Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

होसियार भईएन भने प्रतिगमन फर्केर आउँछ : राजन मुकारुङ

राजन मुकारुङ राजन मुकारुङ
फाल्गुन १३, २०७७
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पुष ५ पछिको राजनीतिक घटनाक्रमलाई एकथरीले प्रतिगमन भने र अर्कोथरीका लागि यो धेरै अग्रगमन भयो । तर मेरो अडान छ, प्रतिगमन हुनका लागि पहिले अग्रगमन भएको हुनुपर्छ । नेपाली राजनीतिमा समाज रुपान्तरण गर्नका लागि विभिन्न समयमा भएका आन्दोलनहरूले उठाएका सवालहरू र जनतालाई देखाइएका सपनाहरू कहाँनिर सम्बोधन भए ?

    कति हदसम्म मात्रै सम्बोधन भए भन्ने कुराको लामो समीक्षा र विश्लेषण नगरी हामी सिधै प्रतिगमन र अग्रगमनको व्याख्या गर्न सक्दैनौँ । यद्धपी वि. सं २००७ साल यता राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा जे जसरी लडाईंहरू भए, ती चरणहरूले देखाएका सपनाहरु पूरा गर्ने सन्दर्भमा अन्तिम लडाईंका रुपमा १० वर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनलाई लिएका छौँ ।

    पटक–पटक प्रतिगमन

    ०६२/६३ को जनआन्दोलनले आम मानिसहरूमा देखाएको सपना र जगाएको चेतनाले प्राप्त गरेको अन्तरिम संविधानलाई नेपाली राजनीतिमा निकै ठूलो अग्रगमनका रुपमा व्याख्या गर्न सकिन्छ । यसले धेरै कुरा सम्बोधन गरेको थियो । तर जब पहिलो संविधानसभा विघटन भयो, यो नै नेपाली राजनीतिमा सबैभन्दा खतरनाक प्रतिगमन भएको मेरो आफ्नो बुझाई छ ।

    त्यसपछि भएको चुनाव र संविधानसँग हामीले असहमति प्रकट गर्दै आएका छौँ । म आफैं यो संविधान अपूर्ण छ, यसलाई पुनर्लेखन गरिनुपर्छ वा संशोधन गरिनुपर्छ भनेर उठिरहेका आन्दोलनहरूको पक्षमा सधैँ सहभागी भइरहेको छु । यो संविधान जारी भइसकेपछि त्यसले व्यक्त गरेअनुसार नयाँ चुनावको कोर्ष सुरु भयो । त्यो चुनावसम्म आइपुग्दा बाम गठबन्धन सुरु भयो । त्यतिबेला पनि अर्को प्रतिगमन सुरु भयो भन्ने मेरो बुझाई थियो ।

    नेपालको कम्युनिष्ट आन्दोलनमा १० वर्ष जनयुद्धको कमाण्डर भएको व्यक्ति वा विम्ब कमरेड प्रचण्डले कम्युनिष्ट एकताको नाममा बाम गठबन्धन गर्दै १० वर्षदेखि उठाएका धेरै एजेण्डाहरू थाती राखेर सम्झौता गरे । उनले धेरै मुद्दाहरू छोडे । जस्तैः आदिवासी जनजातिका मुद्दा, महिलामुक्ति र दलित आन्दोलनका मुद्दाहरूमाथि उनले सम्झौता गर्दै केपी ओली जस्तो व्यक्ति जसले कहिल्यै १० वर्षे जनयुद्ध र ०६२/६३ को आन्दोलनलाई सकारेनन्, त्यस्ता व्यक्तिसँग गठबन्धन गरे । सबैभन्दा खतरनाक प्रतिगमन प्रचण्डबाट त्यहाँ भएको थियो।

    किनभने आफ्नो एजेण्डालाई छोडेर त्यस्तो व्यक्तिसँग सम्झौता गर्नु नै खतरनाक प्रतिगमनका लागि सहयोग हो । किन पनि यसो भनिंदैछ भने त्यो गठबन्धनको चुनावमा भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई सारिएको थियो । त्यो गठबन्धनलाई आम जनताले झण्डै दुईतिहाई मतसहित अनुमोदन गरिदिए ।

