Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हिजोका क्रान्तिकारीहरू आज महाराजा र महासामन्त भए – रामेश श्रेष्ठ

रामेश श्रेष्ठ रामेश श्रेष्ठ
मंसिर २४, २०७७
- यो हप्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पारिजात, मंजुल, रामेश, रायन, निनु चापागाईं, अरिम,विमल चापागाईं,र नोरेन निगेसालगायतले तीसको दशकमा साहित्यिक तथा सांगितिक आन्दोलन चलाए। आफ्नो समूहलाई ‘राल्फा’ नामाकरण गरेका उनीहरूले मूलधारे साहित्य संगितभन्दा भिन्न रचना रचेर जनतालाई जगाए। त्यस क्रममा रामेश र मंजुलले पूर्वी पहाडका अनेक जिल्लामा गीती यात्रा चलाए। राल्फाका प्रगतिशील गीतहरूले पूर्वी नेपालमा वामआन्दोलनको जग बसाउन केही आधार बनाइदियो। उनीहरू त्यसबेला स्वयंलाई वामपन्थी ठान्नदैनथे तर उनीहरुका गीती अभियानलाई स्थानीय सरकार र पञ्चहरुले अनेक वाधाव्यवधान  तेर्स्याए र जिल्ला निष्काशन पनि गरेका थिए।  २०३० साल पछि भने राल्फालीहरू स्वयं वाम वा कम्युनिष्ट आन्दोलनमा सक्रिया रूपमा संलग्न भए।

    वाम आन्दोलनमा राल्फालीहरू टुटफुट र विग्रह  भएका विभिन्न समूहमा  फुटेर लागे। केही नेकपा चौथो महाधिवेशनमा सक्रिय भएभने केही  राजनीतिमा नलागी पेशागत जीवनमा प्रवेश गरे। केही झापाली विद्रोहको प्रभावमा परे। ती मध्ये मञ्जुल रामेशहरुले भने संकल्प, झिसमिसे परिवार निर्माण गरेर साहित्यिक तथा साँगितिक अभियान चलाए। पछि रामेशको अवुगाइमा आस्था समूह गठन गरी प्रगतीशील गीतसाहित्यका अभियानहरू चलाइ नै रहे। अहिले पनि सार्थक एकडेमी नेपालमार्फत उनीहरू जनसाहित्यमा सक्रिय छन्।

    तिनै कलाकारमध्ये एक हुन् रामेश श्रेष्ठ। नेपालमा कम्युनिष्ट आन्दोलन जगाउन र वामपन्थी जनमत सिर्जना गर्न खासगरी एमाले धारमा प्रगतीशील रामेश मञ्जुल लगायतका सर्जकहरू अत्यन्तै योगदान थियो र हालपनि छ। तर, तिनीहरु सत्ता र शक्तिबाट विमुख छन्। नेपालका कम्युनिष्ट दलहरुले अन्य क्षेत्रका साहित्य र संगित क्षेत्रका  कुन्ता शर्मा र जेबी टुहुरेलाई राजनैतिक अवसर दिदै‌ सांसद समेत बनाइए। तर, रामेश सत्ताको प्राय: आलोचक रहने गरेका कारण उनलाई त्यो अवसर जुटेन। प्रस्तुत छ, रामेशसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीकोअंश:

     

    समाजमा भएको शोषणविरुद्ध लड्ने, लेख्ने र गाउने प्रेरणा मैले घरबाटै प्राप्त गरें। मेरा दाई शहीद गंगालालका शिष्य हुनुहुन्थ्यो। मेरा बा सरकारी जागिरे। जतिखेर हामी रामेछापमा थियौं, गंगालालका बुबा भक्तलालको जागिर पनि रामेछापमै रहेछ। मेरा बा र गंगालालका बा एकअर्काका साथी। सोही कारण मेरा ठूल्दाई मेघलाल र भक्तलालका छोरा गंगालाल साथीसाथी हुन पुगेका रहेछन्। गंगालालले ‘देशका सारा ढुकुटी एउटै परिवारले लुट्ने परिपाटी रहुन्जेलसम्म देश बन्दैन। जन्मदै जर्नेल हुने र जनताबाट उठाएको करबाट भत्ता खाने यो परिवार देश लुटाहा हो। जबसम्म राणासत्ता ढाल्न सकिँदैन, तबसम्म देश उठ्न सक्दैन’ भन्ने चेतना दाइ मेघबहादुरमा गंगालालले जगाउनु भएको रहेछ।

