महेन्द्रका छोरा त टिक्न गाह्रो भयो भने किसानको छोराको स्वाङ कति दिन टिक्छ?

मेरो जन्म ओखलढुँगा जिल्लाको रुम्जाटार भन्ने गाउँमा भयो। म २०१३ साल असोज ३१ गते जन्मेको हुँ। म मामाघरमा जन्मिएको हुँ। मेरो बाबाको घर रुम्जाटारदेखि पारिपट्टि एक घन्टा टाढा माम्खा भन्ने ठाउँमा थियो। रुम्जाटार निकै रमणीय गाउँ हो। प्रचलित उखान पनि छ, ‘घुमीफिरी रुम्जाटार’। माम्खामा जन्मेर नेपालको राजनीतिक, प्रशासनिक र न्यायलयका काम गर्ने धेरै व्यक्तिहरू छन् । मामाघरमा जन्मिएकाले मेरो पढाई पनि कहिले मामाघर र कहिले घरतिर भयो। तराईसँग हाम्रो पहिलेदेखि नै सम्बन्ध थियो। हजुरबुवाको बुवा जागिरको शिलशिलामा तराईका खासगरी सप्तरी र उदयपुरमा आवतजावत गरीरहनु हुन्थ्यो।

न्याय र अन्याय
मेरो आमालाई पूर्वीय धम्रग्रन्थहरूको राम्रो जानकारी थियो। जनयुद्धका क्रममा तत्कालिन् माओवादी नेता डा. बाबुराम भट्टराईसमेत रामायण–महाभारतका कुनै घट्ना तथा पात्रका बारेमा अन्यौल भयो मेरो आमालाई सोध्नुहुन्थ्यो। भट्टराई म कहाँ बस्ने र आउने/जाने गरीरहनु हुन्थ्यो। काठमाडौँ आएपछि पनि आमा, म र भट्टराई प्रायः नजिकै रहन्थ्यौं। बाल्यकालमा आमाले मलाई प्रत्येक रात एउटा कथा सुनाउनु हुन्थ्यो।

भविष्यमा के बन्ने भन्ने सवालमा पनि परिवारमा अरु कसैले नगरेको वा नयाँ केही काम गरुँ जस्तो लाग्थ्यो। हाम्रो परिवारमा सरकारी जागिर खाने धेरै थिए। खेती र व्यापार गर्नेहरू पनि थिए, त्यसकारण, बेग्लै केही गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई।

आमाले कथा भन्दाभन्दै मलाई निदाउने बानी परिसकेको थियो। त्यसले गर्दा सत्य/असत्य, न्याय/अन्यायका कुराहरू मैले महाभारतबाटै बढी सिकें। अलि ठूलो भएपछि मैले आफैँ पनि कतिपय पूराणहरू पढ्न थाले। विद्यालयमा पढ्दा म तिक्ष्णमध्येमै मानिन्थें। भविष्यमा के बन्ने भन्ने सवालमा पनि परिवारमा अरु कसैले नगरेको वा नयाँ केही काम गरुँ जस्तो लाग्थ्यो। हाम्रो परिवारमा सरकारी जागिर खाने धेरै थिए। खेती र व्यापार गर्नेहरू पनि थिए, त्यसकारण, बेग्लै केही गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई।

सधैं कमजोरको समर्थक
महाभारतमा मेरो सबैभन्दा बढी सहानभूति कर्णप्रति हुन्थ्यो। जो मान्छे कमजोर छ, त्यसप्रति मेरो सहानुभूति जान्छ। तर, त्यै व्यक्ति शक्तिशाली भएपछि त्यसप्रति मेरो लगाव रहँदैन। कर्णलाई दुर्भाग्यपूर्ण तरिकाले जन्मिएका तर असाध्यै वीर र दयावान् व्यक्तिका रूपमा मैले हेर्ने गर्थें। उबेला, राजाको विकल्पमा विपि कोइरालाको नाम सुनियो। त्यसबेला म ओखलढुंगामा बस्थें। धेरैलाई थाहा नै छ, प्रजातान्त्रिक लडाईँमा ओखलढुंगाबाट धेरै शहीद भए। ओखलढुंगा नेपाली कांग्रेसको व्यापक प्रभाव भएको ठाउँ पनि हो। त्यसकारण, सुरुमा कांग्रेस पार्टीसँग मेरो सम्पर्क भयो। कांग्रेससँग सम्पर्क हुने क्रममै मैले रामराजा प्रसाद सिंहको नाम पनि सुने।

भिडियो –

उहाँले २०२८ सालमा ‘स्नातक निर्वाचन’ लड्दा, त्यो कुरा गाउँमा पुग्यो। उहाँको एउटा प्याम्प्लेट पनि गाउँमा पुग्यो। अंग्रेजीमा लोखिएको त्यो प्याम्प्लेट उतिखेर हामीले बुझेनौँ। तर म गाउँका अरु अंग्रेजी पढाउने मास्टरहरूलाई सोधेर भएपनि त्यसको अर्थ बुझ्ने कोशिस गर्थें। त्यस प्याम्प्लेटको शीर्षक थियो ‘लेट द ग्रेट एज विगन अन यु’ (Let the Great Age Begin You)। त्यस प्याम्प्लेटका लाइनहरू मैले कण्ठ पारेको थिएँ। सिंह स्वयंले अंग्रेजी साहित्य पढ्नुभएको र निर्वाचन नै ‘स्नातक निर्वाचन’ भएकाले रामराजाप्रसाद सिंहले अंग्रेजीमै प्याम्प्लेट लेखाउनुभएको थियो। यसरी म सरकारविरोधी आन्दोलनमा कलिलो उमेरमै लागें, कांग्रेसमा संगठित भए।

कांग्रेसमा लागेकै कारण १५ वर्षको उमेरमा मलाई तत्कालिन् सरकारले वारेन्ट जारी गरिसकेको थियो। त्यसपछि म ओखलढुंगाबाट सप्तरी आएर बसें। सात वर्षको उमेरमै बुबालाई गुमाएको थिएँ।

