Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मलंगवा: मुस्लिम विरोधी हिंसामा आरएसएसको संलग्नता

नेपालमा मुस्लिम विरोधी हिंसा भड्काउने नेपालका हिन्दूवादी संगठनहरु र राष्ट्रिय स्वयंव सेवक संघ (आरएसएस) बीच सम्बन्ध रहेको पाइएको छ। आरएसएस भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको मूल संगठन हो।

नरेश ज्ञवाली र सागर चन्द नरेश ज्ञवाली र सागर चन्द
अशोज २४, २०८०
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्लाहीको सदरमुकाम मलंगवामा भदौ २० गते, र असोज ४ गते तथा नेपालगन्जमा असोज १६ मा भएको मुस्लिम विरोधी हिंसा भड्काउने नेपालका हिन्दूवादी संगठनहरु र राष्ट्रिय स्वयंव सेवक संघ (आरएसएस) बीच सम्बन्ध रहेको पाइएको छ। आरएसएस भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको मूल संगठन हो।

    नेपाल रिडर्सले प्राप्त गरेको अतिगोप्य ह्वाट्स्एप तथा म्यासेन्जर ग्रुपहरुमा नेपाल र भारतमा सक्रिय दक्षिणपन्थी हिन्दूवादी संगठनका कार्यकर्ताहरु तथा मलेसियामा रहेका केही युवाहरु त्यस ग्रुपमा सहभागी रहेको पाइएको हो। सर्लाहीलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका ग्रुपमा सहभागी सदस्यहरुलाई हेर्दा आरएसएसले केही वर्षयता नेपालमा हिन्दूत्वको राजनीतिलाई अघि बढाउन सक्रिय भूमिका खेलिरहेको पुष्टि हुन्छ ।

    सामाजिक सञ्जाल मार्फत हिन्दूत्वको विचारधारालाई अघि बढाउन भूमिका खेलिरहेको त्यस ग्रुपमा मलंगवाका सामाजिक रुपमा सक्रिय रहेका तथा राम्रो आर्थिक हैसियतका मुस्लिम व्यक्तित्वहरु माथि लक्षित सांघातिक हमला कसरी गर्ने, सामाजिक सञ्जालमार्फत उनीहरु विरुद्ध संगठित अफवाह कसरी फैलाउने र आफू अनुकूलको सुनियोजित प्रचार सामाग्रीलाई कसरी भाइरल बनाउने भन्नेतर्फ आरएसएस र नेपालका हिन्दुवादीहरुका बीच छलफल गरिरहेको म्यासेजहरु हेर्दा थाहा हुन्छ ।

    ती ह्वाट्स्एप र म्यासेन्जर ग्रुपहरुमा बारम्बार– ‘यो ग्रुप अतिगोप्य भएको र सिमित व्यक्तिको मात्र सहभागीता रहेकाले यसमा हुने कुनै पनि कुरा सार्वजनिक नगर्न’ बारम्बार चेतावनी दिइएको छ। वाट्स्यएपमा सहभागी हुनेहरुको सक्रियता देख्दा यो ग्रुप हिन्दू अतिवादीका तर्फबाट हिंसालाई मलजल गर्नेहरु बीचको निर्णायक सामाजिक प्लेटफर्म भएको थाहा हुन्छ ।

    भारतमा राज्य प्रायोजित साईबर सेलले सन्देश, मिम र भिडियो उत्पादन गरी आममानिसलाई प्रभावित पार्ने शैली अपनाए जस्तै नेपालमा पनि यो ग्रुपको प्रयोग भइरहेको पाइन्छ। यी ग्रुपमा बजरङ्ग दलको भिडियो, पोस्टर र सन्देशहरु तथा मुस्लिम विरोधी भाषण तथा सन्देशहरु साझा गर्दै सबैलाई विभिन्न सामाजिक सञ्जाल मार्फत प्रचारित गर्न भनिएको छ। भनी राख्नु परेन बजरङ्ग दल आरएसएसको भगिनी संगठन हो र त्यसले आफूलाई हनुमान सेना भनेर चिनाउने गर्छ।

