Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

हामीलाई देवीको रुपमा पूज्नु पर्दैन, समानता चाहिएको हो

एकपटक बलात्कृत भइसकेकी महिला दोस्रोपटक प्रहरी चौकीमा मौखिक रुपमा बलात्कृत हुन्थिन् भने तेस्रोपटक अदालतमा। उनलाई न्याय दिनुको सट्टा उल्टै महिलामै खोट देखाइन्थ्यो। उनीमाथि उनका कपडा र घटनाको समयलाई लिएर प्रश्न गरिन्थ्यो।

nepal_readers nepal_readers
मंसिर २७, २०७८
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शबाना आज्मी भारतीय अभिनेता तथा अभियन्ता हुन्। उनले लैंगिक समानता र समताका मुद्दामा लामो समयदेखि वकालत गर्दै आएकी छिन्। आफूले काम गर्दै आएको मिजवान वेलफेयर सोसाइटी र महिलाविरुद्धको हिंसाविरुद्धको योगदानका विषयमा वुमेन्सवेभ डट इनमा अन्जली जी शर्माले सन् २०१८ मा उनीसँग गरेको कुराकानीको अनुवादः

    तपाईँ विभिन्न सामाजिक विषयहरूमा काम गरिरहनुभएको छ। कतिपय विकासका कामहरूको नेतृत्व पनि गर्दै आउनुभयो। के तपाईँ सधैं सामाजिक आन्दोलनको हिस्सा बन्न चाहनुहुन्थ्यो? यसमा लाग्न तपाईँलाई केले प्रेरित गर्‍यो ?

    मेरा अभिभावकहरू कला सधैं सामाजिक परिवर्तनका लागि एउटा यन्त्र बन्नुपर्छ भन्ने कुरा विश्वास गर्नुहुन्थ्यो। कम्युनिष्ट पार्टीका सदस्य समेत रहनुभएका मेरा बुवा सामाजिक न्यायमा बलियो विश्वास गर्नुहुन्थ्यो। उहाँ जे लेख्ने/बोल्ने गर्नुहुन्थ्यो, त्यसको अभ्यास पनि गर्नुहुन्थ्यो। सन् १९४२ को सुरुवातमा उहाँले एउटा कविता ‘औरत’ लेख्नुभयो-‘उठ मेरी जान, मेरे साथ चल्ना है तुजे।’ उहाँले श्रीमती, छोरी शबाना र बुहारी तान्वीसँगको सम्बन्धको सन्दर्भमा पनि उहाँ समान अवसरको अभ्यास गर्नुहुन्थ्यो। यो नै मेरो पृष्ठभूमि हो।

    पछि गएर म सामाजिक विषयका फिल्महरूमा काम गर्न थालेँ। त्यहाँ मैले सामाजिक असमानताविरुद्ध बोल्ने चरित्रमै प्रायः अभिनय गरेँ। यसखालको पृष्ठभूमिसँगै जब यी सबै तत्वहरूको संयोजन हुन्छ, तब आफैँलाई प्रश्न सोध्ने समय आउँछ– यो सामाजिक असमानता किन ? यहाँ किन फरकपन छ? र, किन कोही विशेषाधिकार प्राप्त छन् भने कोही किन छैनन? जब तपाईँ एकपटक यी प्रश्नहरू आफैंलाई सोध्नुहुन्छ भने तपाईँ परिवर्तन गर्ने प्रक्रियामा सहभागी हुनुहुन्छ।

    सामाजिक विषयहरू र विशेषगरी महिला आन्दोलनका दुईवटा फिल्मले वास्तवमै मेरो सहभागितालाई दर्शाएको छ। एउटा, महेश भट्टको ‘अर्थ’ र अर्को, गौतम घोसेको ‘पार।’ यी फिल्महरूले मलाई मजस्ता अवसर पाएका मानिसहरू परिवर्तनको बाहक बन्न सक्छन् भन्ने कुरा विश्वास दिलायो। उदाहरणका लागिः अर्थ रिलिज भएपछि धेरै महिलाहरू मसँग आउनुुभयो। उहाँहरू मेरा फ्यानको रूपमा होइन, एउटा मैले उहाँहरूको वैवाहिक समस्या सुल्झाउछुु भन्ने अपेक्षाले आउनुभएको थियो। महिला आन्दोलनमा सहभागिताको यो सुरुवात थियो।

