Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मिथ्या मिथक र क्षणभंगुर ओली अट्टहास

रोबोट सम्बाहाङ्फे रोबोट सम्बाहाङ्फे
फाल्गुन ६, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    लेनिन, चेग्वेभारालगायतका क्रान्ति नायकहरू समाजवादी क्रान्तिको सिमितता निश्चित क्षेत्र वा कुनै देशभित्र मात्र हुन्छ भन्ने कुरामा बिस्वाश गर्दैनथे । बरु यसलाई अर्न्तरास्ट्रिय सर्बहारा वर्गहरूबीच निरन्तर निर्यात गर्नका लागि सच्चा कम्न्युनिस्टहरू वर्गीय मुक्तिको लागी निरन्तर संघर्ष र आन्दोलनमा अघि बढी रहनु पर्दछ भन्ने कुरामा बिस्वाश गर्दथे। वास्तवमै उनीहरूले सही भनेका थिए। संघर्ष र आन्दोलनको अन्त्य आज पनि भएको छैन।

    अब पनि हामी क्रान्तिप्रति निष्ठावान रहँदै प्रतिक्रान्तिबिरुद्ध निरन्तर आन्दोलनका मोर्चाहरूमा निरन्तर खडा हुनु पर्नेछ। विश्व राजनीति संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको यस घडीमा युरोपियन युनियन विघटनतिर अग्रसर छ। विश्वका कैयन देशहरूमा उदाएको पछिल्लो नवअन्धराष्ट्रवादले उदार लोकतन्त्रमाथि धावा बोल्दछ । हाम्रा सिमित उपलब्धिहरूमाथि पनि प्रहार गर्दैछ ।

    तर ट्रम्पजस्ता हुल्लडबाज र अन्धराष्ट्रवाद केहि समय देखिए । तर त्यहाँका जनताले अन्तत : जो बाइडनले जिताएर ट्रम्पको दक्षिणपन्थलाई परास्त गरेको छ । पश्चिमा देशहरूमा देखा परेका हुल्लडबाज र अन्धराष्ट्रवादको प्रतिछाँया नेपालको राजनीतिमा पनि देखिएको छ । नेपालको सत्ता हुल्लडबाजको हातमा छ, जतिखेर हामी हामी पूँजिवादी र दलाल अर्थव्यवस्थाको दलदल, जात, लिंग र धर्मको शोषणले घेरिएका छौं।

    बस्तुत : हामी प्रतिक्रान्तिकारी, बिखण्डनवादी र हुल्लडबाजहरूको स्वप्न–अराजकताको सिकार भएका छौं। यस्सो हेर्दाखेरि यो जुन रंगीन, बहुआयामी, झिलमिल जस्तो देखिएको छ। लडार्इँ त नियमित प्रक्रिया हो । तर अहिलेको परिस्थिति एकदम गम्भीर छ । र, अहिले निरंकुश तानाशाहका रूपमा ओली झुट र फरेबको ‘अश्वमेध यज्ञ अभियान’ चलाइरहेका छन् ।

    अभिमन्यू

    अराजकता, भोगचलन र ऐसआरामको वातावरणमा विचार सुन्यताको पवद्र्धन हुन्छ । यथार्थमा शासन, सत्ता ,शासक वर्ग एक संगठित प्राविधिक प्रबन्धकीय प्रणाली हो, जहाँ केहि मुट्ठीभर तानाशाहीरू अपारदर्शी आर्थिक, राजनीतिक समीकरणको जगमा अस्थिरता र अराजकताको पृष्ठभूमि निमाण गर्दै भोगविलास गरिरहन्छन् । राज्यभोग, सत्ता, शक्ति र भोगविलासको लागि चक्रव्यूह रचना गरी भव्य जीवन व्यतित गर्ने प्रत्येक ‘हाइना प्रवृत्ति’को बिरोधमा उभिने हरेक अभिमन्युले महसुस गर्छ कि ऊ एक मात्र सत्ता विरोधी हो ।

