Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बुद्धबारे केही भ्रम, केही सत्य

प्रशान्त ‘पुष्प’ रिजाल प्रशान्त ‘पुष्प’ रिजाल
जेष्ठ १०, २०८१
- विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अधिकाङ्श मानिसहरु बुद्व र उनको शिक्षाबारे मिसगाइडेड छन। जुन बुद्धप्रति अन्याय हो भन्ने मलाई लाग्छ। बुद्धका मुल सिद्वान्तलाई अवमुल्यन गरी अक्सर उनीमा हिन्दुत्वका आत्मा, इस्वर एवम पुर्नजन्मका अवधारणलाई लाद्ने गरिन्छ। कतिपय बौद्ध दर्शनलाई विशुद्व अहिंसावादी दर्शन ठहर गरि बुद्वलाई शान्तिका अग्रदुत भएको चरीतार्थ गर्दछन। झन् हिन्दू बेदान्तवादीले त बुद्धको स्वतन्त्र अस्तित्वलाई नै नजरअन्दाज गरी बुद्ध स्वयमलाई बिष्णुको अवतार घोषणा गरिदिएका छन। यो बुद्ध र उनको धम्मं प्रति निर्मम षडयन्त्र होI समग्रमा बुद्धत्वको बिराटतालाई अवमुल्यन गर्नु हो। जो व्यक्ती अवतारवादको कठोर बिरोधी थियो उसैलाई अवतारको संज्ञा दिनु  हाँस्यास्मत कुरा हो।

    बुद्ध किमार्थ शान्तिका अग्रदुत होइनन। बुद्व कदापी निरपेक्ष शान्ति वा हिंसाका पक्षपाती होइनन्। उनको दर्शनको सार नै सम्यकमार्ग हो। मध्यममार्ग हो। यसलाई एकप्रकारले चेक एन्ड ब्यालेन्स मान्न सकिन्छ। अर्थात समाज अति हिंसा परस्त भए बुद्वत्वले अहिंसाको पक्षता लिदैँन। हिँसालाई साधन हेतु ग्रहण गर्न बुद्व धम्मंले बर्जित गर्दैन। त्यस्तै समाज पुर्ण अहिंसाको पक्षपाति भइ नैरश्यता हुनुपनि बुद्व शिक्षाको विरोध हुनु हो। बुद्वको जीवनकालमा हेर्ने हो भने त्यो देखिन्छ।

    मुलरूपमा बुद्व कालमा दुई प्रकारको चिन्तन परम्परा अस्तित्वमा थिए। एक श्रवण परम्परा जो भौतिक शरीरलाई कठोर पिडा दिइ सिद्वि प्राप्ति गरिने बिश्वास राख्थे। उनीहरू उच्छेदवाद अर्थात पाप, पुन्य , मोक्षमा बिस्वास गर्दैन थिए।

    दोस्रो, वैदिक ब्राम्मण परम्परा जो,भौतिकजगतमा लुप्त ब्यक्ती थिए। अर्थात,लोकायतवादी जो आत्माको अस्तित्वलाई मान्दैन थिए दोस्रो व्राम्हणवादी जो घोर आत्मबादी थिए।वुद्व दुबैको पक्षमा थिएनन।उनको बिचको मार्ग अनात्मवादको थियो।

    मध्यममार्ग हुनु कुनै एक अन्त्यको पक्षमा स्थायी रहनु होइन। जब दुई विपरित अतिवादको विकास हुन्छ, मध्यम मार्ग पनि बदलिरहन्छ। अलग-अलग समयमा प्रत्येक ब्यक्ती तथा समाजमा अलग-अलग विपरित अतिवाद विद्यमान हुन्छन। अलग-अलग समयमा तिनको सन्तुलन हेतु अवलम्बन गर्नु पर्ने मार्ग पनि अलग नै हुन्छन। प्रत्येक व्यक्ती वा समाजको आन्तरिक एवम बाह्य भोगाइहरू अलग हुन्छन। त्यसैले तिनले अवलम्बन गर्नु पर्ने मध्यममार्ग पनि अलग नै हुन्छ।

    यसलाई बुद्धकै जीवनको एक प्रसङगबाट बुझ्न सकिन्छ। तरुण बुद्धको जीवनकालमा दुई शाक्य र कोलियोंबीच रोहिणी नदीको पानीको अधिकारका लागि विवाद चरम उत्कर्शमा पुग्यो। दुईतर्फबाट युद्धको घोषणा भयो। बुद्ध शाक्य वंशका थिए। उनका सामु दुई अतिवादी मार्ग थिए। पहिलो कोलियोंसँग युद्धको घोषणा गरी रक्तपात गर्ने र दोस्रो कोलियों समक्ष सम्पत्ती बुझाएर आत्मसमर्पण गरी राज्य सुम्पिने। यी दुबै मार्ग दुई अतिवाद थिए। दुई अन्त्य थिए। बुद्धले यंहा मध्यममार्ग रोजे। कोलियों तथा शाक्य दुबैको प्राण रक्षा हेतु सबैलाई जानकारी गराई गृहत्याग गरी उनी जंगल प्रस्थान गरे। अन्तत: युद्ध संम्भावना टल्यो।

