Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

विश्व व्यवस्थामा परिवर्तनका संकेतहरु

जी ७  को ३ जून २०२१ को शिखरबैठक कर्णवाल सहमतिको कार्यान्वयन र भर्खरै सम्पन्न ओकस सम्झौताले युरोप तथा अङ्ग्रेजीभाषी शक्तिहरुको अन्तरविरोधले विश्वले कस्तो मार्ग लेला अहिले नै अनुमान गर्न सकिदै‌न तर अब आउने समय झन् उथलपुथलकारी र अशान्त हुन सक्ने संकेत दिइरहेको छ।

केदार सिटौला केदार सिटौला
अशोज ४, २०७८
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अहिले विश्वमा कायम भएको विश्व व्यवस्थामा परिवर्तनका संकेतहरु देखा पर्न थालेका छन्। विश्व व्यवस्थामा परिवर्तन हुनु कुनै चानचुने कुरा होइन, बरु यो शताब्दीऔ पछि देख्‍न पाइने दुर्लभ घटना हो। यतिबेला हामी त्यस्तै परिवर्तनको संघारमा उभिएका छौ। यो आलेखमा यहि विश्व ब्यबस्था परिवर्तनका प्रारम्भिक संकेतका बारेमा चर्चा गर्ने छौ।

    कुनै पनि देश महाशक्ति बन्नको लागि आर्थिक रुपले अरु देश भन्दा शक्तिशाली बन्नु पर्छ। सन् १७ देखि १८२० सम्म बिश्वका सबैभन्दा धनी देशहरु चीन र भारत थिए। त्यस पछि बेलायत दोश्रो विश्व युद्धसम्म सबैभन्दा शक्तिशाली देश बन्यो। बेलायतलाई अमेरिकाले १८९० को दशकतिर आर्थिक रुपमा उछिनेको हो। आर्थिक रुपमा अमेरिका सम्पन्न भए पनि बेलयात अरु केहि दशक सम्म महाशक्तिकै रुपमा रह्यो। तर दोश्रो विश्व युद्धको अन्त्य तिर ब्रेटन वुड्स सहमतिपछि अमेरिका औपचारिक रुपमा महाशक्ति बन्यो। दोश्रो विश्व युद्धपछि अमेरिकालाई चुनौती दिदै अर्को महाशक्ति राष्ट्र सोभियत संघ उदायो। तर आर्थिक रुपमा सोभियत संघ अमेरिका भन्दा निकै सानो थियो। दोश्रो विश्व युद्धको अन्त्य तिर बिश्वको कुल गार्हस्थ उत्पादनमा अमेरिकाको हिस्सा करिब ५० प्रतिशत थियो। तर सोभियत संघको अर्थतन्त्र अमेरिकाको बराबरी कहिले पनि पुगेन। आफ्नो उत्कर्षको बेला समेत सोभियत संघको अर्थतन्त्र अमेरिकाको ४० प्रतिशत मात्र पुग्न सकेको थियो। आफु भन्दा कयौ गुणा सम्पन्न देशसँग सैन्य क्षेत्रमा ४ दशक सम्म निरन्तर प्रतिस्पर्धा गर्नु पर्दा सोभियत संघ टाट पल्टियो। नब्बेको दशकको सुरुवातमा सोभियत संघ बिघटन भएपछि अमेरिका एक्लो महाशक्ति बन्न पुग्यो। बिश्वमा अमेरिकाको एकक्षत्र बर्चस्व कायम भएको ३ दशक नपुग्दै त्यसमा क्षयीकरण हुन थालेको छ।

    जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ त्से तुङ्गको निधन भएको केहि वर्ष पछि तेङ सियाओ फिङ सत्तामा आए। तेङ सियाओ फिङले १९७८ मा चीनलाई समाजवादी खुला बजार अर्थतन्त्रको बाटोमा डोहोर्‍याए यताका ३ दशकमा यो देशले अभूतपूर्व विकाश गरेको छ।  विकाशको तिब्र रफ्तारका कारण चीनले २०१४ मा अमेरिकालाई एउटा आर्थिक सूचकांक कुल ग्राह्यस्थ उत्पादनलाई क्रय शक्ति समताबाट नाप्ने पद्धतिमा (PPP in GDP ) उछिनिसकेको छ। १९५० मा अमेरिकाको हिस्सा पिपिपिको आधारमा बिश्वको जीडीपीमा २७.३ प्रतिशत थियो भने चीनको हिस्सा मात्र ४.५ प्रतिशत थियो। शित युद्ध जितेको बेला १९९० मा अमेरिकाको हिस्सा २०.६ प्रतिशत थियो भने चीनको ३.८६ प्रतिशत मात्र थियो। तर २०१८ मा अमेरिकाको १५ प्रतिशत थियो भने चीनको १८.६ प्रतिशत ।

