Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोनाभाइरस-२ विरुद्धको खोप बनाउन होडबाजी

प्रा. डा. बालमुकुन्द रेग्मी प्रा. डा. बालमुकुन्द रेग्मी
बैशाख ११, २०७७
- विमर्शका लागि, सामयिक, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रा. डा. बालमुकुन्द रेग्मी। अहिले धेरैको चासोमा कोभिड-१९ को रोकथाम र उपचार विधि परेको छl यो रोग लगाउने भाइरसलाई यहाँ सजिलोको लागि कोभिड भाइरस भनिने छl हालसम्म यसका प्रतिरोध गर्न क्षमता विकास गर्ने औषधिहरु जस्तै भ्याक्सिन तयार भइसकेका छैनन्। यसकारण यस रोगको रोकथामका र उपचारका लागि निम्न उपायहरु अपनाइएको छ।

    १.भाइरसलाई सम्पर्कमा आउन नदिने (यसका लागि अहिले हामी लकडाउनका सबैजसो उपायहरु अपनाइरहको चरणमा छौँ),

    २. यसबाट सिर्जित स्वास्थ्य समस्यासित जुध्न विरामीलाई स्वास्थ्य सेवा दिने (जसको लागि भेन्टिलेटर, डायलाइसिस सुविधा सहितका सघन उपचार सुविधा तयार गरिन्छ),
    ३. भाइरस निस्कृय पार्ने औषधि दिने (एचआईभी, मलेरिया, क्यान्सर, इबोलाको लागि बनाइएका, ब्याक्टेरिया वा जीवाणुले गर्ने निमोनियामा प्रयोग हुने औषधि आदिको परीक्षण हुँदैछन्),

    ४. भाइरस विरुद्ध लड्ने एन्टीबडी प्रयोग गर्ने। सामान्यत: कोभिड भाइरस संक्रमित व्यक्तिमा यस्ता एन्टीबडी बन्छन्। त्यस्ता व्यक्ति निको भएपछि उनको रगतका प्लाज्मालाई कोभिड–१९ का विरामीमा चढाइएर पनि यस रोगबाट हुने मृत्यु कम गराइएको छ।

    ५. कतिपयले परम्परागत औषधि (चिनियाँ, आयुर्वेदिक, हर्बल) र मसलाहरू, योगाभ्यास, सङ्गीत, विशिष्ट हावापानी, खानपान, आदिको प्रभाव र उपयोगिता पनि अध्ययन गर्दैछन्l
    ६. हाल सबैको ध्यान भ्याक्सिनमा गइरहेको छ। मुख्यतः जिउँदो भाइरसलाई कमजोर बनाई रोग लगाउने क्षमता हटाइएको (जस्तो कि पोलियो थोपामा गरिन्छ) र पुरै निस्कृय गरिएको भाइरसको खोप (रेबिजको खोप) जस्तै शरीरभित्रै एन्टीबडी उत्पादन गर्न सकिने भ्याक्सिन बनाउने अनेकन प्रयत्नहरु भइरहेका छन्।

    ती प्रयत्नहरुबारे चर्चा गर्नु अघि किन यस्तो प्रयत्नहरु गरिएको हो सोबारे छोटो जानकारी लिऊँ।

    १. खोपमा जोड किन?
    मानवजातिले इतिहासमा सूक्ष्मजीवहरूबाट धेरै महामारी खेपेको छ l यस्तो सूक्ष्मजीवहरुका विरुद्ध लड्न मानिसहरुले अनेकन प्रयत्नहरु र प्रयोग गरे। यसैमध्ये विफरका विरुद्ध एक हजार वर्ष पहिले चिनियाँले अनुभवका आधारमा एक प्रकारको खोप लगाउने गर्दथे। तर त्यसले कैयनपटक विफरको महामारी फैलाउने पनि गर्दथ्यो। तर यसै खोपलाई विकास गरी इंग्ल्यान्डका एडवार्ड जेनरले सन् १७९८ मा बिफरको खोपलाई हानिरहित बनाए। यो नै रोगका विरुद्धको पहिलो खोप हो।

    यो पनि पढ्नुहोस् 

    कोरोना भाइरस अपडेट: खोप कहिलेसम्म बन्छ?