    दाई क्रान्तिकारी, बा राणा सेवक

    त्यतिखेर गंगालालले अनौपचारिक रूपमा एउटा सानो गाउँले संगठन खोल्नु भएको रहेछ चरिकोटमा। किशोर उमेरमै युवाहरूको एउटा समुह बनाएर गंगालालले उनीहरूलाई विभिन्न ठाउँमा लैजान घुम्न लैजाने आदी गर्नुभएछ। र, त्यही अवसरमा राजनीतिक कुराकानी गर्नुहुँदो रहेछ। साँझ परेपछि रामेछापका टोलटोल घुम्ने र युवाहरूलाई जागरूक बनाउने काम थाल्नु भएछ। तर गोर्खामा या पाल्पामा हाम्रो बाको जागिर सरूवा हुँदाताक, ९७ सालमा गंगालाललाई राणाहरूले हत्या गरे। सो कारणले हाम्रो दाईका मनमा ठूलो चोट पर्‍यो मनमा। र, त्यही घट्नाबाट राणा सत्तालाई जसरी पनि ढालेरै छाड्ने भन्ने निर्णयमा दाई पुग्नुभो र कांग्रेससँग गोप्य रूपले आवद्ध हुनुभयो।

    दाई क्रान्तिकारी हुनुहुन्थ्यो भने बाचाहिँ सत्ताको वफादार हाकिम। बा अड्डा गएको मौकामा घरघरमा पुगेर मान्छेहरूसँग दाइले कुरा गरेको म सुन्थें। प्रजातन्त्र, देश, मुक्ति, मुक्तियोद्धा, शहीद, अंग्रेज भगाउ आन्दोलन, गान्धी, नेहरू, पटेल, सुवासचन्द्र वोस, भगतसिं, चन्द्रशेखर आजादका चर्चा हुन्थे। त्यतिखेर ‘भारत छोडो आन्दोलन’ चलिरहेको थियो। सानो उमेरमा यी सबै नाम र शव्दका अर्थ बुझ्दैनथे। तर क्रान्तिकारी नेताहरूको नाम लिँदा दाइको अनुहारमा अर्कै ओज र तेज आउँथ्यो। उनको स्वर बेग्लै हुन्थ्यो। म त्यो खुब ख्याल गर्थें। त्यो हाउभाउले मेरा मनमा बेग्लै छाप पार्थ्यो।

    हाम्रा बालाई कांग्रेसका कार्यकर्ताहरूले गोली हान्न खोजे। तर हाम्री आमाले ठूलो भीडका अगाडि गएर बाको शरीरलाई ढाक्दै ‘पहिले मलाई गोली हान्नुस् अनि मात्र उहाँलाई हान्नुस्’ भन्नुभयो। आमाले हाम्रा बाले सरकारी ढुकुटीको एक पैसा पनि खर्च नगर्नु भएकाले बालाई गोली हान्नु नाजायज भएको बताउनुभयो।

