Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उत्पीडित समुदाय नै बढी आन्दोलित हुनुपर्छ : सरिता तिवारी

सरिता तिवारी सरिता तिवारी
फाल्गुन १०, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विगत ८० वर्ष यताको नागरिक प्रतिरोध निरन्तर आजसम्म पनि किन जरुरी रहेछ भन्ने कुरा पछिल्लो समय पुष ५ गतेको कदमले अझ बढी मुखर रुपमा हामीलाई अनुभूति दिलाएको छ । (म ७० वर्ष भन्दिनँ, किनभने हामीले खरिबोट र सिफललाई साक्षी राखेर आन्दोलन गरिरहेका छौँ।) किनभने यदि प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई यो अवसर नदिएको भए सबै खालका प्रतिगमनहरूको अनुभूति हामीले नगर्ने रहेछौँ ।

    छुद्रता, लोभ र कुर्सीमोह लगायत अहिलेको दलाल पूँजिवादी राज्यसत्ताको केन्द्रमा आफूलाई राखेर जसरी उहाँले ढलीमली गर्दै आउनुभयो र एकपछि अर्को गर्दै महिलाविरोधी, दलितविरोधी र उत्पीडित समुदायविरोधी गतिविधिहरु गर्दै आफ्ना सम्पूर्ण पञ्जाहरूले राज्यसत्ताका सबै संस्थाहरुलाई कब्जा गर्दै आउनुभयो । त्यसको उत्कर्ष चाहिँ पुष ५ गतेको कदम थियो ।

    ‘प्रतिगमनसँग बानी परेका रहेछौँ’

    प्रधानमन्त्री ओलीले संसद विघटनको कदम नचालेको भए अहिले हामीलाई हाम्रो राजनीति र समाजमा कतिसम्म प्रतिगमनकारी थियो र छ भन्ने कुराको अनुभूति नै नहुने रहेछ । हाम्रा अनुभूति अझै पनि हाइवरनेट भएर बसेको छ भन्ने लाग्छ । किनभने शुक्रबारको नागरिक आन्दोलनको संख्याको हिसाबले हेर्दा ठूलो मुठभेड हुनुपर्ने थियो। मुठभेड गर्नका लागि जनता तयार भएर आउनुपर्ने थियो। तर त्यस्तो अवस्था अझै देखिएन । टुँडिखेल मार्चमा जनताले ‘टुँडिखेल हाम्रो हो’ भन्दै हस्तक्षेप गर्नुपर्ने थियो । तर त्यो उर्जा अझै जनतामा किन आइसकेको छैन भन्ने लाग्छ ।

    हामी चाहिँ प्रतिगमनसँग बानी परेका रहेछौँ । अझै पनि बानी पर्दै रहेछौँ । यदि हामीले यो यो प्रतिरोध नगर्ने हो भने यो प्रतिममन अझै दुरगामी असर पार्नेखालको, अझै द्धन्द्धकारी र धेरै ठूलो बलिदान खानेवाला छ भन्ने अनुभूति गरिहेको छु । त्यसबाट सजग भएर आन्दोलनलाई करेक्सन गरेर र अझैपनि आन्दोलनमा समाहित भएर यो प्रतिगमनविरुद्ध आन्दोलन गर्न जरुरी छ भन्ने लाग्छ ।

    समाज पनि प्रतिगामी

    नेपाली समाजपनि पहिलेदेखि नै प्रतिगमनकारी छ भन्ने कुरा हामी पनि अहिले आएर अनुभूति गरिरहेका छौँ । मैले अघि भनिसकेँ अझै हामी हाइबरनेट भएर बसिरहेका छौँ, अझै हामी शितनिन्द्रामै छौँ । जस्तो कि पहिलो संविधानसभाको निर्वाचनपछि संविधान बन्दै गर्दा कति अग्रगामी विषयवस्तुहरू थिए । त्यसलाई कसरी हुन्छ पछाडि पार्ने र कमजोर गराउने तरिकाले संविधान लेखनलाई कमजोर बनाइयो र पहिलो संविधानसभा भंग भयो । त्यसपछि गराइएको दोस्रो संविधानसभा चुनाव कस्तो पृष्ठभूमिमा भयो, कस्को नेतृत्वमा भयो, त्यतिबेला कस्तो मन्त्रिपरिषद थियो र कसरी निर्वाचन सम्पन्न भयो भन्ने कुराको साक्षी हामी छौँ ।

