Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

श्रद्धाञ्जली : पृथ्वीका लागि सतिसालझैँ लड्ने महात्मा

शिवकान्त शिवकान्त
जेष्ठ ८, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रकृतिका रक्षक सुन्दरलाल बहुगुणाको मृत्यु हुनु भारतको मात्रै होइन, पूरै विश्वको जल–जंगल र जमीनको आवाज कमजोर हुनु हो। भारतसहित पूरा विश्वमा उनलाई रुखहरूको रक्षाका लागि उत्तराखण्डमा चलेको ‘चिप्को आन्दोलन’को सुत्रधार र नायकका रुपमा चिनिन्छ। उनलाई ‘वृक्षमित्र’को नामले समेत चिनिन्छ।

    वृक्षमित्र हुनुका साथै उनको व्यक्तित्वका अरु धेरै आयामहरू थिए। पर्यावरणको प्रहरी बन्नु अघि उनी पत्रकार थिए। साथै उनी गान्धीको स्वाधीनता संग्राममा सक्रिय भूमिका निभाउनेवाला स्वतन्त्र सेनानी, सामाज सुधारक र विचारक पनि थिए।

    खिरिलो शरीरमा सधैं खादी लगाउने गरेका मृदुभाषी बहुगुणासँग मेरो पहिलो भेटघाट टिहरीबाट त्यस्तै २२ किलोमिटर दुरीमा रहेको सिल्यारा गाउँमा रहेको उनको ‘पर्वतीय नवजीवन मण्डल आश्रम’ मा भएको थियो। सेतो दारी र शीरमा सेतो खादीको फेटा बाँध्ने गरेका उनलाई देख्दा शिरडी साइ वा गान्धीझैँ जस्तो लाग्थ्यो।

    बहुगुणजीको ध्यान त्यसबेला भागीरथी र भिलंगनाको संगममा बनेको टिहरी बाँधतर्फ मोडिएको थियो। सन् १९९२ मा ब्राजिलको पर्यटकीय शहर रियो दि जेनेरियोमा ‘पृथ्वी शिखर सम्मेलन’ हुनेवाला थियो र बहुगुणा जी टिहरी बाँधको विरोधमा सत्याग्रह चलाइरहेका थिए।

    म ‘पर्यावरणविरुद्ध विकास’माथि बीबीसी हिन्दीको कार्यक्रमको एक धारावाहिक बनाउनका लागि लण्डनबाट भारत आएको थिएँ। हिमालयका नदीमा बनीहरेका टिहरी बाँध समेत ४० साना ठूला नदीका बाँध परियोजनाहरूका बारेमा बहुगुणाजीसँग दिउँसोको चर्को घाममा लामो कुराकानी भयो। विकासका नाममा हुन गइरहेको विनासमाथि हुन गइरहेको त्यस हर्कतप्रति उनको आपत्ति थियो।

    टिहरी बाँधविरुद्ध अनसन

    बहुगुणाजी सँग दोस्रो भेटघाट टिहरी बाँधको पर्खालदेखि करिब सय गजको दूरीमा भागीरथीको किनारमा बनेको उनको ‘गंगा कुटी’मा भयो। जहाँ उनी बाँधको विरोधमा आमरण अनशनमा बसेका थिए। यो सन् १९९५ सालमा हो। बाँधको काम तीव्ररुपमा अघि बढिरहेको थियो। तर हाम्रो चर्चाको एक/दुई दिन पछि नै नरसिंह राव सरकारले बाँध परियोजनामाथि समीक्षा समिति गठनको आश्वासन दिएर बहुगुणाजीको ४५ दिन लामो अनसन तोडिदिए।

    श्रीदेव सुमनबाट प्रभावित

    गान्धीको आदर्शलाई बहुगुणाजी ले केवल सैद्धान्तिक रूपले मात्रै स्वीकार गरेनन्, आफ्नो जीवनमा उतारे पनि। उनी खादीका लुगा लगाउँथे। गान्धीजीले जस्तै आश्रमको सादा जीवन बिताउँथे र गान्धीको सत्याग्रह, अनसन र जनतासामु पुगेर जनजागरुकता फैलाउने जस्ता अस्त्रको प्रयोग गर्थे। यी सबै उनले गान्धी र उनका अनुयायीबाट सिकेका थिए।