    जतिखेर बाको जागिर डोटीमा थियो, त्यतिखेर सात सालको क्रान्ति भएको थियो। कांग्रेसका कार्यकर्ताहरू सरकारी ढुकुटी लुट्न आए। त्यतिखेर हाम्रा बालाई कांग्रेसका कार्यकर्ताहरूले गोली हान्न खोजे। तर हाम्री आमाले ठूलो भीडका अगाडि गएर बाको शरीरलाई ढाक्दै ‘पहिले मलाई गोली हान्नुस् अनि मात्र उहाँलाई हान्नुस्’ भन्नुभयो। आमाले हाम्रा बाले सरकारी ढुकुटीको एक पैसा पनि खर्च नगर्नु भएकाले बालाई गोली हान्नु नाजायज भएको बताउनुभयो। त्यतिखेर राज्यको ढुकुटीका साँचा ३ जनासँग हुन्थ्यो: बडाहाकिम, न्यायधिस र मालको सुब्बासँग। ३ जना भएमात्र ढुकुटी खोल्न मिल्थ्यो। कांग्रेस कार्यकर्ताहरूले तीनवटै हाकिमलाई समातेर ३ वटै साँचो लिई ढुकुटी हातमा लिए। कांग्रेसले ढुकुटी खोल्न खोज्दा दोस भने हाम्रा बालाई लगाइयो र मार्ने प्रयास गरियो। तर आरोप गलत हो भन्दै हाम्री आमा र त्यहाँका जनता उत्रेपछि कांग्रेसकै अर्को गुटले पैसो लिएर भागेको भनियो। त्यही पैसाको विषयलाई लिएर कांग्रेसका दुई पक्षबीच त्यहाँ मारामार भयो। दुई जनाको ज्यान पनि गयो।

    काँग्रेससँग दाइको असन्तुष्टि, मेरो बिउ

    मैले सात सालको क्रान्ति देखें। २००७ को दिल्ली सम्झौता हुँदा मेरा दाई कांग्रेसदेखि असन्तुष्ट हुनुभयो। ‘ल अब भारतले नेपाललाई आफ्नो मुठ्ठीमा पार्‍यो। दिल्ली सम्झौता गरेर कांग्रेसले गलत गर्यो भनेर त्यसविरुद्ध उत्रनुभयो। पश्चिममा भीमदत्त पन्त पनि दिल्ली सम्झौताविरुद्ध उत्रिएका थिए। भीमदत्त त पूरै सेना बनाएर नै सरकारविरुद्ध लड्न थाले। पछि उनकै मितलाई प्रयोग गरेर भीमदत्तको हत्या भयो। हाम्रो दाइसँग सैनिक दस्ता बनाउने तागत पनि थिएन।

    तर कांग्रेसप्रतिको असन्तुष्टिका कारण उहाँले ‘अब यस पार्टीबाट हाम्रा अपेक्षा पूरा हुँदैनन्। अब कांग्रेस भारतको आदेश खटनअनुसार चल्नुपर्ने अवस्थामा पुग्यो। भारतको गुलाम भयो भनेर कांग्रेससँग आक्रोश व्यक्त गर्नुभयो।’ उहाँ भन्नुहुन्थ्यो, ‘अब गर्ने भनेको त कम्युनिष्टहरूले नै हो।’ त्यही समयताक मैले माओत्सेतुङ, लेनिन, हो चि मिन्ह र कोरिया युद्धका कुराहरू सुन्थें। त्यस्तै कुराहरूले मेरो दिमागमा कम्युनिष्टको बिउ नजाँनिदो किसिमले रोपियो।

    समाजको होचो अर्घेल्याइँ

    समाजमा हुने गरेको होचो, अर्घेल्याईँ र विभेद पहिलो पटक मैले डोटीमा महसुस गरें। उतिखेर हामी डेरा लिएर बसेको घरमा दमाई, कामी र कामीहरू पनि आउँथे। उनीहरूलाई घरभित्र पस्न अनुमति थिएन। पहिलो पटक मेरा बा सुब्बा भएर डोटीमा बहाल गरिसकेपछि बिहानदेखि बेलुकासम्म घरमा भेट्ने मान्छेको ताँती हुँदा मैले त्यस्तो विभेद ख्याल गरेको हुँ। बा सात सालको समयको हाकिम, बाहुनहरू उहाँलाई स्वस्ती गर्दै ढोग्थे। कोही खुट्टामै लम्पसार परेर पनि ढोग्थे। हाकिम रिझाएर केके काम गर्नुपर्ने हुन्थ्यो होला त्यतिखेर। त्यस समयमा लौरो टेक्दै एउटा मान्छे आएर हाम्रा बालाई ‘जदौ’ गरेको याद छ मलाई। मैले आमालाई सोधें, ‘ती मान्छेले के गरेको आमा?’

