Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वामपन्थीको चिठी रामपन्थीलाई

अत : राम नै हाम्रो टुंगो हो भने यी तमाम संघर्ष र क्रान्ति किन? ती कथाहरूको महिमा किन? मार्क्सको ब्यानरमुनि राम भजनको टन्टा किन? सारा वैज्ञानिक चिन्तन र मार्क्सवादका जटिल क्लिचेहरूको लन्ठा किन? किन भौतिकवादको भाउँतो?

प्रकाश अजात प्रकाश अजात
कार्तिक २७, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रिय कमरेड,

    जय श्रीराम  कि लालसलाम भनौ, अभिवादन गर्न नै मलाई सकस भयो। तथापी  पत्र पठाउँदैछु, पढ्नु होला।

    कार्लमार्क्सको ‘कम्युनिष्ट घोषणापत्र’ अझै पनि तपाईंको ‘रामझुपडी’को कुनै शो-केसमै होला भन्ने ठानेको छु। किनकि २०४६ सालको जनआन्दोलनताक खुलामञ्चको कुनै कम्युनिष्ट सभामा जुन जोसमा तपाईं र मलगायत साथीहरू पुगेका थियौं। त्यहाँ मदन भण्डारी भन्दैथिए- गरीव जनताबाट लिइएको करबाट मन्दीरमा गजुर थप्ने र यज्ञ लगाउने राजामहाराजाहरु हाम्रा प्रमुख शत्रु हुन्। भौतिकवादी पनि भएका नाताले हाम्रो लडाइँ तिनै धर्मभिरु र शोषकहरु विरुद्ध हो।” ‘तिनै धर्मभिरु र शोषकहरु विरुद्ध लड्ने’ जोसमा तपाईं र मैले खुलामञ्चको गेटैनिरको एउटा घुम्ती किताब–पसलबाट मार्क्सवादका केही महत्वपूर्ण पुस्तक किनेका थियौं। उसो त पुष्पलालका रचनाहरू, माओ, लेनिन र होची मिन्हका केही कृतिहरू पनि तपाईंको सर्वहारे–कोठाभित्रको ‘बाँसे दराज’मा मैले कुनै दिन देखेको थिएँ। तपाईंले ती किताबहरू साँच्चै पढ्नुभयो या पढ्नुभएन थाहा भएन, ढोग्नकै लागि पुजाकोठामा रातो कपडाले किताब बेरेर राख्ने कुनै रैथाने–देवभक्तजस्तो चाहिँ तपाईं होइनजस्तो लाग्छ।

    यी कृतिमात्रै होइनन्, पातला र जोसिला कमरेडहरूले भूमिगत कालमा पञ्चायतको आँखा छल्दै छापेका कमरेडी–अखबारहरूमा भौतिकवादबारेका लेखहरूले हामीलाई बिछट्टै भौतिकवादी बनाएको थियो। त्यतिखेर धार्मिक र सांस्कृतिक कुरितीको हामी खुलेरै विरोध गर्थ्यौं। “मानिसको अन्तराष्ट्रिय जाति हुनेछ” गीत गाउथ्यौं। ‘आफ्नो पुर्खाले आर्ज्याको राज्य’मा कुनै सामन्तले लुट मच्चाउँदा सोही राज्यका लागि लडेर मर्ने जनताका छोराछोरीले भने दुई छाक टन्न खान पनि नपाउने व्यवस्था गलत छ भनेर प्रशासनलाई छलिछलि रातबिरात गाउँगाउँमा हामीलाई कमरेडहरूले दिएका जोसिला वैचारिक कक्षाहरूले हामीलाई कम्युनिष्ट बनाएको थियो।