    त्यही समय, डकुुमेन्ट्री फिल्म निर्माता अनन्द पटवर्धनले मलाई उहाँको डकुमेन्ट्री ‘बम्बई आवर सिटी’ देखाउनुभयो। जसले मलाई स्लम् (गरीब वस्ती) र पुनर्वासका समस्या विषयमा ध्यान केन्द्रित गर्न प्रेरित गर्‍यो। यसले मलाई ‘निभारा हक’मा सहभागी गरायो, जुन आवासीय अधिकार संगठन हो। सन् १९८६ को मे महिनामा मैले आनन्द पटवर्धन र अन्य तीन गरीब वस्तीमा बस्नेहरूसँगै भोक हड्ताल गरे। गरीबहरूका लागि दक्षिण बम्बईमा वैकल्पिक भूमिको माग गर्दै हामी हड्तालमा बसेका थियौँ। त्यसबेला एउटी महिला कलाकार पनि त्यस सामाजिक मुद्दामा सहभागी भएको कुराको प्रचार भएको थिएन। हड्तालको पाँच दिनपछि सरकार हाम्रो माग पूरा गर्न राजी भयो र वैकल्पिक भूमिको वितरण गर्‍यो। यस कदमले पनि मलाई सामाजिक काममा परिचालन गर्‍यो। जसका कारण मैले निभारा हकमा धेरै काम गरेँ र त्यसपछि म मेरो बुवाको एनजिओ वेलफेयर सोसाइटीमा पूर्णरुपमा सहभागी भएँ।

    कोही तो सुत चुकाए, कोही तो जिम्मा ले उस इन्कलावका जो आज तक उधार सा है– यी सुन्दर शब्द काइफी अजमिजीका हुन्। यो मिजवान वेलफेयर सोसाइटी बनाउनुको प्रेरणा पनि हो। मिजवानमा धेरै कामहरू पूरा भए, तपाईं कस्तो अनुभव गर्नुहुन्छ र यो संगठनले सामना गरिरहेका चुुनौतीहरू के के हुन्?

    हामी मिजवानसँगको यात्रामा धेरै अगाडि बढिसक्यौँ। मलाई लाग्छ यस समुदायमा धेरै प्रगति पनि भएको छ। यो समुदाय संवेदनशील मात्रै छैन, यहाँ महिलाको सशक्तीकरण पनि भएको छ। यो सशक्तिकरण महिलाहरूलाई वित्तिय क्षेत्रमा सवल बनाउनुको परिणाम पनि हो। आज महिलाहरूलाई आफ्नो बैंक खाता सञ्चालन गर्न र एटिएम प्रयोग गर्न सक्षम बनाइएको छ।

    उनीहरूमध्ये केही मुम्बई पुुगे र उनीहरूले आफैँले बनाएको शेरवानी लगाएका शारुख खानलाई भेटेपछि उनीहरूमा बेग्लै तहको आत्मविश्वास बढ्यो। खासमा यो पनि सशक्तिकरण हो। यी सबैले एउटा पितृसत्तात्मक परिवारमा परिवर्तन ल्याएको छ र महिलाहरूपनि निर्णायक प्रक्रियामा भाग लिन थालेका छन्।

    तर मेरा लागि,समुदाय आफैँले आफ्नो जीवनको नेतृत्व गर्ने कुरा चुनौतीपूर्ण ठानेको थिएँ, जुन अहिलेसम्म भएको छैन। तर उनीहरू मलाई एउटा सहयोगीको रूपमा हेर्छन्। उनीहरू सबै समस्याको समाधान मैले नै गरिदिन्छु भन्ठान्छन्। तर म त्यो समुदायको उन्नत्तिका लागि उनीहरू आफ्नै पाइतालामा उभिएर काम गरुन् भन्ने चाहन्थेँ।

    मिजवानमा सञ्चालित कक्षा ९ देखि प्रविणता तहसम्मको स्कुलमा दैनिक ज्याला मजदुरका छोरीहरू पढ्न आउँछन्। उनीहरू आफ्ना बच्चाको पढाई शुल्कका लागि महिनाको ८० रुपैयाँ पनि तिर्न सक्दैनन्। त्यस स्कुलमा पढ्ने छात्राहरू आफ्नो घरेलु काम (खाना पकाउने, सफा गर्ने आदि) काम सकेर कोशौं टाढादेखि धाएर स्कुल आउँछन्।

