Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धर्म, ईश्वर र राजाका बारेमा पुष्पलाल : सबै शोषणका साधन

नेपाल रिडर्स नेपाल रिडर्स
बैशाख १७, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ईश्वरको अर्थ हो मालिक। पहिले विभिन्न ईलाकाका मालिक र सामन्तहरूलाई ईश्वर भनिन्थ्यो। पछिबाट ईश्वर शब्दको अर्थ यति व्यापक भयो कि व्रह्माण्डको सृष्टि, स्थिति र प्रलयको एकमात्र कारण इश्वर हो भनियो। ईश्वरको अभावमा दृश्यमान जगतको कुनै अस्तित्व छैन भन्ने कुरामा समाजलाई विश्वस्त गराइयो। यस्तै गरी देव, भगवान र शंकर आदि ईश्वरका नाउँ छन्। देव भनेको श्रेष्ठ तथा भगवान हो भने शंकरको अर्थ कल्याणकारी हुन्छ।

    सामन्त नै जनताको नेता भएको हुँदा उसलाई कल्याणकारी भनिनुमा कुनै आश्चर्य भएन। अतः ईश्वर भनेको सान्तै हो। पुरुषोत्तम भन्ने ईश्वरको नाउँबाट पनि ईश्वर मान्छेभन्दा अरु कुनै अलौकिक शक्ति होइन भन्ने सिद्ध हुन्छ। आध्यात्मिक शास्त्रको ‘तस्मात् व्राह्मण देवता’ भन्ने श्लोकबाट पनि बाहुन हुन् भनी व्राह्मणलाई नै देवता बनाई व्यवहार गर्ने चलन अझै छँदैछ।

    अध्यात्मवाद र भौतिकवाद दुबैले इश्वर मान्दैनन्

    ईश्वरको उत्पत्तिः प्रारम्भमा सामन्त वर्गले आफ्नो शोषणवादी परमप्रालाई कायम राख्न र उत्तरोत्तर विकास गर्दै लैजनाका लागि माध्यमका रूपमा ईश्वर खडा गर्यो। वास्तवमा न त अध्यात्मवादी नत भौतिकवादी दुबै शास्त्रले ईश्वर छ भन्ने कुरा स्विकार्दछन्। भारतीय आध्यात्मिक शास्त्र जसको मूल गन्थ वेद हो र त्यसलाई आर्यहरूले रचना गरेका थिए। त्यसमा सबैभन्दा ठूलो मन्त्रमा ‘ओम् खं व्रह्म’ र गायत्री मन्त्रलाई मानिन्छ। ओम् खं व्रह्म भनेको ईश्वर आकाशमय अर्थात् शुन्य भनेको हो। शुन्यको तात्पर्य नास्ती (छैन) हो। अतः ओम् खं व्रह्म अर्थाते ईश्वरो नास्ति भनी वेदैमा सिद्ध गरेको छ। तर त्यही वेदको सहारा लिएर ईश्वरको अस्तित्वका बारेमा बढाई चढाई गर्छन् सामन्त वर्ग।

    गायत्री मन्त्रमा सूर्यको उपासना गरिएको छ। सूर्य, चन्द्र, पृथ्वी, हावा, पानी, आदि प्राकृतिक पदार्थलाई देवता मान्नु त दुनियाँलाई भ्रम दिनुसिवाय अरु केही होइन भन्ने कुरा विज्ञानले प्रतक्ष्य प्रमाणित गरिसकेको छ। अर्को कुरा, समाज विकाशको प्रारम्भिक अवस्थामा, जतिखेर मानिसको चेतना उति विकसित भइसकेको थिएन र उनीहरूमा व्यापक भय, त्रास र अज्ञान थियो, त्यस्तो अवस्थामा आकाशको चट्याङको डरले ईन्द्रको पूजा र वर्षा (बाढी र पैरो)को डरले गंगा(देवी) को रूप खडा गरी मान्छेहरूले नदीहरूको पूजा गर्न शुरू गरेको हुन सक्दछ।

