Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मध्यपूर्वको समस्या र इरानी रणनीति

सेठ जे. फ्रेन्ट्ज्म्यान सेठ जे. फ्रेन्ट्ज्म्यान
बैशाख ८, २०८०
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इरानी सरकार समर्थित मिडियामा गत हप्ता भएका चाखलाग्दा अन्तरवार्ताहरू मध्ये एकमा मध्य पूर्वमाथि इरानको समग्र दृष्टिकोण र खासगरी इजरायलको सन्दर्भमा इरानका कस्ता रणनीति छन् भन्ने विषयमा चर्चा भयो। इरानका पूर्व कुटनीतिज्ञ हादी अफगानीसँग भएको कुराकानीमा उनले इजरायलमाथि इरानको दृष्टिकोण र केही रणनीतिहरूको खुलासा गरेका हुन्।

    हादी अफगानी इरानी मिडियाका रिपोर्टहरूमा प्रायः उदृत भइरहने पात्र हुन्। उनका विचारले सत्ताको प्रतिनिधित्व मात्रै गर्दैन, यो  भन्दा बढी त्यस क्षेत्रमा तेहरानको दृष्टिकोण कस्तो छ भन्ने विषयमा विश्लेषण समेत  गर्ने गर्छन्। एउटा विश्लेषकको रुपमा उनले इस्लामिक रिपब्लिकको क्षेत्रीय दृष्टिकोणलाई प्रस्तुत गरेका छन्। उदाहरणका लागि उनले भर्खरै सिरिया र साउदी अरब छिट्टै मिल्न सक्ने भन्दै टर्किस–सिरियन सम्झौताका सम्भावनाहरूको प्रशंसा गरेका थिए।

    आइआरजीसी(इरानी शैन्य शक्तिको  एउटा शाखा)सँग नजिक मानिएको तास्निम न्युजसँगको लामो अन्तरवार्तामा इजरायजको ‘भाग्य’ बारे चर्चा गर्दा अफगानीलाई उदृत गरिएको थियो र उनलाई प्यालेस्टाइनका पछिल्ला खतराहरूको बारेमा आकलन गर्न भनिएको थियो। उनले इजरायलमा के हुन गइरहेको छ र इजरायलमाथि इरानका प्रयास के हुने छन् बारेमा भएका सहमतिहरूको खुलासा गरे।

    इजरायलविरुद्ध ‘थर्ड फ्रन्ट’
    प्यालेस्टाइनसँगको पछिल्लो युद्धका सन्दर्भमा इरानले केही मोर्चाबाट पछिल्ला दुई हप्तामा इजरायलमाथि आक्रमण गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ। इजरायल आन्तरिक रुपमा कमजोर भइरहेको इरानको विश्वास छ। अफगानीसँगको अन्तरवार्ताले इरानले आफैंलाई इजरायलविरुद्ध ‘तेस्रो मोर्चा’ को रुपमा निर्माण गरिरहेको बुझ्न सकिन्छ।
    अफगानीले भनेका छन्,“जियोनिस्टहरूलाई दक्षिणी लेवनानबाट रकेटमार्फत लक्षित गरिएको थियो, र गोलान हाइटमा पनि जियोनिस्टहरू निशानामा परेका थिए। यो आक्रमण जियोनिस्ट सत्ताका लागि आश्चर्यजनक थियो।”

    उनले इरानले विभिन्न प्रोक्सी तथा स्थानीय समूहहरू (जसलाई उसले रेजिस्टेन्स् एक्सिस् भन्छ) को समर्थन गरेको संकेत गर्दै यस मोर्चालाई पनि समर्थन गर्नुपर्ने बताए। उनले भने, “यसलाई पनि हामीले विस्तारै लडाइँको क्षेत्रमा प्रवेश गराउनुपर्छ।”

    यहाँ ‘हामी’ भन्ने शब्दले आइआरजीसी लाई पनि बुझ्न सकिन्छ। सँगसँगै यसले अब खतरा बढ्नेछ भन्ने कुराको पनि संकेत गर्छ। उनले भनेका छन्, “अहिलेलाई यी आक्रमणहरू यमन, इराक, सिरिया र लेवनानबाटबाट गरिनेछ।” इरानले अहिले साउदीसँग सम्झौता गरेको छ, यसको मतलव अब इरानले यमनबाट इराकमा संशाधनहरू लैजान सक्छ। यो अन्तरवार्ता इरानी रणनीतिलाई बुझाउन सक्ने पहिलो आधार हुनसक्छ।

    इजरायलविरुद्ध प्यालेस्टाइनी र इरानी प्रोक्सीहरूको एकता
    अन्तरवार्तामा इजरायलविरुद्ध प्यालेस्टाइन र इरानीहरूको एकताका विषयमा पनि कुरा भयो, जसलाई उनीहरू “युनिटी अफ द फिल्ड” भन्छन्। इरानले कसरी इजरायलविरुद्ध बहुमोर्चाबाट युद्ध सुरु गर्ने  सोच्दैछ  भन्ने विषयमा जेरुसलेम पोस्टले भर्खरै रिपोटिङ् गरेको छ।