    – रोबोट सम्बाहाङ्फे

    महाभारतमा अभिमन्युबाट चक्रव्यूह तोडिएको छैन बरु अभिमन्युको मृत्यु भएको छ । आजसम्म पटक–पटक नारायणहिटी दरबार, बालुवाटार र शितल निवासहरूमा यही चक्रव्यूह रचना भएको इतिहास छ। निरंकुश तानाशाह ओलीको अहिलेको ‘अश्वमेध महायज्ञ’मा पनि दिल्ली दरबारबाटै पुजा सामग्री ढुवानी भइरहेको छ भन्दा अन्यथा हुँदैन । दुई तिहाई जनमत प्राप्त सरकारको क्षय, जननिर्वाचित सार्वभौम संसदको बिघटन र लोकतान्त्रिक मूल्य मान्यतामाथिको अवमुल्यनलाई नियाल्ने केहि आँखाहरू यहि यज्ञको धुवाँमा धुमिल छ । नेपाली इतिहासलाई खोतल्दा नेपाली जनता यस्तैयस्तै चक्रव्यूहमा बध गरिने निर्दोष अभिमन्यु हो।

    शासनको सतरंज

    महाभारतमा श्रीकृष्णको भूमिका महत्वपूर्ण देखाइएको छ । सम्पूर्ण कुरुक्षेत्रको युद्धमा उनि अजेय छन्। यता, नेपाली राजनीतिका अनगिन्ती युद्धहरू र वर्तमान समयका संकटहरूमा पनि अदृश्य कृष्णको भूमिका अजेय छ। करिब एक शताप्दीभन्दा बढीको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा जनता अभिमन्युको नियति भोगिरहेका छन्। र, त्यो वियोगपूर्ण छ । सत्ता ,शक्ति र वर्चस्वको कुरुक्षेत्र आजपर्यन्त जारी छ। शासनको सतरंज चलिरहेको छ । भूमण्डलीकरण र आधुनिकीकरणको यो युगमा जनताका सपना जोखिममा छन् ।

    कमसकम हिजो त्यस्तो थिएन । किनकि हिजो हाम्रो मुख्य शत्रुको पहिचान भएको थियो। संघर्ष ,आन्दोलन र प्राप्तिको बाटो निर्दिष्ट थियो। आज शत्रुले मुखौटा धारणा गरेको छ, जो तपाईँ हामी बिचमै छ । यद्यपि हामी अबोध छौँ। फेरि पनि यस देशका सामान्य मानिस मारिने छन्, रक्तपात हुनेछ, मान्छेको अंगभंग हुने छ तर आधुनिक अदृश्य कृष्ण आज पनि अजेय छन्। र, हामी हार्ने यात्रामा छाैं। आज पनि हामी दशावतारको अगाडि असहाय छौं।

    तोडौं मिथक

    हामी नेपालीहरू जन्मजात मिथ्यायुक्त मिथकहरूले घेरिएका छौं। पौराणिक अलौकिक कथाहरूमा हाम्रो अविचलित बिस्वाश छ। झगडा र लडाईँ हाम्रो धर्मसंगत बिशेषता हो। हामीलाई यस्तो सिकाइएको छ कि यो मिथ्या तोड्नु असंगतिको बाटो लिनु हो। हामीलाई यस्तो बुझाईएको छ । यो मिथ्याविरुद्ध उभिनु हाम्रो शास्वत बिशषता बाहिरको कुरा हो । र, चाहे हिजोको होस् या आजको शासक, तिनले शासनसत्ता टिकाइ राख्न हरेक दिन अनेकन नयाँ मिथकहरू सिर्जना गरे, गर्दैछन् । हामी त्यही मिथकहरूमा बिस्वाश गर्दै सर्वस्व गुमाउने सर्वहारा वर्ग हौं। हाम्रा पुर्खाहरूले हिजोका दिनमा मिथ्या मिथकहरूमा भुलेर सबै गुमाएका थिए।