    ‘पदार्थले नै चेतना निर्माण गर्छ। पदार्थको विकासको सिलसिलामा विचार र क्षमता भएको मानिस/मानव समाजको उत्पत्ति हुन धेरै वर्ष लाग्यो’ भनेर हामीलाई कमरेडहरूले बताएका थिए। यो विज्ञानवादी धारणा थियो, अनिश्वरवादी विचार थियो। हाम्रा प्रशिक्षणहरूमा न राम आउँथे, न रहिम। हाम्रा कोही देउता थिएनन्। हामी समाजलाई जोड्ने असल संस्कृतिहरूको विरोधमा थिएनौँ तर खासगरी मध्ययुगमा धार्मिक जडताका कारण करोडौँ मान्छेहरू मारिएको र अन्धविश्वासमा जकडिएको सत्य हामीसँग थियो। अतः हामी क्रान्तिकारीहरूको त धर्म पनि थिएन। हाम्रा अनेकौँ शिक्षक थिए, तीमध्ये एक थिए, कार्ल मार्क्स।

    समाजमा भएका होचो र अर्घेल्याइँ हामी भौतिकवादको कसीमा हेर्थ्यौं। पृथ्वी सबैको साझा हो र धर्तीका सम्पूर्ण साधन र स्रोतहरूमा सबैको समान हक लाग्छ भन्ने महान आदर्शबाट प्रेरित थियो हाम्रो आन्दोलन। तर त्यो आदर्श विपरित संसारमा शोषण र विभेद व्याप्त थियो, जुन आज पनि छँदैछ। र, त्यस्तो असमानता हटाउनका लागि मान्छेले नै कदम उठाउनुपर्छ भन्ने मार्क्सवाद र हाम्रो पनि ठहर थियो। कथाका राम, हनुमान, जिसस या मोसेसहरूले दुनियाँलाई मुक्ति दिलाउन सक्दैनन् भनेरै हामी बर्खा, भेल, आँधी, भोकप्यास, निन्द्रा र रोगसमेत नभनी हिडेंका थियौं। यो कुनै फिल्मी कथा थिएन, भौतिकवादी–कम्युनिष्ट आदर्शबाटै प्रेरित भएर हामी साँच्चै अप्ठेरा बाटाहरू हिडेंका थियौं। सामाजिक न्याय स्थापनाका लागि हामी मर्न र मार्न तयार थियौं। हाम्रा कति कमरेडहरू मारिए, तपाईं हामीमध्ये कोही आज झुक्किएरै बाँचेका हौं।

    पृथ्वी मान्छेलगायत सबै प्राणीहरूको आश्रयस्थल हो। र, मान्छेहरूको समाज रहेको यो पृथ्वीमा जे हुन्छ, त्यसको मूल कारण प्रकृति, शक्ति, सत्ता र पैसा हो। हाम्रो भाग्य र भविष्य कुनै दैत्य वा देउताले निर्धारण गर्दैन भनेर हामीलाई उतिखेरका जोदाहा कमरेडहरूले सिकाएका थिए। कुनै अदृश्य शक्तिको सराप र प्रतापका कारण यस धर्तिमा कोही धनी, कोही गरीब, कोही मालिक र कोही दास हुँदैन भनेर नै कमरेडहरूले पढाएका थिए। हामीले शोषणका जराहरूको वैज्ञानिक कारण पर्गेलेका थियौं, त्यसकारण हामी कम्युनिष्ट थियौं, मार्क्सवादी थियौं।

    प्रिय कमरेड,

    के आज तपाईं–हामी त्यही भौतिकवादी–मार्क्सवादी विचारले निर्देशित छौं? ३–४ दशकअघि हामीले गाएको ‘उठौं, जागौं, ए भोकानाङ्गा’को भाकाको भाव हामीले मनन गरेका छौं? ‘हाम्रा देवता भनेका नबोल्ने ढुङ्गा देवता होइनन्, जिवित र बोल्ने जनता हुन्’ भन्ने कमरेड मदन भण्डारीको भनाइलाई हामीले आज आत्मसाथ गरिरहेका छौं? कि हामी ‘राजनीति भनेको जेसुकै गरेर वा जेसुकै भनेर भएपनि शक्ति हत्याउनु हो भन्ने’ डरलाग्दो निचोडमा पुगेका छौं?

