Friday, May 20, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

‘आर्य समाज’ले जातिवाद, छुवाछुत, सतीप्रथा, बाल विवाह, नरबलि, पशुबलि, धार्मिक संकिर्णता र समाजका अनेकौँ अन्धविश्वासको जमेर बिरोध गर्यो र विधवा विवाह, धार्मिक उदारता र आपसी भाईचारालाई निरन्तर प्रोत्साहित गर्यो।

अमरनाथ by अमरनाथ
October 1, 2021
- विमर्शका लागि, समाज, सँस्कृति
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

आर्यसमाज नामक अभियान/समाजसुधार आन्दोलनले भारतीय समाजमा गरेको योगदानलाई आज धेरै मान्छेहरूले भुलिसकेका छन् तर एक समय हिन्दू समाजमा रहेका कुरिती, कुप्रथा,अन्धविश्वास र कुसंस्कारबाट समाजलाई मुक्त गर्ने सन्दर्भमा आर्यसमाजले ठूलो भूमिका खेलेको थियो। आर्यसमाजका संस्थापक स्वामी दयानन्द सरस्वती भारतका ठूला चिन्तक र समाज सुधारकमध्ये एक थिए। आर्यसमाजका नियमहरू संसार र प्राणीको उपकारका लागि भएको बताउँथे दयानन्द सरस्वती। उनले वेदका भाष्यहरू लेखेका थिए। सरस्वतीले भारतमा पहिलो पटक स्वराज (स्वशासन) को नारा दिएका थिए।

आर्यसमाजको प्रचारका लागि उनी भारतभर डुले। इसाई र मुसलमानका समेत धर्मशास्त्रहरूको उनले गहिरो अध्ययन गरे। अतः उनले सनातनी हिन्दू, इसाई र इश्लाममा रहेका रहेका अनेकौँ समस्या र खराबीहरूको उत्खनन् गरेर ‘सत्यार्थ प्रकाश’ नामक ग्रन्थ प्रकाशित गरे। हिन्दू समाजमा रहेका आडम्बर र ढोँगहरू हटाउनमा उनले देशभर रहेका आफ्ना शाखाहरूमार्फत काम गरे। दयानन्द ‘इश्वर केबल एउटै छन्’ भन्ने कुरामा विश्वास गर्थे। उनको नेतृत्वको ‘आर्य समाज’ले जातिवाद, छुवाछुत, सतीप्रथा, बाल विवाह, नरबलि, पशुबलि, धार्मिक संकिर्णता र समाजका अनेकौँ अन्धविश्वासको जमेर बिरोध गर्यो र विधवा विवाह, धार्मिक उदारता र आपसी भाईचारालाई निरन्तर प्रोत्साहित गर्यो। दयानन्द सरस्वतीको चिन्तनको प्रभाव क्रान्तिकारी योद्धा भगत सिंहमा समेत परेको थियो।

दयानन्द सरस्वती र स्वामि अग्निवेश

धार्मिक संकिर्णता र पाखण्डको विरोधी दयानन्द सरस्वतीका धेरै विरोधीहरू पनि थिए, जसका कारण उनको प्रभावलाई देख्न नसक्ने विरोधीहरू पनि समाजमा टन्नै थिए। सोही कारण, सन् १८८३ मा दुधमा काँच मिलाएर पिलाइएकै कारण दयानन्द सरस्वतीको निधन भएको थियो। दयानन्दको जन्म भएको ठ्याक्कै दुई सय वर्षपछि अर्थात् ११, ९, २०२० मा भारतको झारखण्डको पाकडु जिल्लामा हिन्दूत्ववादी सैयौँ व्यक्तिले स्वामी दयानन्द सरस्वतीको अनन्य अनुयायी स्वामी अग्निवेशमाथि ठूलो हमला गरे। यस घट्नाबाट स्वामी अग्नीवेश बल्लतल्ल बाँचे तर उनको मनमा भने गहिरो चोट पर्न गयो।