    घरमा दमाई, कामी र कामीहरू पनि आउँथे। उनीहरूलाई घरभित्र पस्न अनुमति थिएन। पहिलो पटक मेरा बा सुब्बा भएर डोटीमा बहाल गरिसकेपछि बिहानदेखि बेलुकासम्म घरमा भेट्ने मान्छेको ताँती हुँदा मैले त्यस्तो विभेद ख्याल गरेको हुँ। बा सात सालको समयको हाकिम, बाहुनहरू उहाँलाई स्वस्ती गर्दै ढोग्थे।

    आमाले भन्नुभयो, ‘दमाई, कामी, सार्कीलाई छुन नहुने जात मान्छन्। उनीहरू पनि मान्छे नै हुन् तर मैले यसबारेमा केही बोलेमा आइमाई जान्ने भएर बोलेको भन्दै उल्टै हप्काउँछन्। मलाई चाहिँ यस्तो चलन मन पर्दैन। तेरो बालाई पनि यस्तो चलन ठीक लाग्दैन होला, तर तेरा बाले यिनीहरूलाई हेलाँ र छोइछिटो गरेनन् भने समाजले तेरो बाको जािगर खाइदिन्छ फेरि। यसर्थ, तेरो बालाई मन परेपनि–नपरेपनि सरकारले नै जात मान्ने भएकाले जात त मान्नै पर्‍यो। नभए जागिर खान पाइन्नँ। हाम्रो समाज नै त्यस्तो छ।’

    डोटीमा अहिले त कैयौं समस्या छन् भने त्यतिखेर त झनै अनकन्टार लाग्थ्यो। आमा भन्नुहुन्थ्यो, ‘यहाँ त धेरै दुःख छ हामीलाई। पैसा पनि कमिँदैन। तिमीहरूलाई पाल्न पनि दुख हुन थाल्यो। तेरो बा त पाल्पामा राणा सोखमा हुर्केको हो। त्यसो हुनाले राणाहरूले जे भन्छन्, हामीले त्यही मान्नुपर्छ। नत्र हामीले जागिर खान पनि पाइँदैन। गाउँघरमा जागिर खान आएको मान्छेले सरकारले भनेको कुरा त मान्नै पर्‍यो नि।’ डोटीमा हुँदा मेरो बुबाको कमाई एकदम कम थियो, मासिक १५५ तलब आउँथ्यो। तर त्यस कमाईबाट मेरा बाका ११ जना परिवार पाल्न त्यसले धौधौ पर्थ्यो।

    घुस खाने बा र घुस खाने सरकार

    बाले घुस्याहरूको एउटा भेलामा र हामीसँग पनि स्पष्टिकरण दिनु भएको थियो उहाँले किन घुस खानु पर्‍यो भनेर। बा भन्नुहुन्थ्यो, ‘भगवान त घुस खान्छ हजुर, अब हामीले घुस खाएर के फरक पर्छ र भनेर अर्को घुस्याहाले एक पटक प्रवचन दियो। उसले भन्यो, दुनियाँले थाहा नपाउने गरेर, उजुरी नपर्ने गरेर आफूलाई अप्ठ्यारो नपर्ने गरी घुस खाएर बाँच्। मलाई अप्ठ्यारो पर्नेगरी घुस खाइस् भने तलाई त्यही निहुँमा जागिरबाट निकालिदिन्छु भन्छ स्वयं सरकार। अनि घुष किन नखाने?’