    कमरेड, भौतिक सुख र समृद्धि सबैको सपना हो। अझ तपाईं हामी त पूर्ण भौतिकवादी। यही जीवनमा संसारका सबैको जीवन सुखमय र न्यायमय होस् भन्ने हाम्रो कल्पना हो। तर पहिले नै अनेक झुटहरूमा अल्मलिएका जनतालाई हामी आफ्नो सत्ता र भौतिक सुखका लागि फेरि कसरी ढाँट्न सक्छौं? विज्ञान र भौतिकवादकै वकालत गर्ने हामी विज्ञान र उच्चतम् मानवीय चेतनाविरुद्ध कसरी जान सक्छौं? भौतिक, प्राकृतिक र समाज विज्ञानका लाखौं अमूल्य किताबसँग रामायणलगायतका श्रुति–स्मृतिमा आधारित लोककथाहरू कसरी साट्न सक्छौँ? हामी त संसारलाई एउटा साझा घर देख्ने कम्युनिष्ट, पूरातन धार्मिक र साम्प्रदायिक मान्यताहरूलाई कसरी बोक्न सक्छौं?

    लेनिन भन्थे, ‘धर्म फलहीन फूल हो।’ एंगेल्स भन्थे, ‘धर्म मानिसको दिमागमा परेको भ्रमपूर्ण छाप हो। धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो।’ अनि हाम्रा हेडसर मार्क्स भन्थे, ‘धर्म मानिसको नशा–नशामा छ। धर्म जनताको लागि ‘अफिम’ हो। त्यसकारण त्यसलाई मानिसले हटाउन गाह्रो छ। तर त्यो नहट्दासम्म श्रमजीवी बर्गको बीचमा एकता हुनै सक्दैन। एकता भैहाले पनि उनीहरू त्यो दमनको बिरोधमा ओर्लिन सक्दैनन्। किनकी उनीहरूलाई त्यो धर्मले जेलिरहेको छ।’

    नेपाली कम्युनिष्ट आन्दोलनका हेडमास्टर पुस्पलाल पनि त्यसै भन्थे, ‘सामन्ती स्वार्थ साँध्न अन्धविश्वास भय, त्रास, र पुरानो संस्कारको अवशेषको फलस्वरूप मानिसद्वारा नै सिर्जिएको विषय हो ईश्वर। जस्तो कि घरमा श्राद्ध गर्न लागेको बखत बिरालोले भान्सा छोइदिने डरले त्यसलाई बाँधेको देखेर त्यस घरका पछिल्ला पिढींहरूले पनि श्राद्धको दिनमा बिरालो बाँध्नुपर्छ भन्ने बुझे। पछिपछि त श्राद्धमा बिरालो बाँध्नै पर्छ भन्ने मान्यता स्थापित हुन गएछ। यस्तै गरी ईश्वर भन्ने कुरा सत्यतथ्य रहीत काल्पनिक झुट्टा हो। तर यहाँ अन्धविश्वासले काम गरिरहेको छ। ‘मान्नुपर्छ’ भन्ने सदियौं पहिले देखिको विश्वासले मान्छेको दिमागमा घर गरेको छ।’

    कमरेड, तर माथिका हाम्रा शिक्षकहरूले भनेभन्दा बेग्लै तस्वीरहरू देखें मैले। अस्ति भर्खर माडीमा राममन्दिरको ‘प्राणप्रतिष्ठा’ कार्यक्रममा तपाईं थपडी बजाइरहनु भएको थियो। त्योभन्दा अझ पहिले पशुपति मन्दिरको जलहरीमा सुन दल्ने कार्यक्रममा पनि पशुपतिको मूलगेटमै जुम्ला हात गरेर बसिरहनुभएको थियो। कोरोनाकै बीचमा काठमाडौंबाट चितवनको ठोरीतर्फ हिँडेको राजकीय–शोभायात्रामा पनि मैले लालकृष्ण अडवाणी होइन तपाईंलाई देखें। ‘जय श्रीराम’ को नारा लगाउँदै केशरी झण्डा बोकेर गाडीको पछाडि तुर्लुङ्ग झुण्डिरहेका  हनुमान होइन, अनेकन कामरेडहरु देखें।

