Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘चील आयो’ भन्दै सांसद खरीद गर्ने सुरमा ओलीहरु

प्रकाश अजात प्रकाश अजात
फाल्गुन १२, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रतिनिधि सभा बिघटनको ओली घोषणालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि पार्टीभित्रका ओलीका पक्षमा लागेका, ओलीले संविधानमाथि गरेको प्रहारलाई सामान्य राजनीतिक कदम ठानेका, अवसरवादी र ढुलमुले प्रवृत्तिका नेता तथा कार्यकर्ताहरूको एउटा टिप्पणी सामाजिक संजालमा देख्न पाइन्छ : अब सांसद खरीदबिक्री सुरु भयो। अब सांसदको भाउ लाख र करोड पुग्नेभयो। हास्यव्यंग्यकार मनोज गजुरेलले व्यंग्यकै रूपमा सही, प्रतिनधि सभाको प्रतक्ष्यतर्फको सांसदको यति मूल्य र राष्ट्रियसभाको सांसदको उति मूल्य भन्दै लिस्ट नै बनाएर आफ्नो हसाउने–डटकममा राखेका छन्।

    ०५१ सालमा भएको मध्यावधी निर्वाचनमा तत्कालिन् नेकपा सबैभन्दा ठूलो दलका रूपमा उदायो। उसले ९ महिनासम्म अल्पमतको सरकार चलाएको थियो। त्यो सरकारलाई ढाल्नका लागि कांग्रेस र राप्रपा एकजुट भए र शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो। देउवा सरकार ढाल्नकै लागि सांसदहरूलाई प्रभाव पार्न त्यतिखेर अनेकन् तरिका अपानाइयो। त्यहीँबाट सुरु भएको हो : सांसद खरिद बिक्रीको प्रकरण । होटलमा सांसद थुन्ने, उनीहरूलाई रक्सी र सुन्दरी उपलब्ध गराउने।

    राप्रपा, सद्भावना र स्वतन्त्र सांसदहरूको सहयोगमा प्रम बनेका देउवाले पनि आफ्नो सरकार जोगाउन अनेकन् तिकडम गरे। राप्रपाका केही सांसदहरूलाई थाइल्याण्डको बैंकक शहर घुम्न पठाएर देउवाले आफूविरुद्धको अविश्वासको प्रस्तावको मत पारित हुन दिएनन् । राप्रपाका बुद्धिमान तामाङ, खोभारी राय र विष्णुविक्रम थापासहितका सांसदलाई देउवाले बैंककको रसानन्द र सयरका लागि पठाएका थिए ।

    सो प्रकरण सांसद खरिदबिक्री प्रकरणका रूपमा कुख्यात छ। र, अहिले पनि त्यस्तै खालको सांसद खरिद बिक्रीको हल्ला चल्दैछ। नेकपा फुटाउनकै लागि ओलीले केही महिनाअघि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गराएको घटनालाई ‘सामान्य’ ठान्ने व्यक्तिहरू नै अहिले सांसद खरिद बिक्रीको हौवा मच्चाउँदैछन्। र, यी तिनै हुन् जो खड्ग ओलीको प्रतिगमनलाई अदालतले परास्त गरेपछि ओलीको तथाकथित राष्ट्रवाद, समृद्धि, विकाश र धार्मिक राष्ट्रवादको ललिपपमा भुलेकाहरू चित् खाएका छन्। उनीहरूसँग बहस र तर्कका लागि कुनै सैद्धान्तिक धरातल छैन। केही बोलौं भने आफ्नो ‘राजनेता’कै बोली अवरुद्ध छ। यी तिनै गतिवान “राजनेता” थिए जो अस्तिसम्म देशभर भीड बटुल्दै आफू दिग्विजय भइसकेको झुटो सन्देश फैलाइरहेका थिए।

    यस्तो अवस्थामा राजनैतिक र नैतिक रूपमा सखाप भएको ओली पक्षका केही बचेखुचेका मान्छेहरू अनेक तर्क, शंका र अनुमान गर्दै मन बुझाउँदै छन्। बचेखुचेका यसर्थ कि ओलीका सभामा दोहोरो अर्थ लाग्ने र कतिपय अनेक अर्थ लाग्ने भाषण गर्ने पूर्व सभामूख  नेम्बाङ’समेत संसद पुनर्स्थापनाको घोषणापछि ‘मैले ओलीलाई संसद विघटन नगर्न भनेको थिएँ’ भन्न थालेका छन्।

