Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सत्तामा हुँदा पनि उत्तिकै विनम्र नेहरू

हामीलाई जति अक्सिजनको जरुरत हुन्छ, उति नै सभ्यता र शालिनताको पनि, तर त्यो अति दुर्लभ छ। निन्दा, कटाक्ष, कटुक्ति: यसबाट आज भाषा क्षतविक्षत भएको छ। मिथ्याचरले भाषालाई मूर्छित बनाइदिएको छ।

अपूर्वानन्द अपूर्वानन्द
जेष्ठ १६, २०७८
- राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘महामारीमा हामीलाई शालिनताले मात्र बचाउन सक्छ,’ अल्बेयर कामुले ठीकै भनेका थिए। हामीलाई जति अक्सिजनको जरुरत हुन्छ, उति नै सभ्यता र शालिनताको पनि, तर त्यो अति दुर्लभ छ। निन्दा, कटाक्ष, कटुक्ति: यसबाट आज भाषा क्षतविक्षत भएको छ। मिथ्याचरले भाषालाई मूर्छित बनाइदिएको छ।

    जसरी अहिले मानिसहरूको जीवनको रक्षाका उपायहरू खोज्नुपर्ने अवस्था आएको छ, त्यसैगरी भाषाको पनि संरक्षण गर्नुपर्ने भएको छ। किनकि सामाजिक र राजनीतिक व्यवहारमा भाषाको महत्वपूर्ण भूमिका छ। यसर्थ, तत्काल भाषाको संरक्षण गर्न जरुरी भएको प्रतित भइरहेको छ।

    हामीले गुमाएको स्वभावलाई हासिल गर्ने स्रोतसम्म जान २७ मेभन्दा राम्रो अरु कुन अवसर हुन सक्ला? किनकि गत २७ मे जवाहरलाल नेहरुको मृत्यु तिथि हो।

    आचरणको पहिलो सर्त : सभ्यता

    नेहरूको मृत्युको खबर सुनेर नेहरूको समाजवादी राजनीतिको सबैभन्दा ठूलो विरोधी राजा राजगोपालाचारीले भने, ‘म भन्दा ११ वर्ष कान्छा, राष्ट्रका लागि मैले भन्दा ११ गुणा बढी महत्वपूर्ण र राष्ट्रको मभन्दा ११ सय गुणा प्यारो नेहरू अचानक हाम्रो बीचमा रहेनन्। म …यो शोकको झट्का सहनकै लागि बाच्नु परेको रहेछ। अगाडि उनले भने, ‘एक प्यारो साथी र हाम्रो बीचका सबैभन्दा सभ्य व्यक्तिले हामीलाई छाडेर गए, ईश्वर, हाम्रा मानिसहरूको रक्षा गर!’

    राजाजीले सन् १९५९ मा स्वतन्त्र पार्टीको स्थापना गरेका थिए र उनलाई साँचो अर्थमा नेहरूको इमान्दार र दक्षिणपन्थी आलोचक मान्न सकिन्छ। आर्थिक नीतिहरू र आधुनिकताको अवधारणालाई लिएर पनि उनी नेहरूको कडा आलोचक थिए। फेरि पनि उनी नेहरूको महत्वलाई बुझ्दथे।

    आफ्नो पार्टीको स्थापना अघि राजाजीले भनेका थिए, ‘मलाई यसभन्दा अधिक सन्तोष अरु कुनै कुरामा छैन कि आम रूपमा जो श्री नेहरुमाथि आक्रामक भएको भनिन्छ, म त्यसबाट बच्न सक्छु। यो नै भारतको वर्तमान र भविष्यको हितमा छ…यो ईश्वरको कृपा हो कि यस समय भारतमा एक यस्तो व्यक्ति छन्, जसलाई असल मानिसहरूले नै आफ्नो आदर्श मान्छन्।’

    नेहरु आफैँ भने व्यक्तिपूजाको कट्टर विरोधी थिए। तर राजाजीले जस्तै मुक्तिबोधले सन् १९५७ ‘दुनघाटीमे नेहरू’ नामक आफ्नो निबन्धमा लेखेका छन्, ‘व्यक्तित्व–पूजाको धिक्कारको यस युगमा पनि, युवाहरू यदि पण्डित नेहरूमा आफ्नै झलक देख्छन् भने पनि त्यसमा आश्चर्य के छ र? एक पटक मलाई बीस वर्षका एक नौजवानले सोधे, ‘नेहरूजी रातमा के सोच्दै–सोच्दै सुत्लान्?’

