Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

‘आर्य समाज’ले जातिवाद, छुवाछुत, सतीप्रथा, बाल विवाह, नरबलि, पशुबलि, धार्मिक संकिर्णता र समाजका अनेकौँ अन्धविश्वासको जमेर बिरोध गर्यो र विधवा विवाह, धार्मिक उदारता र आपसी भाईचारालाई निरन्तर प्रोत्साहित गर्यो।

अमरनाथ अमरनाथ
अशोज १५, २०७८
- विमर्शका लागि, समाज, सँस्कृति
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आर्यसमाज नामक अभियान/समाजसुधार आन्दोलनले भारतीय समाजमा गरेको योगदानलाई आज धेरै मान्छेहरूले भुलिसकेका छन् तर एक समय हिन्दू समाजमा रहेका कुरिती, कुप्रथा,अन्धविश्वास र कुसंस्कारबाट समाजलाई मुक्त गर्ने सन्दर्भमा आर्यसमाजले ठूलो भूमिका खेलेको थियो। आर्यसमाजका संस्थापक स्वामी दयानन्द सरस्वती भारतका ठूला चिन्तक र समाज सुधारकमध्ये एक थिए। आर्यसमाजका नियमहरू संसार र प्राणीको उपकारका लागि भएको बताउँथे दयानन्द सरस्वती। उनले वेदका भाष्यहरू लेखेका थिए। सरस्वतीले भारतमा पहिलो पटक स्वराज (स्वशासन) को नारा दिएका थिए।

    आर्यसमाजको प्रचारका लागि उनी भारतभर डुले। इसाई र मुसलमानका समेत धर्मशास्त्रहरूको उनले गहिरो अध्ययन गरे। अतः उनले सनातनी हिन्दू, इसाई र इश्लाममा रहेका रहेका अनेकौँ समस्या र खराबीहरूको उत्खनन् गरेर ‘सत्यार्थ प्रकाश’ नामक ग्रन्थ प्रकाशित गरे। हिन्दू समाजमा रहेका आडम्बर र ढोँगहरू हटाउनमा उनले देशभर रहेका आफ्ना शाखाहरूमार्फत काम गरे। दयानन्द ‘इश्वर केबल एउटै छन्’ भन्ने कुरामा विश्वास गर्थे। उनको नेतृत्वको ‘आर्य समाज’ले जातिवाद, छुवाछुत, सतीप्रथा, बाल विवाह, नरबलि, पशुबलि, धार्मिक संकिर्णता र समाजका अनेकौँ अन्धविश्वासको जमेर बिरोध गर्यो र विधवा विवाह, धार्मिक उदारता र आपसी भाईचारालाई निरन्तर प्रोत्साहित गर्यो। दयानन्द सरस्वतीको चिन्तनको प्रभाव क्रान्तिकारी योद्धा भगत सिंहमा समेत परेको थियो।

    दयानन्द सरस्वती र स्वामि अग्निवेश

    धार्मिक संकिर्णता र पाखण्डको विरोधी दयानन्द सरस्वतीका धेरै विरोधीहरू पनि थिए, जसका कारण उनको प्रभावलाई देख्न नसक्ने विरोधीहरू पनि समाजमा टन्नै थिए। सोही कारण, सन् १८८३ मा दुधमा काँच मिलाएर पिलाइएकै कारण दयानन्द सरस्वतीको निधन भएको थियो। दयानन्दको जन्म भएको ठ्याक्कै दुई सय वर्षपछि अर्थात् ११, ९, २०२० मा भारतको झारखण्डको पाकडु जिल्लामा हिन्दूत्ववादी सैयौँ व्यक्तिले स्वामी दयानन्द सरस्वतीको अनन्य अनुयायी स्वामी अग्निवेशमाथि ठूलो हमला गरे। यस घट्नाबाट स्वामी अग्नीवेश बल्लतल्ल बाँचे तर उनको मनमा भने गहिरो चोट पर्न गयो।