    कालान्तरमा त्यसैले कुलपूजाको रूप लिएर आफ्ना बितेका हजुरबा,हजुरआमा, बा र आमाहरूको पूजा गर्न शुरू गरियो। अहिले पनि ठाउँठाउँमा कुलदेवताको पूजा गर्ने भनी वर्षको एकचोटी ढुंगाको पूजा गर्ने वायूको धार दिने आदि गर्नुका साथै पितृतिथिमा (बाबु या आमा मरेको दिन) श्राद्ध गर्ने र पिण्ड दिने चलन छँदैछ।

    प्रकृति नबुझ्दा रहस्य र ईश्वरको उदय

    काठमाडौंमा मछिन्द्रको पूजा गर्दा पहिले पहिले कुवा सफा गर्नको निम्ति पालामा बत्ति हालेर डोरीमा बाँधेर तल छाडिन्छ। त्यो बत्ति निभ्यो भने कुवामा त भुत रहेछ, जानु हुँदैन भनेर मानिस जाँदैनन् र बत्ति ननिभेको खण्डमा भित्रै गई सफा गरेर कुवामा मछिन्द्रको पूजा गरिन्छ। हामी यहीँ विचार गर्न सक्छौँ कि कुपाभित्र कहिलेकाहीँ झारपात आदिले अक्सिजन हुन सक्दछ, त्यसकारण बत्ती ननिभ्ने वा मान्छे नमर्ने पनि हुनसक्दछ।

    र, कहिलेकाहिँ यस्ता ठाउँमा अक्सिजनको अभावमा मान्छे मर्नु पनि स्भाविक हो। यति सरल कुरालाई लिएर आज पनि ईश्वर, भुतप्रेत आदिको कल्पना गरि नै रहिएको छ। मानिसले सुतेको बेलामा सपना देखेर पनि ईश्वरको विकसित स्वरूप आत्मा सपनामा प्रकट भएको होला भन्ने कुरामा ल्याएको हो। तर यो कुरा गलत हो, ईश्वरको अभावमा पनि सपना सम्भव छ । किनभने यो सबै प्राकृतिक कुरा हो।

    हलो जोत्ने किसान नै महादेव

    आदिम समाजहरूमा आफ्नो खाना जुटाउने विभिन्न साधनहरू जस्तै : ढुंगा, फलाम, तावो तथा पशुपालनको युगमा घाँसका रूख आदिको ठूलो महत्व थियो। ती साधनहरूको अभावमा मानिसको जीविका सम्पन्न हुन नसक्ने हुँदा ती वस्तुहरूलाई ठूलो मानेर संरक्षण गरी राखिन्थ्यो। तर कालान्तरमा ती वस्तुहरू एक मात्र जीविकोपार्जनको साधनका रूपमा रहेनन्। पहिलेदेखि नै ठूलो र महत्वपूर्ण हो यो चीज भन्ने संस्कार बसेकाले ती विषयलाई मान्दामान्दै ती विषयले पनि देवताकै रूप धारण गर्न पुगे। जस्तैः ढुंगालाई शालिग्राम, शिवलिङ्गका रूपमा पुजियो। तावोँलाई महादेवका रूपमा, फलामलाई यमराज, पिपललाई विष्णु, वरलाई व्रह्मा, समीलाई सूर्य,, तुलसीलाई विष्णु, कुशलाई विष्णु आदि।

    यस्तै गरी कृषि युगमा खेतिपाती गर्नका निम्ति हलो, कोदालो, र गोरु जोत्ने ओजारहरू महत्वपूर्ण सामग्री थिए र अविकसित कृषि प्रधान देशमा अझै मानिँदैछन्। त्यतिखेर सायद, महादेव भन्ने हली (जमीन जोत्ने व्यक्ति) जोत्ने काममा लगनशील र एवं सिपालु थिए होलान्, जो हमेशा गोरूमा चढेको कुरा हाम्रा पुराणहरूमा पाइन्छ। किनभने त्यस युगमा उत्पादनको आधार कृषिबाहेक केही नहुँदा कृषि कर्ममा सिपालु व्यक्तिलाई ठूलो मान्नै पर्दथ्यो होला। त्यो संस्कार अद्यावधि रहँदै आएको छ।

