Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न नसक्दा आजको निराशा देखापरेको छ

चाहे नेपाली सेना होस्, पुलिस प्रशासनमा वा निजामतीमा हिजो राजाको बेलाको जस्तो तौरतरिका छ, आजपनि त्यहीँ छ । राजनीतिले, नेतृत्वले अब राजा छैनन्, हिजोको जस्तो तौरतरिकाले हुुँदैन, हिजो राजाप्रति उत्तरदायी हैन जनताप्रति उत्तरदायी हुने व्यवस्था हो, त्यो अनुसार काम गर्नुपर्छ भनेर अगाडि बढाउनै सकेनन्।

राजन मुकारुङ राजन मुकारुङ
माघ ४, २०७९
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बदलिएको समाज, नबदलिएको नेतृत्वबीचको अन्तरविरोध
    हामीले लामो संघर्ष गरेर गणतन्त्रको स्थापना गरेर, गणतन्त्र ल्याएपछि देशमा, समाजमा, नागरिकको जीवनमा आमूल परिवर्तन गर्छौं भनेर भन्यौं । गणतन्त्रका लागि सबैलाई संघर्षमा आव्हान गयौं, गणतन्त्र पनि ल्यायौं, तर समाजमा, नागरिकको जीवनमा कुनै बदलाव आएन । किनकि, हामीले व्यवस्थाको नाम बदल्यौं तर प्रकृति बदल्न सकेनौं । नेताहरु व्यवस्थाको नाम बदल्नेमा सहमत भए तर आफ्नो प्रवृत्ति बदल्न तयार भएनन् । त्यसकारण एउटा ठूलो जमातमा यो व्यवस्थाप्रति नै वितृष्णाभाव पैदा भइरहेको देखिन्छ । केही वामपन्थी शक्तिहरु यो वितृष्णाभावको आधारमा संसदीय व्यवस्था विरुद्ध अलग रहेर सकृय देखिन्छन्, केही संसदीय राजनीतिमा जनमत बटुल्ने र सत्ता हासिल गर्ने प्रकृयामा छन्, केही नयाँ अनुुहार पुरानाको विरुद्धमा चुनावी मैदानमा उत्रिए, तर उनीहरुको विचार के हो ? पुरानाका विचारमा के कमी थियो र उनीहरु के नयाँ लिएर आए ? भन्दा अहिलेसम्म उनीहरुको त्यस्तो विचार सुुनिएको छैन । जातीय र क्षेत्रीय पार्टीहरु त धेरै नै खुम्चिएको देखिन्छ ।

    यसकारणले, हाम्रो व्यवस्था फेरिपनि दलाल पुँजीवादी व्यवस्थामै फसिरहेको देखिन्छ । पार्टीहरु पुरानै संसदीय व्यवस्थाको भोटको राजनीतिमा लिप्त देखिन्छन् । यसकारण हिजोको र आजको राजनीतिक अभ्यासमा कुनै फरकपना देखा नपर्दा पार्टीहरुले जस्तो खालको भोट पाएर आजको संसदको समीकरण बनेको छ, यसले कुनै नयाँपन दिने देखिदैन बरु हिजोको भन्दा खराब अभ्यास पो देखिने हो कि ! भनेर तर्सिनुपर्ने अवस्था छ । जस्तो कि, केही समय अगाडि एउटासँग गठबन्धन एकैछिनमा अर्कोसँग गठबन्धन गर्ने, विचार मिल्नेहरु एक ठाउँमा हुन नसक्ने र विपरीत विचार बोकेकाहरुको गठबन्धन बन्ने र यसरी बनेको सरकारमा सहभागी दलहरुको सर्तहरु जे जस्तो देखिदैछ, जस्तो कि पृथ्वी जयन्तीमा बिदा दिनुुपर्ने जस्ता परिस्थितिहरु देखिदैछ यसले सही बाटोमा डोर्याउदै छैन ।