कांग्रेसमा लागेकै कारण १५ वर्षको उमेरमा मलाई तत्कालिन् सरकारले वारेन्ट जारी गरिसकेको थियो। त्यसपछि म ओखलढुंगाबाट सप्तरी आएर बसें। सात वर्षको उमेरमै बुबालाई गुमाएको थिएँ। आमा भने पहाडमै बस्नुहुन्थ्यो। ३५/३६ सालसम्म यसरी नै चलिरहेको थियो। त्यसपछि आमा पनि तराई झर्नुभयो।

रामराजाप्रसादको पार्टी  हुँदै म कम्युनिष्ट भएँ
नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप’को कुरा उठाएपछि म रामराजाप्रसाद सिंहको पार्टी ‘जनवादी मोर्चा’ मा संलग्न भएँ। मोर्चा कम्युनिष्ट पार्टी थियो। ओखलढुंगामा समातिने डरले लुकेर पार्टीका गतिविधिमा समावेश भइन्थ्यो। तराईमा भने कसैले नचिन्ने भएकाले यो समस्या थिएन। तराईमा रहेका बेला मसहित एउटा ठूलो युवा जत्था रामराजा प्रसाद सिंहसँग सम्मिलित भयो।

रामराजाप्रसाद सिंह जहिले पनि राष्ट्रिय परिवेशमा सोच्ने मानिस हुनुहुन्थ्यो। उहाँले आफूलाई तराईबासी कहिल्यै ठान्नुभएन। उहाँलाई एकपटक विपि कोइरालाले ‘तराईबासी’ भनेर सम्बोधन गर्दा उहाँ दुखी हुनुभयो, त्यो क्षण कहिल्यै बिर्सन सक्नुभएन। पछि पनि तराईका केही पार्टीहरूले उहाँलाई तराई केन्द्रित राजनीति गर्न, राष्ट्रपति बन्न वा अरु खालका क्षेत्रीय प्रस्तावहरू गरे तर उहाँले मान्नुभएन। उहाँ अन्तर्राष्ट्रिय क्रान्तिकारी नेता चे ग्वेभाराबाट प्रभावित हुनुहुन्थ्यो। उहाँ त सम्पन्न राजपूत परिवारमा जन्मनुभएको थियो।

हामीले ‘विशुद्ध मार्क्सवादी अर्थतन्त्र र प्रखर प्रजातन्त्र’ लाई सिद्धान्त बनाएका थियौँ। हाम्रो पार्टीले राजनीतिक स्वतन्त्रता र मार्क्सवादी अर्थतन्त्रलाई समातेको थियो। किनभने कम्युनिष्ट पार्टीहरूमा राजनीतिक स्वतन्त्रता हुँदैन थियो भने कांग्रेसहरूको प्रजातन्त्रमा अर्थतन्त्र नै सामेल थिएन।

सम्भवत: नेपाली राजनीतिमा आउने असाध्यै सम्पन्न व्यक्तिमध्येमा उहाँ पर्नुहुन्थ्यो। राजनीतिमा लागेका औधि सम्पन्न व्यक्तिहरूमध्ये सुवर्ण शम्सेर, सि.के. प्रसाईं  र रामराजाप्रसाद सिंहहरू पर्थे। हामीले ‘विशुद्ध मार्क्सवादी अर्थतन्त्र र प्रखर प्रजातन्त्र’ लाई सिद्धान्त बनाएका थियौँ। हाम्रो पार्टीले राजनीतिक स्वतन्त्रता र मार्क्सवादी अर्थतन्त्रलाई समातेको थियो। किनभने कम्युनिष्ट पार्टीहरूमा राजनीतिक स्वतन्त्रता हुँदैन थियो भने कांग्रेसहरूको प्रजातन्त्रमा अर्थतन्त्र नै सामेल थिएन। त्यतिबेला हामी यी विषयलाई पण्डित्यपूर्ण व्याख्या गर्न सक्दैनथ्यौँ। तर, हाम्रो सोच यी मुद्दासहित अगाडि बढेको थियो। र, छापामार युद्धद्धारा राजतन्त्र ढालेर जनवादी सत्ता कायम गर्नुपर्छ भन्ने हाम्रो सोच थियो। सुरुवातमा हामीले विद्यार्थी संगठन पनि बनायौँ।

फिडेल र चेको बाटोमा
हामी फिडेल क्यास्ट्रो र चे ग्वेभाराले जस्तै पहिला छापामारहरू बनाउने, लड्दै जाने र पार्टी निर्माण हुन्छ भन्ने सोचमा त्यतिखेर अघि बढेका थियौँ। रामराजाप्रसाद सिंहको पार्टी सिराहा, सप्तरी र धनुषालगायतका तराईका जिल्लामा घना रूपमा विस्तार भएको थियो। सोलुदेखि लिएर बझाङ र डोटी सम्म पनि केही रूपमा फैलिएको थियो। सुदूरपश्चिम क्षेत्रमा पनि राम्रै स्तरका नेता तथा कार्यकर्ता थिए।

जस्तै: खेमराज मायालु । उहाँ पछि कांग्रेसबाट मन्त्री बन्नुभएको थियो। डोटीबाट दिनेश श्रेष्ठ । उहाँ पनि निकै प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो। बझाङका कटक मल्ल जो अहिले स्विडेनमा अन्तर्राष्ट्रिय कानुन विषय पढाउनुहुन्छ। कृष्णबहादुर महरालाई कांग्रेस बनाउने व्यक्ति दिनेश श्रेष्ठ हो। यसरी हामी धेरै साथीहरू जनवादी मोर्चामा जोडिएका थियौँ। रामराजा प्रसाद सिंहकै शिविरहरूमा रहने क्रममा लडाईंका लागि भनेर हामी ‘माओत्सेतुङका रचना’ पढ्थ्यौँ।

मूलधारको कम्युनिष्ट आन्दोलन र जनयुद्ध
विस्तारै हामीलाई लेनिन र मार्क्सका रचनाहरूले प्रभावित गर्दै लग्यो र जनवादी मोर्चा छाडेर अब मूलधारको कम्युनिष्ट पार्टीमा सामेल हुने निर्णय गर्‍यौँ। चे ग्वेभारालाई ‘फोकोवादी’ भएको आरोप छ। जनवर्गीय संगठनहरू अथवा मास अर्गनाइजेसनहरू नबनाउने बरु लडाकुहरूको मात्रै संगठन बनाउने र एउटा सानो टुक्राले जहाँ पनि कब्जा गर्न सकिन्छ भन्ने दृष्टिकोण नै फोकोवाद हो। माओ, लेनिन र मार्क्सलाई पढ्दै जाँदा यसरी मात्रै नहुदो रहेछ भन्ने लाग्यो। कम्युनिष्ट पार्टीहरूले भनेका कुराहरू ठिकै रहेछन्, जनताको बीचमा गएर संगठन गर्ने र अगाडि बढ्ने कुराहरू नै ठीक रहेछन् भन्ने लाग्दै गयो।