    अब अर्को आर्थिक सूचकांक नोमिनल कुल ग्राह्यस्थ उत्पादन (Nominal GDP) मा पनि छिट्टै नै उछिन्दैछ। केहि आर्थिक नीति बिष्लेशकहरुले चीनले अमेरिकालाई २०३५ तिर उछिन्दै बिश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेका थिए। कोभिड १९ माहामारीलाई समयमै नियन्त्रण गर्न चीन सफल भयो तर अमेरिका यसमा असफल भयो। जसका कारण अमेरिकाले ठुलै आर्थिक क्षति भोग्नु परेकोछ, तर चीनको अर्थतन्त्रमा त्यस्तो नराम्रो असर परेन। यो कारणले गर्दा अब २०२८ सम्ममा नै चीनले अमेरिकालाई उछिन्दै बिश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ।

    अमेरिकी राजनीतिक शास्त्री ग्राहम एलिसनका अनुसार जव एउटा स्थापित बर्चस्वशाली शक्तिलाई अर्को उदाउदो शक्तिले चुनौती दिन्छ त्यस बेला द्वन्दको अवस्था सिर्जना हुन्छ। यो अवस्थालाई एलिसनले “थुसाईदियस ट्रयाप” भनेर नामकरण गरेका छन्। एलिसनका अनुसार बिगत ५०० थुसाईदियस ट्रयापको अवस्था १६ पटक आएको थियो। जसमा १२ पटक यो अवस्थाको छिनोफानो युद्धबाटै भयो। अहिले विश्व बर्चस्व परिवर्तनको सन्धिकालमा उभिएको छ। यतिबला बिश्वमा सम्भावित परिवर्तनका कम्पन र हलचल देखापर्न थाली सकेको छ।

    अमेरिकी बर्चस्वलाई चुनौती दिन चीन र रुस बीच अघोषित रुपमा युरेसियन गठबन्धन बनेको छ। यो रुसी-चिनिया सम्बन्धलाई चिनिया विदेश मंत्री वांग यीले गठबन्धन भन्दा पनि राम्रो भनेर ब्याख्या गरेका छन्। रुसी-चिनिया मित्रताले दुवै देशहरुका लागि फाइदाजनक सावित भैराखेको छ। एकातर्फ रुसको विशाल तेल र ग्यास भण्डारले चिनिया बजार पाएको छ भने चीन रुसको लागि बैदेशिक लगानीको श्रोत बनिराखेको छ। यो गठबन्धनको उद्देश्य  केवल आर्थिक मात्र होइन, यो रुस र चीनको नया विश्व ब्यबस्थाको परिकल्पना पनि हो। जहाँ यी दुई देशहरु अरु देशको सार्वभौमसत्ताको सम्मान र अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गरिदैन। यो गठबन्धनलाई भत्काउन अमेरिकाले ठुलो प्रयास गरिरहेको छ, जुन अहिलेसम्म सफल भएको छैन।

    दोश्रो विश्व युद्ध यता अमेरिकाको बर्चस्वको एउटा मुख्य कारण उसको मुद्रा डलर बिश्वकै कारोबार र रिजर्भ मुद्रा बन्नु पनि हो। दोश्रो विश्व युद्धको अन्त्य तिर ब्रेटन वुड्‌स सम्मेलनबाट अमेरिकी डलर विश्वको रिजर्भ मुद्रा बन्यो। यसको अनुचित फाइदा उठाउदै अमेरिकाले जतिबेला पनि जुनसुकै देशमाथि नाकाबन्दी लगाउने र विश्व भुक्तानी प्रणाली (SWIFT) अलग गर्न सक्थ्यो। रुस र चीनले अमेरिकी डलरको बर्चस्वलाई तोड्न डलर मुक्त ब्यापारको अवधारणा बिगत एक दशकदेखि लागु गर्न खोजिरहेका छन्। यसको लागि निम्न कदमहरु रुस र चीनले चाली रहेका छन्।

    पहिलो दुवै देशले एक आपसमा ब्यापार गर्दा आफ्नो आफ्नो मुद्रामा गर्ने।

    दोश्रो दुवै देशले चीनको मुद्रा रेनमिनबी लाई भुक्तानी र रिजर्भको अन्तर्राष्ट्रिय मुद्राको रुपमा प्रवर्धन गर्ने। र भुक्तानी र मेसेजिंगको लागि बैकल्पिक प्रणाली बनाउने जसमा डलरको बदलामा आफ्नो र मित्र राष्ट्रको मुद्रा प्रयोग गर्न सकियोस्।