    रित पुर्‍याएर भ्रष्टाचार गर्ने र नीतिमा टेकेर भ्रष्टाचार गर्ने चलन त्यसै बेलादेखिको हो। र, अहिले जुन वेथिती र भ्रष्टाचार चलिरहेको छ, यो त्यसैको निरन्तरता र व्यवस्थित रूप हो। चाहे त्यो विगतका अन्य सरकार हुन् या अहिलेका सरकार, यी सबै त्यही घुस्याहा संस्कतिका विकसित रूप हुन्। भ्रष्ट संस्कृति झनै मौलाएको छ। पैसावाल र ओहदावालहरूले आज पनि भ्रष्टाचारको संस्कृतिलाई संरक्षण र मलजल गरेका छन्।

    क्रान्तिकारी दाइ र दलित सहभोज

    कम्युनिष्ट आदर्श मेरा लागि ठूलो कुरा हो। समाजका कतिपय असल व्यक्तिहरूले राष्ट्र, समाज र जीवनप्रतिका उच्च आदर्शहरू सिकाए र तिनै आदर्श पच्छ्याएर केही राम्रो काम गर्नुपर्छ भन्ने विचार सानैदेखि मेरो मनमा आयो। आदर्शको पहिलो गुरू थिए दाइ, जसले कांग्रेस भएर पनि व्यापक रूपमा जातीय विभेदविरुद्ध समाजसँग लड्नुभयो। २००७ सालमा कांग्रेसले ओखलढुंगा कब्जा गरिसकेपछि पनि जमिन्दार र ठालुहरूले आफ्नो जमिन गरिबहरूलाई कमाउन लगाएर त्यसबाट कुत खाने, बेठबेगारमा काम गराएपनि पैसा नदिने र अधियाँमा पनि कुत थपेर दिनुपर्ने नियम लगाउँथे। त्यसविरुद्ध दाइ लड्नुभयो।

    जमिन जोत्नेको हुनुपर्छ भनेर उत्रनुभयो। ‘जसको जोत उसको पोत’ भन्ने नारा पहिले त कांग्रेसको नारा हो। २००७ साललगत्तै दमाइ, कामी र सार्कीहरू सँगै राखेर ठूलो भोज गर्नुभयो। तर त्यहाँको संकुचित सामन्ती समाजले दाईलाई बहिस्कार गर्‍यो।

    जमिन जोत्नेको हुनुपर्छ भनेर उत्रनुभयो। ‘जसको जोत उसको पोत’ भन्ने नारा पहिले त कांग्रेसको नारा हो। २००७ साललगत्तै दमाइ, कामी र सार्कीहरू सँगै राखेर ठूलो भोज गर्नुभयो। तर त्यहाँको संकुचित सामन्ती समाजले दाईलाई बहिस्कार गर्‍यो। दाईको ‘जातै’ काटिदियो। दाई एकदमै हठी र आत्मविश्वासी हुनुहुन्थ्यो। हामीले प्रजातन्त्र ल्याएको नै यही जातभात मास्नका लागि हो भनेर एक्लै भिड्नुभयो। दाइलाई ‘जात’बाट हटाउन चाहिँ सकेनन् तर उहाँलाई एक्लै पारे। महिला समानताका लागि पनि उहाँ लड्नुभयो। ‘घरमा आइमाईहरूलाई उचाल्ने, उता खेतबारीमा खेतालाहरूलाई उचाल्ने, उता दमाई कामीलाई उचालेर समाज बिगार्ने यो मान्छेलाई त मार्नैपर्छ’ समेत भने अरे। यी सबै कुराको सामना गर्दै दाइ एक्लै भिड्नु भएछ।