यो ३८ सालतिरको कुरा हो। त्यतिखेर मैले नुवाकोटको खोलेगाउँको एउटा स्कुलमा केही समय पढाएँ। रामराजाप्रसाद सिंहहरूले ०४२ सालमा बम पड्काउदा म उहाँहरूसँगै भने थिइनँ। नुवाकोटको दुप्चेमा शिक्षकका रूपमा पढाउँदै थिएँ। उहाँहरूले बम पड्काएको खबर पाएपछि मलाई पनि ‘अब भूमिगत हुनुपर्छ’ भन्ने लाग्यो। विगतमा उहाँहरूसँगै संगठित भएकोले मेरो पनि खोजी हुने सम्भावना थियो।

त्यतिखेरसम्म कम्युनिष्ट हुने निधो भएपनि कुन समूहमा जाने भन्नेमा म प्रष्ट भइसकेको थिइनँ। तर हामीले अखिल पाँचौ र छैटौंलाई सघाइरहेका थियौँ। हामीले माले र चौथो महाधिवेशन दुबैसँग सम्पर्क सुरु गर्‍यौँ। उतिखेर दुवै प्रतिबन्धित पार्टी थिए। त्यस क्रममा हामी चौथो महाधिवेशनबाट बढी कन्भिन्स्ड् भयौँ। मालेका तर्फबाट ईश्वर पोखरेल आउनुभएको थियो छलफल गर्नका लागि। त्यतिबेला भने म हामी उपत्यकाकै टौदहस्थित एक स्कुलमा पढाउँथें। त्यतिबेला, चीनमा क्रान्ति–प्रतिक्रान्ति भन्ने ठूलो बहस चलिरहेको थियो। त्यसले गर्दा हामीले चौथो महाधिवेशन नै विशुद्ध कम्युनिष्ट रहेछ र कम्युनिष्ट नै बन्नु छ भने सिद्धान्तवादी कम्युनिष्ट बन्नुपर्‍यो भन्ने लागेर हामी चौथो महाधिवेशनमा सामेल भयौँ।

चौथो महाधिवेशनका भैरव रेग्मीसँग हाम्रो सम्पर्क भएको थियो। बीनबहादुर कुँवर र टोपबहादुर रायमाझी लगायतका नेताहरू त्यतिबेला विद्यार्थी नेता हुनुहुन्थ्यो। ०४६ सालको आन्दोलनसम्म चौथो महाधिवेशन तीन टुक्रा जस्तै बनिसकेको थियो। त्यसमध्ये मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको मसालमा मलगायत बाबुराम भट्टराई, हरिबोल गजुरेललगायत नेता संलग्न भएका थियौँ। ०४६ सालको आन्दोलनमा म मसालबाटै सामेल भएको थिएँ। त्यसपछि हामी एकता केन्द्र बनाउने अभियानतिर लाग्यौँ। एकता केन्द्रमा पनि फुट भयो। एउटा एकता केन्द्र लिएर नारायणकाजी श्रेष्ठहरू यहीँ आन्दोलन गर्न बस्नुभयो। अर्को एकता केन्द्रको हिस्साले आफ्नो नाम माओवादी बनाएर जनयुद्ध गर्न गयो।

समिक्षा: रामराजा प्रसाद सिंह
हिंसात्मक क्रान्ति गर्ने रामराजा प्रसाद सिंह बोली र व्यवहारमा अत्यन्त विनम्र हुनुहुन्थ्यो। उहाँले ‘तिमी’ भन्ने मान्छे नै थिएनन्। सबैलाई ‘तपाईं’ भन्नुहुन्थ्यो। तर, हिंसात्मक क्रान्तिमाथि उहाँको विश्वास डरलाग्दो थियो। मैले हिंसात्मक राजनीतिप्रति त्यति प्रतिबद्ध मान्छे कमै देखेको छु। फेरि बोली र व्यवहारमा त्यति विनम्र मान्छे हत्पत् भेटिदैनन्। उति ठूलो हिंसात्मक क्रान्तिको पैरवी गर्ने उहाँमा विद्रोहको संगित सुनेपछि आँखाबाट आँशु बहन्थ्यो।

मार्क्सको पनि व्यक्तिगत रुपमा दुश्मन थिएनन्। तर ‘क्लास पोलिटिक्स’ मा दुनियाँभरका पुँजीपति वर्ग मार्क्सका दुश्मन थिए र भए । सिंह कोही उहाँको पार्टी छोडेर जाँदा भन्नुहुन्थ्यो, ‘उसको कल्याण होस्, राम्रो होस्’ भन्ने गर्नुहुन्थ्यो।

व्यक्तिगत रुपमा धेरै दयालु हुनुहुन्थ्यो। मार्क्सको पनि व्यक्तिगत रुपमा दुश्मन थिएनन्। तर ‘क्लास पोलिटिक्स’ मा दुनियाँभरका पुँजीपति वर्ग मार्क्सका दुश्मन थिए र भए । सिंह कोही उहाँको पार्टी छोडेर जाँदा भन्नुहुन्थ्यो, ‘उसको कल्याण होस्, राम्रो होस्’ भन्ने गर्नुहुन्थ्यो। उहाँको एउटा प्रख्यात भनाई थियो, ‘आउँदैन छमछम नाचेर जनवाद, त्यसको निम्ति चाहिन्छ दृढ संकल्प अनि दुई हातमा तरबार।’ यो उहाँले नै लेखेको एउटा नाटकको हरफ हो। जेल बस्दा उहाँले नाटक पनि लेख्नुभएको रहेछ। पछि मंचन पनि भयो सो नाटक।