    ह्वाट्स्याप ग्रुपको ग्रुप एडमिनका रुपमा रहेका प्रवीण भाई तोगडिया, माथिबाट तेस्रो। उनी विश्व हिन्दू परिषदका पूर्व राष्ट्रिय अध्यक्ष हुन्।

    त्यसैगरी ग्रुपमा आरएसएसका संस्थापक केशव बलिराम हेडगेवार ‘डाक्टरजी’ र आरएसएसका सरसंघचालक माधव सदाशिवराव गोलवालकर ‘गुरुजी’ का भनाइहरु साझा गर्ने गरिएको छ। दुईवटा ह्वाट्स्याप र एउटा म्यासेन्जर ग्रुपमा गरी कुल तीन सय १० व्यक्ति सक्रिय रुपमा जोडिएका छन्।

    त्यसैगरी दुईवटा ह्वाट्स्याप ग्रुपमा नेपालबाट १३० जना, भारतबाट २६ जना र मलेसियाबाट १५६ जना जोडिएका छन्। त्यस्तै ह्वाट्स्याप ग्रुपको एडमिनमा नेपालबाट रमानन्द साह छन् भने भारतबाट +०९१–९८२५३२३४०६ नम्बरलाई एडमिन बनाइएको छ। नेपालका साह हिन्द्र सम्राट सेना नेपालका सर्लाही सदस्य हुन् भने भारतबाट सक्रिय नम्बर प्रवीण भाई तोगडियाको हो। उनी विश्व हिन्दू परिषदका पूर्व राष्ट्रिय अध्यक्ष हुन्। विश्व हिन्दू परिषद आरएसएसको भातृ संगठन हो।

    तोगडियाले नेपाल रिडर्ससँग कुरा गर्दै नेपालमा आफ्नो छुट्टै संगठन अन्तर्राष्ट्रिय हिन्दू परिषद अल इण्डिया सक्रिय रहेको बताए । उनले भने, ‘नेपालका हाम्रो छुट्टै संगठन अन्तर्राष्ट्रिय हिन्दू परिषद अल इण्डिया सक्रिय छ र त्यसले नेपालका हिन्दू भाईहरुलाई भारतमा उपचारमा, शिक्षामा र हिन्दू संस्कार सिकाउनका लागि प्रयत्न गरिरहेको छ ।’

    नेपाल रिडर्सले के तपाईं आजका दिन पनि आरएसएसमा सक्रिय हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म जीवनको पाँच दशक भन्दा धेरै समयदेखि आरएसएसको सक्रिय कार्यकर्ता हुँ । हामी त्यही संगठनको छहारीमा हुर्किएकाहरु हौँ, हाम्रो शिक्षा त्यहीँ भएको हो । जुनसुकै भूगोलमा सक्रिय भए पनि हामीले निरन्तर आरएसएसको शिक्षामार्फत जनतासम्म सेवा पुर्‍याउने काम गछौँ ।’

    तपाईंको संगठन नेपालमा सक्रिय हुनुको के अर्थ ? के तपाईंहरु नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहनु हुन्छ भन्ने प्रश्नमा तोगडियाले भने, ‘विश्वका सबै हिन्दूहरु नेपाललाई हिन्दू राष्ट्र बनेको देख्न चाहन्छन् । नेपाल हिन्दू राष्ट्र बनेमा भारतका हिन्दूहरु पनि खुसी हुन्छन् र हामी पनि खुसी नै हुन्छौँ ।’

    ह्वाट्स्याप र म्यासेन्जर ग्रुपमा तराई क्षेत्रमा पछिल्लो समय हिन्दू अतिवादलाई बढावा दिन सक्रिय हिन्दू सम्राट सेनाका अध्यक्ष राजेश कुमार यादव, उपाध्यक्ष कृष्ण यादव, महासचिव राकेश यादव सहभागी छन्।