    ०७४ को चुनावमा, विचार मिल्नेहरुबीचको गठबन्धनलाई जनताले अनुुमोदन गरेरै करिब दुुइतिहाइको बहुुमत दिएका थिए । त्यो बहुुमत किन टिक्न सकेन ? के गल्ती भएर त्यो जनमत ध्वस्त गरियो ? भन्ने आत्मसमीक्षा गरिएन र जसरी दम्भ र घमण्डका साथ नेताहरु अघि बढे यसले जनतामा वितृष्णा पैदा गरिदियो र यसले नयाँ अनुहारहरुलाई खोजेको देखियो । र, त्यस्तो जनमत बढी शहरी क्षेत्रमा देखियो । यसले शहरको त्यो जनमत जोसँग प्रविधि र सूूचनामा पहुँच छ, उनीहरुको आकांक्षा चुलिएको छ र आजको राजनीतिले उनीहरुलाई सम्बोधन गर्न सकिरहेको देखिदैन । यदि, आजको संसदीय अंकगणित अनुसार कसैको बहुमत नभएकोले फेरि जनताको बीचमा जाऊँ भन्ने भयो भने आजकै परिणाम रहँदैन, यो फरक ढंगले बदलिन सक्छ ।

    बदलिएको व्यवस्था, नबदलिएको स्थायी सत्ता
    समाज र व्यवस्थाको जो अन्तरविरोध देखिरहेका छौं, यो निकै जटिल देखिन्छ । किनकि, लामो समयदेखि राज्यमा स्थापित सामाजिक संरचना र त्यसले पारिरहेको मनोवैज्ञानिक प्रभाव जुन छ, यसले समग्र राजनीतिक अभ्यास र पार्टीहरु मुक्त हुन सकिरहेको छैन । त्यो परम्परागत मनोविज्ञान हावी हुँदा राजनीतिमा कुनै नयाँपन देखिएको छैन र त्यो राजनीतिबाट निर्माण भएको सरकारले आफ्नो व्यवहार बदल्न सकेको छैन । किनकि, सरकारको व्यवहार त उसको काममा देखिनुपर्ने हो । सरकारको स्थायी सत्ता भनेको त कर्मचारीतन्त्र हो । हिजोको कर्मचारीतन्त्र र आजको कर्मचारीतन्त्रमा के बदलाव आएको छ ? ऊ त हिजो जे थियो आजपनि त्यहीँ छ । उसको तौरतरिका पुरानो कर्मकाण्डी छ । चाहे नेपाली सेना होस्, पुलिस प्रशासनमा वा निजामतीमा हिजो राजाको बेलाको जस्तो तौरतरिका छ, आजपनि त्यहीँ छ । राजनीतिले, नेतृत्वले अब राजा छैनन्, हिजोको जस्तो तौरतरिकाले हुुँदैन, हिजो राजाप्रति उत्तरदायी हैन जनताप्रति उत्तरदायी हुने व्यवस्था हो, त्यो अनुसार काम गर्नुपर्छ भनेर अगाडि बढाउनै सकेनन् । त्यसले गर्दा हिजोको सरकार र आजको सरकारमा कुनै आधारभूत फरकपना जनताले महशुस गर्न सकेका छैनन् ।
    आज यो व्यवस्था परिवर्तनको लागि लड्नुपर्ने, भिड्नुपर्ने हो त्यो शक्ति त बाहिर लखेटिएको छ । उसले त बाहिर रगत पसिना बगाएर पठाएको रेमिटान्सले यो देश चलिरहेको छ । साँच्चै त्यो बाहिर भएको ५ लाख युवाशक्ति यहाँ आएर लड्यो भने कसैले थेग्न सक्छ ? त्यसको ज्वारभाटाले धेरै उथलपुथल हुनसक्छ । तर, त्यो युवाशक्तिलाई त विदेश लखेटेर तिनको रेमिटान्समा मस्त सत्ता चलाउनेहरुकै वर्चश्व छ ।