    केपी ओली, जो हिजोको जनयुद्ध र ०६२/६३ को जनआन्दोलनको विरोधी थिए, त्यसमाथि गणतन्त्रको त नामै सुन्न मान्दैनथिए । त्यस्तो व्यक्तिलाई सर्वाधिकार सम्पन्न बनाइसकेपछि कुनैपनि बेला यस्ता कदमहरू हुनु स्वभाविक थियो । त्यत्रो लामो त्याग र राजनीति गरेर आएका राजनीतिक नेताहरुले त्यो अनुमान गर्न सक्नुपथ्र्यो । त्यो कुरा मस्तिष्कमा राखेर उनलाई सधैं कसिलो बनाउनुपथ्र्यो । त्यो गर्न सकेनन् । सायद बढी विश्वास गरियो ।

    अर्को कुरा, संविधान जारी भइसकेपछि राजनीतिक रुपमा एउटा मिठो नारा आयो, ‘अब समद्धि र विकास हुन्छ, त्यहाँभन्दा अरु मुद्दा छैनन् ।’ स्वभाविक रुपमा त्यसले प्रभाव पा¥यो । सरकार विकासमा जान्छ र देश समिृद्धितर्फ अघि बढ्छ भने किन विरोध गर्नु भन्ने प्रश्न जनतामा आयो । मेरा पनि पहिचानका मुद्दा थाती थिए, एकदम सानो स्वरमा थियो । मुलुक अघि बढ्छ भने किन सधैं प्रश्नमात्रै गरिरहने भनेर ती कुराहरूलाई थाती राखेँ । मुलुकले विकासको गति लिन्छ र समृद्धितिर जान्छ भने हामीले कठोरतापूर्वक प्रश्न गरिरहनुपनि हामीभित्रको प्रतिगमन हो ।

    “नैतिक” शिक्षाः शासकको शुत्र

    हामीले थुप्रै क्रान्तिका कुरा गर्‍यौँ । जनताको तहसम्म गएर परिवर्तनका लागि धेरै एजेण्डाहरू पनि सुनायौँ । प्रशिक्षित पनि गर्‍यौँ । एउटा तहसम्म हामीले ठूलो प्रशिक्षण गरेर ल्यायौँ । तर जब हामी कार्यान्वयन गर्ने ठाउँमा पुग्यौँ, हामीले हिजो प्रशिक्षण गरेका विषयहरू नै बिर्सियौँ । हामी आफैं पनि प्रतिगमनकारी भयौँ, त्यसैले त त्यस्ता व्यक्तिहरूलाई सहज भयो ।

    एउटा समान्य उदाहरण : नेपालको कम्युनिष्ट आन्दोलनले ६ सालदेखि नै वर्ग संघर्षलाई अगाडि ल्याएर जात व्यवस्थाविरुद्ध लड्न थालेको हो । तर जब हामी कार्यान्वयन गर्नतिर लाग्छौँ, तब जात व्यवस्थाकै मतियार भएर बस्छौँ । जात व्यवस्थाले निर्माण गरेको सौन्दर्य लाई हामीले बिर्सनै सकेनौँ । कम्युनिष्ट पार्टीबाट बनेका सबै प्रधानमन्त्रीहरूले बोलेको क्लिप खोजेर हेर्नुभए हुन्छ । उनीहरूले कहीँ न कहीँ बोलेका छन् ‘अबको हाम्रो अर्जुनदृष्टि भनेको …’ भनेर । त्यो ‘अर्जुनदृष्टि’ भन्ने विम्ब जात व्यवस्था हो ।