    हामी विद्यालयको पाठ्यक्रमभन्दा बाहिर गएर अतिरिक्त क्रियाकलापमा पनि उनीहरूलाई सक्रिय गराउन चाहन्छौं। जस्तैः नेतृत्व कार्यक्रम, कम्युटर सीप आदि। तर यसरी विद्यालय समय सकिएपछि अतिरिक्त क्रियाकलापमा सहभागी गराउने कुरा धेरै चुनौतीपूर्ण छ। किनभने उनीहरूलाई स्कुलबाट घर फर्किएर अन्य घरेलु कामहरू गर्नुपर्ने हुन्छ।

    त्यस्तै त्यहाँ पूर्वाधारसम्बन्धी चुनौतीहरू पनि छन्। हामीले अमेरिका लगायत अन्य देशका स्वयम्सेवकहरूले सम्पर्क गर्न सक्नेगरी ती छात्राहरूका लागि डिजिटल क्लास सुरु गर्‍यौँ। तर नेटवर्कको समस्याले गर्दा उनीहरू यस शक्तिशाली माध्यमप्रति रुची हराउँदै जान्छ। यो माध्यमले तालिमप्राप्त शिक्षकहरूको कमीलाई सुन्दर तरिकाले पूर्ति गर्नसक्थ्यो। डिजिटल सामग्रीहरूले धेरै स्वतन्त्रता दिनसक्छ। तर विभिन्न चुनौतीका कारण हामी अहिले पनि यसलाई मिजवानमा उपयोग गर्न सकिरहेका छैनौं।

    प्लान इन्डिया इम्प्याक्ट अवार्ड–२०१७ को विजेतालाई हेर्दा थाहा हुन्छ, महिलाहरू आफ्नो समाजलाई परिचालन गर्नका लागि मुख्य भूमिका खेलिरहेका छन्। महिलाहरूको भूमिकालाई तपाईँ कसरी लिनुहुन्छ? मिजवानमा त्यस्ता कुनै उदाहणहरू छन्?

    म लामो समयदेखि महिलाहरूसँग काम गरिरहेको छु। महिलाहरूलाई परिचालन गर्न अलि बढी समय लाग्ला। तर यदि तपाईँ एकपटक महिलालाई परिचालन गर्नुहुन्छ भने उनीहरूले साच्चिकै नेतृत्व गर्न सक्छन्, किनकि उनीहरूको जीवन प्रत्यक्ष रुपमा प्रभावित भएको हुन्छ। र जब उनीहरू अग्रपंक्तिमा काम गर्छन्, त्यो काम उनीहरू कर्तव्यका रुपमा मात्र गर्दैनन्। उनीहरू वास्तवमै परिवर्तनको चाहना राखेर काम गर्छन्।

    यहाँसम्म कि पञ्चायती राजमा भएको ७३ औं र ७४ औं संशोधनका कारण ‘मौन क्रान्ति’ले पनि स्थान पाइरहेको छ। महिलाहरू सरपञ्च बने भने उनीहरू वास्तवमै सशक्त हुन्छन् भन्ने ठोस प्रमाण यहाँ देखिन्छ। महिलाहरूले समाधान गर्ने विषयहरू धेरै फरक हुन्छन्। उनीहरू स्वास्थ्य, सरसरफाई तथा महिलालाई प्रत्यक्ष रुपमा असर पर्नेखालका विषयहरूमा सरोकार राख्छन्। उनीहरू आफ्नो समुदायको समग्र रुपमा सबै विषयमा पहुँच राख्छन्।

    मिजवानकै कुरा गर्ने हो भने आज यो एउटा दिशामुक्त समुदाय भइसकेको छ। यो सबै परिवर्तनको श्रेय महिलाहरूलाई जान्छ। यसमा अग्रपंक्तिमा काम गर्ने महिलाहरूको भूमिका ठूलो छ। चर्पीको माग गर्ने महिलाहरू नै थिए। खुल्ला सौच गर्दा स्वास्थ्य खतराका अलवा उनीहरूले सामना गर्नुपर्ने अप्ठ्यारा तथा अपमानका विषयमा बोले। त्यसैले, दिशामुक्त क्षेत्र बनाउनका लागि आफ्नो समुदायलाई परिचालन गरे। अन्ततः चर्पी बनाउका लागि पुरुषलाई दबाब दिए र उनीहरूलाई पनि परिचालन गरे। सुरुवातमा कुनै सहकार्य भएको थिएन, तर उनीहरूको अन्तिमसम्मको प्रयासको बलले परिवर्तन ल्यायो।

