Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धनुष्टंकार गर्नेहरूका लागि त साम्यवाद नै आइसकेको छ : सुदन किराँती

सुदन किराँती सुदन किराँती
पुस २, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाको विवादको जड मूख्यत : विचार हो। हाम्रा विचारहरू जब व्यवहारमा व्यक्त हुँदै गए र अहिले त्यही बाहिर प्रकट भएको हो। जब विचारमा संकट आइपर्छ, संगठनको व्यवहार र संस्कृतिमा त्यो अभिव्यक्त हुनेगर्छ। पार्टी एकीकरणको घोषणा गरिसकेपछि लामो गन्तव्यको पाइलटहरूमा नै समस्या देखियो। जहाजको कम्पासले एकातिर देखायो तर उहाँहरूले उडान अर्कोतिर चलाउनुभयो छ। हामी काशीतिर जाउँ भन्दैछौं, हाम्रो यात्रा कुत्तीतिर भइराखेको छ। यो बाटो गलत हो भनेर नेकपाका सचेत नेता–कार्यकर्ताले आवाज उठाइराखेका छन्।

    उतिखेर पार्टी एकता हठातमा गरियो। तैपनि त्यो कदम ठीकै थियो भनेर हामी सबैले स्विकार गर्‍यौं। त्यतिबेला विचार र सिद्धान्तमा प्रष्टता भएर एकता गरिनु पर्छ भनेर कुरा उठाउने माहौल नै थिएन। उतिखेर ६७ वर्षको कम्युनिष्ट आन्दोलनको सही समीक्षासहित नेपालबाट कम्युनिष्ट एकताको सन्देश संसारलाई दिन्छौं भन्ने ढंगले हामी उतिखेर गौरवान्वित भयौ। तर यहाँसम्म आइपुग्दा अमुक पात्रहरूलाई सत्ता र सुविधाका लागि मात्र पार्टी एकता गरिएको रहेछ भन्ने व्यवहारत: त्यो पुष्टि भइसक्यो। हामी ठूलो शक्ति भयौं तर सुन्निएर ठूलो भयौं कि बलियो भएर नै ठूलो भयौं भन्ने प्रश्न बाँकी छ। रोगले सुनिएको पनि हुनसक्छ। त्यसो हो भने त्यसको तदारुकताका साथ शल्यक्रिया गर्नुपर्‍यो।

    जनतातर्फ फर्कँदा भोट र व्यापारिक घरानातर्फ फर्कँदा नोट

    हाम्रा दस्तावेजमा उल्लेख भएका कुराहरू अँगालेर हिँडेका छौं हामी? निर्वाचनमा गरेका प्रतिवद्धताहरूको बाटोमा हिँडेका छौं? नेपालको संविधानमा नै ‘समाजवाद उन्मुख संविधान’ उल्लेख छ। पछिल्लो राष्ट्रिय सभाको निर्वाचनपछि दुई तिहाईसहितको नेकपाको सरकार छ। त्यो सरकारले लिनुपर्ने शिक्षा नीति,अर्थनीति, स्वास्थ्य नीति र कृषि नीति यस्तै हुनुपर्ने हो? हामी अहिले हुबहु समाजवाद लागू गर्न नसकौंला तर यतिखेरसम्म समाजवादको बाटोमा हाम्रो यात्रा प्रारम्भ भएको हुनुपथ्र्यो कि पर्दैनथ्यो?

    हिजो हामी दुई पार्टी सडकमा हुँदा पार्टीको निर्देशनमा विद्यार्थीहरूले सडकमा आन्दोलन गरे। जीवन बलिदान गरे, रगत पोखाए। हाम्रा विद्यार्थीहरूको नारा थियो, ‘नीजि शिक्षा अन्त्य गर, व्यवहारिक र वैज्ञानिक शिक्षा लागू गर। शिक्षालाई सरकारीकरण गर।’ र आज यति ठूलो पार्टी भएर करिब दुई तिहाई सरकार संचालन गर्ने योग्यतामा आएपछि के हामीले मार्क्सवादी ढंगको शिक्षानीति लागू गर्न सक्यौं ? समाजवादी र कम्युनिष्ट विचारसँग सम्बन्धित नीति ल्याउन सक्यौं? हामीलाई जनहितकारी त्यस्ता कार्यक्रम ल्याउन केले रोक्यो?