    चाहे नेपाली सेना होस्, पुलिस प्रशासनमा वा निजामतीमा हिजो राजाको बेलाको जस्तो तौरतरिका छ, आजपनि त्यहीँ छ । राजनीतिले, नेतृत्वले अब राजा छैनन्, हिजोको जस्तो तौरतरिकाले हुुँदैन, हिजो राजाप्रति उत्तरदायी हैन जनताप्रति उत्तरदायी हुने व्यवस्था हो, त्यो अनुसार काम गर्नुपर्छ भनेर अगाडि बढाउनै सकेनन्।

    त्यतिमात्रै हैन, आज हामी स्वयम् पनि व्यवस्थालाई, संरचनालाई बदल्नको लागि आफू बदलिन तयार भैरहेका छैनौं । कुनै काम गर्नुपर्यो, सरकारी कार्यालयमा जानुपर्यो भने आम मानिस सरह लाइनमा बसेर सेवा लिन रुचि राख्दैनौं । कुनै च्यानल खोजेर आफूले चाहिँ छिटो काम भ्याउनुपाए हुन्थ्यो भन्ने मनोविज्ञानमा हुन्छौं । यसले के देखाउँछ भने नेतृत्व मात्रै हैन सिंगो समाजको मनोविज्ञान बदल्न जरुरी छ ।

    पार्टीहरुमा स्कूूल विभाग नै स्कूलहीन
    समाजमा चेतना र व्यवहारलाई एउटा दिशा दिने काम राजनीतिक पार्टी र उसको संगठनहरुले गरिरहेको हुन्छ । हिजो भूमिगतकालमा विशेष गरि कम्युनिष्ट पार्टीहरुको अभ्यासहरु कस्तो हुन्थ्यो भने खेत खलियान, गोठ र बस्तीहरुमा रातबिरात विचार मन्थन, प्रशिक्षण, छलफल, बहस हुन्थ्यो । तर, जब खुल्ला राजनीतिमा आइयो तब भने राजनीतिक वैचारिक प्रशिक्षणहरु कमजोर हुनथाल्यो । पार्टीहरु विचारहीन हुँदै गए, कार्यकर्ताले के सिक्ने ? के गर्ने ? के नगर्ने ? भन्ने कुरामा भद्रगोल हुनथाल्यो ।

    यस्तो विचारहीनताले, मनोगत चरित्रले हामीलाई गलत बाटोतिर धकेल्यो । हामी दाँत र नङ्ग्रा बिनाको बाघ जस्तो मात्रै भयौं । कम्युुनिस्ट त कम्युनिस्ट पार्टीकै सदस्य हो तर कम्युनिस्ट विचार र आचरण के हो ? भन्ने स्कूलिङ नहुँदा मान्छेको हूल त भयौं तर आन्दोलन बिग्रिदै गयो ।

    अर्को कुरा, हाम्रो प्राज्ञिक क्षेत्रपनि ज्ञान, अध्ययन, अनुसन्धानबाट आफूलाई स्थापित गर्ने भन्दापनि नेतृत्वकै वरिपरि रहेर प्रशासनिक पद हत्याउने प्रवृत्तिले पनि आज हाम्रो समाजको वैचारिक स्कूलिङ कमजोर भएर गएको छ । जुन प्राज्ञिक वर्गले राजनीतिक कमजोरीहरुमा खबरदारी गर्नुपर्ने ऊ नै पार्टीको कार्यकर्ता भएपछि कसरी परिवर्तन हुन्छ?