    पहिलाका शोषकहरू कांग्रेस र कम्युनिष्टमा छिरे

    पछि आएर मैले ती कुरा बुझें। कम्युनिष्टहरूले उठाउने मुद्धा न्यायकै मुद्धा रहेछन् भन्ने बुझ्यौं। पछि ३२ सालतिर आएर म दर्तावाल कम्युनिष्ट भएँ। त्योभन्दा अघि नै २० सालतिरबाटै म जनसंगीतको अभियानमा हिँडेको थिएँ। माले पार्टी बनाउन जीवन लगाएँ। किशोर अवस्थादेखि नै कम्युनिष्ट बनेको म माले र कोअर्डिनेसन केन्द्रलगायतका कम्युनिष्ट पार्टीहरूमा लागेर सिंगै जीवन बिताएँ। बुर्जुवाको सन्तान र शासकको कर्मचारीको छोरा भएर पनि भुईँमान्छेहरूको न्यायका लागि आवाज उठाएँ। तर पछि कांग्रेस नराम्ररी बिग्रियो। राणाशासनका सामन्ती, शोषक, ठालु, बेइमान र बदमासहरू जम्मै कांग्रेसमा छिरे। तिनीहरूका हातमा कांग्रेस परेपछि फेरि उही राणा शासनझैं नै भयो हाल। नामको प्रजातन्त्र, काम र संचालका हिसाबले पुरै राणातन्त्र। तिनै राणाका आफन्तहरूले नै अनेक अवसरहरू हात पारे।

    भएभरका फटाहा, डन, माफिया, तस्कर, लुटाहाहरू सबै कम्युनिष्टमा सरेपछि कम्युनिष्ट पार्टी कसरी कम्युनिष्ट भयो? हिजोको कांग्रेस कसरी कांग्रेस भयो? के भेद भयो त राणा, कांग्रेस, राजावादी र कम्युनिष्टमा?

    त्यही कुराको विरोध गर्दै कम्युनिष्टहरू सत्तामा आए। तर कम्युनिष्टहरूमा पनि त्यही कुरा दोहोरियो। भएभरका फटाहा, डन, माफिया, तस्कर, लुटाहाहरू सबै कम्युनिष्टमा सरेपछि कम्युनिष्ट पार्टी कसरी कम्युनिष्ट भयो? हिजोको कांग्रेस कसरी कांग्रेस भयो? के भेद भयो त राणा, कांग्रेस, राजावादी र कम्युनिष्टमा? सबै एउटैमा रूपान्तरित भए यिनीहरू। जनताको आस्थाको यिनीहरूले दुरुपयोग गरे। आफ्नो वर्ग परिवर्तन गरेर त्यही सामन्ती र पूँजीवादी हुँदै सत्ता संचालक भएर उदाए।

    जनता फेरि पनि उठ्नुपर्छ

    अहिले पनि महिलाहरूलाई आगो लगाइन्छ, एसिड हालिन्छ। महिला र दलितलाई बोक्सीका नाममा अचझै पनि मलमूत्र खुवाइन्छ। हामीले चाहेको सामाजिक परिवर्तन खोइ ? काम गर्ने मानिससँग पैसा हुनुपर्ने होइन? तर आज पैसा कोसँग छ? पैसा त श्रमबाट सिर्जित हुने कुरा हो तर हाम्रा श्रमिकको हालत के छ? लाखौं युवा विदेशमा छन्। अर्काको मुलुकका लागि लड्न सिपाही भएर गएका छन्। हिजो हामीले लडेको बेलामा भन्दा गुणात्मक रूपमा परिवर्तन भयो त देश? देशमा युवा छैनन्। पढ्नेहरूले काम पाउने अवस्था छैन। तर विदेशमा रगत पसिना गरेर पठाएको रेमिट्यान्समा शासकहरू मस्ती गर्दैछन्। यो त हुँदै भएन।

    हिजो शासकका हातमा हुन्थ्यो संचारसाधन। आज संचार जनताको हातमा आएको छ। त्यसै कारण शासकहरू विस्तारै नाङ्गिदै छन्। शोषण, अत्याचार र भ्रष्टाचारविरुद्ध नै हामी कम्युनिष्ट बनेर लाग्यौं। तर आज धोका भएको छ। जुन नारा दिएर जनतालाई साथ लिएर यिनीहरू हिजो हिँडे। तर सत्तामा पुगेपछि आफूलाई जनविरोधीका रूपमा स्थापित गरे। तर यिनीहरूले नै सिकाएका जनता अब उठ्दैछन्।