    हाम्रा प्रमदेखि वडाअध्यक्षसमम्मका छोराछोरी र नातिनातिना तथा केन्द्रीय अध्यक्षदेखि कमसेकम जिल्ला कमिटी नेतृत्वका छोराछोरी र नातिनातिनालाई सरकारी स्कुलमा भर्ना गराउने–पढाउने प्रतिवद्धता पालना गरेको भएदेखि त्यसले जनतामा जागरण नै पैदा गर्थ्यो। सरकारी स्कुललाई सुदृढ पार्ने त्यो एउटा अवसर हुन्थ्यो।

    हाम्रो देशको अर्थतन्त्रको कारणले गर्दा अहिले नै हामी शिक्षामा आमूल परिवर्तन गर्नेगरी लगानी गर्न सक्दैनौं होला। तर व्यवहारमा हामीले कमसेकम सामान्य प्रतिवद्धता त देखाउनुपर्‍यो। हाम्रा प्रमदेखि वडाअध्यक्षसमम्मका छोराछोरी र नातिनातिना तथा केन्द्रीय अध्यक्षदेखि कमसेकम जिल्ला कमिटी नेतृत्वका छोराछोरी र नातिनातिनालाई सरकारी स्कुलमा भर्ना गराउने–पढाउने प्रतिवद्धता पालना गरेको भएदेखि त्यसले जनतामा जागरण नै पैदा गर्थ्यो। सरकारी स्कुललाई सुदृढ पार्ने त्यो एउटा अवसर हुन्थ्यो। समाजवादी शिक्षा लागू गर्न सकिएन, त्यसका लागि विभिन्न कठिनाई छन्। निजि स्कुलको अहिले विरोध नगरौं। तर सामान्य सुधारका कामहरू पनि हामीले थाल्न सकेनौं।

    अझसम्म हामीले  शिक्षाबारे मौलिक नीति बनाएका छैनौं। बेलायतीले शिक्षामा लगानी गर्‍यो   भने हाम्रोमा बेलायती नीति लागू हुन्छ। अमेरिकाले स्वास्थ्यमा लगानी गर्यो भने उसकै स्वास्थ्य नीति यहाँ लागू हुन्छ। हामीले त युरोप, अमेरिकामा पढेर आएको एमबिबिएस डाक्टरको ज्ञानलाई नेपाली सापेक्षतामा प्रयोग गर्नुपर्छ। जस्तो कि : मेरो आफ्नो जीवनमा मेरा बाआमाले घाँटी दुख्दा ऐंसेलुको मुन्टा खोज्न जंगल पठाउनुहुन्थ्यो। एमबीबीएस डाक्टरको आधुनिक ज्ञान, हाम्रो जडीबुटी औषधी र धामीझाँक्रीको मनोवैज्ञानिक उपचारलाई समेटेर, सबैको फ्युजनमा हाम्रो नेपाली उपचार पद्धति निर्माण गर्न सक्थ्यौं हामीले। तर हामीले यस्ता अनुसन्धानको क्षेत्रमा सोचेकै छैनौं, लगानी गरेकै छैनौं।

    हामीलाई जनतातर्फ फर्कँदा भोट र व्यापारिक घरानातर्फ फर्कँदा नोट चाहिएको छ। भोट र नोटको अन्तरविरोध हामीले अन्त्य गर्नुपर्छ कि पर्दैन? समाजवादी अर्थनीति भनेको यही हो? यस्तो नै हुन्छ?

    हाम्रो अर्थनीति सुतुरमुर्गको जस्तो छ। किसान र मजदुरतर्फ फर्कँदा हामी मजदुर र किसानमैत्री नीतिको दुवाई दिन्छौं। व्यापारिक घरानातर्फ फर्कँदा खुला अर्थनीति र नवउदारवादको कुरा गर्छौं। हामीलाई जनतातर्फ फर्कँदा भोट र व्यापारिक घरानातर्फ फर्कँदा नोट चाहिएको छ। भोट र नोटको अन्तरविरोध हामीले अन्त्य गर्नुपर्छ कि पर्दैन? समाजवादी अर्थनीति भनेको यही हो? यस्तो नै हुन्छ?