    त्यस्तै ग्रुपमा हिन्दू परिषद नेपालका सदस्य अविनाश जैसवाल, अमित चौधरी, विशाल यादव, राकेश जैसवाल (व्यवसायी), रवी चौधरी, विट्टु जैसवाल छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का सर्लाही जिल्ला उपाध्यक्ष दिनेश यादवका छोरा अंकित यादव, एनआईसी एशिया बैंक मलंगवा शाखाका कर्मचारी लक्ष्मण यादव, एनएमबी बैंक मलंगवा शाखाका कर्मचारी रवी यादव, अन्डर नाइन्टिन क्रिकेटमा सर्लाहीबाट सन् २०२० मा छनोट भएका क्रिकेट खेलाडी सुशिल महतो, सर्लाही क्रिकेट संघका जिल्ला सचिव शिवकुमार यादव सहभागी छन्।

    राजश्री कोअपरेटिभ बैंकका कोषाध्यक्ष सुबोधहरी राजोपाध्याय, सर्लाहीमा सक्रिय सामाजिक संस्था ‘वी केयर’का सरोज यादव, मलंगवाका फार्मासिस्ट अरविन्द राय यादव, सोसल मिडिया इन्फ्लुएन्सर विवेक झा, नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सर्लाही उपाध्यक्ष अमित मिश्रा, बजरङ्ग दल नेपालका सर्लाही जिल्ला अध्यक्ष राजु जैसवाल, सदस्य निखिल झा, सुभम कलवार, नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला कोषाध्यक्ष रञ्जित महतो, मलंगवाका व्यापारी सुनिल साह सोनार, सम्राट सेना नेपाल र हिन्दू परिषद नेपालका सक्रिय कार्यकर्ता सोनु यादव सहभागी छन्।

    विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष रहेका आरएसएसमा अत्यन्त सम्मानित नेता प्रवीण भाई तोगडियाले भारतको बिहार, उत्तरप्रदेश र नेपालमा हिन्दूत्वको राजनीतिलाई थप आक्रामक बनाउने गरी नयाँ संगठनको नेतृत्व गरिरहेका छन्। तर, उनले नेपालको तराईमा हिन्दू अतिवादी विचार बोकेर मुस्लिम विरोधी हिंसामा सक्रिय भूमिका खेली रहेको हिन्दू सम्राट सेनासँग आफ्नो कुनै साईनो नभएको बताए। ‘तपाईंले नाम लिएको हिन्दू सम्राट सेनासँग हाम्रो कुनै सम्पर्क र साईनो छैन।’, उनले भने। यति भन्दै उनले थपे, ‘म अहिले एउटा कार्यक्रममा भएकाले तपाईंसँग धेरै कुरा गर्न सक्दिन, पछि कुरा गरौँला।’

    अन्तर्राष्ट्रिय हिन्दू परिषद अल इण्डिया नामको नयाँ संगठनको आधिकारिक फेसबुक पेजमा सम्पर्कका लागि +919825323408 नम्बर राखिएको छ । ट्रूकलरले यो नम्बर पनि प्रवीण भाई तोगडियाकै रहेको देखाउँछ। यसका साथै मलंगवाको मुस्लिम विरोधी हिंसा भड्काउन बनेको ह्वाट्स्याप ग्रुपमा जुन नम्बरलाई एडमिन बनाइएको छ त्यो नम्बर पनि तोगडियाकै रहेको पुष्टि भएको छ।

    नेपाल रिडर्सले भारतमा रहेको सम्पर्क सुत्रसँग बुझ्दा तोगडियाको आधिकारिक नम्बर नेपालको ह्वाट्स्याप ग्रुपमा एडमिन रहेको नम्बरसँग मेल खान्छ। यसबाट के पुष्टि हुन्छ भने पछिल्लो समय नेपालमा भइरहेका मुस्लिम विरोधी हिंसा र उग्र हिन्दूत्वको राजनीतिलाई अघि बढाउन भारतको आरएसएस सक्रियतापूर्वक लागेको छ।