    त्यसपछि संविधान लेखन प्रक्रिया कसरी अगाडि बढ्यो भनेर हेर्दै गर्दा आज महिलाविरोधी नागरिकता विद्येयकमा शशि श्रेष्ठजस्ता हिजो इतिहास बनाएका महिलाहरू ‘ल भयो र ल पुग्यो भनेर’ कसरी त्यो संशोधन प्रस्ताव पारित गरिरहे । कसरी पम्फा भुषाल जस्ता इतिहास बनाएका महिलाहरू ‘समानता र राष्ट्रियता एउटै कुरा होइन, राष्ट्रियता भन्ने कुरा समानता भन्दा जहिले पनि माथि हुन्छ’ भन्ने अवस्थामा पुगे । उहाँहरु र रामकुमारी झाँक्रीहरूले हिजो ‘पार्टीभित्र यस्ता कुरा नसच्याए हामी राजीनामा दिन्छौँ’ भनेर किन भन्न सकेनन् भन्ने प्रश्न पनि आज उठेको छ ।

    त्यसकारण, नेपाली समाज हिजोदेखि प्रतिगमनकारी रहेछ । हिजैदेखि जात व्यवस्था, लिंग व्यवस्था, उँचनिचमा आधारित र सम्पूर्ण सोचको जरा, सोचको विन्दु र ग्रन्थी नै प्रतिगमनकारी रहेछ भन्ने कुराको अनुभूति नै आजको यो समयले हामीलाई दिएको छ । यस अर्थमा यतिखेरको यो कदम चाहे ओली इतिहासमा खलनायकका रुपमा पटाक्षेप भएको अवस्था किन नहोस्, तर ओलीले हामीलाई यो अवसर दिएका छन् भन्ने लाग्छ । यो अवसरका रुपमा म उहाँलाई धन्यवाद दिन्छु ।

    ‘अनागरिकहरू’ कहाँ छन् ?

    सडकमा आउने आम नागरिकहरू हुन् । भर्खरै समाजिक सञ्जालमा मैले एउटा पोस्ट गरेको थिएँ, त्यहाँ ‘यो नागरिक आन्दोलनमा अनागरिकहरू त छैनन’ भन्ने कुरा आयो । त्यो कुराले मलाई एकदमै पिन्च ग¥यो । वास्तवमा नागरिक आन्दोलनमा अनागरिकहरू अझै पनि छैनन्, उनीहरूको सहभागिता भएको छैन। जो नागरिक बनाइएकै छैनन । नागरिक बन्ने प्रक्रियाभित्रै उनीहरू छैनन् । अझै पनि जग्गाधनी पुर्जा छैन, नागरिकता छैन र मतदाता परिचयपत्र पनि छैन भने ती मानिसहरू नागरिक आन्दोलनको वृत्तभन्दा बाहिरै पुगे । ती मानिसहरूलाई पार्टीले किनेर आफ्नो आन्दोलनको हिस्सा बनाउन लागेको अवस्था छ । हामीले सोच्नुपर्ने छ, हामीले जनता/जनता भनेको यो भेग वास्तवमा को हो त ? अब नागरिक आन्दोलनसँग जोडिएको कुरा पनि यहीनिर छ ।

    उत्पीडित वर्गको आन्दोलन

    आज निर्मला पन्तदेखि भागरथी भट्टसम्म बलत्कारपछि हत्याका प्रकरण छन् । यी मात्रै होइन अरु तमाम विषय पनि छन् । त्यहाँ माया विकको कुरा छ, दिपिका दिपशीलाको कुरा छ, यो चितवनको मुद्दा म बारम्बार उठाइरहेको छु । यो विषयमा राष्ट्रिय मिडियाहरू कसैले पनि यसरी उठाइरहेको छैन । मैले किन उठाइरहेको छु भने ठ्याक्कै निर्मला प्रकरणकै बेला २०७४ साल जेठ २० गते माडीमा दिपिका दिपशीलामाथि उस्तै घटना भयो र माडी लगायत चितवनका सम्पूर्ण दल र दलका नेताहरू लागेर आरोपीलाई छुटाउनतिर लागे । हत्यारा को थियो भन्ने कुरा पत्ता लगाउन कोही पनि लागेनन् ।