    जनयुद्ध लडुन्जेल कठोरतापूर्वक रुपमा धर्मको विपक्षमा उभिएका जनयुद्धका ठूल्ठूला नेताहरू नै बिहान बेलुका चण्डी पाठ गर्ने र घण्टी बजाएर पूजा गर्ने गर्छन् । म उनीहरूको नाम लिन्नँ तर म आफैं पनि उनीहरूको नजिक भएर साक्षात्कार हुने अवसर पाएको छु । एकपटक बेलायतमा भेट भएका बेला यही विषयलाई लिएर मैले तिनैमध्येका एक नेतालाई झपारेको छु । त्यस्तो खालको ‘सेटेड माइन्ड’ हामीसँग छ ।

    अहिले एउटा प्रश्न मज्जाले उठेको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो राईहरुको खुवालुङ (राइहरूले आस्थाको रुपमा मान्ने विशेष प्रकारको ढुंगा) फोड्ने कुरा बताएपछि राई समुदायमा बहस चलिरहेको छ । त्यो ढुंगाले जेट चलाउन नदिएको भन्दै त्यसलाई फुटाउनुपर्छ भनेर प्रधानमन्त्रीको अभिव्यक्ति आएपछि विवाद भइरहेको छ । यस्तै बहसमा एकजना साथीले यो जातीय संस्थाहरू ध्वस्त गर्नुपर्छ भनेर कसैलाई केन्द्रित गरेका छन् । जातीय संस्था चाहिँ मानौँ आदिवासी, जनजाति र दलितसँगमात्रै छ भन्ने बुझाईबाट उनले यो कुरा गरेका छन् । मैले उनलाई संकेतको रुपमा मात्रै जवाफ दिएको छु ‘ठिक छ जातीय संस्थाहरू ध्वस्त गरिनुपर्छ । तर जातीय संस्थाहरू कहिलेदेखि कुन उद्देश्यका साथ निर्माण भए भन्नेपनि ख्याल गर्नुपर्छ, समीक्षा गर्नुपर्छ ।’

    नेपालमा सबैभन्दा पहिलो जातीय संस्था आर्य समाज हो । आर्य समाज निर्माण भएको थुप्रै वर्ष भयो । मन्दिरहरू बने र मन्दिरका नाममा संस्थाहरू बने । धार्मिक संस्थाहरू बन्दा भयो, अनि दलितहरूले ‘हामी आफ्नो मुक्तिका लागि संगठित हुन संगठन बनाउँछौँ’ भन्दा त्यो चाहिँ जातीय हुने ? अथवा जनजातिले आफ्नो समुदायको लागि संगठन बनाउँदा त्यो जातीय हुन्छ ?

    साच्चै भन्ने हो भने तपाई हामी त विद्यार्थी जीवनमै पनि नैतिक शिक्षाका साथसाथै राजनीतिक पर्चा पम्प्लेटहरू पढ्दै आयौँ । त्यसबाट राजनीतिक र समाजिक विषयहरू पनि पढ्नुपर्ने रहेछ भन्ने लाग्यो । सबैले त्यसरी पढेनन् । त्यसरी प्रशिक्षित गराइएन । संगठित पनि गराइएन । उनीहरूले नैतिक शिक्षामात्रै पढे । दक्षिण एशियामा नैतिक शिक्षा यहाँको हिन्दु धर्मको आधारमा आर्य सभ्यता पढाउनका लागि पढाइन्छ । प्राथमिक तहदेखि विश्वविद्यालयसम्म अहिले पनि नैतिक शिक्षाका नाममा धार्मिक शिक्षा पढाइएको छ र त्यसरी माइन्ड सेट गराइएको छ । यो जो सुकैलाई पनि सेट हुन्छ ।

    कतिसम्म पढाइएको छ भने लेखनाथ पौडेलको दुईलाइन कविता यहाँ उल्लेख गर्छु ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ सुन्दा कति मिठो लाग्छ । त्यसलाई शासकले शुत्र बनायो र भन्योः तिमी त उपकारी हौँ, गुणी हौँ, तिमी त फलेको वृक्ष हो तिमी त नुहिनुपर्छ । समाजमा यस्ता किसिमका एस्थेटिक बनाइदिएर हामीलाई जगल्टिदिएको छ ।