    ‘थम्सन रोयटर्स पर्सेप्सन पोल’ले भारतलाई विश्वमै सबैभन्दा खतरापूर्ण देशमध्ये नम्बर १ मा राख्यो। यस पोलमा समावेश भएका प्रक्रियालाई लिएर विभिन्न कोणबाट व्याख्या गर्न मिल्ला, यद्यपि डाटाले भनेको छ: भारतमा प्रत्येक २० मिनेटमा एउटा बलात्कार हुन्छ र प्रत्येक तीन मिनेटमा महिलामाथि अपराध हुन्छ। के यसले तपाईँलाई निराश बनाउँछ?

    तपाईँले भनेको यो डाटामा देखिएका भन्दा धेरै घटनाहरू भएका छन्। यद्यपि मानिसहरू अहिले खुल्दैछन् र आफूमाथि भएका अन्यायका बिषयमा बोल्दैछन्। यो स्वस्थकर कुरा हो। पहिले यी सबै घटना दबिएका थिए। महिलाहरू बाहिर निस्किन र आफूविरुद्ध भएको अन्यायका विषयमा बोल्न डराउँथे। यदि एउटी बलत्कृत महिलाले आफूमाथि भएको अन्यायका विरुछ उजरी गरिन् भने उनीमाथि माथि पटक–पटक मौखिक बलत्कार हुन्थ्यो। एकपटक बलात्कृत भइसकेकी महिला दोस्रोपटक प्रहरी चौकीमा मौखिक रुपमा बलात्कृत हुन्थिन् भने तेस्रोपटक अदालतमा। उनलाई न्याय दिनुको सट्टा उल्टै महिलामै खोट देखाइन्थ्यो। उनीमाथि उनका कपडा र घटनाको समयलाई लिएर प्रश्न गरिन्थ्यो।

    अझ चाखलाग्दो कुरा के छ भने एउटा अध्ययनमा १ सय मध्ये ९८ जना एस.एच ओ (स्टेसन हाउस अफिसर)ले बलात्कारको उजुरी दिन आउने महिलाहरू कि त चरित्रहिन हुन्छन्, कि पैसा असुल्ने उद्देश्यले त्यस्तो आरोप लगाउने गरेको बताएका थिए। यसबाट कल्पना गर्न सकिन्छ कि उजुरी गर्नेहरूमाथि उनीहरूले कस्तो खराब व्यवहार गर्लान्।

    त्यसैले परिवर्तन हुन त समय लाग्छ। तर मलाई लाग्छ एउटा मुख्य परिवर्तन भइसकेको छ, महिलाहरू आज बाहिर निस्किएका छन् र भनिरहेका छन्ः ‘दोष हटाउ, लाज हटाउ।’ पहिला पीडितले नै सजाय पाउँथे भने आज महिलाहरू यसविरुद्ध उभिएका छन्। निर्भया केसपछि भने यस प्रवृत्तिमा ठूलो परिवर्तन आएको छ। यस केसपछि ‘जस्टिस वर्मा’ समिती बन्यो र यसले महिलाले प्रहरीकहाँ आफूविरुद्ध भएको हिंसाको उजुरी गर्दा अनिवार्य भिडियो टेप रिपोर्टका लागि सिफारिस गर्‍यो। महिलाले उजुरी दिँदा कस्तो व्यवहार गरिन्छ वा कस्ता प्रश्न सोधिन्छ भन्ने थाहा पाउनका लागि यो एउटा अनिवार्य प्रोटोकल हो। त्यसैले धेरै परिवर्तन र प्रगति भइसकेको छ। तर हामीलाई अझै धेरै टाढा जानुछ। गिलास आधा भरिएको छ–अब हामी यसलाई हामी आधा खाली देख्छौं भने त्यो हाम्रै रोजाईको कुरा हो।

    तपाईँ लैंगिक समानताका लागि वकालत गरिरहनुभएको छ। धेरै काम भइसकेको छ तर अझै हामी गन्तव्य भन्दा धेरै टाढा छौं, तपाईँलाई के लाग्छ, यस सम्बन्धमा हामी कहाँ छौँ?

