Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Tuesday, January 13, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समाजवादी शिक्षा व्यवस्थाः चीनमा भएका केही प्रयोगहरू

शारीरिक श्रम र मानसिक श्रमबीचको भिन्नताको अन्त्य गर्नुः शरीरिक र मानसिक श्रमको अन्तरलाई समाप्त गर्ने उद्देश्यले चिनियाँ शिक्षाको क्षेत्रमा भएको प्रयोग चर्चा गर्न योग्य छ। यो प्रयोगको सबैभन्दा महत्वपूर्ण पक्ष होः शिक्षालाई शारीरिक श्रमसँग जोड्नु।

nepal_readers nepal_readers
अशोज १२, २०७९
- विचार, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चीनमा समाजवादी निर्माण प्रक्रियाका तमाम प्रयोगहरू मध्ये शिक्षा व्यवस्था सम्बन्धी प्रयोग सबैभन्दा महत्वपूर्ण प्रयोग हो। समाजवादी व्यवस्था स्थापनापछि चीन र सोभियत संघमा यो प्रयोगले समाजवादी सत्ता तथा मजदुर वर्गको हितको रक्षा गर्ने शिक्षा व्यवस्थालाई जन्म दियो। सोभियत संघ र चीनको समाजवादी शिक्षा व्यवस्थाको गहन अध्ययन र तिनका कमजोरीहरूको सही मूल्यांकन बिना आजको ठोस परिस्थितिमा समाजवादी शिक्षा निर्माणको कल्पना पनि गर्न सकिँदैन। शिक्षामा ठोस परिवर्तन ल्याउनका लागि चीनमा भएका विभिन्न कालखण्डका क्रान्तिहरू र समाजवादी संक्रमण कालको इतिहासबाट विश्वले सिक्न आवश्यक रहेकाले हामी यो लेखमा समाजवादी चीनको क्रान्तिकारी शिक्षा व्यवस्थाका केही महत्वपूर्ण पक्षको चर्चा गर्दैछौँ।

    शिक्षाको वर्ग चरित्रः

    चीनमा क्रान्ति सुरु भएसकेपछि एकसमय बुर्जुवाहरूले शिक्षाको कुनै वर्ग चरित्र हुँदैन, शिक्षा वर्ग र वर्ग-संघर्ष भन्दा टाढाको विषय हो भन्दै भ्रामक प्रचार गर्न थाले। सोभियत संशोधनवादी शिक्षाविद् इवान कैरोवबाट प्रेरित भएर चिनियाँ संशोधनवादीहरुले चीनमा यो “वर्ग-रहित” वा “समान” शिक्षाको मिथकीय अवधारणाको प्रचार-प्रसार गरिरहेका थिए। तर, मार्क्स-लेनिन-माओको शिक्षाको अनुसरण गर्दै क्रान्तिकारी चिनियाँ शिक्षा व्यवस्थाका संस्थापकहरूले बुर्जुआ र संशोधनवादी शिक्षाविदहरूद्वारा फैलाएको भ्रामक धारणाको सशक्त विरोध गरे।

     क्रान्तिकारी चिनियाँ शिक्षा व्यवस्थाले प्रत्येक वर्ग आफ्नो युवा पीढ़ीलाई आफ्नो वर्ग अवस्थिति अनुकूल विश्व-दृष्टिकोण दिन्छ, आफ्नो वर्गीय राजनीतिक हितको आधारमा शिक्षित-प्रशिक्षित गर्छ र यस प्रकार स्वयं आफ्नो वर्ग हितको रक्षा र सेवाका लागि आफ्नो नयाँ पिढीँ तयार गर्छ भन्ने कुरा स्पष्ट गर्‍यो।

    समाजवादी संक्रमणका दौरान बुर्जुआ वर्ग येन-केन-प्रकारेण आफ्नो खोसिएको साख पुनः हासिल गर्ने पूरै कोशिस गर्छन्। यसकारण यस संक्रमण कालमा वर्ग संघर्ष जारी रहन्छ। जुन सामाजिक-राजनीतिक-आर्थिक जीवनको विभिन्न पक्षमभा प्रदर्शित हुन्छ। शिक्षा व्यवस्था यिनै विभिन्न पाटो मध्ये एक हो।