अग्निवेशको जन्म भारतको आन्ध्रप्रदेशको श्रीकाकुलम् भन्ने ठाउँमा एक रुढीवादी ब्राह्मण परिवारमा भएको थियो। उनको बाल्यकालको नाम वेपाश्याम राव थियो। उनी चार वर्षको हुँदा उनको बाको मृत्यु भएको थियो। त्यसो हुँदा उनको लालनपालन मावलतर्फको हजुरबाले गरेका थिए। र, उनका हजुरबा उतिखेरका उपनिवेश राज्यका लागि हाकिम भएर काम गर्थे।

अग्निवेश विधि तथा वाणिज्यमा स्नातकोत्तरको डिग्री लिएपश्चात उनी कलकत्ताको प्रसिद्ध सेन्ट जेभियर्स कलेजमा मेनेजमेन्टको प्राध्यापक नियुक्त भएका थिए। त्यससँगै उनले त्यतिखेरका प्रख्यात वकिल सव्यसाची मुखर्जीको अधिनमा रहेर वकालतको अभ्याससमेत गरे। पछि सव्यसाची मुखर्जी भारतको मुख्य न्यायाधीश पनि बने।

RelatedPosts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

May 19, 2022
अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

May 16, 2022

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

May 6, 2022
कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

May 6, 2022

आर्यसमाजमा अग्निवेश

आफ्नो विद्यार्थी कालमा नै स्वामी अग्निवेश आर्यसमाज नामको अभियानको सम्पर्कमा आएका थिए। सामाजिक कार्यमा उनलाई धेरै रुची थियो। सोही उदेश्यका कारण उनले सन् १९६८ मा आफ्नो जागिर छाडेर हरियाणा गए र आर्य समाजसमा सामेल भए। त्यहाँ उनलाई स्वामी इन्द्रवेशको साथ मिल्यो। अन्ततः २५ मार्च १९७० मा उनले पूरै तरहले सांसारिक जीवनबाट सन्यास लिए र भगवा वस्त्र लगाए। सन्यास लिएसँगै उनले आफ्नो नाम, परिवार, जाति, धर्म तथा आफ्नो पारिवारिक सम्पत्ति समेत परित्याग गरे। उनले आफ्नो नाम ‘स्वामी अग्निवेश’ बनाए र भगवा वस्त्र र पगरी लगाउन थाले। बाँचुन्जेल उनको पहिचान त्यही रहन गयो।

अप्रिल १९७० मा अग्निवेशले इन्द्रवेशसँग मिलेर आर्य सभा नामको पार्टीसमेत बनाए। आर्य समाजको सिद्धान्तलाई ध्यानमा राखेर सो पार्टी निर्माण गरिएको थियो। त्यसमार्फत साम्यवाद तथा पूँजिवादभन्दा अलग ‘वैदिक समाजवाद’को मूल्यलाई स्थापित गर्ने प्रयास गरिएको थियो। अग्निवेशले त्यसलाई सामाजिक अध्यात्मवाद भनेका थिए। अग्निवेशको विचारमा स्वामी दयानन्द सरस्वती, कार्ल मारक््स तथा महात्मा गान्धीको दर्शनको पनि प्रभाव देख्न सकिन्थ्यो।

अनेक आन्दोलनमा अग्निवेश

अग्निवेशले हरियाणामा किसानको उब्जनीको उचित मूल्यका लागि आन्दोलन चलाएका थिए। उनी लोकनायक जयप्रकाश नारायणको सम्पूर्ण क्रान्तिमा पनि सहभागी भए। इन्दिरा गान्धीले भारतमा संकटकाल घोषणा गर्दा उनी भूमिगत भए। पछि उनी आफ्ना साथीहरूसँगै समातिए र १४ महिना जेल परे। १९७७ पछि जब चुनाब भयो, उनी हरियाणा विधानसभाबाट विधायक बन्न सफल भए र हरियाणा सरकारमा शिक्षामन्त्री बने। तर केही दिनपछि उनले मन्त्री पदबाट राजिनामा दिए। फरिदाबादमा पुलिसले मजदुरहरूमाथि गरेको दमन र हत्याका विरुद्धमा उनले मन्त्री पदबाटै राजिनामा दिएर बिरोध जनाएका थिए। मन्त्री पदबाट राजिनामा दिएसँगै उनले उक्त घट्नाको जाँच गर्न आफ्नो सरकारसँग माग गरे। यसपछि उनले चुनावी राजनीतिलाई अलविदा गरे।