    हामीले यो बुझ्नुपर्छ कि हामी आधारभूत रूपमा एउटा पितृसत्तात्मक समाजमा छौं। जहाँ पुरुष, पुरुष भएर जन्मेकै आधारमा उसलाई विशेषाधिकार प्राप्त छ। महिलाहरूले भेदभावको एउटा पूरा श्रृंखलाबाट गुज्रनुपरेको छ, जहाँ उनलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान अवसरबाट बञ्चित गराइएको छ। पितृसत्तात्मक समाजको यो माइन्डसेटलाई नै हामीले परिवर्तन गर्नुपर्ने छ। पितृसत्ताबाट पुरुषहरूपनि उत्तिकै पीडित भएको कुरो त हामीले बुझाउनै सकेका छैनौँ।

    हामी एउटी महिलालाई देवीको रूपमा सम्मान गर्छौँ त भन्छौं त त्यसो भन्दै गर्दा हामी वास्तविक मुद्दाबाट पछि हट्दैछौं। हामीलाई देवीको रूप दिइरहनुपर्दैन, केबल समानता चाहिएको छ। यदि कसैले महिलालाई देवीको कुर्सीमा राखिदिन्छ र उनलाई पूजा गर्छ भने यसमा हामीलाई केही भन्नुछैन। तर हाम्रो मानसिकतामा जुन पितृसत्ताको पकड छ, त्यसलाई बदल्नुछ। महिला र पुरुषलाई सँगसँगै काम गर्नुछ। घरभित्रको काम र बालबालिकाको हेरचाह महिलाको मात्रै जिम्मेवारी हो भन्ने कुरा बदल्नुछ। आज महिला र पुरुष दुवै घरबाहिरको काम गर्छन्। पुरुषको काम महिलाको भन्दा महत्वपूर्ण कुरा हो भन्ने सोचलाई बदल्नुछ। आधारभूत रूपमा हामीलाई महिला को हुन् भन्ने सम्बन्धमा पितृसत्तात्मक मानसिकताले जुन छाप बनाएको छ, त्यसलाई हटाउनुछ, अघि बढ्नुछ र समानतातर्फ अग्रसर हुनुपर्छ।

    सम्मोहक कथाहरूका माध्यमबाट सामाजिक परिवर्तन ल्याउनका लागि सिनेमा क्षेत्रको शक्ति प्रसंशनीय छ। सिनेमा सफलताका कहानी र इम्प्याक्ट अवार्डबाट अगाडि बढ्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ? सिनेमा क्षेत्रले सामाजिक परिवर्तनमा योगदान दिने खालका कहानीमा न्याय गरिरहेको छ ?

    यहाँका एउटा तप्काका मान्छेहरू सिनेमाको उद्देश्य केबल मनोरञ्जन मात्र हो भन्ने कुरामा विश्वास गर्छन्। मलाई यसमा समस्या छैन। तर समाजमा अर्को तप्का पनि छ, जो कलालाई सामाजिक परिवर्तनको यन्त्रका रूपमा प्रयोग गर्नुपर्ने कुरा गर्छ। सिनेमा क्षेत्र एकैखालको हुनुपर्छ भनेर भन्न सकिँदैन। सुरुमा दर्शकले नै उनीहरू सिनेमाबाट के चाहन्छन् भन्ने कुरा महशुस गर्नुपर्छ। सबै फिल्म सामाजिक परिवर्तनकै विषयमा हुनपर्छ भन्ने छैन। तर हामीले मनोरञ्जनको पुनर्परिभाषा गर्नुपर्छ। मनोरञ्जन किन यति कच्चा र अश्लील हुनुपर्छ? यो परिवर्तन हुनसक्छ।

    निर्माताले एउटा व्यवसायीले जस्तै नाफा कमाउने उद्देश्यले फिल्म बनाउँछ। यदि दर्शकले उनीहरू महिला केन्द्रित तथा सामाजिक मुद्दाका फिल्म हेर्न तयार छन् भन्ने कुरा देखाउने हो भने निर्माताले यस्ता फिल्म बनाउन सुरु गर्नेछन्। तपाईँले यसका लागि फिल्म इन्डस्ट्री मात्रै जिम्मेवार ठहर्‍याउन सक्नुुहन्न। यदि दर्शकले ‘ए’ र ‘बी’मध्ये एउटालाई रोज्नुुपर्ने हुन्छ भने तपार्इँ एउटा दर्शकको रूपमा ‘ए’लाई नै रोज्नुहुन्छ, किनकि यो कमर्सीयल छ।