    प्यालेस्टाइनलाई गाजा तथा वेस्ट व्यांक, लेवनान, सिरिया र अन्यत्रतिर यस ‘युनिटी फ्रन्ट’मा एक बनाउने इरानको ईच्छा प्रष्ट छ। “त्यसकारण, दक्षिणी लेवनान तथा सिरियाबाट मिसाइल आक्रमण गर्नु भनेको जेरुसलेमका लागि ‘युनिटी अफ द फिल्डस्’ को सुरुवाती सन्देश थियो।” उनले भने।

    के इजरायल डराएको छ ?
    अन्तरवार्तामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कदमप्रति कसरी प्रतिक्रिया दिन्छन् भन्ने विषयमा पनि कुराकानी भयो। “रिपोर्टका अनुसार नेतान्याहु इरानविरुद्ध आम सहमति निर्माणको विरोधमा भएको आन्तरिक विभाजन र सडक प्रदर्शनलाई रोक्नका लागि इरानसँगको द्वन्द्वलाई सीमित गर्ने विषयमा परीक्षण गरिरहेका छन्। जियोनिस्ट शासनले सिरियामा इरानी सल्लाहकारहरूमाथि आक्रमण गरेको थियो भने इरानी सल्लाकारहरूलाई शहीद बनाइएको थियो। इरानले यस आक्रमणमाथि बुद्धिमत्तापूर्ण ढंगले डिल गरेको थियो, र यसविरुद्ध कुनै प्रतिक्रिया दिएको थिएन। किनकि इरान नेतान्याहुको दानवी नियतलाई लिएर राम्रोसँग सजग थियो। त्यसैले नेतान्याहुको अवस्था धेरै नै कमजोर छ र मलाई लाग्दैन कि उनी यो घटनाबाट सजिलैसँग बच्न पाउँछन्।” अफगानीले भने।

    अन्तरवार्तामा अफगानीले भने, “लेवनानको दक्षिणतर्फबाट जेलरुसलेममा भएको आक्रमण र सिरियाबाट गोलन हाइटस्‌मा भएको आक्रमणलाई हेर्नुहोस, यी हमलामाथि जियोनिस्ट आर्मीको प्रतिक्रिया के थियो? केही इजरायली युद्धक विमानहरू उडे, केही निशाना लगाए र फर्किए। जेरुसलेम अधिकारीले दाबी गर्‍यो कि ‘हामी युद्ध सुरु गर्ने नियत राख्दैनौं।’….यसको अर्थ होः इजरायल कमजोर भइरहेको छ।” लेवनान र सिरियाबाट विचलित भएपछि इजरायलले गरेको प्रतिक्रियामाथिको टिप्पणी हो यो।

    अमेरिका इजरायलका बारेमा सचेत छ
    मध्यपूर्व क्षेत्रमा के हुँदै आएको छ भन्ने विषयमा अमेरिका जानकार रहेको कुरामा जोड दिँदै उनले अमेरिकाले मध्यपूर्वमा न्युक्लियर सवमरिन पठाएको उल्लेख गरे। आन्तरिक विरोधका बीच इजरायल कमजोर हुँदै गरेको र नेतान्याहु पुनः सत्तामा आएपछि अमेरिका – इजरायल सम्बन्धमा चिसोपन आएको उनको जिकिर छ।

    “इजरायल यो क्षेत्रमा आफ्ना हितहरूको संरक्षणमा लागि परेको छ भन्ने कुरामा अमेरिका जानकार हुँदाहुँदै पनि यी दुई राष्ट्रबीचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको छ। जियोनिस्ट सत्ता प्रोक्सी युद्ध सुरु गर्न सक्छ, र यो क्षेत्रलाई खल्बलाउन सक्छ। नेतान्याहुसँग एउटा सामरिक समस्या रहेको अमेरिकाको भनाइ छ। अमेरिकाले इजरायलको कमजोरीलाई एउटा रणनीतिक संकटको रुपमा लिएको छ।” अफगानीले भने। तर उनको भनाइबाट इरान किन इजरायलको अवस्था कमजोर भइरहेको मान्छ भन्ने कुरा भने प्रष्ट छैन।

    इजरायलका लागि प्यालेस्टाइनलाई तेहरानको समर्थन भन्दा पनि आन्तरिक विरोध नै बढी महत्वपूर्ण रहेको इरानको विश्वास छ।

    रिपोर्टले इजरायलको न्यायिक सुधारमा भएको ‘जिगज्याग’ र गठबन्धनका सदस्यहरूसँग नेतान्याहुको सम्बन्धलाई नजिकबाट नियालेको छ। इजरायली अधिकारीहरूको पछिल्लो अभिव्यक्तिले भनेको छ, “इजरायल यी प्रदर्शनहरूबाट आफैंलाई नष्ट गरिरहेको छ।” संक्षेपमा भन्नुपर्दा इरानले प्यालेस्टाइनी समूहहरूका लागि गरेको समर्थनले इजरायललाई खासै असर गर्दैन, बरु आन्तरिक घरेलु समस्याले यो असफल हुन सक्छ भन्ने इरानको आकलन छ।

    इरानलाई लाग्छ कि इजरायलको सुरक्षा बल मजबूद छ, तर उसलाई केवल केही समय पर्खिएर वा प्रोक्सी बलको प्रयोग गरेर मात्रै पनि कमजोर पार्न सकिन्छ भन्ने इरानको विश्वास छ।

    (जेरुसलेम पोस्टबाट भावानुवाद)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सेठ जे. फ्रेन्ट्ज्म्यान

      सेठ जे. फ्रेन्ट्ज्म्यान

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.