    यसका साथै तोगडियाले नेतृत्व गरेको अन्तर्राष्ट्रिय हिन्दू परिषद अल इण्डियाले भदौ ३१ गते पर्सा जिल्लाको पीपरा क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिरमा राष्ट्रिय बजरंग दलको पाँच दिवसिय प्रशिक्षण वर्गको आयोजना गरेको थियो। यस्ता प्रशिक्षणहरुमा धर्मको रक्षाका लागि अर्धसैन्य तालिम दिने गरिन्छ। आरएसएसको भाषामा यसलाई शाखामा दिइने ‘आत्मरक्षा तालिम’ भन्ने गरिन्छ।

    ‘अन्तर्राष्ट्रिय हिन्दू परिषद अल इण्डिया’ को नेपाल शाखाका रुपमा सक्रिय अन्तर्राष्ट्रिय हिन्दू परिषद्को ह्वाट्स्याप ग्रुप।

    प्रशिक्षण वर्गको उद्दघाटन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी समानुपातिक सासंद वीना जैसवाल पुगेकी थिइन्। जैसवाल उनै सांसद हुन् जसले संसदमा गायत्री मन्त्रको पाठ गर्नुपर्ने माग राखेकी थिइन्। संसदमा बोल्ने क्रममा उनले पटक–पटक हिन्दू, हिन्दूत्व र गाईको रक्षा गर्नुपर्ने आवाज उठाउँदै आएकी छन्।

    भदौ १२ गते संसदमा बोल्ने क्रममा उनले भनिन्, ‘म युवा पुस्तालाई भन्न चाहन्छु व्यवहारमा लिवरल, फ्लेक्जीवल हुन सकिन्छ तर जब कुरा सभ्यता, संस्कृति, आस्था र धर्मको आउँछ त्यहाँ संयमता अपनाउनु ठीक होइन।’

    नेपाल रिडर्सले जैसवाललाई के त्यो कार्यक्रमको उद्घाटनमा जानु भएको थियो भनी सोध्दा उनले भनिन्, ‘मलाई त्यहाँका सनातनी हिन्दूहरुले बोलाएका थिए। उहाँहरु धर्मको रक्षामा समर्पित भएर लाग्नु भएको छ, त्यसैले उहाँहरुको हौसला बढाउन गएकी थिएँ।’

    भारतमा आरएसएसका २० भातृ संगठन छन् भने कयौँ सहयोगी संगठनहरु पनि सक्रिय छन्। भातृ संगठनहरुमा- भारतीय जनता पार्टी (राजनीतिक फ्रन्टमा काम गर्न), विश्व हिन्दू परिषद, अखिल भारतीय विद्यार्थी परिषद (विद्यार्थी फ्रन्ट, एवीभीपीका नामले परिचित), हिन्दू स्वयंसेवक संघ (विदेशमा आरएसएसको काम गर्नका लागि खोलिएका फ्रन्ट), शिक्षा भारती, विद्या भारती (शैक्षिक पाठ्यक्रम निर्माणमा काम गर्न), भारतीय किसान संघ, भारतीय मजदुर संघ, सेवा भारती (सेवा प्रवाह गर्नका लागि) तथा राष्ट्रिय सेवीका समिति (महिला स्वयंसेवी संगठन) रहेका छन्।

    यसैगरी भारतीय युवा सेवा संघ, सरस्वती शिशु मन्दिर, भारतीय विचार केन्द्र, विश्व संवाद केन्द्र (ज्ञान उत्पादन तथा विश्वभर आफ्नो विचार फैलाउनका लागि), स्वदेशी जागरण मञ्च, वनवासी कल्याण आश्रम, मुस्लिम राष्ट्रिय मञ्च, बजरङ्ग दल (बल प्रयोग गर्नका लागि तयार पारिएको हुनमान सेना), अनुसूचित जाति–जनजाति आरक्षण बचाओ परिषद, विवेकानन्द केन्द्र तथा विवेकानन्द इन्टरनेशनल फाउन्डेसन (खोज, अनुसन्धानको क्षेत्रमा काम गर्न) सक्रिय छन्।