    र, म बडो अन्यौलमा परेको थिएँ। तपाईं र तपाईंहरूको यात्रा कहाँसम्म होला भनेर मैले त्यतिखेर गम खाएँ। किनकि, तपाईं र मैले पढेका सारा किताबहरूमा यी सबै हर्कतहरू वाहियात थिए। युट्युबतिर पाइएला कतै, कमरेड मदनकै भाषण सुन्नुहोस्। उनले भनेका छन्, ‘भोका जनताको सेवा कम्युनिष्टको कर्तव्य हो। गरीब जनताको करबाट मन्दिरमा गजुर थप्ने र यज्ञ गराउने राजा–महाराजाहरु हाम्रा शत्रु हुन्। हाम्रो लडाइँ ती विरुद्ध हो।’ कमरेड, मन्दिरको गजुरमा टल्किने सुनका कति झुप्पडपट्टीहरूमा घरमा बदलिएलान्, अनुमान गर्नुभएको छ?

    कमरेड!  ए मेरा प्यारा कमरेड!!

    राम थिए भने सिता पनि थिइन्। यदि सिता थिइन् भने नारद, व्रम्हा र सत्यलोकसमेत थियो। यदि सत्यलोक थियो अथवा छ भने मार्क्सवाद वा जबजबाट हामीले त्यो सत्यलोक कसरी प्राप्त गर्ने? त्यसको व्रतविधि के हो? त्यस्तो ‘सत्यलोक’ प्राप्त गर्न हामीले श्रीरामकै मात्र पुजा गरे हुन्छ कि हनुमान, सिता र लक्ष्मणको पनि गर्नुपर्छ? व्रतका लागि दान दक्षिणा, नैवेद्य आदि पनि चाहिएलान्। ती सबै हामीले कहाँबाट प्राप्त गर्ने? प्रसाइँ, गोल्छा, दुगडहरूका ढुकुटीमा यी द्रव्य, दक्षिणा र नैवेद्यहरू छन् कि छैनन् कमरेड?

    अत : राम नै हाम्रो टुंगो हो भने यी तमाम संघर्ष र क्रान्ति किन? ती कथाहरूको महिमा किन? मार्क्सको ब्यानरमुनि राम भजनको टन्टा किन? सारा वैज्ञानिक चिन्तन र मार्क्सवादका जटिल क्लिचेहरूको लन्ठा किन? किन भौतिकवादको भाउँतो? पाथिभाराको पुजा, रामसिताको रमिता र पशुपतिको प्रसाद नै दुखियाहरूको मुक्तिको अकण्टक स्रोत हो भने यी सारा प्रपंचहरूको के अर्थ? दुनिया हेर्न, बुझ्न र व्याख्या गर्न द्वन्द्वात्मक भौतिकवाद कि रामसीता भजनवाद?

    कमरेड, यति लामो गन्थनपूर्ण चिठी टुंग्याउँदै यति भन्न चाहेंः दुईटा डुंगामा गोडा राखेर हामी कहाँ पुग्न चाहेको? ठोरीमै पुगेर हाम्रो भौतिकवादी यात्रा सकिने हो भने त ठीकै छ।

    किनकि यात्रा सकिएपछि टहल्न र बहकिनका लागि धेरै छन् चितवनमा। परमार्थ सुधार्ने आश्वासन बाँड्ने थुप्रै पण्डाहरूका आश्रयस्थल र मरणघाटहरू समेत छन् ठोरी आसपास। र, देवघाट पनि त्यहीं नजिकै छ। तर मलाई मृत्युपछिको तथाकथित स्वर्गको एक चिम्टि पनि लोभ छैन। यही संसारलाई न्यायपूर्ण र स्वर्गसमान बनाउने अभिप्सा छ। कमरेड, तपाईंलाईं चाहिँ केको रहर छ? पत्रको चित्तबुझ्दो उत्तरको अपेक्षामा छु।

    उही तपाईंको पुरानो वामपन्थी कमरेड

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रकाश अजात

      प्रकाश अजात

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.