    अग्निवेशको जन्म भारतको आन्ध्रप्रदेशको श्रीकाकुलम् भन्ने ठाउँमा एक रुढीवादी ब्राह्मण परिवारमा भएको थियो। उनको बाल्यकालको नाम वेपाश्याम राव थियो। उनी चार वर्षको हुँदा उनको बाको मृत्यु भएको थियो। त्यसो हुँदा उनको लालनपालन मावलतर्फको हजुरबाले गरेका थिए। र, उनका हजुरबा उतिखेरका उपनिवेश राज्यका लागि हाकिम भएर काम गर्थे।

    अग्निवेश विधि तथा वाणिज्यमा स्नातकोत्तरको डिग्री लिएपश्चात उनी कलकत्ताको प्रसिद्ध सेन्ट जेभियर्स कलेजमा मेनेजमेन्टको प्राध्यापक नियुक्त भएका थिए। त्यससँगै उनले त्यतिखेरका प्रख्यात वकिल सव्यसाची मुखर्जीको अधिनमा रहेर वकालतको अभ्याससमेत गरे। पछि सव्यसाची मुखर्जी भारतको मुख्य न्यायाधीश पनि बने।

    आर्यसमाजमा अग्निवेश

    आफ्नो विद्यार्थी कालमा नै स्वामी अग्निवेश आर्यसमाज नामको अभियानको सम्पर्कमा आएका थिए। सामाजिक कार्यमा उनलाई धेरै रुची थियो। सोही उदेश्यका कारण उनले सन् १९६८ मा आफ्नो जागिर छाडेर हरियाणा गए र आर्य समाजसमा सामेल भए। त्यहाँ उनलाई स्वामी इन्द्रवेशको साथ मिल्यो। अन्ततः २५ मार्च १९७० मा उनले पूरै तरहले सांसारिक जीवनबाट सन्यास लिए र भगवा वस्त्र लगाए। सन्यास लिएसँगै उनले आफ्नो नाम, परिवार, जाति, धर्म तथा आफ्नो पारिवारिक सम्पत्ति समेत परित्याग गरे। उनले आफ्नो नाम ‘स्वामी अग्निवेश’ बनाए र भगवा वस्त्र र पगरी लगाउन थाले। बाँचुन्जेल उनको पहिचान त्यही रहन गयो।

    अप्रिल १९७० मा अग्निवेशले इन्द्रवेशसँग मिलेर आर्य सभा नामको पार्टीसमेत बनाए। आर्य समाजको सिद्धान्तलाई ध्यानमा राखेर सो पार्टी निर्माण गरिएको थियो। त्यसमार्फत साम्यवाद तथा पूँजिवादभन्दा अलग ‘वैदिक समाजवाद’को मूल्यलाई स्थापित गर्ने प्रयास गरिएको थियो। अग्निवेशले त्यसलाई सामाजिक अध्यात्मवाद भनेका थिए। अग्निवेशको विचारमा स्वामी दयानन्द सरस्वती, कार्ल मारक््स तथा महात्मा गान्धीको दर्शनको पनि प्रभाव देख्न सकिन्थ्यो।

    अनेक आन्दोलनमा अग्निवेश

    अग्निवेशले हरियाणामा किसानको उब्जनीको उचित मूल्यका लागि आन्दोलन चलाएका थिए। उनी लोकनायक जयप्रकाश नारायणको सम्पूर्ण क्रान्तिमा पनि सहभागी भए। इन्दिरा गान्धीले भारतमा संकटकाल घोषणा गर्दा उनी भूमिगत भए। पछि उनी आफ्ना साथीहरूसँगै समातिए र १४ महिना जेल परे। १९७७ पछि जब चुनाब भयो, उनी हरियाणा विधानसभाबाट विधायक बन्न सफल भए र हरियाणा सरकारमा शिक्षामन्त्री बने। तर केही दिनपछि उनले मन्त्री पदबाट राजिनामा दिए। फरिदाबादमा पुलिसले मजदुरहरूमाथि गरेको दमन र हत्याका विरुद्धमा उनले मन्त्री पदबाटै राजिनामा दिएर बिरोध जनाएका थिए। मन्त्री पदबाट राजिनामा दिएसँगै उनले उक्त घट्नाको जाँच गर्न आफ्नो सरकारसँग माग गरे। यसपछि उनले चुनावी राजनीतिलाई अलविदा गरे।