    बिनयपिटकमा अर्को एउटा प्रशङ्ग छ जसले बुद्धको अहिंसालाई अझ प्रस्ट पार्दछ। एक समय मगधको सिमाक्षेत्रमा सङ्कट आयो। छिमेकी राज्यले मगधको सिमा अतिक्रमण गर्‍यो। बिम्बी सारले सेनापतिलाई सिमा सुरक्षा हेतु सेनानायकलाई पठाए। सेनानायकहरू बुद्ध शिक्षा द्वारा शिक्षित थिए। बुद्धले उनीहरूलाई अहिंसाको शिक्षा दिएका थिए। त्यसै सेनानायकका सामु दुई अतिवादी मार्ग थिए। या युद्धमा होमिने या युद्ध परी त्याग गरी बौद्ध संघमा मिसिने। सेना नायकहरूले संघमा सम्माहित भए। बिम्बिसारले यो कुरा थाहा पाएपछी उनले बुद्ध समक्ष सेनानायकले युद्ध नलडे राज्य सङ्कटमा पर्ने कुरा राखे तब बुद्धले अहिंसाको आढमा कर्तव्य बिमुख हुनु कदापि अहिंसावादी नहुने भन्दै सेना, सिपाहीहरूलाई भिक्षु संघमा आउन प्रतिवन्ध लगाए। यहां बुद्धको यो मध्यममार्ग थियो।अर्थात, राज्य बिरुद्ध हमला हुदाँ प्रतिकार गर्नु, हिंसाको बाटो अपनाउनु मध्यममार्ग हो। अत: बुद्धको दर्शन विशुद्ध अहिंसावादी होइन। शोषणयुद्ध समाजमा प्रतिकार गर्न बुद्ध दर्शनले कहिले बर्जित गर्दैन। शोषणलाई सहेर शान्तिको दुवाई दिनु बुद्धको शिक्षा कदापी होइन।

    बुद्धबारे अर्को दार्शनिक भ्रम कर्मफलको सिद्वान्तबारे रहेको छ। बुद्ध कर्मफलको सिद्धान्तलाई मान्दथे। यसैलाई आधार मानि बेला बखत हिन्दूहरु बुद्व पुर्नजन्मवादी भन्ने गर्छन र स्वयम बुद्वलाई नै बिष्णु अवतार घोषित गर्छन। यो भन्दा ठुलो अल्पज्ञान अरू के हुन सक्छ। बुद्वको पुर्नजन्म पुर्नजन्म होइन अर्को जन्म हो नयाँ जन्म हो। बुद्वको मुल दर्शन भनेको प्रत्यितसमुत्पादक को नियम हो। यसैमा यो जगत सन्चालित छ। निरन्तर चलिरहन्छ। आत्मा र शरीर दुई भिन्न वस्तु होइन। यो निरन्तर परीवर्तनशील छ। यो टेक्नोलोजि जस्तै हो। जस्तो Black and white बक्सा टाइपको टेलिभिजन आज विकास हुदै LeD सम्म विकास भयो। भविस्यमा अझै अर्को टेक्नोलोजि आउन सक्छ। यो विज्ञानको सर्वब्यापी नियम हो। पहिले भन्दा उत्तमको खोज भइरहन्छ। जुन पुरानो भन्दा फरक हुन सक्छ। मानव जीवन पनि त्यहि हो। मान्छे जन्मन्छ ठुलो हुन्छ, वयस्क हुन्छ, बुढो हुन्छ र मर्छ। मृत्युपश्चात चार भौतिक पदार्थहरू जसले यो शरिर निर्माण हुन्छ त्यो यो जगतमा अन्य कुनै आफु सरह कै भौतिक पदार्थ सँग समायोजन हुन्छ र नयाँ चेतनाको विकास गर्छ। जस्तो: यदि Water molecule लाई हाइड्रोजन र अक्सिजन मा अलग गरी छोडिदिने हो भने अक्सिजनले नयाँ हाइड्रोजनका अणु सँग मिलि पानि बन्न सक्छ। हाइड्रोजन पनि नयाँ अक्जिजन सँग मिलि पानी बन्न सक्छ। नयाँ बनेको पानी पुरानोको पुर्नजन्म होइन। यो त नयाँ जन्म हो। चेतनाको अविछिन्न प्रवाह हो। त्यहि सिद्धान्त  मानव जीवनमा लागु हुन्छ। अवतारवादको बुद्ध धममा कुनै ठाँउ नै छैन।