    आजको दिनमा महादेवभन्दा पनि तमाम सिपालु जोत्ने कृषकहरू तयार भइसकेका छन्। तापनि महादेवले देवताको रूप धारण गरे। पशुपति भन्ने उनैका नामबाट भएबाट र नेपालको पूर्र्वी भेगको सगरमाथा अन्चलमा हलेश्वर महादेव भएबाट पनि उनी हलो जोत्ने कृषक भएको बुझिन्छ । हलो र इश्वरको सन्धीबाट हलेश्वर अथात् हलीहरूका ईश्वर या हलो भएका ईश्वरको अर्थ लगाउन सकिन्छ ।
    महादेव हिमाल निवासी जंगली किराती थिए।

    जंगली मानिसहरूलाई कुसुण्डो भनिन्छ। महादेवको जात पनि त्यही नै थियो र जंगली किराँती जातिकै छोरी पार्वतीलाई उनले विवाह गरेका थिए। तर महादेवको बाबुआमाको भने केही पत्तो पाइन्न। यो स्वभाविकै हो। जंगली व्यक्तिका बाबुआमाको ठेगान कहाँबाट होस्। महादेवको मात्र नभई ब्रह्मा, विष्णु आदि अरु देवताहरूको पनि बाबुआमाको कुनै ठर ठेगाना छैन। यसैले पर्वतकी छोरी नाउँ पार्वती राखियो। पर्वतमा बस्ने हुँदा पार्वती भन्नु स्वभाविक पनि थियो। आज पनि गौरीशंकर भन्ने हिमालको नाउँ हामीले सुनिराखेका छौँ।

    जनकपुर अञ्चलमा राई, किराँतीहरू पार्वतीलाई सुम्निमा र महादेवलाई पारुहान भन्दछन्। पारुहानले पर्वतमा गएर सुम्निमालाई ल्याएको हुनाले आज पनि पुत्र चाहने महिलाहरू हिमाल र पर्वततिर जाने चलन छँदैछ। यस सन्दर्भमा ‘साल्यै जाउँला, वर ल्याउँला, छोरो पाउँला’ भनी आज पनि गीत गाउँछन्। स्वस्थानीको कथा अनुसार सतीदेवीको शरीर पतन हुँदा जहाँ जहाँ सतीदेवीका विभिन्न अंगहरू खसे, त्यहाँ त्यहाँ देवी स्थापना गरियो। यसबाट पनि सिद्ध हुन्छ कि सामन्तवर्गले आफ्नी पत्नीका अंगलाई पनि देवीको स्वरूप बनाई जनतालाई पूजा गर्नका निम्ति वाध्य गरेको रहेछ।

    तरुण तपसी भन्ने लेखनाथ पौड्यालको काव्यमा पनि अन्धविश्वासबाट कसरी द्यौराली बने भन्ने कुराको झलक पाइन्छ। त्यस्ता देउरालीहरूमा मान्छेले चढाएको ढुंगाको थुप्रो देख्न सकिन्छ। महादेव जस्तै गणेश पनि पहिलेका कविला गण समाजका मालिक थिए जसलाई गणपति भनिन्छ। महादेवजस्तै गणेश पनि पहिलेका गण समाजका मालिक थिए जसलाई गणपतिको नामले समेत पुकारिन्छ।

    बिरालो बाँध्ने चलन

    यी तर्क र तथ्यहरूबाट सिद्ध हुन आउँछ कि ईश्वर सामन्ती स्वार्थ साँध्न अन्धविश्वास भय,त्रास, र पुरानो संस्कारको अवशेषको फलस्वरूप मानिसद्वारा नै सिर्जिएको विषय हो। जस्तो कि घरमा श्राद्ध गर्न लागेको बखत बिरालोले भान्सा छोइदिने डरले त्यसलाई बाँधेको देखेर त्यस घरका पछिल्ला पिढीहरूले पनि श्राद्धको दिनमा बिरालो बाँध्नुपर्छ भन्ने बुझ्न गए। पछिपछि त श्राद्धमा बिरालो बाँध्नै पर्छ भन्ने मान्यता स्थापित हुन गएछ। यस्तै गरी ईश्वर भन्ने कुरा सत्यतथ्य रहीत काल्पनिक झुट्टा हो। तर यहाँ अन्धविश्वासले काम गरिरहेको छ । ‘मान्नुपर्छ’ भन्ने सदियौँ पहिले देखिको विश्वासले मान्छेको दिमागमा घर गरेको छ।