जीवनभर अनेकौँ मुक्ति आन्दोलनमा जोडिएका उनले १९८ मा ‘बँधुवा मुक्तिमोर्चा’ नामको संगठन सुरु गरे। यसमाफर्त देशभरका बँधुवा मजदुरको मुक्तिका लागि आन्दोलन थाले। बँधुवा मजदुरहरूमा प्रायजसो सबै दलित हुनेगर्थे। इँट्टाभट ताथ ढुंगा फोर्ने ठाउँलगायतका निर्माणस्थलहरूमा लाखौँ बँधुवा मजदुर र खासगरी बच्चाहरू सहभागी हुने गर्थे, फसेका हुने गर्थे। स्वामी अग्निवेशको नेतृत्वमा त्यस्ता लाखौँ मजदुरहरूको उद्धार गरियो र उनीहरूको पुर्नवास समेत गराइयो। अग्निवेशले १९८७ मा सतीप्रथाका विरुद्ध दिल्लीदेखि देवराला(राजस्थान)सम्म १८ दिनको पदयात्रा गरे। पछि भारत सरकारले सतीप्रथा रोक्नका लागि कानून नै बनायो।

अग्निवेशले गुजरात, राजस्थान, पंजाब, हरियाणा तथा दिल्लीजस्ता राज्यहरूमा भ्रुणहत्याका विरुद्ध पनि जनजागरण अभियान चलाए। उल्लेख्य छकि यी राज्यहरूमा पुरुषको तुलनामा स्त्रीको अनुपात धेरै कम छ र यहाँ छोरीहरूको भ्रुणहत्या व्यापक मात्रामा हुने गरेको छ। उनले उदयपुर नजिकको प्रसिद्ध श्रीनाथद्वारा मन्दिरमा दलितलाई प्रवेशको निम्ति आन्दोलन समेत गरे। उनी आजिवन साम्प्रदायिकताका विरुद्ध लडिरहे।

शान्ति र समताको प्रयास

जहाँ अन्यायविरुद्ध आन्दोलन हुन्थ्यो, दलित र पीडितका पक्षमा आन्दोलनहरू हुन्थे, अग्निवेश उनीहरूलाई साथ दिन त्यहाँ पुगिहाल्थे। अनेकौँ विद्यार्थी संगठन, असंगठित मजदुर संगठन, नर्मदा बचाओ आन्दोलन, आन्ध्र प्रदेश तथा हरियाणामा चलाइएका रक्सीविरुद्ध महिलाहरूको आन्दोलनमा काँधमा काँध मिलाएर उनी अघि बढे। सन् २००८ मा कश्मिरमा जतिखेर हिंसा चरम अवस्थामा थियो, उनी शान्ति स्थापनाको शन्देस लिएर त्यहाँ पुगे।

६ अप्रिल २०१० मा छत्तिसगढको दन्तेवाडामा नक्सलवादीको हमलामा ७६ जना सुरक्षाकर्मीहरूको ज्यान गएको थियो। उनले सोही विषयलाई लिएर शान्तिको निम्ति पहल गरे। रायपुरबाट दन्तेवाडाका बीचमा पैदलयात्रा समेत गरे। त्यो देखेर तत्कालिन् मनमोहन सिंहको नेतृत्वको सरकारले गृहमन्त्री पी. चिदम्बरम्लाई माओवादीसँग वार्ताका लागि वार्ताकारका रूपमा नियुक्त गरियो।