    उनी अक्सर आफ्ना गुरु श्रीदेश सुमनको चर्चा गरिरहन्थे, जसले टिहरी राज्यलाई गढवाल नरेशबाट मुक्ति दिलाउनका लागि संघर्ष गरे, जेल गए। त्यहाँ ८४ दिन लामो अनसनपछि सन् १९४४ मा श्रीदेश सुमनले आफ्नो प्राण त्याग गरे। युवा बहुगुणा उनैको प्रभावमा आएर टिहरी कांग्रेसका सचिव समेत भएका थिए।

    तर सन् १९५६ मा उनको विवाह विमला देवी नौटियालसँग भयो। विमला गान्धीजीको सहयोगी सरलासँग काम गर्थिन्। बहुगुणाले राजनीति छोडेर समाजसेवा गर्नुपर्ने सर्तमा विमलासँग विवाह भएको थियो। यसकारण बहुगुणाजीलाई जीवनको दिशा मोड्नुप¥यो र उनी यसमा सहमत थिए कि यही दिशा उनको आफ्नो प्रकृति अनुकूल पनि थियो।

    शराबबन्दी र चिपको आन्दोलन

    बहुगुणाले विमलाका साथ मिलेर सिलयात्रा गाउँमा पर्वतीय नवजीवन मण्डल स्थापना गरे र दलित अधिकार, महिला उत्थान र शराबबन्दीजस्ता कैयौँ प्रगतिशील आन्दोलन चलाउन सुरु गरे। उत्तराखण्डमा मादक पदार्थ बन्दको आन्दोलनमा उनले गरेको योगदान चिप्को आन्दोलनभन्दा कुनैपनि अर्थमा कम छैन। यस आन्दोलनको नेतृत्व महिलालाई दिइयो र अन्ततः मुख्यमन्त्री सुचेता कृपलनीको कार्यकालमा सन् १९६९ मा शराबबन्दी लागु गरियो, जो अघिल्लो २० वर्षसम्म रह्यो।  चिप्कोको अर्थ हो, ‘टाँसिउ।’ रुखसँग टाँसिएर त्यसलाई जोगाउने अर्थमा ‘चिप्को’ शब्द प्रयोग भएको हो।

    हाम्रो कुराकानीका क्रममा बहुगुणाले स्वीकार गरेका थिए कि रुख काटिनबाट बचाउनका लागि रुखसँग टाँसिएर रुखको रक्षा गर्ने विचार राजस्थानमा भएको ‘खेजडली बलिदान’बाट आएको हो।

    खेजडलीको घटना

    खेजडली राजस्थानको मारवाड राज्यको गाउँ हो, जहाँ गोचर भूमिमा खेजडीको रुखहरूको जंगल थियो। त्यहाँ राजा अभय सिंहले सन् १७८७ मा आफ्नो एकल महलका लागि आफ्ना मन्त्रीहरूलाई काठको प्रबन्ध गर्न लगाएका थिए। मन्त्री आफ्ना सिपाहीहरूका साथ रुख काट्नका खेजडली गए। गाउँका महिलाहरूले ती सिपाहीहरूलाई रोके र रुख बचाउनका लागि रुखमा गएर टाँसिए।

    भनिन्छ कि मन्त्रीको हुकुममा सिपाहीहरूले रुखमा टाँसिएका सबै मानिसहरू समेतलाई रुखसँगै काटिदिए। र, हेर्दाहेर्दै ३ सय ६३ जना महिला तथा पुरुषहरू रुखकै निम्ति शहीद भए।

    महिला मंगल दलको गठन

    उत्तराखण्डको चिप्को आन्दोलन खेजडलीजस्तै शैलीमा सुरु भयो। उत्तराखण्डको कुमाऊँ मण्डलमा सन् १९६२ को चीन युद्धको पराजयपछि सीमा सुरक्षाका लागि सडकमा जाल बिछ्याउने काम सुरु गरिएको थियो। सडकका लागि ट्रयाक खुल्ला गर्ने जिम्मा जुन ठेकेदारहरूलाई दिइएको थियो, तिनले माफियासँग मिलेर अन्धाधुन्ध रुख काट्ने गर्थे।