    कम्युनिष्टले ढाँट्नुहुन्छ?

    तर नेपाली जनतालाई हामीले ढाँटेका छौं । हामीले त दुधको दुध, पानीको पानी हामीले भन्नुपर्थ्यो। ब्ल्याक एण्ड ह्वाइटमा हामीले भन्नु पर्थ्यो। जनताको चाहना थियो, देशमा तीब्र विकाश होस्। स्थायी सरकार होस्, त्यसमा पनि कम्युनिष्टको नै होस्। त्यही भएर जनताले हामीलाई पत्याएको होइन ? जनताले हामीलाई सधैंको निम्ति राज्य तमसुक गर्देको हो र? लालपुर्जा देको हो र देशको सत्ता संचालन गर्न ? बिडम्वना, हाम्रा नेताहरू त्यस्तै ठानिरहेका छन्।

    हामीले भाषणमा साना कुरा गरेका छैनौं। तर व्यवहारमा हामी कहाँ छौं? किसानले के पाएको छ? अहिले पनि किसानलाई अनुदान चाहिएको छैन। ठूलाठूला अनुदान गएका छन् तर त्यो खेत जोत्ने, बारी मलिलो पार्ने किसानले होइन, अनुदान झोलामा कागज बोक्नेले, छाप हान्नेले, हस्ताक्षर नक्कल गर्नेले पाएको छ। त्यसको निम्ति बजारको प्रवन्ध, उत्पादनको सही मूल्य तोकिने कुरा र पूर्वाधारमा हामीले जोड दिन सकेका छैनौं। कृषिलाई औद्योगिकरणतर्फ लैजाने कुरामा हामीले काम गर्न सकेका छैनौं। व्यवहार र बोलीमा हामीबीच ठूलो फरक छ। कथनी र करणीमा ठूलो अन्तरविरोध छ। पार्टीले समाजवादी अर्थनीति लागू गर्दै अघि बढेको भएदेखि यो विवाद आउँदैनथ्यो।

    अहिले भयंकर रोग लागेको छ पार्टीमा। रोग क्रोनिक भइसकेको छ। धेरै ठूलो शल्यक्रियाको आवश्यकता छ पार्टीमा। शल्यक्रियाका गर्न स्थायी समितिले थिएटरमा लैजान्छ झैं लागेको थियो। तर स्थायी कमिटी घाउ जाँच्ने संयन्त्रमा मात्र सिमित भइराखेको छ। यसलाई कहिलेसम्म चल्न दिने ?

    विधि र पद्धतिको लिक छोडेपछि मजदुर, किसान, दलित र पिछडाको सेवा कहाँ गरिन्छ? व्यापारिक घराना र कर्पोरेट हाउसहरूको सेवा गरिन्छ। विचारमा हामी खुस्किएपछि संगठनमा र व्यवहारमा समस्या आएका हुन्। व्यवहार र संगठनमा देखिएका समस्या अन्ततः पार्टी अन्तरसंघर्षमा त्यो प्रवेश गरेको हो। यसर्थ, अहिले भयंकर रोग लागेको छ पार्टीमा। रोग क्रोनिक भइसकेको छ। धेरै ठूलो शल्यक्रियाको आवश्यकता छ पार्टीमा। शल्यक्रियाका गर्न स्थायी समितिले थिएटरमा लैजान्छ झैं लागेको थियो। तर स्थायी कमिटी घाउ जाँच्ने संयन्त्रमा मात्र सिमित भइराखेको छ। यसलाई कहिलेसम्म चल्न दिने ? स्थायी समितीले पनि पार्टीको उपचार गर्न सकेन भने त्योभन्दा ठूलो अस्पताल केन्द्रीय समितिमा पुर्‍याउनुपर्छ। केन्द्रीय समितिले यसको चिरफार गर्नुपर्छ।