    पहिचानको आन्दोलन

    म आफैंले गरेको पहिचानको आन्दोलनलाई सिधै ‘जातिवादी’ भनियो । पहिचानको आन्दोलन भनेको व्यक्तिको मौलिक हकको पनि अधिकार हो । हामीले पहिचानको आन्दोलनको जरा खोजेनौँ । हिजोको दिनमा ब्ल्याक दासहरू, जसमा पनि महिलाहरूको श्रमको मूल्य एकदमै कम हुथ्यो । त्यसविरुद्ध महिलाहरूले संगठित आवाज उठाए । आफूमाथि भएको विभेदविरुद्ध आवाज उठाइसकेपछि तिनै ब्ल्याक महिलाहरूले उठाएको आन्दोलन पहिचानको रुपमा विकास भएको आन्दोलन हो ।

    पहिचानको आन्दोलन भनेको व्यक्तिको मौलिक हक र श्रमसँगको अधिकारको आन्दोलन हो । यो सम्प्रादाय, धार्मिक र जातिसँग जाँदै नजाउ । मौलिक हकसँग उसको भाषा पनि छ । के नेपालमा त्यो छ त ? म वान्तवाभाषी हो । म वान्तवा भाषामा यो मुलुकको विश्वविद्यालयबाट पीएचडी गर्न चाहन्छु भने मेरो लागि त्यस्तो कुनै ठाउँ छ ? छैन । त्यसकारण मेरो मौलिक हक कहाँ सुरक्षित गरिएको छ । भनेपछि हामीले मौलिक हकको कुनै ग्यारेन्टी गरेका छैनौँ । त्यसकारण पनि पुष ५ मा प्रतिगमन भएको हो ।

    हिजो परिवर्तनका आन्दोलनहरू जसरी लड्दै आयौँ, ती लडाईबाट हामीले प्राप्त गर्ने कुरामा पनि धेरै सम्झौता गर्दै आयौँ । यहाँसम्म आइपुगिसकेपछि सम्झौता नै गर्नुपर्ने रहेछ भनेर सम्झौता गर्दागर्दै हामीले केपी ओली जस्ता मान्छेलाई जिम्मा दियौँ । उसले गर्ने नै त्यहीँ थियो । उसले आफ्नो असली चरित्र देखाएको हो ।

    प्रशिक्षणको कमी

    केपी ओली जनयुद्ध, ०६२/६३ को जनआन्दोलन र गणतन्त्रको विपक्षमा थिए । उनले अनेक तिकडम गरेर पुष ५ को घटना घटाए । यो घटना घटाएपछि केपी ओलीले गलत गरेको भन्ने सबैलाई छ । त्यो घटनालगत्तै आगो बल्नुपर्ने हो । तर त्यस्तो आन्दोलन किन उठ्न सकेन ? किनकी अब अविश्वासहरू छन् ।

    नेताहरूले हिजो पनि सम्झौता गरेर धोका दिएकै हुन् । यतिमै चित्त बुझाउनेपर्ने हो भने अब के का लागि उठ्ने भन्ने मानसिकता आम जनमानसमा छ । जस्तैः थरुहट आन्दोलन भयो, थारुहरूले ठूलो आन्दोलन गरे । त्यसबाट राज्यपक्ष र आन्दोलनकारी दुवैतर्फ क्षति पनि भयो । तर अहिले थारु समुदायमा गएर आन्दोलनको कुरा गर्नुभयो भने उनीहरू आन्दोलनको ‘अ’ पनि सुन्न मान्दैनन् । किनभने मनोवैज्ञानिक रुपमै उनीहरूलाई प्रताडित गरियो ।