    राजा र पुरोहित

    ‘राजते इति राजन्’ अर्थात् आफू सुखी र समृद्धशाली बन्नु। यो सामन्त वर्गको विकसित रूप हो । पहिले इलाका इलाकामा शोषण गर्ने मालिक या सामन्तहरू थिए। पछिबाट ती सामन्त नै शासक शासक या राजाका रूपमा परिणत भएर आएका हुन्। सर्वप्रथम गुरु पुरोहित र शासकमा भेदभाव थिएन। अर्थात् गुरु पुरोहित नै शासकका रूपमा थिए। पछि गएर गुरु–पुरोहित वर्ग एक अर्कोबाट अलग्गिएको हो।

    गुरु–पुरोहितै शासककोे रूपमा थिए भन्ने कुरा हामीलाई नेपाली गाउँका ती विभिन्न भलाद्मी, मुखिया, जिम्मावाल र गाउँबुढा आदिको व्यवहारबाट पनि अवगत हुन आउँदछ। किनभने ती व्यक्तिहरू गाउँमा सर्वेसर्वा हुन्छन्। गाउँका समस्या । भई परिआउने विभिन्न घटनाहरूको सामना गर्ने, जस्तैः बिरामी पर्दा नाडी छाम्ने, औषधी मुलोको प्रवन्ध गर्ने र सरकारी रकम कलम मुद्धा मामिला र झैझगडाहरूको सञ्चालन गर्ने एउटै व्यक्ति हुन्छन्।

    समाज विकासको दौरानमा उत्पादन र श्रमकै कारणले सामन्त वर्ग पनि दुई भागमा विभाजित भएः क. गुरु–पुरोहित वर्ग ख. शासक वर्ग। परन्तु यी दुई सामन्तवर्गले एक अर्कोसँग मिलेर काम गरे। नीति निर्धारण गर्ने र नियम, तौरतरिका आदि मिलाउने पुरोहित वर्ग भयो भने शासक वर्गले गुरु पुरोहित वर्गको अधिनमा रही जनतामा शासन चलाउन थाल्यो। यसरी एक अर्काको मिलापले शोषणको रफ्तारलाई बढाउँदै लगी आफ्नो सामन्ती स्वार्थ रक्षाका निम्ति गुरुपुरोहित वर्गले राजाको आवश्यकतामाथि जोड दिन लाग्यो।

    यही कारण हो कि पुराना पुराण र कथाहरूमा जतासुकै राजाका जीवनवृत्तको वर्णन गरेको पाइन्छ। राजा परिक्षित्, राजा दुर्योधन, राजा युधिष्ठिर, राजा हरिशचन्द्र, राजा दशरथ, राजा राम आदि। यसरी राजाहरूको वर्णन नभएका कुनै पनि पुराण पाईँदैनन्।

    अनि दन्त्यकथाहरू पनि प्रायः ‘एकादेशमा एउटा राजा थिए, तिनका फलाना मन्त्री थिए’बाट शुरु हुन्छ। यसका साथै पशुहरूका राजा सिंह, चराहरूको गरुड, ऋतुहरूको राजा वशन्त, आदि गर्दै माहुरीको पनि राजा बनाइयो। यसले गर्दा जनतामा राजा त अवश्य नै चाहिँदो रहेछ, बिना राजा जनता बाँच्न सक्दैन भन्ने किसिमको गलत धारणा पैदा भयो। सामन्त वर्गले राजाप्रति जनताको यस्तै अन्धविश्वास जगाउनका निम्ति नै यो षड्यन्त्र रचेको हो।

    हाम्रो नेपालमा पनि शाहवंशको हातमा शासन सत्ता आउनुमा यस्तै षड्यन्त्रले काम गरेको छ। यो शाहवंश सर्वशक्तिमानको वरदान पाएर आएको होइन। उहिले गोरखाको लिगलिग भन्ने ठाउँमा घले जातिका गुरुङहरू बस्दथे। तिनीहरू वर्षमा एकपल्ट दशैँको समयमा मैदानमा एउटा मौलो गाडी एक ठाउँबाट राजा बन्नको निम्ति हुने प्रतियोगितामा दगुर्दथे । जसले दौडेर छिटो मौलो छुनसक्थ्यो, त्यस वर्षको निम्ति त्यही व्यक्ति नै राजा बन्न सक्दथ्यो।