    लोकसभाको त्यो एउटा बहस

    नेहरुको सौभाग्य थियो कि प्रायः उनका आलोचकहरू पनि उनीजस्तै सभ्य र शालीन थिए। नेहरु आफैँले भनेका थिए कि ती सबै गान्धीयुगका मानिस थिए, जसको आचरणको पहिलो सर्त नै सभ्यता थियो।

    कहिलेकाहीँ यो सभ्यता यति हावी हुन्छ कि यसले तपाईंलाई राजनीतिक रूपमा नै अवरुद्ध पारिदिन्छ। त्यही भएर होला, हिरेन मुखर्जीले भनेका थिए ‘जवाहरलाल नेहरू सफल राजनेता हुन सकेनन् किनकी राजनीतिमा सफलताका लागि जुन असभ्यता चाहिन्छ, नेहरू त्यसका लागि सर्वथा अयोग्य थिए।’

    केसी कालकुराले आफ्नो एक लेखमा सन् १९५२ को लोकसभामा भएको एक बहसलाई वर्णन गरेका छन्, जतिखेर नेहरू राजनीतिमा चम्किरहेका थिए।

    बुदाराजु राधाकृष्णले तेलगु भाषामा लेखेको किताबको एक अंश हो यो वर्णन। बुदाराजु उतिखेर स्नातक कक्षाका छात्र थिए र आफ्नो शिक्षक सर्वपल्ली गोपालले भनेपछि दिल्ली भ्रमणका दौरान लोकसभाको बहस हेर्न गएका थिए।

    नेहरु सरकारी बेञ्चमा थिए। बहसको दौरान एक सदस्य उठे र भने ‘यदि सरकार मेरो अलावा कुनै संस्थान वा विश्वविद्यालयलाई ४ करोड रुपैयाँ दिन सक्छ भने बिना कुनै अपेक्षा म हरेक बाधा अड्चनका बावजुद आणविक विज्ञान/उर्जामा आफ्नो देशलाई अगाडि लैजान सक्छु।

    ती सदस्य थिए वैज्ञानिक साहा। तत्कालै नेहरू उठे र एकदमै रिसाएर उनलाई भने ‘जुन देशमा अहिंसाको बाटोबाट मुक्ति हासिल भयो, यहाँ यस्तो मूर्खतापूर्ण विचार कबूल गर्न सकिँदैन।’ त्यहाँ अन्यौलता छायो र कसैले एक शब्द पनि बोलेन।

    त्यसपछि नेहरुले सोही बैठकमा संयुक्त राष्ट्रसभाको एक पत्र पढे, जसमा एक अन्तर्राष्ट्रिय सम्मेलनको तयारीको शिष्टमण्डलको नेतृत्वका लागि तिनै साहालाई प्रस्तावित गरिएको थियो। नेहरुले प्रस्तावको समर्थन गरे। तर लोकसभाका अध्यक्षले किंचित हाँस्यका साथ सोधे, ‘आखिर ती माननीय सदस्य अहिले कहाँ छन्?’

    मानिसहरूको ध्यान साहाको ‘वाक आउट’ माथि गएको थिएन। नेहरुले अध्यक्ष मावलंकरसँग आधा घण्टाको समय मागे र आधा घण्टापछि उनी फेरि साहासँगै सदनभित्र प्रवेश गरे। साहाले संसदमा भने, ‘यो बिल्कुल उचित हुँदैन कि एक मूर्ख व्यक्ति संयुक्त राष्ट्र संघमा यस महान देशको प्रतिनिधित्व गरोस्।’

    नेहरुले भने, ‘मैले उनलाई मूर्ख भनेको होइन, बरु उनको विचारलाई मूर्खतापूर्ण भनेको हुँ। संसदीय प्रक्रियाका बारेमा जे लेखिएको छ, त्यसअनुसार मूर्ख शब्द आफैँमा असंसदीय हो, तर मूर्खतापूर्ण भन्ने शब्द भने त्यस्तो होइन। यसैपनि यदि मजस्तो मूर्खले उनका लागि त्यस्तो शब्द प्रयोग गरेपनि उनीजस्तो महान व्यक्तिले त्यसलाई प्राथमिकता दिनुचाहिँ न्यायपूर्ण छ त?’