माओवादी आन्दोलन 
माओवादी आन्दोलनमा वास्तवमै परिवर्तन गर्न  र चाहनेहरु लागेका थिए। तर पछि त्यहाँ विकृतिहरू पनि देखापरे। नेतृत्वले प्रणालीमा लैजान नसकेका कारण आर्थिक फाइदाका लागि ‘एक्सन्’ लिने र व्यक्तिगत रूपमा रिस उठेका मान्छेलाई पनि कारवाही गर्ने कमजोरीहरू देखापरे। हामी सधैँ त्यस प्रवृत्तिको विरोधमा थियौँ। त्यसकारण माओवादी आन्दोलनमा पनि हामी अल्पमतमा पर्‍यौँ र बहुमतबाट सताइएर बस्यौँ। परिस्थितिकै कुरा गर्ने हो भने, नेताहरू केही समय अघिसम्म राजनीतिक क्रान्ति पूरा भयो भन्दै हिँडिरहनुभएको थियो। तर अहिले कुन हालतमा पुगेको छ हाम्रो राजनीतिक क्रान्ति? यसको लेखाजोखा गर्नु पर्छ हामीले।

परिस्थितिकै कुरा गर्ने हो भने, नेताहरू केही समय अघिसम्म राजनीतिक क्रान्ति पूरा भयो भन्दै हिँडिरहनुभएको थियो। तर अहिले कुन हालतमा पुगेको छ हाम्रो राजनीतिक क्रान्ति? यसको लेखाजोखा गर्नु पर्छ हामीले।

अहिले त यो हालत छ भने ०४६ सालको परिवर्तनले गणतन्त्र ल्याउला र प्रजातन्त्रको जग बसाउला भन्ने कुरा स्वैरकल्पना मात्रै थियो। हामीलाई हिंसात्मक क्रान्तिले धेरै कुरा टुंग्याउला भन्ने लागेको थियो तर हामी भ्रममा रहेछौँ। हिंसात्मक क्रान्तिमा मर्नका लागि तयार भएको मान्छेमा स्वार्थ रहँदैन भन्ने भ्रम थियो। तर, आश्चर्य! लडाईं जानेहरूमा पनि जुत्ता र क्यामेराजस्ता वस्तुहरूको लोभ हुँदो रहेछ। चे ग्वेभाराहरूमा त्यस्तो लोभ थिएन। युवाहरूको एउटा समूहले कब्जा गरेको गाडीलाई चे ग्वेभाराले फिर्ता गर्न लगाएको कुरा मैले फिल्ममा हेरेको छु। त्यो प्रवृत्ति हामीकहाँ भएन।

‘मर्दा शानले नै मरुँ’
माओवादी जनयुद्धका धेरै संस्मरणहरू छन्। नेताहरू प्रचण्ड, बाबुराम र किरण मेरा साथीजस्ता थिए। अहिले पो हाइरार्की बन्यो। उहाँहरू धेरै ठूला नेता हुनुभयो, हामी सामान्य कार्यकर्ता रह्यौँ। अहिले उहाँहरूसँग त्यति भेटघाट पनि हुँदैन। जनयुद्धका धेरै रमाइला र दुःखद अनुभवहरू छन्। बाह्रबुँदे सहमति अघि दक्षिणी रोल्पामा हामी झण्डैझण्डै मारिएका थियौँ। हामी सुरक्षाकर्मीको घेराउमा पर्‍यौँ र त्यहाँबाट भाग्यौँ।भाग्दाभाग्दै एउटा डाँडामा पुग्यौँ। हामीलाई धेरै भोक लागेको थियो। हाम्रो लागि एक स्थानीय साथी चाउचाउ किन्न पसलमा जानुभयो। उहाँ चाउचाउ लिन गएकै ठाउँमा आर्मीको हेलिकप्टर आइपुग्यो। ती स्थानीय व्यक्तिलाई पनि समात्छ र हामीलाई पनि सेनाले सिध्याउँछ भन्ने डर लाग्यो। हामी त्यहाँबाट पनि भाग्यौँ। तर विस्तारै हेलिकप्टरहरूको संख्या बढ्दै थियो। सल्लाको रुखमुनि बसेका हामीलाई बम झरिहाल्छ कि भन्ने डर थियो। म जुरुक्क उठेँ। अरु साथीहरूले सोध्नुभयो ‘किन उठ्नुभयो ?’ मैले भने, ‘मर्दाचाहिँ शानले नै मरुँ भनेर।’ त्यतिबेला मसँग देवेन्द्र पौडेल र संग्राम भन्ने एकजना कमाण्डर हुनुहुन्थ्यो। युद्ध गर्दै आउनुभएका उहाँहरूले भन्नुभयो ‘यो त्यति धेरै खतरनाक स्थिति होइन, डराउनुपर्दैन। ’ त्यसपछि हामी भाग्दै खुल्ला ठाउँमा पुगियो। फेरि यताउता हेलिकप्टर देखिन थाल्यो।

सल्लाको रुखमुनि बसेका हामीलाई बम झरिहाल्छ कि भन्ने डर थियो। म जुरुक्क उठेँ। अरु साथीहरूले सोध्नुभयो ‘किन उठ्नुभयो?’ मैले भने, ‘मर्दाचाहिँ शानले नै मरुँ भनेर।’

त्यसपछि चाहिँ उहाँहरूलाई लागेछ, ‘अबचाहिँ अप्ठ्यारो स्थिति आयो।’ ८/१० घण्टाको कुदाईपछि हामी घर्ती गाउँभित्रको एउटा क्याम्पमा पुग्यौँ। त्यहाँ पुग्दा हामीलाई चिलहरूबाट लखेटिएको चल्ला आमाका पखेटाभित्र पसेजस्तो लाग्यो। यस्ता क्षणहरू धेरै छन्। जनयुद्धकै क्रममा पढ्ने, लेख्ने र विभिन्न विषयहरूको अध्ययनमा पनि बढी ध्यान गयो।