पछि माओवादीका तर्फबाट माओवादीको प्रवक्ता चेरुकुरी राजकुमार आजादले आफूहरू वार्ता गर्न तयार रहेको सन्देश अग्निवेशलाई पत्र लेखेरै पठाए। अहिलेसम्म भारतीय माओवादीसँग शान्तिवार्ता समेत पनि भइसक्थ्यो होला तर त्योभन्दा पहिले नै आन्ध्रप्रदेशमा आजादलाई प्रहरीले हत्या गर्यो। यो विषयलाई लिएर अग्निवेश सरकारको विरुद्ध उच्च अदालत गए।

अग्निवेशले सन् २०११ मा जनलोकपाल बिलका लागि भएको अन्ना हजारको नेतृत्व्को आन्दोलनमा समेत भाग लिए। पछि त्यसबारे मतभेद भएका कारण सो आन्दोलनबाट उनी अलग भए। अग्निवेशले पछि बिग बोस नामको रियलिटी सोमा समेत भाग लिएका थिए। उनी तीन दिनसम्म बिग बोस हाउसमा बसे।

पूँजिवादबिरोधी अग्निवेश

स्वामी अग्निवेश भन्ने गर्दथे, ‘आज विश्व हिंसाको चपेटामा छ। धर्म, सम्प्रदाय, नस्ल र जातिको झगडा दिन प्रतिदिन बढिरहेको छ। विश्वका अधिकाकांश देशमा धार्मिक कट्टरता तथा कर्पोरेटहरूको कालो छायाँले छोपेको छ।’ उनको कथन थियो, ‘धार्मिक कट्टरपन्थीहरूको उदेश्य मान्छेहरूलाई अन्धविश्वास र पाखण्डको जालोमा फसाएर आफ्नो स्वार्थपूर्ति गर्नु रहेको छ।’

उनी भन्थे, ‘सत्ता र पूँजिवादी कर्पोरेटहरूको मिलेमतोमा प्राकृतिक संसाधनमाथि लुट भइरहेको छ। जंगलमा रहने आदिवासीहरूको अधिकारमाथि हमला भइराखेको छ। प्रकृतिको अन्धाधुन्ध दोहनका कारण पर्यावरणमाथि क्षति पुगिराखेको छ। विश्व वातावरण ठूलो संकटमा छ। दुनियाभरका शक्तिसाली देशहरू आफ्ना छिमेकी देशहरूलाई परस्पर सहयोग र शान्तिको भावना राख्नुको सट्टा सत्रुको व्यवहार गरिराखेका छन्। जसका कारण विश्वभर छदम् राष्ट्रवाद मौलाएको छ र त्यसैलाई निउँ बनाएर देशका महत्वपूर्ण मुद्धाहरू छाडेर शासकहरू किन्नेतर्फ लागिरहेका छन्।’

उनको तर्क थियो, ‘तर सत्य यही हो कि दोस्रो विश्वयुद्धपछि राज्य र राष्ट्रको खासै मतलब हुन छाडेको छ, सबै कुरा बजारले निर्धारण गर्न लागेको छ। आज बहुराष्ट्रिय कम्पनीहरू यति बलिया भएका छन् कि उनीहरूले अमुक देशको प्रधानमन्त्री र राष्ट्रपति तय गर्ने अवस्थासमेत देखिएको छ।’

स्वामी अग्निवेशले कलकत्ताको सेन्ट जेभियर कलेजमा प्रोफेसरको जागिर छाडेर सन्यास लिएका थिए। सन्यासी जीवन स्वीकार गरेपनि अरु विलासी जोगीहरूजस्तो उनले कुनै मठ या मन्दिरमा रहेर महंगो जीवन जिएनन् बरु गरीब र अधिकारहिनहरूको पक्षमा निरन्तर आफ्नो जीवनलाई लगाए। उनी आजीवन धार्मिक कट्टरता, पाखण्ड, अन्धविश्वास, सामाजिक उचनिच र असमानताको विरुद्धमा निरन्तर संघर्ष गरिरहे। उनी साम्प्रदायिकता र नश्लवाद नै साम्राज्यवादको सबैभन्दा मजबुत हतियार भएको बताउँथे।