    यो विषय माथि लेनिनको वक्तव्यको एउटा अंश प्रासंगिक छ –“सामान्यत विज्ञानको शिक्षा दिएर सर्वांगीण शिक्षा हासिल गरेको शिक्षित मानिसको उत्पादन गर्नु विद्यालयको स्वघोषित लक्ष्य हुने गर्थ्यो। यो सरासर झूठ हो, किनभने पूरै समाज शोषक वर्ग र शोषित वर्गमा विभाजित छ। त्यसैले पूराना विद्यालयले पूँजीपतिका छोराछोरीलाई मात्रै ज्ञान प्रदान गर्छ। पूँजीपतिको स्वार्थका लागि हरेक शब्दमा झुट बोलिएको छ। यी विद्यालयहरूमा मजदुर तथा किसानका युवा पिँढीलाई शिक्षा दिइँदैन थियो, बरु मजदुर वर्गबाट पूँजीपतिले फाइदा लिने गर्थे। तिनका प्रशिक्षण यसरी हुन्थ्यो कि उनीहरू मात्र पूँजीपतिको उपयोगी दास बन्न सकुन्।” (The Tasks of the Youth Leagues, page 285, Collected Works vol.31 , Progress Publishers)

    बुर्जुवा शिक्षा-शास्त्रको संघर्षको प्रक्रिया चलिरहँदा नै क्रान्तिकारी चिनियाँ शिक्षा व्यवस्थाको आरम्भ र विकास भएको हो। चीनको शिक्षा क्षेत्रमा यी दुइ धारबीचको संघर्ष ५० को दशकको उत्तरार्धदेखि ७० को दशकको मध्यसम्म चलिरह्यो।

    जब माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले राजनीतिक-वैचारिक आक्रमण तीव्र पारे तब शिक्षाको क्षेत्रमा व्याप्त संशोधनवादी र बुर्जुआ विचारधारा, व्यवहार र प्रवृत्ति पनि यस आक्रमणको निशाना बन्यो। बुर्जुआ विचारधारा, व्यवहार र प्रवृत्तिविरुद्ध तीव्र संघर्ष गर्दै क्रान्तिकारी चिनियाँ शिक्षा प्रणाली सांस्कृतिक क्रान्तिका दौरान आफ्नो चरम बिन्दुमा पुग्यो। यसरी समाजवादी चीनको शिक्षा व्यवस्थाले विश्वमा पूँजीवादी शिक्षा प्रणालीको एक समाजवादी विकल्प प्रस्तुत गर्‍यो।

    क्रान्तिकारी चिनियाँ शिक्षा व्यवस्थाले यो घोषणा गर्‍यो कि यसले सर्वहारा राज्यसत्ताको हितमा काम गर्छ। बुर्जुवा र संशोधनवादीहरूले प्रचार गरेको शिक्षाले उत्पादन बढाउने कुरामा मात्रै जोड दिन्थे। जसले गर्दा मजदुर र किसानलाई भन्दा पूँजीपति वर्गलाई नै लाभ हुने भयो। उनीहरू मजदुर तथा ज्यालादारीमा काम गर्नेहरूका लागि त्यति मात्रै शिक्षा दिने कुरा गर्थे जति उनीहरू टेक्निसियन, सुपरभाइजर र म्यानेजरको अधिनमा रहेर काम गर्दै उत्पादन बढाउनमा सहयोग गर्न सक्छन्। यसकारण माओले यसलाई चुनौती दिँदै समाजवादी शिक्षामा जोड दिए।

    क्रान्तिकारी शिक्षा व्यवस्थाले जुन विशेषज्ञहरूको उत्पादन गर्‍यो, ती विशेषज्ञ मात्र थिएनन्, तिनले सर्वहारा राजनीतिलाई ‘कमाण्ड’मा राख्दै मज़दूरहरूलाई पनि सबै रुपबाट शिक्षित र प्रशिक्षित गर्दै समाजवादी अर्थव्यवस्थालाई नयाँ उचाईमा पुर्याउन योगदान पनि गर्छन्।

    शारीरिक श्रम र मानसिक श्रमबीचको भिन्नताको अन्त्य गर्नुः शरीरिक र मानसिक श्रमको अन्तरलाई समाप्त गर्ने उद्देश्यले चिनियाँ शिक्षाको क्षेत्रमा भएको प्रयोग चर्चा गर्न योग्य छ। यो प्रयोगको सबैभन्दा महत्वपूर्ण पक्ष होः शिक्षालाई शारीरिक श्रमसँग जोड्नु।