 गणतन्त्र आयो तर गणतान्त्रिक-संस्कृति निर्माण हुन सकेन
समाजभित्र थुप्रै अन्तरविरोधहरू छन्। ती अन्तरविरोधका केन्द्रीय अभिव्यक्ति राजनीतिमार्फत हुन्छन्। उदाहरणका लागि खुकुरीको धार राजनीति हो। धारको पछाडिको भाग अर्थनीति, स्वास्थ्य नीति, शिक्षानीति, कृषिनीति र उद्योगनीति हुन्। जब कुनै वस्तुमाथि धार बज्रिन्छ, त्यो सँगसँगै पछाडिका अरु पनि बज्रिन्छन्। सिंगो खुकुरीले प्रहार गरियो भने मात्रै त्यो वस्तु छिन्छ। धारले मात्रै त वस्तुलाई चोट लाग्ने वा ताछ्ने मात्रै काम गर्छ। त्यस्तै नेपालमा गणतन्त्र राजनीतिक रूपमा मात्रै आयो। तर गणतन्त्र अनुसारका शिक्षा, संस्कृति, स्वास्थ्य, कृषि, चालचलनहरू, रिवाजहरू र चाडबाडहरू भएनन्। त्यो अनुसारको परिवर्तन भएन।

त्यस्तै नेपालमा गणतन्त्र राजनीतिक रूपमा मात्रै आयो। तर गणतन्त्र अनुसारका शिक्षा, संस्कृति, स्वास्थ्य, कृषि, चालचलनहरू, रिवाजहरू र चाडबाडहरू भएनन्। त्यो अनुसारको परिवर्तन भएन।

गणतन्त्र घोषणा भएपनि गणतन्त्रका कर्णधारहरू र नेताहरूको सोचमा गणतन्त्र थिएन। एक त गणतन्त्र निश्चित मानिसहरूको मात्रै माग थियो। अरु धेरै त संवैधानिक राजतन्त्रको पक्षधर थिए। उनीहरूको सोच र संस्कृतिमा गणतन्त्र थिएन। उनीहरू बाध्यतामा गणतन्त्रको समर्थन गर्न आइपुगेका थिए। रामराजाप्रसाद सिंहजस्ता व्यक्ति र माओवादीहरू गणतन्त्रवादी थिए। माओवादीभित्र पनि सबै गणतन्त्रवादी थिएनन्। कोही राज्यसँग सम्झौता गरेर शक्ति पाइन्छ भन्ने सोचमा थिए भने कोही राजतन्त्रलाई नष्ट गर्नुपर्छ भन्ने पक्षमा थिए।

राजनीतिक रुपमा गणतन्त्र आइसकेपछि हाम्रो नेतृत्व आन्दोलन र जनयुद्ध गर्दाताका भन्दा पनि बढी गम्भिर हुनुपर्थ्यो। गणतन्त्र अनुसार राज्यका अरु क्षेत्र जस्तै: शिक्षा, स्वास्थ्य, कृषिमा पनि परिवर्तन गरेमा मात्रै गणतन्त्रको संस्कृति विकास हुन्थ्यो। र, त्यो टिकाउ हुन्थ्यो। तर राजतन्त्रमा जस्तो शैली अपनाइँदा स्वभाविक रुपमा गणतन्त्र प्राप्तिका लागि भएको क्रान्ति अधकल्चो भयो। हाम्रा नेताहरू उच्च पदमा पुगेपछि राजाले जस्तो अग्लो ठाउँमा बस्ने, साइरन बजाउँदै बाटो बन्द गरेर हिँड्ने र ऐय्यासी जीवनशैली अपनाए। हामीले देखेका छौँ, कतिपय अन्य गणतान्त्रिक देशका राष्ट्रपतिहरू साइकल चढ्छन्।

ओली कदम
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर उहाँको विरोध गर्न विवश पार्नुभयो, अन्य विकल्प राख्नुभएन। अन्य विकल्प भएका भए नेकपाका दुई वा तीन गुटमध्ये कता लाग्ने भन्ने छान्न पाइन्थ्यो। संसद विघटनको कदमले उहाँको विरुद्धमै जान हामी बाध्य हुनुप‍र्‍यो। अहिले कमरेड प्रचण्ड र माधव नेपालहरूमाथि औँला उठाउनुपर्ने विषयहरू थाँती राखेर भएपनि उहाँहरूको समर्थन गर्नुपर्ने भयो। नेपालका कोही पनि जाने मानेका र विवेक भएकाहरूले अहिले ओलीको समर्थन गरेका छैनन्। उहाँलाई समर्थन गर्नेहरू पनि आफ्नो धोती फुस्किने डरले मौनता साँधेर बसिरहेका छन्। केहीले गति छाडेका छन्। तर खड्ग ओलीले असंवैधानिक कदम चालेको पुष ५ गते कालो दिन नै हो। तर यसले हामी कम्युनिष्टहरूलाई एउटा ठूलो शिक्षा भने दिएको छ।

नेपालका कोही पनि जाने मानेका र विवेक भएकाहरूले अहिले ओलीको समर्थन गरेका छैनन्। उहाँलाई समर्थन गर्नेहरू पनि आफ्नो धोती फुस्किने डरले मौनता साँधेर बसिरहेका छन्। केहीले गति छाडेका छन्। तर खड्ग ओलीले असंवैधानिक कदम चालेको पुष ५ गते कालो दिन नै हो। तर यसले हामी कम्युनिष्टहरूलाई एउटा ठूलो शिक्षा भने दिएको छ।

प्रधानमन्त्री ओलीलाई ‘म दिग्विजय भएँ, मेरो पछाडि पनि मेरो नाम लिएर राजनीति गर्नेछन्’ भन्ने भ्रम छ। किनभने उहाँहरू ‘वान् म्यान वान लेड’ अर्थात एउटा नेताको पौरखमा चल्ने पार्टी बनाउँदै हुनुहुन्छ। त्यताको सोचाई एकपनावादी छ। त्यसलाई विचारधाराको रुपमा आदर्शवादी एकतत्ववाद भन्न सकिन्छ। हामी भौतिकवादी एकतत्ववादलाई मान्छौँ। त्यहाँ मार्क्स, लेनिन, एंगेल्सको कुरा छैन। ओलीको कुरामात्र छ। उनीहरू प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा धेरै नेता भएकाले फुट्छन् भन्छन्। तर खास कुरा के हो भने हाम्रा धेरै नेता छन् र धेरै खालको विचार छन्। धेरै विचारहरूको बीचमा मन्थन भएर राम्रो कुरा आउँछ। र यहाँ प्रश्न उठाउन पाइनेछ, विचारका पक्षमा र नेताहरुका कमजोरीमा।

ओलीले चुनाव गराउँदैनन्
खासगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि अहिले ठूलो अवसर आएको छ। गुमेको साख फिर्ता गर्ने ठूलो अवसर पनि हो उसका लागि। जुन व्यक्तिले आफ्नो पार्टीको बहुमत भएको संसदलाई आफ्नो व्यक्तिगत सनकका भरमा विघटन गर्न सक्छ, त्यो मान्छेले आफू हार्ने चुनाव त अवश्य गराउँदैन। मेरा कुराहरू मेरा साथीहरूले मानेनन् भनेर आफ्नै साथीहरूको बहुमत भएको संसद विघटन गर्ने सज्जनले आफू हार्ने चुनाव पनि कहीँ गराउला?