    त्यसैले परिवर्तन र यसको प्रभावका लागि दर्शक र निर्माता दुवै जिम्मेवार हुन्छन्। तर यो धेरै महत्वपूर्ण कुरा छ कि सामाजिक परिवर्तनको कुरा गर्ने फिल्मलाई पालनपोषण भने गर्नुपर्छ। यदि तपाईँले सामाजिक परिवर्तनमा योगदान दिनेखालका फिल्मको टिकट किन्नुभएन भने अन्त्यमा यस्ता फिल्म बन्ने छैनन्।

    अचेल यस माहोलमा परिवर्तन भएको छ। आज यहाँ महिला केन्द्रित फिल्महरूले पनि राम्रो गरिरहेका छन्। महिलाले नेतृत्व गरेका र महिलाले बनाएका फिल्महरू सफल भइरहेका छन्। यो परिवर्तनलाई स्वागत छ। किनकि यसले अरु धेरै यस्ता कथाहरूलाई अगाडि आउन र अरु धेरै यस्ता फिल्म बन्न उत्प्रेरणा दिनेछ।

    मिजवानमा त्यस्तो कुनै सफलताको कथा छ ? जसले तपाईँलाई धेरै प्रभाव पारेको छ र जुन, अन्यका लागि पे्ररणाको स्रोत बन्न सकोस्।
    पहिले मिजवानमा बालविवाह अनियन्त्रित थियो। १२ वर्षका केटीहरू सिउँदोमा सिन्दुर लगाएर आउने गर्थे। हामीले यो अवैधानिक हो भन्ने कुरा बुझाउन धेरै मेहेनत गर्‍यौं। तर वर्षौँदेखिको परम्परा सजिलै परिवर्तन हुन धेरै गाह्रो छ र यससँग धेरै लड्नुपर्ने हुन्छ।

    यसैबीच पाठ्यक्रमका अलावा हाम्रो स्कुल र कलेजमा लैंगिक शिक्षाका कारण केही केटीहरूले भाइस प्रिन्सिपलको मद्धतबाट दाइजोप्रथाका विषयमा नाटक लेखे। यो उनीहरूले जयपुरस्थित अन्तर प्रदेश प्रतिश्पर्धाका क्रममा प्रदर्शन गरे।

    यी छात्राहरू मिजवानबाट बाहिर निस्केको यो नै पहिलोपटक थियो, जुन आफैँमा हाम्रा लागि गर्वको विषय हो। उनीहरूको मेहेनत सबैभन्दा उत्कृष्ट घोषित भयो। गाउँ फर्किएपछि तीमध्ये एकजनाले एउटा सभाका लागि अनुरोध गरिन्। विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘मेरा लागि यो एउटा अवार्ड मात्र होइन, यो स्वतन्त्रताको पासपोर्ट पनि हो। किनकि यसको आधारमा मैले मेरा अभिभावकका अघि प्रमाणित गरेँ कि म अरु केहीका लागि लायक छु र मेरा आफ्नै आकांक्षाहरू छन्। मैले १८ वर्ष नपुगी विवाह नगर्ने प्रतिज्ञा गरेको छु।’

    त्यसपछि उनले प्रिन्सिपल, शिक्षकहरू र सबै विद्यार्थीलाई बालविवाहविरुद्धको अभियानमा परिचालन गरिन्। यदि कुनै केटीलाई १८ वर्षअघि विवाहका लागि दबाब दिइयो भने धर्ना बस्ने, उजुरी दिने र बालविवाहका लागि दबाब दिने परिवारलाई पक्राउ गराउने चेतावनी दिइन्। यो एउटा नयाँ सुरुवात थियो र ठूलो प्रभावका लागि एउटा उत्प्रेरक पनि थियो। परिणामस्वरुप, अहिले मिजवानका करिब २५ गाउँमा बालविवाह पूर्ण रुपमा निर्मूल भएको छ। यो मेरा लागि ठूलो कुरा हो। किनकि यसले समाजको मानकिसतामा ठूलो परिवर्तन ल्यायो। मानसिकतामै परिवर्तन हुनु भनेको एउटा पुस्ता परिवर्तन हुनु हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.