    त्यस्तै नेपालमा आरएसएसका १२ संगठनहरु सक्रिय छन्। विरगञ्जको बाईपास रोडमा रहेको तेजस एकेडमीका प्रमुख रञ्जीत साहसँग २०७९ माघ १७ गते भएको कुराकानीका क्रममा उनले नेपालमा आरएसएसका १२ संगठन सक्रिय रहेको बताएका थिए। साह आरएसएसको जनकपुर सम्भागका कार्यवाहक हुन्।

    हिन्दू स्वयंसेवक संघ नेपालको शाखामा तालिम लिदैँ युवाहरु। तस्बिर: हिन्दू स्वयंसेवक संघ नेपाल।

    ती संगठनहरुमा पहिलो- विश्व हिन्दू परिषद। दोस्रो- जनजाति शिक्षा मन्दिर (संस्कार निर्माणको क्षेत्रमा काम गर्न)। तेस्रो, पशुपति शिक्षा मन्दिर (शिक्षाको क्षेत्रमा काम गर्न)। चौथौ- प्राज्ञिक विद्यार्थी परिषद (विद्यार्थीको क्षेत्रमा काम गर्न)। पाँचौँ- नीति अनुसन्धान प्रतिष्ठान (प्राज्ञिक र अनुसन्धानका क्षेत्रमा काम गर्न)। छैठौँ- विश्व संबाद केन्द्र। सातौँ- हिमाल दृष्टि (मिडिया र प्रचारको क्षेत्रमा काम गर्न)। आठौं- एक विद्यालय अभियान (एक गाउँपालिका एक विद्यालय, दुई स्वंवसेवक शिक्षक अभियान)।

    नवौँ- हिन्दू स्वयं सेवक संघ (नेपालका सबै संगठनहरुको मूल संगठन)। दशौँ- राष्ट्रिय श्रमिक संघ। एघारौँ- राष्ट्र सेविका संघ (महिलाको क्षेत्रमा काम गर्न)। बह्रौँ- धर्म जागरण मञ्च। त्यस्तै आरएसएसको सहयोगी संगठनका रुपमा पनि अन्य संस्थाहरुले काम गरिरहेका हुन्छन्। जस्तै, सीमा जागरण मञ्च, नेपाल–भारत मैत्री संघले पनि भारतको हिन्दूत्वको राजनीतिलाई अघि बढाउन भूमिका खेलेको देखिन्छ। जानकारहरुका अनुसार नेपालमा हिन्दूत्वको राजनीतिलाई अघि बढाउन अन्य २२ वटा संगठनहरु पनि सक्रिय छन्।

    नेकपा (एमाले) का केन्द्रीय सदस्य अरविन्द सिंहका अनुसार नेपालको मधेस क्षेत्रमा गत दुई बर्ष यता निकै द्रुत गतिमा हिन्दूवादी संगठनहरु सक्रिय भई रहेका छन्। जसमा विरगंजको भारतीय कन्सुलेट अफिसको समेत भूमिका रहेको उनको भनाइ छ। ‘हामी नजानिदो ढंगले विकराल द्वन्दमा जाँदैछौँ। यस्ता संगठनहरुबारे नेपालका राजनीतिक दलहरु बेलैमा सचेत नहुने हो भने यसले नेपालको धार्मिक सद्भाव विथोल्ने निश्चित छ।’

    ह्वाट्स्याप र म्यासेन्जर ग्रुपका हिंसा भड्काउने सन्देशहरु

    मलंगवामा भएको मुस्लिम विरोधी हिंसामा सक्रिय रहेका उग्र हिन्दूवादी समूहका ह्वाट्स्याप तथा म्यासेन्जर ग्रुपहरुहरु नेपाल रिडर्सले फेला पारेको छ। ‘अन्तर्राष्ट्रिय हिन्दू परिषद’, ‘हिन्दू धर्म बचाउ अभियान मलंगवाबाट शुभाराम्भ’ र ‘कट्टर हिन्दू जय श्रीराम’ नामका ग्रुपमा मुस्लिम व्यक्तिहरुको पहिचान गरी उनीहरुमाथि सांघातिक हमला कसरी गर्ने, मुस्लिम विरोधी जनमत कसरी तयार गर्ने र संगठित हिंसाको व्यापारलाई कसरी बढावा दिने भनी ती ग्रुपहरुमा छलफल भइरहेको पाइन्छ।