    यो काम लामो समयसम्म जारी रह्यो। पछिबाट शाहवंशका द्रव्य शाहले त्यस ठाउँको शासनसत्ता आफ्नो हातमा लिए र त्यो चुनाव प्रणालीलाई तोडिदिए। यसै घटनाको संस्कारले आज पनि केटाकेटीहरू जो चाँडो बोल्छ, त्यही राजा, जो चाँडो खान्छ त्यही राजा आदि वाक्यांश्य प्रयोग गरिन्छ। यसबाट सिद्ध हुन्छ कि नेपालमा राज्य शासन चलाई राजा बन्ने अधिकार शाहवंशको मात्र वपौति सम्पत्ति होईन।

    धर्म

    धार्यते अनेन इति (धृ–मन्) धर्म। यसको अर्थ हो जनताले गर्नुपर्ने कर्तव्य अर्थात् सामन्त वर्गद्वारा आफ्नो शोषणवादी प्रथा कामय राख्नका लागि समाजको स्थिति मिलाउन बनाइएको नियम नै धर्म हो। त्यसैले यो सामन्ती उपज हो। कुनै पनि कुराबाट कसैको स्वार्थ रक्षा वा हित साध्नका लागि एक शब्दमा ठ्याक्क त्यही कुरा गरेर मात्र सफल हुन कठिन हुन्छ। आँपको फल पाउनका निम्ति पहिले बिउ रोपेर रुख तयार गरिन्छ र त्यसबाट फलेको फल पाउन सकिन्छ।

    त्यसैगरी जनताको शोषणबाट स्वार्थ साधनरूपी फल पाउनको निम्ति सामन्त वर्गले भए नभएका अडंगा र विंगा रचेर ईश्वरको कल्पना र धर्मको सिर्जना गरेको हो। वर्ग संघर्ष नचर्कियोस् भनेर जनतालाई वर्णमा विभाजन गरियो र प्रत्येक वर्णको भिन्नाभिन्नै धर्मको नियम बनाइयो। गीतामा ‘स्वधर्मे निघनं श्रेयः परधर्मो भयावहः’ भनिएको छ। अर्थात् धर्मका निम्ति मर्नु अर्को धर्म भयावह हुन्छ भनिएको छ।

    त्यतिमात्रै होइन, जनताका आन्दोलनहरू दबाउनका निम्ति अन्धविश्वास सिर्जना गरेर अवतारवादी सिद्धान्तको प्रतिपादन गरियो र भनियो, .‘राजा भगवान विष्णुको अवतार हो।’ श्रीमद्भागवतमा भनिएको छ, ‘विष्णुः पृथ्वी पतिः’ इत्यादी गराएर गुरु पुरोहित वर्ग र राजा देवता बने।

    धर्मका नाममा शोषण

    यहुदीहरूले रोमको एक प्रान्तलाई भूस्वर्ग बनाए। अनि आफूलाई ईश्वर जाति भनी परलोकको त्रास देखाएर सारा पश्चिम एसियामा शोषण गर्न लागे। पछिबाट क्राईस्टले ‘कुनै पनि जाति सर्वश्रेष्ठ हुँदैन, हामी सबै ईश्वरका सन्तान हौँ। यहुदीहरू पनि मानिस नै हुन्, उनीहरूले भनको मान्नु पर्दैन भनी विरोध गर्दा क्राइस्टलाई रोमन सम्राटले फाँसी दिए। क्राइस्ट मरिसकेपछि क्रिश्चियन धर्मका अनुयायीहरू बढे र तिनले यहुदीहरूका मन्दिर भत्काई दिने र धर्मको विरोध गर्ने गर्दा क्रिश्चियन धर्मको व्यापकता बढ्न गयो। यसले गर्दा सारा युरोपमा क्रिश्चियन धर्मको व्यापकता भयो।