    आजसम्म हामीले मिथ्या तोड्ने आवश्यकता कहिल्यै महसुस गरेनौं । र, हामीले ती मिथकहरूलाई अनेकौं प्रकारले आज पनि आत्मसाथ गरिरहेका छौ। निरंकुश तानाशाही ओलीको ‘अश्वमेध महायज्ञ’मा नेपाली जनताको परिवर्तनको चाहना र समृद्धीको सपनामाथि अहिले नयाँनयाँ अराजक मिथक निर्माण भइरहेका छन्। मिथकलाई यथार्थ जस्तो देखाउनका लागि ओली–सेवकहरू अनेकन चक्रव्युह निर्माण गरिरहेका छन्। हाम्रो संविधान, कानूनको शासन, प्रजातन्त्र, न्याय, समानता, समृद्धि , भ्रातृत्व, सद्भाव, नागरिकता, जीवनयापन, मानव अधिकार, नागरिक अधिकार, प्रकृति, वातावरण र सामाजिक वास्तविकताको प्रत्येक आवश्यक तत्व आज ओली अट्टहासमा मिथक बनिरहेको छ ।

    स्वप्न–मिथक

    हाम्रो संविधान, कानूनको शासन, प्रजातन्त्र, न्याय, समानता, समृद्धि , भ्रातृत्व, सद्भाव, नागरिकता, जीवनयापन, मानव अधिकार, नागरिक अधिकार, प्रकृति, वातावरणसामाजिक वास्तविकता को प्रत्येक आवश्यक तत्व आज ओली अट्टहासमा मिथक बनिरहेको छ । वर्ग र नर्कको मिथकले नेपालजस्तो देशको राजनैतिक विकाश र समृद्धिमा कस्तो असर परेको होला ? हामीलाई बारम्बार भनिन्छ यो देश जो स्वर्ग जस्तो थियो तर आत्माहरू दुष्ट थिए र तिनै यसलाई नर्क बनाए। यही कुरा एकअर्कालाई दोसारोपरण गरेर प्रजातन्त्र स्थापनापश्चातको लामो कालखण्ड अनि गणतन्त्र स्थापनापश्चात् को अर्को कालखण्ड यिनै ‘दुष्ट आत्मा’हरूले खपत गरे । अहिले यिनीहरू अर्कै स्वप्न मिथक निर्माण गर्दैछन्।

    ‘हामीलाई दुई तिहाई दिनुहोस्, हामी यो देश स्वर्गजस्तै बनाउँछौँ।’ झट्ट हेर्दा–सुन्दा यी मिथकहरू हाम्रो आफ्नै हितका लागि सिर्जना गरिएको जस्तो भान हुन्छ तर यो वास्तवमा मान्छेहरूलाई डर र त्रासबाट शासन गर्ने र उनिहरूमाथि निरन्तर राज गर्ने अविच्छिन्न नियतबाट निर्माण भएको छ। आज बालुवाटारमा ओली दुई तिहाई जनमतको आवरणमा अराजक मिथक निर्माण र विकाशमा तल्लिन छन्।

    अहिले हाम्रा विश्वविद्यालयहरू, राजनीतिक विश्लेषकहरू र मिडिया विश्लेषकहरूले गणतन्त्र र संविधानको नयाँ व्याख्या सिर्जना गरिरहेका छन्। हामी जुन कुराको काल्पनिक वास्तविकतामा बाँचिरहेका छौं, यो वास्तविकता होइन। वास्तविकताको लागि मिथक र झुटहरूको पर्दा च्यात्नु जरुरी हुन्छ । मिथकको पर्दा च्यात्न मिथ्यामाथि प्रश्न गर्ने हिम्मत र साहस हुनुपर्छ । यस मिथ्यामाथि प्रश्न गर्न साहस र आँखा खोलेर हेर्ने प्रबन्धमा संलग्न हुनु आज आम नेपालीको दयित्व हो। तर एउटा कुरा सत्य हो, ओली अट्टहास क्षणभंगुर हो।

    (लेखक गैरआवासीय नेपाली संघ, पोर्तुगलका सल्लाहकार हुन् ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोबोट सम्बाहाङ्फे

      रोबोट सम्बाहाङ्फे

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.