अग्निवेशको टाउको

उनी ‘वसुधैव कुटुम्बुकम्’को धारणामा कार्ल मार्क्सको चिन्तन, महात्मा गान्धीको सत्याग्रह तथा अम्बेडकरको संघर्षको विचार आम जनतामा लिएर जाँदामात्रै विश्व शान्तिको दिशामा अघि बढ्न सकिने ठान्थे। उनले बाल बँधुवा मजदुर तथा स्त्रीभ्रुण हत्याविरुद्ध अभियानहरू चलाएका थिए र यस्ता क्रान्तिकारी अभियानहरू चलाउँदा उनीमाथि हमलाहरूसमेत हुने गरेका थिए। हरियाणाको जिन्द भन्ने ठाउँमा हिन्दू महासभा नामको संस्थाले सन् २०१५ मा उनको टाउको काट्नेलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

महासभाले अग्निवेश देशद्रोही भएका कारण उनको टाउको काट्नेलाई इनाम दिने घोषणा गरिएको बताएको थियो। अग्निवेशले भारतको ‘नागरिकता संसोधन कानून २०१९’ को बिरोध गर्दै बताएका थिए कि सो कानून देशको विरासतमाथिको खेलबाड हो। उनले भनेका थिए, ‘देशको सबैभन्दा ठूलो अल्पशंख्यक समुदाय मुसलमान उक्त कानूनका कारण डराएकामात्रै होइन, आफूहरू ठगिएको महसुस गरिरहेका छन्। मुसलमानमात्रै होइन, पूर्वोत्तर भारतका हिन्दूहरूले समेत यो आफ्नो हितको बिरुद्ध भएको बताएका छन्।’

धार्मिक कुरितीको बिरोध

आर्यसमाजी भएका कारण अग्निवेश मूर्तिपूजा र धार्मिक कुरीतिको बिरोध गर्थे। उनले धेरै पटक यसबारेमा खुलेर धारणा राखे, जसका कारण कतिपय ‘धार्मिक मान्छे’हरू उनीसँग रिसाए। उनले एक पटक त यतिसम्म भने कि ‘धर्मका ठेकेदारहरूले राम र कृष्णको अस्तित्वको सावित गर्नुपर्छ।’ भारतको अमरनाथमा प्रत्येक वर्ष बरफको टुक्रालाई ठूलै चमत्कार ठानेर पुजा गर्नुको कुनै अर्थ नभएको भन्दै उनले अन्धआस्थालाई उडाए।

सबै धर्मलाई एउटै नजरले हेर्नुपर्ने ठान्ने उनी सबै धर्मका पाखण्डको खण्डन गर्थे। उनले इस्लाम धर्मका बारेमा समेत पर्याप्त टिप्पणी गरेका थिए। उनी भन्थे ‘नमाज पढ्ने बेला त ढुक्कसँग सबै मान्छेहरू सँगै जान्छन् तर तल ओर्लेपछि भने धनीमानीहरू एउटा बाटो र धोबी–तेलीहरू आफ्नै गल्लीतर्फ जानेगर्छन्।’ उनी मुसलमानबीच भएको जातीय विभेदका बारेमा प्रश्न गर्थे, ‘सिया र सुन्नीहरू आपसमा किन विवाह गर्दैनन्?’ उनी प्रश्न गर्थे, ‘अल्लाह सबैभन्दा शक्तिशाली थिए भने पैगम्बर उनीभन्दा ठूला कसरी भए?’