    हामीले यस्तै ठानेर ‘बलिदान’ भन्ने फिल्म पनि बनायौं। कांग्रेस र कम्युनिष्टमा रहेका असल पात्रहरूलाई उद्घाटन गर्ने चलचित्र पनि हो त्यो। त्यस फिल्मको एक दृश्यमा भनिएको छ: शहीद कुनै पार्टीको हुँदैन।

    कम्युनिष्टहरू चरित्रवान हुन्छन्, अहंकारी हुन्नन् भन्ठान्थे जनता। र, त्यस समय हामीले थुप्रै सदाचारी कम्युनिष्ट नेताहरू देखेका थियौं। कम्युनिष्ट नेताहरूका सरल व्यवहार देखेरै हामी कम्युनिष्ट पार्टीमा लाग्यौं। गाउँलेहरूले कम्युनिष्ट नेतालाई त्यो समय देउताझैं ठान्थे। आफ्नो ज्यान धरापमा राखेर यिनीहरूलाई जोगाउँथे। तर आज कत्रो धोका भएको छ। र, हामीले यस्तै ठानेर ‘बलिदान’ भन्ने फिल्म पनि बनायौं। कांग्रेस र कम्युनिष्टमा रहेका असल पात्रहरूलाई उद्घाटन गर्ने चलचित्र पनि हो त्यो। त्यस फिल्मको एक दृश्यमा भनिएको छ: शहीद कुनै पार्टीको हुँदैन। त्यस फिल्मको एक दृश्यमा पंचायतले हत्या गर्न लगिँदै गरेका एक क्रान्तिकारी भन्छन्, ‘क्रान्तिको बाटोभन्दा धेरै कठिन सत्ता चलाउन हुन्छ। सत्तामा पुग्दा जनतालाई धोका नदिनू।’

    कम्युनिष्ट आदर्श भुत्ते भएर गयो

    त्यसैले हामी निरास त हुने कुरा त छँदैछैन। उसो त धेरै परिवर्तनहरू पनि भएका छन्। ऐतिहासिक भौतिकवाद, वर्ग संघर्ष र द्धन्दात्मक भौतिकवादका असल कुरा सिकाए कम्युनिष्टहरूले। त्यतिखेर कम्युनिष्टका कुरा सुन्दा शरीररमा काँडा उम्रन्थ्यो। पार्टी यसरी संसोधनवादमा जाकिन्छ र प्रतिक्रियावादीहरूको चपेटामा पर्छन् भन्ने लागेको थिएन। मान्छे बाँच्न खोज्छ, पशु र किराफट्याग्रा पनि बाँच्न खोज्छन्। रूखहरू पनि काटेपछि जराबाट पलाउँछन्। तर सत्तामा पुग्नेवित्तिकै आफ्नै सिद्धान्तविपरित चाहिए भन्दा बढी भोग गर्न थाले यिनीहरू। बिउले थप बिउ उमार्‍यो तर दुःखको कुरो, पहिलेको बिउ कुहियो।

    सत्तामा गएपछि डेढ अर्बको हेलिकोप्टर चाहियो। ८० करोडको गाडी चढ्नुपर्‍यो। यो के हो? कुहिएको होइन? यिनीहरूले त सामन्तलाई पनि माथ गरिदिए, महासामन्त भए। अमेरिकाजस्तो पुँजीवादी राष्ट्रका राष्ट्रपतिलाई समेत माथ गरिदिए। कत्रो भोक यिनीहरूलाई? कत्रो ऐयास?