    पछिबाट रोममा पोपको उदय भयो। पोपको अर्थात् पापा हो। पापा भन्नु बाबु हो। ठूलो मानिसलाई ठूलो नाताले बोलाउनुपर्छ भन्ने परम्परा बसाल्न यो नाम राखिएको थियो। यसबाट क्रिश्चियन धर्मले आफ्नो व्यापकता बढाउँदै एकाधिपत्य कायम गर्यो। र, आफुले चाहेको व्यक्तिलाई राजा बनाइदिने वा स्वर्गको टिकट काटिदिने आदि कार्य गरेर शोषणको रफ्तार ज्यादै बढायो। यस्तै गरी फ्रान्समा पनि त्यहाँका धार्मिक ठेकेदार पुजारीहरूले किसानहरूबाट धर्म कर र धर्मकै नाउँमा सहायक करहरू लिनुका साथै नाना प्रकारका यातनाहरू दिन्थे भन्ने कुरा तलका पंक्तिहरूबाट स्पष्ट हुन्छ।

    They had to give the land owners a share of their crops (usually the fourth) or pay the equivalent in money. Another share of the crops. (a tithe, i.e. one tenth) was claimed by the greedy priests.

    (त्यहाँका किसानहरूले जमीनदारहरूलाई उब्जनीको एक चौथाई अन्न वा त्यसको बराबर रुपैयाँ दिनु पर्दथ्यो र लोभी पुजारीहरूलाई धार्मिक करको रूपमा एक दशांश दिनुपर्दथ्यो।)

    यत्तिमात्र नभई त्यहाँका सामन्तहरूलाई किसानहरूले मील(घट्ट) को प्रयोग नगरेता पनि मीलको कर र पुलहरूबाट सामान तारेवापत पुलको कर तिर्नुपर्थ्यो। यो एउटा परम्परा नै थियो। कतिपय सामन्तहरू आफ्नो मील नभएपनि मिलको किराया भनी किसानहरूबाट कर असुल गर्दथे। फेरि ती सामन्त पुजारीहरू काम गर्न लागेका किसानको पिठ्युँमा घोडा चढेजस्तो गरी दुई तीन जना एकै चोटी चढ्थे र त्यो किसानले दिनभरी आफ्नो कुटो कोदालो टेकेर तेर्छो परी हिँड्नुपर्थ्यो।

    तिब्बतमा बुद्धधर्म र नेपाल महात्म्य

    अघि तिब्बतियन लामाहरूले कर्मकाण्ड भन्ने धर्मको नाउँमा तिब्बती जनतालाई मारकाट गरी उत्पात मच्चाएका थिए। त्यतिखेर वुद्धधर्मले कर्मकाण्डको विरोध गरी तिब्बती जनताको उपकार गरेको हुनाले तिब्बतमा बुद्ध धर्मको व्यापक प्रचार प्रसार भएको थियो। यो कार्य गरेवापत वुद्ध धर्म र यहुदीहरूको अत्याचारविरुद्ध प्रचार प्रसार गरेवापत तत्कलिन् समयमा क्रिश्चियन धर्मले प्रगतिशील भूमिका खेलेको थियो भन्नुपर्छ ।

    धर्मको नाउँले नेपालमा कसरी शोषण गरियो भन्ने कुरा हामीलाई यसरी स्पष्ट हुन्छ । अघि काठमाण्डुमा देवीको पुजा गर्दा मान्छेको वली दिनुपर्दछ भन्ने चलन ल्याइएको थियो। जसले गर्दा तमाम जनताको हत्या गरिए होला। यो कुरा काठमाण्डुको नरदेवीको मन्दिरबाट स्पष्ट हुन्छ। जसको नाउँले त्यो मन्दिर रहेको टोल पनि नरदेवी भन्ने नामबाट प्रसिद्ध छ । यसका साथै आफ्नो माहिलो छोरालाई गुम्बाभित्र बस्ने गुरु–पुरोहित(जोगी) को सेवा गर्न पठाउनु अनिवार्य थियो, जसलाई ढेवप्रथा भनिन्थ्यो। एक जोगी सामन्तको निम्ति एक निर्दोस व्यक्तिको जीवन बित्नु कहाँसम्मको निघृणी चाल हो।