    महाधिवेशनसम्म जानका लागि पार्टीको तयारी छैन। महाधिवेशन चैत्रसम्ममा भएन भने हाम्रो पार्टी विघटन हुन्छ। विघटन भएको हाम्रो पार्टीका नेताले सरकार हाँके भने के हुन्छ? आउँदा निर्वाचनमा अन्य पार्टीहरूसँग प्रतिस्पर्धा गर्दा हाम्रो हालत के हुन्छ? त्यसकारण आजै हामी हासियार हुनुपर्ने बेला भएको छ। हिजो दुई पार्टी मिलेर दुवै पार्टी भंग गरियो, एउटा होइन, दुईवटा अध्यक्ष बनाउन सकियो, दुई पार्टीलाई एक बनाएर राष्ट्रिय अभियानमा हामीलाई होम्न सकियो। त्यसो हुँदा केन्द्रीय कमिटीमा गएर यस पार्टीलाई भंग गर्न पनि सकिन्छ।

    रह्यो नेतृत्व हस्तान्तरणको कुरा। उहाँहरूले भनेजस्तै, दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने हो भने, इमान्दारीका साथ उहाँहरूले त्यो विषय उठाउनु भएको हो भने तत्कालै नेतृत्व हस्तान्तरण गरौं न त नयाँ पुस्तालाई। केले रोक्छ त्यसो गर्न हामीलाई? अब हामीले त्यो आँट गर्नुपर्छ। त्यो त्यागको साहस हाम्रा पार्टीका क्याप्टेनहरूले देखाउनुपर्छ।

    निम्न पूँजीवादी परिवार र समाजमा हुर्केका हुनाले हामीमा लोभ र अहंकार छ। कम्युनिष्ट भएनै पनि सामन्ती समाजको प्रतिविम्ब हाम्रो दिमागमा छ। लोभ र अहंकार नत्याग्ने हो भने पार्टी जुट्नु र फुट्नुमा के अर्थ?

    निम्न पूँजीवादी परिवार र समाजमा हुर्केका हुनाले हामीमा लोभ र अहंकार छ। कम्युनिष्ट भएनै पनि सामन्ती समाजको प्रतिविम्ब हाम्रो दिमागमा छ। लोभ र अहंकार हटाउन सकियो भने, साँच्चै कम्युनिष्टको धरातलमा उभिएर हामी देश, जनता र पार्टीलाई केन्द्रविन्दु बनाएर काम गर्‍यो भने यो पार्टी सुदृढ एकतासहित रूपान्तरित हुन्छ। यसले आगामी दुई वर्षमा पनि धेरै काम गर्न सक्छ। तर लोभ र अहंकार नत्याग्ने हो भने पार्टी जुट्नु र फुट्नुमा के अर्थ?

    पार्टीभित्रका तीनवटा वर्ग

    हाम्रो पार्टीभित्र आज तीनवटा वर्ग छ । सत्ता र शक्तिका सामुन्ने गएर सास्टाङग दण्डवत गर्ने, धनुष्टंकार गर्ने वर्ग। त्यस्तो जमातलाई समाजवाद होइन, साम्यवाद आइसकेको छ। आफूले पाएको भोगेको सुविधा त्याग्नुभन्दा त देश प्रतिगमनतर्फ फर्कोस् र सारा परिवर्तन कोल्याप्स् भए पनि होस् भन्ने ढंगले सोच्छन् उनीहरू। उदाहरणका लागि प्रधानमन्त्री स्वयं पनि भन्नुहुन्छ नि बेलाबखत : तिमीहरू निउँ नै खोज्छौ भने म यो कुर्सी नै भाँचेर हिँड्छु। त्यसो भन्नुको अर्थ के हो? त्यसको अर्थ हो : संसद भङ्ग गर्छु। संकटकाल लगाउँछु, आदित्यादि।

    दोस्रो एउटा वर्ग छ, त्यो वर्गचाहिँ समाजमा सुधार चाहन्छ। यो वर्गलाई सत्ताको दाम पनि चाहिन्छ, नाम पनि चाहिन्छ। अलिअलि सुधार गरेर उ जनतालाई भ्रम दिने गर्छ। तर आफ्नो सत्ता र सुविधाचाहिँ छाड्दैन सो वर्ग। अर्को एउटा वर्ग छ: त्यो वर्गचाहिँ आमूल परिवर्तनको पक्षधर हो। त्यसले समाजमा आमूल परिवर्तन चाहन्छ। त्यो आदर्शवादी र क्रान्तिकारी नै छ।