    पछिल्लो समय हामीले लोकतन्त्र, गणतन्त्र भन्दै गर्दा यसरी समाजमा अपराधीलाई बचाउने चरित्रपनि अगाडि बढिरहेको अवस्था छ । त्यसैले मलाई के लाग्छ भने आज फेक इन्काउन्टर भनेजस्तै फेक अपराधी सार्वजनिक गर्ने वा किनेको अपराधी सार्वजनिक गर्ने त राज्यले गरिरहेको छैन ? राज्यले जनताको आँखामा छारो हाल्ने काम त गरिरहेको छैन भन्ने शंकाको चाहिँ हामीले सुविधा लिन सक्ने अवस्थामा उभिएको अवस्थामा मलाई के लाग्छ भने आज सबैभन्दा बढी आन्दोलित हुनुपर्ने महिलाहरू छन् । आज सबैभन्दा बढी आन्दोलित हुनुपर्ने दलितहरू छन् । आज सबैभन्दा बढी आन्दोलित हुनुपर्ने उत्पीडित जाति समुदायहरू छन् ।

    ती समुदाय दलहरूमा बाँडिएका छन्, छरिएका छन् । ती समुदायहरू ओलीतन्त्रमा समर्थक भएर हिँडेका छन् । दलितहरू पनि ओली समर्थक भएर हिँडेका छन् । महिलाहरू पनि छन् जो ‘राष्ट्रपति ठिक हुनुहुन्छ, राष्ट्रपति सही हो र राष्ट्रपतिलाई जोगाउनुपर्छ’ भन्दै हिँडेका छन् । राष्ट्रपतिले आफ्नो पदीय मर्यादा समेत बिर्सेर गरेका गतिविधिहरूलाई पनि समर्थन गर्ने र राष्ट्रपतिलाई ‘विधवा’ मात्रै देख्ने र त्यो विधवापनको विज्ञापन गर्ने, त्यसलाई बेचेर खाने र राजनीतिक ‘इमोसन’को विषय बनाउने महिलाहरू पनि छन् ।

    अब देशका सडकहरू महिलाहरूले भरिनुपर्छ । अपराधीहरू किनिएको त छैन भनेर शंका गरिँदै गर्दा महिलाहरूले यो देशको सडक भरिनुपर्ने हो । महिलाहरू कहाँ छन् ? दलितहरूले यो देशको सडक भरिनुपर्ने हो तर दलितहरू कहाँ छन् भन्ने प्रश्न छ । यसरी हेर्दा उत्पीडित समुदाय नै आन्दोलित हुनुपर्ने हो । जसलाई सबैभन्दा बढी मर्का परेको छ, त्यही समुदाय नै सबैभन्दा बढी आन्दोलित हुनुपर्ने हो । तर मैले त्यस्तो अनुभव गरिरहेको छैन । उसो त आन्दोलनमा आउनका लागि पनि एउटा सामथ्र्य चाहिन्छ । शायद त्यही भएर

    कमजोर वर्ग आन्दोलन आउन नसकेको हो कि?

    खासमा यो काठमाडौँको आन्दोलनको मोहरी के हो त ? यसको औरा के हो भनेर पनि म काठमाडौँ आएको थिएँ । तर मैले जस्तो अपेक्षा गरेको थिएँ, त्यस्तो देखिनँ । जस्तैः टुँडिखेल कब्जा गर्नु भनेको सानो विषय होइन । टुँडिखेल जनताको हो । जनताले यसभित्र हस्तक्षेप गर्न पाउनुपर्छ र हस्तक्षेप गर्नुपर्छ । यसभित्र जनताको उपस्थिति हुनुपर्छ भन्दै गर्दा आज यहाँ पार्टी प्यालेस जस्तो बनाइएको छ । भोज भतेर गर्ने ठाउँ बनाइएको छ । भाडामा लगाइएको छ । यी सारा कुराहरू गर्दै लगेर जनतालाई रत्नपार्कमा सिमित बनाउने ? यहाँ चाहिँ दलाल पूँजिवादको खेल खेलिरहने अवस्थामा सारा काठमाडौँ आउनुपर्ने हो । तर मान्छेहरू चाहिँ एकदमै हाइबरनेट भएर शितनिन्द्रामै बसिरहेका छन् भन्ने एउटा नमिठो अनुभूति मैले गरेको छु ।