    अस्पतालको वेडमा बसेका हिन्दू सम्राट सेनाका उपाध्यक्ष कृष्ण यादव। बायाँबाट विकास ठाकुर, कृष्ण यादवका बुवा र पंकज दास।

    ती ग्रुपहरु मध्येको एक ‘अन्तर्राष्ट्रिय हिन्दू परिषद’ भन्ने ग्रुपको नाम तोगडिया सक्रिय रहेको अन्तर्राष्ट्रिय हिन्दू परिषद अल इण्डियासँग मिल्दोजुल्दो छ।

    ती ह्वाट्स्याप तथा म्यासेन्जर ग्रुपहरुमा कस्ता कुरा हुने गरेका छन् हेरौँ–

    ग्रुपमा सबैभन्दा धेरै सन्देश प्रवाह गर्नेहरुमा सोनु यादव, सरोज पटेल, सोनु सिंह उर्फ सोनु हिन्दू, विक्की जैसवाल र शिव रौनियार, विवेक जैसवाल, राकेश जैसवाल हुन्। सोनु यादव हिन्दू सम्राट सेनाका सर्लाही सदस्य तथा वजरंग दल नेपालका सक्रिय कार्यकर्ता हुन्। उनका वुवा रमेश यादव जसपाका कार्यकर्ता हुन्। त्यसैगरी सोनु सिंह (सोनु हिन्दू) को नेपालमा कुनै राजनीतिक दलसँगको संलग्नता देखिँदैन। तर, उनी भारतीय जनता पार्टीबाट निकै प्रभावित छन्। मलंगवा वडा नम्बर–०४ बाट वडा अध्यक्षका उम्मेदवार रहेका उनले आफ्नो पार्टीको नाम पनि नेपाल जनता पार्टी राखेका थिए भने उनको चुनाव चिन्ह कमल थियो।

    ती ग्रुपहरुमा विक्रम जैसवाल भन्छन्, ‘सरोजको सालो… यो पनि छ र यो मेरो घरमा वाईफाई बनाउन आई रहन्छ, त्यसलाई त्यसैबेला ठोक्नु पर्छ।’

    सोनु यादव, ‘हामी एउटा मिसनमा छौँ, रातमा सबै सेट भएपछि मुस्लिमहरुको कच्छा चिठ्ठा खुल्न थाल्छ।’

    विक्रम कुमार जैसवाल, ‘अहिले ठीक भए पनि १०–१५ दिनपछि तिनीहरुलाई ठोक्नु पर्छ। तब बल्ल के गरेका थियौँ र के भोग्नु परेको छ भनेर मियाहरुले थाहा पाउँछन्।’

    राकेश जैसवालले म्यासेन्जर ग्रुपमा केही मुस्लिम युवाहरुको फोटो पठाउँछन्। त्यसमा व्यक्ति पहिचान गर्ने गरी अनुहारमा रातो गोलो घेरा लगाएर अख्तर रजा मिक्रानीलाई प्रहरीद्वारा पक्राउ गराउन र त्यसलाई थुनामै राख्नका लागि के गर्न सकिन्छ भनेर भ्वाईस मेसेजहरु आदान–प्रदान हुन्छन्। यसका साथै म्यासेज ग्रुपहरुमा मलंगवाका अनवर मिक्रानीको फोटो पटक पटक शेयर गरिन्छ।

    अनवर मिक्रानी कुनै पनि राजनीतिक दलसँग सक्रिय भएका व्यक्ति होइनन्। तर, उनको पुर्खौली सम्पत्ति धेरै भएका कारण उनलाई कसरी हमला गर्न सकिन्छ भनेर म्यासेज ग्रुपमा संवाद हुन थाल्छ।