    जीवनभर अनेकौँ मुक्ति आन्दोलनमा जोडिएका उनले १९८ मा ‘बँधुवा मुक्तिमोर्चा’ नामको संगठन सुरु गरे। यसमाफर्त देशभरका बँधुवा मजदुरको मुक्तिका लागि आन्दोलन थाले। बँधुवा मजदुरहरूमा प्रायजसो सबै दलित हुनेगर्थे। इँट्टाभट ताथ ढुंगा फोर्ने ठाउँलगायतका निर्माणस्थलहरूमा लाखौँ बँधुवा मजदुर र खासगरी बच्चाहरू सहभागी हुने गर्थे, फसेका हुने गर्थे। स्वामी अग्निवेशको नेतृत्वमा त्यस्ता लाखौँ मजदुरहरूको उद्धार गरियो र उनीहरूको पुर्नवास समेत गराइयो। अग्निवेशले १९८७ मा सतीप्रथाका विरुद्ध दिल्लीदेखि देवराला(राजस्थान)सम्म १८ दिनको पदयात्रा गरे। पछि भारत सरकारले सतीप्रथा रोक्नका लागि कानून नै बनायो।

    अग्निवेशले गुजरात, राजस्थान, पंजाब, हरियाणा तथा दिल्लीजस्ता राज्यहरूमा भ्रुणहत्याका विरुद्ध पनि जनजागरण अभियान चलाए। उल्लेख्य छकि यी राज्यहरूमा पुरुषको तुलनामा स्त्रीको अनुपात धेरै कम छ र यहाँ छोरीहरूको भ्रुणहत्या व्यापक मात्रामा हुने गरेको छ। उनले उदयपुर नजिकको प्रसिद्ध श्रीनाथद्वारा मन्दिरमा दलितलाई प्रवेशको निम्ति आन्दोलन समेत गरे। उनी आजिवन साम्प्रदायिकताका विरुद्ध लडिरहे।

    शान्ति र समताको प्रयास

    जहाँ अन्यायविरुद्ध आन्दोलन हुन्थ्यो, दलित र पीडितका पक्षमा आन्दोलनहरू हुन्थे, अग्निवेश उनीहरूलाई साथ दिन त्यहाँ पुगिहाल्थे। अनेकौँ विद्यार्थी संगठन, असंगठित मजदुर संगठन, नर्मदा बचाओ आन्दोलन, आन्ध्र प्रदेश तथा हरियाणामा चलाइएका रक्सीविरुद्ध महिलाहरूको आन्दोलनमा काँधमा काँध मिलाएर उनी अघि बढे। सन् २००८ मा कश्मिरमा जतिखेर हिंसा चरम अवस्थामा थियो, उनी शान्ति स्थापनाको शन्देस लिएर त्यहाँ पुगे।

    ६ अप्रिल २०१० मा छत्तिसगढको दन्तेवाडामा नक्सलवादीको हमलामा ७६ जना सुरक्षाकर्मीहरूको ज्यान गएको थियो। उनले सोही विषयलाई लिएर शान्तिको निम्ति पहल गरे। रायपुरबाट दन्तेवाडाका बीचमा पैदलयात्रा समेत गरे। त्यो देखेर तत्कालिन् मनमोहन सिंहको नेतृत्वको सरकारले गृहमन्त्री पी. चिदम्बरम्लाई माओवादीसँग वार्ताका लागि वार्ताकारका रूपमा नियुक्त गरियो।

    पछि माओवादीका तर्फबाट माओवादीको प्रवक्ता चेरुकुरी राजकुमार आजादले आफूहरू वार्ता गर्न तयार रहेको सन्देश अग्निवेशलाई पत्र लेखेरै पठाए। अहिलेसम्म भारतीय माओवादीसँग शान्तिवार्ता समेत पनि भइसक्थ्यो होला तर त्योभन्दा पहिले नै आन्ध्रप्रदेशमा आजादलाई प्रहरीले हत्या गर्यो। यो विषयलाई लिएर अग्निवेश सरकारको विरुद्ध उच्च अदालत गए।