    बुद्धबारे अर्को भ्रम आत्मा र निर्वाण बारे रेहेको छ। बुद्धको मौलिक शिक्षा अनात्माको हो। अनात्मवादमा  ‘आत्मा’ को अस्तित्व हुँदैन। अन्य धर्महरूमा ईश्वर, आत्मा र पुनर्जन्म भएजस्तो बुद्धको धर्ममा ईश्वर, आत्मा र पुनर्जन्मको लागि कुनै ठाउँ हुँदैन। बुद्धका अनुसार शरीर भन्दा भिन्न कुनै पृथक आत्मा भन्ने कुनै चिज हुँदैन। आत्मा परिवर्तनशील वस्तु होइन, बरु  भूत र मनको संयोजनबाट उत्पन्न हुने  शक्ति हो, जुन अन्य बाह्य तत्वहरू जस्तै प्रत्येक क्षण उत्पन्न र लोप भइरहन्छ जबसम्म  मनको जन्म र विलय भइसकेपछि पनि शक्तीको प्रवाह जारी रहन्छ, तबसम्म शरीरलाई जीवित भनिन्छ। अर्थात शरीर र उसको मस्तिस्कले एक भर्चुअल स्व: को निर्माण गर्छ , जुन अनेकौं अवशेष भइसकेका शरीर र मस्तिष्कहरूको अवशेषबाट र सामाजिक-सांस्कृतिक शैक्षिक, आदिको प्रभावबाट बनेको हुन्छ। यो एक बिशुद्व भौतिकवादी अवधारणा हो।

    बुद्धका अनुसार  प्रत्येक क्षण परिवर्तन हुने स्व: वा आत्मामा सम्पूर्ण समस्याहरू निहित हुन्छ। स्व: वा आत्मा एक अस्थायी अवधारणा हो जुन जीवन ब्यतित हेतु मनुष्यसँग सम्बन्धमा रहन मानिसहरूसँग र उनीहरूसँग समाजमा बस्ने एउटा साधन मात्र हो।

    यदि शरीर, कपडा, भोजन, शिक्षा आदि जस्ता आत्मा वा स्व: मा प्रभाव पार्ने यावत भौतिक तथा समाजिक-धार्मिक तत्वलाई निषेध गरे , मनुष्यले मेरो भन्ने कुनै चिज नै रहदैन। यहि अनात्मवादको मुल सिद्धान्त हो। यो नै आत्म-ज्ञान हो। अत: बुद्धका अनुसार बुद्धत्व भनेको झूटो आत्म वा आत्मको असत्यतालाई हेर्नु हो।

    यहि अनात्मवादसँगै बुद्ध दर्शनले निर्वाणको प्रश्नलाई हल गर्दछ। बुद्धका अनुसार  यस्तो कुनै आत्मा छैन, त्यसैले यसमा विद्यमान अस्थायी विचारहरू कर्मकाण्ड र प्रवृत्ति टाढाबाट पहिचान गर्न सकिन्छ। र  तिनलाई त्याग्न प्रयत्न गर्नु नै निर्वाणको यात्रामा अघि बढ्नु हो।

    निर्वाण शब्द ‘नि+वाण’ मिलि बन्दछ, अर्थात् मनको प्रवृत्ति ,मनको लालसा, खोज र इच्छाको लोप हुनु नै निर्वाणको मुलभुत आधार हो।  कुनै विचार, योजना वा भूत वा भविष्यको भावना लिएर घुमिरहनु वाणको अवस्था हो भने  अनन्त विगतका जीवनहरू तथा असीम भविष्यहरू र यससँग जोडिएको मूर्खतालाई त्याग्नु  निर्वाण प्राप्त गर्नु हो।

    बुद्ध निरीश्वरवाद र अनात्मवाद वास्तवमा पूर्विय दर्शनको  मौलिक तथा ऐतिहासिक भौतिकवादबाट जन्मिएको हो। आजको सम्पूर्ण विज्ञान यस्तै भौतिकवादमा आधारित छ र भविष्यमा स्वस्थ, नैतिक र लोकतान्त्रिक समाजको निर्माण पनि यही भौतिकवादमा आधारित हुनेछ। आत्मा, ईश्वर र पुनर्जन्म जस्ता भावनात्मक र अध्यात्मवादी बकवासको जति चाँडो समुल नष्ट हुनेछ, त्यति नै यो देश र मानव जातिको हित हुन्छ।

    आजको मुख्य आवश्यकता भनेको नै भ्रम र प्रपञ्चबाट बुद्ध र बुद्धको वैज्ञानिक दर्शनलाई मुक्त गर्नु हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      प्रशान्त ‘पुष्प’ रिजाल

      प्रशान्त ‘पुष्प’ रिजाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.