    त्यसैगरी विवेक जैसवालले ग्रुपमा भन्छन्, ‘मलंगवाका केही मुस्लिम केटाहरु काठमाडौंमा छन् भने भन्नुस् काठमाडौंमा हाम्रो ग्रुप बलियो छ। उनीहरुलाई त्यहीँ ठोक्न सकिन्छ।’ त्यसैगरी मुस्लिम युवाहरुलाई पक्राउ गराउनका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी र राजनीतिक दलहरुलाई कसरी दवाव दिने भनेर पनि ग्रुपमा छलफल भएको पाइन्छ।

    ग्रुपमा भएको संवाद हेर्दा हिन्दूवादी संगठनका कार्यकर्ताहरु मुस्लिमको आवाजलाई पहिले सामाजिक रुपमा कमजोर बनाउन प्रयत्न गर्ने त्यसपछि उनीहरुलाई सामाजिक सञ्जालबाट एक्ल्याउने अनि उनीहरुमाथि भौतिक हमला गर्ने रणनीति अपनाएको देखिन्छ।

    ग्रुपमा एकजना छद्म नामका युजरले भन्छन्, ‘पहिले हाम्रो विचार बोक्ने राम्रो नेतालाई शक्तिशाली ठाउँमा पुर्‍याउनु पर्छ। त्यसैले अब कुनै पनि पदमा हिन्दूको आवाज बोल्ने नेतालाई जिताउँ।’

    राष्ट्रिय हिन्दू परिषद नेपालका सदस्य रहेका रवी चौधरी ग्रुपमा लेख्छन्, ‘भोलि मलंगवाको छेउको गाउँ गमरिया, सलेमपुर, कविलासी, मोतीपुर, मुसैलीका सबै हिन्दूहरु मलंगवा आएर मुस्लिमहरुको जुलुससँगै हिन्दूहरुको जुलुस पनि निकाल्नु पर्छ।’

    मलंगवाको हिंसामा सक्रिय रहेका यी समाजिक सञ्जालका ग्रुपहरु हालसम्म पनि सक्रिय छन् र ती ग्रुपहरुमा भारतको आरएसएसको हात रहेको स्पष्ट छ। तर, स्थानीय प्रशासनले मलंगवाको सामाजिक सद्भाव र शक्तिको राजनीतिक समीकरण विग्रन सक्ने भनेर कुनै पनि हिन्दू अतिवादीलाई पक्राउ गर्न सकेको छैन। आश्चर्यको विषय के छ भने नेपालगञ्ज हिंसाको समयमा पनि यो ग्रुपमा सक्रिय छलफल भई रहेकै थियो र राज्यले उनीहरु कसैलाई पनि केही कारवाही गरेको सार्वजनिक भएको छैन।

    नेपालमा हिन्दूत्वको राजनीति विस्तार गर्न भारतीय सत्तारुढ दल भाजपाको मातृ संगठन आरएसएस सक्रिय रहेको देखिनु नेपालको संविधान, धर्म निरपेक्षता र सार्वभौम सत्ताका विरुद्ध ठाडो हस्तक्षेप हो। यसलाई रोक्न तत्काल नेपाल सरकार र पक्ष–विपक्षमा रहेका राजनीतिक दल तथा नागरिक समाजको ध्यान गएन भने नेपाल लामो समय द्वन्द्वमा फस्ने जोखिम छ।

    थप पढ्नुहोस्-

    मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

    मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

    मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

    मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

    मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव 

    मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

    कर्फ्युको बीचमा धार्मिक अतिवादको आगोले जलाएको मलंगवा 

    कर्फ्युको बीचमा धार्मिक अतिवादको आगोले जलाएको मलंगवा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नरेश ज्ञवाली र सागर चन्द

      नरेश ज्ञवाली र सागर चन्द

      ज्ञवाली र चन्द नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.