जुन व्यक्तिले आफ्नो पार्टीको बहुमत भएको संसदलाई आफ्नो व्यक्तिगत सनकका भरमा विघटन गर्न सक्छ, त्यो मान्छेले आफू हार्ने चुनाव त अवश्य गराउँदैन। मेरा कुराहरू मेरा साथीहरूले मानेनन् भनेर आफ्नै साथीहरूको बहुमत भएको संसद विघटन गर्ने सज्जनले आफू हार्ने चुनाव पनि कहीँ गराउला?

पहिला जितको ग्यारेन्टी नदिई उसले कसरी चुनाव गराउँछ? र, त्यो ग्यारेन्टी कसले दिने? प्रत्यक्ष निर्वाचित सांसदमा अहिले उहाँलाई १ सय ३० देखि ४० सम्म सिट चाहिने अवस्था छ। अनि समानुपातिकमा ५० लाख जति भोट चाहियो। त्यसको ग्यारेन्टी कसले दिने? त्यो ग्यारेन्टी हुने बित्तिकै खड्गप्रसाद ओलीले चुनाव गराउनुहुन्छ। त्यो ग्यारेन्टी त एक वा दुई जना जनताले दिएर हुँदैन। सारा नेपाली जनताले लेखेर दिनुपर्यो‍ उहाँलाई । त्यसैले, नेपाली कांग्रेसले त्यो तन्द्राबाट व्युँझिएर दह्रो खुट्टा समाउनुपर्‍यो।

अर्कोतिर, नेकपाले पनि आफ्नो गम्भीर समीक्षा गर्नुपर्‍यो। हाम्रा नेताहरूसँग यदि ओलीको भन्दा बलियो नैतिक बल भएको भए स्थिति बेग्लै हुन्थ्यो। तर हाम्रो नैतिक बल पनि धेरै खस्किएको छ। हिजो हाम्रो आह्वानमा जनता मृत्युसँग पनि पौँठेजोरी खेल्न तयार हुन्थे। तर आज परिस्थिति बेग्लै छ। हामीले सोचेजति जनता सडकमा आइरहेका छैनन्। हामीले पनि आफू शासनमा पुगेका बेला समाजवादी एजेण्डालाई मजदुर र किसानका लागि नीति बनाउने काम गरेनौँ। समाजवादी एजेण्डा लागु गर्ने कोशिस गरेनौँ। त्यही भएर असंवैधानिक कदमविरूद्ध लड्न जनता उति उत्साहित भएर आएका छैनन्। हाम्रो बेइमानीका कारण त्यसो भएको हो। आखिर, हामीलाई साथ दिने त तिनै मजदुर–किसानका छोराछोरीहरू हुन्।

‘हामीलाई सत्तामा पुर्‍याई दिनु, हामी तपाई्हरूको मुक्ति गर्छौं।’ त्यो प्रतिज्ञाको कारण मजदुर र किसानहरू हामीलाई साथ दिए। तर हामीले प्रतिज्ञाको पालना गरेनौँ, त्यसैले जनता रिसाएका छन्। अब प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्छ र यही बीचमा नेपाली जनतासामु कार्यक्रम पनि प्रस्तुत गर्नुपर्छ।

जनता रिसाएका छन्
म नेपाली जनताको विवेकमा भरोसा गर्छु। दुईवटा कम्युनिष्टहरू एकठाउँमा नआएका भए हिजो हाम्रो बहुमत आउँदैनथ्यो। कम्युनिष्ट पार्टीले ७० वर्षदेखि मजदुर–किसानहरूसँग के भनेको थियो, ‘हामीलाई सत्तामा पुर्‍याई दिनु, हामी तपाई्हरूको मुक्ति गर्छौं।’ त्यो प्रतिज्ञाको कारण मजदुर र किसानहरू हामीलाई साथ दिए। तर हामीले प्रतिज्ञाको पालना गरेनौँ, त्यसैले जनता रिसाएका छन्। अब प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपाले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्छ र यही बीचमा नेपाली जनतासामु कार्यक्रम पनि प्रस्तुत गर्नुपर्छ। हामी शिक्षा, स्वास्थ्य र कृषिमा यसो गर्नेछौँ। नेपालका कृषकहरूलाई हेरेर नीति बनाउनेछौँ, शिक्षा र स्वास्थ्यलाई सुलभ बनाउनेछौँ भनेर कार्यक्रम प्रस्तुत गर्नुपर्छ। अब समाजवादी एजेण्डाहरूलाई प्रस्तुत गर्दै कार्यक्रमसहित आन्दोलनमा जानुपर्‍यो। ‘फलानाको असंवैधानिक कदमलाई सच्याउन सडकमा आउ’ भनेर मात्रै हुँदैन। सडकमा जाँदाजाँदै, आफ्ना पनि कमीकमजोरीहरूको पनि आत्मसमीक्षा गर्नुपर्छ। अन्य विषयमा गुनासो गर्ने समय यो होइन। हाम्रो नेतृत्वले आत्मसमीक्षासहित कार्यक्रमहरू भने ल्याउनुपर्छ।

अदालत र अपराध
सर्वोच्च अदालत, कार्यपालिका वा न्यायपालिका जे–जे भनेपनि सबै एउटै श्रृङखलामा छन्। झण्डैझण्डै दुई तिहाई जनमतले चुनेको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ भने यो देशमा जसले जे पनि गर्न सक्दो रहेछ भन्ने देखियो। त्यसैले न्यायालयले आफ्नो काम गर्छ, जनता र नेताले आफ्नो काम गर्नुपर्‍यो। किनभने नेपालमा प्रजातान्त्रिक आन्दोलन त हिजो अदालतले तोकेर गर्न थालेको होइन। हिजो अदालतले प्रतिबन्ध गर्दा पनि न्यायका आन्दोलन अघि बढेका हुन्। त्यसो हुनाले अब इतिहासप्रति सबै जिम्मेवार हुनुपर्छ।