यी सबै कारणले गर्दा सन् २०११ मा भारतीय उच्च अदालतले उनलाई सुझाबै दिएको थियो, ‘ बोल्नुअघि आफ्नो शब्दलाई बारम्बार तौलिएर बोल्नुहोला, जसका कारण त्यसले जनताको भावनालाई आहत नगरोस्।’ बँधुवा मजदुरका लागि लामो लडाईँ लढेका यी चिन्तकलाई अति प्रतिष्ठित पुरस्कार ‘राइट लाइबलिहुड अवार्ड’ दिइएको थियो। उनका दुई पुस्तक अप्लाइड स्पिरिचुआलिटीः ए स्पिरिचुअल भिजन फर द डायलग अफ रिलिजन्स तथा हिन्दुइजम् इन द न्यु एज छापिएका छन्।

धार्मिक अन्धता र अन्धविश्वासले समाज आजका दिनमा जकडिरहँदा पनि स्वामी अग्निेवेशजस्ता क्रान्तिकारी–सुधारवादीहरूकै कारण हाम्रो समाजमा अहिले पनि आशावादिताको संचार हुनसकेको हो। गत वर्ष बितेका यी योद्धाप्रति हार्दिक श्रद्धाञ्जली।

सबलोगडटआइएनबाट नेपाल रिडर्सको अनुवाद।

 

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
अमरनाथ

अमरनाथ

Related Posts

आवश्यकता, उपभोक्तावाद र शोषण

आवश्यकता, उपभोक्तावाद र शोषण

by nepal_readers
May 19, 2022

-संजय राय- आवश्यकता र वस्तुबीचको एउटा स्थानको नाम हो बजार। वास्तवमा आवश्यकताका वस्तुहरू आपूर्तिका लागि बजार अस्तित्वमा आएको हुनुपर्छ। बजारको...

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

अब एउटा प्रगतिशील एलाइन्सको आवश्यक छ

by मीना पौडेल
May 16, 2022

नेपालको अहिलेको राजनीतिलाई निस्पक्ष र आलोचनात्मक रुपले हेर्दा यहाँ विचारको शुन्यता देखिन्छ। कुनैपनि पार्टीले एउटा निश्चित विचार दिन सकेका छैनन्।...

प्रकृति र पर्यावरणबारे कार्ल मार्क्स

by nepal_readers
May 6, 2022

पछिल्ला दुई दसकमा प्रकाशित विभिन्न कृतिहरूले कार्ल मार्क्सका कृतिमा रहेका पर्यावरणसम्बन्धी कुरालाई सतहमा ल्याएका छन् । मार्क्सले पर्यावरणको प्रश्नलाई कुनै...

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

कार्ल मार्क्सको समाधिस्थलमा एंगेल्सको भाषण

by nepal_readers
May 6, 2022

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको...

संयमित भयौँ भने कम्युनिष्टहरूबीच एकता हुने परिस्थिति आउँछ

by दिनानाथ शर्मा
May 5, 2022

राजनीतिबाट आफूलाई केही फाइदा हुन्छ भनेर होइन, बरु राष्ट्रलाई केही दिनुपर्छ भनेर हामी जनयुद्ध पहिलेदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका हौँ।...

भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

by रोशन जनकपुरी
April 29, 2022

कम्युनिष्ट विचार विचार जान्नु र त्यसलाई आत्मसात गर्नु दुई भिन्न चिज हुन्। जबसम्म हामी वैज्ञानिक विचारलाई आत्मसाथ गर्दैनौँ, हामीभित्रका समस्याहरू...

Leave Comment

Recommended

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

अर्को ओली नजन्मियोस् भन्नका लागि अब हामी उठ्यौँ

1 year ago
२१ औं शताब्दीको थुसिडाइड्स पासो

२१ औं शताब्दीको थुसिडाइड्स पासो

2 years ago

Connect with us

Popular Post

  • बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स

    0 shares
    Share 0 Tweet 0
  • पितृसत्तालाई मन नपर्ने ‘थुतुनो’

    0 shares
    Share 0 Tweet 0
  • भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

    0 shares
    Share 0 Tweet 0
  • अघिल्लो पटक जहाँ महिलाहरूले नेतृत्व गरे, त्यहाँ भ्रष्टाचार र बेरुजु कम भयो

    0 shares
    Share 0 Tweet 0
  • चिन्तनका हिसाबले मार्क्सवाद धेरै अगाडि छ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In