Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महिलाद्वेसी नियमको सर्वत्र निन्दा

nepal_readers nepal_readers
माघ २९, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गृहमन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मानव तःकरी रोक्ने नाममा पर्यटन भिसामा विदेश जाने महिलाका लागि भन्दै तयार पारेको ‘अध्यागमन कार्यविधि २०६५ को मस्यौदा’ लैंगिक हिसाबले विभेदी देखिएपछि त्यसको सर्वत्र आलोचना र निन्दा शुरु भएको छ । अफ्रिकी र खाडी मुलुक जाने ४० वर्षभन्दा कम उमेरका महिलाले त्यहाँ जान स्थानीय तहको सिफारिस वा पारिवारिक मन्जुरीनामा लिनुपर्ने प्रावधान उल्लेख भएपछि त्यसविरुद्ध सर्वत्र निन्दा सुरु भएको हो। सामाजिक संजालमा देखिएका केही प्रतिनिधिमुलक टिप्पणीहरू यसप्रकार छन् :

    गृह मन्त्रालय शासित निकाय अध्यागमन विभागले मानव तस्करी रोक्ने नाममा बारम्बार महिलाद्वेषी, निरक्षरद्वेषी र ग्रामिणजनद्वेषी नियमहरू अघि बढाउँन खुबै रुचि राख्छ । नराखोस पनि किन, यो निकायको नेतृत्व सम्हाल्ने ठाउँमा बलत्कारलाई सामान्यीकरण गर्ने मानिस ढसमस्स छन् । जनकराज सापकोटा, पत्रकार

    तोरीको जात, लिङ्ग, भाषा, धर्म केही पनि हुन्न हउ ! बेकारमा महिलाले विदेश जान वडाको स्विकृतिबारे आउने भनिएको नियम कानून– बनाउनेहरूमा ती कुरा छुट्याउने चेष्टा नगरौँ न के सर्मिसहरू! डा. रामेश, चिकित्सक, लेखक

    केटी र केटी भएको दुई सदस्यीय परिवारमा जेष्ठ सदस्यको उमेर ३० छ । अब सानो सदस्यले ठूलो र ठूलो सदस्यले सानो सदस्यलाई अनुमति दिँदा हुन्छ कि नाइ त सर्खार ? नत्र त अर्काे बर्ष थाइल्यान्ड घुम्न जाने भनेर छोरीले पैसा जम्मा गरिराखेको खुत्रुके आजै फुटाइदिन्चम । बिनु सुवेदी, पत्रकार

    स्थानीय वडाको सिफारिस र परिवारको सहमतीले चाहिँ जोखिम कसरी घटाउने रहेछ? बुझ्नै नसकिने भो ! कर्मठ, सर्वसाधारण
    नेपालका अधिकांश महिलालाई शोषणमा पर्न देश छोड्नै पर्दैन, धेरैलाई त घर पनि छोड्नु पर्दैन। लुना रन्जित, लेखक

    २०४९ साल ताकको कुरा हो, राहदानी बनाउनको लागि आवेदन दिँदा घरका अभिभावकको मन्जूरी चाहियो भन्दै दुर्व्यवहार गरेका थिए। आज तिनैले पुन ः महिलालाई राज्य नियन्त्रित दासी बनाउन लागि परेका छन्। यो कदापी हुँदैन गृहमन्त्रालय र अध्यगमन अधिकारीहरु नै विभेदकारी नियम बनाउन लागि परेका छन् । मोहना अन्सारी, अधिकारकर्मी

    हाम्रा धेरै दाजुभाइ सदा हाम्रै हकहित, सुरक्षा र भलाईको पीर गरेर बस्नुहुन्छ । महिलाका दुखकष्ट हामीलाई नै बुझाउनुहुन्छ । हाम्रो लागि राम्रो–नराम्रो छुट्याइदिनुहुन्छ । हामीले अनुभव गरेको भेदभाव होइन, स्नेह र सद्भाव हो भनी सम्झाउनुहुन्छ । तैपनि नबुझी बोल्न खोज्ने हामी कति कृतघ्न ? हामीले मागेभन्दा धेरै र चाहेभन्दा बढी सल्लाह दिने उहाँहरूलाई अधिकारको कुरा गरे चित्त दुख्छ । घरपरिवार, इष्टमित्र, काम, पाहुना, सन्तान, गाइवस्तु, खेतीपाती, चाड, भान्सा, संस्कृति, धर्म, सब तिमीलाई सम्हाल्न दिएकै छु, यो अधिकारको लेठो किन व्यहोर्छौ ? म छु नि, मेरो मन कति ठुलो छ नि ।

    आजकल महिलालाई छुनै हुन्न । राम्रो हिसाबले भने पनि गलत अर्थ लगाएर गुटबन्दी गरेर खनिन्छन् । डलर खाएर धर्मसंस्कृतिको विरोध गर्छन्, “मी टु“ लाइदिन्छन्। शताब्दीयौंदेखि एकलौटी ओगटेको शक्तिमा अरुले ठाउँ खोज्दा, प्रश्न सोध्दा, तर्क गर्दा पनि आफ्नो अस्तित्व गुम्ने कति डर लाग्छ होला। रिचा भटराई, लेखक

    महिलाको राहदानी बनाउन श्रीमानको सही चाहिने जÞमाना गयो भनेको त महिलालाई वयस्कजस्तो व्यवहार गर्ने बेला अझै आएको रहेनछ ! रीस र टीठको दोसाँधमा। इला शर्मा, लेखक

    ४० मुनिका महिला विदेश भ्रमणमा जाँदा परिवारको सहमति, वडाको सिफारिस अनिवार्य भन्ने खबर पढेर दिक्क छु । यस्तो व्यक्तिको दिमागले ठीकठाक काम नगर्दा यस्तो सोच आउन सक्छ । तर सामूहिक निर्णयबाट यस्ता कुरा कसरी अनुमोदित हुन्छन् ?यस्ता निकृष्ट सोचका व्यक्ति कसरी त्यति उच्च ओहदामा पुगे होलान्? प्रवक्ता, विवेकशील साझा पार्टी

    नेपालमा गम्भीर र उल्टा कानूनहरू आवश्यक छन्। महिलाको संरक्षणका लागि भनिएका सबै प्रावधानहरू पुरुषक हकमा पनि हुनुपर्छ। महिलाका हकमा भएका व्यवस्था पुरुषको पनि हुनुपर्छ। खाना पकाउने र सफाई गर्नेदेखि लिएर ‘तँ चुप लागेर बस्’ भन्नेसम्म। मिना कैनी, अभियन्ता

    महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध मात्र हौइन, देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को पनि हो। प्रतिगमन राजनीतिक मात्रै होइन, संगसंगै सामाजिकरसांस्कृतिक सबै क्षेत्रमा हुर्र्कँदैछ। सशक्त प्रतिरोध गरौं। डा. बाबुराम भटराई, अध्यक्ष, संघीय परिषद्

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.