    त्यसपछि सन् १८८५ मा रेविज, १८९२ कलेरा, १९२३ मा लहरे खोकी र भ्यागुते रोग, १९२७ मा धनुष्टंकार, १९४८ मा यी तीनको मिश्रण DPT खोप, १९२८ क्षयरोग, १९५५ मा पोलियो, १९६३ मा १९७१ मा दादुरा, हाडे, र रुबेला यी तीनवटैको मिश्रण MMR खोप विकास भएकोछ l अहिलेसम्म आइपुग्दा विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, जापानी इन्सेफलाइटिस लगायत २७ रोग विरुद्ध खोप उपलब्ध भएको बताएको छl

    यी खोपहरुले केहीले कम र केहीले बढी प्रभावकारीरुपमा रोगको रोकथाम गरेका छन्। ती मध्ये विफरको खोपको माध्यमबाट दशौँ हजार वर्षदेखि मानवलाई सताइरहेको र बीसौं शताब्दीमा पनि तीसदेखि पचास करोड (सन् १९६७ मै पनि बीस लाख) मानिसको ज्यान लिएको यो रोग सन् ८ मई १९८० मा आइपुग्दा संसारबाट उन्मूलन भएको विश्व स्वास्थ्य संघले घोषणा गर्‍यो।

    गाईभैंसी लगायत चौपयामा लाग्ने भाइरस गौगोटी रोग रिन्डरपेस्ट खोपकै माध्यमबाट सन् २०११ मा उन्मूलन भएको घोषणा भयोl

    खोपकै माध्यमद्वारा पोलियो भाइरसका तीन किसिममध्ये दोस्रो र तेस्रो किसिम उन्मूलन भैसकेका छन्, पहिलो किसिम पनि उन्मूलनको नजिक छl

    विश्व स्वास्थ्य संगठनको भनाइमा अहिलेको अवस्थामा खोपले विश्वमा वार्षिक बीसदेखि तीसलाख मानिसलाई मृत्युबाट जोगाएको र उपलब्ध खोपलाई संसारभरि राम्ररी कार्यन्वयन गर्न सकिए वार्षिक थप पन्ध्र लाख मानिसको ज्यान जोगाउन सकिन्छl

    यस्तै आशले गर्दा अहिले विश्वको ध्यान कोभिड भाइरसको खोपमा गएको होl

    भ्याक्सिन बनाउने होडबाजी
    कोभिड भाइरसको भ्याक्सिन बनाउन विश्वभरि धेरै प्रयास भएका छन्। त्यस्तो प्रयास गर्ने कम्पनीमध्ये उत्तर अमेरिकाका ४६ प्रतिशत, चीनका १८ प्रतिशत, बाँकी एसिया र अस्ट्रेलियाका १८ प्रतिशत र युरोपका १८ प्रतिशत छन्l

    प्रयोगमा रहेका खोपहरु ११५ वटा 
    नेचर रिभ्युज ड्रग डिस्कभरीको भनाइमा ८ अप्रिलसम्म कोभिड-१९ विरुद्ध सम्भाव्य खोपको रूपमा विश्वमा जम्मा ११५ वटा उम्मेदवार खोप छन्, जसमध्ये ७८ वटामाथि सक्रिय अध्ययन भैरहेको खुलेको छ र बाँकीको बारेमा ठोस सूचना उपलब्ध छैनl ती ७८ मध्ये ७३ वटा अहिलेसम्म मानिसमा प्रयोग भएका छैनन्, ५ वटा चाहिं मानवमा परीक्षण हुँदैछन् र सबै परीक्षणको पहिलो खुट्किलोमा छन्l

    अमेरिकामा के गरिदैंछ ?
    अमेरिकी कम्पनी मोडर्ना अत्याधुनिक प्रविधिले सुसज्जित छl यसले एमआरएनए भ्याक्सिन प्रविधिद्वारा जिका भाइरस, इन्फ्लुएन्जा जस्तो रोग विरुद्ध खोपहरू विकास गरिरहेको छl यसले विकास गरेको mRNA-1273 कोभिड-१९ विरुद्ध परीक्षण हुँदैछl

    अमेरिकी कम्पनी इनोभायो मुख्यतः नयाँ डिएनए भ्याक्सिन प्रविधिमा बलियो छl यसले हेपाटाइटिस, क्यान्सर, इन्फ्लुएन्जा, मर्स जस्ता रोग विरुद्ध खोप विकास गर्दैछl यसले विकास गरेको INO-4800 कोभिड-१९ विरुद्ध परीक्षण हुँदैछl