    यी सबै कुरा केपी ओलीले बुझेका थिए । उनले बुझेका थिए कि न आदिवासी आफ्नाविरुद्ध उत्रिनेवाला छन्, न थारुहरू उठ्ने छन्, न पहाडका जनजाति, न मधेशीहरू । मेरो प्रश्न छ ‘कति वर्ष भयो पार्टीले प्रशिक्षण नचलाएको ?’ हामीले थाह पाउँदा हामी महिनामा दुई तीनचोटी प्रशिक्षणमा सहभागी हुन्थ्यौँ । म पनि माध्यमिक तहमा पढ्दा अखिलको कार्यकर्ता थिएँ । पाँच÷सात वर्ष भयो कहीँपनि प्रशिक्षण गरिएको छैन । पार्टीको संगठन विस्तार गाउँको ठेकेदारले गरिरहेको छ । जोसँग स्काभेटर छ, जो डोजरको मालिक छ । उ जता – जता लाग्छ, मान्छेहरू त्यतै त्यतै जान्छन् ।

    पार्टीले सैद्धान्तिक प्रशिक्षण चलाएको खोई ? कांग्रेस त हिजो पनि चलाउदैन थियो । कम्युनिष्टहरूले पनि छोडे । जसले प्रशिक्षणबाट सैद्धान्तिकरण गर्दै अघि बढाउँथे । यसको फाइदा केपी ओली प्रवृत्तिलाई भयो । म दुईचार वर्ष अघिदेखि भनिरहेको छु, इमोसनल मास एउटा कुरा हो र सैद्धान्तिक मास अर्को कुरा । इमोसनल मासको आन्दोलन कुनैपनि बेला उठ्छ र कुनैपनि बेला सेलाउँछ । तर सैद्धान्तिक आन्दोलन कहिले सेलाउँदैन ।

    इमोसनल आन्दोलनमा हामीले बढी विश्वास गर्ने हुँदा हाम्रो सैद्धान्तिक प्रशिक्षणहरू समेत निकम्मा सावित भइरहेका छन् । नत्र यो देशका सबै दलितहरूकहाँ गएर सोध्नुस् । दलित मुक्तिका लागि नेतृत्व गर्ने को हो भनेर सोध्दा आम दलितले भन्ने छ, कम्युनिष्टहरू हो । तर तिनै दलितहरूसँग अहिले कम्युनिष्ट किन टाढा भएको ? अथवा तिनै कम्युनिष्टहरूसँग दलितहरूले किन शंका गर्नुपर्ने भयो ? आदिवासी जनजातिहरू जो सामाजिक – आर्थिक रुपमा सिमान्तकृत अवस्थामा छन्, उनीहरूलाई प्रशिक्षित गरेर ‘यो मुलुक तिमीहरूको पनि हो, तिमीहरूले पनि पाउँछौँ’ भनियो भने त उनीहरू त हिजैदेखि कम्युनिष्टहरू नै हुन् । तर आज तिनै कम्युनिष्टहरूलाई ती सिमान्तकृत समुदायले किन शंका गर्नुपर्ने ? प्रशिक्षण पुगेन ।

    त्यहाँनिर साच्चिकै हिजो हाम्रो सैद्धान्तिक ठाउँबाट चुकेर हामी अलिकति बहकियौँ । हाम्रो नेतृत्व बहकियो । हाम्रा बुद्धिजिवीहरू बहकिए । बुद्धिजिवीहरूले प्रशिक्षण गरेनन् । हाम्रा हरेक पार्टीहरूको स्कुल विभाग नै सक्रिय छैन । नेपाली समाजको बनोट र संरचना अनुसारको एस्थेटिक निर्माण गर्नेगरी कुनैपनि बुद्धिजिवीहरूले पार्टीमा बहस नै गरेका छैनन् ।

    किँराती समुदायमा केही ‘कम्युन’ परम्परा छन् । भाइ बाँध्ने र साङचेप परम्परा छन् । भाइ बाँध्ने परम्परा भनेको जस्तै १० घर राईहरूको बस्ती छ, त्यहाँ एक घर अर्को कुनै गाउँबाट कुनैपनि जातिको मान्छे आयो । उसले म तपाईहरूसँग भाइ जस्तै बन्छु भन्यो भने त्यो १० घर मिलेर उसलाई भाइ मानेर राख्छन् । उसलाई पनि त्यति नै अधिकार दिइन्छ र भाइसरह मानिन्छ । अहिले त अरु अरु परम्परा छिरिसक्यो ।