    यस्तो अवस्थामा हिजो प्रतिगमनका मतियार बनेका इश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु शाहजस्ता छेपारे कम्युनिष्टहरूले पनि ‘हामी त पहिलेदेखि नै संसद विघटनविरुद्ध थियौं नी! , हामी त आन्दोलनमै आउनेवालै थियौं नि, हामी त सधैं एकताको पक्षधर हौं नि!’ भन्दै मूल नेकपामै आफ्नो राजनीतिक भाग खोज्ने प्रयास गर्नेछन्।

    तर यी र यीजस्ता मान्छेहरू  भन्दा भिन्न नेता, सांसद र कार्यकर्ताहरु पनि एमालेको इतिहासलाई मोह राख्दै ओलीहरुको जालझेलमा परेका छन्। अदालतको फैसलापछिको अवस्थाले ती ‘सरल र सोझाहरु’ नेकपाको मूलधारमा आउने सम्भावना अति नै छ। यो कुरा    ओली ग्याङले बुझेको छ। त्यसकारण उनीहरुलाई अल्झाउन  उनीहरूले कुतर्कको सहारा लिएका छन् र भन्दैछन् : ‘सर्वोच्चको फैसलाको हामी स्वागत गर्छौं तर यो फैसलाले मुलुकलाई स्थिरतातर्फ लैजान सहयोग गर्दैन।’ अदालतको फैसला गलत छ भने गलतै छ भन्ने सामर्थ्य नभएका यिनीहरूले दोस्रो तर्क गर्छन्,‘अब सांसदहरू खसीबोका जसरी बिक्री हुन्छन्।’ हो पनि सांसद भएर किन्ने र बेचिनेहरुका लागि हरेक सांसद र कार्यकर्ताहरु बिकाऊ माल लाग्न सक्छ।

    अरे कमरेडहरू,सांसद खरीदको शुरुवात त ओलि कमरेडबाट नै भइसकेको छ। जनकपुरदेखि अपहरण गरेर काठमाडौै ल्याउने त “बा” का छोरा नै हुन् क्या रे! बरु सम्भावना के  छ भने हालैपनि “बा” हरुबाट यस्तै भएका संकेत देखिएका छन्।  “बा” लाई कम्तिमा ४०% सांसद भेला पार्नसके लाज छोपिन्थ्यो भन्ने ठूलो धोको छ।

    ओलीका लागि विचार होइन, सत्ता र शक्ति महत्वपूर्ण हो । गरीब र निमुखालाई छाडेर पशुपति र राममन्दिरतर्फ दगुरेका ओली र ओलीग्याङको वैचारिक स्खलन त्यसैबाट प्रष्ट हुन्छ । विचार निर्देशित र सच्चा कम्युनिष्ट आदर्शबाट निर्देशितहरु बेचविखन र लाभमा संलग्न हुन्नन् भन्ने कुरो त बहुमत पक्ष सरकारबाहिर रहेबाटै प्रष्ट हुन्छ। ओलीले प्रतिगामी कदम चाल्नेवित्तिकै मन्त्री पदबाट राजीनाम गर्ने कुरा त्यही विचार र अडानको कुरो होइन? त्यसो हुँदा ओलीको सांसद बजारमा तिनै बिक्लान्, जो हिजो बिके । र, अर्को संयोगको कुरो, सांसद खरिद बिक्री उद्योगमा लगानी गरेका कांग्रेसका नेताहरु त हिजोसम्म पनि चुनावका पक्षमा भाषण ठोक्दै थिए ।

    अर्काे कुरा, खड्ग ओलीले तत्कालै प्रधानमन्त्री पदबाट राजिनामा दिने हो भने उनले टुटाएको नेकपा फेरि पनि एकिकृत हुने सम्भावना छ। तर इतिहासका तुच्छभन्दा पनि तुच्छ तानाशाहको जस्तो दम्भ पालेका खड्गप्रसाद ओलीबाट तत्काल् त्यस्तो सम्भावना देखिँदैन। राजिनामा दिएर, आफूले गरेको संविधानको अपमानप्रति आत्मालोचित हुँदै पार्टी एकिकृत हुने अवसर किन सिर्जना गर्न किन चाहिरहेका छैनन् तपाईंहरूका राजनेता ? ओली उल्टै फेरि पनि अन्य पार्टीको सहयोगमा आफूलगायतको सरकार बनाउने रणनीतिमा छन्। स्पष्ट छ चील आयो भनेर चिच्याउँदै “बा” हरु छिट्टै सांसद किन्न टोलटोलमा घुम्दैछन्।

    कम्युनिष्ट-इमान छ भने छातीमा हात राखेर अब भन्नुस् कामरेडहरु, को सांसद खरीदबिक्रीमा संलग्न हुँदैछन्?

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.