न्यायलयमा बस्नेहरू पनि जिम्मेवार हुनुपर्छ। ‘चोरलाई चौतारी र साधुलाई सुली’ दिने प्रणाली फेरिनुपर्छ। जस्तो पञ्चायत कालमा अपराध गर्नेहरूलाई नेपाली कांग्रेसले सत्तामा आएपछि सजायँ दिएको भए, त्यसको असर स्वरूप कांग्रेसभित्रकै मान्छेहरू पनि अपराध गर्न डराउँथे। उसले अपराधीलाईहरूलाई चोख्याइदिएको हुनाले कांग्रेसभित्रै अपराधीहरूको जन्म भयो। त्यस्तै, पछि आउने कम्युनिष्टहरूले पञ्चायत वा कांग्रेसकालका अपराधीहरूसँग साँठगाँठ नगर्ने वा तीनलाई बहिस्किृत गर्ने गरेको भए या टाढा राखेको भए अहिले कम्युनिष्ट पार्टीभित्र यति धेरै अपराधीहरू जन्मेका हुँदैनथे।

न्यायलयमा बस्नेहरू पनि जिम्मेवार हुनुपर्छ। ‘चोरलाई चौतारी र साधुलाई सुली’ दिने प्रणाली फेरिनुपर्छ। जस्तो पञ्चायत कालमा अपराध गर्नेहरूलाई नेपाली कांग्रेसले सत्तामा आएपछि सजायँ दिएको भए, त्यसको असर स्वरूप कांग्रेसभित्रकै मान्छेहरू पनि अपराध गर्न डराउँथे। उसले अपराधीलाईहरूलाई चोख्याइदिएको हुनाले कांग्रेसभित्रै अपराधीहरूको जन्म भयो। त्यस्तै, पछि आउने कम्युनिष्टहरूले पञ्चायत वा कांग्रेसकालका अपराधीहरूसँग साँठगाँठ नगर्ने वा तीनलाई बहिस्किृत गर्ने गरेको भए या टाढा राखेको भए अहिले कम्युनिष्ट पार्टीभित्र यति धेरै अपराधीहरू जन्मेका हुँदैनथे।

कानून राजनीतिको एउटा स्टेशन हो। संविधान देशमा वर्गहरूको स्थिति देखाउने ऐना हो। एकमानेमा गतिशिल ऐना भन्न सकिन्छ। किनभने शक्तिको स्तर तलमाथि हुनासाथ संविधानमा तलमाथि हुन्छ। समाजको शक्ति सन्तुलन संविधानमा देखिन्छ। संवैधानिक ‘कु’ भएपनि राजनीतिक क्षेत्र बाँकी छ। फेरि म भन्छु, राजनीति खुकुरीको काट्ने हिस्सा वा धार मात्रै हो। यहाँ राजनीति सकियो र आर्थिक हिस्सा मात्रै बाँकी छ भनेर कसैले भन्दैछ भने त्यो फजुल कुरा हो। त्यो भ्रममा छ वा त्यो बेइमान हो। राजनीतिशास्त्रले अर्थशास्त्रलाई डोर्‍याउने भएकाले हामी मार्क्सवादीहरू त्यसलाई राजनीतिक अर्थशास्त्र भन्छौँ। राजनीतिको लगाम नलगाएको अर्थतन्त्रको घोडा जहाँ पनि पछारिदिन सक्छ। जस्तै अहिले पछारियो।

आत्मसमीक्षा गर्ने बेला
हामीले सुरुदेखि नै चनाखोपन देखाएर गणतन्त्रात्मक राजनीतिलाई सांस्कृतिक स्तरमा विकास गर्नका लागि समाजका विभिन्न ठाउँमा फैलाउने र सुझबुझपूर्ण ढंगले लगेको भए यस्तो दुर्घटना हुँदैनथियो। ओलीजीहरूले जुन आँट गर्नुभयो, त्यस्ता दुस्साहसहरू हुने थिएनन्। मनमा जे भएपनि उहाँहरूले गणतन्त्र मानेरै आउनुभएको हो। क्रान्तिका अगुवा र कर्णधारहरू बेहोसी हुँदा, उनीहरूले क्रान्तिका कार्यभारहरूलाई छोडिदिदा, आराम गरिदिँदा अथवा आफ्नो वर्गलाई बिर्सिदा यस्तो दुर्घटना भोग्नुपरेको हो । अस्ति सडकमा गएर बस्दा उहाँहरूले पनि महशुस गर्नुभयो होला।

ओलीजीहरूले जुन आँट गर्नुभयो, त्यस्ता दुस्साहसहरू हुने थिएनन्। मनमा जे भएपनि उहाँहरूले गणतन्त्र मानेरै आउनुभएको हो। क्रान्तिका अगुवा र कर्णधारहरू बेहोसी हुँदा, उनीहरूले क्रान्तिका कार्यभारहरूलाई छोडिदिदा, आराम गरिदिँदा अथवा आफ्नो वर्गलाई बिर्सिदा यस्तो दुर्घटना भोग्नुपरेको हो। अस्ति सडकमा गएर बस्दा उहाँहरूले पनि महशुस गर्नुभयो होला।

हामीले किसान र मजदुरहरूको एजेण्डा नछोेडेको भए, तीनै एजेण्डालाई बोकेर बसेको भए हामीलाई सडकमा कसले पुर्‍याउन सक्थ्यो? हामी पूरै बेइमान होइन, तर हामीबाट केही कमीकमजोरीहरू भएका हुन्। अब तिनै जनतासँग जानुपर्‍यो। हामीले जनतालाई ‘हाम्रा गल्ती, कमीकमजोरीहरू सच्याउदै तपाइहरूकै एजेण्डा बोकेर अघि बढ्छौँ’ भनेर प्रतिज्ञा गर्नुपर्छ। त्यसपछि यहाँ बबण्डर हुन्छ। जनताले महेन्द्रका छोरा ज्ञानेन्द्रलाई त टिक्न दिएनन्, किसानकै छोराले ‘म राजा भएँ’ भनेर स्वाङ पारेको कति दिन सहन्छन्?