    सत्तापक्षका लागि संयमता जरुरी

    आफ्नो अपार लोकप्रियताका बावजुद र संसदमा भारी बहुमतमा रहेर पनि भारतको राजनीतिमा संसदीय आचरणलाई दृढताका साथ अंगाल्नुलाई नेहरूले आफ्नो जिम्मेवारी मानेका थिए। आफ्नो अपार लोकप्रियता हुँदाहुँदै र संसदमा भारी बहुमत हुँदाहुँदै पनि नेहरूको जिम्मा भारतको राजनीतिमा संसदीय आचरणलाई बलियो बनाउनु पनि थियो।

    संसदीय व्यवहार अर्थात् संवादका लागि सधैं तयार रहनु र अल्पदेखि अल्पमतलाई पूर्ण सम्मान गर्नु। संसदीय लोकतन्त्रको अभ्यास सबैभन्दा कठिन कार्य हो, किनकि यसमा बहुमतको बावजुद सत्तापक्षलाई संयमित हुने जिम्मेवारी पनि हुन्छ।

    नेहरुले यस बारेमा भनेका छन्, ‘हामीले संसदीय लोकतन्त्र जानीबुझीकन अपनाएको यसकारण होइन कि पहिले पनि हामी लगभग यस्तै सोच्थ्यौैँ। बरु नयाँ परिस्थितिहरू र देशकालको हिसाबबाट परिवर्तित समयलाई स्विकारिएको हो।’

    नेहरुका अनुसार संसदीय लोकतन्त्रका लागि ‘सहकारिता, आत्मानुशासन र आत्मसंयम सबैभन्दा अधिक जरुरी छ।’ ध्यान रहोस्, उनले यो नियन्त्रण र संयमता बहुमतधारी सत्तापक्षका लागि जरुरी भएको बताएका हुन्, विपक्षीका लागि होइन।

    अर्को एउटा उल्लेख्य एक घटना पनि छ। उनका पुराना मित्र र पछि विरोधी भएका आचार्य कृपालानीद्वारा संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिएको थियो। संख्याका हिसाबले आचार्यको पार्टी अति सानो थियो। तर नेहरुले उनको प्रस्तावमाथिको पूरै बहस ध्यान दिएर सुने, एकपछि अर्को आक्रामक वक्तव्य सुने।

    तर नेहरूले उनको प्रस्तावको खिल्ली उडाएनन्, बरु गम्भीरतापूर्वक सबै आरोप र आक्रमणहरूको उत्तर दिए।

    मर्यादासंगत आचरण

    संसदीय आचरणको मतलब केवल संसदमा कसरी व्यवहार गर्ने भन्ने कुरामात्र होइन। यो सम्पूर्ण राजनीतिक व्यवहारमा देखिनुपर्छ। तपाईं आफ्नो पद र आफ्नो शक्तिको कुनैपनि तरिकाले लाभ नउठाउनुहोस्। यदि तपाईं कुनै कामलाई ठीक सम्झिनुहुन्छ तर त्यसले राजनीतिक र सामाजिक व्यवहारमा कुनै प्रकारको शंका उब्जाउँछ भने त्यसलाई छोड्नुमा कुनै हिचकिचाहट नदेखाउनुहोस्।

    सन् १९५७ को आम चुनाव पहिलेको एक विस्मृत प्रकरण यहाँ उल्लेख गर्छु। सतारा भन्ने ठाउँमा शिवाजीको प्रतिमाको अनावरण गर्नका लागि नेहरूलाई केही मानिसहरूले बोलाएका थिए। त्यस विषयमाथि अनेक विवाद निक्ले। नेहरूलाई अनेकौँ पत्र प्राप्त भए। ती पत्रहरूमा भनियो कि त्यस कार्यका लागि नेहरू उपयुक्त छैनन् किनकि ‘भारतको खोज’ नामक उनको पुस्तकमा उनले शिवाजीको चित्रण ठीक तरिकाले गरेका छैनन्।

    श्रीपाद अमृत डांगेले पनि आपत्ति जनाए। नेहरुले चाहेको भए यी सबै टिप्पणीहरूलाई किनारा लगाएर कार्यक्रममा जान सक्थे। तर उनले आलोचकहरूलाई धैर्यतापूर्ण जवाफ दिए र बताए कि जब उनले जेलमा बस्दा सो किताब लेखेका थिए। उनीसँग त्यतिखेर सीमित स्रोत थियो। र, पछिका संस्करणमा उनले आफ्नो किताबमा संशोधन पनि गरे।