    क्रान्तिकारी चिनियाँ शिक्षा व्यवस्था मार्क्सवादी-लेनिनवादी ज्ञानमीमांसाको आधारमा प्रयोग गरिएको थियो। यसले शिक्षा लिने प्रक्रियामा उत्पादक शारीरिक श्रमको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिन्छ। मार्क्सले बारम्बार शिक्षालाई उत्पादक शारीरिक श्रमसँग जोड्ने कुराको वकालत गर्ने गर्थे। पूँजी खण्ड- १ मा मार्क्स भन्छन्, “मानिसको सम्पूर्ण विकासका लागि शिक्षामा उत्पादक श्रम र व्यायामको तालमेल एउटा ज़रूरी शर्त हो।”

    चिनियाँ क्रान्ति भन्दा पहिले नै येनानमा सन् १९४० को दशकमा यो प्रयोग भइसकेको थियो। त्यहाँ अधिकांश विद्यालय, पार्टी संगठन र सेनाका एकाईहरूले आफ्नो खानाका लागि आवश्यक अन्नको एक हिस्सा आफै उत्पादन गर्ने गर्थे। साथै पशुपालन तथा खानाका लागि आवश्यक अन्य बन्दोवस्त आफैं गर्नुपर्थ्यो। त्यहाँ बढी भन्दा बढी विद्यालय ‘मीन-बान’ श्रेणीका स्कुल थिए, जसको अर्थ हुन्थ्योः स्थानीय उत्पादन एकाइद्वारा चलाइएको विद्यालय। यी विद्यालयहरूमा औपचारिक शिक्षा र उत्पादक श्रम दुवैलाई समान समय र महत्व दिइन्थ्यो।

    यी विद्यालयमा नियमित पाठ्यक्रम हुँदैन थियो, स्थानीय परिस्थिति र आवश्यकताको आधारमा पाठ्यक्रम बनाइन्थ्यो। विद्यालयको वार्षिक योजना अन्नहरूको रोपाइँ र कटाइ चक्रको आधारमा निर्धारित हुन्थ्यो। यी विद्यालयका शिक्षक र विद्यार्थीले उत्पादक श्रममा मात्रै होइन स्थानीय व्यवहारिक समस्या हल गर्ने सामर्थ्य पनि राख्नुपर्थ्यो।

    ‘ग्रेट लीप फारवर्ड’का दौरान यी ‘मीन-बान’ स्कूललाई पूरै देशमा प्रचार गरियो। सहरका सबै विद्यालय, कलेज तथा विश्वविद्यालयमा वर्कशप तथा साना करखाना बनाएर उत्पादन प्रक्रियालाई प्रोत्साहित गरियो। ठूला कारखानालाई पनि आफ्नो परिसरमा विद्यालय स्थापित गर्न भनियो। विज्ञानका विद्यार्थीका लागि ठूल्ठूला खेत र कारखाना नै प्रयोगशाला थिए। विद्यालय र उत्पादन स्थलबीचको पर्खाल अब ढल्न थालिसकेको थियो। शहरका विद्यार्थीलाई ग्रामणी क्षेत्रका किसानसँग मिलेर काम गर्न र केही समयका लागि ग्रामीण जीवन बाँच्नका लागिपठाइन्थ्यो। ‘ग्रेट लीप फारवर्ड’ समाप्त हुँदाताका पार्टी र राज्यसत्तामाथि संशोधनवादीको लाइन हावी हुन थालेपछि पनि यस र्‍याडिकल शिक्षालाई तिलाञ्जली दिने प्रक्रिया सुरु भएको थियो। करीब पाँच वर्षसम्म शिक्षामा प्रतिक्रान्तिको लहर चलेपछि चिनियाँ शिक्षा फेरि विकासको गतिमा अघि बढ्यो। अब शिक्षालाई उत्पादक शारीरिक श्रमसँग जोड्ने जुन बिउ येनानमा रोपिएको थियो त्यो एक सुन्दर रुख बनिसकेको थियो।