कांग्रेसका केही मान्छेहरू र ओलीजीहरूलाई गणतन्त्र मन परेको थिएन। उहाँहरूको गणतान्त्रिक संस्कृति बनेको थिएन। अहिले निर्धारित चुनावलाई सबैभन्दा बढि स्वागत तिनले गरीरहेका छन्, जसको राजतन्त्रसँग सम्बन्ध छ। उनीहरू फेरि बेथिति सुरु भयो भने आफ्नो अवसर आउँछ भन्ने सोचेका छन्। तर बेथिति सुरु भयो भने आउने आन्दोलनले ककसलाई बढार्छ भन्न सकिदैन। अब आन्दोलन गरेर फेरि राजा ल्याएर राख्ने कुरा नेपालको हकमा कल्पना पनि गर्न सकिँदैन। खासगरी नेकपा र कांग्रेसका नेताहरूले बुद्धी पुउ‍याएनन् भने हामीलाई पनि जनताले फाल्दै जान्छन्। त्यसैले परिवर्तनका लागि हामीले नै बाटो सहज बनाउनुपर्छ।

हामीले जनतालाई ‘हाम्रा गल्ती, कमीकमजोरीहरू सच्याउदै तपाइहरूकै एजेण्डा बोकेर अघि बढ्छौँ’ भनेर प्रतिज्ञा गर्नुपर्छ। त्यसपछि यहाँ बबण्डर हुन्छ। जनताले महेन्द्रका छोरा ज्ञानेन्द्रलाई त टिक्न दिएनन्, किसानकै छोराले ‘म राजा भएँ’ भनेर स्वाङ पारेको कति दिन सहन्छन्?

हाम्रो निन्द्रा र संस्कृति
अब यसरी नै चल्छ भनेर भागबण्डाका बारेमा मात्रै सोचीरहेका हामीलाई यो घटनाले झसङ्ग बनाइदियो। तन्द्राबाट ब्युँझाइदियो। हामीलाई सिस्नो लगाइदियो। क्रान्तिको कार्यभार समाजवादी गणतन्त्र स्थापना गर्न हिँडेका हामीले बिच बाटोमै सबै चिज छोड्याैँ र हिजो कांग्रेसले नै लागु गरेका नीतिहरूलाई निरन्तरता दियौँ। यसबाट हामीले चेत्नुपर्छ। प्रधानमन्त्री ओलीले देखाएको अधिनायकवादको शैलीलाई नेपाली जनताले धेरै सहदैनन। अब धारमात्रै होइन, पूरै खुकुरी लाग्ने हुनुपर्छ । रुसमा क्रान्ति हुने क्रममा कम्युनिष्टहरूको संस्कृतिका विषयमा एउटा बहस चलेको थियो। उनीहरू भन्थे–जुन व्यवस्था लागु भएको छैन, त्यसको संस्कृति कहाँ हुन्छ?

कम्युनिष्ट संस्कृति त कम्युनिष्ट राज्य व्यवस्था लागु भइसकेपछि लागु हुन्छ। कम्युनिष्ट संस्कृति कम्युनिष्ट राजनीतिको समुच्चय हो। वर्नस्टिन भन्ने एकजना मार्क्सवादीले संस्कृति परिवर्तनविनाको क्रान्तिलाई क्रान्ति नै भनेनन्। सांस्कृतिक परिवर्तनबिना भएको राजनीतिक परिवर्तनलाई क्रान्ति मान्न सकिँदैन। पुँजीवादले जब पश्चिम युरोपमा राजनीतिक रुपमा विजय प्राप्त गर्‍यो, त्योभन्दा पहिले नै उसको संस्कृति त्यहाँ झ्याँगिइसकेको थियो। त्यसले गर्दा पुँजीवादलाई राजनीतिक रूपमा विजयी हाँसिल गर्न सजिलो भयो।

अहिलेको परिस्थितिबाट हामीले मनग्ये शिक्षा लिनुपर्छ। हामीले आगामी कार्यक्रम, नेतृत्व र कार्यदिशालाई विश्वास गर्नसाथ जनताले चार दिनमै सबै कुरा तमाम गरिदिन्छन्। नेकपाले आफ्नो गुमेको विश्वास आर्जन गर्नका लागि तरुण राजनीतिक कार्यक्रम ल्याउनुपर्छ। नयाँ कार्यक्रमलाई नयाँ ढंगले नेतृत्व दिनुपर्छ।

तर सर्वहारा क्रान्तिको दुर्भाग्य हो, यसो हुन पाएकै छैन। समाजवादी संस्कृति हावी भएर हामीले राज्यसत्ता लिन पाएको भए सहज हुन्थ्यो। हामी झण्डै दुईतिहाई मतसहित राज्यसत्तामा आयौँ। हाम्रो ऐयासी जीवनशैलीका कारण जनताले राजतन्त्र र समाजवादमा खासै फरक देखेनन्। अहिलेको परिस्थितिबाट हामीले मनग्ये शिक्षा लिनुपर्छ। हामीले आगामी कार्यक्रम, नेतृत्व र कार्यदिशालाई विश्वास गर्नसाथ जनताले चार दिनमै सबै कुरा तमाम गरिदिन्छन्। नेकपाले आफ्नो गुमेको विश्वास आर्जन गर्नका लागि तरुण राजनीतिक कार्यक्रम ल्याउनुपर्छ। नयाँ कार्यक्रमलाई नयाँ ढंगले नेतृत्व दिनुपर्छ। व्यक्तिको कुरा भने होइन। अमेरिकामा युवा जमातहरू वर्गी स्यान्डर्स र बेलायतमा कर्विनको पछाडि लागे। यी जवान युवा त थिएनन्। यहाँ चाहिएको जवान राजनीति। अहिले कति युवाहरू पनि यस मामलामा कमजोर सावित् भएका छन्।

भिडियो –

 

(नेपाल रिडर्सका लागि प्रकाश अजात र महेश पाण्डेयले गरेको कुराकानीमा आधारित। तस्विर/भिडियो: महेश पाण्डेय)

फेसबुकबाट तपाईको प्रतिक्रिया