    यसलाई रोक्नका लागि सुन्दरलाल बहुगुणाको साथै दशौली ग्राम स्वराज्य मण्डलका संस्थापक चण्डीप्रसाद भट्टले महिलाहरूलाई संगठित बनाए र महिला मंगल दल बनाए।

    चमेली जिल्लाको रैणी गाउँमा पनि एक महिला मंगल दल बन्यो, जसको अध्यक्षता गौरादेवीलाई गर्न दिइयो। सन् १९७४ को सुरुवातमा रैणी गाउँनजिकको २५ सय रुख काट्ने ठेक्का दिइयो। महिलाहरूले रुख कटानको विरोधमा २६ मार्चमा ¥याली निकाले र महिलाहरूले दिनभर रुखमा टाँसिएर काट्न दिएनन्।

    चिप्को आन्दोलन बन्यो उदाहरण

    पुराना कांग्रेसी भएका नाताले बहुगुणाको कुरा कांग्रेसमा सुन्ने गरिन्थ्यो। यसकारण रैणीको आन्दोलनपछि रुख कटानमा अस्थाई रोक लगाइएको थियो, जुन पछि सन् १९८० मा गएर एक ठूलो सम्झौतामा बदलियो। जसको अन्र्तगत चिप्को आन्दोलनको बढी भन्दा बढी सर्त मानिएको थियो। चिप्को आन्दोलनबाट देशभित्र मात्रै होइन, विश्वव्यापी असर प¥यो। र, चिप्कोको नक्कल गर्दै ठाउँठाउँमा रुखको रक्षा र वनकरणको आन्दोलन चल्यो।

    पृथ्वी सम्मेलनपछि तयार गरिएको सुझावी दस्तावेज र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको दस्तावेजमा चिपको आन्दोलनलाई धेरैपटक उल्लेख गरिएको छ।

    टिहरी बाँधलाई रोक्न सकेनन्

    चिप्कोको सफलता र जागरुकता पदयात्रापछि बहुगुणाको दृष्टिकोणमा अझै व्यापकता आयो। त्यसपछि उनी रुख र पानीको स्रोतलाई छोडेर पूरै हिमालयको पारिस्थिकी र पर्यावरणको कुरा गर्न थाले। यस्तै बदलिँदै गरेको आयामले उनी हिमालयका नदीहरूमा बन्दै गरेको बाँध, जलविद्युत परियोजनाहरू र खासगरी टिहरी बाँध विरुद्ध आएर खडा भए। तर टिहरीको लडाइँ बहुगुणाका लागि नरोकिने लडाइँ साबित भयो।

    उनी सैद्धान्तिक आधारमा आफ्नो कुरा राख्न सफल भए। तर बाँधलाई रोक्न भने सकेनन्। बाँध तथा जलविद्युत परियोजनाको सुरक्षा, त्यसको समयावधि र विस्थापितहरूको पुनर्वासको कुरामा नयाँ तरिकाले सोच्न थाले। तर न त टिहरी बाँध, न त नर्मदामा बन्दै गरेको बाँधलाई नै रोक्न सके।

    पर्यावरण विनासको आजको जस्तो माहौलमा बहुगुणाजस्ता प्रखर र मुखर पर्यावरण योद्धाको मृत्यु हुनु पर्यावरणका लागि असह्य आघात पुग्नु हो। उनी भन्ने गर्थे, “के छ जंगल उपकार, माटो–पानी र बयार(हावा), माटो–पानी र बयार, जीवन बाँच्ने आधार।” यस्तो लाग्छ कि यो क्रुर कोरोना महामारीले पर्यावरण चेतनालाई जगाइराख्ने एक बलियो आधारस्तम्भलाई हामीबाट खोसेको छ।

    सत्यहिन्दीडटकमबाट मेनुका बस्नेतको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      शिवकान्त

      शिवकान्त

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.