    समाजवादी अभियान अघि बढाउनुपर्छ
    यो समस्याबाट माथि उठ्नका लागि कम्तीमा प्राज्ञिक क्षेत्रले आफ्नो सैद्धान्तिक वैचारिक कर्महरुलाई अघि बढाउनुपर्नेछ, पार्टीको स्कूलिङ विभागहरुलाई सकृय बनाउनुपर्छ, साँस्कृतिक मोर्चाहरुलाई बृहत रुपमा अघि बढाउनुपर्छ, विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने, एकता गर्ने, सैद्धान्तिक–वैचारिक सुदृढीकरण गर्ने अभियानहरु अघि बढाएर नयाँ वैचारिक र व्यवहारिक बाटोमा आन्दोलनलाई अघि बढाउनुपर्नेछ । हामी समाजवादमा जाने हो भने समाजवादी साँस्कृतिक मोर्चाहरु बनाउनुपर्छ र तिनीहरुलाई समाजवादी विचार र व्यवहारद्वारा आलोकित गर्नुपर्छ । समाजवादी सिद्धान्त र दर्शनलाई गहिरो अध्ययन गरेका, समाजलाई विचारले निर्देशित गर्ने व्यक्तिहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्छ ।

    आजको वामपन्थी राजनीतिलाई एकताबद्ध बनाएर मात्रै हामी अघि बढ्नसक्छौं । नत्र, हामी विभाजन हुँदा त दक्षिणपन्थले नै समाजलाई गाँजेर राखिरहन्छ।

    आज देशमा वामपन्थी नामको पार्टीहरुको कमी छैन । एमाले, माओवादी देखि वैद्य, विप्लव, आहुतिसम्म अनेकौं वामपन्थी दावी गर्ने पार्टीहरु छन् । यतिधेरै वामपन्थी पार्टीहरु भएको देशको हालत चाहिँ किन यस्तो भैरहेको छ ? वामपन्थी पार्टीहरु माथि यो निकै ठूलो पश्न हो ।

    त्यसकारण, अब कम्तीमा विचार मिल्ने वा आधारभूत रुपमा मिल्नसक्ने पार्टीहरुबीच मोर्चा बनाउने हो कि, एकता अभियान अघि बढाउने हो कि, बृहत एकताको लागि बहस अभियान चलाउने हो अब त्यसलाई अघि बढाएर आजको वामपन्थी राजनीतिलाई एकताबद्ध बनाएर मात्रै हामी अघि बढ्नसक्छौं । नत्र, हामी विभाजन हुँदा त दक्षिणपन्थले नै समाजलाई गाँजेर राखिरहन्छ ।

    आजको मुख्य काम भनेको उत्पादन, रोजगार र श्रमको ग्यारेन्टी
    आजको कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो संकट भनेको बर्षेनी बजारमा आइरहेको ठूलो श्रमशक्तिलाई रोजगारी दिनु हो । त्यो उत्पादक शक्तिलाई विदेश लखेटेर, तिनको रेमिटान्समा लुट मच्याएर देश चाहिँ उभो लाग्दैन । यसले त देशलाई झनझन परनिर्भर र परजीवी बनाउँदै लगिरहेको छ ।

    धरानका मेयर हर्क साम्पाङले त्यहाँ श्रम सँस्कृति भनेर जे गरिरहेका त्यो त श्रमदान हो श्रम सँस्कृति हैन । किनकि, श्रम सँस्कृति भनेको त श्रम गरेपछि श्रमिकको चुलो बल्नुपर्यो । मान्छेलाई बिना ज्याला ढुंगा बोकाउनु भनेको श्रमदान चाहिँ हो तर श्रम सँस्कृति होइन।

    हामीले आज विश्व बजारमा सस्तो श्रमिक बाहेक के उत्पादन बेचिरहेका छौं त ? जुन श्रमशक्तिले त यहीँ उत्पादन गरेर माल बजारमा पठाउनुपथ्र्यो । तर, यहाँ श्रमिकलाई कुनै रोजगारीको व्यवस्था गर्न सकिरहेका छैनौं । यहाँ त श्रम सँस्कृतिको निर्माण गर्नुपर्यो । हुन त, धरानका मेयर हर्क साम्पाङले त्यहाँ श्रम सँस्कृति भनेर जे गरिरहेका त्यो त श्रमदान हो श्रम सँस्कृति हैन । किनकि, श्रम सँस्कृति भनेको त श्रम गरेपछि श्रमिकको चुलो बल्नुपर्यो । मान्छेलाई बिना ज्याला ढुंगा बोकाउनु भनेको श्रमदान चाहिँ हो तर श्रम सँस्कृति होइन ।