    अर्को साङचेप परम्परा । ‘साङ’ भनेको ‘को’ र ‘चेप’ भनेको ‘बोल्ने’ । जस्तैः मेरो घरमा मरण भयो वा अरु कुनै कार्जे गर्नुपर्ने भयो भने आर्थिक रुपमा म एक्लैलाई गाह्रो हुन्छ । अनि अरुले कसले कति सहयोग गर्न सक्छन् त्यति गर्नुपर्ने अनिवार्य परम्परा छ । त्यसलाई साङचेप परम्परा भनिन्छ ।

    यो ‘कम्युन’ परम्परा हिजोदेखि किँराती समुदायमा सधैं थियो । त्यसलाई हामीले व्याख्या गरेर हाम्रा विद्यालय र विश्वविद्यालयमा पढाउन सक्थ्यौँ । त्यसबाट प्रेरणा मिल्थ्यो । तर हामीले हिजोदेखि निरन्तर धार्मिक परम्परा मात्रै पढायौँ । हाम्रा विविध जातिहरूका संस्कृति, मूल्य र मान्यताहरूसँग भएका राम्रा पक्षहरू छोडेर जडताहरू मात्रै पढाउनतिर लाग्यौँ । जडताको जसले पनि विरोध गर्नुपर्छ । आफैंलाई अल्झाउने चिजलाई जसले पनि फाल्नुपर्छ ।

    ‘आफूभित्रको प्रगतिशीलतालाई चिनौँ’

    कल्चरल क्रिटिक्स भन्ने निबन्धमा प्रत्येक मानिसमा सांस्कृतिक विशिष्टता हुन्छ भनेर उल्लेख गरिएको छ । मेरै संस्कृति राम्रो भन्ने मान्यता । त्यो विशिष्टतावादी भ्रमले अधिनायकवाद जन्मिन्छ । त्यस्ता व्यक्तिहरूमा ‘हाम्रा जति सबै राम्रा’ भन्ने भ्रम हुन्छ । क्रिटिक्स ग¥यो भने हाम्रा पनि नराम्रा छन् भन्ने हुन्छ । राम्रा र प्रगतिशील संस्कृतिलाई सँगै लैजानुपर्छ । त्यस एंगलबाट हाम्रा ठाउँमा कहिले पनि बहस हुँदैन । बरु हामीले हतारो ग-यौँ ।

    जस्तै राउटेहरूको उदाहरण लिनुपर्दा : राउटेहरू जंगलको रुख काटेर भाँडा बनाउँछन्, त्यो भाँडा बेचेर आर्जन गर्छन् । त्यस्तै भाँडा बनाएर बचेको काठ बेचेर पनि उनीहरू जीविका गर्छन् । राउटेहरूले आफ्नो रुख काट्ने अधिकार मागेका हुन् । तर राज्यले सामुदायिक वन बनाइदियो । सामुदायिक वनको नाममा त्यहाँ अर्कै मान्छेलाई अध्यक्ष बनाइदियो, दलाललाई लगेर अध्यक्ष बनाइयो र रुख काट्न दिइएन । रुख काट्नका लागि उसलाई मनपरेको दिन मात्रै खोलियो । अनि मनपरी ढंगले रुख काटियो । ठूला रुखहरू काटिए र साना रुखहरू मात्रै राखियो । त्यसो गर्दा न जंगलको सौन्दर्य रह्यो, न त्यसबाट हामीले उपलब्धि लिन सक्यौँ ।