    चीन पनि हतार गर्दैछ ?
    चीनमा रहेको अन्तर्राष्ट्रिय कम्पनी क्यानसिनो बायोलोजिक्सले १२ रोगका लागि १५ वटा खोप विकास गरेको छ, जसमध्ये इबोला सङ्कटको लागि Ad5-EBOV ले चीनमा बिक्रीको स्वीकृति पाएको, दुइवटा नयाँ मेनिन्जोकोकल कन्जुगेट खोपहरूले बिक्रीको अनुमति पाउनै लागेको र क्षयरोगको बुस्टर खोपको क्यानाडामा परीक्षण भैरहेको बताइन्छl यसले विकास गरेको Ad5-nCoV कोभिड-१९ विरुद्ध परीक्षण हुँदैछl

    यो पनि पढ्नुहोस् –

    बिफरको खोप जेनरले मात्र होइन, खोज्ने अरु दैंत्यहरु पनि थिए 

    चिनियाँ सरकारी कम्पनी शन्चन जिनो-इम्युन मेडिकल इन्स्टिच्युट मुख्यतः प्रतिरोधशक्ति वृद्धि र क्यान्सरको उपाचारमा उपयोगी औषधिको लागि काइमेरिक एन्टिजन रिसेप्टर प्रविधिमा आधारित औषधि विकासमा लागेको छl यसले विकास गरेका दुइवटा भ्याक्सिनहरू LV-SMENP-DC र कोभिड भाइरसप्रति समर्पित aAPC छुट्टाछुट्टै रूपमा कोभिड-१९ विरुद्ध परीक्षण हुँदैछन्l

    बेलायति प्रयत्न पनि मानव परिक्षणमा
    अर्को सूचनाअनुसार जेनर इन्स्टिच्युट र अक्सफोर्ड ग्रुपले अक्सफोर्ड विश्वविद्यालयमा विकास गरेको शक्तिशाली कोरोनाभाइरस भ्याक्सिन यही बैशाख ११ गते (अप्रिल २३ तारिख) देखि मानवमा परीक्षण गरिनेछl यसको लागि बेलायत सरकारले दुई करोड पाउण्ड दिने जनाएको छ, र बेलायतका स्वास्थ्य सचिवले सफलताको लागि अन्य सबैखाले सहयोग पनि दिने बताएका छन्l

    भ्याक्सिनका मुख्य अनुसन्धानकर्ता एन्ड्रयू पोलार्डका अनुसार यो रकम सीधै क्लिनिकल ट्रायलमा प्रयोग हुनेछl विश्व स्वास्थ्य संगठन र संसारका स्वास्थ्यविदहरूले भ्याक्सिन विकास हुन कम्तीमा १२ देखि १८ महिना समय लाग्ने बताइरहेका बेला जेनर इन्स्टिच्युटका निर्देशक प्राध्यापक एड्रियन हिलले भ्याक्सिन सुरक्षित देखियो भने सेप्टेम्बरसम्ममा दश लाख मात्रा खोप उत्पादन गर्ने बताएका छन् l

    तर के कोभिड खोप छिटै बन्ला ?
    विश्वको ठूलो प्रयासका बाबजूद अहिलेसम्म एचआईभी, स्किस्टोसोमियासिस, मलेरिया, डेंगी, साइटोमेगालोभाइरस लगायत कैयौं रोग विरुद्ध खोप बन्न सकेका छैनन्l क्षयरोगविरुद्ध दिइने बीसीजीको दीर्घकालीन प्रभावकारितामाथि प्रश्नचिह्न त छँदैछl यसर्थ कोभिड-१९ रोक्ने सुरक्षित र प्रभावकारी खोप तुरुन्तै बन्ने र गरीब देशले बेहोर्न सक्ने मूल्यमा उपलब्ध हुने कुरामा अहिल्यै ढुक्क हुन सकिने देखिंदैन l
    (लेखक चिकित्सा शास्त्र अध्ययन संस्थानमा संलग्न फार्मेसी विषयका प्रोफेसर हुन् l Twitt @BalmukundaR)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रा. डा. बालमुकुन्द रेग्मी

      प्रा. डा. बालमुकुन्द रेग्मी

      डा. रेग्मी  चिकित्सा शास्त्र अध्ययन संस्थानका औषधिविज्ञानका प्राध्यापक हुनुहुन्छ । सम्पर्क: bmregmi@gmai।.com

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.