    अग्निवेशले सन् २०११ मा जनलोकपाल बिलका लागि भएको अन्ना हजारको नेतृत्व्को आन्दोलनमा समेत भाग लिए। पछि त्यसबारे मतभेद भएका कारण सो आन्दोलनबाट उनी अलग भए। अग्निवेशले पछि बिग बोस नामको रियलिटी सोमा समेत भाग लिएका थिए। उनी तीन दिनसम्म बिग बोस हाउसमा बसे।

    पूँजिवादबिरोधी अग्निवेश

    स्वामी अग्निवेश भन्ने गर्दथे, ‘आज विश्व हिंसाको चपेटामा छ। धर्म, सम्प्रदाय, नस्ल र जातिको झगडा दिन प्रतिदिन बढिरहेको छ। विश्वका अधिकाकांश देशमा धार्मिक कट्टरता तथा कर्पोरेटहरूको कालो छायाँले छोपेको छ।’ उनको कथन थियो, ‘धार्मिक कट्टरपन्थीहरूको उदेश्य मान्छेहरूलाई अन्धविश्वास र पाखण्डको जालोमा फसाएर आफ्नो स्वार्थपूर्ति गर्नु रहेको छ।’

    उनी भन्थे, ‘सत्ता र पूँजिवादी कर्पोरेटहरूको मिलेमतोमा प्राकृतिक संसाधनमाथि लुट भइरहेको छ। जंगलमा रहने आदिवासीहरूको अधिकारमाथि हमला भइराखेको छ। प्रकृतिको अन्धाधुन्ध दोहनका कारण पर्यावरणमाथि क्षति पुगिराखेको छ। विश्व वातावरण ठूलो संकटमा छ। दुनियाभरका शक्तिसाली देशहरू आफ्ना छिमेकी देशहरूलाई परस्पर सहयोग र शान्तिको भावना राख्नुको सट्टा सत्रुको व्यवहार गरिराखेका छन्। जसका कारण विश्वभर छदम् राष्ट्रवाद मौलाएको छ र त्यसैलाई निउँ बनाएर देशका महत्वपूर्ण मुद्धाहरू छाडेर शासकहरू किन्नेतर्फ लागिरहेका छन्।’

    उनको तर्क थियो, ‘तर सत्य यही हो कि दोस्रो विश्वयुद्धपछि राज्य र राष्ट्रको खासै मतलब हुन छाडेको छ, सबै कुरा बजारले निर्धारण गर्न लागेको छ। आज बहुराष्ट्रिय कम्पनीहरू यति बलिया भएका छन् कि उनीहरूले अमुक देशको प्रधानमन्त्री र राष्ट्रपति तय गर्ने अवस्थासमेत देखिएको छ।’

    स्वामी अग्निवेशले कलकत्ताको सेन्ट जेभियर कलेजमा प्रोफेसरको जागिर छाडेर सन्यास लिएका थिए। सन्यासी जीवन स्वीकार गरेपनि अरु विलासी जोगीहरूजस्तो उनले कुनै मठ या मन्दिरमा रहेर महंगो जीवन जिएनन् बरु गरीब र अधिकारहिनहरूको पक्षमा निरन्तर आफ्नो जीवनलाई लगाए। उनी आजीवन धार्मिक कट्टरता, पाखण्ड, अन्धविश्वास, सामाजिक उचनिच र असमानताको विरुद्धमा निरन्तर संघर्ष गरिरहे। उनी साम्प्रदायिकता र नश्लवाद नै साम्राज्यवादको सबैभन्दा मजबुत हतियार भएको बताउँथे।

    अग्निवेशको टाउको

    उनी ‘वसुधैव कुटुम्बुकम्’को धारणामा कार्ल मार्क्सको चिन्तन, महात्मा गान्धीको सत्याग्रह तथा अम्बेडकरको संघर्षको विचार आम जनतामा लिएर जाँदामात्रै विश्व शान्तिको दिशामा अघि बढ्न सकिने ठान्थे। उनले बाल बँधुवा मजदुर तथा स्त्रीभ्रुण हत्याविरुद्ध अभियानहरू चलाएका थिए र यस्ता क्रान्तिकारी अभियानहरू चलाउँदा उनीमाथि हमलाहरूसमेत हुने गरेका थिए। हरियाणाको जिन्द भन्ने ठाउँमा हिन्दू महासभा नामको संस्थाले सन् २०१५ मा उनको टाउको काट्नेलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

