छ र ? नेताहरूले गरेको गलत कामलाई खबरदारी गर्दै युवा नेता अगाडि आउनुप-यो। कम्युनिष्ट पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा सामान्य होइन।

    नेपालको कम्युनिष्ट आन्दोलनमा सुरु देखि नै सामन्ति प्रवृत्तिको प्रवेश भयो। जब पार्टी स्थापनाको दुई वर्षमै पुष्पलालाई टिक्न दिइएन, त्यतिबेलादेखि नै सामन्ति प्रवृत्तिको सुरुवात भएको थियो। अहिले पनि कम्युनिष्ट पार्टीभित्र सामन्तहरु छन्। विभेद, असमानता, शोषण र दमनविरुद्धको आन्दोलनलाई मैले माक्र्सवादी आन्दोलन भन्ने गरेको छु। म त्यसैमा विश्वास गर्छु र माक्र्सवादको मूलभूत पक्ष यही नै हो। त्यसैले नेपालका कम्युनिष्ट पार्टीले यो मुलभूत पक्षलाई नछोडेसम्म म कम्युनिष्टमा रहिरहनेछु।

    यो पनि पढ्नुहोस् –

     

    राजालाई बिन्तिपत्र हाले पनि म राजाको मन्त्री बनिनँ via @nepalreaders https://t.co/Lcq5XpWd7w

    — Nepal Readers (@NepalReaders) August 3, 2021

    समाजवादी जनता पार्टी नेपालका अध्यक्ष सिंहसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रेमबहादुर सिंह

      प्रेमबहादुर सिंह

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.