    श्रम सँस्कृतिले त मानिसहरुलाई उत्पादनमा जोडिएर आफ्नो रोजगारी मार्फत जिविका चल्नुपर्यो । आज मान्छेहरु काम नपाएर बेरोजगार भएर चौबीसै घण्टा सामाजिक सञ्जालमा आफ्नो कुण्ठा पोखेर सरकारको विरोध मात्रै गरेर त केही हुदैन । तिनीहरुलाईं रोजगारी दिन सकियो भने त काममा व्यस्त हुन्छन् ।

    आजको कम्युनिस्ट आन्दोलनले लिनुपर्ने बाटो
    सबैभन्दा मुख्य कुरा भनेको आन्दोलनमा विचार नै हो । विचारहीन जत्थाले समाजलाई परिवर्तन गदैन भन्ने कुरा त हामीले देखिसक्यौं । जनताले दुइतिहाइ मत दिएर ठूलो पार्टी बनाएपनि विचारले चल्न नसक्दा स्वार्थको झगडाले त सत्यानाश भएको देखियो । त्यसकारण पार्टीपंक्तिलाई विचारले आलोकित गराउनका लागि सबैभन्दा पहिले पार्टीको स्कूल विभागहरुलाई व्यापक रुपमा सकृय, कृयाशील बनाउनुपर्यो । पार्टी भित्र कम्युनिस्ट विचार र समाजवादी व्यवहारले आलोकित सदस्यहरुको पंक्ति उत्पादन गर्नुपर्यो । त्यसको लागि पार्टी स्कूल विभागले परीक्षा लिएर पास गरेपछि मात्रै पार्टीभित्र सदस्यता, जिम्मेवारी र नेतृत्व दिने व्यवस्था नगरेसम्म पार्टीभित्र सुधार आउँदैन।

    पार्टी स्कूल विभागले परीक्षा लिएर पास गरेपछि मात्रै पार्टीभित्र सदस्यता, जिम्मेवारी र नेतृत्व दिने व्यवस्था नगरेसम्म पार्टीभित्र सुधार आउँदैन।

    यदि कम्युनिस्ट आन्दोलनको औचित्यलाई समाप्त नपार्ने र जोगाउने हो भने सबै कम्युनिस्ट पार्टीहरु अन्ततः एकठाउँमा नआइ सुखै छैन । समाजले, जनताले रंगीबिरंगी कम्युनिस्ट पार्टीहरु आएका देख्छन् तर कोही भन्दा कोही धेरै फरक देख्दैनन् । यसले त कम्युनिस्टहरुले जनतालाई उल्टो दिग्भ्रमित बनाएको जस्तो छ । म मात्रै असली कम्युनिस्ट हुँ, म मात्रै क्रान्तिकारी हुँ भन्ने आग्रह र घमण्डलाई त्याग्नुपर्छ । सामूहिक अस्तित्वलाई स्वीकार्नुपर्छ । म राई मात्रै भएर हैन, अर्को मधेशी, दलित, महिला वा खसको पनि अस्तित्वलाई कसरी समान रुपले विकास र समानता कायम हुन्छ ? कसरी सामूहिकता निर्माण गर्न सकिन्छ ? भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैले सबै कम्युनिस्टहरु एकठाउँमा आउने बिन्दु खोजेर बृहत वामएकता गर्नुको विकल्प छैन ।