    यस्तै गरी नेपालमा एक पल्ट बुद्ध धर्मले ठाउँ लियो जसको व्यापकता झन् पछि झन् बढ्दै जान लाग्यो। यसको साथै हिन्दू धर्मको प्रचार पनि बढ्दै गयो। अनि दुई धर्मको आपसमा टकराव (भिडन्त) हुनलाग्यो। जसको फलस्वरूप हिन्दू धर्मालम्वीहरूले वुद्धवादलाई परास्त गर्नका लागि पशुपति महात्म्यको रचना गरी वुद्धवादको बिरोधलाई अरु चर्काउन लागे भने वुद्धधर्मका अनुयायीहरूले स्वयम्भू पुराणको रचना गरी हिन्दूहरूको विरोधलाई चर्काए। पछिबाट दुबै धर्मालम्वी सामन्तहरूका बीच सम्झौता भयो र नेपाल महात्म्यको रचना गरियो, जसले गर्दा राष्ट्रियताको भावना बढेर गयो।

    यसबाट हामीलाई थाहा हुन्छ कि प्रारम्भमा कुनै पनि धर्मले जनतालाई लोभ्याई सामन्ती वर्गको स्वार्थ सिद्धिका निम्ति केही न केही रूपमा सुधारवादी कार्य गरेको हुन्छ । सामन्तवर्गले आफ्नो शोषणको परम्परा दृढ गर्नका निम्ति धर्मलाई जन्माएको हो। अनि परलोकलाई आधार बनाई शोषणलाई न्यायसंगत सिद्ध वगकतषथ गरेको छ। यसैले परलोकको सुख प्राप्तिका निम्ति किसानहरूलाई पण्डितलाई जमिन आदि दान दिनु पर्ने कुरामा जोड दिइन्छ। अब यहीँ हेरौँ, यदि परलोकको विश्वास भएदेखि सामन्त गुरु पुरोहित वर्ग धन संकलन गर्ने कुरामा किन व्यवस्त छन् र किसानहरूलाई आफूले भने जस्तो गरी किन दान गर्दैनन्?

    चार वर्ण

    हिन्दू धर्मले सनातन धर्म भनी समाजलाई चार वर्णमा विभाजित गरी व्राह्मण, क्षत्रीय, वैश्य र शुद्रका अलग अलग नियम बनाएको छ । यसको साथै व्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास गरी चार आश्रमको सिद्धान्त प्रतिपादन गरिएको छ। हुन त यी वर्ण ईश्वरको सृष्टिको साथै सिर्जिएका हुन् भनेर एकातिर भन्दछन् भने अर्को ‘चर्तुवर्ण मया सृष्टं गुणकर्म विभागशः’ भनी आफ्नो कुरो आफु स्वयं खण्डन गर्दछन्। यसका अनुसार चर्तुवर्णका काम हुन् व्राह्मणले यज्ञ गर्नु, गराउनु, दान दक्षिणा दिनु र लिनु आदि। क्षत्रीयले राज्य र लडाईँ गर्नु आदि।

    वैश्यले व्यापार गर्नु र व्राह्मण क्षत्रीयलाई मान्नु आदि। शुद्रले अरु केही गर्ने अधिकार छैन। व्राह्मण आदि तीन वर्गको सेवा सुश्रुवा गरेमात्र त्यसको धार्मिक कर्तव्य पूरा हुन्छ। धर्मको अन्तिम लक्ष्य सुख प्राप्ति वा मोक्ष पदमा पुग्नु हो। यसैको निम्ति विभिन्न निया र अनुशासनको पालन गर्नुपर्दछ। यो सबै कार्य ईश्वरको भर परेर गर्नु र ईश्वरका विभिन्न अवतारहरूको गुणगान गर्दै पूजा गर्नुपर्दछ। बुद्ध धर्म भने ईश्वरलाई मान्दैन, मूर्तिपूजाको विरोध गर्दछ र निर्वाण प्राप्तिलाई मान्छेको जीवनको अन्तिम लक्ष्य मान्दछ।

    पुष्पलालका छानिएका रचना भाग–४ बाट उतारिएको ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.