    राउटेले आजसम्म आर्जन गरेको ज्ञानलाई आधुनिकीकरण गर्नु हाम्रो कर्तव्य हो । तर उसलाई आधुनिक हुन लगाएर ५ हजार रुपैयाँ भेटी दिएर र माग्ने बनाएर हुँदैन । उसलाई बरु यसो गर्दा तिम्रो काठलाई अन्तराष्ट्रियकरण र ब्राण्डिङ गर्न सक्छौँ भनेर राम्रा औजारहरू दिनुपर्ने हो । त्यतातिर हामी गएनौँ । जंगलै तार लगाइदिनेतिर लाग्यौँ । घुँगी टिप्न चेपाङ, मगर र थारुहरूलाई सिकाइरहनुपर्छ ? तर उनीहरूलाई घुँगी टिपेबावत् पक्राउ गरिन्छ । उसले आफ्ना चाडमा कतिले आफूलाई पुग्छ, कति बेच्नुपर्छ र कति बेचेर त्यस्को नुनतेल खानुपर्छ भन्ने कुरा निर्धारण गरिसकेको हुन्छ । तर राज्य यस्तो भएको छ कि घुँगी टिप्यो भनेर उसलाई पक्राउ गरी थुनिदिन्छ । एकपटक एउटा चेपाङको छोरालाई सेनाले लगेर कुटेरै मारे ।

    प्रतिगमन के हो भने हामीले हाम्रो जाति समुदायभित्रको प्रगतिशीलतालाई चिन्न सकेनौँ। सबैभन्दा पहिले प्रगतिशीलतालाई चिन्ने र त्यसको संरक्षण गर्नुपर्ने हो । यो कुराले तिमीलाई पनि अगाडि बढ्न दिँदैन र हामीलाई पनि अघि बढ्न दिँदैन भनेर प्रष्टसँग भनिदिनै पर्छ । तर त्यसको नाममा उनीहरूको आस्थामाथि ठेस पुग्ने काम गर्नु हुँदैन । त्यसलाई कन्भिन्स गरेर लानुपर्छ । त्यसरी लानेतिर हामी बुद्धिजिवीपनि गएनौँ । एकदम आवेगको भरमा छिटो प्रतिक्रिया दिने र द्धन्द्धको वातावरण सिर्जना गर्नेतिर हामी बढी केन्द्रित भइरहेका छौँ । हिजोदेखि पढाइएको एकल धार्मिक एस्थेटिकको शिक्षाका कारण हामी अझैपनि जडताभित्र छौँ । त्यही जडताहरूले केपी ओली जस्तो प्रवृत्तिहरूलाई सधैँ नेता बनाइरहन्छ ।

    ‘अब नयाँ स्कुलिङ सुरु गर्नुपर्छ’

    अब ओली प्रवृत्तिलाई घुँडा टेकाउन सकियो भने मात्रै फेरि आउने नेताहरूलाई सबक हुन्छ । नजिर बनिरहन्छ कि यो प्रवृत्ति साथ राखियो भने कुनैपनि बेला खेदिनुपर्ने रहेछ । नेतृत्वले आत्मसमीक्षा पनि गर्नुपर्छ । समीक्षा गरेर आफूबाट भएका गल्ति कमजोरीहरूलाई स्वीकार गरेर भन्नुपर्छ र जनतालाई शक्तिमा ल्याउनुपर्छ । ओली त्यत्रा ठूला अधिनायकवादी हुन् जस्तो मलाई लाग्दैन । किनकी म उनलाई त्यस्तो ठूलो नेता मान्दिनँ । तर पनि एउटा प्रवृत्तिको ठूलो डिजाइनले बनेका व्यक्ति हुन् । उनी व्यक्तिगत रुपमा केही पनि होइनन् ।

    त्यो परम्परागत डिजाइनविरुद्ध लड्नका लागि आम एकता चाहिन्छ । त्यसका लागि आदिवासी, जनजाति, दलित, मधेशी, महिलाहरूसँग गर्नुपर्ने अपिल छ । हिजो हामी यहाँ चुक्यौँ, यी अप्ठ्याराहरूको कारणले हामीले सम्झौता ग¥यौँ र हाम्रा कतिपय बटमलाइनहरू छोडेर तल झर्‍यौँ भनेर हामीले इमानदारिताका साथ भन्नुपर्छ ।