    महासभाले अग्निवेश देशद्रोही भएका कारण उनको टाउको काट्नेलाई इनाम दिने घोषणा गरिएको बताएको थियो। अग्निवेशले भारतको ‘नागरिकता संसोधन कानून २०१९’ को बिरोध गर्दै बताएका थिए कि सो कानून देशको विरासतमाथिको खेलबाड हो। उनले भनेका थिए, ‘देशको सबैभन्दा ठूलो अल्पशंख्यक समुदाय मुसलमान उक्त कानूनका कारण डराएकामात्रै होइन, आफूहरू ठगिएको महसुस गरिरहेका छन्। मुसलमानमात्रै होइन, पूर्वोत्तर भारतका हिन्दूहरूले समेत यो आफ्नो हितको बिरुद्ध भएको बताएका छन्।’

    धार्मिक कुरितीको बिरोध

    आर्यसमाजी भएका कारण अग्निवेश मूर्तिपूजा र धार्मिक कुरीतिको बिरोध गर्थे। उनले धेरै पटक यसबारेमा खुलेर धारणा राखे, जसका कारण कतिपय ‘धार्मिक मान्छे’हरू उनीसँग रिसाए। उनले एक पटक त यतिसम्म भने कि ‘धर्मका ठेकेदारहरूले राम र कृष्णको अस्तित्वको सावित गर्नुपर्छ।’ भारतको अमरनाथमा प्रत्येक वर्ष बरफको टुक्रालाई ठूलै चमत्कार ठानेर पुजा गर्नुको कुनै अर्थ नभएको भन्दै उनले अन्धआस्थालाई उडाए।

    सबै धर्मलाई एउटै नजरले हेर्नुपर्ने ठान्ने उनी सबै धर्मका पाखण्डको खण्डन गर्थे। उनले इस्लाम धर्मका बारेमा समेत पर्याप्त टिप्पणी गरेका थिए। उनी भन्थे ‘नमाज पढ्ने बेला त ढुक्कसँग सबै मान्छेहरू सँगै जान्छन् तर तल ओर्लेपछि भने धनीमानीहरू एउटा बाटो र धोबी–तेलीहरू आफ्नै गल्लीतर्फ जानेगर्छन्।’ उनी मुसलमानबीच भएको जातीय विभेदका बारेमा प्रश्न गर्थे, ‘सिया र सुन्नीहरू आपसमा किन विवाह गर्दैनन्?’ उनी प्रश्न गर्थे, ‘अल्लाह सबैभन्दा शक्तिशाली थिए भने पैगम्बर उनीभन्दा ठूला कसरी भए?’

    यी सबै कारणले गर्दा सन् २०११ मा भारतीय उच्च अदालतले उनलाई सुझाबै दिएको थियो, ‘ बोल्नुअघि आफ्नो शब्दलाई बारम्बार तौलिएर बोल्नुहोला, जसका कारण त्यसले जनताको भावनालाई आहत नगरोस्।’ बँधुवा मजदुरका लागि लामो लडाईँ लढेका यी चिन्तकलाई अति प्रतिष्ठित पुरस्कार ‘राइट लाइबलिहुड अवार्ड’ दिइएको थियो। उनका दुई पुस्तक अप्लाइड स्पिरिचुआलिटीः ए स्पिरिचुअल भिजन फर द डायलग अफ रिलिजन्स तथा हिन्दुइजम् इन द न्यु एज छापिएका छन्।

    धार्मिक अन्धता र अन्धविश्वासले समाज आजका दिनमा जकडिरहँदा पनि स्वामी अग्निेवेशजस्ता क्रान्तिकारी–सुधारवादीहरूकै कारण हाम्रो समाजमा अहिले पनि आशावादिताको संचार हुनसकेको हो। गत वर्ष बितेका यी योद्धाप्रति हार्दिक श्रद्धाञ्जली।

    सबलोगडटआइएनबाट नेपाल रिडर्सको अनुवाद।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अमरनाथ

      अमरनाथ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.