    राजनीतिक आन्दोलनको कोर्षतर्फ

    हामी प्रतिगमनमै बानी परिरहने हो भने भोलि हाम्रो देशमा सधैँ विदेशी शक्तिराष्ट्रको चलखेल हुने, यहाँ विदेशीका दलालहरू मात्रै उत्पादन हुने र हामीले पुस्तौँ पुस्तासम्म दुःख पाउने अवस्था रहिरहन्छ । त्यसलाई रोक्न एउटा विधिको शासन हुनुपर्छ । ‘लोकतन्त्र’ लोकतन्त्र जस्तो हुनुपर्छ।

    उस्तै परे समृद्ध र सशक्त जनताको शासन नै स्थापित गर्ने कुरामा हामी अझै अगाडि बढ्नुपर्छ र राजनीतिक आन्दोलनकै कोर्षमा अघि बढ्नुपर्छ भन्ने मेरो विचार हो । यस्तो खालको आन्दोलन नागरिक आन्दोलनले नै बोक्न असमर्थ हुन्छ । नागरिक आन्दोलनले प्रोभोक गर्छ र एउटा विन्दुसम्म मात्रै पु¥याउँछ । यसलाई किनारामा लैजान सक्ने सामथ्र्य राजनीतिक आन्दोलनले नै राख्छ । त्यो हुँदा राजनीतिप्रति र संगठित राजनीतिप्रति मेरो जहिले पनि विश्वास रहँदै आएको छ । आज पनि रहेको छ र भोलि पनि रहन्छ । त्यस्तो अवस्थामा भोलि एउटा राजनीतिक दस्ताको रुपमा नै काम गर्ने अवस्था आएछ भनेपनि हामी तयार हुनुपर्छ । म आफैंपनि तयार हुनुपर्छ र म त्यसको लागि तयार छु ।

    हामीले अहिले अनुभूत गरेको कुरा के हो भने लोकतन्त्र र जनताको शासनलाई जीवित राख्ने हो भने जनता सधैँ जीवित हुनुप¥यो । जीवन्त समाजमा जहिले पनि हर्कतहरू भइरहन्छन् । हामी हर्कतै नगरी सुतेर बसिरहने हो भने, हामी आफ्नो दालभात तरकारी खाने, दैनिक कामहरू मात्रै गरिरहने र पासले भनेको जस्तो घरबाट काममा जाने, कामबाट घर जाने अनि मज्जाले निदाउने मात्रै गरेर बस्ने हो भने कुनैपनि देशको लोकतन्त्र जोगिँदैन । हामीले अमेरिकाका मान्छेहरू पनि आन्दोलित भएको देख्यौँ, व्ल्याक लाइभ्स् म्याटर भनेर ।

    भारतमा शाहिलवागदेखि अहिले किसान आन्दोलनसम्म जागृत भएर र एकदमै चनाखो भएर उभिरहेको र डटिरहेको देख्यौँ । भनेपछि हामीमा पनि त्यो खालको एउटा जागरुकता र त्यो खालको निरन्तर आन्दोलनकारी चेत छ । हामी कहिलेसम्म आन्दोलन भन्ने पनि सुनिरहेका छौँ । तर हामीमा आन्दोलनकारी चेत चाहिँ हुनुपर्छ र त्यसको विकल्प नै छैन ।

    (अभियन्ता/लेखक तिवारीसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानी। तस्वीर: महेश पाण्डेय ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सरिता तिवारी

      सरिता तिवारी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.