    सत्ता र शक्तिका सामुन्ने गएर सास्टाङग दण्डवत गर्ने, धनुष्टंकार गर्ने वर्ग। त्यस्तो जमातलाई समाजवाद होइन, साम्यवाद आइसकेको छ। आफूले पाएको भोगेको सुविधा त्याग्नुभन्दा त देश प्रतिगमनतर्फ फर्कोस् र सारा परिवर्तन कोल्याप्स् भए पनि होस् भन्ने ढंगले सोच्छन् उनीहरू।

    र, आमूल परिवर्तनको पक्षधरहरू बढीजसो तेस्रो पुस्तामा भेटिन्छन्। दोस्रो पुस्तामा पनि धेरैमा पुरानो रोग सल्किएको छ। कुराचाहिँ परिर्वतनका गर्ने, निर्णायक बिन्दुमा आउँदा कुनै न कुनै रूपमा चिप्लने। अहिले हामीले ५० देखि ६० सम्मकालाई दोस्रो पुस्ता भनेर चित्रण गरेका छौं। यो उमेर समूहका मान्छेले आम रूपमा सत्ता र घरपरिवारको मात्रै हिसाब गर्छ। मानवीय स्वभाव पनि हो त्यो। यसकारण परिवर्तनका लागि यो उमेर समूहका भन्दा कम उमेरकाले प्रयत्न गर्नुपर्छ।

    र, २० र २४ वर्षका युवाहरूलाई हामीले अब सिकाउनुपर्छ। नत्र क्रान्ति गुम्ने खतरामा छ किनभने २५ देखि माथि लागेपछि त मेयरदेखि वडाअध्यक्ष, प्रदेश सांसद हुँदै प्रतिनिधिसभासम्म ताक्ने हुँदोरहेछ। हिसाबकिताब त्यता सुरू हुँदो रहेछ। त्यसको अर्थ यो उमेर समूहमा परिवर्तनको नेतृत्व गर्नेहरू हुँदै हुन्नन् भन्ने होइन। तर अधिकतम् क्रान्तिकारी शक्तिचाहिँ हामीले तल नै उत्पादन गर्नुपर्छ। हाम्रो पार्टीभित्र पनि त्यस्ता शक्ति छन्। क्रान्तिकारी युवा शक्ति एक ढिक्का भएमात्र पार्टीभित्र हस्तक्षेप हुनसक्छ।

    २०७४ सालको निर्वाचनको प्रचार अभियानमा भएको एउटा घट्ना सम्झन्छु म। एक जना वृद्ध मान्छे मेरो पछिपछि आइरहेका थिए। उनी कुप्रा थिए, रोगी रहेछन्। उनको परिवार पनि बितेका। पछाडीबाट उनले मेरो हात समाए। बुढाले किन हात समाते मेरो भनेर मैले नियाँलें। उनले मेरो हातमा बिँडीजस्तो अनौठो चीज थमाए। त्यो १ हजार रूपैयांको नोट रहेछ। त्यो देखेर म निकै भावुक भएँ। कर्पोरेट हाउसको मालिकले हामीलाई एकैचोटी १० लाख दिनुभन्दा केही नै नभएको त्यो मान्छेले केही दिनु सर्वस्व हो। त्यो वर्गको पवित्र आस्था हामीमाथि छ। यस कारण उनले सकेको सहयोग गरे हामीलाई। तर माथि पुगेकाले त्यस वर्गको आस्था बिर्से अचेल। माथि पुगेकाहरूले त ‘यी दरबार मेरै लागि बनाइएको हो’ र, सदाका लागि दरबारको लालपुर्जा हाम्रै भयोझैं गर्न थाले।

    हिजो आफ्नो ओच्छ्यान छाडेर सुताएका नेताहरू, आफूले मकै–भटमास खुवाएका नेताहरू आज सडकमा साइरन बजाएर, रोड खाली बनाएर हिँडेको देख्दा, जनतासँगै जुत्ता चप्पल पड्काउँदै आएका नेताहरू, आज आलिसान महलको मालिक भएको देख्दा साधारण जनालाई रिस उठेको छ । यिनले खानुभन्दा त बरु त्यही राजाले खाओस् भन्ने ठानेका छन् तिनले।