    २००१ मा युरेसियालाई समेट्ने गरी साङ्घाई सहयोग सङ्गठन गठन भएको थियो। भौगोलिक र जनसंख्याको आधारमा यो संगठन बिश्वकै सबैभन्दा ठुलो क्षेत्रिय संगठन मानिन्छ। यो राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसमा रुस, चीन, कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इन्डिया, पाकिस्तान सामिल थिए। भर्खरै यसमा इरानलाई समावेश गरिएको छ। ताजकिस्तानको राजधानी दुशानबेमा भर्खरै सम्पन्न साङ्घाई सहयोग सङ्गठनको सिखर सम्मेलनले अफगानिस्तानसम्बन्धी ठोस प्रस्तावहरु पारित गरेको छ। रुस, चीन र पाकिस्तान जस्ता अफगानिस्तानमा प्रभाव भएका देशहरु सामेल संगठनले पारित गरेको प्रस्तावको धेरै महत्व छ।

    लेखक : केदार सिटौला

    युरेसिया गठबन्धन कुन अर्थमा पनि महत्वपुर्ण छ भने चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोडको मुख्य आधार क्षेत्र पनि यूरेसिया नै हो। चीन बेल्ट एण्ड रोड परियोजना अन्तर्गत पुरानो सिल्क रोड लाई फेरि पुनर्जागृत गराउन चाहन्छ। जस अन्तर्गत चीन एसिया, यूरोप र अफ्रिकालाई महत्वपूर्ण परियोजना मार्फत सडक, रेल, बन्दरगाह र पाइपलाइनहरुको माध्यम बाट जोड्न चाहन्छ।

    दोश्रो विश्व युद्धको अन्त्य पछि अमेरिकाले सोभियत संघबाट पश्चिमी यूरोपलाई रक्षा गर्न नाटो नामक सैन्य गठबन्धनको निर्माण गरेको थियो। सोभियत संघले यसको जवाफस्वरुप पुर्वी युरोपेली देशहरुसँग मिलेर वार्सा गठबन्धन बनाएको थियो। वास्तवमा नाटोको औचित्य त्यस बेलै समाप्त भएको थियो जव १९९१ मा सोभियत संघ र वार्सा गठबन्धनको बिघटन भयो। तर नाटोले वार्सा गठबन्धनको अन्त्यपछि पनि आफ्नो अस्तित्व कायम मात्र राखेन बरु पुर्वी युरोपतर्फ बिस्तार पनि गर्‍यो तर अब युरोपले अमेरिकी नेतृवको नाटोबाट अलग आफ्नै सेना निर्माणबारे गहन सोच विचार गर्न थालेको छ। कुनै संकट र संकटको अवस्थामा अमेरिकी सेनामा निर्भर रहनु घातक हुन सक्ने तितो अनुभव व्यहोरेका यूरोपिय देशहरुले अलग सेनाको आवस्यकता महसुस गरेका हुन्। अझ भर्खरै अफगानिस्तानबाट अमेरिकी सेनाको अपर्झट फिर्तीबाट युरोपेली देशहरु धेरै नै झस्केका छन्। यदि युरोपेली देशहरुले आफ्नै सेना निर्माण गरे भने नाटोको अन्त्यको सुरुवात हुनेछ।

    अमेरिकाले चिनिया चुनौतीलाई सामना गर्न विभिन्न प्रकारका गठबन्धहरु निर्माण गरिरहेको छ। प्राय ती सबै गठबन्धनको मुख्य केन्द्र चाँही एसिया प्रशान्त क्षेत्र नै रहेको छ। त्यस्ता गठबन्धन मध्ये एक हो २००७ मा निर्माण भएको क्वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्वाड)। अमेरिका, जापान, भारत र अस्ट्रेलिया सम्मिलित यस क्वाड गठबन्धन एसियाको नाटो भनेर पनि भन्ने गरिन्छ। त्यस्तै पाँच अंग्रेजीभाषी देशहरू बीच गोप्य जानकारीहरु आदान प्रदान गर्ने फाईव आइ एलाइन्स पनि बनेको छ।

    यस माथि थप अर्को अमेरिकी नेतृत्वको गठबन्धन थपिएको छ। भर्खरै केही दिन अगाडि १५ सेप्टेम्बरमा अमेरिका, बेलयात र अस्ट्रेलिया बीच एउटा सुरक्षा सम्झौता भएको छ जसलाई ओकसको नाम दिएको छ। ओकस सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी लाई समावेस गरिएको छ। यो गठबन्धन धेरै अर्थमा महत्वपुर्ण छ। यो सम्झौता अन्तरगत पहिलो चोटी एउटा आणविक शक्ति सम्पन्न देशले आणविक हतियार नभएको देशलाइ आणविक प्रविधि हस्तान्तरण गर्दै छ। अमेरिकाले अस्ट्रेलियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी बनाउने प्रविधि हस्तान्तरण गर्दै छ। यो सम्झौताले फ्रान्सलाई ठुलो घाटा लागेको छ। फ्रान्सले केही बर्ष अगाडि अस्ट्रेलियाबाट १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का पाएको थियो। अमेरिकाबाट आणविक शक्तिबाट चल्ने पनडुब्बी बनाउने प्रविधि पाएपछि अस्ट्रेलियाले फ्रान्ससंँगको सम्झौता रद्ध गरेको छ। यसको कारण फ्रान्समात्र होइन पुरै यूरोपले अपमानित र धोकाघडी भएको महशुस गरेका छन्।  यी घटनाहरुले प्रस्ट रुपमा के देखाउछ भने चीन बिरुद्ध अमेरिकी गठबन्धनमा लाग्न यूरोपेली देशहरु तयार छैनन्। त्यहि भएर अमेरिकाले अंग्रेजी भाषा बोल्ने एङ्ग्लो स्याक्सन देशहरुको अलगै मोर्चा बनाउन चाहन्छ।