    हिजोका क्रान्तिकारीहरू अहिले ‘महाराजा’ भए। कति दुखलाग्दो, यिनीहरू हिँड्दा अहिले जनताले भुईं नै खाली गरिदिनुपर्ने! एक पटक त राष्ट्रपतिका लागि आकाशसमेत खालि गरियो। कुनै राजा महाराजाका लागि आकाशै खाली गर्ने घटना भएको थियो होला इतिहासमा? जमिनमा घण्टौं मान्छेहरूलाई उभिन लगाएर, हलचल गर्न नदिएर पुरै सडक खाली गरिदिनुपर्ने! पहिले उनीहरू यस्तै चलनको विरोध गर्थे। तर सत्तामा गएपछि डेढ अर्बको हेलिकोप्टर चाहियो। ८० करोडको गाडी चढ्नुपर्‍यो। यो के हो? कुहिएको होइन? यिनीहरूले त सामन्तलाई पनि माथ गरिदिए, महासामन्त भए। अमेरिकाजस्तो पुँजीवादी राष्ट्रका राष्ट्रपतिलाई समेत माथ गरिदिए। कत्रो भोक यिनीहरूलाई? कत्रो ऐयास? त्यो पूरा गर्ने कत्रो रहर! दुनियाँलाई बिसौं, तिसौं वर्ष कम्युनिष्ट आदर्श पढाउनेहरूको यो कस्तो लाजमर्दो स्खलन! तर इतिहासमा यस्ता बेइमानीको हिसाब गरिन्छ।

    सारांशमा असल र खराबबीचको लडाईं हो यो। हिजो आइबक्स्योस् र खाइबक्सियोस् जस्ता सामन्ती लवज र चलनकोे विरोध गर्नेहरू अहिले दरबारी भाषा र शैलीमा अभ्यस्त छन्। कम्युनिष्टहरूको अकर्मण्यताकै कारण राजावादीहरू सल्बलाएका छन्। तर राजा त बिचौलियाबाट चल्ने संयन्त्र हुन्। राजाको सम्पर्क जनतासँग कहिले पनि हुँदैन। जनतासँग घरघरमा डुलेर, उनीहरूसँग भोकै सुतेर या जनताले जे खायो त्यही खाएर उ हुर्केको हुँदैन। र, उहिलेका राजाका झरल परल खाएर बस्ने विचौलिया वर्गले राजा ल्याउने कुरा उचालेका हुन्।

    आफैं-आफैं सकिँदै

    प्रचण्डले प्रधानमन्त्री ओलीलाई लगाएका आरोप र ओलीले गरेको खण्डनपत्र पढें। यसो गरेर, आफैं पोलापोल गरेर आफैं सकिन खोजेका होइनन् यिनीहरू? एउटाले अर्काले गरेको बदमासी र भ्रष्टाचार खोलिदिएको छ, अर्काले अर्काको। दुवै नांगिने मेसो होइन यो? यिनीहरूले नै छरेको बिउबाट हुर्केका सचेत समाजले भोलि यिनीहरूलाई छोड्लान् त? आखिर सबैले खाने त्यही भोजन हो। बस्नका लागि एउटा निवास र हिँडडुल गर्न एउटा साधन चाहिने हो। त्यो त जनताले नै पनि देलान् नि यिनीहरूलाई।

    आफैं बदनाम भएर सत्ताका लागि किन मरिहत्ते गरेका यिनीहरूले? हिजो ‘दुई तिहाईको सरकार बनाइदेऊ, हामी देश बनाउँछौं’ भनेर भोट मागेको होइन? ‘पहिले मिश्रित सरकार भयो, काम गर्न सकेनौं’ भनेको होइन? हामीले पनि जनताकोमा पुगेर ‘अन्तिम पटक हाम्रो शक्ति(मत) दिउँ भन्दै हाम्रो इमान जमान धरौटीमा राख्यौं। अब त जनताले सहने र क्षमा दिने कुरा त नगर्लान्। कम्युनिष्टको सरकार बनेको तीन वर्ष भइसक्यो, तर सरकारको प्रभावकारिता देखिएन। त्यसैले फेरि पनि जनता जुट्नुपर्छ। जनताका तागत अगाडि कसैको केही लाग्दैन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रामेश श्रेष्ठ

      रामेश श्रेष्ठ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.