    डांगेलाई नेहरूले अलग्गै चिठी पनि लेखे र सोधे कि के डांगे साँच्चिकै उनको बारेमा यस्तै सोच्छन्? आफ्नो तर्फबाट स्पष्टिकरण दिएपनि नेहरू प्रतिमा अनावरण कार्यक्रममा गएनन्। चुनावभन्दा ठीक पहिले त्यस्तो कार्यक्रममा जानुको अर्थ एक विशेष वर्गलाई रिझाएको बुझ्न सकिने र त्यसो गर्नु मर्यादासंगत आचरण हुँदैन भन्ने तर्क गरे उनले।

    गान्धीका प्रिय: जवाहर

    नेहरूको छवि एक अभिजात व्यक्तिको जस्तो बनाइएको थियो, जो धेरै विलासीपूर्ण जीवन जिउँछ। तर नेहरू सुरुचिपूर्ण जीवन बाँच्थे, जसमा कतै पनि आडम्बर थिएन। उनका समकालिनहरूमध्ये उनीको जीवन अति नै सादगीपूर्ण थियो।

    मलाई एउटा किस्सा याद आउँछ। इन्दिरा गान्धी युरोपमा थिइन्। उनको खर्चका लागि नेहरू जति रकम पठाउँथे, त्यो उति धेरै थिएन। र, नेहरूको किताबको रोयल्टीबाट सो पैसा आउँथ्यो। नेहरुले आफ्नो छोरीलाई लेखे, ‘म त मोतीलालको छोरा थिएँ तर तिमी त जवाहरलालकी छोरी हौ, त्यति नै पैसाबाटै काम चलाउनुपर्छ छोरी।’

    नेहरूको शालिनताको एक पक्ष विनम्रता र त्याग पनि थियो। उनको विनम्रता ‘भारतको खोज’को यस अंशमा देख्न सकिन्छ :
    ‘भारतको खोज–आखिर मैले के नै खोजेको छु र? यो त मेरा लागि अत्यन्त अहंकारपूर्ण कुरा हो कि म भारतको खोज गर्ने दाबी गर्छु। भारत आज के हो र अत्यन्त प्राचीनकालमा भारत के थियो? ४० करोड स्वतन्त्र पुरुष र महिलाहरू त व्यक्ति हुन्। र, ती प्रत्येकसँग अलग र निजी विचार छन्, भावनाको दुनियाँमा उनीहरू लीन हुन्छन्। आज त यस्तो छ भने अनगिन्ति पीढिको बहुलतापूर्ण बिगतलाई बुझ्ने कुरा झनै कति कठिन होला? त्यसो हुँदाहुँदै पनि यिनीहरूबीचमा यस्तो कुनै चीज छ, जसले उनीहरूलाई एक अर्कासँग हिजो बाँधेको थियो र अझै पनि जोडेको छ।’

    एक खोजी, अन्वेषक सधैं आश्चर्यचकित भएर प्रस्तुत हुन्छ। साहसबिना विनम्रता प्राप्त हुँदैन। यही कारण थियो कि महात्मा गान्धीले सन् १९२९ मा कांग्रेस अध्यक्षका लागि उनको नाम प्रस्तावित गर्दै भने,

    ‘बहादुरीमा उनीभन्दा अघि कोही जान सक्दैन। देशलाई माया गर्ने सवालमा उनीसँग कसले प्रतिस्पर्धा गर्न सक्छन्?
    त्यो व्यक्ति निश्चितै अतिवादी हो, जो आफ्नो समयभन्दा धेरै पछिसम्मका कुराहरू सोच्न सक्छन्। तर उनी विनम्र र व्यवहारिक दुवै छन्।
    उनी एक स्फटिकजस्तै शुभ्र र पवित्र छन्। उनी एक निडर र निर्दोष शुरबीर हुन्। राष्ट्र उनको हातमा सुरक्षित छ।’

    जसको हातमा गान्धीले आफ्नो प्रिय भारतलाई सुरक्षित मानेर सुम्पेका थिए, गान्धीले यी शब्दहरू बोलेको ४५ वर्षपछि यो ‘पवित्र, शुभ, निडर र निर्दोष शुरबीर नेहरु’, गान्धीकै शब्दमा उनको ‘हिन्दको जवाहर’ जब विदा भए, तब गान्धीका आध्यात्मिक उत्तराधिकारी राजाजीले ठीकै भने, ‘ईश्वर अब हाम्रा मानिसहरूको रक्षा गर!’

    द वायरको हिन्दी संस्करणबाट मेनुका बस्नेतको अनुवाद

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अपूर्वानन्द

      अपूर्वानन्द

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.