    २०१४ रुसले क्राइमियालाई गाभेपछि धनी राष्ट्रहरूको समूह जी-७ बाट बहिस्कृत गरिएको थियो। त्यस्तै चीन विश्वकै दोश्रो ठुलो आर्थिक शक्ति भए पनि जी-७ मा समावेस गरिएको छैन। तर अफगानिस्तानको मामिलाबारे छलफल गर्न रुस र चीनलाई जी-७ बैठकमा पहिलो चोटी बोलाइएको छ। रुसका रास्ट्रपति पुटिनले स्थापना गरेको इस्टर्न इकोनोमिक फोरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुससँग ऊर्जा क्षेत्रमा सहकार्य बढाउने भाषण गरेका छन्। यदि उनले त्यसलाई कार्य रुप दिए भने भारत र रुस बीच ब्यापारिक सम्बन्ध वास्तविक रुपमा बढ्ने छ। जुन अहिले धेरै कम छ। यो सम्बन्धले मुर्तरुप लिएमा भारत चीन सँगको बेल्ट एण्ड रोड जोडिने छ।

    विश्वभर नै अहिले अमेरिकाको हैकमलाई खुलेआम चुनौती दिने कार्यहरु बढ्दै गइरहेका छन्। अमेरिकी कुदृष्टिका बाबजुद पनि रुस र जर्मनी बीच नर्ड स्ट्रिम-२ ग्यास पाइपलाइनको निर्माण सम्पन्न भएको छ। १२३० किलोमीटर लम्बाई भएको यो ग्यास पाइपलाइनले बाल्टिक समुन्द्रको माध्यम भएर रुसबाट जर्मनीमा हरेक वर्ष ५५०० करोड़ क्यूबिक मीटर ग्यास ढुवानी गर्नेछ। अमेरिकाले यो ग्यास पाइपलाइनलाई रुसको भू-राजनीतिक हतियारको रुपमा ब्याख्या गर्दै यसलाई रोक्न हरसम्भव प्रयास गरेको थियो। पाइपलाइन निर्माणमा संलग्न कम्पनिहरु माथि समेत अनेक प्रतिवन्धहरु लगाएको थियो। तर अनेक बाधा बिरोधहरुलाई पार लगाउँदै यसको निर्माण सम्पन भयो।

    अमेरिकाले पूर्व राष्ट्रपति ट्रम्पको पालामा भङ्ग  गरेको इरानसँग न्यूक्लियर सम्झौतामा अब इरान आफ्नो सर्तको आधारमा मात्र फेरि फर्किन चाहन्छ। इरानको सर्त छ पहिला अमेरिकाले आफु माथि लगाएका सबै आर्थिक प्रतिवन्ध फिर्ता लिनु पर्छ। अमेरिका माथि दबाब बढाउन इरानले यूरेनियम सम्वर्धन गर्ने कार्यलाई २० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्‍याएको छ। जवकि पहिला इरानसँग गरिएको सम्झौताले उसलाई ३.६७ प्रतिशत मात्र यूरेनियम सम्वर्धन गर्ने अनुमति दिएको थियो।

    यी घटना र प्रवृत्तिहरु विश्व ब्यबस्था परिवर्तनका संकेतहरु मात्र हुन्। जी ७  को ३ जून २०२१ को शिखर बैठक कर्णवाल सहमतिको कार्यान्वयन र भर्खरै सम्पन्न ओकस सम्झौताले युरोप तथा अङ्ग्रेजीभाषी शक्तिहरुको अन्तरविरोधले विश्वले कस्तो मार्ग लेला अहिले नै अनुमान गर्न सकिदै‌न तर अब आउने समय झन् उथलपुथलकारी र अशान्त हुन सक्ने संकेत दिइरहेको छ। हाम्रो देश नेपाल पनि सम्वेदनशील भू राजनीतिक क्षेत्रमा अवस्थित छ। यो आसन्न संकटबारे हामीले पनि समयमै सतर्क हुनु उचित हुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      केदार सिटौला

      केदार सिटौला

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.