    अर्को कुरा, कम्युनिस्टहरुले भन्दै आएको वर्गीय राजनीतिले मात्रै नेपाली समाजको अन्तरविरोधलाई बोक्न सक्दैन । हरेक मान्छे आ–आफ्नो समुदायबाट हुर्केर आएको छ । त्यो समुदाय अनुसारको उसको भोगाइ, सिकाई, मनोविज्ञान, चेतना र व्यवहार बनेको हुन्छ । हाम्रो समाजमा यस्ता विभिन्न समुदायका मानिसहरुबीचको सामूहिकतालाई स्थापित गर्दै अघि नबढ्ने हो भने विशुद्ध वर्ग भनेर मात्रै नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन । आ–आफ्नो समुदायको प्रतिनिधित्वलाई मूलपार्टीमा स्थापित हुन सकेन भने त्यसले सामुदायिक पार्टीहरुलाई स्पेस बन्छ । त्यतिमात्रै हैन, कम्युनिस्ट आन्दोलनमा त्यस्ता विचारहरुलाई निषेध गर्दै जाँदा विभिन्न खालका कम्युनिस्ट पार्टीहरुमा पनि त्यो खालको अभिव्यक्ति प्रकट हुँदै जान्छ । जस्तो कि, आहुतिले नेतृत्व गर्नुभएको वैज्ञानिक समाजवादी पार्टीमा दलितहरुकै बाहुल्य किन बनिरहेको छ ? अरु पार्टीहरुमा हेर्दापनि उपेन्द्र यादवको पार्टीमा यादवै यादव, सिके राउतको पार्टीमा राउतै राउत किन बढी देखिन्छन् ? यो समस्यलाई त वामपन्थी पार्टीहरुले नै समाधान दिएर एकताबद्ध हुनुपर्छ ।

    आहुतिले नेतृत्व गर्नुभएको वैज्ञानिक समाजवादी पार्टीमा दलितहरुकै बाहुल्य किन बनिरहेको छ ? अरु पार्टीहरुमा हेर्दापनि उपेन्द्र यादवको पार्टीमा यादवै यादव, सिके राउतको पार्टीमा राउतै राउत किन बढी देखिन्छन् ? यो समस्यलाई त वामपन्थी पार्टीहरुले नै समाधान दिएर एकताबद्ध हुनुपर्छ।

    अर्को कुरा भनेको, समाजमा जसरी धार्मिक जडता व्याप्त छ, त्यसरी नै पार्टीहरुभित्र पनि त्यस्तै जडता मुख्य समस्या हो । हुन त, धार्मिक वा साँस्कृतिक कुराहरुलाई समाप्त पार्नुपर्छ भन्ने होइन, सबैले आ–आफ्नो धार्मिक साँस्कृतिक अभ्यासहरु गर्न पाउनुपर्छ । सबैलाई त्यो स्वतन्त्रता हुनुपर्छ । त्यो जडता राजनीतिमा भने देखापर्नु हुदैन । त्यस्तो जडताले आन्दोलनलाई अघि बढ्न दिदैन । समाजको कस्तो संरचना र विविधता छ र त्यो अनुसारको कस्तो पार्टी संरचना र अभ्यास अपनाउनुपर्छ ? भनेर पार्टीभित्र स्कूल विभागले पाठ्यसामग्री नै बनाएर स्थापित गराउनुपर्छ ।

    आजकल, परिवर्तनका लागि युवा–युवा भन्ने देखिएको छ । तर युवा उमेरले मात्रै हैन, सोच, चिन्तन र व्यवहारले पनि युवा हुन जरुरी छ । आज बजारले बनाएको युवाहरुबाट हाम्रो समाजको जटिलतालाई बुझ्ने सामथ्र्य हुदैन । बरु उनीहरु आजको बुढाहरु जतिपनि प्रगतिशील सोच र व्यवहार देखिदैन । त्यसकारण, उमेरले मात्रै युवा हैन, अध्ययन, सोचले पनि प्रगतिशील युवाहरुले मात्रै आजको समाजलाई अघि बढाउनसक्ला ।

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजन मुकारुङ

      राजन मुकारुङ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.