    प्रवेश परीक्षाको अन्त्यः

    त्यस समय चीनमा महंगा र इन्जिनियर, डाक्टर, प्रोफेसर बन्न तथा अरु कुनै राम्रो सरकार जागिर पाउनका लागि परीक्षार्थीलाई राम्रो अंक ल्याउन तथा त्यसका लागि देशको सबैभन्दा महंगा र राम्रा विद्यालयमा पढ्नु जरुरी हुने गर्थ्यो। त्यस्ता विद्यालयमा पढाइका लागि प्रवेश परीक्षा लिइन्थ्यो र ती परीक्षामा प्रतिस्पर्धा धेरै हुने गर्थ्यो। स्वभाविक रुपमा शासक वर्गबाट आउने विद्यार्थी उत्तीर्ण हुन्थे। लामो समयदेखि मजदुर, किसान, सैनिक, क्राीन्तकारी छात्रछात्रा र शिक्षकको व्यापक जनसमुदायले पारम्पारिक प्रवेश परीक्षाको व्यवस्थाको विरोध गर्दै आएको थियो। त्यसको परिणामस्वरुप चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीले यो व्यवस्था समाप्त गर्ने घोषणा गर्‍यो। यसले शिक्षा क्षेत्रमा ठूलो परिर्वतन ल्यायो।

    प्रवेश परीक्षाको आधारमा विद्यालय तथा कलेजमा भर्ना दिइयो भने मजदुर, साना किसान, क्रान्तिकारी, सैनिक र सहीदका छोराछोरीले पढ्न नपाउने क्रान्तिकारी शिक्षाका समर्थकहरूको मान्यता थियो। जसका कारण पूराना शोषक वर्गले नै शिक्षामा अधिपत्य जमाइराख्न पाउँछन्।

    यो व्यवस्था समाप्त भएपछि आएको नयाँ प्रणाली अनुसार निर्धारित उत्पादन एकाइहरू (कारख़ाना, कम्युन, उत्पादन ब्रिगेड आदि) र सेनाका एकाईहरू कलेज तथा विश्वविद्यायमा भर्नाका लागि केही उम्मेदारहरूको सुझाव दिइन्थ्यो र यसको अन्तिम चयन कलेज तथा विश्वविद्यालयका क्रान्तिकमारी कमिटीहरूले गर्ने गर्थे। यस कमिटीमा क्रान्तिकारी विद्यार्थी, शिक्षकहरू, सैनिक, क्याडर र मजदुर किसान समेत सामेल हुने गर्थे। यसरी गरिने विद्यार्थीको चयनमा मजदर किसान वर्गबाट आउने विद्यार्थीलाई प्राथमिकता दिइन्थ्यो। र, उम्मेदरवाहरूको राजनीतिको व्यवहार तथा उत्पादक श्रम तथा वर्ग संघर्षमा सक्रिय सहभागितामा ध्यान दिइन्थ्यो।

    समान स्कूल व्यवस्थाको स्थापना:

    सन् १९५८ मा ‘ग्रेट लीप फारवर्ड’ का दौरान देशभर ‘मीन-बान’ र ‘आधा काम-आधा पढाइ’ नारासहित विद्यालयको सुरुवात हुनुका बावजुद धेरै अलग -अलग स्तरका विद्यालयहरू थिए। यी विद्यालयलाई मुख्यरुपमा दुई भागमा विभाजन गर्न सकिन्थ्योः १, राज्यद्वारा सञ्चालित विद्यालय र २, उत्पादन ब्रिगेड, कम्युन वा कारखानाहरूद्वारा चलाइएको ‘मीन बान’ विद्यालय।

    राज्यद्वारा सञ्चालित विद्यालयमा पढाइ लेखाइ बढी र उत्पादक श्रममा कम जोड दिइन्थ्यो। ती विद्यालयमा बढी संशासधन र बढी सक्षम शिक्षक थिए। यी मध्ये केही कूलिनहरूका छोराछोरी पढ्ने विद्यालय हुन्थे, जसलाई की प्वाइन्ट(key point) भन्ने गरिन्थ्यो। यी विद्यालयमा उच्च ओहोदाका सरकारी अफिसर, वरिष्ठ क्याडर, विशेषज्ञ र बुद्धिजिवीका बालबालिकाले मात्रै भर्ना पाउँथे। त्यसले यसलाई पनि मन पराइएन र क्रान्तिसँगै यस्ता खालका विद्यालयमा सबै विशेषाधिकारहरू अन्त्य गरियो र बहुस्तरीय विद्यालय व्यवस्थाको सट्टा समान स्कुल व्यवस्था स्थापित गरियो।