    अहिले सडकमा राजा आउ देश बचाउ भन्ने नारा लाग्न थालेको छ। किन लाग्छन् सडकमा यस्ता नारा ? एउटा शक्ति त कहिले मौका आउँछ र मौका छोपौं भनेर पर्खिराखेकै थियो। दरबारका नुनपानी खाएकाहरूको सानो समूह त पहिलेदेखि नै ढुकेर बसेकै थिए। तर सडकमा अलिअलि सर्वसाधारणहरू पनि देखिँदैछन्, किन? हिजो आफ्नो ओच्छ्यान छाडेर सुताएका नेताहरू, आफूले मकै–भटमास खुवाएका नेताहरू आज सडकमा साइरन बजाएर, रोड खाली बनाएर हिँडेको देख्दा, जनतासँगै जुत्ता चप्पल पड्काउँदै आएका नेताहरू, आज आलिसान महलको मालिक भएको देख्दा साधारण जनालाई रिस उठेको छ । यिनले खानुभन्दा त बरु त्यही राजाले खाओस् भन्ने ठानेका छन् तिनले।

    र, आश्चर्यका कुरा पनि छन्। अहिलेको शासन व्यवस्था अझ सुधारौं, अझै प्रगतिशील व्यवस्था लागू गरौं भनेर आन्दोलन गर्नेहरूलाई चाहिँ गृहप्रशासनले डण्डा चलाउँछ। राजधानीको माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्छ। तर संविधानमै नभएको कुँडाकर्कटलाई उठाएर जिउँदा मान्छेहरूमाथि शासन गर्नुपर्छ भनेर आउने शक्तिलाई चाहिँ गृह प्रशासनले किन कारवाही गर्दैन? स्याल हराउनु र कुखुरा हराउनुको यो संयोग मात्रै हो वा अरु केही?

    इतिहास एकपटक दुखद बनेर आउँछ। अर्को पटक उपहास बनेर आउँछ। कुनै पनि क्रान्तिको फोटोकपी गरेर त्यस्तै क्रान्ति सम्पन्न हुँदैन। आत्मगत र वस्तुगत परिस्थितिले पनि त्यसमा साथ दिँदैन।

    विप्लव व्यक्तिहत्यामा

    अर्को कुरा, कम्युनिष्ट विद्रोहका नाममा अहिले विप्लव व्यक्तिहत्यामा लाग्यो। त्यो ठूलो गल्ती हो विप्लवको। त्यसले क्रान्तिकारी शक्तिलाई अझ कमजोर बनाउँदैछ। दक्षिणपंक्षी शक्तिलाई बलियो बनाएको छ। कतिले भन्लान्, हिजो प्रचण्डको नेतृत्वको क्रान्तिमा मान्छेको ज्यान गयो। तर हामीले बुझ्नुपर्छ : इतिहास एकपटक दुखद बनेर आउँछ। अर्को पटक उपहास बनेर आउँछ। कुनै पनि क्रान्तिको फोटोकपी गरेर त्यस्तै क्रान्ति सम्पन्न हुँदैन। आत्मगत र वस्तुगत परिस्थितिले पनि त्यसमा साथ दिँदैन।

    बरु संस्थागत भ्रष्टाचार बढेको यो बेला विप्लवले सडक आन्दोलन रोज्दा उचित हुन्थ्यो। नेपाल सरकारको एउटा निकायले अर्को निकायलाई काम गराउनका लागि घुस खुवाउनुपर्छ। भनेपछि देशभित्र कतिसम्म मौलाएको होला भ्रष्टाचार? यस्तो ढिलासुस्ती र भ्रषटाचार बढेको बेला बरू खुला सडकबाट आन्दोलन गरेको भए यो भ्याकुमको नेतृत्व विप्लवले गर्न सक्थे। सैन्य समाधान गलत छ यस्तो बेला। यसर्थ, यो बेला सबै देशभक्त, क्रान्तिकारी र प्रगतीशील शक्तिको धु्रवीकरण आवश्यक छ। सकिन्छ एकता गरौं, सकिन्न, सहकार्य गरौं। सुदिनका लागि सहकार्य गरौं।

    (नेकपा केन्द्रीय सदस्य किराँतीसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सुदन किराँती

      सुदन किराँती

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.