    अपिल गरेर कम्तिमा केपी ओली जस्ता शासकलाई यो सत्ताबाट बाहिर पठाएपछि मात्रै अरु नेतालाई पनि ओलीलाई जस्तै आफूलाई पनि हुन्छ भन्ने लाग्छ । त्यसका लागि पनि हामी एकिकृत हुनुपर्छ र लामो समयदेखि जकडिएको मनोविज्ञानलाई हटाउन नयाँ स्कुलिङ सुरु गर्नुपर्छ । नयाँ किसिमले हाम्रा पाठ्यक्रम निर्माण गर्नतिर लाग्नुपर्छ । यो हरेक पार्टीमा लागु हुनुपर्छ । कम्तिमा हाम्रो प्राथमिक तहदेखि विश्वविद्यालयसम्म पढाउनपर्‍यो । अहिलेसम्म कतिचोटी पाठ्यक्रम परिवर्तन भए ? परिवर्तन हुँदा के के भए हामीपनि हेरौँ ।

    स्रष्टा आन्दोलनलाई हामीले निरन्तर रुपमा अग्रगमनको आन्दोलन भनेका छौँ । यो सबैखाले प्रतिगमनविरुद्ध निरन्तर अग्रगमनको आन्दोलन हो । संसद पुनस्र्थापनापछि केपी ओली बाहिरिएर कोही त चुप बस्लान् । तर हामी हाम्रा एस्थेटिकहरू नयाँ किसिमले निर्माण गर्नतिर लाग्नुपर्छ । पुष ५ मा मुलुक फर्किएपनि हाम्रो आन्दोलन रोकिँदैन । स्रष्टा आन्दोलनले खबरदारी गरिरहनुपर्छ । यो स्पष्ट छ ।

    मुलुकको पछिल्लो संविधानमा भएको सबैभन्दा ठूलो सुन्दर कुरा भनेको ‘समाजवाद उन्मुख राष्ट्र हुनेछ’ भन्ने वाक्य हो । समाजवाद उन्मुख यो मुलुक हुने छ भने समाजवाद प्राप्त गर्नका लागि निम्नतम सर्तहरू के के हुन् प्रष्टसँग भनिनुपर्छ । त्यसमा भ्रम छरिदिनु हुँदैन ।

    हामी त भन्छौँ, बनाउँछौँ । समाजवादको सबैभन्दा पहिलो सर्त मौलिक हक हो । मौलिक हकभित्र शिक्षा र स्वास्थ्य पर्छन् । त्यसो हो भने समाजवाद उन्मुख राष्ट्रहरूमा किन दलालहरूले स्कुल र हस्पिटल चलाउँछन् ? समाजवाद उन्मुख मुलुक हो भने त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ । अनि जनतालाई अपनत्व महशुस गराउनुपर्छ । यो निम्नतम सर्त हो ।

    स्वभाविक रुपममा हामीले धेरै कुराहरू सिक्यौँ । हामीलाई १० वर्षे जनयुद्ध र ०६२/६३ को जनआन्दोलनले निकै ठूलो सपना देखायो । हो, स्वभाविक रुपमा हामीले राजसंस्थालाई फाल्यौँ । त्यसमा मात्रै पूर्णता थिएन । थुप्रै स साना जडताहरू थिए । यत्रो वर्ष बितीसक्दा तिनलाई हामीले केलाउनुपथ्र्यो । तर हामी कसैले पनि गरेनौँ । अब हामी सधैं होसियार भइएन भने प्रतिगमन फेरि फर्केर आउँछ । कोही न कोही त घुमेर आउने रछ भन्ने थाह भयो । त्यसकारण हामी भन्दैछौँ ‘ओलीलाई धन्यवाद ।’ उनको कदमले कम्तिमा सचेत हुन सिकायो । नभए मुलुक समृद्धिको नाममा जेट र रेलमा अल्झिरहन्छ ।

    भिडियो-

    (लेखक/विश्लेषक मुकारुङसँग नेपाल रिडर्सका लागि प्रकाश अजात र गौतम राइले गरेको कुराकानीमा आधारित ।)

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजन मुकारुङ

      राजन मुकारुङ

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.