    शिक्षामा जनताको पहलकदमीः

    सांस्कृतिक क्रान्तिका दौरान माओले जनताको पहलकदमी, प्रबन्धन र निणर्यको प्रक्रियामा जनताको सहभागितामा जोड दिए। चीनमा समाजका अन्य सबै क्षेत्रमा जस्तै शिक्षामा पनि जनताको पहलकदमी र सृजनात्मकताको राम्रो उदाहरण देख्न सकिन्छ। विद्यालय, कलेज तथा विश्वविद्यालयको जिम्मेवारी क्रान्तिकारी कमिटीहरूलाई दिइएको थियो। यी कमिटीहरू मजदुर, किसान, पार्टी क्याडर र क्रान्किारी विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा बनाइन्थ्यो। विद्यार्थीको भर्ना, शिक्षकहरूको भर्ती, पाठ्यक्रामको विशेषताहरूको निर्धारण, वित्तीय लेखाजोखा लगायत साना देखि ठूला सबै काम यिनै क्रान्तिकारी कमिटीहरूको विशेष भूमिकामा हुन्थ्यो। क्रान्तिकारी कमिटीहरू अस्तित्वमा आउनु बुर्जुवा वर्गमाथि सर्वहारा वर्गको चौमुखी अधिनायकत्वलाई सुदृढ गर्ने एक अर्को निर्णायक कदम थियो।

    यो पहलकदमीको परिणाम स्वरुप विद्यार्थी र शिक्षक सम्बन्धमा परिवर्तन आयो। शैक्षणिक संस्थाहरूका प्रबन्धन, पाठ्यक्रमको रुपरेखा तयार गर्ने लगायतका तमाम निणर्य प्रक्रियाहरूमा विद्यार्थीको सक्रिय सहभागिता भयो। यसका साथै पढ्ने र पढाउने प्रक्रियामा पनि आधारभूत परिवर्तन आयो।

    वैज्ञानिक तथा प्राविधिक अनुसन्धान र विकासः

    चीनका क्रान्तिकारी वैज्ञानिक, शोधकर्ताहरू र मजदुर किसानहरूले पूँजीवादी देशहरूमा प्रचलित बुर्जुवा प्रथालाई समाप्त गरे। उनीहरूले प्रयोगशालाहरूका बन्द ढोकाभित्र रहेर गरिने अनुसन्धान र आम श्रमिक वर्ग, जनसमुदायको वर्ग संघर्ष तथा शारीरिक श्रमबाट टाढिएर गरिने बौद्धिक चिन्तनलाई चुनौती दिए।

    माथि उल्लेख गरिएजस्तो मानसिक श्रम र शारीरिक श्रमबीचको अन्तर मेटाउने प्रक्रियामा यस्ता बुद्धिजीवी, वैज्ञानिक र प्राविधिक विशेषज्ञ पैदा भए, जो उत्पादक शारीरिक श्रम र वर्ग संघर्षमा पनि सक्रिय सहभागी हुन्थे। यो प्रयोगबाट यस्ता मजदुर किसान निस्किए जो बौद्धिक श्रम र वैज्ञानिक अनुसन्धान पनि गर्ने गर्थे। सारा उत्पादन एकाईहरूमा अनुसन्धान कार्य मजदुर-किसानहरू, प्राविधिक विशेषाज्ञ तथा वैज्ञानिकहरू र क्याडरहरूको सहभागिताबाट बनेको एउटा समूहद्वारा गरिन्थ्यो। सांस्कृतिक क्रान्तिका दौरान एक करोड भन्दा बढी मजदुर, किसान र युवा टेक्निसियन यो समूहमा सहभागी भएका थिए।

    चीनमा क्रान्तिका दौरान यी तमाम परिवर्तनहरू भए। आजको समाजले समाजवादी शिक्षा व्यवस्था र शिक्षा पद्धतिको प्रयोग गर्ने हो भने चीन र सोभियत संघमा भएका यी व्यापक प्रयोगको गहन अध्ययन गर्न आवश्यक छ। यसका साथै अरु देशहरूमा पनि केही अपेक्षाकृत प्रयोगहरू गरिनुपर्छ। परिवर्तनका सपना देख्ने सबै विद्यार्थी तथा युवाहरूलाई यी तमाम प्रयोगहरूको उपलब्धिहरू र कमजोरीरूबाट पाठ सिक्नु आजको आवश्यकता हो।

    (आह्वानम्याग डट कममा प्रकाशित लेखको सम्पादित अंश)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.